१३ बैशाख २०७७, शनिबार ०८:०९ – Page 6 – Nagarikabhiyan : National News

भारतमा लकडाउन खुकुलो

काठमाडौं । भारतले कोरोना भाइरस ९कोभिड–१९० महामारीका कारण लगाइएको लकडाउन खुकुलो गर्ने भएको छ ।

भारतीय गृह मन्त्रालयद्वारा शुक्रबार साँझ जारी सूचनामा आवश्यक सुरक्षाका उपाय अपनाएर पसलहरू खोल्न सकिने भनिएको छ ।

तर पसलमा ५० प्रतिशत भन्दा बढी कामदार राख्न पाइने छैन । कामदारहरूले मास्कको अनिवार्य प्रयोग र दुरी कायम गर्नुपर्नेछ ।

मदिरा पसलहरू सञ्चालनको अनुमती भने दिइएको छैन । अत्याधिक संक्रमित रहेका र जोखिम क्षेत्र भने पसल खोल्न पाइने छैन ।

डिजास्टर म्यानेज कानून अनुसार राज्यले यो सूचना पालना नगर्न पनि सक्ने समेत भनिएको छ ।

केन्द्र सरकारले गुजरात, तेलंगाना र तमिलनाडुको चार जिल्लालाई उच्च निगरानीमा राखेको बीबीसीले जनाएको छ ।

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार त्यहाँ कुल संक्रमित संख्या २४ हजार ५०५ पुगेको छ । जसमध्ये ७७५ जनाको ज्यान गएको छ ।

उच्चस्तरीय समितिमा लकडाउनको समीक्षा हुँदै

काठमाडौं । एक महिनादेखि जारी लकडाउनको स्वरुप कस्तो बनाउने भन्ने विषयमा छलफल गर्न कोरोना भाइरस ९कोभिड–१९० संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठक अहिले बसिरहेको छ ।

सिंहदरबारमा जारी बैठकमा लकडाउनको अहिलेसम्मको परिस्थिति र बिभिन्न स्थानको संक्रमणको अवस्थाबारे विश्लेषण हुनेछ । समग्र अवस्थाको विश्लेषण गरेर प्रधानमन्त्रीलाई भेट्ने र लकडाउनको स्वरुपबारे निर्णय लिइने उच्चस्तरीय समितिका संयोजक ईश्वर पोखरेलले जानकारी दिए । ‘अहिलेसम्मको समीक्षा गरेर प्रधानमन्त्रीलाई भेट्छौं अनि मात्रै लकडाउनको मोडालिटीबारे सरकारले टुंगो लगाउँछ,’ उपप्रधान तथा रक्षामन्त्रीसमेत रहेका पोखरेलले भने । उनले अहिलेसम्म लकडाउन खुकुलो बनाउने सरकारको नीति नभएको बताए ।

कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले गत चैत ११ गतेदेखि नेपालमा लकडाउनलाई जारी राखेको छ । पछिल्लो पटक थपिएको लकडाउनको अवधि वैशाख १५ गतेसम्म छ ।

लकडाउन लम्बिँदै जाँदा दैनिक श्रम गरेर गुजारा गर्नेहरु समस्यामा परेको भन्दै अब जोखिम क्षेत्र पहिचान गरी लकडाउनलाई कतै खुकुलो र कतै कडा बनाउनु पर्ने आवाज उठ्दै आएको छ ।

नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमण पुष्टि भएका व्यक्तिहरुको संख्या ४९ पुगेको छ भने ११ जना निको भएर घर फर्किसकेका छन् । अनलाइनखबरबाट

 

उदयपुरमा २० स्वास्थ्यकर्मीसहित १०५ जनाको रिपोर्ट नेगेटिभ

काठमाडौं । उदयपुरमा २० स्वास्थ्यकर्मीसहित १०५ जनाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । चौदण्डीगढी नगरपालिका ५ सिबाईका ५८, त्रियुगा नगरपालिका १ मोथियाईका २७ र २० स्वास्थ्यकर्मीको रिपोर्ट नेगेटिभ आएको हो ।

प्रदेश जनस्वास्थ्यको टोलीले बिहीबार सिबाई र मोथियाईवासीको स्वाब संकलन गरेको थियो । शुक्रबार उनीहरुको स्वाब विराटनगरस्थित कोशी अस्पतालमा पीसीआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

उदयपुरको नुरी मस्जिद र भुल्केमा ठूलो संख्यामा कोरोना संक्रमित फेला परेपछि जिल्लामा नाकाबन्दी गरिएको छ । संक्रमितहरुमध्ये अधिकांश भारतीय नागरिक छन् ।

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता डा। विकास देवकोटाले प्रदेश १ को प्रादेशिक प्रयोगशाला र प्रादेशिक स्वास्थ्य कार्यालयको संयुक्त सहयोगमा चौदण्डीगढी, त्रियुगालगायतका बिभिन्न ठाउँहरुबाट थ्रोट स्वाब नमूना संकलन गरी परीक्षणका लागि कोशी अस्पताल विराटनगरमा पठाइएको जानकारी दिएका थिए ।

देवकोटाका अनुसार खासगरी जमाती टोली भुल्के र मस्जिदमा आउनु अगाडि मस्जिद वरपर बसेका परिवारहरुबाट ती नमूना संकलन गरिएको थियो । मन्त्रालयका अनुसार उदयपुरमा थप परीक्षण गर्ने योजनाअनुसार नमूना संकलन भइरहेको छ । अनलाइनखबरबाट

 

प्रदेश १ मा कोरोना परीक्षण दर बढाइयो

विराटनगर । कोरोना संक्रमित भेटिन थालेपछि प्रदेश १ मा परीक्षणको दर बढाइएको छ । द्रुत परीक्षण विधि ९आरडीटी० र पीसीआर दुवै विधिबाट परीक्षणको दायरा बढाइएको हो ।

सामाजिक विकासमन्त्री जीवन घिमिरेले कोरोनाको उच्च संक्रमण देखिएको ठाउँ पहिचान गरी त्यस क्षेत्रमा आशंका गरिएका मानिसमा कोरोना परीक्षण गर्ने कामलाई तीव्रता दिइएको जानकारी दिए । ‘कोरोना संक्रमण देखिए पनि लक्षण नदेखिँदा पहिचानमा कठिनाइ भइरहेको छ,’ मन्त्री घिमिरेले भने, ‘अहिले सम्भावित जोखिमबाट बचाउन ट्रेसिङ र टेस्टिङको दायरा फराकिलो बनाएका छौं ।’

मन्त्री घिमिरेका अनुसार शुक्रबारसम्म कुल पाँच हजार ६६ जनाको कोरोना परीक्षण गर्ने काम सम्पन्न भएको छ । जम्मा पीसीआर विधिबाट ९ सय ६ जनाको नमुना संकलन भई परीक्षणमा पठाइएको छ । २ सय ४३ महिला र ६ सय ६३ पुरुष छन् । उनीहरुमध्ये ८७ महिला र ४ सय ९६ पुरुषको रिपोर्ट नेगेटिभ आएको छ । प्रदेश १ मा २९ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

आरडीटीबाट यो अवधिमा जम्मा ४ हजार १ सय ६० जनाको नमुना परीक्षण गरिएको छ । परीक्षण गरिएकामा ६ सय ७६ महिला र ३ हजार ८ सय ८४ जना पुरुष छन् ।

यता, प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइन स्थलमा बस्नेको संख्या कूल १ हजार १ सय ६३ जना पुगेको छ । ४३ जना डिस्चार्ज भएका छन् । आइसोलेसनमा स्वास्थ्यकर्मीको निगरानीमा ३० जना छन् । होम क्वारेन्टाइनमा जम्मा ५ हजार ३ सय ८७ जना बसिरहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको कोरोना सूचना डेस्कले जनाएको छ । होम क्वारेन्टाइनमा बस्नेमा महिला ९ सय ३ र पुरुष ४ हजार ४ सय ८४ जना रहेका छन् ।

दैनिक परीक्षण क्षमता ११२

प्रदेश १ मा पीसीआरबाट सबैभन्दा बढी दैनिक १ सय १२ जनाको स्वाब परीक्षण गर्न सकिनेछ । बिराटनगरको कोशी अस्पताल र धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तयार गरिएका ल्याबबाट दैनिक १ सय १२ जनाको स्वाब परीक्षण गर्ने व्यवस्था मिलाइएको छ ।

सामाजिक विकास मन्त्री घिमिरेका अनुसार कोशी अस्पतालको ल्याबबाट दैनिक १ सय र प्रतिष्ठानको ल्याबबाट दैनिक १२ जनाको स्वाब परीक्षण गर्न सकिन्छ । उनका अनुसार यो मुलुककै सबैभन्दा बढी कोरोना परीक्षण गर्ने प्रदेश समेत हो ।

धरानमा भएको ल्यावको क्षमता बढाएर त्यसलाई पनि केही दिन भित्रै १२ वटाबाट १ सय क्षमताको बनाउने तयारी भइरहेको छ । धरानको ल्याब पूर्ण क्षमतामा सञ्चालनमा आए प्रदेशमा दैनिक २ सय स्वाब परीक्षण गर्न सकिनेछ ।

प्रतिष्ठानमा छुटै कोरोना विषेश अस्पतालको तयारी

प्रदेश एकमा कोरोना संक्रमित हुनेको दर उच्च भएपछि तत्काल थप १ सय बेडको कोरोना विषेश अस्पताल बनाउने काम शुरु भएको छ । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको पुनःस्थापना केन्द्रलाई विषेश कोराना अस्पताल बनाउने तयारीका साथ काम अघि बढाइएको हो । प्रतिष्ठानको कोरोना विषेश अस्पताल एक साताभित्र सञ्चालनमा ल्याउने तयारी छ ।

प्रतिष्ठानलाई कोरोना विशेष अस्पताल बनाउने गृहकार्य अन्तरगत पहिलो चरणमा एक सय बेड सहितको आइसोलेसन निर्माण थालिएको छ ।

कोरोना विषेश अस्पताल जटिल अप्रेसन थिटर र आईसीयूको सुविधा हुनेछ । अस्पताल सञ्चालनमा आएपछि कोरोनाका जस्तासुकै बिरामीको उपचारमा समस्या नहुने प्रतिष्ठानका उपकुलपति डा। ज्ञानेन्द्र गिरी बताउँछन् ।

प्रदेश एकमा कोरोना संक्रमितको आशंका गरिएकाको स्वाब परीक्षणको काम अहिले प्रतिष्ठानको ल्याबबाट हुँदै आएको छ । प्रतिष्ठानको ल्याबबाट हालसम्म २ सय २६ जनाको स्वाब परीक्षण भएको छ । स्वाब परिक्षण गरिएकामध्ये नौ जनाको कोरोना पोजेटिभ रिपोर्ट आएको उपनिर्देशक डा। विकास शाहले जानकारी दिए ।

वीपी प्रतिष्ठान एक नम्बर प्रदेशकै टर्सरी सेन्टर पनि हो । यहाँ गम्भीर तथा घातक रोगका बिरामी पनि उपचारका लागि आउने गर्दछन् ।

यता प्रदेश एक सरकारले तयार पारेको बिराटनगरस्थित कोशी अस्पतालमा कोबिड–१९ अस्पताल सञ्चालनमा छ । ५० शय्याको सो अस्पतालमा अहिले २९ जना संक्रमितको उपचार भइरहेको छ । अनलाइनखबरबाट

 

भारतमा कोरोना संक्रमितको संख्या २४ हजार नाघ्यो

काठमाडौं । भारतमा कोरोना भाइरस ९कोभिड(१९० बाट संक्रमित हुनेको संख्या २४ हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार अहिलेसम्म भारतमा कोरोनाबाट संक्रमित हुनेको संख्या २४ हजार ५०३ पुगेको छ । भारतमा भेटिएका संक्रमितमध्ये १११ जना विदेशी छन् ।

भारतमा अहिलेसम्म सबैभन्दा धेरै संक्रमित महाराष्ट्रमा देखिएको छ । महाराष्ट्रमा ६ हजार ८१७ जनामा यो भाइरसको संक्रमण देखिएको छ । त्यस्तै गुजरातमा दुई हजार ८१५ जनामा संक्रमण पुष्टि भएको छ भने दिल्लीमा दुई हजार ५१४ पुगेको छ ।

उत्तर प्रदेशमा अहिलेसम्म एक हजार ६२१ जनामा भाइरसको संक्रमण पुष्टि भएको छ । बिहारमा पनि २२३ जनामा भाइरसको संक्रमण भेटिएको छ ।

अहिलेसम्म भारतमा ७७५ जनाको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ । मृत्यु हुनेमध्ये सबैभन्दा धेरै महाराष्ट्रमा अहिलेसम्म ३०१ जनाको मृत्यु भइसकेको छ ।

त्यस्तै गुजरातमा १२७ जनाको मृत्यु भइसकेको छ भने मध्य प्रदेशमा मृत्यु हुनेको संख्या ९२ पुगेको छ । उत्तर प्रदेशमा अहिलेसम्म २५ जनाको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ भने बिहारमा दुईजनाको मृत्यु भएको छ ।

भारतमा अहिलेसम्म पाँच हजार ६३ संक्रमित निको भएर घर फर्किसकेका छन् ।

सिमाक्षेत्रमा खटिएको सशस्त्र प्रहरीमाथी कसले हान्छ बोतल र ढुङ्गा ?

 विराटनगर /  सिमाक्षेत्रमा खटिएको सशस्त्र प्रहरीलाई अनेकौ चुनौती आइलागेको छ । कोरोनाको कहर संगै उत्पन्न परिस्थिति संगै सिमा सुरक्षामा खटिएको प्रहरी माथी बोतल र ढुङ्गा बर्सिन थालेको छ । नेपाल ,भारत सिमा क्षेत्र बिराटनगरको दरैयाबस्ती दशगजामा यसखाले समस्या उत्पन्न भएको त्यहाँ स्थित हाम्रा संबाददाता पवन साहले जानकारी दिएका छन् ।

प्रहरीलाई उदृत गर्दै उनले भने रातको समयमा सुरक्षाकर्मीमाथी भारत तर्फबाट गुलेली र खाली बोतल प्रहार गर्ने गरेको पाइएको छ । यस्ता घटना हुन थालेपछी प्रहरी समेत सचेत बनेको छ ,भने शुरक्षा कडाइ बढाएको छ । तश्करीमा सम्लग्नहरुले यस्तो काम गरेको प्रहरीले अनुमान गरेको छ । लागु औषधको किनबेच हुने र तश्करीको मुख्य नाका भएकाले यस स्थानमा तश्करहरु सलबलाएका छन् ।

भारतको टिकुलियाबस्ती वारी नेपालको खुला सिमाना रहेको दरैया बस्ती देखि मोरङ ,सुनसरीको सिमाना केशलिया खोला सम्मको क्षेत्रमा सशस्त्र प्रहरी बलले शुरक्षा निगरानी बढाएको छ । यस स्थानवाट सशस्त्र प्रहरीले दुर्विनवाट समेत निगरानी गरिरहेको छ । सशस्त्र प्रहरीले हाईट पोष्ट समेत बनाएको छ । हाईट पोष्टबाट दुर्बिनको सहायताले सिमावर्ति क्षेत्रमा निगरानी गर्न सजिलो भएको र आपराधिक गतिविधि नियमन भइरहेको सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्टका प्रमुख स.प्र.नि. हरि शाहीले जानकारी दिए । विराट पोष्टबाट

चितवनका युवक कोरोनामुक्त, डिस्चार्जको तयारी

चितवन । कोरोना संक्रमित चितवनको राप्ती नगरपालिका( ८ का २७ वर्यीय युवक कोरोना भाइरस मुक्त भएका छन् । कोरोना परीक्षणको दोस्रो रिपोर्ट पनि नेगेटिभ आएपछि उनलाई डिस्चार्ज गर्ने तयारी गरिएको छ ।

भरतपुर अस्पतालको क्याबिनमा राखेर उपचार गराइरहेका उनको शुक्रबार गरिएको दोस्रो पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएकाले शनिबार डिस्चार्ज गरिने अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए । ‘मेडिकल टिम बसेर निर्णय गर्छ, सम्भवत डिस्चार्ज गर्छौं, अहिलेसम्म कोरोनाको लक्षण पनि छैन, युवक स्वस्थ छन्,’ सूचना अधिकारी पौडेलले भने । ती युवकको बिहीबार गरिएको पहिलो परीक्षण रिपोर्ट पनि नेगेटिभ आएको थियो ।

उनकी ६३ वर्षीया आमाको भने रिपोर्ट पोजेटिभ नै आएको छ । त्यसैले उनलाई अझै अस्पतालमा नै राखिने सूचना अधिकारी पौडेलले बताए ।

गत चैत ५ गते बेलायतबाट नेपाल फर्किएका आमा(छोराको र्‍यापिड टेष्टका क्रममा कोराना पोजेटिभ देखिएको थियो । भरतपुर र काठमाडौंको टेकुमा गरिएको पीसीआर परीक्षणमा समेत पोजेटिभ आएपछि उनीहरुलाई भरतपुर अस्पतालमा उपचारका लागि राखिएको थियो ।

नेपालमा हालसम्म ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये ११ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् । स्वास्थय लाभ भएर घर फर्किने ११ बिरामी बागलुङकी १९ वर्षीय अंशु सापकोटा हुन् । अनलाइनखबरबाट

 

झापामा ६२ वर्षीय बृद्धमा देखियो कोरोना संक्रमण

काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को एक संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार झापाका ६२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

‘प्रधानमन्त्रीमाथि गम्भीर नैतिक प्रश्न उठ्यो’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश फिर्ता लिने निर्णय गरेपछि अब नेकपाभित्रको संकट टरेको अनुमान गरिएको छ । तर, दोस्रो तहका नेताहरुले भने अब यो विषय यत्तिमै टुंगिँदैन भन्दै प्रधानमन्त्री ओलीको नैतिकतामाथि नै प्रश्न उठाएका छन् ।

सरकारले पार्टी फुटाउने अध्यादेश जारी गरेलगत्तै स्थायी कमिटीको बैठक बोलाउन २० जना स्थायी कमिटीका सदस्यले अध्यक्षद्वयलाई हस्ताक्षर बुझाएका थिए । उनीहरुले तत्काल बैठक बोलाउनुपर्ने माग यथावतै रहेको बताएका छन् ।

प्रधानमन्त्री ओलीले शुक्रबार मन्त्रिपरिषदको बैठक राखेर दुबै अध्यादेश फिर्ता लिने निर्णय गरिसकेका छन् । राष्ट्रपतिबाट दुवै अध्यादेश खारेज भइसकेका छन् ।

तर, प्रधानमन्त्रीले अध्यादेश फिर्ता लिएर मात्रै नपुग्ने भन्दै नेकपाका नेताहरुले उनको नैतिकतामाथि प्रश्न उठाएका छन् ।

स्थायी कमिटीको बैठकको माग गर्दै हस्ताक्षर बुझाउने २० मध्येका एक सदस्य जनार्दन शर्माले अनलाइनखबरसँग भने, ‘अब प्रधामन्त्रीका अगाडि एउटा नैतिक प्रश्न खडा भएको छ । उहाँले नेपाली जनतालाई कसरी जवाफ दिनुहुन्छ रु गम्भीर नैतिक प्रश्न खडा भएको छ ।’

अब तत्काल नेकपाको स्थायी कमिटीको बैठक बोलाउनुपर्ने शर्माले बताए । तत्कालीन एमाले र माओवादीवीच पार्टी एकता गराउन अहम भूमिका खेलेका पूर्वमन्त्री शर्माले प्रधानमन्त्रीमाथि मात्रै नभई नेकपामाथि नै प्रश्न उठेको बताए ।

प्रधानमन्त्रीले विवादास्पद अध्यादेश फिर्ता लिइसकेपछि अब यो काण्डको ‘च्याप्टर क्लोज’ भयो कि बाँकी छ ?

पार्टीका नेताहरु, नागरिक समाज र प्रतिपक्ष सबैले यो असान्दर्भिक विषय र असान्दर्भिक समयमा आएको अध्यादेशको विरोध गरेपछि प्रधानमन्त्रीले आफ्नो ईच्छा विपरीत हुँदाहुँदै पनि फिर्ता लिनुभो । त्यसका लागि उहाँले बुद्धि पुयाउनुभएकोमा धन्यवाद भन्नुपर्छ ।

अहिले कोरोनाको संकट देशमा आइरहेका बेलामा यसलाई व्यवस्थापन गर्ने विषयबाट ध्यान राजनीतिक क्षेत्रमा मोडियो र ठूलो सरगर्मीको अवस्था सिर्जना भयो । पार्टी फुट्ने फुटाउने लगायतका तमाम क्रियाकलाप र अभ्यासहरु पनि यो बीचमा भए । सांसदहरुलाई केन्द्रित गर्ने, फुटाउने, होटलमा राख्ने लगायतका धेरै समाचारहरु पनि आएका छन् । यसमा विभिन्न व्यक्तिहरु पनि सहभागी भएको प्रधानमन्त्रीको निर्देशनमा भन्ने कुराहरु पनि आएका छन् ।

यो सबै परिस्थितिले के देखाउँछ भने अब प्रधामन्त्रीका अगाडि एउटा नैतिक प्रश्न खडा भएको छ । उहाँले नेपाली जनतालाई कसरी जवाफ दिनुहुन्छ रु गम्भीर नैतिक प्रश्न खडा भएको छ ।

कम्युनिस्ट पार्टीको सरकार हुनुको नाताले पार्टीसँग सरसल्लाह नै नगरी निर्णयहरु गर्ने कुरा आन्तरिकरुपमा पनि पार्टीको मूल्य मान्यताभन्दा बाहिरबाट भएको छ भने बाह्यरुपमा जनताको बीचमा एउटा नैतिक प्रश्न खडा भएको छ । यसको उचित जवाफ सम्मानीय प्रधानमन्त्रीजीले दिनुपर्छ ।

अध्यादेशमा त उहाँले एउटा भुल सुधार त गर्नु भो, यसमा उहाँलाई धन्यावाद छ । तर, यो वीचमा भएका विविध गतिविधि र यो अध्यादेशसमेतका बारेमा एउटा नैतिक प्रश्न खडा भएकाले यसको जवाफ प्रधानमन्त्रीले दिनुपर्छ ।

नेकपाका सांसदहरु र पूर्वआइजीपीसमेत अर्काको पार्टीका सांसदहरु बोक्न हिँडेको घटनाचाहिँ कस्तो हो रु नेकपाका ती सांसदबारे तपाई के भन्नुहुन्छ ?

यो सिरियस घटना हो । विभिन्न मिडियामार्फत विषयहरु आइराखेका छन् । हामीले यो सबैको अध्ययन गरिराखेको अवस्था पनि छ । निर्देशन गर्ने व्यक्तिले निर्देशन गरेपछि सिपाहीले त चल्ने कुरा भयो नै । तैपनि आफ्नो विवेकले सोच्न सक्नुपथ्र्यो, उहाँहरुले सोच्न सक्नुभएन । खुरुखुरु आदेशको पालना गर्नुभो । र, आदेशै किन दिइयो त्यस्तो रु र, यो परिस्थिति किन ल्याइयो भन्ने प्रश्न नै मुख्य हो । समग्रमा आम जनमानसमा उठेका नैतिकतासम्बन्धी प्रश्नहरुको जवाफ चाहिन्छ । यसको जवाफ प्रधानमन्त्रीले दिनुपर्‍यो ।

र, पार्टीले पनि दिनुपर्‍यो । नेकपाले पनि यसको जवाफ दिनुपर्छ अब । प्रधानमन्त्रीमाथि उठेको प्रश्न भनेको नेकपाप्रति पनि उठेको हो । दुईजना सांसदहरु माथि उठेको प्रश्न पनि नेकपामाथि उठेको प्रश्न हो । त्यसकारण यसको जवाफ पार्टीले पनि दिनुपर्छ र प्रधानमन्त्रीले पनि दिनुपर्छ ।

प्रधानमन्त्रीले दिने नैतिक जवाफ कस्तो हुनुपर्ने रु अध्यादेश फिर्ता लिइसक्नुभयो, अब विज्ञप्ति निकालेर जवाफ दिँदा पुग्छ कि राजीनामै दिनुपर्ने हो ?

हामीले पार्टीको बैठकको माग गरेका छौं । बैठकमा यी विषयमा समग्रमा छलफल हुन्छ । बैठक अब छिटो भन्दा छिटो बस्नुपर्छ । विधि, प्रक्रिया र प्राविधिक कुराहरु मिलाएर बस्नुपर्छ । बस्ने ठाउँ छैन भने भिडियो कलबाट पनि मिटिङ हुन्छ । अनेक विधिहरु छन्, तर मिटिङ चाहिँ हुनुपर्छ । समग्र कुराको जवाफ पार्टीको निर्णयमार्फत दिनुपर्ने र गल्ती गरेका व्यक्तिहरुले पनि जवाफ दिनका लागि र पार्टीले त्यही अनुसारको निर्णय गर्नुपर्ने भएको हुनाले पार्टीको बैठक आवश्यक छ ।

उसोभए, अध्यादेश फिर्ता लिएर मात्रै पुग्दैन ?

यो परिस्थिति पैदा हुनुका पछाडिको कारण प्रधानमन्त्रीको कार्यशैली हो । निरन्तरको घटनाक्रममा के देखिएको छ भने उहाँले कसैको कुरा नसुन्ने, आफैंले एकलौटी निर्णयहरु गर्ने, निर्णयहरु गलत गर्ने र समयमै दिइएका सुझावहरुलाई पूर्वाग्रहका रुपमा हेर्ने । सुझाव दिने व्यक्तिहरुमाथि पूर्वाग्रही व्यवहार गर्ने । अन्ततोगत्वा सबै बिग्रिसकेपछि, भत्किइसकेपछि सच्याउने ।

जस्तो–मजदुरहरुको केसमा पनि हामीले सुरुमै सुझावहरु दिएका थियौं, उहाँले सुन्नुभएन । अन्ततोगत्वा अहिले त मानिसहरु पठाउनुपर्‍यो ।

यसरी हरेक घटनामा उहाँ बिगार्नुहुन्छ र पछि सच्याएको जस्तो गर्नुहुन्छ । त्यतिबेला समय बितिसकेको हुन्छ । देश र पार्टी बदनाम हुने, जनताले दुःख पाउने । यस्तै भइराखेको छ । अनलाइनखबरवाट

लकडाउनमा १० वटा वलात्कारको घटना

इनरुवा । देशभर लकडाउन जारी रहेको बेला सुनसरीमा अपराध र अधिकारको हननको घटना हुने क्रम रोकिएको छैन । जिल्लामा लकडाउनको एक महिनाको अवधिमा भएका मानव अधिकार उल्लंघन १७ वटा र ज्यादतीकाका ५ वटा घटना भएको छ ।

लकडाउनको एक महिनामा गैर राज्यबाट बलात्कार १० वटा, बलात्कार प्रयास १ वटा , बहुविवाह २, अपहरण तथा शरिर बन्धक १, आत्महत्या ८ , घरेलु हिंसा ७ वटा घटना भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

त्यसैगरी अदालतमा यही अवधिमा विभिन्न घटनाका ४८ वटा अभियोग पत्र दर्ता भएको सुनसरी जिल्ला अदालतका श्रेस्तेदार नरेन्द्र केसरी पोखरेलले जानकारी दिनुभयो ।

एता अधिकारकर्मीहरुले गरेको अनुगमनको क्रममा जिल्लामा राज्य पक्ष नेपाल प्रहरीबाट दुध बेच्ने माथि लाठी चार्ज( वर्जु) स्वास्थ्यकर्मी माथि कुटपिट (धरान) सर्वसधारण माथि कुटपिट (इनरुवा ८ र ९) हाट आएकाहरुलाई कुटपिट (कोशी) र सशस्त्र प्रहरीबाट राहत माग्न गएका माथि (हरीनगर) रहेको जनाएको छ ।

प्रशासनलाई पिपिई र थर्मल गन प्रदान

इनरुवा ।  जिल्ला प्रशासन कार्यालय सुनसरीलाई कोरोना भाईरस प्रतिकार्य सञ्चालनका लागि अत्यावयक स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । वल्र्ड भिजन फिल्ड कार्यालय विराटनगरले सदरमुकाम इनरुवामा विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी राजेश पौडेललाई कोरोना भाईरस प्रतिकार्य सञ्चालनका लागि अत्यावयक स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।

शुक्रबार कोरोना भाईरस प्रतिकार्य सञ्चालनका लागि अत्यावयक स्वास्थ्य सामग्री पीपीई ३० थान, ४ वटा आईआर थर्मोमिटर, स्यानिटाईजर, माक्स हस्तान्तरण गरेको वल्र्ड भिजनका फिल्ड व्यवस्थापक विनय अमात्यले जानकारी दिनुभयो । संस्थाले सबै सामग्री गरी छ लाख १५ हजार ९६ रुपियाँ बराबरको रहेको अमात्यले बताउनुभयो ।

कोरोना भाईरस प्रतिकार्य सञ्चालनका लागि अत्यावयक स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा सुनसरीका प्रहरी उपरीक्षक यज्ञ विनोद पोखरेल, सेभ अर्थ सुनसरीका अध्यक्ष पुष्प भट्टराई सहितको उपस्थिती रहेको थियो ।

दुवै अध्यादेश राष्ट्रपतिद्वारा खारेज

काठमाडौं ।  सरकारले ल्याएका दुवै अध्यादेश औपचारिक रुपमा खारेज भएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार अध्यादेश खारेज गरेकी हुन् ।

सरकारले यही वैशाख ८ गते राजनीति दल र संवैधानिक परिषद् सम्बन्धी दुई अध्यादेश ल्याएको थियो ।

पार्टी र जनस्तरबाट सरकारको आलोचना भएपछि शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेश फिर्ता लिने निर्णय गरेको थियो । मन्त्रिपरिषदको सिफारिस अनुसार ती अध्यादेश खारेज गरिएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

चिनीको आपूर्ति व्यवस्था कस्तो छ ?

काठमाडौं । नेपालीको भान्सामा अत्यावश्यक वस्तुमध्ये चिनी एक हो । छिनछिनमा चियाको चुस्किदेखि मिठाईका परिकारसम्म अनिवार्य चिनीमा मुलुक आत्मनिर्भर भने छैन । नोवल कोरोना भाइरसका कारण लकडाउन लम्बी रहँदा चिनी उत्पादन, आपूर्ति, मौज्दात, बजार मूल्य लगायतका बिषय महत्वपूर्ण बनेको छ ।

गत वर्ष सामान्य अवस्थामा चिनीको दैनिक खपत २० हजार मेट्रिक टन र चाडपर्वका बेला ३० हजार मेट्रिक टन रहेको उद्योग मन्त्रालयको अनुमान छ ।

त्यसमध्ये ४० प्रतिशत घरायसी प्रयोग र ६० प्रतिशत व्यवसायिक प्रयोजनमा खपत भएको अनुमान छ । अहिले लकडाउनबाट व्यवसायिक प्रतिष्ठानहरु ठप्प हुँदा चिनी खपत शून्यमा झरेको नेपाल चिनी उत्पादक संघका अध्यक्ष शशिकान्त अग्रवाल बताउँछन् ।

उनका अनुसार, नेपालमा एक सिजनमा चिनीको माग दुईलाख ३० हजार मेट्रिक टन छ । यसमध्ये एकलाख २० हजार मेट्रिक टन स्वदेशमै उत्पादन हुन्छ ।

चिनीको मौज्दात कति छ ?

यो वर्ष नेपालमा १२ वटा मात्र चिनी मिल सञ्चालन भयो । उखुको क्रसिङ सकिनासाथ लकडाउन सुरु भएकाकारण कति चिनी उत्पादन भयो भन्ने विवरण चाही आई नसकेको उत्पादक संघका अध्यक्ष अग्रवालले बताए ।

कम्तीमा तीन महिना स्वदेशी उत्पादनले नेपाली बजारको माग धान्ने उनको अनुमान छ । उनले भने, ‘उत्पादनको यकिन हिसाब आई नसके पनि मलाई लाग्छ, असारसम्म चिनीको अभाव हुन्न ।’

चिनी मिलहरुसंग ५० हजार टन जति चिनी मौज्दात रहेको उत्पादक संघका महासचिव राजकुमार अग्रवालको अनुमान छ । निश्चित कोटामा चिनी आयात गर्ने सरकारी कम्पनी साल्ट ट्रेडिङसँग भने ६५ सय टन चिनी मौज्दात छ ।

ट्रेडिङकी प्रमुख कार्यकारी अधिकृत उर्मीला श्रेष्ठका अनुसार यो वर्ष खरिद गरेको १० हजार टनमध्ये तीन हजार पाँच सय टन चिनी बिक्री भइसकेको छ ।

मूल्यमा मनपरी

साल्ट ट्रेडिङले प्रतिकिलो ७३ रुपैयाँमा चिनी बिक्री गरिरहेको छ । नेपालमा उत्पादीत चिनीको फ्याक्ट्री मूल्य प्रतिकिलो ६५ रुपैयाँ हो ।

त्यसमा भ्याट र ढुवानी भाडा जोडिदा मूल्य प्रतिकिलो रु।७५ हाराहारी पुग्ने उत्पादक संघका अध्यक्ष अग्रवाल बताउँछन् ।

उपभोक्ता अधिकारकर्मीहरुका अनुसार बजारमा चिनीको प्रतिकिलो उपभोक्ता मूल्य ९० रुपैयाँसम्म लिने गरिएको छ ।

सरकारले राम्ररी बजार अनुगमन नगर्दा चिनिमा उपभोक्ता ठगिएको अधिकारकर्मी ज्योती बानीयाँ बताउँछन् ।

थोक बिक्रेताले ढुवानी भाडा बढेको भन्दै चिनीको मूल्य बढाएको नेपाल खुद्रा व्यापार संघका अध्यक्ष राजकुमार श्रेष्ठ बताउँछन् । उनका अनुसार अहिले चिनीको खुद्रा मूल्य ८५ रुपैयाँ पुगेको छ ।

स(साना किराना पसलले त्यसमा पाँच रुपैयाँसम्म बढाएर चिनी बिक्री गरिरहेको हुन सक्ने उनले बताए । अनलाइनखबरबाट

 

 

सरकारको विश्लेषण : तीन लाख श्रमिक स्वेदश फर्किन सक्छन्

काठमाडौं । सरकारले कोरोना भाइरस ९कोभिड–१९०का कारण श्रम गन्तव्य मुलुकहरुमा रहेका करिब तीन लाख श्रमिक स्वदेश फर्किनसक्ने विश्लेषण गरेको छ ।

साउदी अरब, मलेसिया, यूएई, कतार, कुवेत, बहराइन, ओमान लगायतका मुलुकमा ठूलो संख्यामा नेपाली श्रमिक छन् । त्यहाँ १५ लाख बढी नेपाली कार्यरत छन् । र, अवैध रुपमा बसेर काम गरिरहेका नेपालीको संख्या पनि ठूलो छ ।

शुक्रबार मन्त्रिपरिषद्को बैठकमा तत्काल तीन लाख श्रमिक नेपाल फर्किने अवस्थामा पुगेको रिपोर्टिङ भएको छ ।

साउदी अरबले भारतीय श्रमिकहरुलाई फिर्ता पठाउन फारम गराएको थियो । त्यसमा नेपालीहरुले पनि फारम भनेका छन् ।

यस्तै कतिपय मुलुकमा नेपालीहरु कामविहीन भएका छन् । यसका साथै लामो समयदेखि अवैधानिक रुपमा बसेका काम गरिरहेकाहरु पनि अहिले समस्यामा परेका छन् ।

‘प्रधानमन्त्रीले कतार, साइप्रस, बहराइन लगायतका मुलुकका आफ्ना समकक्षीहरुसँग कुराकानी गर्नु भएको छ,’ एक मन्त्रीले भने, ‘अहिलेलाई त्यहीँ राख्ने र कोरोनाको महामारी सकिएपछि आवश्यक निर्णय गर्ने कुराकानी भएको छ ।’

सबैभन्दा बढी अवैधानिक रुपमा काम गरिरहेकाहरु अहिले समस्यामा परेको बताइएको छ । सरकारले पनि अब उनीहरुलाई सम्बन्धित देशको रजिस्ट्रेसन प्रक्रियामा समावेश हुन जोड दिनेछ । र, उनीहरु स्वदेश फर्किने सम्भावना बढी छ । अनलाइनखबरबाट

 

 

दुवै अध्यादेश फिर्ता लिने सरकारको निर्णय

काठमाडौं । चौतर्फी विरोध भएपछि सरकारले विवादास्पद दुई अध्यादेश फिर्ता लिने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले राजनीतिक दल र संवैधानिक परिषद्स‍म्बन्धी अध्यादेश फिर्ता लिने निर्णय गरेको हो ।

सरकारको सिफारिसअनुसार अब राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश खारेज गर्ने व्यवस्था छ ।

सरकारले वैशाख ८ गते राजनीतिक दलसम्बन्धी र संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेको थियो । दुवै अध्यादेश सोही दिन राष्ट्रपतिबाट प्रमाणित भएर राजपत्रमा प्रकाशित गरिएको थियो ।

राजनीतिक दलसम्बन्धी अध्यादेशमा पार्टी फुटाउन केन्द्रीय समिति वा संसदीय दलमा ४० प्रतिशत भए पुग्ने र संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमा प्रतिपक्षी दलको नेताविना परिषद्को बैठक बसेर निर्णय गर्न सक्ने व्यवस्था गरिएको छ ।

तर, पार्टी फुटाउने उद्देश्यले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएर सरकारले अस्थिरता निम्त्याउन खोजेको भन्दै सरकार विवादमा पर्‍यो ।

पार्टीभित्रै विरोध भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले यो आफ्ना पार्टीका लागि नभई अरू पार्टीका लागि ल्याएको स्पष्टीकरण दिए । समाजवादी पार्टी फुटाउने प्रयास पनि भयो तर त्यसको काउन्टरमा समाजवादी र राजपाले पार्टी एकताको सहमति गरे ।

सत्तारुढ नेकपामा भने विवाद चर्कियो । स्थायी कमिटीमा २० सदस्यले हस्ताक्षर गरेर तत्काल बैठक बोलाउन माग गर्दै अध्यक्षद्वयलाई पत्र लेखे ।

कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपालले बिहीबार प्रधानमन्त्री ओलीलाई भेटेर सम्भावित दुर्घटना टार्न अध्यादेश फिर्ता लिन आग्रह गरे । जवाफमा प्रधानमन्त्री ओलीले कानुनी परामर्श गरेर फिर्ता लिन तयार रहेको बताएका थिए ।

साँझसम्म पनि अध्यादेश फिर्ता नभएपछि नेकपा सचिवालयका बहुमत सदस्यको भैँसेपाटीमा बैठक बसेर अध्यादेश फिर्ता लिन दबाब दिएको थियो ।

भोजपुरमा पनि भेटिए कोरोना संक्रमित

विराटनगर । भोजपुरमा पनि कोराना भाइरस ९कोभिड–१९० का एक संक्रमित भेटिएका छन् । हथुवागढीका २६ वर्षीय पुरुषमा कोरोना संक्रमण भेटिएको प्रदेश १ सरकार स्रोतले बताएको छ ।

उनको थ्रोट स्बावको परीक्षण बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको थियो । संक्रमित व्यक्ति विदेशबाट आएको भनिए पनि थप विवरण आइसकेको छैन ।

यससँगै कोरोना संक्रमितको संख्या ४८ पुगेको छ । उनीहरुमध्ये १० जना उपचार गरेर घर फर्किसकेका छन् ।

बिहीबारमात्र स्वास्थ्य मन्त्रालयले उदयपुरकी ५५ वर्षीया महिला र जनकपुरका १४ वर्षीय किशोरमा संक्रमण देखिएको जानकारी दिएको थियो ।