इटहरीबाट अवैध सुनको कारोबार गर्ने पक्राउ
८ बैशाख २०७८, बुधबार १८:००
इटहरी । इटहरीबाट अवैध रुपमा सुनको कारोबार गर्ने सुनचाँदी व्यावसायी पक्राउ परेका छन् ।
अवैध रुपमा सुन खरिद गरी बिक्रीका लागि इटहरी ६ मा रहेको कालिका गोल्ड एण्ड सिल्भर हाउसका संचालक शेखराज घिमिरे पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
प्रहरीका इटहरी १६ घर भएका घिमिरेको साथबाट १९५.४७० ग्राम तौल भएको सुनको टिल १ थान र १ लाख ५८ हजार नगद बरामद भएको छ ।
प्रक्राउ परेका घिमिरेलाई उनको साथबाट वरामद नगद र सुनसहित इटहरीस्थित आन्तरिक राजश्व कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ । टाकुरा न्युज

फेसबुकबाट तपाईको प्रतिक्रिया