इटहरीकी काेराेना संक्रमितकाे धरानमा निधन – Nagarikabhiyan : National News

इटहरीकी काेराेना संक्रमितकाे धरानमा निधन

धरान । इटहरी–२ सुनसरीकी काेराेना संक्रमित ७८ वर्षिया वृद्धाकाे उपचारकाे क्रममा धरानमा निधन भएकाे छ । गत चैत २४ गते काेराेना पाेजेटिभ देखिएकाे वृद्धाकाे उपचारकाे लागी साेही दिन विपि काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना भएकी थिइन् । प्रतिष्ठानका सहप्रवक्ता डा. चुरामणी पाेखरेलका अनुसार उनी लामाे समयदेखि दिर्घ राेगबाट पीडित समेत थिइन् ।

उनकाे शव व्यवस्थापन गर्ने तयारी भइरहेकाे समेत सहप्रवक्ता पाेखरेलले जानकारी दिनुभएकाे छ । पछिल्लाे समय काेराेना संक्रमण दिन प्रतिदिन बढ्दै गइरहेकाे र त्यसले जुनबेला पनि भयावह रूप लिन सक्ने भन्दै धरान उपमहानगरपालिकाकी उपमेयर मञ्जु भण्डारीले नगरबासीलाइ सचेत रहन अाग्रह गर्नुभएकाे छ । उहाँले काेराेनाकाे संक्रमणबाट बच्न सुरक्षा सतर्कता अपनाउन समेत अपिल गर्नुभएकाे छ ।