१४ बैशाख २०७७, आईतवार ०९:३२ – Page 5 – Nagarikabhiyan : National News

प्रधानमन्त्रीको ध्यान : कोरोना भगाउने कि कुर्सी जोगाउने ?

काठमाडौं । अध्यादेश प्रकरण र समाजवादी पार्टी फोर्ने असफल षड्यन्त्रबाट ‘ब्याक’ भएका प्रधानमन्त्री केपी शर्मा ओली अहिले माधवकुमार नेपाल र वामदेव गौतमजस्ता शीर्षनेताहरुसँग सघन छलफलमा जुटेका छन् । यो छलफल कोरोना महामारीबाट देशलाई कसरी जोगाउने भन्ने चिन्तामा केन्द्रित नभई आफ्नो कुर्सी कसरी जोगाउने भन्ने चिन्ताबाट बढी निर्देशित देखिन्छ ।

बेमौसममा अर्काको पार्टी फुटाउनका लागि प्रधानमन्त्रीकै निर्देशनमा सांसदको ‘अपहरण’ गरिएपछि ओली सरकार राष्ट्रिय बेइज्यतीको शिकार बनेको छ । समाजवादी पार्टीका सांसद डा। सुरेन्द्र यादवलाई जबरजस्ती काठमाडौं ल्याइएको खुलासा भइसक्दा पनि प्रधानमन्त्रीले यसको जवाफ जनतालाई दिन सकेका छैनन् ।

अहिले प्रधानमन्त्री ओली पार्टीभित्रका सबै तहमा अल्पमतमा परिसकेका छन् । संसदीय दलमा पनि उनी अल्पमतमा छन् । संसदीय परम्पराअनुसार पार्टीमा अल्पमतमा परिसकेपछि र गम्भीर नैतिक प्रश्न उठिसकेपछि के गर्नुपर्छ, त्यसको जानकार उनी पक्कै छन् ।

प्रधानमन्त्रीको नैतिकतामाथि नै पार्टीभित्रैबाट प्रश्न उठेकाले अब बस्ने स्थायी कमिटी वा केन्द्रीय कमिटीको बैठकमा प्रधानमन्त्री ओलीको राजीनामाको माग हुन सक्ने प्रष्ट देखिएको छ । र, त्यस्तो भएमा उनी अल्पमतमा पर्ने निश्चित छ ।

पार्टी सचिवालयबाट नभएर महेश बस्नेत, गोकुल बास्कोटा र सर्वेन्द्र खनालहरुको सल्लाह( सहकार्यमा चलिरहेका प्रधानमन्त्री ओली पार्टी पद्दतिमा चल्नुको साटो फेरि पनि गणितीय जोडघटाउमा लाग्ने र आफ्नो पक्षमा बहुमतमा लाग्ने खेलमा लागेका छन् ।

यसका लागि उनले नेकपाका सांसदहरुको नामावली संकलन गरेर विपक्षमा रहेकाहरुलाई आफ्नो गुटतिर ल्याउने खेल सुरु गरिरसकेका छन् । यही सिलसिलामा प्रधानमन्त्री ओलीले बरिष्ठ नेता माधवकुमार नेपाल र वामदेव गौतमसँग बालुवाटारमा लामो छलफल गरेका हुन् ।

यी छलफलहरुमा पनि उनी पार्टी निर्णय मानेर चल्नेतर्फ नभई पूर्वमाओवादी र पूर्वएमालेको कार्ड खेल्न चाहन्छन् भन्ने संकेत देखिइसकेको छ । अहिले पनि प्रधानमन्त्री ओली आफूलाई माधवकुमार नेपाल र वामदेव गौतमहरुले विगतमा जस्तै साथ दिन्छन् र सत्ता जोगाइदिन्छन् भन्ने आशमै छन् ।

लोकमानसिंह पथमा ओलीको स्खलन

सबैलाई थाहा भएकै कुरा हो, विगतमा तत्कालीन अख्तियार प्रमुख लोकमानसिंह कार्कीले कसैलाई तर्साउनका लागि १३ पन्ने फारम भराएर ब्ल्याकमेलिङको राजनीति अघि बढाएका थिए । अहिले प्रधानमन्त्री ओलीको अगुवाईमा त्यही लोकमानसिंहपथको दोस्रो संस्करण अगाडि बढाइएको खुलासा भइसकेको छ ।

समाजवादी पार्टीका सांसद डा। यादवलाई मधेसबाट काठमाडौं लिएर आउँदा नेकपा सांसद कृष्णकुमार श्रेष्ठ (किसान श्रेष्ठ०ले गाडीभित्रै ब्ल्याकमेलिङ गर्दै भनेका थिए, अब सर्वेन्द्र खनालजी अख्तियारको आयुक्त बन्दै हुनुहुन्छ, त्यसपछि तपाईलाई उहाँले जोगाउन सहयोग गर्नुहुनेछ ।

केपी ओलीका आदेश पालक सांसद श्रेष्ठको यो भनाइ राजनीतिका नाममा भएको ब्ल्याकमेलिङ बाहेक अर्थोक केही होइन । र, यो लोकमानसिंह कार्कीकै तरिका हो ।

यसअघि बालुवाटार प्रकरणमा माधव नेपाललाई तर्साउन खोजिएको चर्चा हुने गरेको थियो । सांसद सुरेन्द्र यादवको वयानपछि ओली गुटको अपराधिक तौरतरिका प्रष्ट भएको छ ।

आफ्ना विपक्षीलाई सिध्याउन कसरी अख्तियारको कार्ड प्रयोग गरिँदोरहेछ भन्ने यो घटनाबाट छर्लङ्ग भएको छ । यादवको ‘अपहरण’ पछि प्रष्ट भएको छ ।

बालुवाटार जग्गा प्रकरणमा माधव नेपाललाई प्रहार गर्ने प्रेम राई अनि सांसद सुरेन्द्र यादवलाई प्रधानमन्त्रीले भेट्न खोज्नुभएको छ भन्दै जबरजस्ती उठाएर ल्याउने सर्वेन्द्र खनाल दुबैलाई प्रधानमन्त्री ओलीले अख्तियारको आयुक्त बनाउन चाहन्थे भन्ने कसैबाट लुकेको कुरा होइन । र, यसैका लागि एकलौटी निर्णय गर्न पाउने गरी उनले संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याउन चाहेका थिए, जसमा असफल भए ।

हुन त अहिले पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ओली सरकारकै सेवा गरिरहेको छ । अख्तियारका जिम्मेवार तहमा रहेका व्यक्तिकै छोरा र नेकपा नेताका परिवारजनवीच व्यापारिक पार्टनरसीप रहेकाले अख्तियारले नेकपामाथि कुनै एक्शन गर्न सकेको छैन । स्वास्थ्य मन्त्रालयको भ्रष्टाचार प्रकरणमा अख्तियार मौन छ । बालुवाटार प्रकरणमा दोषीहरुलाई कारवाही गर्न सकेको छैन । विष्णु पौडेल, कुमार रेग्मीहरुलाई जोगाएको छ । सरकारको एसम्यान पूर्वप्रशासकलाई अख्तियारको नेतृत्व दिँदा प्रष्टाचारीमाथि कारवाही गर्ने हिम्मत आउँदैन रहेछ र सरकारले चाहेका व्यक्तिमाथि एक्सन गर्ने हतियारका रुपमा आयोगको दूरुपयोग हुँदोरहेछ भन्ने अहिलेको आयोगलाई हेर्दा स्पष्ट हुन्छ । घटनाक्रमबाट के देखिन्छ भने अख्तियारजस्तो संवैधानिक अंग ओली गुटको ब्ल्याकमेलिङ गर्ने अस्त्र बन्न पुगेको छ ।

तर, के अब माधवकुमार नेपालले बालुवाटारको अस्त्रबाट डराएर ओलीका हर कदममा साथ देलान् रु अनि सिंगो पार्टीलाई एकतावद्ध बनाउनुपर्नेमा प्रचण्डविरुद्ध खेल्न चाहने ओलीको षडयन्त्रको साक्षी बन्लान् रु

अनि, वामदेव गौतम प्रधानमन्त्रीको कुनै गुलियो प्रलोभनमा फस्लान् रु सम्भवतः प्रधानमन्त्री ओली र उनका सारथीहरु अझै पनि यही आशमा देखिन्छन् । उनीहरु अझै पनि ‘लोकमानपथ’ बाटै अगाडि बढ्न सकिने आशमा छन् ।

‘निकै ढीलो भइसक्यो’

नेकपाका कतिपय नेताहरुको विश्लेषणअनुसार प्रधानमन्त्री ओलीको षडयन्त्र, जालझेल, धम्की र प्रलोभनको राजनीति यति धेरै भइसकेको छ कि अब यही तरिकाले उनले माधव नेपाल, वामदेव गौतम र प्रचण्डहरुलाई फकाउन वा गलाउन सक्ने स्थिति देखिँदैन ।

केपी ओलीनिकट एकथरि नेताहरु अहिले पनि संसदीय दलमा ओलीका साथमा ४० प्रतिशत भन्दा बढी सांसदहरु रहेकाले उनलाई पार्टीले सरकारबाट हटाउन खोजेमा ओलीले अर्को पार्टी खोल्न सक्ने बताउँदैछन् ।

यो अवस्थामा अब उनीहरुले विभिन्न सांसदहरुलाई आफ्नो गुटमा आउ, तिमीलाई मन्त्री बनाइदिन्छु, तिम्रो जीवन सुधारिदिन्छु भन्न सक्छन् । समानुपातिकबाट आएका सामान्य सांसदहरुलाई भौतिक प्रलोभन दिएर आफ्नो गुटमा तान्न सक्छन् ।

विपक्षी गुटका कतिपय सांसदलाई मुद्दा हालिदिउँ रु तिम्रा जहान परिवार छैनन् रु इत्यादि भनेर मधेस बस्नेत र सर्वेन्द्र खनालहरुले धम्क्याउन पनि सक्छन् । अर्को पार्टीका सांसदलाई त अपहरण गर्ने र ३० लाखसम्म खर्च दिन्छु भन्ने सक्नेहरुले आफ्नै दलभित्र अब किनबेचको खेल खेल्दैनन् भन्ने ठाउँ रहेन ।

त्यसैले, अब ओली समूहको अर्को खेल भनेको नेकपाका नेता र सांसदहरुलाई आफूतिर तान्नका लागि हरसम्भव कोसिस गर्नु नै हो । र, यही खेलको सुरुवात माधव नेपाल र वामदेव गौतमसँगको भेटबाट सुरु भएको हो ।

तर, नेकपाका एक स्थायी कमिटीका नेता भन्छन्, ‘प्रधानमन्त्रीले जे गर्न खोज्लै हुनुहुन्छ, त्यो निकै ढीलो भइसक्यो ।’

तर, जनताका वीचमा यति साह्रो नाङ्गो भइसकेपछि केपी ओलीको नेतृत्वमा खुल्ने नयाँ पार्टीप्रति जनताको भरोसा कस्तो होला रु गणितको अंक मिलाएर महेश बस्नेत, सर्वेन्द्र खनालहरुको सहारामा खोलिने त्यस्तो पार्टीको छविचाहिँ कस्तो बन्ला रु यसको जवाफ खोज्ने जिम्मा उनकै गुटका नेताहरुको हो ।

सही राजनीतिको निर्धारण गणितले होइन, निष्ठा र सिद्धान्तले गर्छ । अनलाइनखबर

प्रदेश २ मा कुपोषण फैलिने जोखिम

जनकपुरधाम ।  धनुषाको कमला नगरपालिका(५, भलुवाहामा मुसहर समुदायको बसोबास छ । दैनिक मजदुरीमा निर्भर मुसहरहरू यतिखेर भोकभोकै दिन काट्न बाध्य छन् । १५ दिनअघि आफ्नो छाप्रोमै सुत्केरी भएकी मुक्ता देवी पनि भोको दिन काटिरहेकी छिन् ।

नगरपालिकाले सुरु गरेको राहत वितरण कार्य भलुवाहा नपुगेको भलुवाहाकी वृद्वा रजनीदेवी सदाले बताइन् । गाउँका सबै खोला र पोखरीहरूमा खोजेको घोंघी र सितुवा उमालेर खाँदै बाँचेको उनले बताइन् । ‘हाम्रो बस्तीमा अहिले १०(११ जना त सुत्केरी र गर्भवती छन्’, उनले भनिन्, ‘ती सबै घोंघी र सितुवाको झोलको भरमा छन् ।’

१५ दिनअघि प्रादेशिक अस्पताल जनकपुरधाममा सुत्केरी भएर घर फर्केकी धनुषाकै शहीद नगरपालिका(८, बिसनभोराकी जीवछीदेवी दासले पोषणयुक्त खानेकुरा पाएकी छैनन् । उनकी सासू आशादेवीले यताउता दालचामल मागेर सुत्केरी बुहारीलाई बचाइरहेको बताइन् । बिसनभोरामा पनि कुनै राहत टोली पुगेको छैन ।

प्रदेश २ का ४८ प्रतिशत जनता बहुआयामिक गरिबीमा रहेको सरकारी तथ्यांकले देखाएको छ । ७० प्रतिशत हिस्सा ओगट्ने दलित, मुस्लिममध्ये अधिकांश गरिबीबाट आक्रान्त छन् । यी समुदायका प्रायः सबैलाई अहिले राहत अत्यावश्यक देखिन्छ ।

विपन्नको बेहाल

प्रदेश २ मा लकडाउनकाबीच सुत्केरी भएकामध्ये अधिकांशले पेटभरि खान पाएका छैनन् । प्रदेश सरकार र स्थानीय तहहरूले वितरण गरेको दाल, चामल, तेल, नुन र आलु सबै विपन्न बस्तीसम्म पुग्न नसकेको उनीहरूको गुनासो छ । पोषिलो खानेकुरा चाहिने सुत्केरी र गर्भवती सामान्य दालभात पनि खान पाएका छैनन् । नवजात शिशुहरूलाई पर्याप्त दूध र खोपको कुरा कल्पनाको विषय हुन पुगेको छ ।

जानकारहरूकाअनुसार मातृ तथा शिशु मृत्युदरको मूल कारक पोषणयुक्त खानेकुरा र खोपको अभाव हो । पोषण र खोपको अभाव झेलेर हुर्केका बालबालिकामा रक्तअल्पताका साथै अपांगताको सम्भावना उच्च रहन्छ । प्रदेश २ त्यसैपनि नेपालको कणरलीपछिको सबभन्दा बढी कुपोषण भएको क्षेत्र हो । यहाँका ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकामध्ये ५९ प्रतिशतमा रक्तअल्पता रहेको सरकारी तथ्यांक छ ।

त्यस्तै, १५(४९ वर्षका ५८ प्रतिशत महिलामा रक्तअल्पता र ३६‍।८ प्रतिशतमा बालबालिकामा कम तौल हुने समस्या छ । लकडाउनको समयमा विपन्नको घरमा जन्मिएका शिशुको उचित स्याहार र सुत्केरी तथा गर्भवती एवम् ५ वर्षसम्मका बच्चालाई पोषणयुक्त खानेकुरा उपलब्ध नगराइए कुपोषणको अवस्था स्वतः बढ्नेछ ।

प्रदेश सरकारअन्तर्गत सामाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरे कोरोनाविरुद्व लड्ने क्रममा बस्तीहरूमा सुत्केरी पनि छन् भन्नेमा ध्यान जान नसकेको बताए । उनले भने, ‘क्वारेन्टाइन र अस्पतालमा आउने सुत्केरीप्रति ध्यान गएपनि बस्तीसम्म ध्यान नगएकै हो ।’

कुपोषणको जोखिम बढ्यो स् जनस्वास्थ्य विज्ञ

कोरोना भाइरसका कारण नेपालमा जारी लकडाउनले ज्यालादारी श्रमिक र अतिविपन्नहरूलाई भोकमरीको अवस्थामा पुर्‍याएको छ । जनस्वास्थ्य विज्ञ राजकुमार महतो ती परिवारका गर्भवती, सुत्केरी, र पाँचवर्ष मुनिका बालबालिका कुपोषणको उच्च जोखिममा परेको बताउँछन् ।

एउटा महामारीबाट बच्न अपनाइएको लकडाउनले भोकमरी, कुपोषण जस्ता अर्का खाले महामारीको जोखिम बढाएको उनको धारणा छ । लकडाउन भित्र आवश्यक पर्ने खाद्य सामग्रीको व्यवस्थापन गर्न नसक्दा यो अवस्था आएको उनले बताए । ‘यसका लागि तीनवटै तहका सरकारले राहत वितरणलाई एकदमै प्रभावकारी बनाउनु पर्‍यो’, महतो भन्छन्, ‘राहत प्याकेजमा दालचामल मात्र होइन, गर्भवती, सुत्केरी, पाँचवर्ष मुनिका बालबालिका र वृद्धवृद्वाका लागि विशेष खाद्य सामग्री समावेश गर्नुपर्छ ।’

उनकाअनुसार कुपोषित मानिसमा रोगसँग लड्ने प्रतिरक्षात्मक शक्ति कमजोर हुन्छ । कोरोना संक्रमणको सन्दर्भमा यो कुरालाई बढी ध्यान दिनपर्ने पोषणविज्ञ महतो बताउँछन् । अनलाइनखबर

ओली हटाउने अन्तिम तयारी !

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीभित्र प्रधानमन्त्री केपी शर्मा ओलीलाई अध्यक्ष र प्रधानमन्त्री दुवैबाट हटाउने तयारी भएको छ । त्यसका लागि उनीविरुद्ध प्रभावशाली नेताहरु एकजुट भएका छन् ।

ओलीले एकपछि अर्को विवादास्पद काम गरेको भन्दै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताहरु झलनाथ खनाल र माधव नेपालका अलावा उपाध्यक्ष वामदेव गौतम एक भई हटाउने तयारीमा लागेका हुन् । हिजो बालुवाटारमा उपाध्यक्ष वामदेव गौतमले ओलीलाई तत्काल राजीनामा दिएर बालकोटमा आराम गर्न भनेपछि तयारीको योजना प्रष्ट खुलेको हो ।

१२ वैशाखमा गौतमले भैंसेपाटीस्थि घरमा पाँच जना सचिवालय सदस्यहरुको बैठक डाकेर ओलीलाई सरकारबाट हटाउने योजनालाई अन्तिम रुप दिएका थिए । त्यसको भोलिपल्ट बालुवाटारमा ओलीले नेकपा नेताहरुलाई एक्ला एक्लै डाक्दा हक्की स्वभावका गौतमले सरकारबाट हट्न भनेका थिए । उनले तत्काल स्थायी कमिटि बैठक डाक्न समेत भनेपछि ओलीले नमान्ने वित्तिकै राजीनामा दिन भनेका थिए ।

गौतमले ओलीबाट पार्टी पतन हुने खतरा बढेको भन्दै कुनै हालतमा हटाउनुपर्ने जोड गरेको निकट स्रोतले जानकारी दियो । ओली इतरको बैठकमा गौतमले अब अति भयो भनेर पार्टीलाई जोगाउन ओलीलाई हटाउनुपर्ने भनेका थिए । अन्य नेताहरुले प्रक्रिया पुर्याएर अगाडि बढ्नुपर्ने बताएका थिए ।

ओलीले ल्याएको अध्यादेश उनकै लागि घातक बनेपछि अप्ठ्यारोमा परेका हुन् । सचिवालयमा ओली अल्पमतमा परेका छन् । स्थायी कमिटिमा उनलाई माधवकुमार नेपालको साथ नभए अप्ठ्यारोमा पर्न सक्छन् ।

आफूविरुद्ध सचिवालयका अधिकांश सदस्य लागेपछि ओलीले विश्वासपात्रहरुलाई सक्रिय बनाएका छन् । ईश्वर पोखरेल, सुवासचन्द्र नेम्वाङ, शंकर पोखरेल, महेश बस्नेतलगायत नेताहरु ओलीको बचाउमा सक्रिय भइसकेका छन् । उनीहरुले लकडाउनमा पनि भेटघाट तिव्र पारेका छन् ।

यसैगरी, ओलीले आफूलाई हटाउने तयारी तिव्र भएको थाहापाएपछि बालुवाटारमै भेटघाट बाक्लो बनाएका छन् । उनले निकटस्थ र असन्तुष्टलाई डाकेर छलफल गर्न थालेका छन् । उनले कुनै हालतमा राजीनामा नदिने र सबैलाई देखाइदिने भनेको बुझिएको छ । गौतमसँगको बालुवाटारमा भएको विवादमा पनि ओलीले देखाइदिने चेतावनी दिएको स्रोतले बतायो ।

ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिनुपरे अप्रीय निर्णय लिनसक्ने बुझिएको छ । जसमा नेकपा नै दुर्घटनामा पर्नसक्ने देखिएको छ । उनले कुनै हालतमा सत्ता नछाड्ने दृढता व्यक्त गर्नुमा पार्टीको संसदीय दलमा भएको बहुमत पनि कारण हो । संसदीय दलमा ओलीको पक्षमा स्पष्ट बहुमत छ । पार्टी सचिवालयमा उनको पक्षमा ९ जनामध्ये आफूसहित ४ जना छन् । स्थायी कमिटिमा ओली अल्पमतमा छन् । पूर्व एमालेबाट माधवकुमार नेपाल पक्षधरसहित भने बहुमत हुन्छ । केन्द्रीय कमिटिमा पनि ओली माधव नेपालले साथ दिएमा बहुमतमा छन् । त्यसैले नेकपाको राजनीतिमा माधव नेपाल निर्णायक भएका छन् ।

ओलीले राजीनामा दिन नमानेमा स्थायी कमिटि हुँदै केन्द्रीय कमिटिले टुंगो लगाउनेछ । तर, केन्द्रीय कमिटिमा ओलीलाई माधव नेपालको साथ नभए पार्टीले उनीविरुद्ध निर्णय गर्न सक्छ । तर, ओली अध्यक्ष भएकाले कुनै हालतमा पकड बलियो बनाएर विपक्षीलाई देखाइदिने रणनीतिका साथ विश्वासपात्रहरुलाई सक्रिय बनाउन थालेका छन् ।

ओली हटाउने र आफू प्रधानमन्त्री बन्ने नेताहरुको प्रतिष्पर्धाले नेकपाभित्र दुर्घटनाको सम्भावना बढेको छ । विगतमा पनि ओली अडान लिने तर नछाड्ने नेता भएकाले उनल अप्रीय निर्णय लिएर भएपनि सत्ता टिकाउन या आफ्ना विरोधीलाई ठेगान लगाउने रणनीति अपनाउनसक्ने देखिएको छ । रिपोट्स् नेपालबाट

वीरगञ्जमा थप दुई जनामा कोरोना पुष्टि

वीरगञ्ज । वीरगञ्जमा थप दुई जनामा कोरोना भाइरस ९कोभिड–१९० को संक्रमण भएको पाइएको छ ।

वीरगञ्ज महानगरपालिका ३ र १६ का पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कोरोना संक्रमण पुष्टि भएकाको संख्या ५१ पुगेको छ ।

कोरोना संक्रमित भारतीय जमातीहरुको सम्पर्कमा रहेकाहरुको परीक्षणका क्रममा छपकैयाका महानगरको सरसफाइ शाखामा कार्यरत कर्मचारीमा संक्रमित पाइएको हो ।

अर्को संक्रमित सिद्धार्थ माविको क्वारेन्टाइनमा राखिएका पुरुष हुन् । उनलाई सम्भावित संक्रमितका रुपमा क्वारेन्टाइनमा राखिएको थियो ।

संक्रमणको पुष्टि भएपछि दुबैलाई नारायणी अस्पताल भर्ना गरिएको छ ।

प्रधानमन्त्रीलाई भनें- पार्टी कमिटीलाई बाइपास गरेर समस्या समाधान हुँदैन: वामदेव

 काठमाडौं ।  सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले आफू र प्रधानमन्त्री केपी शर्मा ओलीबीच पार्टीभित्र देखिएको समस्या समाधानका विषयमा छलफल भएको बताएका छन्।

आइतबार एक विज्ञप्ति प्रकाशित गर्दै उपाध्यक्ष गौतमले शनिबार प्रधानमन्त्री र आफूबीच भएको कुनाकानीका सम्बन्धमा मनमौजी किसिमले टिकाटिप्पणी भएको भन्दै आफूहरुबीच त्यस्तो कुनै चर्काचर्की नभएको प्रस्ट पारेका हुन्।

शनिबारको भेटवार्तामा गौतमले प्रधानमन्त्री ओलीलाई राजीनामा दिएर बालकोट गएर बस्न चेतावनी दिएको लगायतका समाचार प्रकाशित भएपछि उपाध्यक्ष गौतमले विज्ञप्ति नै निकालेर त्यसको खण्डन गरेका हुन्।

‘हिजो (१३ गते) प्रधानमन्त्री केपी ओली र मेराबीच भएका कुराकानीका सम्बन्धमा मनमौजी किसिमले टिकाटिप्पणी भएको मैले पाएँ’, उपाध्यक्ष गौतमद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘पार्टीभित्र र पार्टी र सरकारका बीच, अनि अन्य पार्टी र सरकारका बीच उत्पन्न समस्या समाधान कसरी गर्ने भन्ने सम्बन्धमा छलफल भएको थियो।’

उपाध्यक्ष गौतमले अध्यादेश खारेज गरिएपछि पनि पार्टीभित्र अनेकौँ समस्या रहेको र ती समस्याको हल पार्टीभित्रै छलफल गरेर गर्नुपर्ने आफूले प्रधानमन्त्रीलाई सुझाब दिएको बताएका छन्। उनमले आफूले समस्या समधानका लागि सचिवालय, स्थायी समिति र आवश्यक परे केन्द्रीय समितिको बैठक बोलाउन र सबैको सुझाबलाई सम्मान गर्दै साझा प्रयत्नबाट समस्याको समधान गर्न सुझाब दिएको बताएका छन्।

‘समय र परिस्थिति प्रतिकूल जारी अध्यादेशहरु खारेज गरिएपछि पनि अनेकौँ समस्या पार्टीभित्र उत्पन्न भएका छन्। यी समस्या समाधान पार्टी र पार्टी कमिटीलाई बाइपास गरेर गरेर होइन, प्रधानमन्त्रीले प्रत्यक्ष छलफल गरेर र सबै किसिमका विचारहरुको सामना गरेर मात्र गर्न सकिन्छ’, उपाध्यक्ष गौतमले भनेका छन्, ‘तसर्थ, सचिवालय, स्थायी कमिटी र आवश्यक परे केन्द्रीय कमिटीको बैठक बोलाउनुस्। सबभन्दा पहिले सचिवालय बैठक बोलाउन र सबै कमरेडहरुको सुझावलाई सम्मान गर्दै साझा प्रयत्नबाट समस्या समाधान गर्नोस् भनेर मैले प्रधानमन्त्रीलाई सुझाब दिएको हुँ।’

उनले प्रधानमन्त्रीले आफ्नो सल्लाह धैर्यतापूर्वक  सुनेको र थोरै बोलेको बताउँदै यसबारे अनावश्यक भ्रममा नपर्न सबैमा आग्रह गरेका छन्।

‘उहाँले धैर्यतापूर्वक मेरो सल्लाह सुन्नुभयो, थोरै बोल्नुभयो, म बिदा भएर आएँ। भएको यत्ति हो। सबैलाई यही जानकारी लिन विनम्र अनुरोध गर्दछु’, गौतमले भनेका छन्। नेपालखबर

कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या २ लाख नाघ्यो

काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण विश्वभर २ लाख मानिसको मृत्यु भएको छ ।

अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार मृतक संख्या दुई लाख दुई हजार चार सय ५५ पुगेको छ । विश्वभर कोरोना संक्रमितको संख्या भने २८ लाख ९२ हजार पुगेको छ ।

कोरोना भाइरस संक्रमणका कारण सबैभन्दा धेरै अमेरिकामा ५३ हजार ५ सय ११ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या ९ लाख ३६ हजार रहेको छ ।

चीनको सरकारी सञ्चार माध्यमका अनुसार कोरोना भाइरसका कारण पहिलो पटक ११ जनवरीमा मानिसको मृत्यु भएको थियो । त्यसपछि अहिलेसम्म यो भाइरस दुई सय १० देशमा फैलिएको छ ।

अमेरिकासहित पाँचवटा देशमा मृतक संख्या २० हजार भन्दा माथि छ । जसमा इटलीमा २६ हजार ३ सय ८४, स्पेनमा २२ हजार ९ सय २, फ्रान्समा २२ हजार ६ सय १४ र बेलायतमा २० हजार ३ सय १९ जनाको मृत्यु भएको छ ।

बेलायती गृहमन्त्री प्रिती पटेलले मृतकको यो संख्या दुखदायी भएको बताएकी छन् । तर बेलायतमा मृतक संख्यामा घरमा र नर्सिङ होममा मृत्यु हुनेको संख्या जोडिएको छैन । त्यसैले मृतक संख्या अझ बढी हुने अनुमान गरिएको छ ।

फ्रान्समा मृतकको कुल संख्यामा केयर होममा मृत्यु हुनेको संख्या पनि जोडिएको छ । त्यहाँ मृतक संख्या अघिल्लो दिनको तुलनामा शनिबार ३ सय ६९ जनाले बढेको छ ।

अहिलेसम्म विश्वभर २८ लाख ६८ हजार पाँच सय ३९ जना संक्रमित फेला परिसकेका छन् । सबैभन्दा बढी अमेरिकामा नौ लाख २४ हजारभन्दा धेरै संक्रमित फेला परेका छन् भने स्पेनमा संक्रमितको संख्या दुई लाख २३ हजार नाघेको छ । इटालीमा अहिलेसम्म एक लाख ९५ हजारभन्दा धेरै संक्रमित भएका छन् ।

विश्वभर अहिलेसम्म आठ लाख ११ हजारभन्दा धेरै संक्रमित निको भइसकेका छन् । जर्मनीमा अहिलेसम्म एक लाख नौ हजारभन्दा धेरै संक्रमित निको भइसकेका छन् । त्यस्तै अमेरिकामा करिब एक लाख निको भएका छन् भने स्पेनमा पनि ९५ हजारभन्दा धेरै संक्रमित निको भएर घर फर्किसकेका छन् । अनलाइनखबरबाट

 

बर्दियाबाट ५ वैशाखमा भारत गएका दुई जनामा कोरोना पुष्टि

काठमाडौं । बर्दियाबाट भारत गएका दुई जना भारतीय नागरिकमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । राजापुर नगरपालिकाको कोठियाघाट किनारमा रहेको एक क्रसर उद्योगमा कार्यरत भारतीय नागरिकहरुमा कोरोना पुष्टि भएपछि जिल्लामा उच्च सतर्कता अपनाइएको छ ।

बर्दियाका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले अनलाइनखबरसँग भने, ‘अहिले क्रसर रहेको क्षेत्र र त्यस वरपर उच्च निगरानी र सतर्कता अपनाएका छौं ।’

ती भारतीय नागरिकहरु वैशाख ५ गते बहराइच गएका थिए । भारतीय पक्षले उनीहरुको स्वास्थ्य परीक्षण गर्दा कोरोना पोजेटिभ रिपोर्ट आएको थियो ।

त्यसपछि भारतको बहराइच प्रशासनले बाँकेको इलाका प्रहरी कार्यालय जमुनाहालाई शुक्रबार पत्र लेखेर जानकारी दिएपछि मात्रै उनीहरु संक्रमित रहेको नेपाली पक्षले थाहा पाएको थियो । कन्ट्याक्ट ट्रेसिङ गर्दै जाँदा उनीहरुको कनेक्सन कोठियाघाटस्थित क्रसर उद्योगसम्म रहेको पत्ता लागेको प्रजिअ लामिछाने बताउँछन् ।

त्यसलगत्तै क्रसर उद्योगमा कार्यरत सबै मजदुरको थ्रोट स्वाबको नमूना लिएर परीक्षण गरिएको थियो । तर, अन्यमा कोरोना संक्रमण नदेखिएको प्रजिअ लामिछानेले बताए ।

उनले भने, ‘हामीले थाहा पाउनासाथ पीसीआर टेष्टका लागि पठायौं तर कसैमा पनि पोजेटिभ रिजल्ट आएको छैन ।’ उनीहरु कार्यरत क्रसर उद्योगमा पाँच भारतीय र ११ नेपाली नागरिक रहेको बताइएको छ ।

कोरोना संक्रमण फैलिन नदिने उद्देश्यले नेपाल र भारत दुवै पक्षले सीमा नाका बन्द गरे पनि ती भारतीय नागरिकहरु भारतबाट लुकिछिपी भारत गएको हुन सक्ने अनुमान छ ।

प्रहरी कार्यालय जनपथ बहराइचका सुपरिटेन्डेन्टले हस्ताक्षर गरेको सो पत्रमा ती मजदुरहरू वैशाख ५ गते साँझ आफ्नो घर फर्किएको र ८ गते स्वास्थ्य परीक्षण गर्दा पोजेटिभ रिजल्ट आएको उल्लेख छ । यद्यपि पत्रमा, र्‍यापिड टेस्टबाट हो कि पीसीआरबाट परीक्षण गरिएको हो भन्ने स्पष्ट उल्लेख छैन ।

जिल्ला स्वास्थ्य कार्यालयका अधिकारीहरुका अनुसार कोरोना देखिएका दुई जना भारतीय नागरिकहरु वैशाख ५ गतेसम्म बर्दियामै रहेकाले बर्दिया जिल्ला जोखिममा छ ।

यसैबीच बर्दियाकै एक जना व्यक्तिलाई भारतमा कोरोना संक्रमण पुष्टि भएको छ । ठाकुरबाबा नगरपालिका घर भएका ती व्यक्ति भारतबाट नेपाल फर्किने क्रममा भारतीय पक्षले सिमानामा स्वास्थ्य परीक्षण गर्दा कोरोना संक्रमण देखिएको हो ।

त्यसपछि उनलाई भारतीय पक्षले नै नेपाल आउन नदिई क्वारेन्टाइनमा राखेको बर्दियाका प्रमुख जिल्ला अधिकारी लामिछानेले जानकारी दिए ।अनलाइनखबरबाट

 

कोरोना जनावरले सार्‍यो कि मान्छेले ?

काठमाडौं । नेपालमा यतिबेला कोरोना भाइरसको भन्दा ‘राजनीतिक भाइरस’ को चर्चा बढी छ । तर, चीन र पश्चिमी राष्ट्रका वीचमा चाहिँ कोरोना भाइरसकै विषयमा दोषारोपण चलिरहेको छ । अमेरिका र चीनले मिलेर काम गर्नुपर्ने बेलामा झगडा गरिरहेका छन् ।

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस चमेरोबाट मानिसमा सरेको चीनले दाबी गर्दै आइरहेको छ । तर, कतिपय पश्चिमा मिडियाले चाहिँ वुहानमा रहेको एक ल्याबबाट यो भाइरस फैलिएको दाबी गर्दै आएका छन् । कतिपयले सालकबाट मानिसमा यो भाइरस सरेको बताइरहेका छन् ।

वुहानको ल्याबमा ‘इन्टर्न’ गर्ने गर्ने एक युवतीबाट यो भाइरस फैलिएको अमेरिकी अधिकारीहरुको दाबी छ । तर, चीनले यो दाबीलाई अस्वीकार गर्दै आएको छ ।

सन् २०१९ को अन्तिममा चीनको वुहानमा देखिएको कोरोना भाइरस ९कोभिड–१९० को महामारी अहिले विश्वभर देखिएको छ । महामारीको कारण अहिले विश्वभर करिब २५ लाख मानिस संक्रमित भइसकेका छन् । अहिलेसम्म एक लाख ८० हजारभन्दा बढी मानिसको यो भाइरसको कारण मृत्यु भइसकेको छ ।

यस्तोमा विश्वका सबै शक्तिशाली मुलुकहरुले आपसमा मिलेर महामारी नियन्त्रणमा नेतृत्वदायी भूमिका खेल्ने विश्वास धेरैमा थियो । तर, त्यसको ठिक विपरीत अहिले यी मुलुकहरु एक अर्कालाई यो भाइरसको दोष थुपार्ने दिशामा अघि बढिरहेका छन् । विशेष गरी यो भाइरस उत्पत्तिको विषयमा चीन र अमेरिकाको बीचमा दोषारोपण भइरहेको छ ।

यसअघि मार्च १२ मा एक वरिष्ठ चिनियाँ अधिकारीले अमेरिकी सेनाले यो भाइरस चीनको वुहानमा भित्र्याएको आरोप लगाएका थिए । चीनको विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले अमेरिकाले वुहानमा यो महामारी ल्याएर छाडेको बताएका थिए । यससँगै चीनमा कोरोना भाइरसबारे अफवाह फैलाउने काम शुरु भएको थियो ।

त्यतिबेला अमेरिकामा संक्रमित र मृत्यु हुनेको संख्या निकै कम थियो । यसै बीच अमेरिकाले चिनियाँ राजदूतसँग स्पष्टीकरण पनि मागेको थियो । त्यतिबेला चीन सबैभन्दा प्रभावित मुलुक थियो । चीनले भने यो अभिव्यक्तिको बचाउ गर्‍यो ।

बिस्तारै यो महामारी युरोप र अमेरिकातर्फ फैलियो र चीनमा तुलनात्मक रुपमा भाइरस नियन्त्रणमा देखियो । त्यससँगै अहिले यो भाइरस चीनमा नै निस्किएको अफवाहहरु फैलिएका छन् ।

यसैबीच अमेरिकी गुप्तचर संस्थाले केही दिनअघि मात्र यो भाइरस बजारमा नभई चीनको प्रयोगशालामा निर्माण गरिएको हुन सक्ने सम्भावना देखिएको बताएको छ । सीएनएनले प्रकाशित गरेको समाचारमा यो भाइरस प्रयोगशालामा राम्रोसँग व्यवस्थापन गर्न नसक्दा मानिसमा सरेको र तिनै मानिसबाट अरुमा सरेको हुन सक्ने उल्लेख छ ।

तर, यस विषयमा विश्व स्वास्थ्य संगठन ९डब्ल्यूएचओ०ले भने यो भाइरस मानव निर्मित नभएको बताइसकेको छ । डब्ल्यूएचओका अनुसार यो भाइरस चमेराबाट मानिसमा आएको पाइएको छ । तर, चमेराबाट मानिसमा ल्याउने जनावरबारे भने अझै पनि अनुसन्धान भइरहेको छ ।

अहिलेसम्म प्राप्त भएका प्रमाणहरुले पनि यो भाइरस मानव नर्मित नभएको पाइएको छ । गत मार्चमा प्रकाशित एक अनुसन्धानको प्रतिवेदनमा यो भाइरस मानव निर्मित नभएको उल्लेख थियो । यो अनुसन्धानमा सहभागी एक शोधकर्ताले यो भाइरस प्राकृतिक रुपमा नै निस्किएको दाबी गरेका थिए । उक्त अध्ययनमा यो भाइरसको प्रकृति यसअघि नै थाहा भएका भाइरससँग तुलना गरिएको थियो । जसमा यो भाइरस मानव निर्मित नभएको पाइएको थियो ।

विशेष गरी यो भाइरसबारे धेरै हल्ला आउनुको कारण यो भाइरस कसरी मानिसमा आयो भन्ने कुरा स्पष्ट हुन नसक्नु हो । यो भाइरस चमेराबाट मानिसमा आएको बताइएको छ । तर, मानिसमा आउने माध्यम भने अझै स्पष्ट हुन सकेको छैन । केही अध्ययनले यो माध्यम सालक हुन सक्ने देखाएका छन् । यसको पुष्टि हुन भने बाँकी छ । त्यसैले विश्वका शक्तिशाली मुलुकहरु एकअर्कालाई दोषारोपणमा उत्रिएका छन् ।

स्रोत– विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यम

आजको राशि फल ,१४ वैशाख २०७७, आइतवार

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )

तपाईंले आज महत्त्वपूर्ण निर्णय लिनु पर्नेछ – जसले तपाईंलाई परेशान र अत्यधिक त्रसित बनाउनेछ। तपाईंलाई प्रेम र हेरचाह गर्ने मान्छेको साथ दिन केही गुणस्तर समय बिताउनुहोस्। प्रेम सम्बन्ध बारे चर्को हल्लाखल्ला नगर्नुहोस्। आज तपाईंले आफ्नो जोडीलाई कतै घुमाउन लिएर जानु भयो भने, तपाईंहरूको सम्बन्ध अझ राम्रो हुनेछ।

 

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )

सदैव युवाको रहस्य भएको हुनाले खेलको लागि केही तिर्ने गर्नुहोस्। तपाईंको जोडी मद्दतगार र सहयोगी हुनेछ। आज रोमाञ्चक दिन हुनेछ किनकि तपाईंले आफ्नो प्रियबाट उपहार / इनाम प्राप्त गर्नुहुनेछ। आज आफ्नो जोडीले तपाईंलाई स्वर्ग पृथ्वीमा नै छ भन्ने महसुस गराउने छन्।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )

तपाईं आफैंलाई राम्रो बनिएको महसुस गराउनको लागि काम गर्ने अद्भुत दिन। निस्वार्थ सेवामा आफ्नो खाली समय समर्पित गर्नुहोस्। यसले तपाईंलाई र तपाईंको परिवारलाई खुशी र अथाह आनन्द दिन्छ। तपाईंको सधैंभरिको प्रेम आफ्नो प्रियको लागि एउटा नदी हो। तपाईं लामो समयबाट श्रापित महसुस गर्नु हुँदै थियो भने, आज तपाईं आशिष पाएको महसुस गर्नु हुनेछ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )

तपाईंको कम जाँगरले प्रणालीमा दीर्घकालीन विष जस्तै काम गर्नेछ। आफैलाई केही रचनात्मक काममा संलग्न गरेर रोग विरुद्ध लड्ने उत्प्रेरणा बनाइ राख्नु उचिह हुनेछ। परिवारको भेलामा तपाईं सबैको केन्द्रविन्दु हुनुहुनेछ। आज तपाईंलाई प्रेम सबैको विकल्प हो भन्ने महसुस हुनेछ। गफ र अफवाहहरुबाट टाढा रहनुहोस्। धेरै विषयहरूमा धेरै असहमति हुन सक्ने हुनाले यो दिन तपाईंको लागि धेरै राम्रो हुने छैन। यसले तपाईंको सम्बन्ध कमजोर बनाउनेछ।

 

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )

तपाईंको व्यक्तिगत समस्याले मानसिक आनन्द बर्बाद गर्न सक्छ तर आफैलाई यी दबाबबाट बचाउनको लागि रोचक कुराहरू पढेर केही मानसिक व्यायाम गर्न सक्नुहुन्छ। आज तपाईंले घरमा अरूलाई अपमान गर्ने प्रयास गर्नु हुँदैन र आफ्नो परिवारको आवश्यकता अनुकूल हुनुपर्छ। तपाईं एक पटक आफ्नो जीवनको प्रेम भेटेपछि, अरू केही आवश्यक पर्ने छैन। तपाईंले आज यो सत्यको महसुस गर्नुहुनेछ। हालमा साँच्चै नै तपाईंको जीवन कठिन भएको छ, तर आज तपाईंले आफ्नो जोडीको प्रमोदवनमा आफैलाई पाउनुहुनेछ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )

तपाईंको दयालु प्रकृतिले आज धेरै खुसीयाली ल्याउनेछ। यदि तपाईंले आज राम्रो तरीकाले आफ्नो कार्ड खेल्नुभयो भने केही अतिरिक्त नगद प्राप्त गर्नु हुनेछ। आज तपाईंलाई केही समस्याको सामना गर्नु पर्नेछ – तर व्यावहारिक हुनुहोस् र सहयोग गर्ने मान्छेबाट चमत्कारको आशा नगर्नुहोस्। केही मनोरञ्जनका लागि राम्रो दिन। तपाईंले आफ्नो जोडीबाट कम ध्यान दिइएको महसुस गर्न सक्नु हुनेछ, तर दिनको अन्तमा उनी तपाईंको लागि नै व्यवस्था गर्न व्यस्त थिए भन्ने बुझ्नु हुनेछ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )

तपाईंका जोडीको वफादार हृदय र साहसी जाँगरले आनन्द दिन सक्छ। आत्महीनतामा परेर सयम बर्बाद नगर्नुहोस् – तर जीवनको बारेमा जान्ने प्रयास गर्नुहोस्। तपाईंका आँखा आफ्नो प्रेमीको अँध्यारो रातलाई प्रकाश गर्न सक्ने उज्ज्वल छन्। आज, तपाईंले आफ्नो जोडीको मायाम जीवनका सबै कठिनाइहरू बिर्सिनु हुनेछ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )

धेरै त्रसित धटनाहरूले तपाईंको प्रतिरोध गर्ने र सोच्ने शक्ति कमजोर गराउँछ। सकारात्मक सोच लिएर रोग विरुद्ध लड्नुहोस्। तपाईं आफ्नो सोख गरेर साथै परिवारका सदस्यहरूलाई मद्दत गरेर केही समय बिताउन सक्नु हुनेछ। आफ्ना प्रेमको अनावश्यक माग गर्न छोड्नुहोस्। तपाईंको जोडी अरूको प्रतिकूल प्रभावमा फँस्न सक्छ र तपाईंसँग झगडा गर्नेछ, तर तपाईंको प्रेम र दयाले सबैलाई मिलाउनेछ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )

तपाईंले आफ्नो शारीरिक शक्ति कायम राख्न खेलमा आफ्नो समय बिताउने सम्भावना छ। तपाईंको ज्ञानको तिर्खाले नयाँ मित्र बनाउन मद्दत गर्नेछ। आफ्नी प्रेमीकाको उट्पट्याङ्ग व्यवहारले तपाईंको मुड उदास बनाउन सक्छ। तपाईंले आजको दिनलाई उत्तम बनाउन आफ्ना लुकेका गुणहरू प्रयोग गर्नुहुनेछ। आफन्तहरूले आज तपाईंको जोडीसित तर्क गर्न सक्छन्।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )

संतोषजनक जीवनको लागि आफ्नो मानसिक क्रूरतामा सुधार ल्याउनुहोस्। आफ्नो बोलीमा नियन्त्रण राख्नुहोस् किनकि यसले तपाईंका हजुरबा हजुरआमाको भावनामा चोट लाग्न सक्छ। फतफताएर आफ्नो समय बर्बाद गर्नुभन्दा मौन बस्नु राम्रो हो। हामी समझदार गतिविधिहरुको माध्यमबाट जीवनको अर्थ दिन्छौं भनेर बुझ्नुहोस्। तिनीहरूलाई तपाईंले ध्यान राख्नुहुन्छ भन्ने महसुस गराउनुहोस्। तपाईंको उदास जीवनले तपाईंको जोडीलाई तनाउ दिन सक्छ। दैनिक आवश्यकताहरू पूरा नगर्नाले तपाईंको वैवाहिक जीवनमा आज तनाउ हुनेछ। यो भोजन, सरसफाइ, अन्य घरेलू काम आदि जस्तै कुराहरूको बारेमा हुन सक्छ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )

मनोरञ्जन र आनन्दको दिन। मित्रहरूसँग भेलाले सान्त्वना प्रदान गर्नेछ। एउटा आश्चर्यको सन्देशले तपाईंलाई राम्रो सपना दिनेछ। आज मान्छेहरूले तपाईंको प्रशंसा गर्नेछन् – जुन तपाईंले सधैं सुन्न चाहनु हुन्थ्यो। तपाईंका आज आमाबाबुले कुनै साँच्चै नै आश्चर्यजनक कुराले तपाईंको जोडीलाई आशीर्वाद दिन सक्छन जसले अन्ततः तपाईंको वैवाहिक जीवनमा विकास ल्याउनेछ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )

तपाईंले आफ्नो भावना नियन्त्रण गर्नुहोस् र सकेसम्म छिट्टै डरबाट छुटकारा हुनुहोस्, किनकि कार्डमा स्वास्थ्यमा तत्काल प्रभाव पर्ने र राम्रोसँग स्वास्थ्यको आनन्द लिने तपाईंको बाटोमा रहेको अवरोध बढ्ने सम्भावना छ। किन्न बाहिर जानु अघि तपाईंसँग भएका वस्तुहरूको प्रयोग गर्नुहोस्। घरमा केही परिवर्तनले तपाईंलाई अत्यधिक भावुक बनाउनेछ – तर तपाईं प्रभावकारी ढंगले तपाईंको कुरा बुझ्ने मानिसहरूलाई आफ्नो भावना प्रकट गर्न सक्षम हुनुहुनेछ। रोमान्टिक मुडमा अचानक परिवर्तन हुनाले तपाईंलाई धेरै नराम्रो लाग्न सक्छ। एउटा सानो कुरा भए तापनि, तपाईंका जोडीले ढाँट्नाले आज तपाईंलाई दुख हुन सक्छ।

लकडाउन एक साता लम्ब्याउन सिफारिस

काठमाडौं । उच्चस्तरीय समन्वय समितिको कार्यदलले लकडाउन एक साता थप गर्नुपर्ने राय दिएको छ । यद्यपि यसबारे मन्त्रिपरिषद्ले अन्तिम निर्णय गर्नेछ ।

कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिले लकडाउन प्रभावकारी भएकै कारण कोरोना नियन्त्रण प्रयास सही ट्र्याकमा रहेको निष्कर्ष निकालेको थियो । यद्यपि बैठकमा केही हिमाली जिल्लामा लकडाउन खुला गर्ने, क्षेत्रगत रुपमा खुकुलो बनाउने लगायतका विकल्प समेत आएको थियो ।

त्यसलगतै बसेको कार्यदलको बैठकले वैशाख १५ बाट एक साता लकडाउन लम्ब्याउनुपर्ने राय दिएको छ । त्यसपछि अर्को मोडलमा जान सकिने बताइएको छ ।

त्यही राय बोकेर समन्वय समितिका संयोजक उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल सहितका मन्त्रीहरु बालुवाटार पुगेका छन् । उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कार्यदलको राय र बैठकमा आएका विकल्पहरुबारे ब्रिफिङ गर्नेछन् । अनलाइनखबर

काठमाण्डौबाट तीन सय बढीको उद्धार गरि सुनसरी ल्याईयो

सुनसरी । सुनसरीको विभिन्न नगरपालिकाका स्थानीयहरु काठमाण्डौमा विभिन्न काम गर्दै बसेका र लकडाउनका कारणले अलपत्र तथा फसेकाले उद्धार गरि ल्याएको छ ।

एक महिनादेखी आउन नसकेकाहरुलाई सुनसरीको धरान उपमहानगरपालिका र बराहक्षेत्र नगरपालिकाले उद्धार गरि ल्याएको छ ।
काठमाण्डौबाट धरान उपमहानगरपालिकाले २०० जना र बराहक्षेत्रले ९६ जनालाई सुनसरी ल्याइएको छ ।

सुनसरी काठमाडौं सम्पर्क मंच र बराहक्षेत्र नगरपालिकाको समन्वयमा बराहक्षेत्रवासी ९६ जनालाई घर फिर्ता गरेको हो ।

लकडाउनको कारण काठमाडौंमा बस्दै आएकाहरुलाई सम्पर्क मंचले घर फर्काएको हो । काठमाडौं जिल्ला प्रशासन कार्यालयको अनुमतिमा तिन वटा गाडिमा बराहक्षेत्रसम्म ल्याइएको थियो ।

सम्पर्क मंचका सचिवालय सदस्य रमेश बिस्टका अनुसार चक्रघट्टीस्थित नगर अस्पतालमा ९६ जनाकै ज्वरो परीक्षण गरेर घरसम्म छोडिएको हो । काठमाण्डौ बाट आएका सबैलाई होम क्वारेन्टाइनमा बस्न भनिएको छ ।
एता लकडाउनका कारण काठमाडौँमा अडकिएका धरान

उपमहानगरपालिकाबासीलाई पनि उद्धार गरिएको छ । यहाँका करिब २ सय जना सनिबार धरान आईपुगेका छन् । धरान उपमहानगरपालिका धरान काठमाडौँ सम्पर्क मञ्चले संयुक्त रुपमा काठमाडौँमा रहेका धरानेहरुलाई उद्धार गरी धरान ल्याएको हो ।

धरान उपमहानगरपालिकामा बसेको सर्वदलीय बैठकले काठमाडौँबाट अव देखि नल्याउने भन्ने निर्णय गरेसँगै शुक्रबार हिँडेका धरानका करिब २ सय जना सनिबार धरान आई पुगेका छन् ।

धरानबाट ५ वटा बस र केही माईक्रोबसमा उनीहरूलाई धरानको प्रवेशद्वार तीनकुनेमा वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको चिकित्सकले यात्रुहरूको स्वास्थ्य परीक्षण (ट्रेसिङ) गरि होम क्वारेन्टाईनमा बस्न भनिएको छ ।

उद्धार समितिका संयोजक धरान १७ का वडाध्यक्ष मनोज भट्टराईले यात्रुहरूको लिष्टिङ गरिरहेको र के कति सङ्ख्यामा आए भन्ने बारेमा पूर्ण विवरण प्राप्त नभएको बताउनुभयो ।

भोजपुरका कोरोना पीडित युवा इटहरीमा बसेको पुष्टी

इनरुवा ।  भोजपुरको हतुवागढी ६ का कोरोना संक्रमण युवा सुनसरीको इटहरी स्थित आफ्नो फुपुको घरमा आएको पुष्टि भएको छ । आफ्नो श्रीमती भेट्न चतरा ,मावली भेट्न धरान र इटहरीमा आफ्नो फुफु भेट्न आएको पाईएको छ ।

चतराको बसाईकै क्रममा धरान १३ नम्बर वडामा रहेको उनको मामली घर पनि पुगेर फर्किएका थिए । उनि पछिल्लो समय मामली घर हुँदै इटहरी आएको र इटहरीबाट झुम्का चतरा स्टेण्ड हुँदै चतरा बजार पुनः चतरा गएको इलाका प्रहरी कार्यलय इटहरीले जनाएको छ ।

संक्रमित युवा इटहरी आएको र आफन्तलाई भेटेको इलाका प्रहरी कार्यलय इटहरीका डिएसपी धर्मराज भण्डारीले जानकारी दिनुभयो । इटहरी १० मा रहेको आफ्नो फुपुलाई भेटेर उनी गएको प्रहरीको भनाई छ ।

ती युवा फुपु दिदिको घरमा २ घण्टा बसेर पुनः सिटी सफारी चढेर इटहरीको धरान लाइनको बस स्टेण्ड गएका थिए । त्यहाँबाट सार्वाजनिक बस चढेर धरान १३ मा रहेका मावली घर पुगेको बुझिएको छ ।

संक्रमित युवाले भेटेको आफन्तको पहिचान गरेर निगरानीमा राखिएको प्रहरीले जनाएको छ । उनीहरुलाई कतै जान दिएको छैन ।

राहत वितरणमा झडप

हरिनगर । सुनसरीको हरीनगर गाउँपालिकामा राहत वितरणको विषयमा झडप भएको छ । जिल्लाको सिमावर्ती गाउँपालिका हरिनगर ४ नम्बर वडामा राहतको विषयमा विवाद उत्पन हुदाँ झडप भएको छ ।

प्लान इन्टरनेश्नल नेपाल नामक संस्थाले वितरण गरेको रहतामा वडा सदस्य लखन महतोले आफनो आसेपासेलेलाई मात्र वितरण गर्दा प्रतिवाद गर्दा झडप भएको हो ।

स्थानीय गरिव जनतालाई भन्दा धनी हुने खानेलाई राहत दिएकाले विवाद भएको छ । विवादका कारण एक जाना गमभिर घाइते अर्का एक सामान्य घाईते भएको स्थानीय रंजित शर्माले जानकारी दिनुभयो ।

घाइते हुनेमा स्थानीय जिरखन महतोलाई टाउको र मुखमा चोट लागेको छ भने मुना महतो सामान्य घाईते रहेकोछ ।

उता हरिनगर गाउँपालिकाका अध्यक्ष गाफार अंसारीले समेत आफूखुसी राहत वितरण गरेको र केहीलाई वितरण नै नगरि राहत वितरण भईसकेको केही संचार मध्यममा सुचना नै बजाउदा आफुहरु अच्चममा परेको स्थानीयहरुको गुनासो छ ।

लकडाउनको बेला गरिव र निमुखा जनताले पाउनुपर्ने राहत गाउँपालिका अध्यक्ष र वडा अध्यक्षको आफूखुसीले स्थानीय जनता मार परेका छन् । हरिनगर वडा नं. ४ का वडा अध्यक्ष सुदिलाल मेहताको एकल दबावका कारणले हालसम्म राहत वितरण हुन नसकेको स्थानीयहरुले गुनासो गरेका छन् ।

बाँदरमा कोरोना भाइरसको औषधि सफल भएको चीनको दाबी

काठमाडौं : कोरोना भाइरसको महामारीका कारण अहिले सारा विश्व त्रस्त बनेको छ । यसैबीच चीनले कोरोना भाइरसको खोप बाँदरमा सफल भएको दाबी गरेको छ ।

खोपले बाँदरलाई कोरोना संक्रमणबाट बचाउन सफल भएपछि चीनका वैज्ञानिकहरुले उक्त खोप अब मानिसमा पनि परीक्षण शुरु गर्न थालिएको बताएका छन् ।

चीनको बेइजिङस्थित औषधि बनाउने कम्पनी साइनोभ्याक बायोटेकले रातो मुख भएको बाँदरमा खोप परीक्षण गरेको र खोपले कोरोना संक्रमित बाँदलाई निको बनाएको जानकारी दिएको हो ।

बाँदरमा खोपको परिक्षण सफल भएसँगै गएको हप्ताबाट उक्त खोप मानिसमा परिक्षण गर्न थालिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले बताएका छन् ।

कम्पनिले दिएको जानकारीअनुसार आठ वटा बाँदरको श्वास नलीमा कोरोना भाइरस राखिएको थियो ।

त्यसपछि फरक–फरक डोजमा भ्याक्सिन दिइइएको थियो। त्यसको तीन हप्तापछि उक्त बाँदरहरुको पुनः जाँच गर्दा बाँदरमा कोरोना संक्रमण देखिएन ।

साइनोभ्याकका डाइरेक्टर मेंग विनिङलाई उदृत गर्दै लेखिएको समाचारमा, ‘सबैभन्दा बढी डोज दिइएको बाँदरमा सात दिनपछि उसको फोक्सो वा शरीरमा कतै पनि कोरोना भाइरसको कुनै लक्षण वा प्रमाण नदेखिएको बताइएको छ ।

थोरै डोज दिइएका केही बाँदरहरुमा पनि भने हल्का असर देखिएको थियो, मेंग विनिङले ‘खोप मानिसमा पनि प्रभावकारी हुनेमा आफू विश्वस्त रहेको बताएका छन् ।

डाइरेक्टर मेंगले खोप बनाउन पुरानो तरिका प्रयोग गरेको बताएका छन् । उनले भने, ‘पहिले कोरोना भाइरसबाट बाँदरलाई संक्रमित गराएका थियौँ, त्यसपछि त्यही बाँदरको रगतबाट खोप बनायौँ र त्यसलाई अर्को बाँदरमा प्रयोग गर्‍यौँ,’ । यो तरिकाबाट बनाइएको खोप महँगो नहुने उनले बताएका छन् ।

माउन्ट सिनाइस्थित इकान स्कुल अफ मेडिसिनका भायरोलोजिस्ट फ्लोरियन क्रेमरले आफूलाई खोप बनाउने यो तरिका मन परेको बताएका छन् । यस्तै पिट्सबर्ग युनिभर्सिटीका डगलस रिडले भनेका छन्, ‘यो तरिका राम्रो हो तर थोरै बाँदरहरुमा परीक्षण गरिएकाले यसमा पूरा विश्वास छैन ।’ साइनो भ्याकका वैज्ञानिकहरुका अनुसार बाँदर र मुसाको शरीरबाट लिइएको एन्टीबडीलाई मिसाइएको छ ।

यो खोप चीन, इटली, स्वीटजरल्याण्ड, स्पेन र बेलायतका कोरोना भाइरस संक्रमित बिरामीहरुमा पनि परीक्षण गरिएको छ । परीक्षणको क्रममा एन्टीबडीले कोरोना भाइरसको स्ट्रेनलाई निष्कृय बनाएको पाइएको छ । एजेन्सी 

उत्तर प्रदेशमा ३० जुनसम्म भेला र सभा समारोह गर्न रोक

काठमाडौं । भारतको उत्तर प्रदेश सरकारले ३० जुनसम्म मानिसहरुलाई भेला हुन र सभा समारोह गर्न रोक लगाएको छ ।

मुख्यमन्त्री योगी आदित्यनाथले राजनीतिक र्‍याली र सामाजिक–सांस्कृतिक समारोहमा रोक लगाउने घोषणा गरेका हुन् । उनकाअनुसार राज्य सरकारले अरु राज्यमा रहेका मजदुरहरुलाई पनि फिर्ता ल्याउनेछ ।

उत्तर प्रदेशमा कोरोना भाइरसबाट अहिलेसम्म १६०० संक्रमित भएका छन्, जसमध्ये २५ जनाको मृत्यु भएको छ ।

भारतभर संक्रमितको संख्या २४ हजार नाघेको छ भने अहिलेसम्म ७७५ जनाको मृत्यु भएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ । अनलाइनखबरबाट

 

 

सरकारको निष्कर्ष : लकडाउनले कोरोना संक्रमण नियन्त्रणमा छ

काठमाडौं । उच्चस्तरीय समन्वय समितिले कोरोना भाइरस ९कोभिड(१९० नियन्त्रणमा सरकारी प्रयास सही ट्र्याकमा रहेको निष्कर्ष निकालेको छ ।

लकडाउनकै कारण संक्रमण फैलिन नपाएको भन्दै यसलाई निरन्तरता दिनुपर्ने समितिको राय छ । यसबारे औपचारिक निर्णय भने मन्त्रिपरिषद्ले गर्ने समिति संयोजक ईश्वर पोखरेलले जानकारी दिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले १५ वैशाखपछि लकडाउन के गर्ने भन्ने विषयमा प्रस्ताव ल्याउन निर्देशन दिएपछि उच्चस्तरीय समन्वय समितिको बैठक बसेको थियो ।

शनिबार सिंहदरबारमा बसेको बैठकले लकडाउनलाई निरन्तरता दिने निष्कर्ष निकालेको छ । बैठकमा सहभागी एक मन्त्रीले अनलाइनखबरसँग भने, ‘केही कमीकमजोरीका बाबजुद हामी कोरोना नियन्त्रणका लागि हामीले जे उपाय अबलम्बन गरेका छौं, त्यो प्रभावकारी भएको छ भन्ने हाम्रो निष्कर्ष छ ।’

प्रधानमन्त्री कार्यालयका सचिव नारायण विडारीले पनि लकडाउनकै कारण संक्रमणलाई नियन्त्रणमा राख्न सफल भएको समन्वय समितिको निष्कर्ष रहेको सुनाए । उदयपुरको एउटा घटनाबाहेक अन्यत्र संक्रमित कम रहेको भन्दै उनले भने, ‘हामी सही ट्र्याकमा छौं । तर छिमेकी मुलुकहरुको अवस्थालाई हेरेर जानुपर्छ । अब कति दिन थप्ने, के गर्ने भन्ने मन्त्रिपरिषद्ले गर्नेछ ।’

उत्पादन, ढुवानी र वितरणलाई सहज बनाउने, हिमाली जिल्लाहरुमा खुला गर्ने लगायतका सुझाव पनि बैठकमा आएको थियो । एक मन्त्रीले भने, ‘बैठकमा भएको छलफलका आधारमा उपप्रधानमन्त्रीसहित सचिवहरुको टिम बसेर प्रस्ताव तयार पार्छ । त्यसअनुसार मन्त्रिपरिषदले आवश्यक निर्णय गर्नेछ । अनलाइनखबरबाट