उद्योगपति वसन्त चौधरीलाई ह्रदयघात
८ आश्विन २०७८, शुक्रबार १८:०९
काठमाडौं । उद्योगपति तथा कवि वसन्त चौधरीलाई ह्रदयघात भएको छ ।
पारिवारिक घुमफिरका लागि दुबई पुगेका चौधरीलाई अकस्मात ह्रदयघात भएको हो ।
हाल दुबईमा रहेका चौधरीको स्वास्थ्यमा समस्या आएपछि एन्जियोग्राफी गर्दा मुटुमा समस्या देखिएको थियो ।
शुक्रबार ह्रदयघात भएलगत्तै चौधरीलाई दुबईस्थित अमेरिकन अस्पातालमा भर्ना गरिएको छ ।
उनको ओपन हार्ट सर्जरी गर्ने तयारी गरिएको उनको पारिवारिक श्रोतले बताएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया