कोरनाबारे भारतबाट पाठ सिकौं, समयमै सजग होऔंः विज्ञ
१५ बैशाख २०७८, बुधबार १२:१७
काठमाडाैँ । देशव्यापी रुपमा कोभिड १९ (कोरोना भाईरस)का सङक्रमित बढिरहेको र दैनिक रुपमा मृत्यु दर पनि बढिरहेकाले त्रास सिर्जना भएको छ । भारत अहिले जनस्वाथ्यका दृष्टिले संकटको अबस्थामा र नेपालको सीमा नाका खुल्ला रहेकाले त्यसको असर नेपालमा पनि देखापर्न थालेको छ ।
गत वर्षको भदौ महिनामा भारतमा दैनिक सङक्रमितको सँख्या ९० हजार रहेको थियो । जुन पुष महिनाको अन्त्यमा २० हजारमा झरेको थियो । तर अहिले भारतका विभिन्न राष्ट्र जस्तै दिल्ली , महाराष्ट्र तथा अन्य शहरहरुमा सङक्रमितको गणना भइहदा नयाँ रेकर्ड कायम भैरहको छ ।
भीडभाडयुक्त चिहान, आफन्तका शोक, एम्बुलेन्सको लाईन , स्वाःस्वा गरीरेका बिरामिलाई कुरीरहेका आफन्त , अक्सिजनको प्रतीक्षा गरीरहेका विरामी, औषधि, अक्सिजन र शैयाका लागि मात्र हारगुहार गरीरहेका तिनिहरुका सुभचिन्तकहरुका तस्बिरले सामाजिक सञ्जाल भरिएका छन् ।
मंलवार मात्रै नेपालमा कोरोनाभाइरसका चार हजार तीन सय ६४ जना सङ्क्रमित थपिएका छन् भने १८ जनाको मृत्यु भएको छ । यदि सरकारले तत्काल नै केहि निर्णय नगर्ने र नागरीकले स्वास्थ्य सुरक्षाका मापदण्ड पालनामा हेलचेक्राइ गर्दै गए भारतको जस्तो भयावह स्थिति नेपालमा पनि देखा पर्ने स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।
केही दिन अघि स्वास्थ्य तथा जनसँख्या मन्त्राालयको नियमित प्रेस ब्रिफिङका क्रममा धुलिखेल अस्पतालका स्वास्थ्य र समुदाय विकास कार्यक्रम निर्देशक डा.बिराजमान कर्माचार्यले भन्नुभयो“ दास्रो लहरको कोरोना भाईरसको महामारी नेपालमा आईसक्यो , गत हप्ताभन्दा संक्रमण २४१ प्रतिशतले उच्च छ । सङक्रमण दर ३० प्रतिशतका दरले बढ्दै गइरहेको छ , यहि तरीकाले सङक्रमण दर बढिरहे दुई महिनाभित्र दुई लाख बढि मानिसहरु सङक्रभित हुन सक्छन् ।” कर्माचार्यले भन्नुभयो “यदि सरकारले कुनै कदम नचाले दिनमा १५० जना कोरोना सङक्रमितको ज्यान जान सक्छ । त्यसैले सबैलाई सरकारले सतर्क राख्ने समय आईसक्यो ।”
त्यस्तै त्रिवि शिक्षण अस्पतालका कोरोना भाईरस संक्रमितको उपचार सँयोजक शान्ताकुमार दासका अनुसार अस्पतालका आईसीयू , आईसोलेसन बेडहरु कोरोना सङक्रमितका बिरामिले भरिइसकेका छन् । “युवामा पनि यस्तो सङक्रमण देख्दा धेरै हृदयविधारक लाग्छ , यदि यहि तरीकाले कोरोना दर दैनिक बढ्दै गईरहे नेपालको स्वास्थ्य अवस्था पनि भारतको जस्तै हुन्छ । न सरकारले सङक्रमण नियन्त्रण गर्न लागिपरेको छ न जनता नै सचेत छन्” उहाले थप्नुभयो । नियन्त्रण बाहिर जान नदिन सरकारले रणनिति तयार गर्ने यो राम्रो समय मिलेको उहाँको भनाई छ ।
संक्रामक रोग विशेषज्ञ डा. प्रभात अधिकारीले भन्नुभयो “ ठूला अस्पतालहरुका आईसियू र भेन्टिलेटर पनि भरीन लागेका छन् , इमन्जेन्सि कक्षहरु पनि विरामीहरुले बुकिङ गरीसकेका छन् ”। उहाँले थप्नुभयो “कोरोना महामारीको कठोर सत्य तपाईहरुले नजिकैकौ अस्पतालमै देख्न सक्नुहुनेछ ,महामारी सत्य हो र लकडाउनले मात्र यसलाई केहि हदसम्म साम्य पार्न सक्छ ,सरकारको प्रमुख लक्ष्य अर्थतन्त्र भन्दा नताको जिउधनको सुरक्षा हुनुपर्दछ । त्यसैले सरकारले मुख्य शहरहरुमा कम्तिमा दुई हप्ता लकडाउन लगाउने र सरकारले जारी गरेका आदेश नागरीकले पालना गरेर मात्र संक्रमण रोकथाम हुन सक्दछ ” ।
यसबाहेक सार्वजनिक स्वास्थ्य विशेषज्ञ डा. भिमार्जुन पाण्डेयले भन्नुभयो “ सरकार लगाएत सबैले भारतबाट सिक्नुपर्छ , यो समय सरकारले आयातीत कुराहरुमा कडाई गर्दै सिमानाकामा कडाई गर्नुपर्दछ । यदि कोहि नागरीकले नियमहरु पालना नगरे कडा सजाय दिनुपर्दछ ”।

फेसबुकबाट तपाईको प्रतिक्रिया