प्रदेश-१ का मुख्यमन्त्री राईले यौनशोषण गरेको खड्काको आरोप
९ बैशाख २०७८, बिहीबार १६:४८
काठमाडौँ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई बालिका खड्काले यौनशोषण गरेको आरोप लगाएकी छन् ।
एमालेको नयाँ पार्टी कार्यालय थापाथलीबाट प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई मुख छाड्दै पुगेकी बालिका खड्का पक्राउ परेकी छिन् ।
गालीगलौज गर्दै पार्टी कार्यालय पुगेकी उनलाई प्रहरीले पक्राउ गरेको हो।
बिहीबार थापाथली सरेको पार्टी कार्यालयमा खड्का पुगेकी थिइन्।
खड्कालाई पार्टी कार्यालय परिसरबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।
खड्कालाई अहिले सिंहदरबार वृत्तमा राखिएको छ। मुख्यमन्त्री राई र खड्काबीच लामो समयदेखि विवाद छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया