प्रेस युनियनद्धारा व्याग वितरण
१५ बैशाख २०७८, बुधबार १७:५२
नेपाल प्रेस युनियन इनरुवा शाखाले सुनसरी सदरमुकाम इनरुवा केन्द्रित पत्रकारहरुलाई ब्याग र मास्क वितरण गरेको छ । कोरोनाको बीचमा समेत आफू स्रक्षित हुदै समाचार संकलन गर्नुपर्ने बेला आएकाले त्यसमा सहजताका लागि भन्दै नेपाल प्रेस युनियन इनरुवा शाखाले पत्रकारहरुलाई ब्याग र मास्क वितरण गरेको हो ।
प्रेस युनियनका इनरुवा सभापति टोमराज मेहताका अनुसार बुधबार इनरुवामा सक्रिय पत्रकारहरुलाई एक । एक थान व्याग र एक । एक पोका मास्क वितरण गरिएको हो । इनरुवा नगरपालिकाको सहकार्यमा एक हजार थान मास्क र ३० थान व्याग सक्रिय पत्रकारहरुलाई उपलब्ध गराएको सभापति मेहताले बताउनुभयो ।
नगरबाट सक्रिय फिल्डमा खटेका सबैजसो पत्रकारहरुलाई संचार सामग्री बोक्न झोलाको अभाव रहेकोले एक एक थान झोला र स्वास्थ्य सुरक्षाका लागि एक एक प्याकेट मास्क उपलब्ध गराएको जनाएको छ । आँफूले नगर प्रमुख राजन मेहताको उपस्थितीमा व्याग र मास्क हस्तान्तरण गरिएको बताउनुभयो ।
हस्तान्तरण कार्यक्रममा प्रेस युनियनका सदस्यहरु सहित नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य इकवाल अहमद, प्रदेश १ का पूर्व सदस्य जयकृष्ण यादव, शशी कोईराला, प्रदेश सदस्य प्रमोख यादव, जिल्ला अध्यक्ष जनकऋषि राई, फोनिजका अध्यक्ष धिरेन्द्र चौधरी तथा कार्यसमितका अन्य पदाधिकारीको पनि सहभागिता रहेको थियो । वत्ताहरुले जिल्ला तथा नगरमा अन्य संगठनहरुले पत्रकारको हितमा काम गर्न नसकिरहेको बताउँदै प्रेस युनियनले पत्रकारको हितमा काम गर्नु सकारात्मक रहेको तर्क गरेका थिए ।
यसैबीच नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य अहमदले पत्रकारको वृद्धि विकासका लागि नगरपालिकाले थप कार्यक्रम ल्याउनुपर्ने बताउनुभयो । पत्रकार जयकृष्ण यादवले पत्रकारितामा गुणात्मक मात्रै नभएर गुणस्तरीयता हुनुपर्ने र संचार समग्रीको सहि प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो ।


१, सुनसरीको इनरुवामा पत्रकारलाई व्याग र मास्क वितरण गर्दै ।
तस्विर ः जयकृष्ण यादव । इनरुवा

फेसबुकबाट तपाईको प्रतिक्रिया