जनताको मन जित्ने गरी गाउँ-नगरमा सक्रिय हुन देउवाको आग्रह – Nagarikabhiyan : National News

जनताको मन जित्ने गरी गाउँ-नगरमा सक्रिय हुन देउवाको आग्रह

काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्वास्थ्य मापदण्ड पालना गरेर अधिवेशनमा सहभागी हुन नेता–कार्यकर्ताहरुलाई आग्रह गरेका छन्। उनले शनिबार सुरु भएको गाउँ-नगरपालिका अधिवेशनको अवसरमा सामाजिक सञ्जालमार्फत स्वास्थ्य मापदण्डको पालना गरेर अधिवेशनमा सहभागी हुन नेता–कार्यकर्ताहरुलाई आग्रह गरेका हुन्।

कांग्रेसका वडा अधिवेशन सकिएका ६४ जिल्लाको पालिका अधिवेशन आज सुरु भएसँगै सभापति देउवाले नगर र गाउँपालिका अधिवेशनको प्रक्रियामा सहभागि कांग्रेसका प्रतिनिधिहरुलाई आफ्नो भूमिकालाई प्रभावकारी बनाउन आग्रह गरेका हुन् । उनले प्रतिनिधिको पार्टीप्रतिको विश्वास र प्रतिवद्धताले कांग्रेसलाई थप बलियो बनाउने उनले जनाएका छन्।