९ बैशाख २०७८, बिहीबार १४:२० – Page 11 – Nagarikabhiyan : National News

माधव नेपाल प्रति झन् आगो बने ओली,बल्खु पुगेर माधवलाई दिए यसरी डोजै डोज

काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशभरि अर्को पार्टी खोल्दा पनि आफूले सम्झाइबुझाइ गरिरहनु परेको बताएका छन्। आफूलाई कुनै बेला सिध्याउने गरी कारबाही गरेको स्मरण गर्दै ओलीले यस्तो बताएका हुन् ।

बिहीबार बल्खुमा एमाले पार्टी कार्यालयकाे शिलान्यास गर्दै  उनले वरिष्ठ नेता माधव नेपाल पक्षलाई अझै पार्टीमा फर्किने अवसर रहेको बताए। उनले भने, ‘अनुशासनमा बसेर पार्टीमै काम गर्ने अवसर अझै छ। यसलाई कमजोरी नठानियोस् ।’

ओलीले नेपाल पक्षको गुटगत सौदाबाजी भने सहन नसकिने बताए। त्यस्तो खालको सम्झौता हुन नसक्ने उनको भनाइ थियो।
बुधबार मात्रै नेता नेपालसँग छलफल गरेका उनले उक्त समूह पार्टीलाई सिध्याउने गरि लागेको आरोप लगाए।

कर्णाली प्रदेशमा पार्टी निर्णय विपरित फ्लोर क्रस गर्दै अराजकता मच्चाउने काम गरेको भन्दै ओलीले आक्रोश पोखे।

मोरङका एक महिलालाई चट्याङ लागेर मृत्यु

मोरङ ।  कानेपोखरी २ दलेली स्थित बसोबास गर्ने ४३ बर्षीय सुकवती राजवंशीको चट्याङ लागेर मृत्यु भएको छ ।

आज बिहान साढे ८ बजे उनी पानी परेकोले घर नजिकै रहेका गाईगोरू सार्न जाने क्रममा चट्याङमा परी गम्भिर घाईते भएकी थिइन् ।

घाईते राजवंशीको उपचारको लागि उर्लाबारीस्थित मदन भण्डारी अस्पताल तथा ट्रमासेन्टर लगेकोमा अस्पताल पुर्याउन साथ मृत्यु भएको ईलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।

नेपालले आज मलेसियासंग खेल्दै, फाइनल नेदरल्यान्ड्ससंग

काठमाडौ ।  सिरिजअन्तर्गत लिगको अन्तिम खेलमा नेपालले आज मलेसियासंग प्रतिस्पर्धा गर्दैछ ।

टियु क्रिकेट मैदानमा हुने खेल अपरान्ह १ः१५ बजे सुरु हुनेछ । ज्ञानेन्द्र मल्लको कप्तानीमा नेपाली टोली सहज जितको लक्ष्यसहित मैदानमा उत्रनेछ ।

यसअघि भएको पहिलो खेलमा नेपालले मलेसियालाई ९ विकेटले नै पाखा लगाएको थियो । जितविहीन रहेको मलेसिया पनि पहिलो जितसहित सिरिजको सुखद अन्त्य गर्न चाहन्छ ।

नेपाल यसअघि नै सिरिजको फाइनलमा पुगिसकेको छ । मलेसिया भने सिरिज बाहिरिएको छ ।  बुधबार वर्षाको कारण नेदरल्यान्ड्ससँगको खेल स्थगित भएपछि मलेसिया बाहिरिएको हो । अब फाइनलमा नेपालले शनिबार नेदरल्यान्ड्ससँग खेल्नेछ ।

बबिया की ४२ बर्षीया सुनिताको बिजुलीको पोलले लागेर मृत्यु

इटहरी । सुनसरीको ईनरुवा नगरपालिका ९ बबिया की ४२ बर्षीया सुनिता खत्वेको बिजुलीको पोलले लागेर मृत्यु भएको छ ।

बुधबार बेलुका पौने ५ बजे सोही स्थानमा को१क ८७६ नम्बरको स्काभेटरले नहर सफा गर्ने क्रममा बिजुलीको पोलमा ठक्कर लाग्दा उक्त बिजुलीको पोल ढलि घरमा बसिरहेकी खत्वेलाई लाग्दा गम्भिर घाईते भएकी उनको जिल्ला अस्पताल ईनरुवामा उपचारको क्रममा बेलुका सँवा ५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

स्काभेटर नियन्त्रणमा रहेको र चालक फरार रहेकोले खोजतलास भईरहेको सो कार्यालयले जनाएको छ ।

 

कसैले गल्ती महसुस गरेर आए पार्टीमा काम गर्ने अवसर दिइनेछ: प्रधानमन्त्री ओली

काठमाडाैं । नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले गल्ती महसुस गरेर आए पार्टीमा काम गर्ने अवसर दिइने बताएका छन् ।

पार्टीमा समानान्तर गतिविधि अगाडि बढाइरहेका नेता माधवकुमार नेपाल लगायतलाई संकेत गर्दै ओलीले उनीहरूलाई सम्झाउने र सच्याउने प्रयास जारी राखेको बताएका छन् । प्रधानमन्त्री ओलीले नेता नेपालसँग बुधबार २ घण्टा ‘वान टु वान’ कुराकानी गरेका थिए ।

उक्त कुराकानी भएको भोलिपल्ट बिहीबार बल्खुस्थित नेकपा एमालेको केन्द्रीय कार्यालय भवन शिलान्यासमा पुगेका ओलीले कसैले गल्ती महसुस गरेर आएपछि पार्टीमा काम गर्ने अवसर दिइने बताएका हुन् ।

हामी सम्झाइबुझाइ गरिरहेका छौं । सम्झाउने र सच्याउने प्रयास जारी छ । हामीले पार्टीमा क्षति नहोस् भनेर कसैलाई पनि कारवाही गरेको छैनाैं,’ ओलीले भने, ‘तर अनुशासनहीनता र अराजकतासँग हामी सम्झौता गर्दैनौं ।’

प्रधानमन्त्री ओलीले कर्णाली प्रदेशमा फ्लोर क्रस गरेर पार्टीकै सांसदले मुख्यमन्त्रीलाई विश्वासको मत दिनुलाई अराजकता भनेका छन् भने उनले पार्टीविरोधी गुटका गतिविधिलाई कुनै हालतमा स्वीकार नगरिने बताएका छन् ।

‘व्यक्तिगत तवरमा कुराकानी गर्न सकिन्छ । तर, समूहगत रूपमा कुनै गुटको प्रतिनिधित्व गर्नेसँग कुरा गर्न सकिँदैन,’ उनले भने, ‘अब पार्टीमा गुट चल्दैन । दुवैतर्फ बराबर मानिस भएर डोरी तान्न सकिँदैन । बरू डोरी चुँडिएला कोही कतै जाँदैन ।’

ओलीले पार्टीमा काम गर्ने अवसर दिन लागिएको विषयलाई कमजोरी नठान्न पनि चेतावनी दिएका छन् । ‘गल्ती महसुस गरेर अनुशासन भएर काम गर्ने हो भने पार्टीमा काम गर्ने अवसर दिन चाहिरहेका छौं । तर, यसलाई कसैले कमजोरी नठानियोस्,’ उनले भने ।

आफूलाई केही पहिले पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारवाही गरिएको भन्दै उनले आपत्ति जनाए । ‘हामीविरूद्ध हमला यस्तो भयो कि साधारण सदस्य पनि नरहने गरी हटाइयो । केपी ओलीलाई सिध्याइयो । धुलोमा मिलाएँसमेत भनेका थिए,’ उनले भने, ‘ममाथि किन यस्तो आक्रमण थियो भने टाउकोमा हान्यो भने शरीर ढल्ने भयो । टाउकोमा हान्ने नीति उनीहरूको रह्यो ।’

उनले आफूहरूको पार्टी कब्जा गर्ने र आन्दोलन कमजोर बनाउँदै माटोमा मिलाउन खोज्नेहरू असफल भएको पनि बताएका हुन् ।

लुम्विनी भ्वाइस

आफू पक्षीय नेताहरुसँग ब्रिफिङमा जुट्यो माधव नेपाल

बुधबार प्रधानमन्त्री एवं पार्टी अध्यक्षसँग भएको छलफलबारे ब्रिफिङ गर्न माधव नेपाल पक्षका नेताहरु छलफलमा जुटेका छन्। ओलीसँगको छलफलमा नेपालले आफ्नो समूहसँग छलफल गरेरमात्रै थप कुराकानी गर्ने बताएका थिए।

त्यसकै लागि उनले आफ्ना पक्षीय नेताहरुसाग छलफलमा जुटेका हुन्। आफ्ना पक्षीय नेताहरुसँग साझा धारणा बनाएपछि फेरि ओलीसँग छलफल गर्ने बताइएको छ।

एक वडा सदस्य भुमाफियासंग मिलेर अवैध काममा लागेको आरोप

भुमाफियाको चलखेलले सुनसरीको कोशी गाँउपालिका ८ नम्बर वडाका जनप्रतिनिधि पनि विभाजित भएका छन् । छिटै धनी हुने सोचका साथ वडा अध्यक्ष समेतलाई उपेक्षा गरेर एक वडा सदस्य भुमाफियासंग मिलेर अवैध काममा लागेको आरोप समेत बाहिर आएको छ । यहाँ स्थित भाण्टावारीमा जग्गाधनी प्रमाण पुर्जा नभएको करिब ४ बिगाहाको कारोबारीहरुको चलखेलमा वडा सदस्यले सेमत अवैध कामा लागेको रहस्य बाहिर आएको छ । कोशी गाँउपालिका ८ स्थित भाण्टावारीमा जग्गाधनी प्रमाण पुर्जा नभएको करिब ४ बिगाहा जग्गा भु–माफिया गिरोहले भारतीय नागरिकसँग मिलोमतो गरि ठगी गर्दै बिक्री गरिरहेको खुलासा भएको छ । साविकको हरिपुर गाविस ८ भाण्टावारीमा रहेको ४ बिगाहा १० कठ्ठा जग्गा भारतको बिहार राज्य पटना घरमा भारतिय नागरिक उदयकुमार लाल दासका नाममा ५० वर्ष अगाडी कायम भएको फिल्डवुकको जग्गा भु–माफिया गिरोहले बिक्री गर्न लागेको हो ।
फिल्डबुकमा मात्रै जग्गा भएको र नापी नभई मालपोतमा लगत कायम नभएको जग्गा विक्री गर्न कोशी गाउपालिका ८ का वडा सदस्य सनिचर यादव र स्थानीय भुमाफिया लागेको गुनासो बाहिर आएको छ । भाण्टावारीका स्थानिय धोगन खत्वेले भु–माफिया गिरोहले भारतिय नागरिक उदयकुमार लाल दासलाई ल्याएर वर्षौदेखी आफुले जोतभोग गरि आएको १ बिगाहा जग्गा मालपोत कार्यालयबाट रजिष्ट्रेशन पास गरिदिन्छु भनी ८ लाख रुपियाँ लिएर जग्गा पास नगरि भागेको बताउनुभयो ।
उदयकुमारसहितका भु–माफियाको ठगीमा परेपछि इनरुवामा रहेको मालपोत कार्यालयमा गएर बुझदा उनको नाममा सुनसरी जिल्लामा जग्गाधनी प्रमाण पुर्जा नभएको तथ्य फेला परेपछि आफुहरु ठगीमा परेको घोगनले बताउनुभयो ।
भु–माफिया गिरोहले जग्गा खरिद गर्ने मानिसलाई कपाली तमसुक बनाएर ऋण लिएको देखाएर उक्त कपाली तमसुकका आधारमा जिल्ला अदालतमा लेनदेन मुद्धा दर्ता गरि अदालती प्रकृयामा मुद्धालाई अगाडी बढाएर जग्गा बिक्री गर्ने बाटो अख्तियार गर्दै आएको पीडितहरुले जनाएका छन ।

लेनदेन मुद्धामा अदालतबाट विगो भराई दिने निर्णयपछि उदयकुमारले फिल्डवुकमा दर्ता कायम रहेको हरिपुर ८ कित्ता नम्बर ९० को जग्गा २ बिगाहा १५ कठ्ठा १० धुर र हरिपुर ८ कित्ता नम्बर ९३ को जग्गा १ बिगाहा ११ कठ्ठा जग्गा जायजेथा देखाई ऋणीलाई सोही जग्गा लिलाम बिक्रीमा चढाई विगो भराई दिने गरेको अर्का पीडित वौवालाल खत्वेले बताउनुभयो ।
मालपोत कार्यालय इनरुवाले २०७४ माघ १८ गतेको निर्णयले साविकको हरिपुर गाविस वडा नं ८ कि नं ९३ को जवि १ विगाहा ११ कठ्ठा ऐ ऐ को कि नं ९४१ जवि ४ कठ्ठा ६ धुर समेत १ विगाहा १५ कठ्ठा ६ धुर जग्गा दाखा गर्ने निर्णय भएको हुदाँ जग्गाको लगत कायम गरि २०२७ सालदेखी हालसम्मको मालपोत असुल गरि पठाईदिन कोशी गाँउपालिका कार्यालयलाई १०६५० नम्बरको चलानीबाट पत्र पठाई नापी कार्यालय इनरुवालाई नक्सा श्रेस्तामा जनाईदिन समेत बोधार्थ दिएको पाईएको छ ।
अदालती प्रकृयाबाट उदयकुमारका नाममा फिल्डवुकमा कायम रहेको जग्गा मनोजकुमार रोहिताले लिलाम बिक्री प्रकृयाबाट लिएको स्थानीयहरुले बताएका छन ।
यसरी जग्गाधनी प्रमाण पुर्जा नभएका जग्गालाई लिलाम प्रकृयामा लैजान हाल कोशी गाउपालिकाकै सुकदेव यादवको छोरा देवकुमार यादवले ३० लाख रुपियाँ ऋण उदयकुमारले लिएको कपाली तमसुक अदालतमा पेश गरि मुद्धा प्रकृया अगाडी बढाएर लिलाम बिक्रीमा चढाउन लगाई आफूहरुको हकभोग खोस्न खोजेको वौवालाल खत्वेले बताउनुभयो ।
कोशी गाउपालिका ८ नं वडाका वडाअध्यक्ष विन्देश्वरप्रसाद यादवले ८ नं वडाका स्थानीयहरुले जग्गाधनी प्रमाण पुर्जा नभएका भारतिय नागरिकलाई जग्गा धनी देखाएर उनको नाममा फिल्डवुकमा दर्ता कायम भएको भन्दै लेनदेन मुद्धा र अन्य प्रकृयाबाट जग्गा धनी प्रमाण पुर्जा दिलाई दिने भन्दै ठगी गर्दै आएको निवेदन आफू समक्ष आएको प्रतिकृया दिनुभयो ।
वडाअध्यक्ष यादवले धेरैजनाको निवेदन वडा कार्यालयमा फायल गरेर राखेको र टोल वस्तीमा गएर बुझदा उदयकुमार लाल दास नाम गरेका मानिस नेपाली नागरिक नभएको उनी भारतको पटनामा शिक्षक सेवामा जागिरे भई त्यहीको स्थायी वासीन्दासमेत भएको खुल्न आएको बताउनुभयो ।
वडाअध्यक्ष यादवले धेरैजना सिधासोझा स्थानीयलाई जग्गा दिन्छु भन्दै भु–माफियाहरुको गिरोहले रकम लिने र जग्गा पास नगरि भागी वेपत्ता भएको र भारतीय नागरिक उदयकुमारसमेतले वौवालाल खत्वेसँग ४ लाख र घोगाई खत्वेसँग ८ लाख रुपियाँ लिएर जग्गा नदिएको निवेदन पेश भएकाले भु–माफियाको ठगी कार्य विरुद्ध समबन्धीत निकायलाई जानकारी दिने तयारी भएको बताउनुभयो ।
वडाअध्यक्ष यादवले पीडितहरुको सख्याँ बढदै गएकाले उक्त जग्गा वर्षौदेखी जोतभोग गर्दै आएका किसानलाई विस्थापित गराउन भु–माफिया लागेकाले मालपोत कार्यालय इनरुवा, नापी कार्यालय इनरुवा र जिल्ला प्रशासन कार्यालयलाई पीडितहरुको निवेदन सहित जग्गा बिक्रीमा रोक लगाउन र ठगी कार्यमा सलग्नलाई पक्राउ गर्न आवश्यक कागजपत्र लेखी पठाउने तयारी भएको जानकारी दिनुभयो ।
५० वर्ष पहिला उदयकुमार लाल दास नाम गरेका व्यत्तीका नाममा उत्त जग्गा फिल्डवुकमा लेखिए पनि जोतभोग गर्न नआएकाले भु–माफियाहरुले भारतको बिहार राज्य पटना घर भई भारत सरकारको शिक्षक समेत रहेका उदय कुमारलाई नेपाल झिकाएर विराटनगर महानगरपालिका १२ नं वडा कार्यालयबाट वासुदेव दासको छोरा उदयकुमार लाल दासको जन्म विद्यालयको शैक्षिक प्रमाण पत्र अनुसार २०२० फागुन ९ गते भएको जन्म भएको समय नेपालमा पञ्जीकरण नभएकाले जन्म मिती प्रमाणित गरिएको व्यहोराको कागज तयार पारी जग्गा बिक्रीका लागी ठगी सुरु गरेको पीडितहरुले दावी गरेका छन ।
यसैबीच गएको चैतमा अदालतबाट आएको सर्जमनि मुचुल्कामा रोहबरमा बसेका वडा सदस्य सनिचर यादव र घनश्याम देवले उक्त कार्य गरेवापत मनोजकुमार रोहितालाई लेनदेन मुदामा विगो भराई दिने कार्यमा सहयोग गरे वापत किन. ९० को जग्गा दुई विघा , १५ कटठा १० धुर र किता नम्बर ९३ को जग्गा एक विघा ११ कट्टा हात पारेको खुलेको छ ।
वडा श्रोतका अनुसार भु माफियाले वडा कार्यालयमा सरकारी कार्यालयको कागजपत्र दर्ता नगराई सिधै वडा सदस्य सनिचर यादवलाई जग्गा र ।कम दिएर वडाको कागजात तयार गरेको छ ।
स्रोतका अनुसार भारतीय नागरिक खोजेर फिल्डबुक अनुसार जग्गा खरिद गर्ने मान्छे खोज्ने र ३० औं वर्षदेखी बसोबास गर्दै आएकालाई उठीबास लगाउने योजनामा भुमाफियाहरु लगेका छन् ।
एता यसै विषयलाई लिएर भाण्टाबारीका घनशयम प्रसाद देवले वडा अध्यक्ष विन्देश्वर प्रसाद यादवलाई फिल्डबुकको जग्गामा ३० औं वर्षदेखी बसोबास गर्दै आएकोहरुको पनि एक वर्षभित्र बसेको भनी झुठो सिफारिस दिनका लागि दबाब दिएको खुलेको छ । देवले यादवलाई दबाव दिएको र यादवले सर्जमिन लेखेपछि उल्टै यादवलाई धाकधम्की दिएको वडाबासीहरुले बताएका छन् । यता यादवले पनि देवले आफूलाई दबाब दिएर काम गराउन खोजेको र नमानेपछि उल्टै आफू विरुद्ध खनिएको प्रतिकृया दिनुभयो ।
अध्यक्ष यादवले आफू ऐन, कानुन र नियम अनुसारको सबैको काम गरेको तर गैर कानुनी काम गर्न दबाव दिएकाले देवलाई नियमानुसार गर्न भन्दा उल्टै थकाएर गएको समेत गुनासो गर्नुभयो । देवले यस बारेमा आफूले सम्बन्धीत निकायमा जाने प्रतिकृया दिएका छन् ।

 

आज बिहानैदेखि जनकपुरमा पानी पर्दै, हावाहुरी र चट्याङ् समेत हुँदै

जनकपुर । आज बिहानैदेखि जनकपुरसहितका स्थानमा पानी परिरहेको छ ।

पश्चिमी वायुको प्रभावले प्रदेश-२ लगायत गण्डकी, बागमती प्रदेशमा पानी परिरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसमविदक अनुसार आज दिनभर देशैभर बादल लाग्ने र पानी पर्ने क्रम चल्ने सम्भावना छ । अहिले प्रिमनसुन अवधि भएकाले केही स्थानमा हावाहुरी र चट्याङ् समेत पर्ने भएकाले सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् ।

पार्टी एकताको पक्षमा उभिएका मान्छेलाई कारबाहीको डर

सुनसरी क्षेत्र नं. १ बाट संघीय सांसद्मा निर्वाचित जयकुमार राईले पार्टी एकताको पक्षमा उभिएका मान्छेलाई कारबाहीको डर नभएका बताएका छन् ।

वर्तमान राजनीतिक गतिरोधका बारे ब्लाष्टसँग कुराकानी गर्दै सांसद् राईले अहिले सबै माननीयहरु एक ठाउँमा रहेको र छलफल अगाडि बढिरहेको बताए ।

‘अदालत जाने कुरै छैन, माननीयहरु बसिरहेका छौं, पार्टी एकताको पक्षमा उभिएका मान्छे .. के कारबाही गर्छ र ?’ सांसद् राईले भने ।

सुनसरी क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद् राई धरानका वासिन्दा हुन् । स्वच्छ छवि र सरल मिजासका उनी नेकपा विवादपछि माधव नेपाल पक्षमा उभिएका छन् ।

मूलतः सुनसरी र धरान माधव नेपाल पक्षको बाहुल्य रहेको क्षेत्रका रुपमा चिनिन्थ्यो तर नेकपा विभाजनपछि धेरै स्थानीय नेतृत्व संस्थापन पक्षको समर्थनमा उभिएको छ । यद्यपि सुनसरीबाट निर्वाचित संघीय सांसद् राई, प्रदेश सांसद् भीम आचार्य माधव नेपाल पक्षमा छन् ।

पार्टी अध्यक्षकाे कारबाहीकाे सूचीमा सांसद राइकाे नाम पनि समावेश छ ।

प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालसहित २७ जना संघीय सांसद र ५ जना कर्णाली प्रदेशका सांसदलाई स्पष्टीकरण सोधेको विषयलगायतको छलफलका लागि बैठक सुरु भएको छ ।

माधव नेपाल पक्षको स्थायी समिति बैठक बुद्धनगरमा सुरु भएको छ । स्पष्टीकरणका विषयमा छलफल गर्न स्थायी समितिको बैठक डाकिएको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंगलबार वरिष्ठ नेता माधव कुमार नेपालसहित २७ जना संघीय संसदलाई पार्टीको नीति निर्देशन विपरित गतिविधि गरेको भन्दै स्पष्टीकरण मागेका थिए ।

नेपाली राजनीतिक वृत्तमा यतिबेला नेकपा एमाले विभाजनको संघारमा पुगेको विश्लेषण भइरहेको छ ।

नयाँ राजनीतिक दलको रुपमा संलग्न भएको तथा एमालेको चुनाव चिह्न र झण्डा दुरुपयोग गरेको ओली पक्षको आरोप छ ।

मंगलबार २ दिने समय सीमासहित ओलीले संविधानको धारा ८९, राजनीतिक दल सम्बन्धी ऐनको दफा ३१ र ३२ र पार्टीको विधानको धारा ४९ लाई समेत उदृत गरेर सांसद पदबाट किन कारवाही नगर्ने भन्ने प्रश्नसहितको स्पष्टीकरण सोधेका थिए ।

स्पष्टीकरणलगायतका विषयमा छलफल चलिरहेको संघीय सांसद् जयकुमार राईले जानकारी दिए । उनले अगाडि के गर्ने कानून व्यवसायीसँगको छलफलपछि स्पष्टीकरण विरुद्ध मुद्दा दायर गर्ने वा नगर्ने विषयमा निर्णय भइनसकेको बताए ।

‘हामी पार्टीलाई विभाजनतर्फ होइन, एक बनाएर लाने पक्षमा छौं’ सांसद् राईले भने, ‘छलफल चलिरहेको छ, निर्णयमा पुग्न बाँकी छ ।’

यी हुन् स्पष्टीकरण सोधिएका २७ सांसद्

माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, पवित्रा निरौला, झपट रावल, मेटमणि चौधरी,यज्ञराज सुनुवार, जीवनराम श्रेष्ठ, झलनाथ खनाल, विरोध खतिवडा, सोमप्रसाद पाण्डे, भवानी खापुङ र नारायण खतिवडा

जयकुमार राई, गणेश पहाडी, दिपक प्रकाश भट्ट, योगेशकुमार भट्टराई, हिराचन्द्र केसी, पुष्पाकुमारी कर्ण कायस्थ, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी, सरलाकुमारी यादव, कृष्णलाल महर्जन, नीरादेवी जैरु, मुकुन्द नेउपाने र रामकुमारी झाक्री

आज २०७८ बैशाख ९ गते बिहिवारकाे राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
बौद्धिक क्रियाकलापप्रति झुकाव बढ्ने छ । बौद्धिक, साहित्यिक र सिर्जनात्मक क्षेत्रमा समययापन हुनेछ । अध्ययन, अध्यापन र लेखनकार्यमा उच्च सफलता प्राप्त हुनेछ । पठनपाठन र बौद्धिक गतिविधिका कारण मानसम्मान र प्रतिष्ठामा बढोत्तरी हुनेछ । व्यावहारिक र प्राविधिक काममा विशेष सफलता प्राप्त हुनेछ । साँझपख धनलाभ हुने सङ्केत छ । आजका लागि शुभअङ्क : ५ र शुभरङ्ग : पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ वाग्देव्यै नमः न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आफन्त, सहयोगी र मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनसक्छ । गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ । परिवारमा रमाइलो जमघट हुनेछ र अभिभावकले सन्तुष्टि जनाउने छन् । घरायसी सुखको अनुकूलता हुनेछ । आफन्तजनसँग भेटघाटको योग छ । मानसिकतामा थोरै विचलन ल्याए पनि प्रेमको वातावरण सुदृढ बन्नेछ । आजका लागि शुभअङ्क : ४ र शुभरङ्ग : घिउ रङ हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ सों सोमाय नम न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आध्यात्मिक भावनाको विकास हुनेछ । सेवामूलक र परोपकारी काममा खट्ने वातावरण प्राप्त हुनेछ, दिनदुःखी र असहायको आशीर्वाद लिन सके लाभ हुनसक्छ साथै धार्मिक÷सामाजिक काममा प्रशंसित हुने अवसर पनि पाइने छ । बन्दव्यापारमा राम्रो छ । पेसाव्यवसाय वा रोजगारीका क्षेत्रमा सम्मान र साख जोगाउन सकिने छ, आकाङ्क्षा पूर्ण हुनेछन् । आजका लागि शुभअङ्क : ३ र शुभरङ्ग : रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ विघ्नविनाशिने नमः न्यूनतम जापसङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ । सम्पत्ति लाभ गर्न अनुकूल प्रयास हुनेछन् । पारिवारिक जीवन सन्तोषप्रद रहने छ । साझेदार वा सहयोगीको सङ्गतले फाइदा हुने काम गरिने छ । व्यस्त दिनचर्या कायम हुनेछ । दूरदराजमा रहेको स्थान अथवा विदेशबाट राम्रो समाचार प्राप्त हुनेछ । पुराना साथीभाइसित भेटघाट र रामरमाइलो गरिने छ । सोच्दै नसोचेको धन प्राप्त हुनसक्छ । आजका लागि शुभअङ्क : २ र शुभरङ्ग : पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ महालक्ष्म्यै नमः न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
क्रोध, प्रतिशोध, रिसराग र उत्तेजना माथि नियन्त्रण गर्नु राम्रो हुनेछ । निर्णय सार्थक हुनेछ । मित्रवर्गबाट सोचेजस्तो लाभ प्राप्त हुनेछ । प्रतियोगितात्मक क्रियाकलापबाट लाभ मिल्नेछ । आम्दानीमा कमी आउने छैन, मनमा कताकता केही कमी भएझैं लागे पनि समग्रमा आजको समय लाभकारी नै हुनेछ । पारिवारिक जीवन र प्रणय सम्बन्धमा पनि सकारात्मकता नै देखिन्छ । आजका लागि शुभअङ्क : १ र शुभरङ्ग : रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ गं गणपतये नमः न्यूनतम जापसङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
धार्मिक, सामाजिक महत्वको क्षेत्रको भ्रमण हुनसक्छ । दुरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ । परोपकारका क्षेत्रमा लगानीको समय छ । पशुचौपायाबाट लाभ प्राप्त हुनेछ । दौडधूप गर्नु परे पनि लाभ नै हुनेछ । दैनिक व्यवहारमा खर्च बढ्न सक्छ । ढिलै भए पनि काम सम्पन्न हुनेछ । दुरदराजको यात्राबाट लाभ लिन सकिन्छ । आजका लागि शुभअङ्क : ३ र शुभरङ्ग : नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ शं शनैश्चराय नमः न्यूनतम जापसङ्ख्या : २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
अध्ययन अध्यापन सफल रहेको छ । व्यापारबाट सोचेजस्तै लाभ प्राप्ति हुने योग छ । पशुव्यवसाय र कृषिपेसाबाट सन्तोषजनक लाभ हुनेछ । नोकरी र सामाजिक क्षेत्रबाट मानसम्मान प्राप्त हुनेछ । साथीभाइ र नातेदारबाट उपयोगी सल्लाह र सहयोग प्राप्त हुनेछ । विगतका कमीकमजोरीलाई बेवास्ता गर्दै मन प्रसन्न बनाएर काम गर्नुहोला, सफलता तपाईंको मुट्ठीमा छ । आजका लागि शुभअङ्क : २ र शुभरङ्ग : बैजनी वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ कुलदेवताभ्यो नमः न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आफन्तहरूबाट भनेजस्तो सहयोग प्राप्त हुन सक्दैन । सुरुमा दिक्क र झर्को लाग्दो महसुस भए पनि अन्त्यमा सफलता नै मिल्नेछ । श्रमिक, पशुपालक र कृषकले आज कामबाट फुर्सद नपाउनाले बढी थाकेको अनुभूति गर्नेछन् । बेलुकाको वास वा खानपीनमा तलबितल पर्नसक्छ । त्यस्तै सामान हराउने र प्रतिष्ठा गुम्ने परिस्थिति पनि आउन सक्छ । आजका लागि शुभअङ्क : १ र शुभरङ्ग : हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ श्रियै नमः न्यूनतम जापसङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
धार्मिक वा आध्यात्मिक प्रवचन वा गाथा सुन्दा सन्तुष्टिको अनुभूति गर्नुहुनेछ । कसैलाई ज्ञान र अर्ति दिनुभयो भने उसले त्यसबाट लाभ पाउने छ । घरायसी सम्बन्ध राम्रै रहने छ । बन्दव्यापारमा सानो प्रयासले राम्रो आम्दानी गर्न सकिन्छ । पारिवारिक समस्या हल गर्ने दिन हो । जीवनसाथी वा बालबच्चासँग कुराकानी गरी व्यवहारिक जानकारी लिनु असल हुनेछ । आजका लागि शुभअङ्क : ९ र शुभरङ्ग : गाढा पहेंलो वा केशरी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ धर्मराजाय नमः न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
पुराना काम, समस्या, चुनौती र सम्झनालाई पुनः जीवन्त तुल्याई सुधार गर्ने अवसर प्राप्त हुनेछ । सानातिना व्यवहारिक काम र घरेलु समस्या सुल्झाएर लाभ लिनका लागि दिन अनुकूल छ । स्वास्थ्यमा सुधार आउने छ । सानोतिनो समस्याले तपाईंको उत्साहमा कमी ल्याउने छैन । नयाँ काम थाल्दा व्यवहारिक लाभ पुग्नेछ । आजका लागि शुभअङ्क : ८ र शुभरङ्ग : नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ मृत्युञ्जयाय नमः न्यूनतम जापसङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ । घरपरिवारमा हर्षको वातावरण हुनेछ । दिन मनोरञ्जनपूर्ण रहने छ । आनन्द र रमणीयताका लागि समय र धन खर्च हुन सक्छ । घुमघाम, भ्रमण र पर्यटनको अनुकूलता मिल्नेछ । रमाइलो र रमझममा समय व्यतीत हुने समय छ । आतिथ्यपूर्ण सम्मान र मिठो भोजनको प्राप्ति हुनेछ । आजका लागि शुभअङ्क : ७ र शुभरङ्ग : सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ शुं शुक्राय नमः न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
रिस, आवेग र क्रोधलाई नियन्त्रणमा राखी काम गर्दा राम्रो प्रतिफल पाइने दिन छ । पुख्र्यौली सम्पत्तिको विवाद छ भने आज त्यसलाई निराकरण गर्ने दिन हो । आफुलाई प्रतिष्ठा प्राप्त हुनेछ । बन्धुवान्धव र साथीभाइले काममा सहयोग पुर्याउने छन् । पुरानो र बिर्सिसकेको साथीसँग भेट हुने सम्भावना छ । मनमा शान्तिको अनुभूति हुनेछ । आजका लागि शुभअङ्क : ६ र शुभरङ्ग : रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ नागदेवताभ्यो नमः न्यूनतम जापसङ्ख्या : ०९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष होटलबाट रंगेहात पक्राउ

देवानगञ्ज । भोक्राहा नरसिंह गाउँपालिकाका  अध्यक्ष महेन्द्र प्रसाद यादव धरानको एक होटलमा महिला सहित पक्राउ परेका छन्।

सुनसरीका प्रहरी प्रमुख कमल थापाका अनुसार उनी धरान स्थित डुकु भन्ने होटलमा एक महिला सँग निवस्त्र रुपमा पक्राउ परेका हुन ।

उनले एक इनरुवाकै महिलालाई जागिर लगाइ दिने प्रलोभनमा होटल लगेर जबरजस्ती करणी प्रयास गरेको जानकारी प्राप्त भएको छ ।

अध्यक्ष दिउँसो नै सरकारी गाडीमा होटल आएको स्थानीयले प्रहरीलाई जानकारी दिएका थिए भने प्रहरीले पक्राउ गरि थप अनुसन्धान गरिहेको जनाएको छ।

अस्पतालमा अक्सिजन ट्यांक लिक हुँदा कोरोना संक्रमित उपचारत २२ जनाको मृत्यु

एजेन्सी ।  अस्पतालमा अक्सिजन ट्यांक लिक हुँदा कोरोना संक्रमित उपचारत २२ जनाको ज्यान गयो ।

भारतको महाराष्ट्र राज्यस्थित एक अस्पतालमा अक्सिजन ट्यांक लिक हुँदा भेन्टिलेटरमा उपचारत २२ जनाको मृत्यु भएको थियोे ।

नासिक म्युनिसिपल कर्पोरेशनले चलाएको अस्पतालमा उपचार गराइरहेका २२ जना कोरोना संक्रमितको अक्सिजनको कमीले बुधबार मृत्यु भएको आफन्तहरूले बताएका छन्।

महाराष्ट्रका स्वास्थ्य मन्त्री राजेश तोपेले बिरामीहरूलाई अक्सिजन दिइरहेको ट्यांक लिक हुँदा उनीहरूलाई अक्सिजन कमी भएको र उक्त घटनाको अनुसन्धान गर्ने बताएका छन्।

अक्सिजन ट्यांक लिक हुँदा झन्डै आधा घन्टासम्म अस्पतालमा अक्सिजन सप्लाई रोकिएको थियो।

भारतमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण तीव्र गतिमा फैलिरहेको छ। कोरोनाबाट सबभन्दा बढी प्रभावित राज्य महाराष्ट्र हो।

ओली विरूद्ध नेपाल समूह किन पुगे सर्वोच्चमा ?

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध आज नेकपा एमालेका नेता माधवकुमार नेपाल, भीम रावल र घनश्याम भुसालले सर्वोच्च अदालतमा रिट पेश गरेका छन्।

केन्द्रीय कमिटी खारेज गरेर महाधिवेशन कमिटी बनाउने, आफूहरूमाथि कारबाही चलाउने अध्यक्ष ओलीको निर्णय पार्टी विधान र कानुनको समेत विपरित भएको भन्दै उनीहरू सर्वोच्च गएका हुन्।

सर्वोच्च अदालतका सह–प्रवक्ता देवेन्द्र ढकालका अनुसार उनीहरूको रिट आज पेश भए पनि दर्ता भइसकेको छैन।

 

भुमाफियाको चलखेलले जनप्रतिनिधि पनि दुईधारमा

कोशी ।  भुमाफियाको चलखेलले सुनसरीको कोशी गाँउपालिका ८ नम्बर वडाका जनप्रतिनिधि पनि विभाजित भएका छन् । यहाँ स्थित भाण्टावारीमा जग्गाधनी प्रमाण पुर्जा नभएको करिब ४ बिगाहाको कारोबारीहरुको चलखेल बढेको रहस्य बाहिर आएको छ ।

कोशी गाँउपालिका ८ स्थित भाण्टावारीमा जग्गाधनी प्रमाण पुर्जा नभएको करिब ४ बिगाहा जग्गा भु–माफिया गिरोहले भारतीय नागरिकसँग मिलोमतो गरि ठगी गर्दै बिक्री गरिरहेको खुलासा भएको छ ।

साविकको हरिपुर गाविस ८ भाण्टावारीमा रहेको ४ बिगाहा १० कठ्ठा जग्गा भारतको बिहार राज्य पटना घरमा भारतिय नागरिक उदयकुमार लाल दासका नाममा ५० वर्ष अगाडी कायम भएको फिल्डवुकको जग्गा भु–माफिया गिरोहले बिक्री गर्न लागेको हो । फिल्डबुकमा मात्रै जग्गा भएको र नापी नभई मालपोतमा लगत कायम नभएको जग्गा विक्री गर्न कोशी गाउपालिका ८ का वडा सदस्य सनिचर यादव र स्थानीय भुमाफिया लागेको गुनासो बाहिर आएको छ ।

भाण्टावारीका स्थानिय धोगन खत्वेले भु–माफिया गिरोहले भारतिय नागरिक उदयकुमार लाल दासलाई ल्याएर वर्षौदेखी आफुले जोतभोग गरि आएको १ बिगाहा जग्गा मालपोत कार्यालयबाट रजिष्ट्रेशन पास गरिदिन्छु भनी ८ लाख रुपियाँ लिएर जग्गा पास नगरि भागेको बताउनुभयो । उदयकुमारसहितका भु–माफियाको ठगीमा परेपछि इनरुवामा रहेको मालपोत कार्यालयमा गएर बुझदा उनको नाममा सुनसरी जिल्लामा जग्गाधनी प्रमाण पुर्जा नभएको तथ्य फेला परेपछि आफुहरु ठगीमा परेको घोगनले बताउनुभयो ।

भु–माफिया गिरोहले जग्गा खरिद गर्ने मानिसलाई कपाली तमसुक बनाएर ऋण लिएको देखाएर उक्त कपाली तमसुकका आधारमा जिल्ला अदालतमा लेनदेन मुद्धा दर्ता गरि अदालती प्रकृयामा मुद्धालाई अगाडी बढाएर जग्गा बिक्री गर्ने बाटो अख्तियार गर्दै आएको पीडितहरुले जनाएका छन । लेनदेन मुद्धामा अदालतबाट विगो भराई दिने निर्णयपछि उदयकुमारले फिल्डवुकमा दर्ता कायम रहेको हरिपुर ८ कित्ता नम्बर ९० को जग्गा २ बिगाहा १५ कठ्ठा १० धुर र हरिपुर ८ कित्ता नम्बर ९३ को जग्गा १ बिगाहा ११ कठ्ठा जग्गा जायजेथा देखाई ऋणीलाई सोही जग्गा लिलाम बिक्रीमा चढाई विगो भराई दिने गरेको अर्का पीडित वौवालाल खत्वेले बताउनुभयो ।

मालपोत कार्यालय इनरुवाले २०७४ माघ १८ गतेको निर्णयले साविकको हरिपुर गाविस वडा नं ८ कि नं ९३ को जवि १ विगाहा ११ कठ्ठा ऐ ऐ को कि नं ९४१ जवि ४ कठ्ठा ६ धुर समेत १ विगाहा १५ कठ्ठा ६ धुर जग्गा दाखा गर्ने निर्णय भएको हुदाँ जग्गाको लगत कायम गरि २०२७ सालदेखी हालसम्मको मालपोत असुल गरि पठाईदिन कोशी गाँउपालिका कार्यालयलाई १०६५० नम्बरको चलानीबाट पत्र पठाई नापी कार्यालय इनरुवालाई नक्सा श्रेस्तामा जनाईदिन समेत बोधार्थ दिएको पाईएको छ । अदालती प्रकृयाबाट उदयकुमारका नाममा फिल्डवुकमा कायम रहेको जग्गा मनोजकुमार रोहिताले लिलाम बिक्री प्रकृयाबाट लिएको स्थानीयहरुले बताएका छन ।

यसरी जग्गाधनी प्रमाण पुर्जा नभएका जग्गालाई लिलाम प्रकृयामा लैजान हाल कोशी गाउपालिकाकै सुकदेव यादवको छोरा देवकुमार यादवले ३० लाख रुपियाँ ऋण उदयकुमारले लिएको कपाली तमसुक अदालतमा पेश गरि मुद्धा प्रकृया अगाडी बढाएर लिलाम बिक्रीमा चढाउन लगाई आफूहरुको हकभोग खोस्न खोजेको वौवालाल खत्वेले बताउनुभयो ।

कोशी गाउपालिका ८ नं वडाका वडाअध्यक्ष विन्देश्वरप्रसाद यादवले ८ नं वडाका स्थानीयहरुले जग्गाधनी प्रमाण पुर्जा नभएका भारतिय नागरिकलाई जग्गा धनी देखाएर उनको नाममा फिल्डवुकमा दर्ता कायम भएको भन्दै लेनदेन मुद्धा र अन्य प्रकृयाबाट जग्गा धनी प्रमाण पुर्जा दिलाई दिने भन्दै ठगी गर्दै आएको निवेदन आफू समक्ष आएको प्रतिकृया दिनुभयो । वडाअध्यक्ष यादवले धेरैजनाको निवेदन वडा कार्यालयमा फायल गरेर राखेको र टोल वस्तीमा गएर बुझदा उदयकुमार लाल दास नाम गरेका मानिस नेपाली नागरिक नभएको उनी भारतको पटनामा शिक्षक सेवामा जागिरे भई त्यहीको स्थायी वासीन्दासमेत भएको खुल्न आएको बताउनुभयो ।

वडाअध्यक्ष यादवले धेरैजना सिधासोझा स्थानीयलाई जग्गा दिन्छु भन्दै भु–माफियाहरुको गिरोहले रकम लिने र जग्गा पास नगरि भागी वेपत्ता भएको र भारतीय नागरिक उदयकुमारसमेतले वौवालाल खत्वेसँग ४ लाख र घोगाई खत्वेसँग ८ लाख रुपियाँ लिएर जग्गा नदिएको निवेदन पेश भएकाले भु–माफियाको ठगी कार्य विरुद्ध समबन्धीत निकायलाई जानकारी दिने तयारी भएको बताउनुभयो ।

वडाअध्यक्ष यादवले पीडितहरुको सख्याँ बढदै गएकाले उक्त जग्गा वर्षौदेखी जोतभोग गर्दै आएका किसानलाई विस्थापित गराउन भु–माफिया लागेकाले मालपोत कार्यालय इनरुवा, नापी कार्यालय इनरुवा र जिल्ला प्रशासन कार्यालयलाई पीडितहरुको निवेदन सहित जग्गा बिक्रीमा रोक लगाउन र ठगी कार्यमा सलग्नलाई पक्राउ गर्न आवश्यक कागजपत्र लेखी पठाउने तयारी भएको जानकारी दिनुभयो ।

५० वर्ष पहिला उदयकुमार लाल दास नाम गरेका व्यत्तीका नाममा उत्त जग्गा फिल्डवुकमा लेखिए पनि जोतभोग गर्न नआएकाले भु–माफियाहरुले भारतको बिहार राज्य पटना घर भई भारत सरकारको शिक्षक समेत रहेका उदय कुमारलाई नेपाल झिकाएर विराटनगर महानगरपालिका १२ नं वडा कार्यालयबाट वासुदेव दासको छोरा उदयकुमार लाल दासको जन्म विद्यालयको शैक्षिक प्रमाण पत्र अनुसार २०२० फागुन ९ गते भएको जन्म भएको समय नेपालमा पञ्जीकरण नभएकाले जन्म मिती प्रमाणित गरिएको व्यहोराको कागज तयार पारी जग्गा बिक्रीका लागी ठगी सुरु गरेको पीडितहरुले दावी गरेका छन ।

यसैबीच गएको चैतमा अदालतबाट आएको सर्जमनि मुचुल्कामा रोहबरमा बसेका वडा सदस्य सनिचर यादव र घनश्याम देवले उक्त कार्य गरेवापत मनोजकुमार रोहितालाई लेनदेन मुदामा विगो भराई दिने कार्यमा सहयोग गरे वापत किन. ९० को जग्गा दुई विघा , १५ कटठा १० धुर र किता नम्बर ९३ को जग्गा एक विघा ११ कट्टा हात पारेको खुलेको छ । वडा श्रोतका अनुसार भु माफियाले वडा कार्यालयमा सरकारी कार्यालयको कागजपत्र दर्ता नगराई सिधै वडा सदस्य सनिचर यादवलाई जग्गा र ।

कम दिएर वडाको कागजात तयार गरेको छ । स्रोतका अनुसार भारतीय नागरिक खोजेर फिल्डबुक अनुसार जग्गा खरिद गर्ने मान्छे खोज्ने र ३० औं वर्षदेखी बसोबास गर्दै आएकालाई उठीबास लगाउने योजनामा भुमाफियाहरु लगेका छन् । एता यसै विषयलाई लिएर भाण्टाबारीका घनशयम प्रसाद देवले वडा अध्यक्ष विन्देश्वर प्रसाद यादवलाई फिल्डबुकको जग्गामा ३० औं वर्षदेखी बसोबास गर्दै आएकोहरुको पनि एक वर्षभित्र बसेको भनी झुठो सिफारिस दिनका लागि दबाब दिएको खुलेको छ ।

देवले यादवलाई दबाव दिएको र यादवले सर्जमिन लेखेपछि उल्टै यादवलाई धाकधम्की दिएको वडाबासीहरुले बताएका छन् । यता यादवले पनि देवले आफूलाई दबाब दिएर काम गराउन खोजेको र नमानेपछि उल्टै आफू विरुद्ध खनिएको प्रतिकृया दिनुभयो । अध्यक्ष यादवले आफू ऐन, कानुन र नियम अनुसारको सबैको काम गरेको तर गैर कानुनी काम गर्न दबाव दिएकाले देवलाई नियमानुसार गर्न भन्दा उल्टै थकाएर गएको समेत गुनासो गर्नुभयो । देवले यस बारेमा आफूले सम्बन्धीत निकायमा जाने प्रतिकृया दिएका छन् ।

९ वर्ष मुनिका ४३ बालबालिकामा कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा १९३ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार  ० देखि ९ वर्ष उमेर समूहका ४३  र १० देखि १९ वर्ष उमेर समूहका भने १५० बालबालिका कोरोना संक्रमित भएका हुन् ।

रामधुनीमा रामनवमी मेला

सुनसरीको रामधुनी नगरपालिका ४ सिगियामा रहेको ऐतिहासिक क्षेत्र रामधुनी मन्दिरमा कोरोनाको महामारी दोस्रो लहरको बीचमा पनि बुधबार भव्यताका साथ रामनवमी मेला लागेको छ । सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिकाको प्रकाशपुर र रामधुनीको सिगिया अन्तर्गत पर्ने जङ्गलको मध्यक्षेत्रमा रहेको प्रख्यात धार्मिक स्थल रामधुनी मन्दिरमा सदाको वर्ष झै यसपाली पनि रामनवमीको दिन बुधबार ठूलो मेला लागेको स्थानीय रामधुनी बनखण्डी बाबा व्यवस्थापन समितिका डिल्ली कार्कीले जानकारी दिनुभयो ।
यहाँ मेला आएकाहरुले रामधुनी मन्दिरको खरानी प्रसादको रुपमा लिनुका साथै मन्दिरक चारैतिर घना जङ्गल र सुन्दर फुलबारीका बीचमा धुनीस्थलको अवलोकन समेत गरेका छन् । त्रेता युगदेखि जल्न शुरु गरेको अखण्ड धुनी आजसम्म निरन्तर बलिरहेको अचम्मलाग्दो किम्बदन्तीमा आधारित यो स्थान प्रशिद्ध तीर्थस्थल भएकाले मेला भर्न आउनेहरुको भील लागेको हो । मेलामा आउनुभएका विष्णुदेव यादवका अनुसार रामधुनी मन्दिरमा गएर पूजाआजा गर्ने र त्यहाँ उत्पादित विगुत लगाएमा चिताएको पूरा हुने जनविश्वास अहिलेसम्म पनि जीवितै रहेकाले मेला आउनेको मिड बढेको छ ।
रामधुनिमा मुख्य रूपमा धुनि मन्दिर र दरवार मन्दिर छन् । धुनि मन्दिरमा सधै एउटा साजको मूढो सल्काएर राखिन्छ र उक्त मूढो जली रहेको हुन्छ, जसको खरानी नै त्यहाँको देव प्रसाद मानिन्छ । यसैगरी दरवार मन्दिरलाई लङ्गौट मन्दिर पनि भनिन्छ । त्यसभित्र चन्द्र, शिवलिंग, दूर्गा र सिंहका मूर्तिहरू राखिएका छन्। वनखण्डी वावाले बोकेर हिड्ने मनचिन्ते चिम्टा पनि त्यसै मन्दिरमा राखिएको छ । यसैगरी दरवार मन्दिरभित्र चन्द्र, शिवलिंग, दूर्गा र सिंहका मूर्तिहरू राखिएका छन् ।
१, रामधुनी मन्दिर क्षेत्रको जंगलमा रहेका बादरसंग एक आन्तरीक पर्यटक ।

तस्विर ः जयकृष्ण यादव । इनरुवा