१५ श्रावण २०७८, शुक्रबार १०:३२ – Page 3 – Nagarikabhiyan : National News

अफगानीस्तानमा तालीवानीहरूको वर्चस्व दिन प्रति दिन बढ्दै

विपिन देव अफगानीस्तानमा तालीवानीहरूको वर्चस्व दिन प्रति दिन बढिरहेको छ । तालिवानीहरूले अफगानी समाजलाई इस्लामीकरण गर्न र पश्चिमा प्रभावलाई न्यूनीकरण गर्न बन्दुक उठाएका थिए । तदनुरुप कुरान अनुसार अपराधीलाई दण्डित गर्नु, महिला वर्गलाई राष्ट्रिय मुल प्रभाववाट पृथक राख्नु, बन्दुकको नालबाट शासन संचालन गर्नु तालिवानीहरूको उद्देश्य रहेको थियो ।

तालिवानीहरूको सैन्य क्षमता दिन प्रति दिन अभिवृद्धिको कारण विदेशी चलखेल नै रहेको छ । तालिवानीहरू वास्तवमा पाकिस्तान खुफिया एजेन्सीको नजिक हुन् । सेप्टेम्वर ११ को घटना पछि अमेरिकी सरकारले ओसामा विन लादेन र उनी संगठन अल कायदालाई सखाप पार्न अफगानीस्तानमा सैनिक अडा जमाएर बसे । पाकिस्तान र अमेरिकाको सम्वन्ध त्यतिखेर चुलिएको थियो ।

अमेरिकी राष्ट्रपति जर्ज वुसले पाकिस्तानलाई सामरिक साझेदार (स्ट्राटेजीक पार्टनर) को रुपमा घोषणा गरे । पाकिस्तानी शासक मुसरफको अमेरिकासंगको सापिप्यतालाई रणनीतिको रुपमा प्रयोग गरे । अर्थात् अमेरिकासंग सैन्य सहयोग प्राप्त गरेर अलकाइदालाई लगाम कस्न आंशिक रुपमा अमेरिकालाई सहयोग गरे भने अर्को तर्फ तालिवानी लडाकाहरूको वास स्थल, सैनिक प्रशिक्षण लगायत विभिन्न किसिमको सहयोग गरे । तालिवानीहरूलाई पास्तिानकले आप्mनो सामरिक हितमा प्रयोग गरे ।

अफगानिस्तानको भूमिलाई पाकिस्तानले पनि आफ्नो स्वार्थको लागि प्रयोग गर्दै आयो। काठमाडौंबाट इण्डियन एयर ल्यानसलाई अपहरण गरेर कानदाहरमा राख्नु र तालिवानी लडाकाहरूको दबाबमा महशुद अजहर लगायत विभिन्न आतंकवादीहरूलाई कैदवाट मुक्त गराउनु पाकिस्तानले तालिवानहरूलाई गरेको प्रयोग एक प्रतिनिधि उदाहरण हुन् । पाकिस्तानले तालिवानीहरूको प्रयोग काश्मिरको प्रथकतावादी आन्दोलनलाई चर्काउन पनि प्रचूर मात्रामा गरेको देखिन्छ । साथ(साथै अफगानिस्तानमा आप्mनो प्रभाव वढाउन र इरानको प्रभावलाई निस्तेज गर्न पाकिस्तानले तालिवानीहरूको प्रयोग गरेको देखिन्छ । इरान र भारतको सामिप्यतालाई पाकिस्तानले कहिले पनि सहन गरेको छैन । अर्को शब्दमा भन्ने हो भने काश्मिरको मुद्दामा भारतको पक्षमा अडान लिने र नैतिक सर्मथन गर्ने इश्लामिक मुलुकहरू मध्ये इरान प्रमुख हुन् । साथ साथै पाकिस्तानले जहिले पनि आफुलाई इस्लामिक राष्ट्रहरूको नेताको रुपमा सारेको कुरालाई इरानले स्वीकार गरेको छैन ।

पाकिस्तानमा रहेको विभिन्न आतंकवादी र कट्टरपन्थीहरूको आर्थिक श्रोतको रुपमा अफगानीस्तानमा उत्पादित भइरहेको लागु पद्धार्थ हो । अफगानिस्तानमा लागु पर्दाथको प्रचूर मात्रामा उत्पादन हुनु र साथ-साथै युरोप लगायत अमेरिकामा तस्करी हुनु जस्ता कारणले तालिवानी लगायत अलकायदा, जस्ता विभिन्न किसिमको आतंकवादी जथ्थाहरूले मगन्य आम्दानी गर्दछ । अफगानिस्तानमा कानूनी राज्य हुने वित्तिकै तस्करीको बजार बन्द हुन सक्दछ र आतंकवादी कारखानाहरू स्खलित हु‘दै बन्द हुनेछ । पाकिस्तान, अफगानीस्तान लगायत सेन्ट्रल एसियाका देशहरू ताजिकिस्तान, र्किगिस्तानहरू आर्थिक रुपले कमजोर हुनुको कारण आतंकवादी र कट्टर पन्थीहरू दबदबा र वर्चस्व हुनु नै हो । विगतका दिनहरूमा तालिवानीहरूले आप्mनो रणनीतिमा परिमार्जन गरेको देखिन्छ । तालिवानीहरूले यूरोप लगायत संसारका समृद्ध राष्ट्रहरूसंग सहकार्य गर्न खोजेको छ ।

अफगानिस्तानको आर्थिक अवस्था जर्जर भएको छ । विश्व समुदायवाट सहयोग र सदभाव नआएको खण्डमा अफगानिस्तानी जनताको देनिक जीवन पनि अति नै कष्टकर हुने छ । उत्पादन सून्य रहेको अवस्था छ । वन्दुक र वारुदको गन्धले समाज आक्रान्त भएको छ । यस परिवेशमा तालिवानीहरूले केहि अघिकारीक घोषणा गरेका छन् । विश्व समुदायको सदभाव र सहयोग विना अफगानीस्तान अगाडि वढ्न सक्दैन भने कुरा तालिवानीहरूले राम्ररी बुझेका छन् । तालिवानीहरूले अन्र्तराष्ट्रिय समुदायलाई अपिल पनि गरेका छन् । आउ‘ने दिनमा अफगानिस्तानी भूमिलाई कुनै पनि देशको विरोधमा उपयोग र प्रयोग गरिने छैन भने तालिवानीहरूको अपिल रहेको छ । साथ साथै मानव अघिकार जस्ता वैश्विक मुद्दाहरू पनि तालिवानीहरू आप्mनो अवधारणा जाहेर गरेका छन् । यही पृष्ट भूमिमा दोहा, तास्कन्द, तुस्मावे लगायत विभिन्न ठाउ‘हरूमा भारतीय अधिकारीहरूले तालिवानीहरूसंग वार्ता पनि गरेका छन् ।

भारतको लागि अफगानिस्तानले ठुलो महत्व वोकेको छ । अफगानिस्तानमा आप्mनो व्यापारिक कारोबार बढाउन र अफगानीस्तानलाई मध्य एसियासंग जोड्न भारतको नीति रहेको छ । इरानको चावाहारमा भारतले ठुलो वन्दरगाह लगभग बनाइसकेको छ । इरान र अफगानिस्तानलाई रेल्वेवाट जोड्न पनि भारतको गुरुयोजना रहेको छ । विगत वीस वर्षमा भारतले अफगानीस्तानमा विभिन्न किसिमको योजनाहरू परिचालित गरेको छ । त्यसमा लगभग ३ विलियन अमेरिकी डलर खर्च गरेको देखिन्छ । अफगानीस्तानमा प्रजातन्त्र बहाली होस भने भारतको नीति रहेको छ । प्रतिकात्मक रुपमा भारतले अफगानीस्तानमा संसद भवन समेत निर्माण गरिरहेको अवस्था छ । खास गरेर भारतले स्वास्थ्य र शिक्षाको क्षेत्रमा धेरै योजनाहरू परिचालीत गरेका छन् । अफगानिस्तान सरकारले भारतको सहयोग र सदभावलाई आत्मसाथ र स्वागत गर्दै आएको छ । बेला बखतमा तालिवानीहरूले भारतीय नीतिलाई विरोध समेत गरेका छन् । तर विगतका केही दिनहरूमा तालिवानीहरू पनि भारत प्रति केही लचकता अपनाएका छन् । अफगानिस्तानमा खाध्यान लगायत दैनिक उपभोगका वस्तुहरूलाई निर्यात गर्न भारतले सामथ्र्य बोकेको कुरा तालिवानीहरूलाई राम्ररी थाहा छ ।

अफगानिस्तानको सरकार पाकिस्तानसँग चिढिएको अवस्था छ । अर्को तर्फ तालिवानीहरू विश्व समुदायसंग नजिक हुन खोजिरहेको अवस्था छ । अर्थात् आउने दिनमा तालिवानीहरू पाकिस्तानको कटपुतली हुने कम सम्भावना छ । तालिवानीहरूमा पकड कमजोर हु‘न वित्तिकै पाकिस्तानका अरु कटरपन्थीहरू पनि पाकिस्तानी सरकारको नियन्त्रणवाट टाढा जान सक्ने सम्भावना देखिन्छ । अर्थात् तालिवानीहरू प्रजातान्त्रिक लिकमा आउ‘न वित्तिकै पाकिस्तानको मोह भंग हुने सम्भावना देखिन्छ । अफगानिस्तानको शान्ती प्रक्रियामा भारत र पाकिस्तानको दृष्ट्रिकोण फरक रहेको देखिन्छ ।

सर्वोच्च अदालतले तीन महिनापछि आजबाट पूर्णरुपमा सेवा दिने

काठमाडौं । सर्वोच्च अदालतले तीन महिनापछि शुक्रबारबाट पूर्णरुपमा आफ्ना सेवा दिने भएको छ ।

कोरोना महामारीका कारण सेवा संकुचित गरेको तीन महिनापछि सर्वोच्चले सबै प्रकारका सेवाहरु यसरी नियमित रुपमा सञ्चालन गर्ने भएको हो । असार ३१ मा बसेको सर्वोच्चको पूर्ण बैठकले यस्तो निर्णय गरेको प्रवक्ता बाबुराम दाहालले बताउँनु भयो ।

साउन १ मा पूर्ण बैठकको निर्णयबारे जानकारी गराउन प्रकाशित विज्ञप्तीमा साउन मध्यबाट नियमित सेवा दिइने उल्लेख थियो ।

अदालतले सेवा संकुचन गरेको अवधिभित्रका हद म्याद, म्याद र तारेख नगुज्रने भएका छन् । यसबारे गत वर्ष १५ जेठमा गरेको आदेशअनुसार नै हुने जनाएको छ । नेपालमा कोभिडको दोस्रो लहर सुरु भएसँगै सर्वोच्चले आफ्नो सेवामा सीमितता ल्याएको थियो ।

सर्वोच्चसँगै उच्च, विशेष र जिल्ला अदालतहरुले पनि संक्रमण फैलन नदिन विभिन्न किसिमका सेवा बन्द गरेका थिए ।

अफगानिस्तानमा बाढीले बगाउँदा ६० जनाको मृत्यु

अफगानिस्तानमा बाढीले बगाउँदा ६० जनाको मृत्यु भएको छ। अविरल वर्षासंगै आएको बाढीमा कयौं हराइरहेका सरकारी अधिकारीहरुले जनाएका छन् । पूर्वी अफगानिस्तानको नुरिस्तान प्रान्तको कामदिश घाटीमा बाढीले बढी क्षति गरेको छ । बाढीका कारण धेरै घरहरु भत्किएका छन् । विद्रोही समूह तालिबानको नियन्त्रणमा रहेको त्यो क्षेत्रमा सञ्चार सम्पर्क विच्छेद भएकाले थप जानकारी प्राप्त हुन नसकेको बताइएको छ । बाढीमा हराएकाहरुको खोजी भइरहेको र विस्थापितलाई राहत वितरण गर्न अनुमति दिने तालिबानका प्रवक्ताको भनाई छ। एजेन्सी

कोरोना संक्रमितले भरिँदै आईसीयू र भेन्टिलेटर

काठमाडौं । कोरोना संक्रमित संख्या बढ्दै गएपछि अस्पतालका आईसीयू र भेन्टिलेटर फेरि भरिन थालेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका अस्पतालमा अहिले १ सय ६० भेन्टिलेटर र ६ सय ३६ जना आईसीयूमा छन् ।

जसअन्तर्गत प्रदेश १ मा १ सय १५ आईसीयू र ४६ जना भेन्टिलेटरमा छन् । प्रदेश २ मा दुई जना आईसीयूमा उपचाररत छन् । बाग्मती प्रदेशमा ३ सय ८१ जना आईसीयू र ८६ जना भेन्टिलेटरमा छन् । गण्डकी प्रदेशमा ७० आईसीयू र १७ जना भेन्टिलेटर, लुम्बिनी प्रदेशमा ४५ आईसीयू र चार जना भेन्टिलेटरमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कर्णाली प्रदेशमा १६ आईसीयू र चार जना भेन्टिलेटर, सुदुरपश्चिम प्रदेशमा सात आईसीयू र तीन जना भेन्टिलेटरमा उपचाररत छन् । यसअघि बुधबार ६ सय ११ आईसीयू र १ सय ६८ भेन्टिलेटरमा उपचाररत र १२ साउनमा ६सय ११ आईसीयू र १ सय ७१ भेन्टिलेटरमा थिए । त्यस्तै, बिहीबार देशभर थप ३ हजार ३ सय ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राजधानी दैनिक बाट

पन्ध्र जना बिपन्नलाई किराना समान प्रदान

राजविराज । समुन्नती कार्यक्रम अन्र्तगत कोभिड १९ को मारमा रोजगारी गुमाएका १५ जना अति बिपन्न परिवारलाई खुद्रा पसल संचालनको लागि यहाँ किराना समान प्रदान गरिएको छ । सेभ द चिल्ड्रेनको सहयोगमा सेभ द सप्तरीको आयोजनामा राजविराजमा आयोजित कार्यक्रममा लघुउधमीका अतिबिपन्न परिवारलाई नस्ता पसलसहितका खुद्रा पसल संचालनका लागि करिब रु २० हजार मुल्य बराबरको किराना समान प्रदान गरिएको सेभ द सप्तरीका कृषि प्राबिधिक रामकुमार साहले जानकारी दिनुभयो ।

जिल्लाको राजविराज नगरपालिकासहित छिन्नमस्ता गाउँपालिका र बिष्णुपुर गाउपालिकाका १५ जना अति बिपन्न परिवारलाई खुद्रा पसल संचालनको लागि उनीहरुलाई किराना समान दिइएको कृषि प्राबिधिक साहले भन्नुभयो ।
उनीहरुलाई खनेतेल,नुहाउने र कपडा धुने साबुन,चाउचाउ,बिष्कुट,कुरमुरै,चिजवल,चना,मसुरको दाल र मुरही लगायतका किराना समान दिइएको सेभ द सप्तरीका फिल्ड अधिकृत सत्यनारायण थारुको भनाई छ ।

लघुउद्यमीहरुले ब्यवसायिबाट गरेको आम्दानी बालबालिकाहरुको शिक्षा,स्वास्थ्य तथा आयआर्जन बृद्धि गर्ने लघुउधमीहरुले बताएका छन ।
उक्त बितरण समाहारोमा सेभ द सप्तरीका सचिव नरेन्द्र प्रसाद यादव, कार्यक्रम संयोजक गोपाल प्रसाद चौधरी ,कृषि प्रबिधिक रामकुमार साह, फिल्ड अधिकृत सत्यनारायण थारु ,मिल अधिकृत मिथलेश यादव,लोजेष्टीक अधिकृत महेश चौधरी लगायतका उपस्थित रहेको थियो ।

होटल व्यवसायीद्वारा राहत माग

सुर्खेत । सुर्खेतका होटल व्यवसायीले कर्णाली प्रदेश सरकारसँग राहतको माग गरेका छन् । होटल व्यवसायी सङ्घ सुर्खेतले बिहीबार कर्णाली प्रदेश सरकारलाई आफ्नो मागपत्र बुझाउँदै कोरोनाका कारण थला परेको होटल व्यवसायलाई उकास्न राहत माग गरेका हुन् ।

कोरोनाकै कारण दुई वर्षदेखि होटल व्यवसाय थला परेकाले आवश्यक नीति तथा कार्यक्रमबाट राहत दिन सरकारसँग अनुरोध गरेको होटल व्यवसायी सङ्घ सुर्खेतका अध्यक्ष गोरख रावतले जानकारी दिए । “विगत दुई वर्षदेखि हामी थला परेका छौँ, राज्यले पनि हामीबाट कर लिने बेला लिन्छ, तर अहिले हामी समस्यामा पर्दा केही राहत दिन सक्दैन”, उनले भने ।

कोरोना महामारीको यस्तो अवस्थामा खोप दिन पनि कञ्जुस्याइँ गरिरहेको भन्दै अध्यक्ष रावतले व्यवसायीलाई खोपको व्यवस्था गर्न सरकारसँग माग गरिएको बताए । उनका अनुसार सुर्खेतमा मात्र एक हजार २५० होटलमा पाँच हजार कर्मचारी रहेका छन् । कर्णालीका होटल व्यवसायी र त्यहाँ काम गर्ने कर्मचारीलाई कोरोनाविरुद्धको खोप लगाउनुपर्ने मागसमेत गरिएको रावतले जानकारी दिए ।

व्यवसायीको मागप्रति सरकार गम्भीर ः मन्त्री बुढाक्षेत्री
प्रदेशका सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले होटल व्यवसायीका मागप्रति सरकार गम्भीर रहेको बताए । व्यवसायीको मागपत्र बुझ्दै मन्त्री उनले कोरोना महामारीको चपेटामा होटल व्यवसाय क्षेत्र पनि परेकाले प्रदेश सरकारले यसलाई माथि उकास्ने खालका कार्यक्रम ल्याउने जानकारी दिए ।

कोरोना भाइरसविरुद्धको खोप होटल व्यवसायीलाई पनि लगाउन मन्त्रालयले पहल गर्ने उनको भनाइ थियो । “अहिले हाम्रो प्राथमिकता भनेको नागरिकको स्वास्थ्य हो, त्यसैले सबै नागरिकलाई खोप लगाउने लक्ष्य छ, सोहीअनुसार स्वास्थ्यकर्मी, सञ्चारकर्मी, ज्येष्ठ नागरिक, सफाइकर्मी र शिक्षकलाई खोप लगाउने काम भइरहेको छ”, उनले भने । होटल व्यवसायी र यहाँ काम गर्ने कर्मचारीमा पनि कोरोनाको जोखिम हुने भएकाले केन्द्र सरकारसँग समन्वय गरी खोप लगाउन प्रदेश सरकारले आवश्यक पहल गर्ने उनले जानकारी दिए ।

अफगानिस्तानमा बाढी : ६० जनाको गयो ज्यान, कयौं बेपत्ता

एजेन्सी । अफगानिस्तानमा बाढीमा परि ६० जनाको ज्यान गएको छ । कयौं हराइरहेका छन् । पूर्वी अफगानिस्तानको नुरिस्तान प्रान्तको कामदिश घाटीमा बाढी आएको बीबीसीले जनाएको छ । बाढीका कारण कयौं घर भत्किएका छन् ।

विद्रोही समूह तालिबानको नियन्त्रणमा रहेको त्यो क्षेत्रमा सञ्चार सम्पर्क विच्छेद भएकाले थप अरु जानकारी आएको छैन । बाढीमा हराएकाहरुको खोजी भइरहेको र विस्थापितलाई राहत वितरण गर्न अनुमति दिने तालिबानका प्रवक्ताले बताएका खबरमा उल्लेख गरिएको छ ।

दुर्गम भएका कारण बाढीग्रस्त क्षेत्रमा राहत सामग्री पुर्‍याउन चुनौती रहेको अफगानिस्तानका सरकारी अधिकारीहरुले बताएका छन् । एजेन्सी

करिब १०४ वर्ष पहिल्यै नेपालमा सुरुङमार्ग थियो

काठमाडौं । नेपालमा अझै पनि सुरुङमार्गलाई नौलो विकास ठानिन्छ। तर, तपाईं–हामी धेरैलाई थाहा छैन, करिब १०४ वर्ष पहिल्यै हाम्रो देशमा सुरुङमार्ग थियो। सरकारी निकायले नै यसलाई एसियाकै पहिलो सुरुङमार्ग भनेर दाबी गर्दै आएका छन्। जुन २०२० सालपछि प्रयोगमा आउन छाडेको थियो। यसलाई २०७२ सालको भूकम्पले थप जीर्ण बनाएको थियो।

यसको लम्बाइ सुरुमा ५ सय मिटर थियो। एकातर्फका भाग पहिरोले पुरिएपछि १ सय ९८ मिटर बाँकी रहेको जनाइएको छ। चौडाइ २.५ मिटर र उचाइ तीन मिटर छ। पाँचौं राणा प्रधानमन्त्री चन्द्रशमशेरका पालामा सन् १९१७ मा बाराको अमलेखगन्जबाट मकवानपुरको हेटौंडा छिचोल्न यो सुुरुङमार्ग निर्माण गरिएको थियो। त्यस समय भारतबाट अमलेखगन्जसम्म रेल आउँथ्यो।

अब भने बागमती प्रदेश सरकारको यातायात पूर्वाधार निर्देशनालयले मकवानपुर र बाराको सिमानामा रहेको चुरियामाईस्थित सुरुङमार्गको पुनर्निर्माण थालेको छ। मुख्यमन्त्री डोरमणि पौडेलले बिहीबार पुनर्निर्माण कार्यको शिलान्यास गरेका छन्। ‘यो इतिहास नयाँ पुस्तालाई हस्तान्तरणसँगै पर्यटन प्रवर्द्धनका लागि महत्वपूर्ण हुने हामीले अपेक्षा लिएका छौं’, मुख्यमन्त्री पौडेलले भने। आजको अन्नपूर्ण पोस्ट् दैनिकमा प्रकाशित छ ।

टोकियो ओलम्पिक : हिट चरणबाटै बाहिरिइन् सरस्वती

काठमाडौँ । नेपालकी एथलेटिक्स खेलाडी सरस्वती चौधरी जापानमा जारी टोकियो ओलम्पिकको हिट चरणबाटै बाहिरिएकी छिन् ।

महिला सय मिटर दौडमा आज बिहान प्रतिस्पर्धा गरेकी सरस्वतीले १२ दशमलव ९१ सेकेन्डमा रेस पूरा गरिन् ।

यो स्पर्धामा सरस्वतीले आफ्नो व्यक्तिगत उत्कृष्ट प्रदर्शन समेत गर्न सकिनन् । महिला सय मिटर दौडमा सरस्वतीको उत्कृष्ट समय १२ दशमलव ५५ सेकेन्डको थियो ।

यो विधामा नेपालको राष्ट्रिय कीर्तिमान देवीमाया पनेरुको नाममा १२ दशमलव २० सेकेन्डको रहेको छ । टोकियो ओलम्पिकको महिला सय मिटर दौडमा सरस्वती दोस्रो हिटका ९ खेलाडीमध्ये आठौँ स्थानमा रहिन् ।

सरस्वतीको प्रदर्शनसँगै टोकियो ओलम्पिक्समा नेपालबाट सहभागी सबै पाँच खेलाडीको प्रतिस्पर्धा सकिएको छ । यस पटक पौडीका अलेक्स शाह र गौरिका सिंह तथा सुटिङकी कल्पना परियारले राष्ट्रिय कीर्तिमान बनाएका छन् । जुडोकी सोनिया भट्ट भने पहिलो बाउटमै पराजित भइन् ।

बजेट अभावले धवलागिरि अस्पतालको एनआइसीयू अलपत्र

बलेवा । बजेट अभावले धवलागिरि अस्पतालमा निर्माण सुरु भएको शिशु सघन उपचार कक्ष अलपत्र परेको छ । जन्मेदेखि चार सातासम्मका बालबालिकाका लागि स्थापना गर्न थालिएको शिशु सघन उपचार कक्ष (एनआइसीयू) निर्माणले बजेट अभावका कारण गति लिन नसकेको हो ।

गण्डकी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले गत आर्थिक वर्षमा उक्त कक्ष निर्माणका लागि रु ६० लाख उपलब्ध गराएको थियो । रु तीन करोडको आश्वासन पाएको अस्पतालले उक्त कक्ष निर्माणको काम थालेको थियो । विनियोजित बजेटले एनआइसीयूका लागि आवश्यक उपकरणलगायतका व्यवस्थापन अपुग भएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा शैलेन्द्र विक पोखरेलले बताए ।

‘हामी अत्यावश्यक परेमा अहिलेसम्म निर्माण भएको संरचनाबाट उपचार गरिरहेका छौँ, तर आवश्यक सबै पूर्वाधार र उपकरण तयार गर्न बजेटको अभाव छ’, पोखरेलले भने, ‘छिमेकी जिल्लाका अस्पतालले रु तीन करोड पाउँदा धवलागिरिले रु ६० लाख मात्रै पाएको विषयमा खोजी भइरहेको छ ।’

कुनै समय सिफारिस केन्द्रका रूपमा परिचित धवलागिरि अस्पतालले बागलुङमा दुई वर्षयता संरचना र जनशक्तिको प्रयोग गरेर सेवा दिने अस्पतालका रूपमा विकास गरिरहेको छ । एक वर्षअघि यस अस्पतालमा तीन शय्याको सघन उपचार कक्ष स्थापना भएको थियो ।

अस्पतालमा तत्काल एनआइसीयू स्थापना भए नवजात शिशुको सुरक्षित उपचार हुने भएकाले काठमाडौँ तथा पोखरा धाइरहनुपर्ने बाध्यता अन्त्य हुने अस्पताल विकास समितिका अध्यक्ष केवी राना बताउँछन् । ‘हामी काम गर्न तयार छौँ र गरिरहेका छौँ, सरकार आश्वासन दिन्छ बजेट दिँदैन’, राना भन्छन्, ‘धवलागिरि अस्पतालमा सबै क्षेत्रको सहयोग र समर्थन भए अस्पताल सक्षम अस्पतालका रूपमा विकास हुन्छ ।’

एनआइसीयू बनेमा चार सातासम्मका बालबालिकाको सुरक्षित उपचार हुने अस्पतालका बालरोग विशेषज्ञ प्रकाश थापाले बताए । अस्पतालले आपत्कालीन प्रयोगका लागि भेन्टिलेटर राखेर उक्त कक्ष सञ्चालनमा भने ल्याएको छ । बाढी पहिराका कारण सडक अवरुद्ध भएर काठमाडौँ, पोखरा पुग्न नसक्दा बिना उपकरण पनि चिकित्सक र स्वास्थ्यकर्मीले एनआइसीयू कक्ष सञ्चालन गरेर उपचार गरेका थिए । आपत्कालीन सञ्चालनका लागि समेत जनशक्तिको अभाव छ । सिकिस्त भएका, ज्वरो बढी आएका, दूध चुस्न नसक्ने, श्वास फेर्न गाह्रो भएका नवजात शिशुलाई एनआइसीयूमा नै राखेर उपचार गर्नुपर्ने डा .पोखरेल बताउँछन् ।रासस

१२ कक्षा उत्तीर्णलाई भारतमा छात्रवृत्तिसहित अध्ययनको अवसर

काठमाडौं । कक्षा १२ मा ६० प्रतिशत प्राप्तांक ल्याएका विद्यार्थीलाई भारतीय विश्वविद्यालयमा छात्रवृत्तिसहित अध्ययन गर्ने अवसर जुटेको छ । उक्त तह उत्तीर्ण गरेका विद्यार्थीले शतप्रतिशत छात्रवृत्तिमा दाबी गर्न सक्ने भएका छन् ।

भारतका विश्वविद्यालय, कलेज र इष्टिच्युटहरूमा उच्च शिक्षा हासिल गर्ने उद्देश्यले जान चाहने विद्यार्थीलाई गुणस्तरीय शैक्षिक परामर्श सेवा प्रदान गर्दै आएको कृष्णा फाउन्डेशनले मेरिटको आधारमा भारतीय दूतावासले प्रदान गर्ने शतप्रतिशत छात्रवृत्ति ‘कम्पेक्स स्कलरशिप २०२१’को बारेमा जानकारी गराएको हो ।

संस्थाका अनुसार इञ्जिनियरिङ, फार्मेसी, कृषि, फुड टेक्नोलोजी र बीएससी नर्सिङमा शैक्षिक सत्र २०२१–२२ का लागि विद्यार्थीले अगस्ट ४ तारिखसम्म छात्रवृत्ति आवेदन दिन सक्नेछन् । संस्थाका एड्मिशन म्यानेजर सुभाषकेशव कोइराला कम्पेक्स स्कलरशिपको फर्म भर्न अनलाइन काउन्सिलिङ टीममार्फत सहयोग गरिँदै आएको बताए । ‘साथै विद्यार्थी र अभिभावक कार्यालयमै आएर पनि फारम भर्न सक्नेछन्,’ उनले भने ।

उनका अनुसार कम्पेक्स स्कलरशिपका लागि अगस्ट चौथो साता कम्प्युटर बेसमा परीक्षा लिइने भएको छ । कक्षा १२ उत्तीर्ण गरेका र परीक्षा दिएका दुवै वर्गका विद्यार्थीले यो छात्रवृत्तिका लागि आवेदन तथा परीक्षा दिन सक्ने भारतीय दूतावासद्वारा निष्कासित छात्रवृत्ति फारम भर्ने तरिकामा उल्लेख छ ।

कृष्णा फाउन्डेशनले भारतका उत्कृष्ट विश्वविद्यालय, कलेज र इस्टिच्युटमा आफै गएर त्यस शैक्षिक संस्थामा रहेको पूर्वाधार, शिक्षाको गुणस्तर, अन्तरराष्ट्रिय विद्यार्थी अनुभव र छात्रवृत्तिका बारेमा जानकारी लिएर विद्यार्थी र अभिभावकलाई परामर्श दिँदै आएको संस्थाका निर्देशक सन्तोषकुमार चौधरीले बताए ।

हाल शैक्षिक सत्र २०२१–२२ का लागि भर्ना प्रक्रिया अगाडि बढाउने समयमा संस्थाले ‘स्कलरसिप इन इन्डियन युनिभर्सिटिज’बारे जानकारी एवं परामर्श दिने कार्यक्रम आयोजना गरेको हो । भारतीय दूतावास काठमाडौंले मेधावी र मेहनती नेपाली विद्यार्थीलाई मेरिटको आधारमा ‘कम्पेक्स स्कलरशिप २०२१’ मार्फत शतप्रतिशत छात्रवृत्तिमा भारतका उत्कृष्ट विश्वविद्यालय र कलेजमा अध्ययनको अवसर प्रदान गरेको छ ।, यो समाचार आर्थिक अभियान दैनिकमा छ ।

आजको मौसम : यी स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ ।  प्रदेश १, बागमती प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

भारी वर्षाका कारण पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले महाशाखाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

महाशाखाका अनुसार हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ। भने, मनसुनी प्रभावका कारण हाल देशभर सामान्य बदली रहेको छ। साथै प्रदेश १, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केहि स्थानहरुमा हल्का वर्षा भैरहेको छ।

यसैगरी, आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। भने, प्रदेश १, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

यस्तै, आज राति देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। भने, राति प्रदेश १, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

काठमाडौँ–तराई द्रुतमार्ग : सुरुङमार्गसहित पुलको ठेक्का पाएका चिनियाँ टोली नेपालमा

काठमाडौँ : काठमाडौँ–तराई द्रुतमार्ग आयोजनाअन्तर्गतका मुख्य र जटिल मानिने सुरुङमार्ग र विशेष पुल बनाउने ठेक्का पाएका दुईओटै चिनियाँ कम्पनीका अधिकारीहरू नेपालमा आएका छन् । दोस्रो प्याकेजको ठेक्का पाएको पोली च्याङ्दा इन्जिनीयरिङ कर्पोरेशनका अधिकारी आएको १ महीनापछि पहिलो प्याकेजको टोली काठमाडौंमा आएको हो ।

पहिलो प्याकेजको छोक्रेडाँडा–धेद्रेखोलासम्मको सुरुङमार्ग तथा पुल बनाउने ठेक्का पाएको चाइना स्टेट कन्स्ट्रक्शन इन्जिनीयरिङ कर्पोरेशन लिमिटेडको अधिकारी बुधवार नेपालमा आएको नेपाली सेनाले जानकारी दिएको छ । सेनाको व्यवस्थापनमा निर्माणाधिन द्रुतमार्गको दोस्रो प्याकेजअन्तर्गतको धेद्रेखोला–लेनडाँडासम्मको सुरुङमार्ग र त्यसअन्तर्गत पर्ने विशेष पुलको डिजाइन बनाउने टोली असार ९ गते काठमाडौंमा आई हाल साइटमा खटिएको छ ।

सेनाका प्रवक्ता सन्तोषवल्लभ पौडेलले चाइना स्टेटका २३ जनाको टोली आइसकेको र १० दिन क्वारेन्टाइनमा बसेपछि फिल्डमा खटिने जानकारी दिए । कारोना संक्रमणकै बीचमा कम्पनीको टोली नेपाल आएपछि तोकिएकै समयमा आयोजना सम्पन्न गर्न थप सहजता हुने सेनाको विश्वास छ । दु्रतमार्गमा ती ३ स्थानमा सुरुङमार्ग र १६ ओटा जटिल खाले पुल निर्माणका लागि चिनियाँ २ कम्पनीसँग वैशाख ३१ ग्ते ठेक्का सम्झौता भइसकेको छ ।

द्रुतमार्गमा सुरुङमार्गको दूरी ६ दशमलव ४१ किलोमीटर रहेको छ भने जटिल खाले पुलको लम्बाइ १० दशमलव ५९ किमी रहेको छ । नेपाली सेनाले इन्जिनीयरिङ प्रोक्युरमेन्ट कन्स्ट्रक्शन ९ईपीसी० माध्यमबाट द्रुतमार्गका यी संरचना निर्माणका लागि ठेक्का सम्झौता गरिसकेको छ । सोहीअनुसार ती कम्पनीका अधिकारीले सुरुङमार्गसहित बन्ने विशेष पुल र निश्चित सडकको डिजाइन गर्नेछन् ।

सेनाका अनुसार ६ महीनाभित्र यी कम्पनीले डिजाइन तयार गरिसक्नुपर्ने कार्यादेश छ । सेनाले रू। ५० अर्ब १४ करोड लगानीमा साढे ३ वर्षभित्र सुरुङमार्गसहितका विशेष खालका पुल निर्माण गर्ने गरी यी २ चिनियाँ कम्पनीसँग सम्झौता गरेको हो । द्रुतमार्गमा बन्ने सुरुङमार्गसहित पुलको पहिलो प्याकेजको लागत रू। २१ अर्ब ६१ करोड र दोस्रो प्याकेजको लागत रू। २८ अर्ब ५३ करोड छ ।

सेनाले गत आर्थिक वर्ष ०७७र७८ मा रू। ८ अर्ब ९६ करोड ८८ लाख बजेटमा वार्षिक प्रगति ९७ दशमलव ३४ प्रतिशत प्राप्त भएको उल्लेख गरेको छ । आयोजनाको कुल कार्य प्रगति भने १६ दशमलव २१ प्रतिशत रहेको छ भने वित्तीयतर्फ कुल १४ दशमलव ५१ प्रतिशत लक्ष्य प्राप्त भएको सेनाको भनाइ छ । गत आवमा आयोजना स्थलमा १४ ओटामध्ये ८ ओटा बेलिब्रिज जडान भई सञ्चालनमा आएका छन् ।

सेनाले पुल तथा सरुङ निर्माण कार्यको लागि आवश्यक पर्ने पहुँचमार्ग निर्माण अघि बढाएको छ । हालसम्म ९१ दशमलव ५ प्रतिशत जग्गा अधिकरण तथा मुआब्जा वितरण सम्पन्न भएको भन्दै सेनाले खोकना–बुङमति इलाकामा रहेको जग्गा विवाद समाधान गर्न उप–समिति गठन गरेको उल्लेख गरेको छ । सेनाले आयोजना स्थलमा रूख कटान भएअनुसार हालसम्म २ लाख ४९ हजार १६६ ओटा रूखका बिरुवा रोपिसकेको छ ।

यो समाचार आर्थिक अभियान दैनिकमा छ ।

नेपाल प्रहरीको तह र दर्जा थप्न प्रस्ताव

काठमाडौं । नेपाल प्रहरीले आफ्नो संरचना पुनरावलोकन गर्दै तह र दर्जा थप गर्न गृह मन्त्रालयमा प्रस्ताव पठाएको छ । प्रहरी प्रधान कार्यालयले तल्ला तहका प्रहरी कर्मचारीको मनोबल बढाउने गरी गरेको लामो समयको अध्ययनपछि चारवटा तह र तीनवटा दर्जाको संरचना थप्न गृह मन्त्रालयमा प्रस्ताव गरेको हो ।

यसरी कुल चार तह र तीन दर्जा गरी सातवटा संरचना थप गर्ने गरी प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयलाई तीन साताअघि प्रस्ताव पठाएको प्रहरी उच्च स्रोतले जनाएको छ । यो प्रस्ताव निजामती कर्मचारीको जस्तै गरी तयार गरिएको हो । सशस्त्र प्रहरीमासमेत परिचरका लागि यस्तै संरचना छ । सशस्त्रमा परिचरहरू पाँच वर्ष पुगेपछि एक तह बढुवा हुन्छन् ।

जसमा प्रहरी कार्यालय सहयोगी (परिचर)का चार तह र सहायक हबल्दार, वरिष्ठ हबल्दार र वरिष्ठ सई गरेर तीन दर्जा थपको प्रस्ताव गरिएको छ । नेपाल प्रहरीमा हाल सबै कार्यालय सहयोगी एउटै दर्जामा कार्यरत छन् । यस्तो हुँदा बढुवामा अन्योल हुँदै आइरहेको छ । आजको राजधानी दैनिकमा छापिएको छ ।

भरिंदै आईसीयू र भेन्टिलेटर

काठमाडौं । कोरोना संक्रमित संख्या बढ्दै गएपछि अस्पतालका आईसीयू र भेन्टिलेटर फेरि भरिन थालेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका अस्पतालमा अहिले १६० भेन्टिलेटर र ६३६ जना आईसीयूमा छन् ।

जसअन्तर्गत प्रदेश १ मा १ सय १५ आईसीयू र ४६ जना भेन्टिलेटरमा छन् । प्रदेश २ मा दुई जना आईसीयूमा उपचाररत छन् । बागमती प्रदेशमा ३ सय ८१ जना आईसीयू र ८६ जना भेन्टिलेटरमा छन् । गण्डकी प्रदेशमा ७० आईसीयू र १७ जना भेन्टिलेटर, लुम्बिनी प्रदेशमा ४५ आईसीयू र चार जना भेन्टिलेटरमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कर्णाली प्रदेशमा १६ आईसीयू र चार जना भेन्टिलेटर, सुदुरपश्चिम प्रदेशमा सात आईसीयू र तीन जना भेन्टिलेटरमा उपचाररत छन् । यसअघि बुधबार ६ सय ११ आईसीयू र १ सय ६८ भेन्टिलेटरमा उपचाररत र १२ साउनमा ६सय ११ आईसीयू र १ सय ७१ भेन्टिलेटरमा थिए । त्यस्तै, बिहीबार देशभर थप ३ हजार ३ सय ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आजको राजधानी दैनिकमा छापिएको छ ।

आज साउन १५ अर्थात् खीर खाने दिन

काठमाडौँ । साउन १५ गते आज नेपाली समाजमा खीर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही, च्युरा र साउन १५ मा खीर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ । साउने झरी पर्ने बेलामा तातो खिरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खीर खाने गरिएको हो । दूधमा मरमसलालगायत चिजबिज हालेर बनाइने खिरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यसको परम्परा बसेको विश्वास गरिन्छ ।

संस्कृत भाषामा पायस भनिने खीर सात्विक आहारमध्येमा उत्तम मानिने भएकाले पितृ एवं देव कार्यमा पनि यसलाई महत्वपूर्ण वस्तुका रुपमा वैदिक शास्त्रमा वर्णन गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए । साउन महिनामा गाउँघरमा पनि खेतीपातीको काम सकिन्छ । हरियाली बढी हुने भएकाले घाँस बढी पाइन्छ । राम्रा धेरै घाँस पाइने बेलामा गाई, भैँसीले पनि धेरै दूध दिन्छन् । दूध धेरै भएपछि इष्टमित्र, चेलबेटीलाई घरमा बोलाएर खीर खाने चलन चलेको हो ।

साउन भगवान् शिवको महिना हो । शिवलाई दूध र दूधमा बनेका परिकार मनपर्ने भएकाले खीरलगायत मिठाइ विधिपूर्वक चढाइन्छ । यसैले गर्दा साउनको मध्य पारेर खीर खाने प्रचलन चलेको हुनसक्ने धर्मशास्त्रविद् गौतमले बताए । तर यसको कुनै शास्त्रीय वचन भने छैन ।  ऋषिमुनिको पालादेखि नै श्राद्धलगायत पितृ कार्यमा निमन्त्रणा गरिएका ब्राह्मणलाई पायस अर्थात् खीर खुवाउने गरिएको थियो । अहिले पनि वैदिक सनातन धर्मावलम्बीले श्राद्धका दिन अनिवार्यरुपमा गाईको दूधमा पायस अर्थात् खीर बनाउँछन् ।

चामल, सावधाना, सेवइ, मकै, गाजरलगायतको खीर बनाउने गरिन्छ । सावधानालाई फलफूलकै वर्गमा राखिन्छ । यसैगरी साउन महिनामा हरियो मकै धेरै पाइने भएकाले मकैको खीरसमेत बनाएर खाने चलन छ । खीर खाँदा देवतालाई चढाएर खानुपर्छ भन्ने धार्मिक विश्वास रही आएको छ ।

नेपाली बृहत् शब्दकोशले ‘दूधमा पकाइएको भात, दूधमा चामल, चिनी, मसला आदि हाली पकाइएको स्वादिष्ट खाद्य पदार्थ, पायस, तस्मै’ भनी खीरलाई परिभाषित गरिएको छ । नेपाली समाजमा असार १५ गते दही, च्यूरा, साउन १५ गते खीर, भदौ १५ गते पोलेको मकै, पुस १५ गते घिउ खट्टे, माघ १५ गते मालपुवालगायत चिजबिज बनाएर इष्टमित्र एवं छोरी चेलीलाई बोलाएर खुवाउने र आफू पनि खाने लौकिक चलन रही आएको छ ।

कोभिड महामारी चलेका बेला दूधबाट बनेको खीरले मानव शरीरमा रोग प्रतिरोधी क्षमता विकास गर्ने राष्ट्रिय दुग्ध विकास बोर्डले जनाएको छ । बोर्डको गत वर्ष फागुन १५ गते बसेको बैठकले साउन १५ लाई खीर खाने दिन अर्थात् खिर दिवसका रुपमा मनाउने निर्णय गरेको थियो । नेपालको खाद्य नियमावलीअनुसार मानक प्रशोधित दूधमा हुने तीन प्रतिशत चिल्लो, ४.७ प्रतिशत ल्याक्टोज र ३.५ प्रतिशत प्रोटिनको गणना गर्दा प्रति १०० ग्राम प्रशोधित दूधबाट ६० प्रतिशत क्यालोरी शक्ति प्राप्त हुने बोर्डले जनाएको छ ।