१६ बैशाख २०७८, बिहीबार ०९:१६ – Page 3 – Nagarikabhiyan : National News

कोरोनाविरुद्धको खोप अभियान किन भयो काठमाडौमा स्थगित ?

काठमाडौं। कोरोनाविरुद्धको खोप लगाउने अभियान तत्कालका लागि स्थगित गरिएको छ। जिल्ला स्वास्थ्य कार्यलय काठमाडौले विज्ञप्ति मार्फत् तत्कालका लागि खोप अभियान स्थगित गर्ने जनाएको हो।

काठमाडौंमा कोरोनाविरुद्धको खोप अभियान निरन्तर संचालन गर्ने भनिए पनि अब सो खोप लगाउने कार्य केही समयको लागि बन्द गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ।

कोरोना संक्रमण नियन्त्रण गर्नका लागि उपत्यकामा निषेधाज्ञा गरिएकाले खोप अभियान स्थगित गरिएको कार्यालयले जनाएको छ। दोस्रो चरणको खोप अभियानअन्तर्गत चैत २५ गतेदेखि चिनियाँ अनुदानको कोरोनाविरुद्धको भेरोसेल खोप लगाउन सुरु गरिएको थियो।

यो खोप १८ वर्षदेखि ५९ वर्ष उमेरका नागरिकलाई दिइएको थियो। चीनले भेरोसेल खोप नेपाललाई आठ लाख डोज अनुदानमा दिएको थियो।

आज २०७८ बैशाख १६ गते बिहिवारकाे राशिफल

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

आफ्नो क्षमता प्रयोग गरि अरुको ध्यान आफुतिर आकर्षित गर्न सकिनेछ भने मान सम्मानमा बृद्धि भएर जानेछ । मानव निर्मित भौतिक सम्पतिको प्रयोग गर्न पाईने तथा बिलाशि जीवन ब्यातित गरि रमाउँने समय रहेकोछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

बोल्दा वा कुनै निर्णय गर्दा ख्याल गर्नुहोला बोलिको गलत अर्थ लाग्ने तथा तपाईको निर्णय तपाई आफैलाई आत्मघाति हुँन सक्छ । आफन्त, साथिभाई तथा कुटुम्बसँग मनमुटाव बढ्नेछ । खोज तथा अनुशन्धानमा दिएको समय त्यसै खेर जान सक्छ ध्यान दिनुहोला । माया प्रेममा सानो कुराले मनमुटाव सिर्जना हुँन सक्छ ध्यान दिनुहोला । खानपानमा ध्यान नदिदा स्वास्थ्य सम्बन्धि समस्या आउँनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

तपाईबाट राम्रा काम हुँने हुँनाले आफन्त तथा साथिभाईहरु खुसि हुँनेछन् । राम्रा पहिरनमा सजिएर अरुको मन लोभ्याउँन सकिनेछ । सिर्जनात्मक काम गरेर आम्दानिका स्रोत बढाउँन सकिनेछ । पढाई लेखाईमा सुधार गरि नतिजा आफ्नो पक्षमा ल्याउँन सकिनेछ । घर परिवारमा आफन्त सँगै रहेर मिष्टान्न भोजन लिने अवसर मिल्ने हुँनाले सबै खुसि रहनेछन् ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

पढाई लेखाईमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ । स्वास्थ्य सम्बन्धि समस्या आई काम गर्न गाह्रो महशुष हुँनेछ भने उपचार खर्च बढेर जानेछ । व्यापार व्यावसायमा केहि समय पर्खनु उचित होला । बिदेशी उत्पादन सँग सम्बन्धित व्यावसाय फस्टाएर जानेछ । माया प्रेममा धोकाहुने तथा घर परिवारमा आफन्त सँग घरायसि कुरामा बिवाद सिर्जना हुनेछ ।

सिहं (मा,मी,मू ,मे,मो,टा,टी,टू,टे)

नयाँ कामहरु गरेर आम्दानिका स्रोतहरु बढाउँन सकिनेछ । बिभिन्न अवसरहरुले पछ्याउँने हुँदा राम्रा परिणाम मुखि काम गर्न सकिनेछ । सरकारि धन तथा पृत्रिक सम्पति हात लागि हुँने प्रसस्त सम्भावना रहेको छ । प्रेम प्रशङगमा रमाउँन चाहनेहरुका लागि दिन राम्रो रहेकोछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

नयाँ काम पाउँने तथा नोकरिमा बढुवा हुँने योग रहेकोछ । मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ भने कार्यक्षेत्रमा तपाईको कामको उच्च मुल्याङन हुँनेछ । बिद्यार्थि वर्गहरुले थोरै मेहनेत गर्दा पनि उत्कृष्ट नतिजा हात पार्नेछन् । गित संगित तथा मोडलिङ क्षेत्रमा ध्यान जानेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

नयाँ योजना केहि दिनका लागि थाति राख्नुहोला समय मध्ययम रहेकोछ । आषा देखिउनेहरुलेनै धोका दिनेछन् । धर्म सस्कृति तथा रितिरिवाज जोगाउन समय खर्चिदा राम्रो रहेकोछ । पढाई लेखाईमा अरुभन्दा पछि परिने चिन्ताले सताउनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

चिताएको काममा बाधा हुने तथा सोचेजस्तो नहुनाले दैनिक कामगर्न गाह्रो महशुष हुनेछ । आफ्नै कारणले पढाई लेखाईमा अरुभन्दा पछि परिनेछ । घर परिवार तथा आफन्तबिच घरायसि कुरामा बिवाद निम्तिन सक्छ ध्यान दिनुहोला । कुनै योजना भए केहि समय थाति राख्दा राम्रो हुँनेछ । पुराना लेनदेनका मुद्दाहरु बल्झन सक्छ सजक रहनुहोला ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउँने तथा बिवादित बिषयहरु केहि समय दिएर फत्ते गर्न सकिनेछ । पराक्रम बढेर जानेहुँनाले शाहशिलो काम गर्ने जोस आउँनेछ । माया प्रेममा रमाउँन चाहनेहका लागि यात्राको अवसर जुर्नेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

आफन्त तथा मावलि पक्षबाट हरेक क्षेत्रमा सहयोग तथा समर्थन पाईने योग रहेकोछ । न्यालयबाट हुँने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुँने हुँनाले खुसिले उचाई नाघ्नेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

आफ्ना कमजोरिहरु भरसक लुकाउँने प्रयास गर्नुहोला अरुले आलोचना गर्न सक्छन् । हतार गर्ने बानिले अनाबस्यक बिवादमा फस्ने योग रहेको छ । पढाई लेखाईमा अरुभन्दा पछि परेको भान हुँनेछ भने काम गर्दा ख्याल गर्नुहोला काममा बाधा तथा दुख दिनेहरु सक्रिय हुँनेछन् ।

मीन (दी,दु,थ,झ,ञ,दे,दो,चा,ची)

खोज तथा अनुशन्धानको क्षेत्रमा अलि बढिनै समय दिदा सकारात्मक नतिजा निकाल्न सकिनेछ । राजनिति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन पाईनेछ । प्रेम प्रशङगमा एक अर्कालाई शंकाको दृष्टिले हेर्दा समस्या उत्पन्न हुँन सक्छ ध्यान दिनुहोला ।

तपाईको दिन शुभ रहोस् ।

काठमाडौंमा निषेधाज्ञा हुँदै – घर फर्किने विद्यार्थी र मजदुरले पाएन बस टिकट, के गतवर्ष जस्तै पैदल ?

काठमाडौ । भोलि (बिहीबार) देखि काठमाडौं उपत्यकामा निषेधाज्ञा लागू हुने भएको छ ।


निषेधाज्ञा भएपछि आफ्नो घर फर्किने विद्यार्थी र मजदुर वर्गले बसको टिकट नपाएको गुनासो गरेका छन् । गतवर्ष यस्तै कम समयमै घर फर्किनु पर्ने भएपछि लाखौं मान्छे उपत्यकाबाट पैदल आएका थिए ।

लामो तथा छोटो दूरीमा जाने मजदुर र विद्यार्थीहरूले आफूहरू खर्च धान्न धौधौ हुने र कोभिड सङ्क्रमित भएमा आफ्नो रेखदेखमा कोही नहुने उनीहरुले बताएका छन् ।

जसपाका १२० जना प्रतिवादीको यसरी भयो मुद्दा फिर्ता

काठमाडौं। सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधि मन्त्री पार्वत गुरुङले सोमबार मन्त्रिपरिषद् बैठकले गरेका निर्णय सार्वजनिक गरेका छन्। सरकारले मधेस आन्दोलनका क्रममा राजनीतिक प्रकृतिका १५ मुद्दाका १२० जना प्रतिवादीको मुद्दा फिर्ता लिएको छ।

एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई जसपाले समर्थन गर्न पाँचवटा माग राखिरहेको अवस्थामा सरकारले पहिलो माग सम्बोधन गरेको हो। त्यस्तै सरकारले त्यस्ता मुद्दाको अनुसन्धान गर्न समितिसमेत गठन गरेको छ। सरकारले प्रधानमन्त्री तथा मन्त्रन्त्रपरिषद्को कार्यालयको कानून तथा फैसला कार्यान्वनय महाशाखा र नायव प्रहरी निरिक्षक रहेको छानबिन समिति गठन गरेको हो।

सरकारले नागरिक लगानी कोषको चुक्ता पुँजी वृद्धि गरी ३ अर्ब रुपैयाँ पुर्‍याउने निर्णयसमेत गरेको छ। अक्सिजनमा लाग्दै आएको कर छुट दिने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ।

अक्सिजन सिलिण्डर आयातमा कर छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले अक्सिजन सिलिण्डर आयातमा कर छुट दिने निर्णय गरेको छ।

बुधबार मन्त्रीपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सो निर्णयबारे जानकारी दिएका हुन् । अक्सिजनलगायत जीवनदायक मालवस्तुमा कर छुट दिने उनले बताए ।

प्रेस युनियनद्धारा व्याग वितरण

नेपाल प्रेस युनियन इनरुवा शाखाले सुनसरी सदरमुकाम इनरुवा केन्द्रित पत्रकारहरुलाई ब्याग र मास्क वितरण गरेको छ । कोरोनाको बीचमा समेत आफू स्रक्षित हुदै समाचार संकलन गर्नुपर्ने बेला आएकाले त्यसमा सहजताका लागि भन्दै नेपाल प्रेस युनियन इनरुवा शाखाले पत्रकारहरुलाई ब्याग र मास्क वितरण गरेको हो ।
प्रेस युनियनका इनरुवा सभापति टोमराज मेहताका अनुसार बुधबार इनरुवामा सक्रिय पत्रकारहरुलाई एक । एक थान व्याग र एक । एक पोका मास्क वितरण गरिएको हो । इनरुवा नगरपालिकाको सहकार्यमा एक हजार थान मास्क र ३० थान व्याग सक्रिय पत्रकारहरुलाई उपलब्ध गराएको सभापति मेहताले बताउनुभयो ।
नगरबाट सक्रिय फिल्डमा खटेका सबैजसो पत्रकारहरुलाई संचार सामग्री बोक्न झोलाको अभाव रहेकोले एक एक थान झोला र स्वास्थ्य सुरक्षाका लागि एक एक प्याकेट मास्क उपलब्ध गराएको जनाएको छ । आँफूले नगर प्रमुख राजन मेहताको उपस्थितीमा व्याग र मास्क हस्तान्तरण गरिएको बताउनुभयो ।
हस्तान्तरण कार्यक्रममा प्रेस युनियनका सदस्यहरु सहित नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य इकवाल अहमद, प्रदेश १ का पूर्व सदस्य जयकृष्ण यादव, शशी कोईराला, प्रदेश सदस्य प्रमोख यादव, जिल्ला अध्यक्ष जनकऋषि राई, फोनिजका अध्यक्ष धिरेन्द्र चौधरी तथा कार्यसमितका अन्य पदाधिकारीको पनि सहभागिता रहेको थियो । वत्ताहरुले जिल्ला तथा नगरमा अन्य संगठनहरुले पत्रकारको हितमा काम गर्न नसकिरहेको बताउँदै प्रेस युनियनले पत्रकारको हितमा काम गर्नु सकारात्मक रहेको तर्क गरेका थिए ।
यसैबीच नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य अहमदले पत्रकारको वृद्धि विकासका लागि नगरपालिकाले थप कार्यक्रम ल्याउनुपर्ने बताउनुभयो । पत्रकार जयकृष्ण यादवले पत्रकारितामा गुणात्मक मात्रै नभएर गुणस्तरीयता हुनुपर्ने र संचार समग्रीको सहि प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो ।


१, सुनसरीको इनरुवामा पत्रकारलाई व्याग र मास्क वितरण गर्दै ।
तस्विर ः जयकृष्ण यादव । इनरुवा

आज थप ४ हजार ८९७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । आज थप ४८९७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । १३ हजार ​८७९ जनाको पीसीआर र ९५५ जनाको एन्टिजेन परीक्षण गर्दा क्रमशः ४७७४ र १२३ जनामा संक्रमण पुष्टि भएको हो । योसँग नेपालमा सक्रिय संक्रमितको संख्या ३० हजार २०९ पुगेको छ ।

काठमाडौँ उपत्यकामा थप २ हजार ४७ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो एक दिनमा भक्तपुरमा २३२, ललितपुरमा ३५१ र काठमाडौँमा १४६४ जना संक्रमित थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा ७७३ जना संक्रमणमुक्त भएका छन् ।

काभ्रेमा बिहे भोजमा सहभागी १५ जनामा कोरोना संक्रमण

काठमाडौं । काभ्रेपलाञ्चोकमा बिहे भोजमा सहभागी १५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।केही दिन अगाडि पनौती नगरपालिकामा बिहे भोजमा सहभागी एक जनामा कोरोना पुष्टि भएपछि अन्य व्यक्तिलाई पनि परीक्षण गरिएको थियो । उक्त क्रममा १५ जनामा संक्रमण पुष्टि भएको बताइएको छ ।

इटहरी उपमहानगरपालिकाका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि ५ दिन सेवा बन्द

इटहरी । इटहरी उपमहानगर राजश्व प्रशासन शाखामा कार्यरत एकजना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि पाँच दिनका लागि सो शाखाबाट हुने सबै सेवा बन्द गरिएको छ । शाखा प्रमुख नविन भटटराईकाअनुसार आजदेखि पाँच दिनसम्म कोठा नम्वर ९ राजश्व प्रशासन शाखाबाट हुने कर लगायतका सबै सेवा वन्द गरिएको हो । वडा कार्यालयहरुबाट हुने कर संकलन कार्य भने नियमित हुने उनले बताए ।

इटहरी उपमहानगरपालिकामा ५० शैयाको आइसोलेसन तयार गर्ने इटहरी उपमहानगरपालिकामा ५० शैयाको आइसोलेसन सञ्चालन गरिने भएको छ । इटहरी उपमहानगर कार्यपालिकाको आकस्मिक बैठकले इटहरी रंगशालामा ५० शैयाको आइसोलेसन सञ्चालन गर्ने निर्णय गरेको हो आइसोलेसन सञ्चालनका लागि तयारी सुरु गरिएको स्वास्थ्य शाखा प्रमुख घनश्याम सिग्देलले जानकारी दिए ।

शव ब्यवस्थापनका लागि गाढने संस्कार भएकाहरुको लागि इटहरी २ स्थित जंगलमा र जलाउने सँस्कार भएकाहरुका लागि इटहरी ११ स्थित बुढी खोला भागलपूर पुल उत्तरतर्फ स्थान तोकिएको छ । अन्त्येष्टिमा २५ जनासम्म मात्र सहभागी भएर स्वास्थ्यका सवै मापदण्डहरु पूरा गरि अन्तिम सस्कार गर्नुपर्ने छ ।

 

दुई दिनमा एक लाख बढीले उपत्यका छाडे, ७१ हजार भित्रिए

काठमाडौं । कोरोना संक्रमण बढेपछि काठमाडौं उपत्यकामा भोलिदेखि १५ दिनको लागि लकडाउन घोषणा गरिएको छ । भोलि विहान ६ बजेदेखि लागुहुने गरि उपत्यकामा लकडाउन हुँदैछ ।

काठमाडौं उपत्यकामा लकडाउन हुने भएपछि देशको विभिन्न भागबाट आएर राजधानी काठमाडौंमा विभिन्न पेशा व्यवसाय गरेर बसकेकाहरु गाउँ जाने क्रम तिव्र भएको छ । जिल्ला प्रशासन कार्यालयले गाउँ जानेहरुको लागि २ दिनको समय दिएपछि गाउँ जानेको संख्या ह्वातै बढेको हो ।

हिजो र र अस्ति गरि दुई दिनमा मात्र अहिलेसम्म उपत्यका छाड्नेको संख्या एक लाख २ हजार ७ सय ४७ जना रहेको ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता श्यामकृष्ण अधिकारीले जानकारी दिए ।
अहिले उपत्यकाको विभिन्न नाकाबाट गाउँ जानेको संख्या बढी रहेको छ । भने अहिले गाडीमा जानको लागि टिकट पनि अभाव भएको छ ।

अधिकारीका अनुसार पहिलो दिन ५२ हजार १ सय ९० जनाले उपत्यका छाडेको छन् । भने दोस्रो दिन ५० हजार ५ सय ५७ जनाले उपत्यका छाडेका छन् । उपत्यका छाड्ने वा भित्रिनेको लागि प्रशासनले आजसम्मको लागि समय दिएको छ ।

त्यस्तै उपत्यका भित्रिनेको संख्या पनि बाक्लो रहेको छ । हिलो बेलुकासम्म उपत्यका आउनेको संख्या ७१ हजार रहेको ट्राफिक प्रहरीले जनाएकोा छ । पहिलो दिन ३९ हजार भित्रिएको र दोस्रो दिन ३२ हजार भित्रिएको अधिकारी बताए ।नागरिक खबरमा छ ।

कोरनाबारे भारतबाट पाठ सिकौं, समयमै सजग होऔंः विज्ञ

काठमाडाैँ । देशव्यापी रुपमा कोभिड १९ (कोरोना भाईरस)का सङक्रमित बढिरहेको र दैनिक रुपमा मृत्यु दर पनि बढिरहेकाले त्रास सिर्जना भएको छ । भारत अहिले जनस्वाथ्यका दृष्टिले संकटको अबस्थामा र नेपालको सीमा नाका खुल्ला रहेकाले त्यसको असर नेपालमा पनि देखापर्न थालेको छ ।
गत वर्षको भदौ महिनामा भारतमा दैनिक सङक्रमितको सँख्या ९० हजार रहेको थियो । जुन पुष महिनाको अन्त्यमा २० हजारमा झरेको थियो । तर अहिले भारतका विभिन्न राष्ट्र जस्तै दिल्ली , महाराष्ट्र तथा अन्य शहरहरुमा सङक्रमितको गणना भइहदा नयाँ रेकर्ड कायम भैरहको छ ।
भीडभाडयुक्त चिहान, आफन्तका शोक, एम्बुलेन्सको लाईन , स्वाःस्वा गरीरेका बिरामिलाई कुरीरहेका आफन्त , अक्सिजनको प्रतीक्षा गरीरहेका विरामी, औषधि, अक्सिजन र शैयाका लागि मात्र हारगुहार गरीरहेका तिनिहरुका सुभचिन्तकहरुका तस्बिरले सामाजिक सञ्जाल भरिएका छन् ।
मंलवार मात्रै नेपालमा कोरोनाभाइरसका चार हजार तीन सय ६४ जना सङ्क्रमित थपिएका छन् भने १८ जनाको मृत्यु भएको छ । यदि सरकारले तत्काल नै केहि निर्णय नगर्ने र नागरीकले स्वास्थ्य सुरक्षाका मापदण्ड पालनामा हेलचेक्राइ गर्दै गए भारतको जस्तो भयावह स्थिति नेपालमा पनि देखा पर्ने स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।
केही दिन अघि स्वास्थ्य तथा जनसँख्या मन्त्राालयको नियमित प्रेस ब्रिफिङका क्रममा धुलिखेल अस्पतालका स्वास्थ्य र समुदाय विकास कार्यक्रम निर्देशक डा.बिराजमान कर्माचार्यले भन्नुभयो“ दास्रो लहरको कोरोना भाईरसको महामारी नेपालमा आईसक्यो , गत हप्ताभन्दा संक्रमण २४१ प्रतिशतले उच्च छ । सङक्रमण दर ३० प्रतिशतका दरले बढ्दै गइरहेको छ , यहि तरीकाले सङक्रमण दर बढिरहे दुई महिनाभित्र दुई लाख बढि मानिसहरु सङक्रभित हुन सक्छन् ।” कर्माचार्यले भन्नुभयो “यदि सरकारले कुनै कदम नचाले दिनमा १५० जना कोरोना सङक्रमितको ज्यान जान सक्छ । त्यसैले सबैलाई सरकारले सतर्क राख्ने समय आईसक्यो ।”
त्यस्तै त्रिवि शिक्षण अस्पतालका कोरोना भाईरस संक्रमितको उपचार सँयोजक शान्ताकुमार दासका अनुसार अस्पतालका आईसीयू , आईसोलेसन बेडहरु कोरोना सङक्रमितका बिरामिले भरिइसकेका छन् । “युवामा पनि यस्तो सङक्रमण देख्दा धेरै हृदयविधारक लाग्छ , यदि यहि तरीकाले कोरोना दर दैनिक बढ्दै गईरहे नेपालको स्वास्थ्य अवस्था पनि भारतको जस्तै हुन्छ । न सरकारले सङक्रमण नियन्त्रण गर्न लागिपरेको छ न जनता नै सचेत छन्” उहाले थप्नुभयो । नियन्त्रण बाहिर जान नदिन सरकारले रणनिति तयार गर्ने यो राम्रो समय मिलेको उहाँको भनाई छ ।
संक्रामक रोग विशेषज्ञ डा. प्रभात अधिकारीले भन्नुभयो “ ठूला अस्पतालहरुका आईसियू र भेन्टिलेटर पनि भरीन लागेका छन् , इमन्जेन्सि कक्षहरु पनि विरामीहरुले बुकिङ गरीसकेका छन् ”। उहाँले थप्नुभयो “कोरोना महामारीको कठोर सत्य तपाईहरुले नजिकैकौ अस्पतालमै देख्न सक्नुहुनेछ ,महामारी सत्य हो र लकडाउनले मात्र यसलाई केहि हदसम्म साम्य पार्न सक्छ ,सरकारको प्रमुख लक्ष्य अर्थतन्त्र भन्दा नताको जिउधनको सुरक्षा हुनुपर्दछ । त्यसैले सरकारले मुख्य शहरहरुमा कम्तिमा दुई हप्ता लकडाउन लगाउने र सरकारले जारी गरेका आदेश नागरीकले पालना गरेर मात्र संक्रमण रोकथाम हुन सक्दछ ” ।

यसबाहेक सार्वजनिक स्वास्थ्य विशेषज्ञ डा. भिमार्जुन पाण्डेयले भन्नुभयो “ सरकार लगाएत सबैले भारतबाट सिक्नुपर्छ , यो समय सरकारले आयातीत कुराहरुमा कडाई गर्दै सिमानाकामा कडाई गर्नुपर्दछ । यदि कोहि नागरीकले नियमहरु पालना नगरे कडा सजाय दिनुपर्दछ ”।

दुबै डोज खोप लगाएका स्वास्थ्यकर्मीलाई नै कोरोना संक्रमण

बागलुङ । कोरोना विरुद्ध दुई डोज खोप लगाएका बागलुङका दुई स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टी भएको छ । मंगलबार बागलुङका १५ जनामा कोरोना पोजेटिभ देखिएकोमा दुवै डोज खोप लिएका दुई जना स्वास्थ्यकर्मी रहेको जिल्ला स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ ।

दुई महिला स्वास्थ्यकर्मीले दुई डोज कोरोना खोप लगाएपनि कोरोना सक्रमण देखिएकाले थप सर्तकता रहन स्वास्थ्यकर्मीहरुले आग्रह गरेका छन् । ‘खोप लगाएको भनेर ढुक्क हुने अवस्था छैन’ जिल्ला स्वास्थ्य कार्यालय बागलुङका कोराना फोकल पर्सन देव प्रकाश घिमिरेले भन्नुभयो ‘जिल्लामा थप सचेतता अपनाउन जरुरी हुन्छ नत्र अवस्था चिन्ताजन हुनेछ ।’ १४ जना पीसीआर र एक जना एन्टिजिन परिक्षणमा गरी १५ मंगलबार कोरोना संक्रमण पुष्टी भएको छ । Janata Times |

गगन थापाले अमेरिकी घोषणाको गरे स्वागत, नेपालमा खोप ल्याउन दिए यस्तो सुझाव

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन थापाले अमेरिकी सरकारले गरिब राष्ट्रलाई ६ करोड डोज खोप दिने घोषणाको स्वागत गरेका छन् । विश्वव्यापी रूपमा खोप प्रदान अमेरिकी नीति स्वागतयोग्य भएको उनको भनाइ छ ।

नेता थापाले बुधबार बिहान सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै अमेरिकी सो घोषणाको लाभ नेपालले पनि लिनुपर्ने उनको सुझाव छ । त्यसका लागि उनले अमेरिकाका लागि नेपाली राजदूत र नेपालका लागि अमेरिकी दूतावासलाई पहल गर्न आग्रह गरेका छन् ।

उनले लेखेका छन्– ‘अमेरिकी सरकारले करिब ६ करोड डोज बराबरको कोरोनाको खोप सहयोगका रूपमा विश्वव्यापी रूपमा प्रदान गर्ने भन्ने समाचार स्वागतयोग्य छ।अमेरिकी सहयोगले कोरोनाको पछिल्लो लहरले आक्रान्त पार्दै गरेको नेपाल लगायत दक्षिण एसियाका देशहरू लाभान्वित हुनेछन् भन्नेमा विश्वास राख्दछु । नेपाल सरकारले केही समय अगाडि खोपका लागि अमेरिकी सरकारलाई सहयोग अनुरोध गरेको भन्दा अहिले खोपको उपलब्धताको सन्दर्भमा अमेरिकाको परिस्थिति भिन्न भएको छ। त्यस्तो मा  नेपाल सरकारले त्यस्तो सहयोग नेपाल भित्र्याउन सम्पूर्ण पहल तत्काल सुरु गर्न आवश्यक रहेको छ। मा. परराष्ट्रमन्त्रीज्यूलाई, अमेरिकाबाट खोप ल्याउने सन्दर्भमा सम्पूर्ण कूटनीतिक कौशल र  ऊर्जा प्रयोग गर्नुहुन विनम्र अनुरोध गर्दछु । युएस एम्बेसी नेपाल ले पनि यस विषयमा नेपालको अनुरोधलाई आफ्नो सरकारसम्म पुर्‍याउन आवश्यक पहलकदमी गर्छ भन्ने विश्वास लिएको छु।’ मिडिया डबली

घट्याे सुनकाे मूल्य, कतिमा हुँदैछ काराेबार ?

बुधवार सुनचाँदीको मूल्य घटेकाे छ । मंगलवार प्रतितोला ९१ हजार २ सय रूपैयाँमा काराेबार भएकाे छापावाला सुन प्नतिताेला ७ सयले रूपैयाँले घटेर ९० हजार ५ सय रूपैयाँमा काराेबार भइरहेकाे नपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ  । त्यस्तै तेजावी सुन प्रतिताेला ९० हजार रूपैयाँमा काराेबार  भइरहेकाे छ ।

महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले गिरावट आएको छ । मंगलवार चाँदीको मूल्य १३ सय १५ रहेको थियो भने आज मूल्यमा कमि आइ प्रतितोला चाँदी १३ सय ५ कायम भइ कारोबार भइरहेको छ ।

बागमती प्रदेशमा मन्त्रिपरिषद् पुर्नगठन, चार नयाँ मन्त्रीको सपथ ग्रहण आजै

बागमती प्रदेशमा मन्त्रिपरिषद् पुर्नगठन भएको छ । मुख्यमन्त्री डोरमणि पौडेलले मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् । मन्त्री बन्नेमा प्रमुख सचेतक केशवराज पाण्डे(नुवाकोट), सरेश नेपाल(सिन्धुपाल्चोक), चन्द्र लामा (काभ्रे) र सरस्वती बस्नेत(दोलखा) रहेका छन् ।

त्यस्तै राज्यमन्त्रीमा डा रामकुमार अधिकारी(धादिङ), प्रदीप कटुवाल(सिन्धुली), जुनेली श्रेष्ठ(काठमाडौं) रहेका छन् ।

नवनियुक्त मन्त्रीहरुलाई दिउँसो ४ बजे प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाइले सपथ ग्रहण गराउने भएका छन् । मुख्यमन्त्री पौडेलले दुई वर्ष पूरा भएका मन्त्रीलाई बिदा गरेर नयाँ मन्त्री नियुक्त गर्ने तयारी गरेको स्रोतले जानकारी दियो ।नवकान्तिपुर

गण्डकी प्रदेश सभाका तीन जना सांसदलाई कोरोना संक्रमण पुष्टि

कास्की । गण्डकी प्रदेश सभाका तीन जना सांसदलाई कोरोना संक्रमण देखिएको छ । मंगलबार स्वाव संकलन गरिएका सांसदहरु मध्य ३ जना सांसदलाइ कोरोना संक्रमण देखिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा बिनोद विन्शु शर्माले जानकारी दिनुभयो । “ तीन जनालाइ कोरोना संक्रमण देखिएको छ अहिले नाम सार्वजनिक गर्न मिल्दैन् उहाँले भन्नुभयो ।

गण्डकी प्रदेश सभाको मंगलबारको बैठक अवरुद्ध भएपछि सांसदहरुको कोरोना परीक्षण गरिएको थियो । बैठकमा एमालेका सांसदहरुले कोरोनाको महामारी फैलिएको अवस्थामा कोरोना परीक्षण नगरी संसद राखिएको भन्दै बैठक चल्न दिएका थिएनन् । सांसद राजीव पहारीले कोरोना परीक्षणविना बैठक राखिन नहुने तर्क राख्नु भएको थियो ।

सभामुखले बैठक स्थगित गरेपछि बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकले सांसदहरुको मंगलबार नै कोरोना परीक्षण गर्ने निर्णय गरेको थियो । कोरोना परीक्षणमा पोजेटिभ देखिने सांसदले सदनमा बोल्न नपाउने तर अविश्वास प्रस्तावमा मत हाल्न पाउने गरी समितिले निर्णय गरेको हो । बुधबार सांसदहरुको कोरोना परीक्षणको नतिजा आएपछि दिउँसो १ बजे बस्ने गरी सदन बोलाइएको छ ।