कोरोना भाइरसको जोखिम निम्ताउदैै दुहवी बजार संचालन – Nagarikabhiyan : National News

कोरोना भाइरसको जोखिम निम्ताउदैै दुहवी बजार संचालन

दुहवी । सुनसरीको दुहवीमा विहान ७ बजे देखि १० बजे सम्म ३ घण्टाका लागि बजार पसल खोल्ने निर्णयको हेलचक्राई देखिएकोे छ । सुनसरी प्रशासनले जिल्लाभर १० गते देखि विहान ७ देखी १० बजेसम्म अत्यावश्यक सेवाका पसलहरु संचालन गर्न दिने निर्देशन दिएकोमा दुहवीमा विहानको ३ घण्टा बजार पसल खोलीरहेका छन् ।

बजार खुलेपछि नगरभित्र संचालनमा रहेका खाद्यान्नका पसलमा सोसल डिस्टेन्स ख्याल नगरी विक्र वितरणमा हेलचक्राई देखिएको हो । पसल खोल्न सोको व्यवस्था मिलाउन स्थानीय निकाय र उद्योग वाणिज्य संघलाई समन्वयकारी भूमिका निर्वाह गर्न सुनसरी प्रशासनले निर्देशन दिए पनि दुहवी उद्योग वाणिज्य संघले आवश्यकताका आधारमा सर्ट लिष्ट जारी नगरी तोकिएका पसल मात्रै नखोली विभिन्न पसलहरु खोलेको पाएको छ ।

सुनसरी प्रसासनले जारी गरेको निर्देशन अनुसार पसल खोल्ने भन्ने अन्तिम निर्णय भने सम्वन्धित क्षेत्रको उद्योग वाणिज्य संघमा निहित हुने बताए पनि सुरक्षामा ध्यान नदिई सोसियल डिस्टेन्स कायम नगरी दुहवीका अधिकांस पसलहरुमा हुलकाहुल मानिसहरु भेला भई अत्यावश्यक सामाग्रीहरु खरिद गरीरहेको पाएको छ ।

सबैभन्दा बढी दुहवी बजार क्षेत्रमा विरेन्द्र किराना, अन्नपूर्णा किराना पसलमा सोसियल डिस्टेन्स को पालना नभएको देखियो । दुहवी उद्योग वाणिज्य संघका अध्यक्ष सुनिल साह संग बुझ्दा निजले वर्तमान अवस्थामा जोखिम मोल्नु उचित नहुने निष्कर्श निकाल्दै तत्कालिन सोसियल डिस्टेन्स कायम नगरी पसलहरुले संचालन गरीरहेको देखिएकोले गर्दा व्यवसायीहरुलाई नियम पालना गर्न निर्देशन दिइसकेको, पालना नभए भोलीदेखि बजार पूर्णरुपमा बन्द गराउने अध्यक्ष साहले बताए ।

यता इलाका प्रहरी दुहवीसंग बुझ्दा सोसियल डिस्टेन्स कडाईका साथ लागु गर्नु पर्ने अवस्थामा बजार पसल खोल्नु सम्भावित जोखिमलाई वेवास्ता गरी विपत्तीलार्ई निमत्याउनु सरह हुने धारणा राखे साथै सोसियल डिस्टेन्स कायम नगरी पसलहरु संचालनमा देखिएको यस विषयमा उद्योग वाणिज्य संघ, दुहवी नगरपालिकालाई जानकारी गराएको कार्यान्वयन नभए प्रहरी प्रसासन पालना गराउन बाध्य हुने प्रहरी निरिक्षक प्रविन कार्कीले बताए ।

यसैगरी इनरुवा नगरपालिकामा यस्तै अवस्था आएपछि हिजो मात्र इनरुवा न.पा र उद्योग वाणिज्य संघ इनरुवाले जोखिममा रहेको र सचेत हुन आवश्यक रहेको बेला बजार पसल नखोल्ने निर्णय गरेको थियो । छिमेकी जिल्ला उदयपुरमा कोरोना भाइरस संक्रमितको संख्या बढ्दो अवस्थामा रहँदा समग्र सुनसरीनै जोखिममा रहेको र सचेत हुन आवश्यक रहेको बेला बजार पसल खोल्ने सवालमा दुइवटै निकायले निकर्ष निकाली पसल नखोल्ने निर्णय गरेको थियो ।