सिरहामा कटुवा पेस्तोलसहित एकजना पक्राउ – Nagarikabhiyan : National News

सिरहामा कटुवा पेस्तोलसहित एकजना पक्राउ

सिरहा । सिरहामा कटुवा पेस्तोलसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सखुवानानकारकट्टी गाउँपालिका–३ परियारपुर बस्ने ५५ वर्षीय बालेश्वर यादव छन् ।

इलाका प्रहरी कार्यालय महेशवारी र इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले उनको घरमा तलासी लिँदा झोलामा लुकाई राखेको अवस्थामा उक्त पेस्तोल र गोली फेला पारी पक्राउ गरेको हो ।

उनको साथबाट १ थान कटुवा पेस्तोल र सोको १ राउण्ड गोली बरामद भएको प्रहरीले जनाएको छ ।