प्रशासनलाई पिपिई र थर्मल गन प्रदान – Nagarikabhiyan : National News

प्रशासनलाई पिपिई र थर्मल गन प्रदान

इनरुवा ।  जिल्ला प्रशासन कार्यालय सुनसरीलाई कोरोना भाईरस प्रतिकार्य सञ्चालनका लागि अत्यावयक स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । वल्र्ड भिजन फिल्ड कार्यालय विराटनगरले सदरमुकाम इनरुवामा विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी राजेश पौडेललाई कोरोना भाईरस प्रतिकार्य सञ्चालनका लागि अत्यावयक स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।

शुक्रबार कोरोना भाईरस प्रतिकार्य सञ्चालनका लागि अत्यावयक स्वास्थ्य सामग्री पीपीई ३० थान, ४ वटा आईआर थर्मोमिटर, स्यानिटाईजर, माक्स हस्तान्तरण गरेको वल्र्ड भिजनका फिल्ड व्यवस्थापक विनय अमात्यले जानकारी दिनुभयो । संस्थाले सबै सामग्री गरी छ लाख १५ हजार ९६ रुपियाँ बराबरको रहेको अमात्यले बताउनुभयो ।

कोरोना भाईरस प्रतिकार्य सञ्चालनका लागि अत्यावयक स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा सुनसरीका प्रहरी उपरीक्षक यज्ञ विनोद पोखरेल, सेभ अर्थ सुनसरीका अध्यक्ष पुष्प भट्टराई सहितको उपस्थिती रहेको थियो ।