१० बैशाख २०७८, शुक्रबार ०५:५७ – Page 10 – Nagarikabhiyan : National News

आज २०७८ बैशाख १० गते शुक्रबारको राशिफल

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) प्रतिश्पर्दीहरु सवल रहनाले कार्यसम्पादनमा बिषेश साबधान रहनु पर्ने समय रहेकोछ । बिश्वासिला ब्यत्तिहरुबाट धोकाहुन सक्ने सम्भाबना रहेकोछ । सामाजिक कार्यमा सरीक हुने अवसर प्राप्त हुनेछ । सामान्य खर्च हुने योग रहेको छ । सामुहिक कार्यमा सहभागी हुने अबसर रहेकोछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) अध्यन अध्यापनमा समय उत्तम रहेकोछ । नयाँ कार्यको थालनिले मन प्रशन्न रहला । आफन्तजनहरु बिचको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । अनावश्यक खर्चको सम्भाबना रहेकोछ । कार्य क्षेत्रमा मन लागेपनि सामान्य क्रुटि ले मानशिक चिन्ता दिलाउने छ । तपाईको कमजोरीको फाईदा अरुले उठाउन सक्नेछन ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह) सबारी साधनको प्रयोगमा ध्यान दिनु पर्ने समय रहेको छ । खानपानको क्षेत्रमा सजग रहनु होला । प्रेम सम्बन्धमा सुधार आउनेछ । पारीबारीक झोर झमेला सताउन सक्नेछ । मान्यजनको साथ सहयोले आम्दानिका क्षेत्रमा सहयोग पुग्नेछ । मातृ पक्षको सहयोले बौधिक बिकासमा जुट्ने समय रहेको छ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) मित्र जनको साथ सहयोग बाट बिग्रन लागेको काम बन्ने योग रहेको छ । एक्लो निर्णयले दाजुभाई बिच मनमुटाब रहन सक्ला । नजिकका ब्यक्ति बाट बिश्वासघात हुन सक्छ । कुराकाट्ने ब्यक्ति बाट टाढै रहनु होला । पारीवारिक मनोरञ्जनको क्षेत्रमा समय ब्यतित रहला । सामान्य यात्रा पश्चात कार्य सिद्यि हुनसक्ला ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) मनमा सामान्य डर पैदा हुने साथै मनमा चन्चलताले बास गर्ने छ । बोलिको प्रभाबको कारण मान्यजन को साथ पाईनेछ । स्बास्थ सम्बन्धि समस्यामा सुधार आउनेछ । मित्रजनको साथ सहयोले आक्स्मिक धनलाभ हुन सक्नेछ । कार्यक्षेत्रमा लगाईएको लगानीको प्रतिफल प्राप्तनहुदा मनमा खिन्नता उत्पन्न हुन सक्नेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) भौतिक शुःख साधन प्राप्त हुनेछ । शारीरिक आलस्यले सताउन सक्छ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ । मनोरञ्जनका श्रोत्र र साधनका श्रेत्रमा सामान्य खर्च बढ्न सक्नेछ । हराएका धनमाल प्राप्ति योग रहेको छ । बौधिक ब्यक्तित्वहरुको सहयोगले कार्य सम्पादनमा बिशेष फाईदा हुनेछ । संगित तर्फ रुचिजाग्नेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते) प्रेमी प्रेमीका बिच मनमुटाब रहन सक्छ । ब्यापार ब्यवसाय बाट राम्रो आम्दानि हुने योग रहेको छ । सामान्य क्षती ब्यर्होनु पर्ला । कुराकाट्ने हरुको बृद्धि हुनेछ । परोपकार को क्षेत्रमा मन जानेछ । साधारण खर्च भएतापनि दिन मध्यम रहनेछ । पारीबारिक साथ सहयोग प्राप्त हुनाले कार्य सम्पादनमा सहयोग पुग्नेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु) मित्रजनको सहयोग प्राप्त हुनेछ । बिद्या तथा ब्यापारको राम्रो योग रहेको छ । बोलिको खराब अर्थ लाग्नाले सामान्य झन्झट आईपर्ला । धनमालमा सामान्य क्षति हुने योग रहेको छ सजग रहनु होला । शारीरिक आलस्यताले सताउन सक्नेछ लगानि गर्दा बिशेष होस पुर्याउनु पर्ने समय रहेको छ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) पारीवार तथा ईष्टमित्र सगँको सम्बन्धमा सुधार आउनेछ । सन्तान सम्बन्धि समस्या ले सताउन सक्छ । कार्य कुसलताले मान्यजनको मन जित्न सफल रहने योग रहेको छ । नयाँ कार्यको थालनि ले मन प्रशन्न रहला । आम्दानि क्षेत्र सबल रहेको छ । शुभचिन्तकहरुको सङ्ख्या मा बृद्यि हुने छ । गाएन क्षेत्रमा रुचि जाग्ने योग रहेको छ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) आफन्त जन बिच भेटघाट हुन सक्ने सम्भाबना रहेकोछ । मनोबिलासिताका सामान खरीद योग रहेको छ । दाजु भाई तथा इष्ट मित्र बिच सम्बन्ध सुधार रहनेछ । कार्य क्षेत्रमा उत्पन्न झन्झट पश्चात सभा सम्मेलनमा सम्लग्न भईनेछ । परीवारजनहरु सगँको सम्बन्धमा कार्य क्षेत्रका कारण सामान्य मदभेद रहन सक्नेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द) बोलिको कारण साधारण समस्या आउन सक्नेछ । स्वास्थ सम्बन्धी समस्याले सताउला । स्तान्तरण को योग रहको छ । स्वास्थ सम्बन्धि समस्याको कारण मनमा सामान्य चिन्ताले सताउन सक्छ । नजिकका ब्यक्ति बाट बिश्वासघात हुन सक्छ । कार्य क्षेत्रमा बिशेष सजग रहनु होला सामान्य अप्जस प्राप्त हुन सक्ने सम्भाबना रहेको छ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) ब्यापार ब्यवसायबाट राम्रो आम्दानि हुने योग रहेको छ । मनोबिलासिताका सामान खरीद योग रहेको छ । मित्रजनहरु बिचको भेटघाटले मन प्रशन्न रहने छ । मान्यजनको साथ सहयोग बाट बिग्रन लागेको काम बन्नेछ । अरुको बिश्वास गर्नाले धोका हुन सक्छ । आम्दानि क्षेत्र सबल रहेता पनि स्बास्थमा सामान्य बाधा आईपर्ने छ ।

स्वास्थ्य मन्त्रालयको भविष्यवाणी आउँदो असारसम्ममा नेपालमा थप ३ लाख कोरोना संक्रमण हुने

काठमाडौ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आउँदो असारसम्ममा नेपालमा थप तीन लाख व्यक्तिमा कोरोना सङ्क्रमण देखा पर्नसक्ने अनुमान गरेको छ ।

मन्त्रालयले कोरोनाको युके भेरियन्टको सङ्क्रमण दर उच्च भएकाले अबको तीन महिनामा सङ्क्रमण दर उच्च हुने देखिएको बताएको हो ।

आज प्रतिनिधिसभाको अर्थ समितिको बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव लक्ष्मण अर्यालले ३ लाख सङ्क्रमितमध्ये ६० हजारलाई अस्पतालमा उपचार गर्नुपर्ने, ३० देखि ३५ हजार बिरामीलाई अक्सिजन दिनुपर्ने र १५ हजार बिरामीलाई सघन उपचार कक्ष (आईसीयू) आवश्यक पर्ने अनुमान गरिएको बताए । त्यसैअनुसार मन्त्रालयले तयारी गरिरहेको पनि सचिव अर्यालले बताए ।

भारतमा कोरोना सङ्क्रमितका लागि छैन अक्सिजन, तत्कालै अक्सिजन बढाउन निर्देशन

भारत । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना सङ्क्रमितको लागि अक्सिजनको चरम अभाव हुन थालेको विषयलाई लिएर विभिन्न निकायका प्रमुखसँग आकस्मिक छलफल गर्नुभएको छ ।

मोदीले मन्त्रिपरिषद्का सचिव, मुख्यसचिव, गृहसचिव र विभिन्न मन्त्रालयका उच्च अधिकारीलाई भेटेर तत्कालै अक्सिजनको आपूर्ति बढाउन निर्देशन दिएका छन् ।

जवाफमा उच्च अधिकारीहरुले यो हप्ता अक्सिजनको आपूर्ति बढाउनेगरी काम भइरहेको जानकारी दिएका छन् ।

मोदीले अक्सिजन बढाउने, द्रुत गतिमा ढुवानी गर्ने र स्वास्थ्य केन्द्रलाई नयाँ प्रणालीबाट अक्सिजन उपलब्ध गराउन निर्देशन दिएको खबरमा उल्लेख छ ।

एक राज्यबाट अक्सिजन बोकेर अर्को राज्यमा जाने गाडीलाई कतै पनि अवरोध नगर्न मोदीले निर्देशन दिएका हुन् ।

भारतका २० राज्यमा अहिले प्रतिदिन ६ हजार सात सय ८५ मेट्रिक टन मेडिकल अक्सिजनको माग भइरहेकोमा माग अनुसार आपूर्ति हुन सकेको छैन् ।

अक्सिजनको छिटो आपूर्तिको लागि तीव्र गतिका रेल हवाईजहाजको समेत प्रयोग गर्न सकिनेतर्फ केन्द्रीय सरकारले सुझाव दिएको छ ।

भारतमा पछिल्ला दिनमा कोरोना सङ्क्रमितले अक्सिजन नपाएरै ज्यान गुमाएका घटना बढ्दै गएका छन् ।

एजेन्सीको सहयोगमा

बाबुकाे हत्याकाे आराेपमा छाेरा पक्राउ

बराहक्षेत्रमा बाबुकाे हत्याकाे आराेपमा छाेरा पक्राउ परेका छन् । बराहक्षेत्र ९ का उमेश पौडेल आफ्नै बुवाको हत्या अभियोगमा पक्राउ परेकाे जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएकाे छ । कार्यालयका अनुसार बैशाख ७ गते घरायसी विवादका कारण घरमा रहेकाे तपेशले आफ्नै बुबा ३८ बर्षीय उपेन्द्र पौडेललाई कोखामा हानी घाईते बनाएका थिए ।

घाईते उपेन्द्रको नोवेल अस्पतालमा उपचारको क्रममा आज बिहान ७ बजे मृत्यु भएको थियाे । बुबाकाे मृत्यु पश्चात छाेरालाई नियन्त्रणमा लिई अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष महेन्द्रप्रसाद यादव विरुद्ध जबर्जस्ती करणी मुद्दा दर्ता

इनरुवा ।  सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष महेन्द्रप्रसाद यादवविरुद्ध जबर्जस्ती करणी मुद्दा दर्ता भएको छ । बुधबार धरानको एक होटलमा १७ वर्षीय किशोरीसँग आपत्तिजनक अवस्थामा भेटिएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो । यादवविरुद्ध बिहीबार जबर्जस्ती करणी मुद्दा दर्ता भएको हो ।

जिल्ला अदालत सुनसरीमा पाँच दिनको म्याद थप गरी उनीमाथि अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक कमल थापाले जानकारी दिए ।

जागिर लगाइदिने भन्दै यादवले किशोरीलाई इटहरीबाट लिएर धरान गएको र धरानको भेडेटार लाइनमा रहेको एक होटलमा यादव युवतीसँग आपत्तिजनक अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

होटलबाट दुवै जनालाई नियन्त्रणमा लिएको प्रहरीले किशोरी १७ वर्षको मात्रै रहेको पाइएपछि यादवलाई करणी मुद्दा दर्ता गर्ने तयारी गरेको थियो । बिहीबार भने किशोरीले नै जाहेरी दिएकी थिइन् ।

किशोरीले जागिरको प्रलोभन देखाएर आफ्नो इच्छा विपरित करणी गरेको भन्दै जाहेरी दिएको प्रहरीले बताएको छ ।

इलाका प्रहरी कार्यालय धरानका डीएसपी ज्ञानबहादुर बस्नेतका अनुसार जागिर लगाइदिने बहानामा इच्छा विपरित करणी गरेको भन्दै किशोरीले जाहेरी दिएकी छन् ।

 

ओलीसँग भेटवार्तापछि माधव नेपालले दिए यस्तो कडा प्रतिक्रिया

काठमाडौं। नेकपा एमालेका नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुराकानीमा कुनै प्रगति नभएको बताएका छन्। राजधानीको मेरियट होटलमा बिहीबार प्रधानमन्त्री ओलीसँग भएको संवादपछि होटलबाट बाहिरिने क्रममा नेता नेपालले कुराकानीका क्रममा कुनै प्रगति भएको बताएका हुन्।

उनले भने, ‘कुनै प्रगति भएन। हाम्रो तिक्ततापूर्ण सम्बन्ध कायमै छ। हिजोको छलफलमा केही आश लागेको थियो आज त्यो पनि बाँकी रहेन।’ आज पनि दुई नेताबीच करिब डेढ घण्टा छलफल भएको थियो। बुधबारको संवादपछि दुवै नेताहरु प्रसन्न मुद्रामा बाहिरिए पनि कुराकानीका क्रममा सहमतिनजिक पुग्न नसकेको बताइएको थियो।

ओली र नेपालबीच आज भएको संवाद पार्टी एकता जोगाउन निर्णायक हुने अपेक्षा लिइएको थियो। तर नेता नेपालले अध्यक्ष ओलीसँग कुरा मिल्ने सम्भावना कम रहेको प्रतिक्रिया दिएका छन्। उनले भने,’ मिल्ने सम्भावना पनि देखिएको छैन। अब छलफल कहिले हुन्छ थाहा छैन।’

नेता नेपालले अब कहिले बैठक बस्छ भन्ने कुनै टुंगो नलागेको छ र ठेगान पनि नभएको बताए। ओलीले नेतानेपालसँग गत फागुन २८ गतेको निर्णय अक्षरशः पालना गर्नुपर्ने अडान राखेको बुझिएको छ। छलफलका क्रममा ओलीले पुस ५ पछिका कमिटीहरु पनि मान्नुपर्ने पनि बताएका थिए। जवाफमा नेता नेपालले ती निर्णय मान्न नसकिने बताएको स्रोतको भनाइ छ।

नेता नेपालले सहमति खोज्ने भए ०७५ जेठ २ गतेलाई नै मिलनविन्दु मान्नुपर्ने अडान राखेका थिए। ओली भने उनको मागमा सहमत भएनन्। त्यसपछि बैठक निष्कर्षविहीन सकिएको बताइएको छ। वार्ता सकेर प्रधानमन्त्री ओली होटलबाट बाहिरिएपछि उनका आर्थिक सल्लाहकार मोतीलाल दुगडले नेता नेपालसँग छलफल गरेका थिए। दुगडले भने दुई नेताबीचको वार्ता सकारात्मक भइरहेको दाबी गरे।

‘उहाँहरूबीच वार्ता सकारात्मक भइरहेको छ किनकी दुबै नेता पार्टी फुटाउन चाहनुहुन्न,’ दुगडले भने। दुगड बुधबार पनि ओली-नेपाल वार्ता हुँदा मेरियट होटलमै थिए। ‘तपाईं यो वार्ताको सहजकर्ता हो ?’ भन्ने प्रश्नमा उनले आफू दर्शक दीर्घामा बस्नमात्र आएको प्रतिक्रिया दिए।

कोरोना संक्रमणबाट दिल्लीका पूर्वस्वास्थ्यमन्त्रीकाे मृत्यु

दिल्ली । भारतको दिल्लीका कांग्रेसका नेता तथा पूर्वस्वास्थ्यमन्त्री एके वालियाको कोरोना संक्रमणका कारण निधन भएको छ।

७२ वर्षीय वालियाको दिल्लीस्थित एपोलो अस्पतालमा उपचारकै क्रममा बिहीबार राति निधन भएको हो।

वालियालाई तीन दिनअघि कोरोना संक्रमण पुष्टि भएको थियो।

दिल्ली कांग्रेसका अध्यक्ष अनिल कुमारले वालियाको निधनमा दुःख व्यक्त गरेका छन्।

नेपालमा कोरोना भयावह बन्दै आज थपिए २४२८ जना कोरोना संक्रमित

काठमाडौँ। पछिल्लो २४ घण्टामा थप २४२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १० हजार १ पीसीआर परीक्षण गर्दा २३६५ जना र ४४७ एन्टीजेन परीक्षण गर्दा ६३ गरी जम्‍मा २४२८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा ५ जनाको कोरोना संक्रमणबाट मृत्‍यु भएको छ ।

 

 

घाटले नथेगेपछि भारतमा खेतैभरि चिता र चिहान

एजेन्सी ।  भारतको कर्नाटक राज्य सरकारले कोरोना संक्रमणबाट ज्यान गुमाएकाको शव खेतबारीमै अन्त्येष्टि गर्न अनुमति दिएको छ।

संक्रमित हुने र ज्यान गुमाउनेको संख्या थेग्नै नसकेपछि राज्य सरकारले यस्तो अनुमति दिएको हो। घाट र चिहानमा स्थान अभाव भएपछि त्यहाँका मानिसहरूले खेतबारीमा अन्त्येष्टि गर्न दिन माग राखेका थिए।

बेंगलुरुजस्ता शहरका श्मशान र चिहानमा संक्रमितको शव लर्को गरी आउन थालेको छ। ती स्थानमा शवको चाप थेगिसक्नु नभएपछि खेतबारीमै अन्त्येष्टि गर्न अनुमति दिइएको भारतीय सञ्चारमाध्यमहरूमा खबर छ।​

कर्नाटकका व्यव विभाग प्रमुख सचिव मञ्जुनाथ प्रसादले संक्रमितको ज्यान जाने क्रम बढेपछि खेतबारीमै जलाउन या गाड्न अनुमति दिइएको बताएका छन्।

बुधबार कर्नाटकमा २३ हजार ५५८ जना कोरोना संक्रमित थपिएका थिए भने ११६ जनाको ज्यान गएको थियो। १३ हजार ६४० संक्रमित त बेंगलुरुमै भेटिएका थिए।

शवदाह गृहहरू विहानदेखि राति ११ बजेसम्म चालु अवस्थामा राख्दा पनि संक्रमितका सबै शव जनाउन नभ्याइएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन्।

कर्नाटकमा कोरोना संक्रमण बढेपछि अक्सिजन माग ह्वात्तै बढेको छ। दैनिक १५ सय टन अक्सिजन माग भएकोमा केन्द्र सरकारले राज्यलाई जम्माजम्मी ३०० टन उपलब्ध गराउन सकेको छ।

कर्नाटकका मुख्यमन्त्री बीएस येदियुरप्पलाई पनि गत साता कोरोना संक्रमण पुष्टि भएको थियो। उनले मन्त्रीहरूलाई आ–आफ्ना जिल्लामा पुगी कोरोनासँग जुध्न आग्रह गरेका छन्।

कोभिड सङ्क्रमण बढ्यो: निगरानी र सावधानीप्रति चासो कम

काठमाडौँ । सरकारले कोभिड–१९ नियन्त्रणका लागि यही वैशाख ६ गते विभिन्न आदेश जारी गर्दै मुलुकभर सावधानी अपनाउन सर्वसाधारणमा अपिल गरे पनि मुलुकमा त्यसलाई खासै ख्याल गरेको पाइएको छैन । आदेशको कार्यान्वयनमा सम्बद्ध निकायको सक्रियता पनि न्यून देखिएको छ ।

स्थानीय प्रशासन र स्थानीय तहले सार्वजनिक सूचना जारी गर्नेभन्दा अरू व्यावहारिक गतिविधिमा जोड दिनसकेको देखिँदैन । सुरक्षा निकायले पनि तुलनात्मकरूपमा आफ्ना गतिविधिलाई तीव्रता दिन सकिरहेको देखिँदैन । काठमाडौँमा प्राध्यापन गर्दै आउनुभएका पदम जोशी नागरिकले स्व–सावधानी उपाय अपनाएको समेत नपाइएको र कार्यान्वयन गर्ने निकायको प्रस्तुति पनि कमजोर रहेको पाइएको बताउनुहुन्छ । जबसम्म प्रहरीको सक्रियता कम हुन्छ तबसम्म सर्वसाधारणले स्वास्थ्य मापदण्ड पालनामा हेल्चेक्र्याइँ गरिरहने प्रवृत्ति पुरानै हो । त्यसैले पनि सुरक्षाकर्मीले भूमिका बढाउनुपर्नेमा जनस्वास्थ्यविद्को सुझाव छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अत्यावश्यक काम नपरी घरबाट ननिस्कन सार्वजनिक अनुरोध गरिसकेको छ । मन्त्रालका प्रवक्ता डा. जागेश्वर गौतम आफूबाहेक सबैमा कोरोना छ भन्ने सोचेर सावधानी अपनाउन आग्रह गर्नुहुन्छ । काठमाडौँका विभिन्न क्षेत्रमा आज घुम्दा कतिपय मानिस कोभिड–१९ बाट बच्ने सावधानीका उपाए थाहा हुँदाहुँदै पनि पालनामा ध्यान नदिइएको पाइएको छ । विगतमा सङ्क्रमणको अवस्था र त्यसबाट उत्पन्न परिस्थितिबारे जानकार भएकाले पनि उनीहरुमा चासो कम रहेको अनुभव सुनाएका छन् । काठमाडौँको रत्नपार्कमा मास्क नलगाई बस्नुभएका एक बटुवा कोरोना भनेको यस्तै त हो, जस्तो लागेर आफूले मास्क नलगाउने गरेको बताउनुभयो ।

मुख्यगरी सरकारले शहरी क्षेत्रका महानगर, नगरपालिकामा भर्चुअल कक्षा चलाउने, सिनेमा हलजस्ता भीडभाड हुने क्षेत्र वैशाखभर बन्द गर्ने, विवाहजस्ता कार्यमा २५ भन्दा बढी सहभागी हुन नपाउने, होटल रेष्टुरेन्ट बिहान ८ः०० देखि राति ८ः०० बजेसम्म मात्रै चलाउन पाइने, गाडीमा सिट क्षमतानुसार मात्रै यात्रु राख्न पाइने र सबै स्वास्थ्यका मापदण्ड पालना गर्नुपर्नेलगायतका निर्णय गरेको थियो । सोहीअनुसार केही निर्णय कार्यान्वयनमा आएपछि सार्वजनिक स्थानमा हुने भीडभाड र नागरिकले व्यक्तिगतरूपमा अपनाउनुपर्ने सावधानीका विषयमा भने गम्भीर हुनसकेको देखिएको छैन ।

किनमेल गर्ने क्षेत्र होस् या तरकारी बजार मास्क नलगाई हिँड्नेसमेत देखिएका छन् । ठाउँठाउँमा हात धुनका लागि बनाइएका धारा कतिपय ठाउँमा हटाइएको छ भने भएका पनि राम्ररी प्रयोग हुनसकेको छैन । सरकारी आदेश कार्यान्वयनमा लाग्नुपर्ने सुरक्षाकर्मीको फितलो निगरानी देखिएको छ । यद्यपि नेपाल प्रहरीका प्रवक्ता वसन्तबहादुर कुँवर निगरानी बढाएको बताउनुहुन्छ ।

काठमाडौँ प्रशासनले आदेशको बेवास्तालाई पुष्टि गर्दै पुनः अर्काे सूचना जारी गरी त्यस्ता गतिविधि रोक्न भनेको छ । सरकारी तथा सार्वजनिक निकाय तथा निजी एवं गैरसरकारी संस्थाले विभिन्न सभा–सम्मेलन तथा सेमिनार गरिरहेको भन्ने गुनासा आएकाले त्यस्ता गतिविधि भर्चुअलरूपमा गर्न प्रशासनले अनुरोध गरेको छ ।

हात धुने बानी घट्यो

सर्वसाधारणमा हात धुने बानीसमेत घट्टै आएको छ । गत वर्ष यो समयमा नेपालमा कोभिड–१९ को सङ्क्रमणले गति लिन थाल्दा ठाउँठाउँमा हात धुनका लागि ट्याङ्कीको व्यवस्था गरिएको थियो भने त्यसको प्रचारप्रसारलाई तीव्रता दिइएको थियो । प्रहरी र स्थानीय तहले माइकिङ नै गरेर सावधानी हुन सार्वजनिक आह्वान गरेको थियो । अहिले गत वर्ष राखिएका ती कतिपय ट्याङ्की निकालिएका छन् भने कतिपय ठाउँमा भएका ट्याङ्की न्यून प्रयोग भइरहेको छ । काठमाडौँको मैतीदेवीमा राखिएको ट्याङ्की हटाइएको छ । अन्य स्वास्थ्य सुरक्षा मापदण्ड प्रयोग गर्ने क्रम पनि धेरै घटेको छ ।

अहिले मुलुकभर सङ्क्रमणदर दैनिकरूपमा बढ्दो छ । मन्त्रालयका अनुसार बुधबार सङ्क्रमण बढेर दुई हजार ३५१ पुगेको थियो । त्यसको अघिल्लो दिन मङ्गलबार एक हजार ७३६ सङ्क्रमित थपिएका थिए । सोमबार वैशाख ६ मा एक हजार २८१ र ५ गते एक हजार ९६ मा सङ्क्रमण देखिएको थियो ।

सङ्क्रमणको दर क्रमशः उकालो लाग्दै जाँदा उपत्यकामा गति बढ्दो छ । बुधबारको सङ्क्रमितमध्ये झण्डै आधा काठमाडौँका रहेकाले अबको सङ्क्रमण उपत्यकामा बढ्ने देखिएको छ । उपत्यकामा सोहीअनुसारको तयारी भने हुनसकेको छैन । स्थानीय प्रशासनले विशेष सूचना जारी गरी सतर्कता अपनाउन भने पनि त्यो कार्यान्वयन हुनसकेको देखिँदैन ।

ट्राफिकले थाल्यो गाडीको अनुगमन

प्रहरीको निगरानी कमजोर भइरहेको जनगुनासोका बीच आजदेखि भने महानगरीय ट्राफिक प्रहरीले यातायातका साधनले मापदण्ड पालना गरे÷नगरेको विषयमा अनुगमन शुरु गरेको छ । उसले उपत्यकाका विभिन्न २० स्थानमा टोली परिचालन गरी अनुगमन थालेको हो । आदेश पालनामा बेवास्ता गरेको पाइए सङ्क्रामक ऐन २०२० अनुसार कारवाही गरिने महाशाखाले जनाएको छ ।

काठमाडौँ प्रशासनले सवारी साधन सञ्चालन गर्दा चालक र सहचालकलाई मास्क तथा भाइजर अनिवार्य रुपमा लगाउन भनेको छ । सवारी साधनलाई दैनिक निसङ्क्रमित गर्न, कुनै पनि यात्रुले मास्क नलगाइ आएमा बढीमा रु १० लिई उपलब्ध गराउन र मास्क नलगाउने व्यक्तिलाई सवारीमा प्रवेश निषेध गर्न तथा सवारी साधनको ढोकामा र भित्र सेनिटाइजरको व्यवस्था मिलाउन प्रशासनले अनुरोध गरेको छ ।

लामो दूरीमा चल्ने सार्वजनिक यातायातका साधनले बीच बाटोमा यात्रु चढाउन नपाउने तथा यात्रुको विवरण जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र काठमाडौँलाई उपलब्ध गराउनुपर्ने गरी विशेष सूचना जारी गरिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुली बताउनुहुन्छ । गोररखापत्रबाट

प्रदेश-१ का मुख्यमन्त्री राईले यौनशोषण गरेको खड्काको आरोप

काठमाडौँ ।  प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई बालिका खड्काले यौनशोषण गरेको आरोप लगाएकी छन् ।

एमालेको नयाँ पार्टी कार्यालय थापाथलीबाट प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई मुख छाड्दै पुगेकी बालिका खड्का पक्राउ परेकी छिन् ।

गालीगलौज गर्दै पार्टी कार्यालय पुगेकी उनलाई प्रहरीले पक्राउ गरेको हो।

बिहीबार थापाथली सरेको पार्टी कार्यालयमा खड्का पुगेकी थिइन्।
खड्कालाई पार्टी कार्यालय परिसरबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।

खड्कालाई अहिले सिंहदरबार वृत्तमा राखिएको छ। मुख्यमन्त्री राई र खड्काबीच लामो समयदेखि विवाद छ ।

पशुपतिनाथमा सर्वसाधारणको प्रवेशमा रोक

काठमाडौं ।  नयाँ प्रकार (भेरियन्ट)को कोरोना भाइरस (कोभिड १९) संक्रमण बढ्दै गएपछि पशुपति नाथमा सर्वसाधारणले गर्ने पूजा र दर्शनमा रोक लगाइएको छ ।

पशुपति क्षेत्र विकास कोषले वैशाख १० गते (शुक्रबार)देखि लागू हुने गरी पशुपतिनाथसहितका मन्दिरमा नित्य पूजा बाहेक अन्य क्रियाकलाप गर्न नपाउने गरी व्यवस्था मिलाइएको जनाएको छ ।

कोषका कोषाध्यक्ष डा मिलनकुमार थापाले बिहीबार ‘जरुरी सूचना’ जारी गर्दै नेपाल सरकारले जारी गरेको आदेशानुसार शुक्रबारदेखि अर्को व्यवस्था नभएसम्मका लागि पशुपतिनाथको मन्दिर, गुह्येश्वरी मन्दिर लगायतका मन्दिरमा नित्य पूजा बाहेक अन्य क्रियाकलाप गर्न नपाउने गरी व्यवस्था मिलाइएको जानकारी दिएका छन् ।

कोषाध्यक्ष थापाका अनुसार सर्वसाधारणलाई पशुपतिनाथको मुख्य मन्दिरमा प्रवेश गर्न समेत रोक लगाइएको छ ।

बहुप्रतिक्षित ‘राधे’को ट्रेलर सार्वजनिक, सलमान र दिशाको अनस्क्रिन ‘किस’

सलमान खानको मोस्ट अवेटेड फिल्म ‘राधे-योर मोस्ट वान्टेड भाई’ को ट्रेलर सार्वजनिक गरिएको छ। फिल्ममा सलमानका अलावा दिशा पाटनी, रणदीप हुड्डा, ज्याकी श्राफ पनि मुख्य भूमिकामा छन्।

एक्सनले भरिपूर्ण फिल्मलाई प्रभु देवाले निर्देशन गरेका छन्। मे १३ अर्थात इदको अवसरमा रिलिज हुने फिल्मको निर्माण सलमा खान, सोहेल खानले गरेका हुन्। लागुऔषध, अपराध र प्रहरीको भूमिकामा आधारित छ फिल्म।

माधव नेपाललाई बिहानै फोन गरेर जिक्याएका ओलीले नेपालसंग मेरियटमा सुरु गरे वार्ता

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच नक्सालस्थित होटल मेरियटमा वार्ता सुरु भएको छ ।

यसअघि बुधबार बेलुका पनि दुईघण्टा बढी वार्ता उनीहरुबीच भएको थियो ।

वार्तामा खासै प्रगति नभएको नेताहरुले जनाए पनि प्रधानमन्त्रीका एकजना सल्लाहकारले ‘ठूलै दुर्घटना’ टरेको बताएका थिए ।

नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले वार्ता नै नभएको अवस्थामा दुई नेताबीचको संवादले सकारात्मक संकेत गरेको बताएका थिए ।
यस अघि आज बिहानै ओलीले माधव नेपाललाई फोन गरेर जिस्क्याएका थिए।

प्रधानमन्त्री ओलीले बल्खुस्थित मदन नगरमा नेकपा एमालेको केन्द्रीय कार्यालय भवन शिलान्यास गरेका छन्। सरकारी निवास बालुवाटारबाट निस्किएर उनले बल्खुमा नयाँ आधुनिक भवन शिलान्यास गरेका छन् ।

भवन शिलान्यासमा जानुअघि ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई फोन गरेका थिए। उनले नेता नेपाललाई फोन गर्दै आफू बालुवाटारबाट हिँडेको जानकारी गराएका थिए।

‘ म बालुवाटारबाट निस्किएँ, तपाईं कहाँ पुग्नुभयो?’, ओलीको भनाइ उद्धृत गर्दै नेपालसम्वद्ध स्रोतले भन्यो, ‘पार्टी कार्यालय शिलान्यास सँगै गर्नुपर्छ, म आउँदैछु, तपाईं पनि आइजानुस्।’

तर नेता नेपालले आफू अहिले आफ्नै निर्वाचन क्षेत्रस्थित मूलपानीमा रहेको बताएका थिए। उनले ओलीलाई जवाफमा भने, ‘म मूलपानीमा सानो भेटघाटमा छु, तपाईं जाँदै गर्नुस्, अब म निस्किन्छु।’

ओलीले बल्खुमा एमाले केन्द्रीय कार्यालय शिलान्यास गर्दै गर्दा नेता नेपाल भने काठमाडौं क्षेत्र नम्बर २ अन्तर्गत मूलपानीको एक भेटघाटमा व्यस्त थिए। उनी प्रदेश सांसद एवम् ओली पक्षका नेता मणिराम फुयालसहित त्यहाँ पुगेका थिए।

नेता नेपाल कागेश्वरी-मनोहरा नगरपालिका वडा नम्बर ६ का वडाअध्यक्ष प्रकाश फुयालकी आमाको निधनमा श्रद्धाञ्जली व्यक्त गर्न त्यहाँ पुगेका थिए। तर ओलीले शिलान्यास कार्यक्रम सकिसक्दा पनि नेता नेपाल उक्त कार्यक्रममा पुगेनन् ।

ओलीले हिजो होटल मेरियटमा भएको वार्ताका क्रममा मदननगर बल्खुमा निर्माण गर्न लागिएको पार्टी कार्यालय शिलान्यास कार्यक्रममा सहभागी हुन वरिष्ठ नेता  नेपाललाई आग्रह गरेका थिए।

नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसर पारेर बल्खुमा पार्टी केन्द्रीय कार्यालयको शिलान्यास गरिएको हो। यसअघिको महाधिवेशन आयोजक कमिटी बैठकमा उक्त निर्णय भएको थियो। खबर सेन्टरबाट

ओलीलाई हाई भोल्टेजको झड्का हान्दै माधवले झाँक्रीलाई खेतालो लगाएर बुझाए सात बुँदे स्पष्टीकरण

काठमाडौं । नेकपा एमालेका निलम्बित नेता तथा प्रतिनिधि सभा सदस्य माधवकुमार नेपालले संसदीय दलका नेता एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणमा सात बुँदे जवाफ केही बेर अघि फर्काएका छन्।

सांसद रामकुमारी झाँक्रीले नेपालका तर्फबाट स्पष्टीकरण बिहीबार संसदीय दलको कार्यालयमा बुझाएकी हुन्।

स्पष्टीकरणमा नेता नेपालले आफूले नयाँ दल खोलेको भन्ने ओलीको आरोप असत्य भएको दाबी गरेका छन्।

आफूले एमालेको नवौं महाधिवेशनबाट पारित विधानअन्तर्गत काम गरिरहेको उल्लेख गर्दै उनले त्यसलाई आपराधिक क्रियाकलाप देख्नु ओलीको दृष्टि दोष भएको बताएका छन्।

‘सर्वोच्चको आदेशपछि एमालेको सम्पूर्ण संरचनाहरू र तिनका बैठक बस्नेलगायतका सबै क्रियाकलाप पूर्ववत हुनुपर्छ भन्ने मेरो स्पष्ट धारणा छ। मेरो यो धारणा सर्वोच्चको फैसलाको निर्देशन अनुरूप छ। तपाईंले यसलाई अनुशासनहीन, अराजक र आपराधिक क्रियाकलाप भनी लाञ्छित गर्नु नवौं राष्ट्रिय महाधिवेशनबाट पारित राजनीतिक कार्यदिशा, पार्टी विधान र पद्दतिका सम्बन्धमा तपाईं स्वंयमा उत्पन्न दृष्टिभ्रम र विचलनको द्योतक हो,’ नेपालले भनेका छन्,‘पार्टी विधानविपरीत कारबाही गर्ने, केन्द्रीय सदस्य थप्ने र महाधिवेशन आयोजक कमिटी बनाउने कुरा सच्याउनपुर्छ भन्ने मागलाई आपराधिक देख्नु पार्टीविरूद्धको आपराधिक चिन्तन होइन र?’

नेपालले अलग पार्टी खोलेको भन्ने हाँस्यास्पद भएको बताएका छन्।

‘पार्टीको इतिहास, सिद्धान्त, कार्यक्रम, नीति र विधिको रक्षार्थ तपाईंले फागुन २८ गते गर्नुभएको पार्टी विधानविपरीतको निर्णय रद्द गर्ने माग गर्दा ‘अलग पार्टी खोलेको’ भन्नु आपत्तीजनक एवम् हास्यास्पद छ,’ नेपालको स्पष्टीकरणमा भनिएको छ,‘फागुन २८ गते गरेको निर्णयको आलोचना गर्नु मेरो कर्तव्य हो। यसलाई दल त्याग गरेको नयाँ दल गठन गरेको कुरासँग जोड्नु उचिन हुँदैन। मैले नयाँ दल खोलेको खोल्न लगाएको चलाएको वा चलाउन लगाएको पनि छैन।’

चैत ४ र ५ गते ललितपुरमा भएको भेला नवौं महाधिवेशनले पारित गरेको राजनीतिक मार्ग निर्देशन र विधानको प्रतिरक्षाका लगि थियो भन्ने नेपालको तर्क छ।

उनले आफूमाथि ओलीले लगाएका सबै आरोप निराधार भएको उल्लेख गर्दै सरकारको नराम्रो कुराको आलोचना गर्नु सरकारविरूद्ध काम गरेको नहुने बताएका छन्।

कर्णालीमा प्रदेशमा भएको फ्लोर क्रसलाई आफ्नो निर्देशनमा भएको देख्नु ओलीको गुटगत दृष्टिको दोष भएको नेपालको भनाइ छ।  उनले नेकपा हुँदा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरूद्ध ओली समूहका यामलाल कँडेलले ल्याउन लागेको अविश्वासको प्रस्तावको पनि स्मरण गराएका छन्।

‘आफैंले छरेको बिउ उम्रिएको हो,’ उनले भनेका छन्।नेपालले स्पष्टीकरणका नाममा ओलीले प्रयोग गरेका शब्द वाक्य र आरोप झुठा, मर्यादाहीन र उत्तेजक भएको बताएका छन्। खबर सेन्टरबाट

विदेशी शक्तिको आडमा ओलीले उल्का उपद्रो गरेको भन्दै प्रचण्ड यसरी पड्किए

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्ट आन्दोलनभित्र प्रतिक्रियावाद घुसेको बताएका छन्। लेनिन दिवसको अवसरमा पार्टी कार्यालयमा भएको कार्यक्रममा बोल्दै प्रचण्डले नेपाली कम्युनिष्ट आन्दोलनमा प्रतिक्रियावादी शक्ति घुसेको बताएका हुन्। उनले प्रधानमन्त्री ओली तर्फ संकेत गर्दै त्यसो भनेका हुन।

उनले कम्युनिष्टहरुको एकतालाई नरुचाउने शक्तिले प्रतिगामी सोच भएकाहरुलाई साथ लिएर टुक्राउन खोजेको आरोप पनि लगाए। कम्युनिष्ट आन्दोलनलाई बचाइराख्न एकजुट भएर अगाडि बढ्नुको विकल्प नरहेको उनको भनाइ छ।

अहिले बाहिर भनिएजस्तो नेकपा माओवादी केन्द्र कमजोर नभएको उनले बताए। तर पार्टीलाई बलियो बनाउने गरी काम गर्नुपर्ने आवश्यकता रहेको पनि अध्यक्ष प्रचण्डले बताए।

अहिले पनि छरिएर रहेका कम्युनिष्ट घटकहरुलाई एकतावद्ध बनाउन आवश्यक रहेको बताउँदै उनले भने, ‘अरु कम्युनिष्ट आन्दोलनमा लागेका क्रान्तिकारीहरुलाई एकतावद्ध गर्ने, अहिले जबरजस्ती प्रतिक्रियावादी अवसरवादीले विभाजित गरेका कम्युनिष्टहरुलाई पनि एकतावद्ध गर्ने, मोर्चावद्ध गर्ने भूमिका छोडन हुँदैन। गल्ती भएको थियो कि एकता गर्ने भन्ने सोचियो भने गलत हुन्छ। हामीले एकता गरेर गल्ती गरेको होइन। हामीले विल्कुलै सही गरेका थियौँ। अहिले शक्ति सन्तुलन हाम्रो पक्षमा नभएको हुँदा विभाजन रोक्न सकिएन तर हामी पराजित भएको होइन। हामीले पार्टी एकता गर्दा सबैलाई कमाण्ड गरेका थियौँ। गलत प्रवृतिको नायकलाई गलत्याएका थियौँ। तर विदेशी शक्तिको आडमा कानुन मिच्ने, संविधान मिच्ने र सबै मूल्य मान्यता मिच्ने काम भएको छ। यो कुरा नेपाली जनताले बुझेको छ।’

कार्यक्रममा अध्यक्ष प्रचण्डले प्रतिक्रियावादीको विरुद्ध सबै संघर्ष गर्न आवश्यक रहेको बताए। अझैपनि कम्युनिष्ट आन्दोलनको एकताको झण्डा उठाउन छोडन नहुने उनको भनाइ छ। पार्टीका सबै नेता कार्यकर्ताहरुलाई जनतामा गएर काम गर्न र राष्ट्रलाई एकतावद्ध बनाउन पनि उनले आह्वान गरे।