कोशी २ पश्चिम कुशाहामा राहत वितरणमा विभेद, उराँव समुदाय भोकभोकै – Nagarikabhiyan : National News

कोशी २ पश्चिम कुशाहामा राहत वितरणमा विभेद, उराँव समुदाय भोकभोकै

इनरुवा ।  सुनसरीको कोशी गाउँपालिका २ पश्चिम कुशाहामा राहत वितरणमा विभेद भएको छ । वडा अध्यक्ष हिरालाल यादवले साविक पश्चिम कुशाहा ७ मा उराँव बस्तीमा राहत वितरणमा विभेद गरेको हो ।

यादवले उराँव टोलको पुर्नीदेवी उराँव, रन्जुदेवी , सन्जुदेवी, फुलोदेवी, श्यामवती, रामबती, नुनु , शंकर, मिठु, श्याम, श्रवण , रुपा उराँव सहितका २५ परिवारले आफूहरुलाई राहत वितरणमा विभेद गरेको गुनासो बाहिर आएको छ ।

गाउँमा हुनेखाने र आफ्नो पार्टी तथा जातीका मानिसलाई राहत दिएपनि उराँव बस्तीमा राहत वितरणमा विभेद गरेको पीडित मध्ये बेचन उराँँवले गुनासो गर्नुभएको छ ।