देवानगंज गाउँपालिका अध्यक्षको निर्देशनमा काँग्रेसको चुनावका लागि आज विद्यालय बन्द – Nagarikabhiyan : National News

देवानगंज गाउँपालिका अध्यक्षको निर्देशनमा काँग्रेसको चुनावका लागि आज विद्यालय बन्द

देवानगंज ।  सुनसरीको देवानगंज गाउँपालिका वडा नम्बर २ मा रहेको श्री माध्यमिक विद्यालय आज बन्द गएिको थियो । नेपाली काँग्रेस देवानगंजको अधिवेशनको लागि विद्यालय आज बन्द गरिएको बुझिएको छ । कोरोना माहमारी पछि बल्ल खुल्लेको विद्यालय यसरी पार्टीको कार्यक्रमको लागि बन्द गरिनु राम्रो नभएको स्थानिय अभिवाकहरुको भनाइ रहेको छ ।

शिक्षा जस्तो प्रवृत स्थालमा राजनितिक पार्टीको कार्यक्रमले गर्दा पठनपाठननै ठप गरिनु लजास्पद भएको र यसले विद्यार्थीको भबिष्य माथिको खेलवाड भएको प्रष्ट देखिन्छ ।

देवानगंज गाउँपालिका अध्यक्ष लालि प्रसाद मेहताको ठाडो निदेर्शनमा विद्यालय बन्द गरिएको समाचार स्रोतले बताएका छन् । गाउँपालिका अध्यक्ष लाली प्रसाद मेहताको यस्तो लजास्पद निर्णयले विद्यालयलाई राजनितिक स्वार्थका लागि प्रयोग गरेको देखिन्छ ।
अध्यक्ष मेहताले विद्यालय बन्द गाराएर विद्यार्थीको भविष्य संग खेल्वाड गरिरहको प्रष्ट देखिन्छ । गाउँपालिकामै दुइ, तिन वटा समुदायिक भवनहरु रहेपनि बिद्यालयनै बन्द गरिनु आवश्यक नभएको स्थानिय यूवाहरुको भनाइ रहेको छ ।

गाउँपालिका अध्यक्ष मेहता आफनो पदिय मरियाद लाई समेत ख्याल नगरि निर्देशन दिनु गाउँपालिका अध्यक्ष लाली प्रसाद मेहता देवानगंज गाउँपालिका अध्यक्ष नभइ नेपाली काँग्रेस पार्टी कार्यकताको मात्र अध्यक्ष भएको जनमत पार्टी सुनसरीका नेता भवानी मेहताको भनाई रहेको छ ।
अध्यक्ष मेहताको हेपाहा प्रवृति र नेपाली काँग्रसे देवानगंजको गतिबिधिले नेपाली काँग्रेसलाई आउने चुनावमा जनताले यसको फैसला गर्नै निश्चित रहेको एमालेका यूवा नेता रबिन्द्र यादवले बताए ।
यता यसै बिषायमा बुझन विद्यालयको प्रधानाअध्यापक जर्नादन गुप्ताले गाउँपालिका अध्यक्ष लाली प्रसाद मेहताको निदेर्शणमा विद्यालय बन्द गरिएको प्रतिकृया दिनु भयो । यसले पनि प्रष्ट हुन्छ कि गाउँपालिका अध्यक्ष लाली प्रसाद मेहता कतिको गैर जिमेवार रहेको छ ।