१५ श्रावण २०७८, शुक्रबार ०७:३० – Page 4 – Nagarikabhiyan : National News

धनुषामा सरकारी स्कार्पिओ दुर्घटना हुँदा एक जनाको मृत्यु, पाँच घाइते

जनकपुरधाम । धनुषामा आज (शुक्रबार) बिहान सरकारी नम्बर प्लेटको स्कर्पियो दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा अन्य पाँच जना घाइते भएका छन् ।

जनकपुर ढल्केबर सडक खण्ड अन्तर्गत लक्ष्मीनिया गउँपालिकास्थित सपहीमा राजमार्गमा पुल निर्माण गर्न खनिएको खाल्डोमा ज–२०–०२–०००१ ख ००३५ नम्बरको स्कार्पिओ खसेको हो । बिहान ५ बजे ढल्केवरबाट जनकपुरतर्फ जाँदै गरेको स्कर्पिओ तीव्रगतिको कारण दुर्घटनामा परेको प्रत्यक्षदर्शी स्थानीयले बताएका छन् ।

दुर्घटनामा ज्यान जानेमा महोत्तरीको भंगहा नगरपालिका–९ बस्ने दीपक यादव रहेको इलका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका इन्सपेकटर तिलक सुनारले जानकारी दिए  । उनका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका यादवको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको हो ।

पाँच जना घाइतेको उपचार प्रादेशिक अस्पतालमै भइरहेको छ । उनीहरुको नाम अहिले नखुलेको र घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक सुनारले बताए ।

आज २०७८ साउन १५ गते शुक्रबारको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
व्यवहारमा सतर्कता अपनाउनु पर्ला, नत्र झुटो बोल्न बाध्य भइनेछ । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला, तर साँझ सम्म धन हात पर्न सक्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
वैदेशिक क्षेत्रको काम अघि बढ्ने छ । पढाइ लेखाइमा प्रगति हुनेछ । रमाइलो यात्राको योग रहेको छ, साथै नयाँ कार्यको योजनले गति पाउने छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
धुमपान र मद्यपानबाट ढाडै रहनु होला । गरेको कार्यमा बाधा आउनेछ । दुष्ट व्यक्तिको सङ्गतिले आत्मघाती काम गर्न पुगिएला सचेत रहनुहोला ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज नयाँ कार्यको थालनी हुनेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । सांगीतिक क्षेत्रमा रुचि बढ्ने छ । वैदेशिक क्षेत्रमा सफलता मिल्ने छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज आँटेको र ताकेको कार्य पुरा होला । साहित्यिक क्षेत्रमा रुचि बढ्ने छ । विशिष्ट व्यक्तिको सहयोग पाइनेछ । व्यापारमा सफलता मिल्ने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आदर्श व्यक्तित्वसँगको सहकार्यले नयाँ अनुभव मिल्ने छ । सन्तान सुख मिल्ने छ । चुनौतीको सामना गर्नुपर्ला । प्रयत्न गरे फाइदा लिन सकिने छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
कला, साहित्य तथा संगीतमा रुचि बढ्ने छ । न्यायिक कार्यमा सफलता मिल्ने छ । शुभ समाचार सुन्न पाइएला । नयाँ कार्यको थालनी हुनसक्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
विशिष्ट व्यक्तिको सहयोग पाइनेछ । साहित्यिक क्षेत्रमा रुचि बढ्ने छ । आँटेको र ताकेको कार्य पुरा होला । पार्टनरसिपको कार्यमा सफलता मिल्ने छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज रोकिएका काम पुनः सुरु हुन सक्छन् । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । रोकिएको काम पुनः प्रयत्न गर्दा फाइदा हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । बोलीको प्रभाव बढ्ने छ । मङ्गल कार्यको योग छ । चिन्ता छाडेर चिन्तन र कर्म गर्नाले राम्रो फल मिल्ने छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आज स्वादिष्ट भोजन पाइनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्ने छ । वैदेशिक क्षेत्रको काम अघि बढ्ला । कुटुम्बको सहयोग पनि मिल्ने छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
दैनिक कार्यमा प्रगति हुनेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । लगनशीलताले कामहरू अगाडि बढ्ने छन् । दिनको उत्तरार्ध सुखद् रहने छ ।

विकास र सुशासनका लागि नेकपा एमालेको नेतृत्व आवश्यक:मेहता

नेकपा एमालेका भोक्राहा नरसिंह गाउँपालिका अध्यक्ष रामकुमार मेहताले विकास र सुशासनका लागि नेकपा एमालेको नेतृत्व आवश्यक रहेको बताउनुभएको छ । विकास, समृद्धि र सुशासनका लागि भोक्राहा नरसिंह गाउँपालिकामा एमालेको नेतृत्व आवश्यक रहेको र जनताले पनि त्यही चाहेको दावी गर्नुभएको छ । वहाँसंगको अन्तरवार्ता

खानेपानीको लागि ऐन बनाउन आग्रह

सुनसरीको सीमावर्ती क्षेत्र बर्जु गाउँपालिकालाई खानेपानी तथा सरसफाई सम्बन्धी ऐन बनाउन आग्रह गर्दै नमुना कानुनको प्रति हस्तान्तरण गरिएको छ । खानेपानी तथा सरसफाई उपभोक्ता महासंघले नागरिकको स्वास्थ्य संग जोडिएको र मौलिक हकको रुपमा रहेका सवाललाई समेटिएर खानेपानी तथा सरसफाई सम्बन्धी ऐन बनाउन आग्रह गर्दै नमुना कानुनको प्रति हस्तान्तरण गरिएको हो । विहीबार गाउँपालिकाका अध्यक्ष रघुनन्दन चौधरीलाई गाउँपालिकाको आवश्यकता र नागरिकको सफा, स्वक्छ र स्वस्थ्य खानेपानीका लागि खानेपानी तथा सरसफाई सम्बन्धी ऐन बनाउन आग्रह गर्दै नमुना कानुनको प्रति हस्तान्तरण गरिएको महासंघका केन्द्रिय अध्यक्ष राजेन्द्र अर्यालले जानकारी दिनुभयो । अर्यालका अनुसार यस अघि सुनसरीको धरान उपमहानगरपालिकालाई समेत खानेपानी सम्बन्धी ऐन, नियम र नियमावली बनाउन आग्रह गर्दै नमुना कानुन हस्तान्तरण गरेको थियो ।
महासंघले बर्जुका अध्यक्ष चौधरीलाई एक कार्यक्रमका बीच खानेपानीलाई व्यवस्थित गर्न र उपभोक्तामैत्री काम गर्नका लागि त्यस सम्बन्धी ऐन, नियम र नियमावली बनाउन आग्रह गर्दै नमुना कानुनको प्रति हस्तान्तरण गरेको जनाएको छ । गाउँपालिकालाई खानेपानी तथा सरसफाई उपभोत्ता महासंघले बुझाएको नमुना कानुनको अध्ययन गरेर नगर सुहाउदो कानुन बनाउने र कार्यान्वयनमा ल्याउने अध्यक्ष चौधरीले बताउनुभयो ।
अध्यक्ष चौधरीले बर्जुमा खानेपानीको समस्या रहेको र तीन वडा खानेपानी योजना तथा आयोजना रहेको भएपनि र खानेपानी उपभोक्ता समितिहरु भएपनि समन्वय, सहकार्य र एकिकृत योजना नहुदाँ कुनैपनि संचालनमा नआएकाले त्यसमा पनि ध्यान दिने र व्यविस्थत पार्ने प्रतिवद्धता जनाउनुभयो । वहाँले गाउँमा टुवेलमा नै खानेपानी आउने भएकाले आयोजनाको खानेपानीमा ध्यान नदिदाँ करौडोको लगानी हुदाँ समेत खानेपानी उपभोक्ता समितिहरुले संचालनमा नल्याएको गुनासो सुनाउनुभयो ।
यसैबीच स्थानीयस्तरमा योजना तर्जुमामा लैगिंक तथा सामाजिक समावेसिकरण विषयक अन्तरकृया कार्यक्रम समेत सम्पन्न भएको महासंघका जिल्ला अध्यक्ष कमला निरौलाले जानकारी दिनुभयो । वहाँले खानेपानीका लागि एकिकृत योजना निर्माण गर्न र वितरण प्रणालीलाई व्यस्थित गर्नका लागि समन्वयमा काम गर्न जरुरी रहेको बताउनुभयो । कार्यक्रममा महासंघका जिल्ला सचिव डम्बर सिग्देलले प्रत्योक योजनामा लैगिंक तथा सामाजिक समावेसीकरणलाई ध्यानमा राख्नुपर्नेमा जोड दिनुभयो । त्यसैगरी पालिकाका उपाध्यक्ष संगिता राय, वडा अध्यक्ष आनन्दन यादव, किसोर कुमार चौधरी, प्रमुख प्रशासयिक अधिकृत उमेश घिमिरे, कृषि शाखाका सन्तोश बन्जारा सहितकाले ैगिंक तथा सामाजिक समावेशिकरणका बारेमा बोल्नुभएको थियो ।
१, सुनसरीको बर्जु गाउपालिकाका अध्यक्ष रघुनन्दन चौधरीलाई खानेपानी सम्बन्धी ऐन, नियम र नियमावली बनाउन आग्रह गर्दै खानेपानी तथा सरसफाई उपभोत्ता महासंघका अध्यक्ष राजेन्द्र अर्यालले नमुना कानुन हस्तान्तरण गर्दै ।
तस्बिर ः जयकृष्ण यादव । इनरुवा

निर्वाचनसम्बन्धी कानून संशोधन गरी समावेशी बनाउन सुझाव

काठमाडौँ ।  सांसदहरुले निर्वाचनसम्बन्धी कानून संशोधन गरी समावेशी बनाउन सुझाव दिएका छन् ।

राष्ट्रियसभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिको आजको बैठकमा सांसद र अधिकारकर्मीले समयाअनुकूल निर्वाचन ऐन संशोधन गरी समावेशी बनाउनुपर्ने सुझाव दिएका छन् ।

सांसद विन्दा पाण्डेले कानून संशोधन गरी ३० प्रतिशतको सट्टा ५० प्रतिशत महिला उम्मेदवार हुने व्यवस्था गर्नुपर्नेमा जोड दिए । सांसद बिना श्रेष्ठले राज्यका हरेक संरचनामा ५० प्रतिशत महिलाको सहभागितालाई कानूनी रुपमा सुनिश्चित गर्नुपर्छ भने।

सांसद गोपी अछामीले राजनीतिक दलको मानसिकताकै कारण स्थानीय तहको निर्वाचनको उपप्रमुख पदमा महिला मात्रै उम्मेदवार बनाउने गरिएको बताउँदै त्यसलाई संशोधन गरी कानूनमै सुधार गर्नुपर्ने धारणा राखे ।

सांसद उदया शर्मा पौडेलले जनसङ्ख्याको हिसाबले महिला मतदाताको सङ्ख्या घट्दै गएकोप्रति निर्वाचन आयोगको ध्यानाकर्षण गराए । अधिकारकर्मी डा रेणु राजभण्डारीले देशभित्रै रहेका घरेलु महिला विभिन्न कारणले मतदान गर्नबाट वन्चित भएको बताउँदै उनीहरुको मताअधिकार सुनिश्चित् हुनुपर्ने माग गरे ।

निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले आयोगले विदेशमा रहेका नेपालीको मताधिकारको प्रबन्ध मिलाउने तयारी गरिरहेको जनाकारी दिए । उनले कम्तीमा ३३ प्रतिशत महिला सबै तहका समितिमा समावेश गर्नुपर्ने कानूनी व्यवस्था भए पनि पहिले दर्ता भएका राजनीतिक दलहरुले व्यवस्था नगरेका कारण त्यसलाई अनिवार्य बनाउने कार्ययोजना सुनाए । रासस

१४ जनाको मृत्यु संगै , ३३६५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३ हजार ३६५ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर १४ हजार २४२ जनाको स्वाब परीक्षण गर्दा तीन हजार ३६५ जनामा कोरोना देखिएको हो। त्यस्तै, आज कोरोनाबाट १४ जनाको मृत्यु भएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या नौ हजार ८०७ पुगेको छ।

पछिल्लो २४ घण्टामा देशभर एक हजार ३७३ जना निको भएका छन्।

काठमाडौं उपत्यकामा थपिए ८६० जना कोरोना संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८६० जनालाई कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यकाका तीन जिल्लामा थप ८६० जनामा संक्रमण पुष्टि भएको जानकारी दिएको छ । मन्त्रालयको विवरण अनुसार काठमाडौं जिल्लामा ५९७, ललितपुरमा १५५ र भक्तपुरमा १०८ जना संक्रमित थपिएका हुन् । २४ घण्टामा देशभर ३३६५ जनालाई कोरोना पुष्टि भएको छ ।

जसपा लुम्बिनीका तीन सांसदलाई निष्कासित गरेको पत्र प्रदेशसभा सचिवालयमा

काठमाडौं ।  जनता समाजवादी पार्टीले लुम्बिनी प्रदेशसभाका तीनजना सांसदलाई पार्टीमा नरहने गरी कारबाही गरेको पत्र प्रदेशसभा सचिवालयमा पठाएको छ ।

जसपा केन्द्रीय कार्यकारिणी समितिमा अध्यक्ष उपेन्द्र यादव पक्षको अत्यधिक बहुमत पुगेको भन्दै पार्टी आधिकारिकता यादवले पाएसँगै जसपाले सांसदहरुलाई कारबाही गरेको पत्र प्रदेशसभामा पठाएको हो ।

जसपाका लुम्बिनी प्रदेशसभा संसदीय दलका नेता सहसराम यादवले प्रदेशसभालाई लेखेको पत्रमा तीनजना सांसदहरु सन्तोष कुमार पाण्डे, कल्पना पाण्डे र विजय कुमार यादवलाई कारबाही गरी पार्टीबाट निष्कासन गरिएको उल्लेख गरेका छन् ।

तीनजना सांसदहरु पार्टीको निर्णय विपरीत नेकपा एमाले नेतृत्वको सरकारमा सहभागी भएको भन्दै जसपाले उनीहरुलाई पार्टीबाट निकालेको हो । यसअघि, सरकारमा सहभागी भएर फेरि राजीनामा दिएकी जसपा सांसद सुमन शर्मा रायमाझीको भने सांसद पद जोगिएको छ ।

रायमाझीले आत्मालोचना गर्दै पार्टीमा फर्किएकाले उनलाई कारबाही नगरिएको संसदीय दलका नेता यादवले जनाएका छन् ।

j.jpg

jj.jpg

नक्कली विवरण पेश गरी नागरिकता लिएको अभियोगमा पर्साबाट २ जना पक्राउ

पर्सा । नक्कली बाबु र छोरी बनी नागरिकता बनाएको अभियोगमा पर्साबाट दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पर्साको बहुदरमाई नगरपालिका-२ बस्ने ५१ वर्षीय धुरुप प्रसाद पटेल र भारत घर भई हाल बहुदरमाई–२ बस्ने कविता कुमारी भन्ने २८ वर्षीया सीता पटेल छन् ।

भारतीय नागरिक सीता पटेलले कविता कुमारीको नाउँबाट जिल्ला प्रशासन कार्यालय, पर्साबाट झुट्टा विवरण पेश गरी नेपाली नागरिकताको प्रमाणपत्र लिएको दावी प्रहरीले गरेको छ ।

वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको टोलीले बुधबार बिहान १० बजे वीरगञ्ज–१३ श्रीपुरबाट सीता पटेललाई नियन्त्रणमा लिएको थियो ।

उनको शरीर तलासी गर्दा उनले बोकेको ब्यागमा जिल्ला प्रशासन कार्यालय पर्साबाट ०७० पुस ११ गते जारी भएको ३४–०१–७०–१०३५२ नम्बरको नागरिकता प्रमाणपत्रको प्रतिलिपी फेला पारेको थियो ।

नागरिकतामा साविक बैरियाबिर्ता दा.पु. गा.वि.स. वडा नं. ९ बस्ने धुरुप प्रसाद पटेलको छोरी कविता कुमारी भन्ने विवरण उल्लेख थियो । भारतीय नागरिकलाई नागरिकता बनाउन बुवा बनी सनाखत गरिदिएको अभियोगमा धुरुपलाई पनि श्रीपुरबाटै नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए ।

दुवै जनालाई नागरिकता सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

बोक्सीको आरोप लगाइ कुटपिट गर्ने पक्राउ

रोल्पा । महिलामाथि बोक्सीको आरोप लगाउने धामीसहित ३ जनालाई रोल्पामा प्रहरीले पक्राउ गरेको छ । सदरमुकाम लिबाङमा धामीले बोक्सीको आरोप लगाइ दुर्व्यवहार गरेको सूचना पाएपछि उनीहरुलाई मंगलबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

बोक्सीको आरोप लागेकी एक महिलाले धामी र उनलाई साथ दिने दुई युवतीविरुद्ध उजुरी दिएपछि पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीले बताए ।

पक्राउ पर्नेहरुमा आफूलाई धामी बताउने सुनिलस्मृति गाउँपालिका–६ का २६ वर्षीय राहुल सुनार हुन् । यस्तै, उनलाई साथ दिइ महिलामाथि दुर्व्यवहार गरेका स्थानीय दुई महिलाहरु रोल्पा नगरपालिका–४ बाइगाउँका ४५ वर्षीया जुनकुमारी सेन र २२ वर्षीया सीता सेनलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ । सुनारसहित दुई महिलाले बोक्सीको आरोपमा लिबाङमै डेरा लिइ बसेकी पीडित महिलामाथि कुटपिट गरेका थिए । उक्त घटना गत साउन ६ गते बेलुकीको हो ।

रोल्पा नगरपालिका–१० धबाङ घर भइ लिबाङमा डेरा गरी बस्ने २६ वर्षीया पीडित महिलाले बोक्सीको आरोप लगाएको भन्दै साउन ११ गते उजुरी दिएकी थिइन् ।

पीडित महिलाका अनुसार धामीले बोक्सी भएको आरोप लगाउँदै ६ बजे कोठामा प्रवेश गरी अन्धाधुन्ध कुटपिट गरेका थिए । पीडित महिलाले धामी भनिएका राहुलले फोनबाट समेत धम्की दिएको आरोप लगाएकी छन् । प्रहरीले उक्त घटनाबारे थप अनुसन्धान गर्न रोल्पा जिल्ला अदालतबाट म्याद थप गराइएको जनाएको छ । प्रनाउ सुवेदीले बोक्सी आरोप सम्बन्धी बनेको विशेष ऐन अनुसार कारबाही अघि बढाइने बताए ।

झापामा कोरोना सङ्क्रमणबाट पाँचको मृत्यु

दमक । झापामा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट १०१ वर्षीय वृद्धसहित पाँच व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा तीन महिला र दुई पुरुष छन् ।

मृत्यु हुनेमा कमल गाउँपालिकाका १०१ वर्षीय वृद्धसहित सोही पालिकाका ८१ वर्षीय वृद्ध, भद्रपुरका ७० वर्षीय वृद्ध, दमककी ६२ वर्षीया महिला र बुद्धशान्तिकी ५९ वर्षीया महिलाको पनि मृत्यु भएको जिल्लास्थित स्वास्थ्य कार्यालयले जनाएको छ । यससँगै झापामा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ४४२ पुगेको छ । यसअघि मङ्गलबार झापामा चार जनाको मृत्यु भएको थियो ।

कोरोनाबाट धेरै मृत्यु हुनेमा बिर्तामोडका छन् । त्यहाँ ५८ जनाको मृत्यु भइसकेको छ भने दमक, मेचीनगर, भद्रपुर, बुद्धशान्ति, अर्जुनधारा, शिवसताक्षी, कमलमा सङ्क्रमणबाट मृत्यु हुने धेरै रहेको स्वास्थ्य कार्यालयका फोकल पर्सन जीवन चम्लागाईँले बताउनुभयो । झापामा कोरोना सङ्क्रमितको कूल सङ्ख्या २१ हजार ६२० पुगेको छ ।

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

धनकुटा । सात वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पाख्रीबास नगरपालिका-३ बस्ने ७७ वर्षीय धन बहादुर विश्वकर्मालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

ती बालिकालाई धन बहादुरले जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पाख्रीबासबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

भुक्तानी नपाएपछि सर्लाहीका उखु किसान आन्दोलनको तयारीमा

सर्लाही । सर्लाहीका उखु उत्पादक किसान उखुको भुक्तानी नपाएको भन्दै फेरि आन्दोलित भएका छन् । आफूहरुले उत्पादन गरेको उखुको करोडौं भुक्तानी नपाएको भन्दै उनीहरु आन्दोलनको तयारीमा लागेका हुन् ।

विगत तीन÷चार वर्षअघिदेखिकै करिब ३० करोड भुक्तानी आफूहरुले पटक–पटक आन्दोलन गर्दा पनि नपाएको भन्दै फेरि आन्दोलनको तयारीमा लागेका सिसौटियाका उखु उत्पादक किसान रामविलास महतोले बताए ।

२०७४ कै पैसा नपाएको गुनासो जिल्लाका उखु उत्पादक किसानको छ । पटकपटकको आन्दोलनपछि महालक्ष्मी र अन्नपूर्ण सुगर मिलबाट करिब तीन लाख भुक्तानी पाए पनि महतोले उद्योगबाट अझै ८५ हजार उठाउन बाँकी रहेको छ ।

उखुकै पैसा माग्न जिल्लाका उखु उत्पादक किसान काठमाडौं पुगेका महतोले बताए । ‘मैले पहिला दुई बिघा जमिनामा उखु लगाउँथे । उखु बेचेरै आफ्नो घरपरिवार र व्यवहार चलाउने गरेको मलाइ उद्योगले भुक्तानी नदिएपछि अहिले समस्या भएको छ’, महतोले बताए ।

सरकारबाट आश्वासन पाए पनि भुक्तानी हुन सकेन, यसकारण फेरि आन्दोलन गर्न बाध्य भएर काठमाडौंतर्फ लागेको उखु किसान सङ्घर्ष समिति सर्लाहीका सचिव हरिश्याम रायले बताए । सचिव रायले आफूले पनि करिब २० लाख भुक्तानी नपाएको बताएका छन् ।

समितिका अनुसार इन्दिरा सुगर मिलबाट तीन करोड, लुम्बिनीबाट तीन करोड, अन्नपूर्णबाट १२ करोड, महाकालीबाट करिब नौ करोड भुक्तानी हुन बाँकी छ । श्रीराम सुगर मिलबाट पाउनुपर्ने तीन करोड सर्लाहीका प्रमुख जिल्ला अधिकारीलाई जिम्मा दिइए पनि जिल्लाका किसानले अहिलेसम्म पनि नपाएको सचिव रायले बताए । उखु उत्पादक किसानले उत्पादन गरेको उखुको भुक्तानी नपाउँदा जिल्लाका किसान उखु उत्पादन पेशाप्रति असन्तुष्ट बन्दै गएका छन् ।

‘ऋण लिएर उखुखेती गरेका हुन्छौँ, बिक्री भए पनि तत्काल पैसा पाइँदैन’, जसका कारण आफूहरुले वर्षौँदेखि गर्दै आएको उखु उत्पादनको पेशा दिनप्रतिदिन परिवर्तन गर्न बाध्य भएका छौँ, ‘आफ्नै पैसा पाउन पटकपटक आन्दोलन गर्नुपर्ने अवस्था आइरहेको छ । किसानका लागि योभन्दा ठूलो अत्याचार के हुनसक्छ ?’ जिल्लाका उखु उत्पादक किसानको गुनासो छ ।

समयमै भुक्तानी नपाउँदा उखु उत्पादक किसान पटकपटक आन्दोलन गर्न बाध्य छन् । विगतकै भुक्तानी नभएपछि सर्लाहीका पाँच किसान फेरि काठमाडौं पुगेका हुन् । पहिला सरकारलाई आफ्नो अवस्थाबारे जानकारी गराउने र माग सम्बोधन नभए पुनः आन्दोलनको घोषणा गर्ने उनीहरुले बताएका छन् ।

‘श्रीरामका सञ्चालकले सर्लाहीका प्रमुख जिल्ला अधिकारीलाई जिम्मा दिएका छन् तर किसानले पाएका छैनन्’, सचिव रायले बताए। ‘महाकालीले करिब रु दुई करोड अनुदान रकम पनि दिएको छैन ।” यस वर्ष महाकालीले करिब दुई महिना क्रसिङ गरेको थियो तर एक महिनाको मात्रै भुक्तानी गरेको समितिले जनाएको छ ।

उखु किसान २०७६ वैशाख ३१ यता निरन्तर आन्दोलनमा छन् । २०७६ पुस १८ गते उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा किसान र चिनी मिल उद्योगीबीच सम्झौतासमेत भएको थियो । २०७६ माघ ७ गतेसम्म सरकारले दिनुपर्ने अनुदानसहित सबै बक्यौता चुक्ता गर्ने सहमति भएको थियो तर सम्पूर्ण रकम भुक्तानी अहिले पनि भएको छैन ।

रकम नपाएपछि पीडित किसानले गत चैत ८ गते माइतीघरमा रिले अनशन गर्ने घोषणा गरेका थिए तर चैत ११ गतेदेखि लकडाउन भएपछि अनशन स्थगन भयो । सहमति कार्यान्वयन नभएको भन्दै उनीहरूले २०७७ कात्तिक २३ गते तत्कालीन उद्योगमन्त्री लेखराज भट्टलाई स्मरणपत्र बुझाएका थिए ।

जिल्लाका उखु उत्पादक किसानले कात्तिक २४ गते राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट गरी समस्या समाधानको पहल गरिदिन अनुरोध गरेका थिए तर किसानले आश्वासनबाहेक केही नपाएको बताएका छन् ।

‘विभिन्न राजनीतिक दलदेखि राष्ट्रपतिसम्म आफ्नो कुरा राखेका छौँ, केन्द्रमा मात्रै नभई जिल्लामा पनि कयौँपटक आन्दोलन भयो’, उखु किसान सङ्घर्ष समिति सर्लाहीका अध्यक्ष रामस्वार्थ रायले बताए । मिलमा अनशन बस्यो, भुक्तानी दिने सहमति पनि हुन्छ तर कार्यान्वयन हुँदैन ।’ भुक्तानीको पहल गरिदिन भन्दै करिब १५ पटक काठमाडौं धाउनुपरेको उनको भनाइ छ । राष्ट्रपति भण्डारीसँगको भेटपश्चात पनि माग सम्बोधन नभएपछि उनीहरू पुनःआन्दोलनमा उत्रिन बाध्य भएका छन् ।

त्यसपश्चात् केही उद्योगीले भुक्तानी गरे पनि अन्नपूर्ण, इन्दिरा, श्रीराम र लुम्बिनीले पूर्णरूपमा भुक्तानी गरेका छैनन् । त्यसपछि २०७७ पुसमा किसानले दोस्रोपटक काठमाडौँमा आन्दोलन गरेका थिए । आन्दोलनकै दबाबले सुगर मिलले केही रकम मात्रै भुक्तानी गरेको थियो ।

सरकारले चिनी उद्योगीको शेयर र जग्गा लालपुर्जा रोक्का गर्ने तथा २१ दिनभित्र भुक्तानी नगरे कडा कारवाही गर्ने प्रतिबद्धता जनाएपछि किसानले आन्दोलन स्थगन गरेका थिए । सोह्र दिनको आन्दोलनपछि सरकार र उखु किसान सङ्घर्ष समितिबीच चार बुँदे सहमति भएको थियो । उता आन्दोलनमा सहभागी सर्लाहीका उखु किसान नारायणराय यादवको मस्तिष्कघातका कारण मृत्यु भएको थियो ।

मिलले सरकारले तोकेको उखुको समर्थन मूल्यसमेत नदिएर ठग्ने गरेको रायको आरोप छ । ‘करिब २० प्रतिशत घटाएर किसानलाई पैसा दिइन्छ’, उनले भने, ‘सरकार र उद्योगीबाटै अत्याचार भयो । किसान सधैँ मारमा परेका छन् ।

जनप्रतिनिधिले नै रोपे सडकमा कोदो

गोरखा । सडक निर्माणलाई छिटो सम्पन्न गर्न माग गर्दै गोरखा आरुघाट–सडकखण्डमा जनप्रतिनिधिसहितका स्थानीयवासीले कोदो रोपेका छन् । ठेकेदारको चरम लापरवाहीका कारण लामो समयदेखि सो सडकखण्डको काम अवरुद्ध छ ।

गोरखा नगरपालिका–४ का वडाध्यक्ष रामशरण अधिकारीले आज हिलाम्मे सडकमा कोदो रोपेको जानकारी दिए । ढुङ्गागाडे मोडमा वर्षौँदेखि सडक निर्माण अलपत्र हुँदा बर्खाका बेला यात्रुहरु हिलाम्मे र हिउँदमा धुलाम्मे हुनुपर्ने बाध्यता छ । गोरखा–४ र ८ को बीचमा पर्ने ढुङ्गागाडे मोडमा नगरपालिकाभित्रका वडा नं १, २, ४ र ८ का वडाध्यक्ष सहितका जनप्रतिनिधि भेला भएर कोदो रोपाइँ गरेको उनले बताए ।

“नगरपालिकाभित्रै मूल सडकमा अहिले एम्बुलेन्ससम्म पनि गुड्न सक्ने अवस्था छैन”, उनले भने, “ठूला सवारी साधानसमेत घण्टाँै फस्ने गरेका छन्, अझै कति समय नागरिकले हैरानी खेप्नुपर्ने हो थाहा छैन ।” ठेकेदार कम्पनीलाई पटक–पटक सडक छिटो निर्माण गर्न दबाब दिएको भए पनि चासो नदिएको उनले बताए ।

बाँनिया कन्स्ट्रक्शन निर्माण सेवा हटौँडाले उक्त सडकखण्ड कालोपत्रको ठेक्का लिएको छ । यहाँको दोस्रो ठूलो व्यापरिक केन्द्र आरुपघाट बजारसम्म जोडिने मूल सडक भएकाले पूर्वाधार विकास कार्यालयले बर्खाका बेला कम्तीमा एकलेन चल्ने सक्ने अवस्थामा बाह्रै महिना सवारी आवागमनमा कुनै समस्या नहुने गरी काम सक्न ठेकेदार कम्पनीलाई निर्देशन दिए पनि अटेरी गरेको कार्यालयका इञ्जीनियर गणेश सुवेदीले जानकारी दिए ।

“सडक निर्माणका जिम्मा लिएपछि निर्माण कम्पनीले नियमित सवारी चल्ने अवस्थामा सडकलाई राख्नुपर्छ”, उनले भने, “यसका लागि कार्यालयले बारम्बार लिखित तथा मौखिकरूपमा ठेकेदार कम्पनीलाई त्यहीअनुसारको निर्देशन दिएका छौँ, तर उनीहरुले हेलचक्र्याइँ गरिरहेका छन् ।” जनप्रतिनिधि र स्थानीयवासीले कोदो रोपाइँ गरेको स्थानमा बर्खामा एक लेन मात्र पनि ढलान गरेर सक्न कार्यालयले निर्देशन दिएको भए पनि ठेकेदारले अटेरी गरेको उनले बताए ।

ठेकेदारले निर्माण सामग्रीको अभाव देखाउने गरेको इञ्जीनियर सुवेदीको भनाइ छ । करिब रु आठ करोड ५० लाखको लगानीमा गोरखा सदरमुकामस्थित हस्पिटलचोकबाट आहाले फिनाम लाकुरीबोटसम्म ४।६ किलोमिटर सडक निर्माणको बाँनिया कन्स्ट्रक्शनले पाएको छ । ठेकेदारको लापरवाहीका कारण अहिले थोरै वर्षा हुनेबित्तिकै साना तथा ठूला सवारीलाई चल्न सक्दैनन् ।

दैनिक दर्जनौ सवारी साधन र यात्रुले हैरानी खेप्नुपरेको भए पनि स्थानीय जनप्रतिनिधिले चासो नलिएको जनाउँदै सर्वसाधारण र यात्रुहरुले चर्को विरोध गरेपछि जनप्रतिनिधिले विरोधस्वरुप ठेकेदार कम्पनी र आयोजना कार्यालयको ध्यानकर्षंण गराउन कोदो रोपाइँ गरेको वडाध्यक्ष अधिकारीको भनाइ छ । उहाँले सडकमा तत्काल सवारी चल्ने अवस्था नरहे आफूहरु धर्नामा बस्न बाध्य हुने बताए ।

नेता माधव नेपाल र प्रचण्ड बिच कोटेश्वरमा भेटवार्ता

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन् ।

नेता नेपाललाई भेट्न प्रचण्ड कोटेश्वर पुगेका थिए । त्यसअघि प्रधानमन्त्री शेरबहादुर देउवा र प्रचण्डबीच कुराकानी भएको थियो । प्रधानमन्त्री देउवालाई बालुवाटारमा पुगेर भेटेका प्रचण्ड नेता नेपाललाई भेट्न उनको निवास पुगेका हुन् ।

सत्तारुढ गठबन्धनले एमालेको नेपाल समूहलाई पनि सरकारमा सहभागी हुन आग्रह गरिरहेको छ । तर नेता नेपालले भने पार्टी एकताको प्रक्रिया चलिरहेकाले सरकारमा सहभागी हुनेबारे प्रष्ट कुरा राखेका छैनन् ।

सत्ता समीकरणको भागबण्डा मिल्न नसक्दा प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् । मन्त्रिपरिषद्मा कांग्रेसका दुई मन्त्री र एक राज्य मन्त्री छन् भने माओवादी केन्द्रका दुई मन्त्री छन् । बाँकी मन्त्रालय प्रधानमन्त्री देउवाले नै चलाइरहेका छन् ।

अमेरिकामा ८.१ म्याग्नीच्युडको भूकम्प

अमेरिकामा बिहीबार शक्तिशाली भूकम्प गएको छ । अमेरिकाको अलास्का राज्यको पेरिभिल्ले भन्ने ठाउँमा ८.१ म्याग्नीच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ विभागले बिहीबार जनाएको छ । स्थानीय समयानुसार दिउँसो २:१५ बजे सो भूकम्प गएकोे बताइएको छ । सामुद्रिक क्षेत्रमा भएकाले कुनै मानवीय र भौतिक क्षतिको विवरण भने प्राप्त नभएको अधिकारीहरुले जानकारी दिएका छन् । भूकम्पको केन्द्रविन्दु आपपासकै क्षेत्रमा १० किलोमिटर गहिराइमा रहेको जनाइएको छ ।