८ बैशाख २०७८, बुधबार १८:२३ – Page 12 – Nagarikabhiyan : National News

इटहरीकी काेराेना संक्रमितकाे धरानमा निधन

धरान । इटहरी–२ सुनसरीकी काेराेना संक्रमित ७८ वर्षिया वृद्धाकाे उपचारकाे क्रममा धरानमा निधन भएकाे छ । गत चैत २४ गते काेराेना पाेजेटिभ देखिएकाे वृद्धाकाे उपचारकाे लागी साेही दिन विपि काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना भएकी थिइन् । प्रतिष्ठानका सहप्रवक्ता डा. चुरामणी पाेखरेलका अनुसार उनी लामाे समयदेखि दिर्घ राेगबाट पीडित समेत थिइन् ।

उनकाे शव व्यवस्थापन गर्ने तयारी भइरहेकाे समेत सहप्रवक्ता पाेखरेलले जानकारी दिनुभएकाे छ । पछिल्लाे समय काेराेना संक्रमण दिन प्रतिदिन बढ्दै गइरहेकाे र त्यसले जुनबेला पनि भयावह रूप लिन सक्ने भन्दै धरान उपमहानगरपालिकाकी उपमेयर मञ्जु भण्डारीले नगरबासीलाइ सचेत रहन अाग्रह गर्नुभएकाे छ । उहाँले काेराेनाकाे संक्रमणबाट बच्न सुरक्षा सतर्कता अपनाउन समेत अपिल गर्नुभएकाे छ ।

नेपाल त्रिकोणात्मक टी–ट्वान्टी सिरिजको फाइनलमा प्रवेश

नेपाल घरेलु मैदानमा जारी त्रिकोणात्मक टी–ट्वान्टी सिरिजको फाइनलमा प्रवेश गरेको छ । सिरिज अन्तर्गत बुधबार नेदरल्यान्ड्स र मलेसियाबीचको खेल बराबरी भएपछि नेपाल फाइनल पुगेको हो । नेपाल एक खेल अगाबै फाइनल पुगेको हो । नेपालसँगै नेदरल्यान्ड्स पनि फाइनल पुगेको छ । मलेसिया भने बाहिरिएको छ ।

त्यसअघि टियु क्रिकेट मैदानमा बुधबार वर्षाले प्रभावित बनाएको रोमान्चक खेल बराबरी भएको हो । वर्षाले पटक पटक प्रभावित गरेको खेलमा नेदरल्यान्ड्सले जितका लागि १३ ओभरमा १ सय २० रनको लक्ष्य दिएको थियो । तर, मलेसियाले जवाफी ब्याटिङ गरिरहदा वर्षाले पुनः खेल रोकेको थियो । त्यसपछि सुरु भएको खेलमा मलेसियाले डीएलको आधारमा १० ओभरमा ९२ रनको नयाँ लक्ष्य पाएको थियो ।

नेदरल्यान्ड्सले दिएको ९२ रनको लक्ष्य मलेसियाले १० ओभर ४ विकेट गुमाएर ९१ रन बनाएपछि खेल टाइ भएको हो । मलेसियाका सेद अजिजले सर्वाधिक ३० रन जोड्दा अनवर अरुदीनले २३ रन बनाए ।

नेदरल्यान्ड्सका सेबास्टियन ब्राटले २ विकेट लिए । यस अघि वर्षाको कारण १३ ओभरमा झारिएको खेलमा नेदरल्यान्ड्सले ४ विकेट गुमाएर १ सय ७ रन बनाएको थियो । तर, डीएल पद्दतिको आधारमा मलेसियाले १ सय २० रनको लक्ष्य लक्ष्य पाएको थियो । नेदरल्यान्ड्सका लागि बेन कुपरले अविजित रहदै ५४ रनको अर्धशतकीय इनिङ्स खेले । मलेसियाका मुहमद वाफिकले २ विकेट लिए । पवनदिप सिंह र भीरनदीप सिंहले १–१ विकेट लिए । प्रतियोगिता अन्तर्गत बिहीबार नेपाल र मलेसियाबीच खेल हुनेछ ।

पाँचतारे होटलमा ओली-नेपाल भेट, निस्केला निकास ?

काठमाडाैं  ।  नेकपा एमालेको विवादले उग्र रुप लिएपछि शीर्ष तहमा नेताहरु छलफलमा जुटेका छन् ।

नेपाल समूहका ३२ जनालाई सोधियो स्पष्टीकरण, जवाफ चित्त नबुझे कारवाही १
एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल समेतका नेताहरुमाथि कारवाहीको प्रक्रिया सुरु गरेका थिए । यद्यपी बुधबार दुबै नेता छलफलमा जुटेका छन् ।

पार्टीले कारवाही प्रक्रिया अगाडी बढाएपछि नेपाल समूह सर्वोच्चमा
अहिले काठमाडौंको मेरियट होटलमा ओली र नेपालबीच वार्ता सुरु भएको ओली निकट स्रोतले बतायो ।

योगेश भट्टराई सुटुक्क किन पुगे बालुवाटार ?
ओली र नेपालसँगै विष्णु पौडेलपनि सहभागी छन् । ओलीले कारवाही गरेपछि नेपाल समूह सर्वोच्च गएको थियो । नेपालन्युजबाट

इटहरीबाट अवैध सुनको कारोबार गर्ने पक्राउ

इटहरी ।   इटहरीबाट अवैध रुपमा सुनको कारोबार गर्ने सुनचाँदी व्यावसायी पक्राउ परेका छन् ।

अवैध रुपमा सुन खरिद गरी बिक्रीका लागि इटहरी ६ मा रहेको कालिका गोल्ड एण्ड सिल्भर हाउसका संचालक शेखराज घिमिरे पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रहरीका इटहरी १६ घर भएका घिमिरेको साथबाट १९५.४७० ग्राम तौल भएको सुनको टिल १ थान र १ लाख ५८ हजार नगद बरामद भएको छ ।

प्रक्राउ परेका घिमिरेलाई उनको साथबाट वरामद नगद र सुनसहित इटहरीस्थित आन्तरिक राजश्व कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।  टाकुरा न्युज

बिहीबार राति नेपाली आकाशमा उल्का वर्षाको रमाइलो दृश्य देखिने

काठमाडौँ  । मौसमले साथ दिएमा यही वैशाख ९ गते राति नेपाली आकाशमा उल्का वर्षाको रमाइलो दृश्य देखिने नेपाल एष्ट्रोनोमिकल सोसाइटीले जनाएको छ । वैशाख ३ गतेदेखि सक्रिय रहेको वीणा उल्का वर्षा (लाइरिड मिटियोर सावर) यही वैशाख १७ गतेसम्म सक्रिय रहने सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले राससलाई जानकारी दिनुभयो ।

वैशाख ९ गते राति ११ः०० बजेदेखि वैशाख १० गते बिहान सूर्योदयसम्मको समय यो वर्षा उच्च देखिने उहाँले सुनाउनुभयो । अत्यधिक सक्रियताका समयमा प्रतिघन्टा १५–२० वटा उल्का खसेको देख्न सकिने सोसाइटीले जनाएको छ । ‘थ्याचर’ नामक पुच्छ्रे«ताराले छाडेका धुलाका कण पृथ्वीको वायुमण्डलमा घर्षण भई जलेर नष्ट हुँदा यो उल्का वर्षा देखिने गर्दछ । ‘थ्याचर’ पुच्छ«्रेताराले सूर्यको एक परिक्रमा गर्न ४१५ वर्ष लगाउँछ ।

पुच्छ«रेतारा वा धुमकेतुले सूर्यलाई परिक्रमा गर्ने क्रममा आफ्नो कक्षमा धुलाका कण छाड्ने गर्छन् । जुन लाखाँै किलोमिटरसम्म फैलन सक्छ ।  यसरी फैलिएका धुलाका कणले सूर्यलाई परिक्रमा गरिरहेको हुन्छ । परिक्रमा गर्ने क्रममा जब यी धुलाका कण पृथ्वीको वायुमण्डलमा ठोकिन्छन् तब उल्का देखिन्छ । यदि यस्तो दृश्यमा १० वा सोभन्दा बढी उल्का देखिएमा त्यस्तो घटनालाई उल्का वर्षा भन्ने गरिन्छ ।  रासस

भारतमा कोरोनाबाट २४ घण्टामा दुई हजार भन्दा बढीको मृत्यु

नयाँ दिल्ली । भारतमा बुधबार एकै दिनमा कोभिड–१९ को कारण दुई हजार भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । यसै अवधीमा भारतमा एकै दिनमा करिब ३ लाख व्यक्ति सङ्क्रमित भएका छन् ।

बुधबार एक दिनमा भारतमा दुई लाख ९५ हजारमा कोरोना सङ्क्रमण देखिएको हो । कोरोना माहामारी शुरु भएयता विश्वमा भएका सङ्क्रमणको तुलनामा यो ठूलो संख्या भएको सरकारी तथ्याङ्कले जानकारी दिएको छ । यद्यपी संयुक्त राज्यमा अमेरिका गत जनवरीमा एकै दिनमा तीन लाख भन्दा बढी व्यक्ति संङ्क्रमित भएका थिए ।

सोही अवधीमा कोरोनाबाट २ हजार २३ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाबाट मृत्यु हुने व्यक्तिको १ लाख ८२ हजार ५५३ जना पुगेको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी मङ्गलबार देशवासीको नाममा गर्नु भएको सम्बोधनमा देशका १ करोड ३० लाख व्यक्तिले फेरि एक पटक कोभिड ¬१९ सँग लडाई गरिरहेका बताउनु भएको छ

केही साता अगाडीसम्म अवस्था नियन्त्रणमा रहेको र पुनः दोस्रो लहर आएपछि गाह्रो हुन थालेको पनि मोदीले बताउनु भएको छ । भारतमा गत जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो सो समयबाट अहिलेसम्म भारतमा १३ करोड लाख व्यक्तिले खोप लगाएका छन् । कोरोना भाइरसको महामारी फैलिने क्रम एकातिर चलिरहेको छ भने अर्कोतर्फ कोरोनाभाइरस विरुद्धको खोप चलाउने क्रम पनि चलिनै रहेको छ ।

भारतमा अहिले कोभिसिल्ड, कोभ्याक्सीन र स्पुट्नीक भी गरी तीन प्रकारका खोपको प्रयोग भइरहेको सरकारी निकायले जनाएका छन् । रुसले विकास गरेको स्पुट्नीक भी भने यही अप्रिल १२ देखि मात्रै लगाउन थालिएको अधिकारीले जानकारी दिएका छन् ।

भारतमा मङ्गलबार मात्रै १६ लाख ३९ हजार ३५७ जनाको कोरोना परिक्षण गरिएको भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले जनाएको छ । अप्रिल २१ सम्म कूल २७ करोड १० लाख ५३ हजारभन्दा बढीले कोरोना परीक्षण गरिएको पनि परिषद्ले उल्लेख गरेको छ ।

भारतको राष्ट्रिय राजधानी दिल्ली सबभन्दा धेरै कोरोना प्रभावित राज्यको रुपमा रहेको छ । दिल्लीमा मङ्गलबार एकै दिनमा २८ हजार ३९५ जना कोरोना भाइरस सङ्क्रमित भएका २७७ जनाको मृत्यु भएको छ । भारतको दिल्लीमा कोरोना शुरु भएपछि हालसम्म कोरोना सङ्क्रमणबाट १२ हजार ६३८ जनाको मृत्यु भइसकेको छ ।

पार्टी फुट्ने संकेत देखिएकाले ओली नेतृत्वको मुल पार्टीमा फर्किएको हुँ : सांसद विशुन्के

काठमाडौं । नेकपा एमालेकी सांसद पार्वतीकुमारी विशुन्केले पार्टी फुटाउने संकेत देखेकोले आफु मुल नेतृत्वमा फर्किएको बताउनु भएको छ । उहाले माधवकुमार नेपालको नाम नलिई पार्टी फुट्ने डरलाग्दो दृष्य देखेकाले आफू प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको पक्षमा लागेको बताउनु भएको हो ।

नेता नेपालले नयाँ पार्टी खोल्ने वा माओवादी केन्द्रसँग एकता गर्ने भन्नेबारेमा आन्तरिक तयारी गरिरहेका बेला उहाकै समर्थनमा रहनु भएका सांसदहरु धमाधम मुल नेतृत्वमा फर्किनु भएको छ । सांसद विशुन्केले आफू कुनै पनि गुटमा नलागी मूल पार्टीमै रहनेसमेत बताउनु भयो ।

‘पार्टी फुट्ने संकेत देखिएको छ । हाम्रो पार्टी अध्यक्ष र संसदीय दलको नेता केपी शर्मा ओली नै हो । पार्टीलाई एकतावद्ध बनाउन मूल नेतृत्वलाई सहयोग गर्नुपर्छ’, उहाले भन्नुभयो, ‘म नेकपा एमालेको पक्षमा छु । मलाई स्पष्टीकरणसमेत नसोधिएकाले अब माधव नेपालले मलाई गुटका भेलामा बोलाउनु हुन्नहोला ।’ जनता टाइम्सबाट

अत्यन्त जरूरी नपरी घर बाहिर ननिस्कनुस् : स्वास्थ्य मन्त्रालय

काठमाडौँ  ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोारेना संक्रमणका दर अत्यधिक बढिरहेको बताउँदै अत्यन्त जरुरी नपरी घर बाहिर नस्किन अनुरोध गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले हरेक चार दिनमा संक्रमणको संख्या डबल भइरहेको बताउँदै संरचनाले धान्नै नसकने गरी बिरामीहरुको संख्या बढ्ने संकेत प्राप्त भएको बताए ।

मन्त्रालयले बुधबार आयोजना गरेको कोरोनाको प्रेस ब्रिफिङमा बोल्दै सभा, भेला, गोष्ठी , सेमिनार, जात्रा, बैठक नगर्न अनुरोध गरे ।

‘कोरोना संक्रमण काठमाडौं लगायत ठूला सहरमा दिनदिनै बढ्दैछ, डा गौतमले भने, ‘थाहा पाइपाइ भीडभाडमा जानु हुँदैन ।’

उनले विवाह, व्रतबन्ध, पूजा, भोज भतेर, समारोह गरी भीड जम्मा गर्ने, भीडमा सरिक हुने र मास्क नलगाइ हेलचेक्रयाइँ तथा असावधानीले संक्रमण थप फैलिँदै गइरहेको बताए ।

 

काेराेना सङ्क्रमणकाे हब बन्दै काठमाडाैं उपत्यका

काठमाडाैं । काठमाडाैं उपत्यकामा काेराेना भाइरसकाे सङ्क्रमण दर बढिरहेकाे छ । नेपाल भर आरटीपीसीआर परीक्षणमा कोरोना भाइरसका दुई हजार २२० जना नयाँ सङ्क्रमित र एन्टीजेन परीक्षणमा १३१ जनामा पोजिटिभ परिणाम पाइएकोमा उपत्यकामा मात्रै एक हजार ५१ जना सङ्क्रमित पहिचान भएकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा काठमाडाैं जिल्लामा ७८६ जना, ललितपुरमा १८१ र भक्तपुरमा ८४ जनाकाे सङ्क्रमण पुष्टि भएकाे छ ।

देशभर सङ्क्रमित पहिचान भएकाेमा उपत्यकामा मात्र करिब ४५ प्रतिशत सङ्क्रमित पहिचान भएकाे छ । गोरखापत्र अनलाइनबाट

नेपाली कांग्रेस धरानका उपसभापती तामाङ सहित ३ जना जालीनोट कारोबारी पक्राउ

इनरुवा । सुनसरी इनरुवा नगरपालिका ४ स्टार होटल अगाडीबाट जाली नोट सहित सुनसरी प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।

मंगलबार साँझ सभा ५ बजे जाली नोट सहित ३ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा धरान १९ का ६६ वर्षीय टेक बहादुर तामाङ, हरिनगर २ का २४ वर्षीय नजिम साफी र धरान १७ का महेन्द्र तामाङ रहेका छन् ।

धरान(१७ का महेन्द्र तामाङ नेपाली कांग्रेस धरान नगर कार्यसमीतीका उपसभापती हुन।

जाली नोटको कारोबार गरिरहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरीले चेक गर्दा उनीहरूको साथबाट नेपाली जाली नोट १ हजार दरका ४ सय १५ थान बरामद गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

जालीनोट सहित पक्राउ परेका तीनै जनालाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २२ मुद्रा सम्बन्धी कसुर अन्तरगत मुद्दा दर्ता गराई थप अनुसन्धान समेत भइरहेको सो कार्यालय जनाएको छ ।

आज थपिए २३५१ कोरोना संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ हजार ३५१ जनामा कोरोना भाइरस ९कोभिड–१९० को संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा ८ हजार ८८४ नमुनाको पीसीआर परीक्षण गर्दा २२२० र ८०३ एन्टिजेन टेष्ट गर्दा १३१ जनामा संक्रमण पुष्टि भएको हो ।

जसमध्ये १ हजार ५१ जना काठमाडौं उपत्यकाका छन् । काठमाडौंका ७८६, ललितपुरका १८१ र भक्तपुरका ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सर्वोच्चको आदेश: घुस दिएर अनुसन्धान गर्न पाउने अख्तियारको नियमावली नै खारेज

काठमाडौं । सर्वोच्च अदालतले भ्रष्टाचारका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गर्ने ‘स्टिङ अप्रेसन’लाई असंवैधानिक ठहर गरेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको नेतृत्वको संवैधानिक इजलासले घुस दिएर अनुसन्धान गर्न पाउने अख्तियारको नियमावली नै खारेज गरिदएको छ। सर्वोच्चले अख्तियार दुरुपयोग अनुसन्धान आयोग नियमावली, २०५९ को नियम ३० खारेज गरेको हो।

‘अतः अख्तियार दुरुपयोग अनुसन्धान आयोग नियमावली, २०५९ को नियम ३० मा रहेको प्रावधान नेपालको संविधानको धारा १३३ को उपधारा ९१० बमोजिम आजका मितिले लागू हुने गरी अमान्य र बदर हुने ठहर्छ,’ सर्वोच्चको आदेशमा भनिएको छ।

के छ अख्तियारको नियमावलीमा  ?

अख्तियारको उक्त नियमालवीमा घुस रिसवतवापत रकम उपलब्ध गराएर अनुसन्धान गर्न पाउने उल्लेख छ। नियमावलीमा भनिएको छ, ‘कुनै सार्वजनिक पद धारण गरेको व्यक्तिले घुस रिसवत माग गरेको भनी आयोगमा पर्न आएको उजुरी निवेदनको अनुसन्धानको सिलसिलामा आयोगले आफ्ना कर्मचारी वा उजुरवाला वा अन्य कुनै व्यक्तिमार्फत त्यस्तो सार्वजनिक पद धारण गरेको व्यक्तिलाई घुसररिसवत वापत रकम उपलब्ध गराउन सक्नेछ ।’

 

सिरहामा कटुवा पेस्तोलसहित एकजना पक्राउ

सिरहा । सिरहामा कटुवा पेस्तोलसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सखुवानानकारकट्टी गाउँपालिका–३ परियारपुर बस्ने ५५ वर्षीय बालेश्वर यादव छन् ।

इलाका प्रहरी कार्यालय महेशवारी र इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले उनको घरमा तलासी लिँदा झोलामा लुकाई राखेको अवस्थामा उक्त पेस्तोल र गोली फेला पारी पक्राउ गरेको हो ।

उनको साथबाट १ थान कटुवा पेस्तोल र सोको १ राउण्ड गोली बरामद भएको प्रहरीले जनाएको छ ।

योगेश भट्टराई बालुवाटारमा, उदार मनका साथ संवाद गर्दै पार्टी जोगाउन आग्रह

काठमाडौं । नेकपा एमालेका नेता योगेश भट्टराईले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर उदार मनका साथ सबै नेताहरूलाई समेटेर अघि बढ्न आग्रह गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटार पुगेर भट्टराईले एमालेलाई एकताबद्ध राख्न अध्यक्ष र दलको नेताको हिसाबले ओलीको भूमिका महत्वपूर्ण रहने भएकाले विगतका तीतामीठा भुलेर वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपालसँग संवाद गर्न सुझाव दिएका हुन् ।

भेटपछि नेपाल प्रेससँग कुरा गर्दै भट्टराईले भने- ‘मैले पार्टी अध्यक्षलाई भेटेर एमालेलाई एकतावद्ध बनाउने हिसाबले भूमिका खेल्नुस्, त्यसमा हाम्रो साथ सहयोग हुन्छ भनेको छु । एमालेको विभाजनबाट प्रतिक्रियावादीमात्र खुसी हुन्छन्, जनता निरास बन्छन् भन्ने कुरा राखेको छु ।’

भट्टराईले नेताहरूसँग संवाद गर्दै पार्टीमा काम गर्ने सहज वातावरण बनाउन र सर्वोच्च अदालतले फैसला गरेको ठाउँबाट अघि बढ्न आग्रह गरेका छन् । उनले पार्टी एकतालाई जोगाउनका लागि आफ्नो तर्फबाट सहयोग रहने बताएका छन् ।

भट्टराईले भने, ‘हिजो दुवै पक्षबाट हुन नहुने खालका तीतामीठा काम भएका छन् । तर आज तपाईंसँग जुन जिम्मेवारी छ त्यसमा तपाईंले उदार मनका साथ पार्टीलाई एकताबद्ध बनाउनुस्, संवाद गर्नुस् भनेको छु । उहाँले मेरो तर्फबाट भूमिका खेल्छु, सबैलाई पार्टीमा स्वागत छ । आउनुस् काम गरौं भन्नुभएको छ ।’

भट्टराईसहित २७ सांसदलाई कारवाही प्रक्रिया कानूनी रूपमा अघि बढाउने ढंगले मंगलवार अध्यक्ष तथा संसदीय दलका नेता ओलीले स्पष्टीकरण सोधेका थिए । भट्टराई पछिल्लो समय निरन्तर पार्टी विभाजन हुन नदिन सक्रिय छन् । नेपाल प्रेसबाट

अक्सिजन लिक हुँदा भारतमा ११ जनाको मृत्यु

भारत । भारत महाराष्ट्रको नासिकस्थित एक अस्पतालमा अक्सिजन ट्यांक चुहावट हुँदा कम्तिमा ११ जनाको मृत्यु भएको छ।

दुर्घटनामा ११ जनाको मृत्यु भएको नासिक नगर निगमका आयुक्तले पुष्टि गरेका छन्। अस्पतालमा कुल १५० बिरामी थिए जसमध्ये २३ जनालाई भेन्टिलेटरमा राखिएको थियो ।

समाचार एजेन्सी एएनआईले नासिकका चिकित्सक जाकिर हुसेनलाई उदृत गर्दै जनाए अनुसार ट्यांकरबाट अक्सिजन भरिँदै गर्दा चुहावट भएको थियो। दुर्घटनाबारे थप जानकारी आउन बाँकी रहेको बीबीसी हिन्दीले जनाएको छ।

भेरी अस्पतालमा गम्भीर प्रकृतिका बिरामीलाई मात्र भर्ना

बाँके । बिरामीको चाप बढेपछि अब गम्भीर प्रकृतिका बिरामीलाई मात्र अस्पताल भर्ना गरिने भएको छ । कोरोना भाइरस सङ्क्रमितको उपचार भइरहेको नेपालगञ्जस्थित भेरी अस्पताल र शिक्षण अस्पताल कोहलपुरमा सङ्क्रमित बिरामीको उपचारका लागि छुट्याइएका शय्या भरिभराउ भइसकेका कारण अब गम्भीर प्रकृतिका र तत्काल अक्सिजन सहायता पर्ने बिरामीलाई मात्र अस्पतालमा भर्ना लिने निर्णय भएको जिल्ला कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए ।

उनका अनुसार कोरोना भाइरस सङ्क्रमित तर लक्षण नभएका र सामान्य लक्षण भएका बिरामीलाई स्थानीय तहका स्वास्थ्यकर्मीको निगरानीमा जनस्वास्थ्यका मापदण्ड पूरा गर्ने गरी होम आइसोलेशनमा बसाइने भएको छ । होम आइसोलेशनमा बस्न मापदण्ड नपुग्ने कोभिड सङ्क्रमितलाई स्थानीय तहले सञ्चालन गरेका आइसोलेशनमा राख्ने र पैसा तिरेर बस्न सक्नेका लागि विगतमा झैँ उपयुक्त व्यवस्था तथा मापदण्ड पुगेको होटलमा पेड आइसोलेशनको व्यवस्था गरिने स्रोत व्यक्ति वलीको भनाइ थियो । भेरी अस्पतालमा सञ्चालित १५ शय्याको कोभिड आइसियू र १०२ शय्याको कोरोना विशेष वार्ड बिरामीले भरिएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेण्ट डा प्रकाश थापाले जानकारी दिए ।

उनका अनसार १५ शय्याको कोभिड आइसियूमा अहिले ४० जनालाई राखिएको छ । बिरामीको चाप बढेपछि अरु शय्यालाई पनि सघन उपचार कक्ष बनाइएको छ । कोरानाका शङ्कास्पद बिरामीलाई राख्ने ४० शय्याको प्रिआइसोलेशन वार्डसमेत करीबकरीब भरिइसकेको छ । सङ्क्रमण फैलिने क्रम नरोकिए अस्पतालले थेग्न नसक्ने गरी बिरामीको चाप बढ्दा समग्र स्वास्थ्य प्रणाली नै खत्तम हुन सक्ने जोखिम छ ।

भेरी अस्पतालमा अहिले कोरोना सङ्क्रमित ४० जनालाई सघन उपचार कक्ष, सात जनालाई भेन्टिलेटर र ८२ जनालाई कोरोना स्पेशल वार्डमा राखेर उपचार व्यवस्था मिलाइएको डा थापाले बताए । सामान्यावस्थामा अस्पतालमा भीडभाड नगरिदिन, अत्यावश्यक काम नपरेसम्म घरबाट ननिस्कन, मास्क अनिवार्य प्रयोग गर्न, भौतिक दूरी कामय गर्न तथा रुघाखोकी, ज्वरोका लक्षण देखापरेमा एकान्तबास गर्न अनुरोध गरिएको भेरी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रमोद धितालले बताए ।

वडाका सबै कर्मचारीमा सङ्क्रमण

सबै कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि नेपालगञ्ज उपमहानगरपालिका-१ कार्यालय बन्द गरिएको छ । वडाका सबै कर्मचारीलाई कोरोना पुष्टि भएपछि परिस्थिति अनुकूल नभएसम्मका लागि वडा कार्यालय बन्द गरिएको वडाध्यक्ष प्रमोद रिजालले जानकारी दिए । उनका अनुसार कर्मचारीलाई कोरोना पुष्टि भएपछि वडाबाट प्रदान गरिँदै आएको सेवा प्रभावित बनेको छ । यस्तो अवस्थामा कोरोना झन् फैलिन सक्ने भन्दै परिस्थिति अनुकूल नभएसम्मका लागि वडा बन्द गरिएको छ ।

वडामा कार्यरत तीन महिला र तीन पुरुषलाई कोरोना पुष्टि भएको छ । कोरोना पुष्टि हुने कार्यालय प्रमुख, लेखापाल, प्राविधिक, अनमी, सहजकर्तालगायत कर्मचारी छन् । सङ्क्रमित हुने सबैको स्वास्थ्यवस्था सामान्य रहेकोे वडाध्यक्ष रिजालले बताए । होम आइसोलेशनमा रहेका सङ्क्रमित कर्मचारी केहीलाई ज्वरो, कसैलाई खोकी र कसैलाई रुघाखोकीको समस्या छ ।