१५ बैशाख २०७८, बुधबार १०:५९ – Page 4 – Nagarikabhiyan : National News

प्रचण्ड पत्नी सीता दाहाल अस्पताल भर्ना

काठमाडौं । नेकपा माओवादी केन्द्रको अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’की धर्मपत्नी सीता दाहाललाई अस्पताल भर्ना गरिएको छ ।

शरीरमा सोडियमको मात्रा कम देखिएपछि उनलाई मंगलबार मेडिसिटी अस्पतालमा भर्ना गरिएको हो ।

उनको स्वास्थ्य अवस्था स्थिर नै रहेको उनको परिवार स्रोतले जनाएको छ ।

विराटनगरमा थप दुई कोरोना संक्रमितको मृत्यु

विराटनगर ।  विराटनगरको नोबेल शिक्षण अस्पतालमा उपचारारत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार बुधबार बिहान कटहरी गाँउपालिका र झापाको झापा गाँउपालिकाका दुईजना संक्रमितको उपचारका क्रममा मृत्यु भएको हो।

दाहालले मोरङको कटहरी गाँउपालिकाका ४५ वर्षीय पुरुषको बिहान करिब पौने ४ बजे मृत्यु भएको हो। ती पुरुषमा निमोनियाको समस्या थियो। कोरोना संक्रमण पुष्टि भएपछि उनलाई वैशाख १२ गते थप उपचारका लागि अस्पतालमा भर्ना गरिएको थियो।

ढुङ्गाले थिचेर श्रीमतीको हत्या

काठमाडौं । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुलसीपुर उपमहानगरपालिका–७ निवासी २५ वर्षीय पदम पोखरेलले २४ वर्षकी विपना रेग्मी पोखरेललाई ढुङ्गाले हानेर हत्या गरेका हुन् ।

मङ्गलबार राति करिब ८ बजेतिर ढुङ्गाले हान्दा गम्भीर घाइते भएकी विपनालाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर ल्याउँदै गर्दा मङ्गलबार बाटोमै मृत्यु भएको हो । उनको शव प्रादेशिक अस्पतालमा राखिएको छ । फरार रहेका श्रीमान्को खोजी भइरहेको छ । विपनाकी चार वर्षीया छोरी छन् ।

नेपालका १३ जिल्लामा भयो लकडाउन

काठमाडौ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि भन्दै सरकारले १० जिल्लामा पूर्ण तथा तीन जिल्लामा आंशिक निषेधाज्ञा जारी गरेको छ ।

संक्रमण गति तीव्र रूपमा फैलँदै गएपछि सरकारले जिल्ला प्रशासन कार्यालयमार्फत मंगलबार अबेरसम्म गरी १० मा पूर्ण तथा तीन जिल्लामा आंशिक निषेधाज्ञा आदेश जारी गरेको हो ।

गृह मन्त्रालयका उपसचिव खुमकान्त अधिकारीका अनुसार मंगलबार रातिसम्म १० मा पूर्ण तथा तीन जिल्लामा आशिंक निषेधाज्ञा आदेश भएको छ ।

दाङ, कैलाली, रुपन्देही, पर्सा, कास्की र सुर्खेतमा पूर्ण निषेधाज्ञा आदेश जारी गरिएको छ ।

कास्कीबाहेकमा जिल्लाभर पूर्ण रूपमा निजी तथा सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । तर, कास्कीमा जोरबिजोर लागू गरिएको छ । यसैगरी, बर्दिया, बाग्लुङ र कालिकोटमा संक्रमण अवस्था हेरेर स्थान तोकेरै आंशिक निषेधाज्ञा आदेश जारी गरिएको छ ।

काठमाडौँका कोरोना सङ्क्रमितलाई निःशुल्क एम्बुलेन्स

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कोरोना (कोभिड–१९) सङ्क्रमित बिरामी र अन्य बिरामीलाई अस्पताल पु(याउन छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस्था गर्ने भएको छ । महानगरपालिकाले सङ्क्रमण न्यूनीकरण, रोकथाम र नियन्त्रणका लागि छलफल गर्न मङ्गलबार आयोजित विशेष बैठकले उक्त निर्णय गरेको हो ।

बैठकले गरेको निर्णयबारे जानकारी दिँदै महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले भने, “हामीले सहकार्य गरेको नेपाल एम्बुलेन्स सेवा १०२ ले कोभिड पोजेटिभ भएका बिरामीलाई निःशुल्क अस्पताल पु–याउने छन् ।
यसबाहेक अन्य समस्या भएका बिरामीलाई अस्पताल लैजान महानगरपालिकाका विभिन्न क्षेत्रमा अहिलेलाई १० वटा निःशुल्क एम्बुलेन्सको व्यवस्था गर्ने छौँ ।”

एम्बुलेन्सबाट सेवा लिन महानगरको हटलाइन र सीधै चालकसँग सम्पर्क गर्ने व्यवस्था हुनेछ । महानगरपालिकाका अनुसार डाइलोसिसलगायत दीर्घ रोग र आकस्मिक सेवा लिन अस्पताल जानुपर्ने व्यक्तिले अस्पताल पुग्न र आउन सवारीको समस्या भोग्नु पर्दैन ।

टोल फ्री नं। ११८० लाई चौबीसै घण्टा सञ्चालन गर्ने निर्णय गरेको छ । यसैगरी समुदाय स्तरमा सचेतना बढाउन शिक्षकहरू परिचालन गर्ने, अक्सिजन थेरापीसहितको आइसोलेसन केन्द्र लेबल १० स्थापनाका लागि सहयोग गर्ने बैठकले निर्णय गरेको छ ।

कोभिड नियन्त्रण तथा व्यवस्थापन गर्ने क्रममा विपन्न सङ्क्रमित परिवारका लागि औषधि किन्न तथा अन्य व्यवस्थापकीय काममा खर्च गर्न महानगरले ठूला वडालाई एक लाख रुपियाँ, मझौला वडालाई ७५ हजार रुपियाँ र साना वडालाई ५० हजार रुपियाँसम्म निकासा पठाउने निर्णयसमेत गरेको छ । यो समाचारगोरखापत्र दैनिकमा छ ।

भारतीय नागरिकलाई झापाको काँकरभिट्टा नाकामा प्रवेश गर्न रोक, परिचयपत्र देखाएपछि मात्र छोड्दै

दमक । नेपालले भारतीय नागरिकलाई काँकरभिट्टा नाका प्रवेशमा रोक लगाएको छ ।

नेपालमा कोरोना संक्रमण बढ्दै गएपछि भारतीय नागरिकलाई काँकरभिट्टा नाका प्रवेशमा रोक लगाएको छ ।

काँकरभिट्टा सीमानाका हुँदै नेपाल आउने भारतीयलाई प्रवेशमा रोक लगाइएको छ ।

नेपालबाट भारत जानेलाई पनि परिचयपत्र देखाएपछि “छाडिन्छ ।

झापामा कोराना संक्रमण अत्यधिक बढ्न थालेपछि सीमानाकामा कडाइ गरिएको छ ।

कोरोना भाइरस सङ्क्रमणको जोखिम बढ्दै गएपछि आजदेखि सेवा कटौती

काठमाडौ । सर्वोच्च अदालतले कोरोना भाइरस सङ्क्रमणको जोखिम बढ्दै गएपछि आजदेखि सेवा कटौती गर्ने भएको छ ।

सर्वोच्च अदालतको हिजो बसेको प्रधानन्यायाधीशसहित न्यायाधीशहरूको पूर्ण बैठकले आजदेखि बैशाख मसान्तसम्म अत्यन्त जरुरी महत्वका विषय मात्र हेर्ने र बाँकी सेवा कटौती गर्ने निर्णय गरेको हो ।

यस्तै सर्वोच्च अदालतले उच्च अदालत, जिल्ला अदालत, अन्य अदालत र न्यायाधीकरणहरुको हकमा स्थानीय परिस्थिति एवं जोखिमको अवस्थाको मूल्याङ्कनका आधारमा उपयुक्त देखिएको काम कारवाही र सेवा प्रवाहको व्यवस्था सम्बन्धित अदालत तथा न्यायाधीकरणहरूले मिलाउने निर्णय गरेको छ ।

काठमाडौबाट २ दिनमा २ लाख मान्छे बाहिर

काठमाडौं । कोरोना संक्रमणको दर बढ्दै जाँदा बिहीवार रातिदेखि १ साताका लागि काठमाडौं उपत्यकामा निषेधाज्ञा लागू हुने भएपछि २ दिनमा २ लाख मान्छे उपत्यकाबाट बाहिरिएका छन् ।

संक्रमण बढेर भयावह अवस्था आउन नदिनका लागि उपत्यकाका तीनओटै प्रमुख जिल्ला अधिकारीहरूको सोमवार बसेको संयुक्त बैठकले निषेधाज्ञाको निर्णय गरेको थियो ।

गतवर्षको जस्तै निषेधाज्ञाको समय लम्बिँदै जान सक्ने आशंकामा सर्वसाधारणहरू घर जाने क्रम बढेको हो । कलंकी, बालाजु, कोटेश्वर, बल्खुलगायत स्थानमा उपत्यका छाडेर बाहिरिने मान्छेहरूको भीड बढेको देखिएको छ ।

नेपालको ३० वटा अस्पतालसंग आफैं अक्सिजन उत्पादन गर्ने प्लान्ट

काठमाडौं। शुक्रराज ट्रपिकल सरुवा रोग अस्पताल, टेकु, वीर अस्पताल, काठमाडौँ र शिक्षण अस्पताल, महाराजगण्जसहित नेपालको ३० वटा अस्पतालसँग आफैं अक्सिजन उत्पादन गर्ने प्लान्ट रहेको छ। नामावली हेर्नुस्ः

१. बी एन्ड सी हस्पिटल, झापा

२. न्युरो कार्डियो एन्ड मल्टिस्पेससियालिटी हस्पिटल, मोरङ

३.धनकुटाहस्पिटल,धनकुटा

४. नोबेल अस्पताल, विराटनगर

५. नेसनल मेडिकल कलेज, काठमाडौं

६. सिभिल हस्पिटल, काठमाडौं

७. परोपकार प्रसूतिगृह, काठमाडौं

८. भरतपुर अस्पताल, चितवन

९. वीरेन्द्र सैनिक अस्पताल, काठमाडौं

१०. त्रिशूली अस्पताल, नुवाकोट

११. धादिङ अस्पताल, धादिङ

१२. त्रिविशिक्षणअस्पताल,काठमाडौं

१३. चितवन मेडिकल कलेज, चितवन

१४. धुलिखेल अस्पताल, काठमाडौं

१५. अल्का अस्पताल,ललितपुर

१६. धौलागिरि अस्पताल, बागलुङ

१७. मणिपाल अस्पताल, कास्की

१८. गण्डकी मेडिकल कलेज, कास्की

१९. फेवासिटी अस्पताल, कास्की

२०. फिस्टेल हस्पिटल, कास्की

२१. नेपालगन्ज मेडिकल कलेज, बाँके

२२. लुम्बिनी मेडिकल कलेज, पाल्पा

२३. युनिभर्सल मेडिकल कलेज, कपिलवस्तु

२४. कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला

२५. डडेल्धुरा अस्पताल, डडेल्धुरा

२६. सेती प्रादेशिक अस्पताल, कैलाली

२८. महाकाली अस्पताल, कञ्चनपुर

कोभिडविरुद्धको प्रतिकार्यका लागि अन्तर्राष्ट्रिय सहयोग अपरिहार्य- परराष्ट्रमन्त्री

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहार्य भएको बताएका छन् ।

अफगानिस्तान, बङ्गलादेश, चीन, नेपाल, पाकिस्तान र श्रीलङ्काका विदेशमन्त्री सम्मिलित अप्रत्यक्ष सम्मेलनलाई सम्बोधन गर्दै उनले कोभिड(१९ ले थलिएको अर्थतन्त्रलाई गति दिन तथा आर्थिक पुनःरुत्थानका निम्ति पनि क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोगको मात्रा वृद्धि आवश्यक भएको बताए ।

सम्मेलनका क्रममा चीनको राज्यपरिषद् सदस्य तथा विदेशमन्त्री वाङ यीले कोरोनाविरुद्धको नेपालको राष्ट्रिय लडाइँमा चिनियाँ युआन ५० लाख बराबरका चिकित्सा उपकरण र सामग्री अतिरिक्त अनुदानस्वरुप उपलब्ध गराउने घोषणा गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सम्मेलनमा सहभागी मन्त्रीले कोभिड-१९ को महामारीविरुद्ध लड्न, रोजगारी र जनताको जीवन जोगाउन तथा अर्थतन्त्रलाई पुनर्जीवन दिन व्यावहारिक सहयोगलाई सबल बनाउन सहमति जनाएको पनि मन्त्रालयले जनाएको छ ।

सर्वोच्च अदालतले आजदेखि सेवा कटौती गर्ने

काठमाडौँ । सर्वोच्च अदालतले कोरोना भाइरस सङ्क्रमणको जोखिम बढ्दै गएपछि आजदेखि सेवा प्रवाहमा कटौती गर्ने निर्णय गरेको छ । सर्वोच्च अदालतको मङ्गलबार बसेको प्रधानन्यायाधीशसहित सम्पूर्ण न्यायाधीशहरूको पूर्ण बैठकले वैशाख १५ देखि वैशाख मसान्तसम्म अत्यन्त जरुरी महत्वका विषय मात्र हेर्ने र बाँकी सेवा कटौती गर्ने निर्णय गरेको हो ।

कोभिड–१९ को सङ्क्रमण अवधिभर (वैशाख १५–३१ गतेसम्म) बन्दी प्रत्यक्षीकरण तथा कोभिड महामारीसँग सम्बन्धी अत्यन्त जरुरी प्रकृतिका जीवन र जनस्वास्थ्यसँग सम्बन्धित रिट निवेदनहरूको दर्ता र सुनुवाइ मात्रै हुने बैठकले निर्णय गरेको अदालतका सहप्रवक्ता देवेन्द्र ढकालले जानकारी दिनुभयो ।

बैठकले उच्च अदालत, जिल्ला अदालत, अन्य अदालत र न्यायाधीकरणहरुको हकमा स्थानीय परिस्थिति एवं जोखिमको अवस्थाको मूल्याङ्कनका आधारमा उपयुक्त देखिएको काम कारवाही र सेवा प्रवाहको व्यवस्था सम्बन्धित अदालत तथा न्यायाधीकरणहरूले मिलाउने निर्णय गरेको छ ।

बैठकपछि अदालतले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, “काम कारवाही तथा सेवा प्रवाह स्थगन भएका अवधिका मुद्दा, रिट तथा निवेदनमा रहेका हदम्याद, म्याद र तारेख गुज्रने छैन ।” सर्वोच्च अदालतको उक्त निर्णय हाललाई आजदेखि वैशाख मसान्तसम्म लागू हुनेछ । बाँकी थप निर्णय आवश्यकताअनुसार यही वैशाख ३१ गते बस्ने बैठकले तय गर्ने अदालतले जनाएको छ ।

अस्पतालमा जनशक्ति अभाव, संक्रमित र कुरुवा सँगसँगै

अस्पतालहरूमा बिरामीको चाप बढेसँगै स्वास्थ्यकर्मीको संख्या कम हुन थालेपछि संक्रमितका कुरुवालाई समेत बिरामीको रेखदेखका लागि सँगै राख्न थालिएको छ। कोरोना संक्रमण बढेसँगै उपत्यकाका ठूला अस्पतालहरूमा समेत बेडको अभाव छ भने गम्भीर लक्षणका बिरामीको चाप बढ्दै गएको छ।

वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग केन्द्र, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, भक्तपुर अस्पताल, नर्भिक, ग्रान्डी, मेडिसिटी, ह्याम्स, सिभिललगायत अस्पतालका अधिकांश बेड कोभिडका बिरामीले भरिभराउ छन्। बिरामीको संख्या बढेसँगै उपचारमा खटिने स्वास्थ्यकर्मीको समेत अभाव हुन थालेको छ। पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको इमर्जेन्सी कक्षमा उपचार गराइरहेका बिरामीसँगै कुरुवालाई राख्न थालिएको छ। पाटन अस्पताल स्रोतका अनुसार मंगलबारसम्म १ सय ४४ वटा (सबै) बेड बिरामीले खचाखच छन्। उपचारका लागि पखाईमा बसेका १९ जना छन्।

बेड खाली नभएपछि नाम लेखाएर कतिपय बिरामीलाई पखाईमा समेत राखिएको असपतालका डाक्टर विमल पाण्डले जानकारी दिए। ‘अस्पतालमा निकै अप्ठेरो छ, भएभरका बेड प्याक छन्, नयाँ बिरामीलाई पखाईमा राख्नुपरेको छ,’ उनले भने, ‘स्वास्थ्यकर्मीको समेत अभाव हुन थालेको छ।’ दैनिक ४ सय जना बिरामी अस्पतालमा भर्ना हुन आए पनि अक्सिजन दिनुनपर्ने बिरामीलाई सामान्य चेकअपपछि फिर्ता पठाउने गरिएको उनको भनाइ छ। अक्सिजनसमेतको अभाव भएपछि अस्पतालमा त्रास पैदा हुन थालेको उनले बताए।

चिकित्सकले मात्रै बिरामीको सबैखाले रेखदेख गर्न नसकेकाले कुरुवालाई समेत सँगै बस्न दिन थालिएको चिकित्सकको भनाइ छ। अस्पतालमा भीडभाड बढ्न थालेकाले अब कुरुवालाई बिरामीसँगै राख्न नदिइने एक चिकित्सकले बताए। उनका अनुसार गम्भीर प्रकृतिका र शारीरिक रूपमा कमजोर भएका बिरामीसँगै कुरुवा पनि राख्ने गरिएको छ। ‘हामीले मात्रै बिरामीको स्याहार गर्न सक्ने अवस्था छैन, संक्रमितलाई खाना खुवाउने, दिसापिसाब गराउने र अन्य अवस्था ख्याल गर्न कुरुवा पनि साथैमा राख्न भनेका छौं,’ इमर्जेन्सी कक्षका एक चिकित्सकले भने। उनले पछिल्लो समय संक्रमितको दर मात्रै नबढेर गम्भीर लक्षण देखिन थालेपछि अस्पतालमा चाप बढेको बताए। उनका अनुसार पाटन अस्पतालभित्र दुईवटा कक्षमा कोभिडका बिरामी राखिएको छ। सामान्य, गम्भीर र अति गम्भीर बिरामीलाई छुट्टाछुट्टै राखिएको छ।

भेन्टिलेटरमा रहेका बिरामी डाक्टरको निगरानीमै रहे पनि सामान्य बेडमा उपचार गराइरहेका बिरामीसँग भने कुरुवा पनि बस्ने गरेका छन्। कुरुवाले मास्क लगाएर आफन्तको स्याहार गरेका छन्। तर त्यसरी सँगै बस्दा कोरोना संक्रमण हुने निश्चित देखिन्छ। संक्रमितसँगै बसेका कुरुवाले भने आफ्ना मान्छेको स्याहार गर्न सँगै बसेको बताए। अस्पतालभित्र राम्रोसँग हेरचाह पनि छैन, त्यसैले हामी कुरेर बसेका छौं,’ एक बिरामी कुरुवाले भने, ‘खाना ल्याइदिने, औषधि ल्याउने र उनीहरूको ख्याल गर्न कुरुवा चाहिँदोरहेछ।’

भेन्टिलेटरमा रहेका बिरामी डाक्टरको निगरानीमै रहे पनि सामान्य बेडमा उपचार गराइरहेका बिरामीसँग भने कुरुवा पनि बस्ने गरेका छन्। कुरुवाले मास्क लगाएर आफन्तको स्याहार गरेका छन्। 

शुक्रराज ट्रपिकल तथा सरुवा रोग केन्द्रका निर्देशक सागरराज राजभण्डारीले कोरोना संक्रमण बढेपछि त्यसको चाप अस्पतालमा परेको छ। उनले यसरी संक्रमितको दर बढ्दै गएर अस्पताल नै अस्तव्यस्त हुने र उपचारमा समेत बाधा उत्पन्न हुन सक्ने देखिएकोले सचेत रहन आग्रह गरे। उनका अनुसार अस्पतालका सबै बेड बिरामीले भरिएका छन्। नयाँ बिरामी भर्ना कसरी गर्ने भन्नेबारे अस्पताल अलमलमा छ। अस्पतालमा औषधिको समेत अभाव हुने स्थिति निम्तिन सक्ने डर देखिएकाले आम नागरिक सरकारले तोकेको नियममा बस्नु नै उत्तम हुने डा. राजभण्डारीको भनाइ छ। ‘भएका भेन्टिलेटर र आइसियु बिरामीले भरिएका छन्,’ उनले भने, ‘थप गम्भीर बिरामी देखा परे कसरी उपचार गर्ने भन्ने चिन्ता बढ्न थालेको छ।’ वीर अस्पतालका ९० वटा बेडमा कोभिडका बिरामी राखिएको छ। ठाउँ अभावका कारण कतिपयलाई पर्खाइमा समेत राखिएको अस्पताल स्रोतले जनाएको छ। त्रिवि शिक्षण अस्पतालका डाक्टर सन्तोष केसीले कोरोना संक्रमितको संख्या बढेसँगै अस्पताल क्षेत्र अस्तव्यस्त बनेको बताए। नागरिक दैनिकबाट

काठमाडौंको कलंकी केन्द्रबिन्दु बनाएर ३ दशमलव ५ रेक्टर स्केलको भुकम्पको धक्का

काठमाडौं । काठमाडौंको कलंकी केन्द्रविन्दु बनाएर भूकम्प गएको छ । गएराति १ बजेर ५९ मिनेटमा ३ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

कलंकी केन्द्रबिन्दु बनाएर गएको भुकम्पको धक्का आसपासका जिल्लाहरुमा पनि महसुस गरिएको जनाइएको छ ।

दिल्ली सरकारले विदेशबाट अक्सिजन ल्याउने

एजेन्सी । भारतको दिल्ली सरकारले विदेशबाट अक्सिजन आयात गर्ने भएको छ । कोभिड–१९ संक्रमितको संख्या अत्यधिक भएपछि अक्सिजन अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट आयात गर्ने भएको हो ।

दिल्ली राज्य सरकारले आफ्नो राज्यका लागि बैंककबाट अक्सिजनको १८ ट्यांकर आयात गर्ने निर्णय गरेको छ । अक्सिजन मगाइएको ट्यांकर आज दिल्लीमा आउन थाल्ने मुख्यमन्त्री अरविन्द केजरीवालले जानकारी दिनुभयो ।

मुख्यमन्त्री केजरीवालले बैंककबाट अक्सिजनको ट्यांकर ल्याउनका लागि केन्द्र सरकारसँग एयरफोर्स विमान उपलब्ध गराइदिन आग्रह पनि गर्नुभएको छ ।

दिल्ली सरकारले फ्रान्सबाट २१ वटा तत्काल प्रयोग गर्न मिल्ने अक्सिजन प्लान्ट आयात गर्न लागेको बताउँदै त्यसले दिल्लीमा अक्सिजनको समस्या समाधान गर्ने उहाँको भनाइ छ ।

भारतमा दैनिक तीन लाखभन्दा धेरै कोरोना संक्रमित थपिँदै गएपछि अस्पताल भर्ना भएका ९० प्रतिशत बिरामीलाई अक्सिजन आवश्यक भएपछि त्यहाँ अक्सिजनको अभाव भइरहेको छ ।

भगवान् भरोसामा वीरगन्ज

काठमाडौँ । मनमा चिसो पसेको छ, कतै फेरि पनि कोरोनाले छोइ हाल्यो के गर्ने रु कतै मरिने पो हो कि रु मन बहकिनुमा कारण स्पष्ट छ, गत साउनमा संक्रमित भएँ र १३ दिन कोभिड अस्पतालमा बसें। डाक्टरको सही उपचार पाएर सकुशल घर पनि फर्किएँ।

तर अहिले कोरोना संक्रमणको दोस्रो लहरको चपेटाले अस्तव्यस्त बनाउन थालेको छ। उपचारका लागि अस्पतालको बेड समेत नपाउने अवस्था छ।

वीरगन्जमा दिनहुँ जाँच गराउनेमध्ये आधाभन्दा बढीमा संक्रमण भेटिन थालेको छ। अवस्था जति भयावह बने पनि यहाँका नागरिकमा लापरवाहले सीमा नाघिरहेकै छ।

उनीहरूले स्वास्थ्यका सामान्य मापदण्ड पनि पालना गरेका छैनन्। बजारको भिडभाडमा कमी आएको छैन। मास्क लगाउन समेत प्रहरीले निगरानी गरिरहनु पर्छ।

यस्तो अवस्थामा अरूकै कारणबाट संक्रमित भइन्छ कि भन्ने डरले सबै काम एकातिर थन्क्याएको छु। तरकारी किन्न बजार जान समेत छोडेको दुई हप्ता भइसकेको छ। संक्रमण बढेसँगै घरबाट सिधै कार्यालय र कार्यालयबाट सिधै घर आउने जाने गरेको छु।

अब फेरि पनि संक्रमित भइहालें भने उपचार समेत नपाएर मर्नु पर्ने हो कि भन्ने डरले रातदिन सताइरहेको छ। अहिले कोरोनाको दोस्रो संक्रमणले वीरगन्जलाई फेरि कोरोनाको हटस्पट बनाइसकेको छ। नागरिक त लापरवाह गरिरहेका छन् नै त्यसमा राज्य पनि मुकदर्शक बन्दा निकास देखिन छोडेको हो।

वीरगन्जमा अस्पतालमा बेड नपाएर ६४४ संक्रमित होम आइसोलेसनमा बस्न विवश छन्। ती संक्रमितहरूको निगरानी पनि कसैबाट छैन। जसका कारण उनीहरू बजार, चोक र गाउँटोलमा निर्धक्क घुमिरहेका छन्।

यसले समुदायमा झन् धेरै संक्रमण फैलिरहेको चिकित्सक बताउँछन्। वीरगन्जस्थित सरकारी अस्पताल नारायणीको आइसोलेसन वार्ड कोभिडका संक्रमितले भरिभराउ भइसकेका छन्। अब त्यहाँ थप संक्रमित राख्ने ठाउँ पनि नभएकाले अन्य रोगका बिरामीसँगै कोरोनाका संक्रमितलाई पनि राखेर उपचार गर्न थालिएको छ।

निजी अस्पतालहरूलाई कम्तिमा २० बेड कोभिड संक्रमितका लागि छुट्याउन जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डिसिएमसी)ले १० दिन पहिले नै निर्देशन दिएको थियो। तर उक्त निर्देशन कागजमै सीमित छ। निजी अस्पतालले कोभिडका बिरामी भर्ना लिन समेत मानिरहेका छैनन्।

जबकि १० दिन पहिले नै नेशनल मेडिकल कलेजले पहिलो लहरका बेला बाबा होटलमा सञ्चालन गरेको १७० बेडको कोभिड विशेष अस्पताल पुनः सञ्चालनका लागि डिसिएमसीले स्वास्थ्य मन्त्रालयसँग अनुमति मागेको थियो। तर हालसम्म मन्त्रालयले कुनै सुनुवाइ नै गरेको छैन। यो समाचार अन्नपूर्ण पोस्टमा छ ।

आज २०७८ बैशाख १५ गते बुधबारको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

समाजमा प्रतिष्ठित व्यक्तिको रूपमा तपार्इंको मुल्याङ्कन हुनेछ, प्रेमी बाट आवश्यक सहयोग मिल्नेछ,सानातिना कामको झमेला आउनसक्छ, प्रतिकूल परिस्थितिले तपाईंको पक्षमा कोल्टे फेरेको छ ।

बृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

घरायसी वातावरणमा केही धमिलोपन आउने छ,आजको समय सामान्य छ, विभिन्न देवालय मठ मन्दिर आदिको भ्रमण र दर्शन हुनेछ,विश्वासको वातावरण बन्नेछ, आजको शुभ अंक ८ रहेको छ ।

मिथुन (का, कि, कु, घ, ङ , छ, के, को, ह)

चोटपटक को सम्भावना छ, झैझगडा र विवादमा सरिक हुनु पर्नेछ, पारिवारिक जीवन सामान्य रहने छ,आर्थिक समस्या पर्ने छ, आजको शुभ अंक ४ रहेको छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

सन्तानपक्षबाट राम्रै सरसहयोग प्राप्त हुनेछ,रोजगारीको लागि आजको दिन राम्रो छ, बैदेशिक यात्रा हुने सम्भावना छ, रोकियका कामहरु बन्ने छन्, आजको शुभ अंक ५ रहेको छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

टाढाको यात्रा सम्भावना छ, वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ,प्रेम गर्ने हरुको लागि आजको दिन शुभ हुनेछ, शिव भगवानको अरधनाले काममा सफलता मिल्नेछ, आजको शुभ अंक ४ रहेको छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ,परिवारमा खुशीको खबर प्राप्त हुने छ,माया प्रेमको लागि रमाइलो छ, गणेश भगवानको पुजा गर्नाले आजको दिन शुभ हुन्छ,पारीवारिक सहयोग बढ्ने छ, आजको शुभ अंक ५ रहेको छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

बोलीमा विचार पुराउनु होला,महत्वपूर्ण काममा ध्यान दिनु होला,बेलुका पारिवारिक जीवनमा अनावश्यक किचलो र विवाद हुने सम्भावना छ,आजको दिन तेती राम्रो छैन, आजको शुभ अंक ४ रहेको छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

विपरीतलिङ्गीबाट आवश्यक सहयोग मिल्नेछ,बौद्धिक चिन्तन वा विचारले धेरैलाई आकर्षण गर्ने समय छ, सहयोगीहरूले काममा साथ दिनेछन्,मानसम्मानमा बृद्धि हुनेछ, आजको शुभ अंक १० रहेको छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

श्रमबाट प्रशस्त धन लाभ हुनेछ,पठन–पाठनमा प्रगति हुनेछ, देवी माताको पूजा गर्नाले शुभ कार्यमा सफलता पाइन्छ, रोजगारीमा सफलता मिल्ने छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

आर्थिक समस्याले सङ्कट उत्पन्न गर्न सक्छ,अपमान वा अपजस सहनु पर्ने हुनसक्छ,पारिवारिक किचलो हुनेछ, बोलीमा विचार गर्नु होला,चोटपटकको सम्भावना छ,यात्रा घातक बन्न सक्छ, आजको शुभ अंक ८ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

पारिवारिक जमघटमा मन रमाउनेछ,स्वादिष्ट भोजनको आनन्द समेत पाइएला, मानसम्मानमा बढ्नेछ,विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ,शुभ कुराको संकेत मिल्नेछ, आजको शुभ अंक २ रहेको छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

आज कुनै अप्रत्याशित काम बन्ने योग छ,चोटपटकको सम्भावना छ, पारिवारिक जीवनमा मतभेत रहनेछ, मेलमिलापको भावना राम्रो हुनेछ,समय राम्रो छ, आजको शुभ अंक ७ रहेको छ।

तपाईको दिन शुभ रहोस् ।