बहुप्रतिक्षित ‘राधे’को ट्रेलर सार्वजनिक, सलमान र दिशाको अनस्क्रिन ‘किस’
९ बैशाख २०७८, बिहीबार १५:३७
सलमान खानको मोस्ट अवेटेड फिल्म ‘राधे-योर मोस्ट वान्टेड भाई’ को ट्रेलर सार्वजनिक गरिएको छ। फिल्ममा सलमानका अलावा दिशा पाटनी, रणदीप हुड्डा, ज्याकी श्राफ पनि मुख्य भूमिकामा छन्।
एक्सनले भरिपूर्ण फिल्मलाई प्रभु देवाले निर्देशन गरेका छन्। मे १३ अर्थात इदको अवसरमा रिलिज हुने फिल्मको निर्माण सलमा खान, सोहेल खानले गरेका हुन्। लागुऔषध, अपराध र प्रहरीको भूमिकामा आधारित छ फिल्म।

फेसबुकबाट तपाईको प्रतिक्रिया