कोरोना संक्रमणबाट दिल्लीका पूर्वस्वास्थ्यमन्त्रीकाे मृत्यु
९ बैशाख २०७८, बिहीबार १७:२२
दिल्ली । भारतको दिल्लीका कांग्रेसका नेता तथा पूर्वस्वास्थ्यमन्त्री एके वालियाको कोरोना संक्रमणका कारण निधन भएको छ।
७२ वर्षीय वालियाको दिल्लीस्थित एपोलो अस्पतालमा उपचारकै क्रममा बिहीबार राति निधन भएको हो।
वालियालाई तीन दिनअघि कोरोना संक्रमण पुष्टि भएको थियो।
दिल्ली कांग्रेसका अध्यक्ष अनिल कुमारले वालियाको निधनमा दुःख व्यक्त गरेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया