काठमाडौंमा निषेधाज्ञा हुँदै – घर फर्किने विद्यार्थी र मजदुरले पाएन बस टिकट, के गतवर्ष जस्तै पैदल ? – Nagarikabhiyan : National News

काठमाडौंमा निषेधाज्ञा हुँदै – घर फर्किने विद्यार्थी र मजदुरले पाएन बस टिकट, के गतवर्ष जस्तै पैदल ?

काठमाडौ । भोलि (बिहीबार) देखि काठमाडौं उपत्यकामा निषेधाज्ञा लागू हुने भएको छ ।


निषेधाज्ञा भएपछि आफ्नो घर फर्किने विद्यार्थी र मजदुर वर्गले बसको टिकट नपाएको गुनासो गरेका छन् । गतवर्ष यस्तै कम समयमै घर फर्किनु पर्ने भएपछि लाखौं मान्छे उपत्यकाबाट पैदल आएका थिए ।

लामो तथा छोटो दूरीमा जाने मजदुर र विद्यार्थीहरूले आफूहरू खर्च धान्न धौधौ हुने र कोभिड सङ्क्रमित भएमा आफ्नो रेखदेखमा कोही नहुने उनीहरुले बताएका छन् ।