विराटनगरमा थप दुई कोरोना संक्रमितको मृत्यु
१५ बैशाख २०७८, बुधबार १०:५२
विराटनगर । विराटनगरको नोबेल शिक्षण अस्पतालमा उपचारारत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार बुधबार बिहान कटहरी गाँउपालिका र झापाको झापा गाँउपालिकाका दुईजना संक्रमितको उपचारका क्रममा मृत्यु भएको हो।
दाहालले मोरङको कटहरी गाँउपालिकाका ४५ वर्षीय पुरुषको बिहान करिब पौने ४ बजे मृत्यु भएको हो। ती पुरुषमा निमोनियाको समस्या थियो। कोरोना संक्रमण पुष्टि भएपछि उनलाई वैशाख १२ गते थप उपचारका लागि अस्पतालमा भर्ना गरिएको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया