११ बैशाख २०७७, बिहीबार ११:१३ – Page 7 – Nagarikabhiyan : National News

देवानगञ्जका जनप्रतिनिधिलाई यूवाहरुको चुनौती, आफैले बाडे भोकोपेटलाई राहत

देवानगंज । भनिन्छ जहाँ इक्छा त्यहाँ उपाय, जहाँ समस्या त्यहाँ समाधान हो । यस्तै समस्याको समाधान गर्न सुनसरीको देवानगञ्ज गाउँपालिकाका युवाहरु सकृय भएका छन् ।

गाउँपालिकाले जातीगत र पार्टीगत रुपमा राहत वितरण गर्न लागिएको आरोप बाहिर आएको र विभेदमा परेका स्थानीयलाई युवाहरु सकृय भएर राहत संकलन गरि वितरण गरेका छन् । दलित बस्तीमा जनप्रतिनिधिहरुले स्वार्थ सहितको राहत स्थानीयद्धारा बहिस्कार र अस्विकार गरेकाले युवाहरु सकृय भएर राहत वितरण गरेका छन् ।

देवानगञ्ज गाउँपालिका १ नम्बर वडाको मध्यहर्षाहीमा रहेको दास टोलका स्थानीयहरुले वडा अध्यक्ष सूर्यनाराण पाल र गाउँपालिका अध्यक्ष लालिप्रसाद मेहताले आफुखुसी निर्णय गरेर राहत वितरण गर्न खोज्दा आफूहरुले नलिएको र बहिस्कार गरेकाके स्थानीय खुशिलाल दासले गुनासो गर्नुभयो ।

बहिस्कार गरेको राहत नलिदाँ स्थानीयहरु भोकभोकै बसेको र कम आम्दानी भएकाहरुको दैनिकी कष्टकर बन्दै गएकोले देवानगंज गाउँपालिका वडा नं.१ का केही यूवाहरुको पहलमा चन्दा राहत संकलन गरेर दास टोलमाम राहत वितरण गरेको छ ।

स्थानीय यूवाहरुको सकृयतामा ९० घर परिवारलाई राहत वितरण गरिएको छ । प्रत्येक परिवारलाई १५ के.जी चामल, २ के.जी दाल, १ के.जी नुन, १ के.जी खाने तेला, साबु्न, तरकारी लगायत खाद्ययान सामगी राहत वापत वितरण गरेको स्थानीय यूवा अर्जुन मेहताले जानकारी दिनुभयो ।

मेहताले भन्नुभयो गरे के हुदैन भन्ने विश्वासका साथ लागिपरेको र आफू सहित यूवाहरुले गरेर उदाहरण नै बनेको छ । स्थानीय तहका जनप्रतिनिधिले चुनवको बेला धेरै आश्वासन दिए पनि अहिले विपतको समय कोहि कैतै वाट सहयोग नपाउदा अक्रोसित बनेको र भोकोपेट बसेकाले राहत वितरण गरेको मेहताको भनाई छ ।

लकडाउन भए पछि दैनिक ज्याला मजदुरी गर्नेहरुलाइ हात मुख जोड्न समस्या भइरहेको बेला स्थानीय जनप्रतिनिधिहरु भने राजनिति जुहारीमा व्यस्तछन । यता देवानगंज गाउँपालिकामा वितरण गरिएको राहतमा गाउँपालिका अध्यक्ष र प्रमुख प्रसाशकिय अधिकृतले आफुखुशि वितरण गर्न लागिएको वडा नं.३ का वडा अध्यक्ष अनिल भगतले गुनासो गर्नुभयो ।

अध्यक्ष भगतका अनुसार देवानगंज गाउँपालिका अध्यक्ष लालिप्रसाद मेहताको वारम्वार हस्तक्षेपका कारण विवाद हुनेगरेको छ । यता देवानगंज गाउँपालिका वडा नं. ५ मा पनि गाउँपालिका अध्यक्ष लालिप्रसाद मेहताको हस्तक्षेपको कारणले राहत विवरण हुन नसकेको बताइएको छ ।

प्रशासकिय अधिकृत त्रिलोचन न्यौपानेले सबैलाई राहत वितरण गर्न नसकिने तर कोही पनि विपन्न , सकुम्बासी, ज्यालादारी गर्नेहरु राहतबाट बन्चित नहुने गरी वितरण जारी रहेको प्रतिकृया दिनुभयो । कोहीले आफूखुसी नगरेको र मापण्ड अनुसारको काम गरेको बताउनुभयो ।

कोरोना भाइरसको जोखिम निम्ताउदैै दुहवी बजार संचालन

दुहवी । सुनसरीको दुहवीमा विहान ७ बजे देखि १० बजे सम्म ३ घण्टाका लागि बजार पसल खोल्ने निर्णयको हेलचक्राई देखिएकोे छ । सुनसरी प्रशासनले जिल्लाभर १० गते देखि विहान ७ देखी १० बजेसम्म अत्यावश्यक सेवाका पसलहरु संचालन गर्न दिने निर्देशन दिएकोमा दुहवीमा विहानको ३ घण्टा बजार पसल खोलीरहेका छन् ।

बजार खुलेपछि नगरभित्र संचालनमा रहेका खाद्यान्नका पसलमा सोसल डिस्टेन्स ख्याल नगरी विक्र वितरणमा हेलचक्राई देखिएको हो । पसल खोल्न सोको व्यवस्था मिलाउन स्थानीय निकाय र उद्योग वाणिज्य संघलाई समन्वयकारी भूमिका निर्वाह गर्न सुनसरी प्रशासनले निर्देशन दिए पनि दुहवी उद्योग वाणिज्य संघले आवश्यकताका आधारमा सर्ट लिष्ट जारी नगरी तोकिएका पसल मात्रै नखोली विभिन्न पसलहरु खोलेको पाएको छ ।

सुनसरी प्रसासनले जारी गरेको निर्देशन अनुसार पसल खोल्ने भन्ने अन्तिम निर्णय भने सम्वन्धित क्षेत्रको उद्योग वाणिज्य संघमा निहित हुने बताए पनि सुरक्षामा ध्यान नदिई सोसियल डिस्टेन्स कायम नगरी दुहवीका अधिकांस पसलहरुमा हुलकाहुल मानिसहरु भेला भई अत्यावश्यक सामाग्रीहरु खरिद गरीरहेको पाएको छ ।

सबैभन्दा बढी दुहवी बजार क्षेत्रमा विरेन्द्र किराना, अन्नपूर्णा किराना पसलमा सोसियल डिस्टेन्स को पालना नभएको देखियो । दुहवी उद्योग वाणिज्य संघका अध्यक्ष सुनिल साह संग बुझ्दा निजले वर्तमान अवस्थामा जोखिम मोल्नु उचित नहुने निष्कर्श निकाल्दै तत्कालिन सोसियल डिस्टेन्स कायम नगरी पसलहरुले संचालन गरीरहेको देखिएकोले गर्दा व्यवसायीहरुलाई नियम पालना गर्न निर्देशन दिइसकेको, पालना नभए भोलीदेखि बजार पूर्णरुपमा बन्द गराउने अध्यक्ष साहले बताए ।

यता इलाका प्रहरी दुहवीसंग बुझ्दा सोसियल डिस्टेन्स कडाईका साथ लागु गर्नु पर्ने अवस्थामा बजार पसल खोल्नु सम्भावित जोखिमलाई वेवास्ता गरी विपत्तीलार्ई निमत्याउनु सरह हुने धारणा राखे साथै सोसियल डिस्टेन्स कायम नगरी पसलहरु संचालनमा देखिएको यस विषयमा उद्योग वाणिज्य संघ, दुहवी नगरपालिकालाई जानकारी गराएको कार्यान्वयन नभए प्रहरी प्रसासन पालना गराउन बाध्य हुने प्रहरी निरिक्षक प्रविन कार्कीले बताए ।

यसैगरी इनरुवा नगरपालिकामा यस्तै अवस्था आएपछि हिजो मात्र इनरुवा न.पा र उद्योग वाणिज्य संघ इनरुवाले जोखिममा रहेको र सचेत हुन आवश्यक रहेको बेला बजार पसल नखोल्ने निर्णय गरेको थियो । छिमेकी जिल्ला उदयपुरमा कोरोना भाइरस संक्रमितको संख्या बढ्दो अवस्थामा रहँदा समग्र सुनसरीनै जोखिममा रहेको र सचेत हुन आवश्यक रहेको बेला बजार पसल खोल्ने सवालमा दुइवटै निकायले निकर्ष निकाली पसल नखोल्ने निर्णय गरेको थियो ।

कोशी २ पश्चिम कुशाहामा राहत वितरणमा विभेद, उराँव समुदाय भोकभोकै

इनरुवा ।  सुनसरीको कोशी गाउँपालिका २ पश्चिम कुशाहामा राहत वितरणमा विभेद भएको छ । वडा अध्यक्ष हिरालाल यादवले साविक पश्चिम कुशाहा ७ मा उराँव बस्तीमा राहत वितरणमा विभेद गरेको हो ।

यादवले उराँव टोलको पुर्नीदेवी उराँव, रन्जुदेवी , सन्जुदेवी, फुलोदेवी, श्यामवती, रामबती, नुनु , शंकर, मिठु, श्याम, श्रवण , रुपा उराँव सहितका २५ परिवारले आफूहरुलाई राहत वितरणमा विभेद गरेको गुनासो बाहिर आएको छ ।

गाउँमा हुनेखाने र आफ्नो पार्टी तथा जातीका मानिसलाई राहत दिएपनि उराँव बस्तीमा राहत वितरणमा विभेद गरेको पीडित मध्ये बेचन उराँँवले गुनासो गर्नुभएको छ ।

थप दुई जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४७ पुग्यो

काठमाडौं । थप दुई जनामा कोरोना भाइरस ९कोभिड(१९०को संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ४७ पुगेको छ । उनीहरु मध्ये ९ जना निको भइसकेका छन् ।

उदपयुरकी ५५ वर्षीया महिला र जनकपुरका १४ वर्षीय किशोरमा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

उदयपुरकी संक्रमित त्रियुगा नगरपालिका (३ भुल्केकी हुन् । त्यस क्षेत्रमा अहिलेसम्म २५ जनामा संक्रमण देखिएको छ । उनीहरु सबैको विराटनगरस्थित कोरोना कोराना विशेष ९अस्थायी० अस्पतालमा उपचार भइरहेको छ ।

विश्व अर्थतन्त्रमा कोरोनाको असर शताब्दीयताकै खतरनाक : विश्व बैंक

काठमाडौं । कोरोना भाइरस ९कोभिड–१९० का कारण विश्व अर्थतन्त्र सबैभन्दा खतरनाक मोडमा पुगेको विश्व बैंकले विश्लेषण गरेको छ ।

पछिल्लो एक शताब्दीयता आएका विनासकारी महामारीका कारण पुगेको असरको विश्लेषण गर्दै विश्व बैंकले कोरोना महामारीले सबैभन्दा बढी आर्थिक क्षति गर्ने प्रक्षेपण गरेको हो ।

विश्व बैंकका अनुसार कोरोना महामारीले सबैभन्दा बढी प्रभावित मुलुकको कुल गार्हस्थ उत्पादनमा औसत –८।७४ प्रतिशत गिरावट आउने भएको छ । किनकी यस शताब्दीमा देखिएका अन्य महामारीको तुलनामा कोरोनाको फैलावट ठूलो छ ।

यसले विश्वका २१० भन्दा बढी मुलुकको अर्थतन्त्रलाई एकसाथ प्रभावित बनाएको छ । यसअघिका महामारीको क्षेत्र कम भएकाले त्यसको अर्थतन्त्रमा परेको प्रभावसमेत कम भएको विश्व बैंकले उल्लेख गरेको छ ।

कोरोना महामारीले अर्थतन्त्रमा पारेको प्रभावको पुनरुत्थानका लागि लामो समय लाग्ने अनुमान विश्व बैंकले गरेको छ

यसअघि सन् २०१४–१६ सम्म फैलिएको इबोलाका कारण अति प्रभावित मुलुकको जीडीपीमा ८।१४ प्रतिशतसम्म गिरावट आएको थियो । तर, इबोलाको असर भने अफ्रिकी मुलुकमा मात्र बढी थियो ।

एक शताब्दीयता सबैभन्दा बढी प्रभाव पारेको अर्को महामारी भने स्पेनिस फ्लु हो । सन् १९१८–२० मा चीन, भारत, इण्डोनेसिया, रसिया र अमेरिकालाई सबैभन्दा प्रभावित बनाएको यो फ्लुले कोभिड जस्तै संसारभर असर पारेको थियो ।

त्यसबेला विश्व अर्थतन्त्रको वृद्धिदर शून्यभन्दा तल झरेको विश्व बैंकले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।

विश्व बैंकले नेपालमा भने चालु आर्थिक वर्षमा १।५ प्रतिशतदेखि २।८ प्रतिशतसम्म रहने अनुमान गरिएको थियो ।

कोरोना महामारीले अर्थतन्त्रमा पारेको प्रभावको पुनरुत्थानका लागि समेत लामो समय लाग्ने अनुमान विश्व बैंकले गरेको छ ।अहिले सरकारहरुले गरेको अनुमानभन्दा धेरै गहिरो संकट यसले पार्ने र आगामी २४ महिनासम्म अर्थतन्त्रमा कोरोनाको असर न्यूनीकरणमा लाग्ने विश्व बैंकले समेत समेत गरेको छ ।

आर्थिक गिरावट (अति प्रभावित मुलुकको अर्थतन्त्रमा आधारित)

स्पेनिस फ्लु (१९१८–२०) : ०.८२ प्रतिशत

सार्स (२००२–४) : ३.०५ प्रतिशत

स्वाइन फ्लु (२००९–२०१०) :  –२.६४ प्रतिशत

मार्स (२०१२) : –३.६९ प्रतिशत

इबोला (२०१४–१६) : –८.१४ प्रतिशत

कोभिड १९ (२०१९–२०) : –८.७४ प्रतिशत

विराटनगरमा कोरोना जोखिम, भारतबाट दैनिक दुई सय जनाको आवत–जावत

विराटनगर । कोरोना महामारी नियन्त्रणका लागि ११ चैत यता लकडाउन गरेको सरकारले भारतसँगको नाका बन्द गरेको छ । नाका बन्द गरिए पनि अत्यावश्यक सामग्री बोकेका मालबाहक गाडीहरुको आवत–जावत जारी छ ।

विराटनगरको रानी भन्सार नाकाबाट दैनिक एकसय हाराहारी मालबाहक गाडी प्रवेश गर्छन् । प्रत्येक गाडीमा चालक र सहचालक हुन्छन् । यस हिसाबले कम्तिमा दैनिक दुई सय जना व्यक्ति सहज रुपमा विराटनगर आउ–जाउ गर्छन् । महामारीको जोखिम बढेपछि विराटनगर महानगरपालिकाले विराटनगर प्रवेश गर्ने गाडीमा नाका ९आईसीपी०मा विषाणु मार्ने स्प्रे छर्कने र गाडीका चालक तथा सहचालकको ज्वरो नाप्ने काम गर्छ । तर जोखि रोक्नका लागि यतिमात्र पर्याप्त नभएको सरकारी अधिकारीहरु स्वयं बताउँछन् ।

‘भारतमा महामारी बढ्दो छ । बेलैमा सचेत नभए कोरोना संक्रमण बढ्न सक्छ,’ विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्द्रमणि पोखरेल भन्छन्, ‘अहिलेको तयारीले कोरोना महामारी रोकथाम गर्न पुग्दैन ।’

महानगरपालिकाले नाकामा नेपाल प्रवेश गर्ने ट्रक चालकलाई डिसइन्फेक्सन स्प्रे छर्नका लागि कर्मचारी खटाएको छ । त्यस्तै नाकामा आएका चालक तथा सहचालकमा ज्वरो नाप्दा तापक्रम बढी देखिए नेपाल प्रवेश गर्न नदिने पोखरेल बताउँछन् । तर ठूला नाकामा सानो स्प्रेबाट गरिने कामले प्रभावकारी नतिजा दिनेमा उनलाई शंका छ ।

नाकामा ड्राइभर फेर्ने की क्वारेन्टाइनमा बस्ने ?

२० हजार बढीमा कोरोना संक्रमित देखिएको भारतमा संक्रमण दर बढ्दो छ । छिमेकमा फैलिँदै गएको महामारी रोकथाममा संघ र प्रदेश सरकारले ध्यान दिनुपर्ने सरोकारवालाहरु बताउँछन् ।

‘तीन तहकै सरकार सचेत नभए मालवाहक सवारी साधनबाट समस्या आउन सक्छ,’ उपभोक्तावादी संस्था पब्लिक फोरमका अध्यक्ष उत्तम ढुंगेल भन्छन्, ‘नाकामा उच्च सतर्कता हुनुपर्छ ।’

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पोखरेल पनि संक्रमितको क्षेत्रबाट आउने गाडीहरुमा धेरै जोखिम हुने बताउँछन् । ‘सम्भावित जोखिम नियन्त्रण गर्न भारतबाट आउने गाडीका चालकलाई सीमामै रोकेर यहाँबाट अर्को चालक पठाउनु पर्छ,’ पोखरेल भन्छन्, ‘यदि चालक यहीँ आउछन् भने उनीहरुले भेटेका मान्छेलाई क्वारेन्टाइनमा राख्ने व्यवस्था गरौं ।’

भारतमा महामारीको रुपमा फैलिएको करोना जस्तो रुपमा पनि विराटनगर भित्रिन सक्ने उनको भनाइ छ । सतर्कता नअपनाइए चालक र सहचालकमार्फत् सर्वसाधारणमा कोरोना सर्ने ठूलो खतरा हुने पोखरेलको आशंका छ । ‘अहिलेसम्म त केही भएको छैन, तर जोखिम धेरै छ,’ उनी भन्छन्, ‘हाम्रो निर्मलीकरण गर्ने विधि अझै प्रभावकारी बनाइनुपर्दछ ।’

सात दिनमा भित्रिएका १२ सयको ज्वरो मात्र नापियो

विराटनगरको आईसीपी हुँदै १ वैशाखदेखि ७ वैशाखसम्म ११९० जना चालक र सहचालक नेपाल भित्रिएको तथ्यांक छ । त्यसयता दैनिक सरदर दुई सय मानिस भित्रिरहेका छन् ।

ती सबैको सुरक्षा जाँचका नाममा ज्वरो नापेर गन्तव्यसम्म पुग्न दिइएको छ । महामारी तीव्र रुपमा फैलिएको भारतबाट आएका चालकले सहजै प्रवेश पाउँदा विराटनगर महामारीको जोखिममा छ ।

‘हामीसँग भएको साधनबाट क्रिनिङ र डिसइन्फेक्सन स्प्रे गर्छौं,’ विराटनगर महानगरपालिका स्वास्थ्य प्रमुख रमेश कार्की भन्छन्, ‘ज्वरो जाँच गर्दैमा जोखिम कम हुने होइन ।’

यद्यपि महानगरको सीमित स्रोत साधानले पर्याप्त काम गरेको उनको दाबी छ । ‘वैदेशिक रोजगारीबाट आएकाहरुको तथ्यांक संकलन र कोरोनाविरुद्धको पूर्वतयारीमा हामी अगाडि छौं,’ उनले भने, ‘सुरुदेखि नै सतर्कता अपनाइरहेका छौं ।’

भारतबाट आउने मालबाहक गाडीमा भने जोखिम बढी हुने बताउँछन् । अनलाइनखबरबाट

 

 

लकडाउन लम्बिँदै गए एसईई परीक्षा अर्कै तरिकाले गरिने, यस्तो छ विकल्प !

काठमाडौं : कोरोना भाइरस संक्रमणका कारण स्थगित माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालन हालकै विधिबाट गर्न जेठ मसान्तसम्म मात्रै प्रतिक्षा गरिने भएको छ ।

लकडाउनका कारण जेठभित्र पनि जनजीवन सामान्य हुन नसके विद्यमान परीक्षा प्रणालीमा कानुनी हिसाबले संशोधन गरेर विकल्प खोजी गरिने तयारी पनि गरिएको छ ।

स्थगित परीक्षाबारे बुधवार राष्ट्रिय परीक्षा बोर्डले सरोकारवालासँग गरेको छलफलमा जेठभित्र परीक्षा लिन सकेको अवस्थामा पनि शैक्षिक सत्रमा कुनै प्रभाव नपारी विद्यार्थीको पठनपाठन अगाडि बढाउन सकिने औंल्याइएको छ ।

बोर्डका परीक्षा नियन्त्रक रामराज खकुरेलका अनुसार सहभागीले पनि हालकै प्रणालीबाट परीक्षा लिन जेठभित्रसम्म कुर्न आग्रह गरेको जानकारी दिए । जेठमा परीक्षा लिन सकेको अवस्थामा पनि उत्तरपुस्तिका संकलन, परीक्षण, नजिता प्रकाशन लगायतका कामलाई द्रूतगतिमा गरेर विद्यार्थीको शैक्षिक सत्रमा प्रभाव नपार्ने गरी कक्षा ११ मा भर्ना लिन सकिने उनले बताए ।

बोर्डले विगतका वर्षमा साउनबाट मात्रै कक्षा ११ को शैक्षिक सत्र सुरू गर्ने गरेको थियो । यसका साथै भदौमा एसईईको मौका परीक्षा सञ्चालन गरेर ती विद्यार्थीलाई समेत भर्ना गर्दा दशैंको हाराहारी पनि विद्यार्थी कक्षा ११ मा भर्ना हुने गरेका थिए । यस हिसाबले हेर्दा विद्यार्थीको पढाइमा धेरै असर नपारेको परीक्षा नियन्त्रक खकुरेलले स्पष्ट पारे । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

कोराना संक्रमण लामो समयसम्म कायम रहेको अवस्थामा माध्यमिक तहको परीक्षा लिने प्रणालीमा नै परिवर्तन गरी विकल्प खोजिने भएको छ । हाल बोर्डले नै एसईईका साथै कक्षा ११ र १२ को वार्षिक परीक्षा लिने कानुनी प्रावधान रहेको छ । यो प्रावधानलाई परिवर्तन गरेर प्रदेश, जिल्ला या विद्यालय तहलाई नै जिम्मा दिने खालको विकल्प हुन सक्ने जनाइएको छ तर यसबारेमा छलफल मात्रै सुरू गरिएको बताइएको छ । बोर्डले नयाँ कानुनी प्रावधान परिवर्तन गर्नुपरेको अवस्थामा मन्त्रालयलाई लिखित विकल्प सुझाउने जनाइएको छ ।

छलफलमा सहभागी नेपाल शिक्षक महासंघका अध्यक्ष बाबुराम थापाले स्थगित एसईई परीक्षा सञ्चालनका लागि जेठसम्म कुर्न सबैले सुझाव दिएको बताए । कक्षा ११ र १२ को परीक्षा भने भदौभित्र हुन सकेपनि फरक नपार्ने आकलन गरिएको छ ।

महासंघले कक्षा १० को परीक्षा विद्यालयले नै गर्ने गरी जिम्मा दिन तथा शिक्षक, प्रधानाध्यापकलाई विश्वास गर्न सुझाव दिएको छ । यसका साथै परिस्थिति हेरेर हिमाल, पहाड र तराईमा अलग–अलग समयमा परीक्षा गर्ने हिसाबले समेत सोच्नुपर्ने सुझाव महासंघको रहेको छ । महासंघले यसका लागि कानुनी हिसाबले तयारी गर्न समेत केन्द्रलाई सुझाव दिएको छ ।

कोरोना भाइरसको संक्रमण बढ्ने देखिएपछि सरकारले चैत ५ गते एसईई परीक्षा स्थगित गर्ने निर्णय गरेको थियो ।

चैत ६ गतेबाट एसईई सुरू गर्ने तयारी राष्ट्रिय परीक्षा बोर्डले गरेको थियो । यसका साथै वैशाख ८ देखि कक्षा १२ र वैशाख २१ देखि कक्षा ११ को परीक्षा गर्ने तयारी समेत बोर्डको थियो ।

ओलीको पार्टी फुटाउने योजना फेल , अध्यादेश फिर्ता लिन तयार !

काठमाडौं : अन्य पार्टी विभाजन गर्न ल्याइएको अध्यादेश फिर्ता लिन प्रधानमन्त्री केपी शर्मा ओली तयार भएका छन् । संभवतः आजै साँझसम्ममा अध्यादेश फिर्ता हुनसक्ने नेकपा स्रोतले बताएको छ ।

बिहीबार बिहान नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको भेटमा प्रधानमन्त्री ओलीले गत सोमबार जारी गरेको अध्यादेशले नकारात्मक विवाद सिर्जना गरेको भन्दै अध्यादेश फिर्ता लिन आफू तयार भएको बताएका हुन् ।

साथै आजै बिहानै उनले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललाई पनि भेट गरेका छन् ।

नेकपा उच्च स्रोतका अनुसार यसका लागि ओलीले पार्टीका शीर्ष नेता र निकट कानुन व्यवसायीहरुसँग यस विषयमा छलफल शुरु गरेका छन् ।

संविधानको धारा ११४ को उपधारा २ ’ख’मा सरकारको सिफारिसमा राष्ट्रपतिले अध्यादेश खारेज गर्न सक्ने व्यवस्था छ ।

यसको लागि राष्ट्रपति कार्यालयले पनि बिहीबार नै केही कानुन व्यवसायीलाई अध्यादेश फिर्ता लिने बारे छलफल गरेको छ ।

नेकपा अध्यक्ष एवं प्रधानमन्त्री ओलीले अन्य दल फुटाउनका लागि सोमबार स्वेच्छापूर्वक अध्यादेश ल्याएका थिए । अध्यादेश लगत्तै समाजवादी र राजपाबीच बुधबार एकता भइसकेको छ ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले दलसम्बन्धी ऐन, २०७३ र संवैधानिक परिषद (काम, कर्तव्य र अधिकार) सम्बन्धी ऐन, २०६६ मा संशोधनगर्ने अध्यादेश जारी गरेकी थिइन् ।

‘जनता समाजवादी पार्टी’ निर्वाचन आयोगमा दर्ता

काठमाडौं । ‘जनता समाजवादी पार्टी’ निर्वाचन आयोगमा दर्ता भएको छ । बिहीबार बिहान ११ बजेर १६ मिनेटमा निर्वाचन आयोगमा ‘जनता समाजवादी पार्टी’ दर्ता भएको हो । दल दर्ता नम्बर १३८८ छ ।

दुवै दलका अध्यक्षसहितका नेताहरु कान्तिपथस्थित आयोगको कार्यालयमा पुगेर पार्टी एकताको औपचारिक जानकारी दिएका छन् ।

जनता पार्टीका नेता राजेन्द्र महतोले आफूहरुले पार्टी एकताको जानकारी निर्वाचन आयोगमा गराएको र एकताको बाँकी प्रक्रिया पछि पूरा गर्ने बताए ।

बुधबार राति समाजवादी र राजपाबीच पार्टी एकता भएको थियो । एकतापछि नयाँ पार्टीको नाम ‘जनता समाजवादी पार्टी’ राखिएको हो ।

झण्डा समाजवादीको र चुनावचिह्न राजपाको प्रयोग गर्ने सहमति भएको छ । नेताहरुको पद बाँडफाँट गरिएको छैन ।

१९४ केन्द्रीय सदस्य र ५८ सांसद सहित पार्टी फोड्ने यस्तो छ प्रचण्डको अन्तिम तयारी !

काठमाडौं ।  नेपाल कम्युनिष्ट पार्टी फुट्ने निश्चित भएको छ ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रिय सदस्य तथा सांसदहरुसँग सहकार्य गरेको उच्च स्रोतले जनाएको छ । नेकपाका अध्यक्ष प्रचण्डले केन्द्रिय सदस्य तथा सांसदहरुसँग सहकार्य गर्न आन्तरीक गृहकार्य थालेसँगै पार्टी फुट्ने पक्कापक्की भएको जानकारहरु बताउँछन् ।

प्रचण्डले १९४ केन्द्रिय सदस्य र ५८ जना सांसदसँग सहकार्य गरिसकेको स्रोतले जनाइएको छ । जसअनुसार नेकपा पार्टी फुट्नु स्वभाविक बनेको छ । यसका साथै प्रदेश १,२,३,४,६,७ का प्रदेश सांसदहरु समेत फुट्ने सम्भावना भएको स्रोतले जनाएको छ ।

गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले संसदीय दल वा केन्द्रीय समितिमा ४० प्रतिशत भए दल फुटाउन सक्ने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउने निर्णय गर्यो । यसअघि संसदीय दल र केन्द्रीय समिति दुवैमा ४० प्रतिशत चाहिने व्यवस्था थियो ।

कोरोना भाइरस कोभिड(१९ को महामारी विरुद्ध लड्नुपर्ने बेलामा अध्यादेश आएकाले अध्यादेश गलत भएको जानकारहरु बताउँछन् ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको काम प्रती नेकपा भित्रकै नेताहरु असन्तुष्ट थिए । जुन बेलाबेलामा सरकारको आलोचना गरिरहेका थिए । प्रधानमन्त्री ओलीले आफु नेतृत्वको सरकार आलोचित भएको हेर्न नसकेर अध्यादेश ल्याएको जानकारहरु बताउँछन् । नेकपा भित्रबाटै भइरकेको आलोचनाको अन्तिम रुप दिन ओलीले अध्यादेश ल्याएको स्रोतले जनाए ।

स्रोतका अनुसार केही समय पछाडी ओली राजिनामा दिने सोच बनाएका छन् । ओलीले राजिनामा दिई पुनः प्रधानमन्त्रीको निर्वाचन गराउने योजनान बनाइसकेका उच्च स्रोतले जानकारी दिए । यस सम्बन्धी ओलीले राष्ट्रपतिसँग समेत कुरा मिलाईसकेको जनाएको छ ।

ओली पुनः प्रधानमन्त्री बने २ वर्षसम्म कसैले पनि हटाउन सक्दैन । संबैधानीक व्यवस्था अनुसार प्रधनमन्त्री बनेको २ वर्ष सम्म अविस्वासको प्रस्ताव ल्याउन सक्दैन । फलस्वरुप २ वर्ष सम्म प्रधानमन्त्रीको पद ओलीको नाममा फिक्स हुनुको साथै एक दलीय शासन चलाउन पाउने पक्कापक्कि हुन्छ । नेपालपाना

राजपा–सपा एकीकरण : मधेस मामिलामा ओलीको असफलता

काठमाडौं । बुधबार राति राजपा र समाजवादी पार्टीबीच एकीकरण घोषणा भएको छ । नयाँ पार्टीको नाम ‘जनता समाजवादी पार्टी’ रहने, झण्डा समाजवादीकै रहने र चुनावचिन्ह राजपाको ९छाता० रहने गरी शरदसिंह भण्डारीको घरमा बुधबार राति पार्टी एकता टुंगो लागेको छ ।

डा। बाबुराम भट्टराई, उपेन्द्र यादव, अशोक राई, महन्थ ठाकुर, राजेन्द्र महतोलगायतका नेताहरुले पार्टी एकीकरण गर्दै गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीको डिजाइनमा रेणु यादवको नेतृत्वमा समाजवादी पार्टी फुटाउने खेल पनि रातारात भइरहेकै थियो । केही सांसदलाई मधेसबाट उठाएर काठमाडौं ल्याइँदै थियो ।

फुटको खेती गर्नेहरुलाई नक्शालको एक होटलमा खानपिनको इन्तिजाम गरेर सरकारी प्रयासमा ‘अध्यादेश कार्यान्वयनको जमर्को’ सत्तापक्षले गरिरहेकै छ । अब निर्वाचन आयोगमा रहेका आफ्ना ‘यस म्यान’ मार्फत अध्यादेशमा टेकेर कुनै समूहलाई दलको मान्यता दिने प्रयास बालुवाटारबाट भयो भने त्यसलाई पनि अनौठो नमान्दा हुन्छ ।

यसअघि पनि राजपा र समाजवादी पार्टीवीच एकीकरणका प्रयासहरु भइ नै रहेका थिए । तर, प्रदेश दुईमा मोर्चाबन्दी गरेर सरकार चलाइरहेका दुईवटा दललाई एक हुन नदिने र प्रदेश २ के सरकार ढाल्ने प्रयास केपी शर्मा ओलीले सुरुदेखि नै गर्दै आएका थिए । तर, ओलीको चाहनाविपरीत प्रदेश २ मा सरकार चलाइरहेका दुई दलवीच औपचारिकरुपमै एकीकरण भएको छ ।

कोरोनाको महामारीविरुद्ध लड्नुपर्ने बेलामा बालुवाटारमा बसेर साना पार्टी फुटाउने षडयन्त्रको ड्राफ्ट गर्नतिर दैनिक १८ घण्टा खटेका प्रधानमन्त्री ओलीले अन्ततः राजपा र सामाजवादी पार्टीलाई एकतावद्ध हुन बाध्य पारिदिएका छन् । अब जनता समाजवादी पार्टी ९जसपा० नेपालको तेस्रो ठूलो राष्ट्रिय दल बन्न पुगेको छ ।

हुन त केपी ओलीको डिजाइनमा समाजवादी र राजपा दुबै दलबाट केही सांसदहरु चोइटिने र अध्यादेश बमोजिम अर्को दल बनाउने कसरत पनि भइरहेकै छ । तर, ओली सरकारले ल्याएको अध्यादेशले नेकपाभित्रै मान्यता पाएको छैन । यो अवस्थामा अध्यादेश कुनै पनि बेला खारेज हुन सक्छ र पार्टी विभाजनको खेलमा लाग्नेहरुले मान्यता नपाउन सक्छन् ।

रेणु यादवको नेतृत्वमा केही सांसदहरु चोइटिए पनि वा उनीहरुलाई केपी ओलीले मन्त्री नै बनाइदिए पनि फुटको राजनीति नेपालमा फस्टाउने गरेको छैन । अध्यादेश ल्याएर पार्टी फुटाएको अभियोग प्रधानमन्त्री ओलीको थाप्लोमा रहिरहने छ ।

मधेसकेन्द्रित विभिन्न ६ वटा दल मिलेर बनेको राजपा र बाबुरामको नयाँ शक्ति अनि उपेन्द्र यादव नेतृत्वको समाजवादी मिलेर बनेका समूहरु एकतावद्ध हुनु भनेको केपी ओलीको मधेस रणनीति असफल हुनु नै हो ।

महामारीविरुद्ध राष्ट्रलाई एकतावद्ध बनाउनुपर्ने बेलामा पार्टी फुटाउने नकारात्मक खेलमा लागेका प्रधानमन्त्री ओलीलाई राजपा र समाजवादी पार्टीले तत्काल एकीकरण गरेर जवाफ दिएका छन् । राजपा समाजवादीले दिएको यो जवाफ तात्कालिक अर्थको मात्र छैन, आगामी चुनावको शक्ति सन्तुलनमा समेत यसले सत्तारुढ नेकपालाई असर गर्ने देखिन्छ ।

मधेस मामिलामा ‘ओली रणनीति’ असफल

केपी ओलीले सरकारमा आएदेखि नै मधेसका राजनीतिक दलहरुबीच फुट र विभाजन ल्याउने प्रयास गर्दै आएका थिए । सुरुमा समाजवादी पार्टीलाई सरकारमा ल्याएर राजपालाई बाहिरै राखे । सरकारमा मन्त्री बनेका इस्तियाक राईलाई उपेन्द्र यादवविरुद्ध प्रयोग गरे ।

अन्ततः समाजावदी पार्टीलाई सरकारबाट बाहिर पठाए । राजपासँग राष्ट्रियसभाको चुनावमा तालमेल गरे । प्रदेश २ र केन्द्र सरकारमा पनि राजपालाई ल्याउने र प्रादेशिक सरकार ढाल्ने प्रयास गरे । तर, ओलीले हालेको ‘घाँस’मा राजपाका नेताहरु बिकेनन् र सरकारमा गएनन् ।

केपी ओली प्रधानमन्त्री बन्दै गर्दा सरकारमा नगएको राजपाले समेत उनलाई नैतिक समर्थन गरेको थियो । बाबुराम–उपेन्द्र नेतृत्वको समाजवादी पार्टीलाई संविधान संशोधन गर्छु भन्दै ओलीले सरकारमा लगेका थिए । उनीहरुकै समर्थनबाट ओलीले दुई तिहाई बहुमतको तागत बटुलेका थिए ।

तर, सरकारमा आएका र नआएका दुवै दलले आफूमाथि गरेको समर्थन प्रधानमन्त्री ओलीलाई पचेन । त्यसको मुख्य कारण नै के थियो भने ती दलहरु फुटाउन उनीबाट सुरुदेखि नै गरिएको चलखेल र षडयन्त्र ।

प्रधानमन्त्री ओली राजनेता हुन चाहन्थे भने उनले साना दलहरुलाई फुटाउने अध्यादेश ल्याउनुको साटो तिमीहरु नफुट, मिलेर राष्ट्र निर्माणको यात्रामा लागौं भन्न सक्नुपथ्र्यो । तर, उनी कालीदासको जस्तो उल्टोतिर बसेर रुखा काट्ने अभियानमा लागे । र, आज उनको मधेसको राजनीतिक शक्तिलाई फुटाउने कलुसित रणनीति छताछुल्ल हुन पुग्यो ।

मधेसकेन्द्रित दलहरुले गर्दै आएको संविधान संशोधनको मागलाई कार्पेटमुनि छोपेर उनीहरुलाई फुटाउने र एकाध सांसदलाई मन्त्री पद दिएर दुईतिहाईको शक्ति आर्जन गर्ने ओलीको सपना शायद अझै मुर्झाइसकेको छैन कि ?अनलाइनखबरबाट

 

 

आज ११ बैशाख २०७७ बिहिवार को राशिफल

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

खर्च बढ्ने समय रहेको हुँदा धेरै रकम जोहो गर्नुपर्ला। सुरुमा खर्च बढ्नुका साथै अर्थअभावले सताउन सक्छ। फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला। अरूको विश्वासमा पर्दा धोका हुन सक्छ। टाढाका साथीभाइसँग सम्पर्क बढ्नाले यात्रा सम्भावना देखिन्छ। दिउँसोदेखि परिस्थिति अनुकूल बन्नाले महत्त्वाकांक्षी काम गर्न सफल भइनेछ। तारिफयोग्य कामले प्रशंसक बढ्नेछन्। ज्ञान, कला र व्यक्तित्व निखार्ने समय छ। सोखले विलासी वस्तुहरूमा खर्च गराउनेछ। उठ्नुपर्ने रकम तत्काल उठाउँदा लाभांशमा घाटा लाग्न सक्छ। आफन्तबाट टाढिनुपरे पनि टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ। नयाँ कुरा पाउन केही वस्तु त्याग्नुपर्नेछ। खर्च लागे पनि समाजसेवा गर्ने अवसर प्राप्त हुनेछ। यात्रा गर्न हतार नगर्नुहोला।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

काम रोकिए पनि उठ्नुपर्ने रकम प्राप्त हुनेछ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। प्रयत्न गर्दा दिगो काम प्रारम्भ हुन सक्छ। स्रोत–साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। तर रकम तत्काल उठाउँदा लाभांशमा घाटा लाग्न सक्छ। दिउँसोदेखि सरसापट र भैपरी आउने कामले रकम बाहिरिन सक्छ। बसाइमा केही स्थानान्तरण हुन सक्छ। खर्चिलो कामका लागि सरसापट लिनुपर्ने हुन सक्छ। उद्योग र व्यापारमा पनि सामान्य फाइदा हुनेछ। विगतका कर्मको उचित प्रतिफल प्राप्त प्राप्त हुनेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ। प्रतिष्ठित काम सम्पादन गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। आफ्नो क्षेत्रमा नाम र दाम कमाउने समय छ। मेहनत गर्दा आयआर्जनका नयाँ स्रोतसमेत फेला पर्नेछन्। तर दिउँसोदेखि खर्चिलो कामले धेरै रकम जुटाउनुपर्ने हुन सक्छ। प्रतीक्षित नतिजा सोचेजस्तो अनुकूल नआउन सक्छ। मिहिनेतको फल अरूलाई सुम्पनुपर्ला। आम्दानी भए पनि रकम सञ्चय नहोला। मिहिनेत गर्दा आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। कीर्तिमानी काम गर्ने समय छ। राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। सामाजिक दायित्व बढ्नेछ। धेरैले आफ्ना कामको तारिफ गर्नेछन्।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

जिम्मेवारी आए पनि उपलब्धिका लागि केही समय लाग्नेछ। पहिलेका कमजोरी बाहिर आउनाले प्रतिष्ठामा समस्या पर्ला। सम्भावना देखिए पनि सोचेको उपलब्धि प्राप्त नहुन सक्छ। आध्यात्मिक चेतनाले धर्मकर्म र सेवामूलक काममा प्रवृत्त गराउनेछ। स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल नपाइएला। दिउँसोदेखि स्थितिमा सुधार आउनाले फाइदा हुनेछ। सानो प्रयत्नले कीर्तिमानी कामको यश लिने सौभाग्य प्राप्त हुनेछ। अस्वस्थताले काममा जुट्न नसकिएला। सहयोगको आशा देखाउनेहरूबाट धोका हुन सक्छ। आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन्। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

अस्वस्थ शरीर लिएर काममा जुट्नुपर्ने अवस्था आउन सक्छ। स्वास्थ्य कमजोर रहनाले चिताएको काम पूरा गर्न नसकिएला। न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति देखिन्छ। चुनौतीभित्र अवसर खोज्ने समय छ। प्रयत्न गर्दा जटिल काममा समेत सकारात्मक संकेत प्राप्त हुनेछ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। समयको मागअनुसार चल्न नसक्दा पछि परिनेछ। सामाजिक कामको जिम्मेवारी प्राप्त हुनेछ। लगानीमा जोखिम बढ्ने समय छ। गोपनीयता बाहिरिन सक्छ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। नतिजा सच्याउन काम दोहोर्याउनुपर्ला। श्रम परे पनि मिहिनेतको उचित मूल्य प्राप्त नहोला।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

परिस्थिति प्रतिकूल रहे पनि मनोरञ्जनको समय छ। रमाइलो यात्रा र मनोरञ्जनको आनन्द लिने समय छ। अतिथिका रूपमा सत्कार पाइनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। कामको चापबाट फुर्सद पाइनेछ। व्यवसायले मनग्गे आम्दानी दिलाउनेछ। विभिन्न भौतिक वस्तुहरू जुटाउन सकिनेछ। दिउँसोदेखि अस्वस्थ शरीर लिएर काममा जुट्नुपर्ने अवस्था आउन सक्छ। बाध्यात्मक परिस्थितिले इच्छाशक्ति कुण्ठित हुनेछ। प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। व्यवसायको सन्दर्भमा यात्रा हुन सक्छ। काममा साथीभाइबाट सहयोग मिल्नेछ। स्वास्थ्य भने अलि कमजोर रहला।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

काम बन्नुका साथै भौतिक साधन जुट्नाले दिन उत्साहजनक रहनेछ। रोकिएका काम बन्नाले नयाँ योजनातर्फ अग्रसर भइनेछ। भौतिक साधन जुट्नाले दिगो काम सुरु गर्न सकिनेछ। अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। दिउँसोदेखि रमाइलो जमघटमा सहभागी भइनेछ। अतिथिका रूपमा सम्मान प्राप्त हुनेछ। लोकाचारले फजुल खर्च गराए पनि मिहिनेतले लक्ष्यमा पुग्न सफल भइनेछ। लगनशीलताले नयाँ काम गर्ने अवसर दिलाउनेछ। बुद्धिको उपयोगले अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। शत्रुभाव राख्नेहरू स्वयं कमजोर हुनेछन्। पछिका लागि लगानी गर्ने अवसर प्राप्त हुनेछ। लामो यात्राको प्रक्रिया अघि बढ्नेछ। मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

छिटो फल प्राप्त गर्ने आकांक्षाले समस्या निम्त्याउनेछ। प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। स्वास्थ्यका कारण अध्ययनमा ध्यान केन्द्रित नहुन सक्छ। अरूका लागि बुद्धि खर्चनुपर्ला। समयको गतिलाई पछ्याउन नसक्दा पछि परिनेछ। दिउँसोदेखि स्थितिमा सुधार आउनाले नयाँ कामतर्फ अग्रसर भइनेछ। आम्दानीका स्रोत बढ्नेछन्। प्रतिस्पर्धामा विजयी भइनेछ। बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ। अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला। समयतालिका नमिल्दा योजना अधुरै रहनेछ। हल्लाको पछि लाग्दा व्यर्थैमा दु:ख पाइनेछ। आफ्ना कामबाट अरूले फाइदा उठाउने चेष्टा गर्लान्। स्वास्थ्य-चिन्ताले सताउन सक्छ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

अनावश्यक हल्लाको पछि लाग्दा दु:ख पाइनेछ। हतारमा निर्णय लिँदा काम बिग्रन सक्छ। तत्कालको फाइदा हेर्दा पछिलाई समस्या पर्नेछ। बेसुरमा बोल्ने बानीले पनि दु:ख पाइनेछ। आफन्त र परिवारजनलाई धेरै समय दिनुपर्ने हुन सक्छ। साझेदारसँग असमझदारी देखिने हुँदा सजग रहनुहोला। हडबडीले समस्या निम्त्याउन सक्छ। आश्वासन दिनेहरूले प्रतिबद्धता पूरा नगर्न सक्छन्। हल्लाको विश्वास गर्दा धोका पाइनेछ। प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ला। बेसुरमा दिइएको वचनले पनि समस्या निम्त्याउनेछ। साइनो गाँस्नेहरूको भरपर्दा लक्ष्य प्राप्ति नहुन सक्छ। समयमा सजग नबन्दा शुभचिन्तकहरू समेत टाढिनेछन्।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

सहयोगीहरूले राम्रो साथ दिनाले चिताएका काम सम्पादन हुनेछन्। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। कर्मयोगले नयाँ मोड लिनेछ भने मिहिनेतले नाम, दाम र इनाम आर्जन गर्न सकिनेछ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। प्रतिस्पर्धीहरू पछि पर्नेछन्। दिउँसोदेखि साथीभाइसँग सन्तुलित व्यवहार गर्नुपर्ला। बेसुरमा काम गर्दा दु:ख पाइनेछ। पुरानो गतिले पनि काम बिग्रन सक्छ। उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ। गरिएका कर्मबाट छोटो समयमै उचित प्रतिफल प्राप्त हुनेछ। विशेष उपहार हातलागी होला। कृषिमा कामको चाप र चौपायामा केही समस्या देखिए पनि धन आर्जन प्रशस्तै हुनेछ। शत्रु र प्रतिस्पर्धीलाई पछि पार्न सफल भइनेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द

समयमा आफ्नो हक दाबी गर्न नसक्दा कम मात्र लाभांश प्राप्त हुनेछ। समयमा वचन पुर्याउन नसक्ता अरूले आलोचना गर्न सक्छन्। बेसुरमा बोल्ने बानीले वादविवाद निम्त्याउन सक्छ। परिस्थितिको बन्धनले पनि स्वतन्त्रतामा बाधा पुर्याउला। दिउँसोदेखि स्थितिमा सुधार आउनाले नयाँ मार्गतर्फ अग्रसर भइनेछ। व्यापार बढ्नाले लाभ हुनेछ। कामको लगावले मनग्गे धन आर्जन हुनेछ। विभिन्न भौतिक साधन संग्रह गर्ने अवसर प्राप्त हुनेछ। आत्तिने बानीले बोलीको गलत अर्थ लाग्न सक्छ। हातमा आएको रकम अरूका लागि खर्चनुपर्नेछ। अरूको मुख ताक्ने बानीले आफ्नो काम अधुरो रहनेछ। शुभचिन्तकहरूको भावना बुझेर अघि बढ्नुहोला। धेरै मिहिनेतले मात्र चिताएको काम बन्नेछ। बोलीको प्रभाव कमजोर रहनेछ। (

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

केही अवसर जुट्नेछ तर आलस्य गर्ने बानीले काम अधुरो रहन सक्छ। सुन्दर पहिरनका साथ व्यक्तित्व निखार्ने अवसर जुट्नेछ। नयाँ कामको प्रस्ताव प्राप्त हुनेछ भने सहयोगीहरूले साथ दिनेछन्। कमजोरी सुधार गर्दै फाइदा उठाउने समय छ। बिछोडिएका आफन्तजनसँग भेटघाटको अवसर जुट्नेछ। अवसर प्राप्त भए पनि भूलवश काममा बाधा होला। दिउँसोदेखि आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ। काममा पनि पछि परिनेछ। पछिका लागि जग बसाउने समय छ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीले साथ दिनेछन्। बिछोडिएका आफन्तसँग भेटघाट होला।

समाजवादी र राजपाको पार्टी एकता

काठमाडौं । समाजवादी र राष्ट्रिय जनता पार्टीबीच पार्टी एकताको सहमति भएको छ । नयाँ पार्टीको नाम ‘जनता समाजवादी पार्टी’ रहने छ भने झण्डा समाजवादीको आयातकार आकारमा रातो र हरियो रंगको बीचमा तारा हुनेछ । चुनाव चिन्ह राजपाले प्रयोग गर्दै आएको छाता हुनेछ ।

राजपा अध्यक्ष मण्डलका संयोजक शरदसिंह भण्डारीको निवासमा बुधबार साँझ भएको वार्तामा भएको सहमतिमा दुवै पार्टीका चार–चार जना नेताले हस्ताक्षर गरेका छन् ।

पार्टी एकता समानताको आधारमा हुने सहमतिपत्रमा उल्लेख छ ।

सरकारले सोमबार मात्र पार्टी फुटाउन सहज बनाउने गरी अध्यादेश ल्याएको थियो र समाजवादी पार्टीको एउटा समूह अलग गराउन चाहेको थियो । त्यसलाई रोक्ने प्रयाससँगै दुई दलले एकता वार्तालाई टुंगोमा पुर्‍याएका हुन् ।

स्रोतका अनुसार नेतृत्वको विषय टुंगिएको छैन । तर दुवै पार्टीका नेताहरुले यसमा समस्या नहुने बताएका छन् ।

अहिले समाजवादीमा संघीय परिषदको अध्यक्ष डा। बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव छन् भने राजपामा ६ जना अध्यक्ष मण्डलका सदस्य छन् ।

पार्टी एकताको सहमती पत्रमा समाजवादीबाट डा। बाबुराम भट्टराई, उपेन्द्र यादव, अशोक राई र राजेन्द्र श्रेष्ठले तथा राजपाको तर्फबाट महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव र शरदसिंह भण्डारीले हस्ताक्षर गरेका छन् ।

हेर्नुस् पार्टी एकताको सहमती पत्र

 

बराहक्षेत्रमा आफ्नै पालिकाको तरकारी खरिद विक्रि गर्ने

सुनसरी ।  सुनसरीको बराहक्षेत्र नगरपालिका कृषि शाखाले नगर भरिका कृषकहरुले उत्पादन गरेको तरकारी बिक्री वितरण गर्ने भएको छ । नियम विपरित र बजारमा भिड भाड बड्न थालेको भन्ने गुनासो आएपछि बराहक्षेत्र नगरपालिका वडा न. ६ स्थित साझाँ भवनको प्रङ्गनमा बिक्री वितरण गर्ने भएको हो ।

देश लकडाउनमा गएको एक महिना बितिसक्दाँ नेपालमा संक्रमीतको संख्या बढ्दै गएकोले त्यसलाइ रोकने थप लकडाउनको विकल्प पनि नरहेको बताउदै उपभेक्तालाई सहज रूपमा शाखाले आफैले विक्री वितरण गर्न लागेको कृषि शाखाका कर्मचारी निरबहादुर दिपशाली राइले बताउनुभयो ।

उहाँले नगर प्रमुख निलम खनाल आर्थिक विकास समितिको संयोजक एवम बराहक्षेत्र नगरपालिका वडा न.८ का वडा अध्यक्ष फणिन्द्र प्रसाद भट्टराई लगायतले वडा न. ८ र ९ का कृषकहरूको खेत बारीमै गई उत्पादनको अनुगमन तथा निरिक्षण समेत गरेको बताउनुभयो ।

नगर भरी उत्पादन भएका तरकारीहरूमात्र बिक्री गरीने उक्त स्थानमा प्रत्येक दिनहरु ६ वजे देखि ९ वजे सम्म र वेलुका ४ वजे देखि ७ वजे सम्म उपभेक्ताले खरीद गर्न पाउने छन् । उता इनरुवा नगरपालिकामा विहान ३ घण्टाकालागि बजार पसल खोल्ने निर्णय इनरुवाको हकमा लागु नहुने भएको छ । सुनसरी प्रशासनले आजबाट जिल्लाभर विहानको ७ देखी १० बजेसम्म अत्यावश्यक सेवाका पसलहरु संचालन गर्न दिने बताएको थियो ।

सोही अनुरुप उद्योग वाणिज्य संघ इनरुवाले आज विहानको ३ घण्टा बजार पसल खोलेको थियो । आज बजार खुलेपनि भोलिबाट भने नगरभित्र औषधी बाहेकका पसल संचालन नहुने भएका छन् ।

इनरुवा नरपालिकाको कार्यालयले वर्तमान अवस्थामा जोखिम मोल्नु उचित नहुने निष्कर्श निकालेको छ । नगरपालिकामा बसेको कार्यपालिका बैठकले तत्कालिन अवस्थामा बजार पसल खोल्ने निर्णय व्यवहारिक नभएको ठहर समेत गरेको छ ।

सरोकारवाला पक्ष सहितलाई आमन्त्रित गरी डाकिएको बैठकमा पसल सञ्चालनको सवालमा सहमति जुट्न नसकेपछि नगर भित्रका बजार नखोलिने भएका हु्न् । बैठकमा नगरपालिकासँग समन्वय गरी आवश्यकता परेको खण्डमा समय निर्धारण गरी बजार खोलाउने विषयमा छलफल भएपनि सहमति भने जुट्न सकेन् ।

नगर प्रमुख राजन मेहताले लक डाउनलाई कडाईका साथ लागु गर्नु पर्ने अवस्थामा बजार पसल खोल्नु सम्भावित जोखिमलाई वेवास्ता गरी विपत्तीलार्ई निमत्याउनु सरह हुने धारणा राखे ।

उनले भारतीय सीमावर्ती क्षेत्रसँग जोडिएको नगरपालिका त्यसैपनि सम्वेदनशील क्षेत्रका रुपमा रहेको बताए । छिमेकी जिल्ला उदयपुरमा कोरोना भाइरस संक्रमितको संख्या बढ्दो अवस्थामा रहँदा समग्र सुनसरीनै जोखिममा रहेको तर्फ सचेत हुन आवश्यक रहेको बेला बजार पसल खोल्ने सवालमा आफ्नो सहमति नरहेको मेहताले स्पष्ट पारे ।

नगर प्रमुख मेहताले प्रशासन र उद्योग वाणिज्य संघले स्थानीय तहसँग समन्वय नगरी लादेको निर्णय प्रति खेद प्रकट समेत गरेका छन् । उनले नगरवासीलाई असुविधा परे नगरपालिकाले आवश्यक सहयोग उपलब्ध गराउने बताउँदै नगरवासीलाई घरमै बसी लक डाउनको पालना गर्न आग्रह समेत गरेका छन् ।

उता अघिल्लो दिन सूचना जारी गर्दै विहान ३ घण्टा बजार पसल खोल्ने निर्णय सार्वजनिक गरेको उद्योग वाणिज्य संघले नगरपालिकासँगको छलफल पछि भने भोलिबाट औषधी बाहेकका अन्य कुनै पसल सञ्चालनमा नआउने जनाएको छ ।
प्रशासनको आग्रहमा बजार पसल खोलिएकोमा स्थानीय सरकारका रुपमा रहेको नगरपालिकाले परिस्थिती हेरी आवश्यक निर्णय गर्ने बताए अनुरुप अर्को निर्णय नभएसम्म बजार पसल बन्द रहने उद्योेग वाणिज्य संघ इनरुवाका अध्यक्ष बिरेन्द्र साहले जानकारी दिए ।

साहका अनुसार नगरपालिकाले आवश्यक ठानेको अवस्थामा मात्रै आपसी समन्वय गरी बजार पसल खोलिने बताए ।
यता जिल्ला प्रहरी कार्यालय सुनसरीले लक डाउनलाई थप कडाई गर्ने भएको छ । नगरपालिकाको कार्यालयले समेत लक डाउन कडाई गर्न गरेको आग्रह र उदयपुरमा संक्रमितको संख्या बढ्दो क्रममा रहेकाले समेत सुनसरीमा कडाई गर्न जरुरी देखिएको सुनसरी प्रहरीले जनाएको छ ।

राहत वितरणमा पहुचबालालाई प्राथमिकता , विपन्न गरिबलाई बाईवाई

इनरुवा ।  सुनसरी सदरमुकाम इनरुवाका जनप्रतिनिधिहरुले लकडाउन पीडित ज्यालादारी मजदुरी गरि खानेहरु, सुकुम्बासी, गरिब तथा विपन्न परिवारलाई राहत नदिई हुनेखाने र धनी व्यक्तिहरुलाई मात्र राहत वितरण गरेको गुनासो बाहिर आएको छ ।

इनरुवाको प्रायः सबै वडामा राहत पाउनुपर्नेलाई नदिएको र नपाउनुपर्नेलाई राहत दिएको भन्दै स्थानीयवासीले गुनासो गरेका छन् ।

इनरुवा ४ र ८ नम्बर वडा सहित केही वडामा स्थानीयबाबसी, जनप्रतिनिधि बीचमा विवाद भएको सामाचार हालै बाहिर आएको छ । स्थानीयबासीले धनी तथा हुनेखानेलाई राहत दिन खोजेको र अरुलाई जानकारी समेत नदिएको भन्दै वडामा राहत दिन पुगेका जनप्रतिनिधिबीच विवाद भएको हो ।

इनरुवा ४ मा पार्टीगत र जातीगत रुपमा बाडेको , केही परिवारमा श्रीमानश्रीमती समेतलाई दिएको र वास्तवीक रुपमा छाक टार्न समस्या रहेको परिवारलाई उपेक्षा गरेको भन्दै विरोध भएको छ ।

इनरुवा ८ डुम्राहामा समेत वैशाख १ गते मेहता तथा दलित बस्तिमा राहत वितरणमा पक्षपाती गरेको भन्दै आक्रमणको प्रयास भएको थियो । डुम्राहा गणेशपुरमा जनप्रतिनिधिले राहत वितरणमा अनियमितता गरेको भन्दै तिनीहरुलाई लखेटेका थिए ।

वडा अध्यक्ष रविन्द्र मण्डलले आफ्नो आसेपासे , पार्टी कार्यकर्ता तथा नातागोताका व्यक्ति र स्थानियहरुबिच विभेदपूर्ण तरिकाले जनप्रतिनिधिले राहत वितरण गरेको भन्दै स्थानीयले अवरोध गरेपछि तनाव भएको थियो । तनाव सहित हातपात समेत भएको र जनप्रतिनिधि तथा स्थानीयको बीचमा हात हालाहाल सहति विवाद भएको थियो ।

डुम्राहामा गरिब तथा विपन्न परिवारलाई छाडेर धनी व्यक्ति , घरजग्गा तथा पक्की घर भएका परिवारहरुलाई समेत राहत उपलब्ध गराएको भन्दै राहत लिएर आएको ट्याक्टरलाई समेत स्थानीयहरुले आक्रोशित भएर घेरेको थिए । राहतको लागि भएको विवादमा स्थानियवासीहरुले जनप्रतिनिधिलाई दुरव्यवहार समेत गरेका थिए ।

स्थानीय विजय मेहताले जनप्रतिनिधि तथा जितेको राजनीतिक दलले आफ्ना आसेपासेलाई मात्र राहत वितरण गरेको आरोप लगाउनुभयो । मेहताले विघौविघा जग्गा रहेका व्यक्तिलाई राहत दिएको तर आफुनो छिमेकी मुसहर , सुकुम्बासी र दलितहरुलाई राहतबाट बञ्चित गरेको बिषयमा सोधी खोजी गर्दा वडा अध्यक्ष मण्डल आक्रमणको प्रयास गरेकाले स्थानीयले प्रतिकार गर्दा झडप भएको सुनाउनुभयो । ‘राहत गरीब विपन्न परिवारको लागि हो कि धनी व्यक्तिको लागि ?

यो जनप्रतिनिधिको विभेद हो’ आक्रोशित हुँदै मेहताले भन्नुभयो ।
त्यस्तै स्थानीय रामचन्द्र मेहताले वडा अध्यक्ष मण्डलले अन्याय गरेको र त्यस विषयमा बोल्दा उल्टै प्रहरी लगाएर आफूहरु माथि कुटपिट गरेको सुनाउनुभयो । मेहताका अनुसार जनप्रतिनिधिले आफ्नो पहिचानको तथा धनीव्यक्तिहरुलाई मात्र राहत वितरण गरेपछि आफुहरुले अवरोध गरेको बताउनुभयो ।

राहत वितरणमा विवाद भएपछि नेपाल प्रहरी नै घटना स्थलमा पुगेर तनावलाई साम्य पारेका थिए । वडा अध्यक्ष मण्डलले भने आफूले राम्रो काम गरेपनि विपक्षीहरुले सुनियोजित रुपमा विथोल्ने प्रयास गरेको प्रतिकृया दिनुभयो ।
यता इनरुवा ९ बबियाका वडा अध्यक्ष बसिरमुद्धिन मंसुरीले समेत राहत वितरणमा वडाबासी माथि अन्यायपूर्ण व्यवहार गरेको स्थानीयवासीले गुनासो गरेका छन् ।

एक महिनादेखी लकडाउनका कारणले पीडितहरु, ज्यालादारी मजदुरी गर्नेहरु, सुकुम्बासी, गरिब , दलित तथा विपन्न परिवारको जनजिवन प्रभावित भएको बेला वडा अध्यक्ष मंसुरीले आफूखुसी गरेको गुनासो बाहिर आएको छ । साविक बबिया २ का पीएल मेहताले वडा अध्यक्ष मंसुरीले आफ्नो पार्टीका नेता कार्यकर्ता र जातीकालाई मात्रै राहत दिएकाले सकुम्बासीहरु र विपन्नहरु भोकभोकै बस्न बाध्य भएको गुनासो गर्नुभयो । मेहताले वडाका वास्तविकहरुलाई राहत नदिई हुनेखाने र धनी व्यक्ति तथा पार्टी र आफ्नो जातीहरुलाई मात्र राहत वितरण गरेको गुनासो गर्नुभयो ।

वडाले सुरुमा माक्स र साबुन वितरण गरेको सुनियो तर आफ्नो गाउँका कोही पनि नपाएको सुनाउनुहुदै मेहताले राहतमा ठूलो चलखेल भएको बताउनुभयो । बोल्न नसक्नेहरुलाई जनता समेत नठानी आफ्नो पार्टीका वडा, नगर र जिल्ला तहका नेताहरुलाई राहत वितरण समेत मेहताले दावी गर्नुभयो । मेहताका अनुसार केही विपक्षीहरुलाई समेत आफ्नो विरोधमा नाबोलोस भनेर केही माक्स र साबुन तथा केही पोका राहत दिएको छ ।

वडा अध्यक्ष मंसुरीले राहत वितरण निर्देशिका र मापण्ड विपरित बास्तविक पीडित ज्यालादारी मजदुरहरु, सुकुम्बासी, गरिब तथा विपन्न परिवारलाई राहत नदिई वडाका हुनेखाने र धनी व्यक्तिहरुलाई राहत वितरण गरेको इनरुवा ९ साहु टोलका विनोद साहले गुनासो गर्नुभयो ।

साहले आफ्नो टोलको दुई जना काग्रेंसका नेतालाई माक्स दिएको र उनीहरु आफ्नो परिवारमा बाडेको समेत दावी गर्नुभयो । इनरुवा ९ बबिया ४ का नुनुलाल यादवले समेत यादव टोलमा कोहीकसैलाई माक्स , साबुन र स्यानिटाईजर नदिएको र राहत समेत घरजग्गा भएकाहरुलाई दिएको गुनासो गर्नुभयो ।

शर्मा टोलका दिनेश शर्माले समेत राहतमा पक्षपात, पार्टी र जाती हेरेर मात्रै दिएको दावी गर्नुभयो । एका तिर राहत धनीहरु र पार्टी तथा जातीलाई बाडेको आरोप बाहिर आएको छ भने अर्को तिर राहत पाएकाहरुले कम तौलको राहत पाएको र कुहिएको दाल पाएको प्रतिकृया दिएका छन् । एक जना राहत लिने परिवारले भने सरकारले ल्याएको राहत सबैले लिनुपर्छ भनेर एक विघा जग्गा भएर पनि लिएको प्रतिकृया दिएका छन् ।

इनरुवा नगरपालिकाले कार्यापालिकाको बैठकबाट विपन्न, सुकम्बासी, ज्यालादारी मजदुर तथा गरिब समुदायका प्रति परिवारलाई २० केजि चामल, दुई केजी दाल, दुई लिटर तेल, दुई केजी नुन, दुई देखी तीन थान साबुन दिने निर्णय गरेको थियो । त्यसलाई लत्याउदै प्रतिपरिवार १० देखी १५ केजी मात्रै चामल वितरण गरेको र भरपाई सबै थोक बुझेकोमा गराएको इनरुवा ९ बबियाका मुस्लिम टोलका पीडितहरुले बताएका छन् ।

वडा अध्यक्ष मंसुरीले भने सर्वदलिय समयन्त्रबाट राहत वितरण गरेको र कसैलाई पनि काखापाखा नगरिएको प्रतिकृया दिनुभयो । उहाँले राहत नपाउनेले विरोध गरेको हुन सक्ने टिप्पणी समेत गर्नुभयो । स्थानीयहरुले भने राहत पाउनेहरुको लिस्ट नेकपाका जिल्ला नेताहरुले तयार गरेकाले सोही अनुसार राहत उपलब्ध गराउने वडाले निर्णय गरेपछि वितरण गरिएको दावी गरेका छन् ।

भारतबाट हिँड्दै आएका ८ जना प्रहरी नियन्त्रणमा

इनरुवा । भारतको अररिया जिल्लाबाट हिँड्दै आएका सुनसरीका ८ जनालाई सीमा प्रहरी चौकीले बर्जु गाउपालिकाको अमडुवा सिमा क्षेत्रबाट सोमबार राती नियन्त्रणमा लिएको छ । दुहवी नगरपालिका वडा नं. १२ वडामा घर रहेका ८ जना लामो समय देखि भारतको अररीया क्षेत्रमा लकडाउनका कारण आफन्तकोमा बस्दै आएको थियो ।

उनीहरु लामो समय भएपछि घर डिड्दै आईरहेको बेला प्रहरीले नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिएका ८ जना मध्ये ६ जना महिला र २ पुरुष रहेको सुनसरीका प्रहरी उपरीक्षक यज्ञविनोद पोख्रेलले बताउनुभयो ।
नियन्त्रणमा लिएका ८ जना दुहवी नगरपालिकामा रहेको क्वारेन्टाइनमा राखिएको र उनीहरुको स्वाव संकलन गरि परीक्षणका लागि विराटनगर स्थित रहेको अस्थायी कोरोना अस्पताल लगिएको दुहवी नगरपालिकाका स्वास्थ्य शाखाका सह–संयोजक उचितनारायण शाहले बताउनुभयो ।