१० भाद्र २०७७, बुधबार ०६:४३ – Page 3 – Nagarikabhiyan : National News

आज २०७७ भाद्र १० गते बुधबारको राशिफल

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

सामान्य बिवादले अपठरो परिस्थितिमा लैजान सक्छ ध्यान दिनुहोला । पुराना समस्या बल्झने तथा नया समस्याहरु थपिनेछन् । अध्ययन तथा अनुशन्धानमा समय खर्चिए पनि भनेजस्तो उपलब्धि नहुदा तनाब बढ्नेछ । माया प्रेममा एक अर्कालाई अबिश्वास गर्नाले टाडिनु पर्ने बाध्यता आउन सक्छ । व्यापार व्यावसायमा मन्दि आउनेछ भने आर्थिक संकटको सामाना गर्नुपर्नेछ । बिलाशी तथा भौतिक सम्पतिको प्रयोग गर्दा ध्यान दिनुहोला नराम्रा घट्नाहरुको सामना गर्नुपर्ने हुन सक्छ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

समयमा कामहरु नसकिने हुँनाले अन्य क्षेत्रमा लगानि गर्ने बाताबरण गुम्न सक्छ । व्यापार व्यावसायमा आम्दानि गर्न प्रशस्त समय खर्चिनु पर्नेछ । व्यापार व्यावसायको सवालमा हुँने यात्रा निअर्थक हुनेछ । पढाई लेखाईमा अलि बढि समय खर्चिय नतिजा आफैतिर ल्याउँन सकिनेछ । प्रणय सम्बन्धमा चिसोपनको आभाष हुनेछ भने जीवन साथिको असहयोगले महत्वपुर्ण अवसरहरु जुर्न सक्छ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)

मामा तथा मावली पक्षबाट तपाईको काममा भरपुर सहयोग पाईने योग रहेकोछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ भने पति पत्निबिच मायाको डोरो कसिनेछ । तपाईको कुभलो साध्ने तथा सत्रुता राख्नेहरु आफै किनारा लाग्नेछन् । न्यायिक निकायबाट हुने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् । पुराना तथा थाति रहेका कामहरु साथिभाईहरुको सहयोगमा समयमानै सकाउँन सकिनेछ भने लेनदेनका मुद्दाहरु सल्टाउँन सकिनेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँन सकिनेछ भने तपाईको कार्य शैलिको सबैले समर्थन गर्नेछन् । बौद्धिक कार्यमा सहभागि भई आफ्नो गतिलो प्रश्तुति पस्कने अवसर प्राप्त हुनेछ । परिवार तथा सन्तान बाट तपाईले गरेको काममा उल्लेख्य सहयोग पाईनेछ । प्रेम प्रशङमा रमाईलो गर्दै समय ब्यातित गर्न सकिनेछ भने नयाँ ठाउँबाट प्रेम प्रस्ताब आउँन सक्छ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

राजनिति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन प्राप्त हुनेछ । घर जग्गा तथा गाडि घोडाको व्यावसायबाट केहिमात्रमा लाभ लिन सकिनेछ । कृषि तथा पशुपालन व्यावसाय फस्टायर जानेछ । मित्रहरुको लहै लहैमा लाग्नाले पढाई लेखाई कमजोर रहनेछ । साथिभाईहरुको गलत संगतले नकरात्मक सोचको बिकास हुनेछ भने नियम बिपरित काम गर्न उक्साउने हरु सक्रिय रहनेछन् ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

दाजुभाई तथा साझेदारहरु सँग मिलेर गरिने पेशा व्यावसायबाट भनेजस्तो रुपैया पैसा कमाउन सकिनेछ । लेखन कला तथा साहित्यको क्षेत्रमा कलम चलाउँनेहरुले नाम तथा दाम दुवै कमाउन सक्नेछन् । माया प्रेमको गाठो कसिलो भएर जानेछ भने घर परिवारमा सबैको सहयोग पाईन हुनाले नया काम गर्ने अवसर आउनेछ । पढाई लेखाईमा उत्कृष्ट नतिजा ल्याउन सकिने तथा न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)

पढाई लेखाईमा थोरै समय दिदा पनि उत्कृष्ट नतिजा आउने हुनाले आफन्त तथा गुरुजनहरु खुसि हुनेछन् । तपाईको ईमान्दारिताको सबैले कदर गर्नेछन् भने सामाजिक कामहरु समयमा सम्पन्न हुने हुनाले मान सम्मानमा बृद्धि हुनेछ । आुफन्त तथा कुटम्बसँगको चिसिएको सम्बन्धमा सुधार भएर जाने समय रहेकोछ । व्यापार व्यावसाय बिशेष गरेर औषधीजन्य वस्तुमा गरिएको लगानिबाट मनग्गे धन आर्जन गर्न सकिनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

बिभिन्न अवसरहरु आउँने भएपनि ति अवसरहरुलाई सहि रुपमा प्रयोग गर्न नसक्दा समयले तपाईलाई छोड्नेछ । सामाजिक काम गर्ने बाताबरण बन्ने भएपनि जनतासँग सन्तुलित व्यावहार गर्न नजान्दा पद प्राप्तिको योग टरेर जानेछ । आफन्त तथा घर परिवार जनबाट भनेजस्तो सहयोग नपाईने हुँनाले घरायसि कामहरु थाति रहनेछन् । माया प्रेममा रमाउँन चाहनेहरुका लागि समय मध्ययम रहेकोछ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

आफन्त तथा साथिभाईबाट सुनिने अप्रिय समाचारले मन दुखित तुल्याउँनेछ भने समयमा काम नबन्नाले मान सम्मानमा कमिको महशुष हुनेछ । अन्य काममा ब्यास्त रहनाले पढाई लेखाईमा समय दिन सकिने छैन । बिहानको समय राम्रो रहेकोले व्यापारमा लगानि गरि मनग्गे धन आर्जन गर्न सकिनेछ । आर्थिक कारोबार फस्टाएर जाने तथा दैनिकी सहजै बित्नेछ । प्रेममा रमाउँन चाहनेहरुका लागी समय उत्तम रहेकोछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

काम गर्ने बिभिन्न अवसर आएपनि समयले साथ नदिदा पछि परिनेछ । बन्द व्यापारमा नाफा कमाउन बढिनै समय खर्चिनु पर्नेछ भने आउने ठाउबाट रुपैया पैसा नआउने हुनाले समस्या थपिनेछ । पढ्ने लेख्ने काम समय अभावका कारण थाति रहनेछ । आफन्त तथा दाजुभाई सँग सामान्य कुरामा मनमुटाब सिर्जना हुनेछ । सामान्य स्वास्थ्य सम्बन्धि समस्याले सताउने योग रहेकोछ । सरकारि तथा प्राकृतिक स्रोत साधनका प्रयोग गर्दा ख्याल गर्नु पर्ने समय रहेकोछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)

पढाई लेखाईमा उत्कृष्ट नतिजा ल्याई पुरस्किृत हुने समय रहेकोछ भने पारिवारिक जमघटमा सहभागि भई स्वादिष्ट भोजन भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । व्यापार व्यावसायमा प्रशस्त आम्दानि गर्न सकिनेछ भने नयाँ काम पाउने तथा बढुवा हुँने योग रहेको छ । प्रसाशनिक क्षेत्रमा सामेल भई सामाजिक काम गर्ने अवसर प्राप्त हुँँने हुँदा मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

लगनशिल तथा मेहनेतले चाहेको उपलब्धि हासिल हुँनेछ । परिवारका साथ लामो दुरिको धार्मिक तथा शैक्षिक यात्राको प्रवल सम्भावना रहेकोछ । खोज तथा अनुशन्धानमा समय लगानि गर्नेहरुले राम्रो नतिजा हात पार्न सक्ने योग रहेकोछ । पढाई लेखाईमा अरुदिन भन्दा सुधार भएर जानेछ । कुनै पनि क्षेत्रमा आउने प्रतिष्पर्धिहरुलाई सजिलै हराउन सकिनेछ । माया प्रेममा एक अकासँग नजिक हुने समय रहेकोछ ।

मंगलबार थप ८५५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ८५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ३ सय २७ स्वाब परीक्षण गर्दा ८५५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मंगलबारसम्म कुल संक्रमितको संख्या ३३ हजार ५३३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमण निको भई ३१३ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको कुल संख्या १९ हजार ११९ पुगेको छ ।

 

मुख्यमन्त्री राउतका स्वकीय सचिवले माफी माग्नुपर्ने सञ्चारकर्मीहरुको माग

जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतका स्वकीय सचिव जितेन्द्र यादवले समाचार लेखेकै भरमा पत्रकारहरुलाई भिजलान्ते भनेको भन्दै पत्रकारितासँग आबद्ध संघ संगठनले माफी माग्नुपर्ने माग गरेका छन् ।

स्वकीय सचिव यादवले समाचार लेखेकै भरमा पत्रकारहरुलाई भिजलान्ते लगायतका अमार्यदित शब्द प्रयोग गरी बदनाम गरेको कार्यप्रति आपत्ति जनाउदै नेपाल पत्रकार महासंघ र मधेशी पत्रकार समाज नेपालको प्रादेशिक कार्यसमितिले छुट्टाछुट्टै विज्ञप्ति जारी गरी आफ्नो संगठनको ध्यानाकर्षण भएको जनाएको छ ।

वैश्विक महामारी कोरोना संक्रमण जस्ता जोखिमको बेलामा पनि जिउज्यानको कुनै परवाह नगरी राज्यको दायित्व बोध गराउने गरी खबरदारीसहित सञ्चारकर्मीहरु नागरिकलाई सुचित गराउन अहोरात्र खटदै आएका छन् । यस्तो अवस्थामा ती पत्रकारलाई कार्यप्रति प्रोत्साहित गर्नुको सट्टा भिजलान्ते लगायतका शब्द प्रयोग गरी अपहेलित र बदनाम गर्नु जस्ता हतोत्साहित गर्ने कार्य सरकार पक्षबाटै हुनु दुःखद रहेको विज्ञप्तीमा भनिएको छ ।

समाचारप्रति चित्त नबुझे सरोकारबाला निकाय समक्ष गुनासो गर्न सकिने प्रावधान हुँदाहुँदै स्वकीय सचिव यादवले पत्रकारहरुलाई भिजलान्ते जस्ता अमर्यादित शब्द प्रयोग गर्नु घोर निन्दनीय र भत्र्सना योग्य रहेकोले उक्त अभिव्यक्तिप्रति गल्ती स्वीकार गरी तत्काल फिर्ता लिई आगामी दिनमा यस्तो गल्ती नदोहरिने प्रतिबद्धता व्यक्त गर्न विज्ञप्ति मार्फत माग गरिएको छ ।

मुख्यमन्त्रीका स्वकीय सचिवले दिएको अभिव्यक्ति तत्काल फिर्ता नलिए आन्दोलनमा जान बाध्य हुने चेतावनी समेत दुवै संगठनले विज्ञप्ति मार्फत दिएका छन् । विज्ञप्तीमा कर्तव्य निर्वाहको क्रममा संक्रमित भएर उपचार गराइ रहेका सञ्चारकर्मीसहित आमनागरिकको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय धनुषाका एक प्रशासकिय अधिकृत कोरोना संक्रमित

जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय धनुषाका एकजना प्रशासकिय अधिकृतमा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला प्रशासन कार्यालय धनुषाका ३० वर्षीय प्रशासकीय अधिकृत किरण कुमार मिश्रलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

एक हप्ता अघि स्वाब संकलन गराई विदामा बसेका मिश्रको आज (मंगलबार) पोजेटिभ रिपोर्ट आएको जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ ।

संक्रमण पुष्टि भईसकेपछि उनि अहिले होम आइसोलेसनमा छन् ।
द नेपालटपबाट

पुजारीको हत्यारालाई पक्राउ गरि कडा कारबाही गर्न कांग्रेस उपसभापति निधिको माग

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले रौतहतको हनुमान मन्दिरको पुजारी श्रीराम साहको हत्यामा संलग्नलाई पक्राउ गरि कडाभन्दा कडा कारबाही गर्न सरकारसँग माग गरेका छन् ।

सोमबार सामाजिक सञ्जालमा स्टाट्स लेख्दै उनले पुजारीको गोली हानी हत्या भएको चार दिन वितिसक्दा पनि सरकारले अहिलेसम्म केही नगरेकोमा आरोप लगाएका छन् ।

उनले शीघ्र हत्याराको खोजी गरी कडा सजाय दिन सरकारसँग माग समेत गरेका छन् । साथै मृतकको आत्माको चीर शान्तिको कामना समेत उपसभापति निधिले गरेका छन् ।

भदौ ३ गते रौतहटको माधवनारायण नगरपालिका–२ खेसरहियास्थित हनुमान मन्दिरमा ६५ वर्षीय पुजारी श्रीराम साहको अज्ञात सामूहले गोली हानी हत्या गरेका थिए ।

अपहरण तथा शरीर बन्धक मुद्दामा ८ वर्ष देखि फरार रहेका यादव पक्राउ

इनरुवा । सुनसरीको एउटा अपहरण तथा शरीर बन्धक मुद्दामा ८ वर्ष देखि फरार रहेका विदुर यादव पक्राउ भदौ ७ गते कोशी कटान क्षेत्र ७ बाट पक्राउ परेको छ ।
पक्राउ पर्नेमा सुनसरी साविक नरसिंह ४ घर भएका हाल भोक्राहा नरसिंह ७ बस्ने ३७ बर्षीय वुदर भन्ने विदुर यादव रहेका छन । फरार रहेका यादव दाङ जिल्लामा आफन्तकोमा बस्दै आएका थिए ।

लकडाउनमा उनी घर फर्केको गोप्य सुराकीका आधारमा यादव पक्राउ परका थिए । लकडाउनको समयमा यादवलाई पक्राउ गर्ने सफल भएको सुनसरी प्रहरी प्रमुख कमल थापा बताउनुभयो ।

यादवले गत २०६५ साल चैत २० गते रातको ११ बजेर ४५ मिनेटको समयमा सुनसरी जिल्लाको इनरुवा ३ बस्ने ४८ बर्षीय खिलानाथ ढकाललाई मोटरसाइकलमा आई अपहरण गरी शरीर बन्धक बनाएको भनी जिल्ला प्रहरी कार्यालय सुनसरीमा पीडितको छोरा राजु ढकालले जाहेरी दिनुभएको थियो । सुनसरी जिल्ला अदालतले गरेको अन्तिम फैसला अनुसार यादवलाई २०७० असोज ६ गते ११ वर्ष कैद र १ लाख जरिवाना तोकेको थियो ।

पक्राउ परेका यादवलाई जिल्ला अदालतमा बुझाई कैद भुक्तानका लागी क्षेत्रिय कारागार झुम्का पठाएको थापाले बताउनुभयो ।

बालिका बलात्कार आरोपमा गिरफतार

इनरुवा ।  मोरङ घर भएकी १६ बर्षीया बालिकालाई बलात्कार गर्ने एक व्यक्तिलाई सुनसरी प्रहरीले भदौ ७ गते गिरफतार गरेको छ । सुनसरीको भोक्राहा नरसिँह गाउँपालिका – ४ स्थायी घर भई रामधुनी नगरपालिका–५ झुम्का बस्दैं आएका ४६ बर्षीय मोहमद ईर्साद आलमलाई प्रहरीले पक्राउ गरेको हो ।

आलमले गत साउन २६ गते धरान–१८ स्थित एक होटल ललाई फकाई ल्याई जवरजस्ती करणी गरेको आरोप लागेको छ । ती बालिकाकी आमाले आइतबार दिएको जाहेरीको आधारमा इलाका प्रहरी कार्यालय धरानको टोलीले भदौं ७ गते पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय पकलीसँग समन्वय गरी प्रतिबादी मोहमद ईर्साद आलमलाई भदौ ८ गते सुनसरी जिल्ला अदालतबाट जबरजस्ती करणी मुद्धाको अनुसन्धानका लागि म्याद थप गरि अनुसन्धान शुरु गरिएको इप्रका धरानका प्रहरी निरीक्षक(इन्स्पेक्टर) हेमराज ओलीले जानकारी दिनुभयो ।

इटहरीका दुई वटा वडा सिल

इनरुवा । कोरोना सङ्क्रमितको संख्या बढेको भन्दै सुनसरीको इटहरी उपमहानगरपालिका वडा नम्बर ६ र ९ नम्बर वडालाई सिल गर्ने निर्णय गरिएको छ । जिल्लाको इटहरी उपमहानगरका नगरप्रमुख द्धारिकलाल चौधरीको अध्यक्षतामा प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोखरेल र प्रहरी प्रमुख कमल थापा समेतको उपस्थितिमा भएको बैठकले दुई वटा वडा सिल गर्नेे निर्णय गरेको हो ।

वडा नम्बर ६ र ९ मा कोरोना सङ्क्रमितहरूको सख्या बढिरहेकाले सिल गर्ने निर्णय गरिएको वडा नम्बर ६ का अध्यक्ष दीपक गौतमले बताउनुभयो । भदौ १४ गते सम्म सिल गरिएको वडा नम्बर ९ का अध्यक्ष भूपेन्द्र बरालले बताउनुभयो । ती वडामा अतिआवश्यक सेवा र पसल बाहेक सबै सेवा र हिँडडुल पूर्ण रूपमा बन्द गर्ने निर्णय भएको छ । इटहरी उपमहानगरका जनस्वास्थ्य निरीक्षक धनश्याम सिग्देलका अनुसार वडा नम्बर ६ मा १० जना र वडा नम्बर ९ मा आठ जना संक्रमित छन् ।

यसैगरी बैठकले इटहरी ९ स्थित रङ्गशालामा आइसोलेसन निर्माणका लागि आवश्यक पहल कदमी गर्ने निर्णय पनि गरेको छ । यसै गरी आइसोलेसन निर्माणमा सहयोग गर्न सम्बन्धित मन्त्रालय र निकायहरू सँग आव्हान गरिएको छ । जिल्ला प्रशासन कार्यालयले भदौ १४ गते सम्म निषेधित क्षेत्र घोषणा गरेकाले इटहरीमा पनि यातायात,बजार,सङ्घ संस्था बन्द छन् ।

सुनसरीमा १९ जनामा कोरोना संक्रमण पुष्टी

इनरुवा । सुनसरीको विभिन्न गाउँपालिका र नगरपालिकामा १९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । नयाँ १९ जनामा कोरोना सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार सुनसरीको गढीमा ३ महिला ३ पुरुष, दुहबीमा ३ पुरुष, बर्जुमा ४ महिला १ पुरुष, धरानमा २ महिला १ पुरुष, इटहरीमा १ महिला १ को रिपोर्ट पोजेटिभ आएको छ । उता सुनसरीमा थप एक जानको कोरोनाको कारणले मृत्यु भएको छ । धरानका एक जनाको मृत्यु भएको कार्यालयले जनाएको छ । उता बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका लागि आएका ८ जना बिरामीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार आइसियुमा उपचाररत १ जना, मेडिसिन वार्डमा उपचाररत ३ जना, सर्जरीमा उपचाररत १ जना र कोभिड १९ अस्पतालमा कोरोना आशङ्का गरी भर्ना भएका ३ जना बिरामी गरी ८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

उनीहरू मध्ये १ जना प्रदेश १ को मोरङका पुरुष रहेका छन् भने अरू सबै प्रदेश २ को सिराहाका ३ जना, सप्तरीका ३ जना र धनुषाका १ जना रहेको र उनीहरूको उमेर समूह २० वर्ष देखि ८० वर्षका सबै पुरुष रहेको प्रतिष्ठानका सह प्रवक्ता डा. आशिष् श्रेष्ठले जानकारी दिनुभयो । कोरोना संक्रमित सबै बिरामीलाई कोभिड अस्पतालमा सारी सकिएको बताइएको छ ।

पिसिआर परीक्षणमा अनियमितता नभएको बुढीगंगा र आरती स्ट्रीप्सको दावी

दुहवी । पछिल्लो समयमा विभिन्न सञ्चार माध्यममा प्रकाशित भएको मोरङको बुढीगंगा गाउँपालिकाले उद्योगहरुबाट पिसिआर परीक्षणमा रकम असुल्दै गरेको समाचार प्रति बुढीगंगा र आरती स्ट्रीप्सको गम्भिर ध्यान आकर्षण भएको छ ।
बुढीगंगा गाउँपालिकाले कोरोना परीक्षणकालागी वडा अध्यक्षको मिलेमतोमा प्रतिव्यक्ति ५५०० रुपैयाँ असुल्दै गरेको भन्ने समाचार जनमानसमा भ्रमामक र कपोकल्पित समाचार फैलाएको प्रति बुढीगंगा गाउँपालिका र आरती स्ट्रीप्स प्रा.लि. ले प्रेस विज्ञप्तीमा मार्फत खेद प्रकट गरेका छन् ।
त्यसैगरी प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले कोरोना परीक्षणमा भएको अनियमितताबारे सत्य तथ्य बुझ्न मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलालाई निर्देशन भए अनुसार प्रदेश जनस्वास्थ्य प्रयोगशाला निर्देशक जयवेन्द्र यादवले कोरोना परीक्षणमा कसैसँग पनि शुल्क नलिएको मन्त्री घिमिरेसमक्ष स्पष्ट पारेका छन् ।

बुढीगंगा गाउँपालिकाको प्रकाशित प्रेस विज्ञप्तीमा बुढीगंगा गाउँपालिकाले पिसिआर परिक्षणमा अनियमितता गरेको विषयमा गाउँपालिका अध्यक्ष, वडा नं.१ का वडा अध्यक्ष समेतको नाम संगग्न गरी मिती २०७७ भदौं ६ गते शनिबार विभिन्न अनलाइन सँञ्चार माध्यममा प्रकाशित समाचार प्रति कार्यालयको गम्भिर ध्यानाकर्षन भएको विज्ञप्तीमा उल्लेख गरीएको छ ।

त्यसैगरी स्वस्तीक जुट मिलमा कार्यरत २ जना कर्मचारीहरुमा कोरोना भाइरस पोजिटिभ देखिएको र अरती स्ट्रीप्स २ जना कोरोना पोजिटिभ आएको हुँदा संक्रमणलाई समुदायमा फैलन नदिन गाउँपालिका स्तरीयको बैठकबाट निर्णय भए अनुसार आरती स्ट्रीप्स लाई सिल गरी थप परीक्षण गर्ने निर्णय भए अनुसार उद्योगबाट पिपिइ, भिटिएम सोडियम हाइपोक्लोराइड लगाएको सामाग्री उद्योगले नै व्यवस्थापन गरी गाउँपालिकाको स्वास्थ्य शाखाको समन्वयमा स्वाब संकलन गरी सरकारी प्रयोगशालाबाट ३०० जनाको निशुल्क परिक्षण गाराइएका र बाँकी कामदारको हकमा उद्योगलेनै काठमाण्डौंको प्रयोगशालाबाट शुल्क तिरेर परिक्षण गराएको विज्ञप्तीमा उल्लेख गरीएको छ । भने मजदुरहरुको पिसिआर परिक्षण बापत प्रतिव्यक्ति ५५००। को दरले वडा नं.का वडा अध्यक्ष मार्फत गाउँपालिका अध्यक्ष र वडाअध्यक्षको मिलेमतोमा रकम असुली भएको भन्ने आधारहिन समाचारबाट गाउँपालिका मर्माहित भएको विज्ञप्तीमा उल्लेख गरीएको छ ।

कोरोना भाइरसले सिर्जित गरेको हालको भयावह अवस्थामा आफ्नो स्वास्थ्य समेतको प्रवाह नगरी गाउँपालिका भित्र जनता र उद्योग प्रतिष्ठानको हितमा अहोरात्र खटिने जनप्रतिनिधी तथा राष्ट्रसेवक कर्मचारीहरुको मनोवल गिर्ने तथा मानमर्दन हुने र जनमानसमा भ्रम सृजना गर्ने यस्ता खालका समाचार सप्रेषण गरी चरित्र हत्या गर्ने अनलाईन सँञ्चार माध्यमहरु प्रति खेद प्रकट गर्दै कोही कसैलाईलाई फाईदा नहुने र सञ्चार जगत प्रतिको जनताको विश्वसनीयता समेतमा ठेस पुग्ने, कुनै पनि समाचार प्रकाशन गर्दा वास्तविकता बुझि सोहि आधारमा समाचार प्रकाशन गर्न समेत सम्पुर्ण सरोकारवालालाई जानकारी गराईदै विज्ञप्तीमा उल्लेख गरीएको छ ।


त्यसैगरी आरती स्ट्रीप्स प्रा.लि. को प्रेस विज्ञप्तीमा उद्योगमा कोरोना पोजिटिभ देखिसंगै संक्रमण फैलिन नदिन लगभग ३०० कामदारको उद्योगबाट पिपिइ र भिटिएम सोडियम हाइप्रोग्लोराइड लगायत आवश्यक सामाग्री उपलब्ध गराई गाउँपालिका मार्फत निशुल्क परिक्षण भएको र बाँकीको हकमा उद्योगले काठमाण्डौंको प्रयोगशालाबाट शुल्क तिरेर गराएको विज्ञप्तीमा उल्लेख गरीएको छ ।

लहानका २२ वर्षीय कोरोना संक्रमित युवकको उपचारका क्रममा धरानमा मृत्यु

इनरुवा । सिराहाको लहानका २२ वर्षीय कोरोना संक्रमित युवकको उपचारका क्रममा मृत्यु भएको छ । आइतबार कोरोना संक्रमण पुष्टि भएका उनको सोमबार दिउँसो ३ बजे धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो ।

श्वासप्रश्वासमा समस्या देखिएका उनी भदौ २ गते अस्पताल भर्ना भएका थिए । संक्रमण पुष्टि भएपछि आइसोलेसनमा राखेर उपचार गर्ने क्रममा सोमबार मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा। निदेश सापकोटाले जानकारी दिए ।

मृतक युवक लागूऔषध प्रयोगकर्ता रहेको प्रतिष्ठानले जनाएको छ । उनमा मुटुसम्बन्धी समस्या पनि थियो । धरानमा शनिबारयता लगातार तीन दिन तीनजनाको मृत्यु भएको हो । शनिबार र आइतबार धरानकै पुरुषको मृत्यु भएको थियो ।

विराटनगरमा २३ सहित प्रदेश १ मा ६४ संक्रमित थप

विराटनगर । प्रदेश १ मा आज ६४ जना संक्रमित थपिएका छन् । थपिएकामा २४ महिला र ४० पुरुष रहेका छन् ।

मोरङमा २९, सुनसरीमा १९, झापामा ५, धनकुटामा २, संखुवासभामा १ र प्रदेश १ बाहिरका ८ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

विराटनगरमा आज २३ जनामा संक्रमण पुष्टि भएको छ । १० महिला र १३ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । मोरङको सुन्दरहरैचामा १ महिला २ पुरुष, बेलबारीमा १ महिला १ पुरुष, जहदामा १ पुरुषमा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार सुनसरीको गढीमा ३ महिला ३ पुरुष, दुहवीमा ३ पुरुष, बर्जुमा ४ महिला १ पुरुष, धरानमा २ महिला १ पुरुष, इटहरीमा १ महिला १ को रिपोर्ट पोजेटिभ आएको छ । झापाको बा¥हदशीमा १ महिला ४ पुरुष, धनकुटाको धनकुटा नगरपालिकामा २ पुरुष, संखुवासभाको खाँदबारीका १ पुरुष र प्रदेश १ बाहिरका १ महिला ७ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या २ हजार ७ सय २३ पुगेको छ । पछिल्लो २४ घण्टामा प्रदेश १ मा थप २ जनाको मृत्यु भएको छ । सुनसरीको धरान र विराटनगरमा १–१ पुरुषको मृत्यु भएको छ । प्रदेश १ मा मृत्यु हुनेको संख्या १७ पुगेको छ । विराटनगरका १०, धरानका ३, बुढीगंगाका २, रंगेली र सुनबर्षीका १–१ जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ बाट आज १२ जना डिस्चार्ज भएका छन् । कोभिड १९ आईसोलेसन केन्द्र रंगेलीबमट १२ जना डिस्चार्ज भएका छन् । हाल सम्म डिस्चार्ज हुनको संख्या १ हजार २ सय ८० पुगेको छ । प्रदेश १ मा आज १ हजार ५ सय ५० जनाको पीसीआर परीक्षण भएको छ । मन्त्रालयका अनुसार आज सम्म ७८ हजार ७ सय २ जनाको पीसीआर परीक्षण भएको छ । हाम्रोमतबाट

पोखरा महानगरभित्रकै सडक डेढ महिनादेखि अवरुद्ध

कास्की । पोखरा महानगरपालिकाको लामाचौर हुँदै माछापुच्छ्रे गाउँपालिकाको सार्दिखोलासम्मको पक्की कालोपत्रे सडक अवरुद्ध भएको लामो समय बित्दा समेत मर्मत हुन सकेको छैन । लामाचौर–सार्दिखोला सडक खण्डको बेसीचोकमा गत असार २६ गते राति अन्दाजी २०० मिटर तलबाट सडक पहिरोले बगाउदा माछापुच्छ्रे गाउँपालिकाका वडा नं २, १ र ३ सहित महानगरको पुरुनचौरका नागरिकले सास्ती पाएका छन् ।

बेसीचोकमा पहिराले सडकको अधिकांश भाग बगाएपछि चार पाङग्रे सवारी साधन सञ्चालन ठप्प छ भने मोटरसाइकल तथा स्कुटर जोखिम मोलेर चलाउनुपर्ने बाध्यता छ । ठूला यातायातका साधन घुमाउरो बाटो हुँदै पोखरा बाग्लुङ राजमार्गको मिलनचोक तथा सोही वडाको घार्मीहुँदै सञ्चालन गर्नुपर्ने अवस्था रहेको छ । महानगरभित्रकै सडक अवरुद्ध भएको लामो समयसम्म पुनर्निर्माण नभएपछि सरोकारभएकाहरु आक्रोशित भएका छन् ।

महानगरपालिकाको महत्वपूर्ण वडा तथा माछापुच्छ्रेको कनेक्टिङ सडक लामो समय मर्मत नहुँदा बिरामीलाई अस्पताल लैजान समेत नसक्ने अवस्था रहेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का जिल्ला कमिटी सदस्य समेत रहेका पुरुनचौर निवासी इमानराज पौडेलले बताए । “पहिरोले सडक बगाएदेखिनै यहाँ आएर सङ्घ तथा प्रदेशका मन्त्रीहरु तथा पार्टीका नेताहरुले हेर्ने काम गरेका छन् तर अहिलेसम्म सडक मर्मतको काम शुरु भएको छैन।” पौडेलले भने,“डेढ महिना समय बित्यो तर अवरुद्ध महानगरभित्रको सडक मर्मत नहुनु लाजमर्दो छ ।”

सोही वडाका वडाध्यक्ष शोभामोहन पौडेलले सडक मर्मतका बोलपत्र आह्वान भएर प्रक्रियामा रहेको बताए । प्रदेश सरकारले मर्मतका लागि बजेट उपलव्ध गराउने भएपछि छोटो अवधि १५ दिनको बोलपत्र आह्वान भएर सम्झौता समेत भइसकेकाले ‘फास्ट ट्रयाक’मा यही भदौ २० गतेबाट काम शुरु हुने उनले जानकारी दिए ।

“अवरुद्ध सडक खुलाउन हामी सबै लागि परेका छौँ तैपनि कानुनी प्रक्रिया र इन्जिनियरिङ नाप जाँच गर्दा समय लागेको छ ।” उनले भने,“ मोटरसाइकल सोही सडकबाट सञ्चालन भएको छ अन्य सवारी साधन, एम्बुलेन्सका लागि हेमजा तथा घार्मीबाट समेत वैकल्पिक व्यवस्था गरिएको छ ।”

नेपालमा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । योसँगै कुल मृतकको संख्या १ सय ५७ पुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कोभिड–१९ पुष्टि भएका मृतकहरू सुनसरी, मोरङ, पर्सा र काठमाडौं र रूपन्देहीका हुन् ।

तीमध्ये रूपन्देहीमा एक महिला र तीन पुरुष छन् । अरू सबै मृतक पुरुष हुन् । उनीहरूमध्ये एक जना ३८ वर्ष र बाँकी सबै ४८ देखि ७० वर्षसम्मका छन् ।

यसैगरी मुलुकमा पछिल्लो २४ घण्टामा ७ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने काठमाडौं उत्पयकामा २२४ जनामा कोरोना संक्रमित थपिएको मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए । साथै नेपालमा कुल कोरोना संक्रमितको संख्या ३२ हजार ६ सय ७८ पुगेको छ ।

आज थप ७४३ जनामा कोरोना संक्रमण पुष्टि

कामठाडौं । पछिल्लो २४ घण्टामा देशभर ७४३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार २ सय ३४ पीसीआर परीक्षणमा ७४३ जनामा संक्रमण पुष्टि भएको हो ।

सोमबारसम्म कुल संक्रमितको संख्या ३२ हजार ६७८ रहेका छन् । पछिल्लो २४ घण्टामा १७५ जना कोरोना संक्रमण निको भई डिस्चार्ज भएका छन् । सोमबारसम्म डिस्चार्ज हुनेको संख्या १८ हजार ८०६ रहेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा १७७, ललितपुरमा ३३ र भक्तपुरमा १४ जनामा संक्रमण पुष्टि भएको छ ।

थप ८१८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ८१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबारसम्म कुल ३१ हजार ९३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १६६ जनामा कोरोना संक्रमण देखिएको छ ।

मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा १२६, ललितपुरमा १२ र भक्तपुरमा २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितहरु कहाँका हुन् भन्ने खुलाइएको छैन ।

कोरोना संक्रमण निको भएर १८ हजार ६३१ जना घर फर्किएका छन् । देशभर ३ हजार ९ सय ४३ जना होम आइसोलेसनमा बसेका छन् ।