जिल्ला प्रशासन कार्यालय धनुषाका एक प्रशासकिय अधिकृत कोरोना संक्रमित – Nagarikabhiyan : National News

जिल्ला प्रशासन कार्यालय धनुषाका एक प्रशासकिय अधिकृत कोरोना संक्रमित

जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय धनुषाका एकजना प्रशासकिय अधिकृतमा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला प्रशासन कार्यालय धनुषाका ३० वर्षीय प्रशासकीय अधिकृत किरण कुमार मिश्रलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

एक हप्ता अघि स्वाब संकलन गराई विदामा बसेका मिश्रको आज (मंगलबार) पोजेटिभ रिपोर्ट आएको जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ ।

संक्रमण पुष्टि भईसकेपछि उनि अहिले होम आइसोलेसनमा छन् ।
द नेपालटपबाट