जसपा लुम्बिनीका तीन सांसदलाई निष्कासित गरेको पत्र प्रदेशसभा सचिवालयमा – Nagarikabhiyan : National News

जसपा लुम्बिनीका तीन सांसदलाई निष्कासित गरेको पत्र प्रदेशसभा सचिवालयमा

काठमाडौं ।  जनता समाजवादी पार्टीले लुम्बिनी प्रदेशसभाका तीनजना सांसदलाई पार्टीमा नरहने गरी कारबाही गरेको पत्र प्रदेशसभा सचिवालयमा पठाएको छ ।

जसपा केन्द्रीय कार्यकारिणी समितिमा अध्यक्ष उपेन्द्र यादव पक्षको अत्यधिक बहुमत पुगेको भन्दै पार्टी आधिकारिकता यादवले पाएसँगै जसपाले सांसदहरुलाई कारबाही गरेको पत्र प्रदेशसभामा पठाएको हो ।

जसपाका लुम्बिनी प्रदेशसभा संसदीय दलका नेता सहसराम यादवले प्रदेशसभालाई लेखेको पत्रमा तीनजना सांसदहरु सन्तोष कुमार पाण्डे, कल्पना पाण्डे र विजय कुमार यादवलाई कारबाही गरी पार्टीबाट निष्कासन गरिएको उल्लेख गरेका छन् ।

तीनजना सांसदहरु पार्टीको निर्णय विपरीत नेकपा एमाले नेतृत्वको सरकारमा सहभागी भएको भन्दै जसपाले उनीहरुलाई पार्टीबाट निकालेको हो । यसअघि, सरकारमा सहभागी भएर फेरि राजीनामा दिएकी जसपा सांसद सुमन शर्मा रायमाझीको भने सांसद पद जोगिएको छ ।

रायमाझीले आत्मालोचना गर्दै पार्टीमा फर्किएकाले उनलाई कारबाही नगरिएको संसदीय दलका नेता यादवले जनाएका छन् ।

j.jpg

jj.jpg