१५ बैशाख २०७७, सोमबार १०:५४ – Page 4 – Nagarikabhiyan : National News

धरानमा मोटरसाईकल दुरघर्टनामा एकको मृत्यु, प्रदेश १ मा लकडाउनमा ९ जनाको ज्यान गयो

इनरुवा । सुनसरीको धरान उपमहानगरपालिका–११ दुर्गाचोकमा ‘ओभर स्पिड’ का कारण मोटरसाईकल दुरघर्टना हुदाँ एक जनाको मृत्यु भएको छ । आइतबार साँझ धरानका विशाल घिसिङको मोटरसाईकल दुरघर्टनामा परेर ज्यान गएको हो ।

धरानका विशाल घिसिंगको ‘ओभर स्पिड’ का कारण मोटरसाइकल अनियन्त्रित हुन पुग्दा गम्भीर घाइते बन्नुभएको थियो । को ३४ प १०३९ नम्बरको बजाज कम्पनीको ‘एनएस २०० सीसीको पल्सर मोटरसाइकल’ अनियन्त्रित बन्न पुग्दा उनी दुर्गाचोकको घरको पर्खालमा ठक्कर खान पुगेका थिए ।

उहाँको उपचारको क्रममा धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो । लकडाउनका बेला यसरी नै ज्यान गुमाउने प्रदेश १ भरि ९ जना पुगेको प्रदेश १ ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसपी भीम दाहालले जानकारी दिनुभयो ।

दाहालका अनुसार प्रदेश १ का सुनसरी, झापा, मोरङ, ओखलढुङ्गा, ताप्लेजुङमा दुर्घटनाका कारण ज्यान गुमाएका छन् । जसमध्ये सुनसरीमा सबैभन्दा बढी ज्यान गुमाउनेहरू छन् ।

लकडाउनको अवधिमा सुनसरीमा ४ जनाले ज्यान गुमाएका छन् । सुनसरीमा पहिलो पटक चैत १५ गते इनरुवा–७ स्थित पूर्वपश्चिम लोकमार्गमा मे ९ प १८७२ नम्बरको मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको ज्यान गएको थियो । इनरुवा–६ का ५० वर्षीय रघुवीर कटुवालको मोटरसाइकलको ठक्करका कारण ज्यान गएको थियो ।

चैत १९ गते इनरुवा–६ मै को १ च ९६०५ नम्बरको एम्बुलेन्सको ठक्करबाट एक जना नर्सको ज्यान गएको थियो । को १६ प २०६४ नम्बरको स्कुटीमा सवार इनरुवा–६ मधेशाकी स्वास्थ्यकर्मी रत्ना श्रेष्ठको मृत्यु भएको हो । त्यस्तै चैत २१ गते वराहक्षेत्र–२ को भित्रिसडक खण्डमा को २ त १८३६ नम्बरको खाली ट्याक्टर अनियन्त्रित भई सडकबाट ३५ फिट तल खस्दा सहचालक हरि थापाको

घटनास्थलमै मृत्यु भएको थियो । सुनसरीपछि झापामा लकडाउन अवधिभरि दुई जनाको ज्यान गएको एसपी दाहालले बताउनुभयो ।

उहाँका अनुसार लकडाउनको पहिलो दिन नै चैत ११ गते कमल गाउँपालिका–५ को भित्रीसडक खण्डमा मे १० प ७२३० नम्बरको मोटरसाइकलले पहिचान नखुलेको करिब ६०–६५ वर्षका वृद्धलाई ठक्कर दिएका थिए । उनको उपचारको क्रममा मृत्यु भएको थियो ।

ती वृद्धको हालसम्म पहिचान खुलेको छेन । त्यस्तै चैत २० गते कमल गाउँपालिका–४ मा केकुन सवारी साधनले ठक्कर दिँदा सिरहा सुखीपुर नगरपालिका–१ का ४५ वर्षीय पानो मण्डलको उपचारको क्रममा निधन भएको थियो ।

त्यस्तै मोरङमा चैत ११ (लकडाउनकै दिन) बेलबारी–१० मा पहिचान नखुलेको करिब ४०–४५ वर्षका व्यक्तिलाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको थियो । उक्त घटनामा सवारीसमेत पहिचान हुन सकेको छैन ।

अहिले सवारी र पहिचान नखुलेका मृतकको पहिचानका लागि अनुसन्धान भइरहेको छ । ओखलढुङ्गामा चैत ११ गते नै मानेभञ्ज्याङ गाउँपालिका–५ केरुङस्थित सिद्धिचरण लोकमार्गमा बा ६३ प ९३५५ नम्बरको मोटरसाइकलले ना ६ त ६३६० को ट्याक्टरमा ठक्कर लाग्दा मोटरसाइकलमा सवार पवित्रा राईको उपचारको क्रममा निधन भएको थियो ।

उक्त मोटरसाइकलमा तीन जना सवार रहेका थिए । त्यस्तै ताप्लेजुङमा चैत २३ गते फक्तालुङ गाउँपालिका–६ खेतीखोलास्थित दोभान– ओलाङचुङगोला निर्माणाधीन सडकखण्डमा सुख्खा पहिरोमा परी स्काइभेटर तमोर नदीमा खस्दा चालकको निधन भएको थियो ।

सुख्खा पहिरोका कारण सडकबाट १ सय मिटर तल तमोर नदीमा खस्दा चितवन सौराहाका २७ वर्षीय चालक चित्रकुमार गुरुङको घटनास्थलमै मृत्यु भएको थियो ।

जिवान विकास लघुवित्त संस्थाद्वारा राहत हस्तान्तरण

इनरुवा । जिवान विकास लघुवित्त संस्थाद्वारा सुनसरीको दुई वटा गाउँपालिकालाई राहत स्वरुप चामल हस्तान्तरण गरिएको छ । विश्वब्यापी रुपमा फैलिरहेको नोभेल कोरोना भाइरसका कारण मानव जिवानमा प्रत्यक्ष असर परेको हुनाले संस्थाले चामल हस्तान्तरण गरिएको हो ।

ज्यालादारी गर्ने र दैनिकी गुजारा चलाउन गह्रौ भएकाहरुलाई राहत पुग्ने गरी चामल हस्तान्तरण गरिएको संस्थाका रामानन्द मेहताले बताउनुभयो । मेहताका अनुसार सुनसरीको कोशी गाउँपालिका र भोक्राहा नरसिंह गाउँपालिकालाइ १५।१५ क्युन्टल गरि ३० क्युन्टल चामल जिवान विकास लघुवित्त संस्था शाखा कार्यालय मधुवानले दुबै गाउँपालिकाका अध्यक्षलाई हस्तान्तरण गराएको हो ।

उक्त राहत हस्तान्तरण कार्यक्रम मार्फत कोशी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारीले मुलुक अहिले बिशेश परिस्थितिमा गुज्रिरहेको बेला सम्पुर्ण व्यापारी उधौगपत्ती लगायतको सबैमा अपिल गर्दै र जिवान विकास लघुवित्त संस्था शाखा कार्यालय मधुवनलाई धन्यवाद समेत दिएका थिए ।

त्यसैगरी भोक्राहा नरसिंह गाउँपालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले समेत राहत विपन्नलाई विपन्न वितरण गरिने बताउनुभयो ।

जनता भन्दा प्यारो सत्ता : कुर्सी बचाउन ओली र नेपालको एक्ला एक्लै भेट

काठमाडौं  । नेपाल कम्युनिस्ट पार्टीभित्र आन्तरिक द्धन्द्ध चुलिंदै जाँदा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच वन टु वन भेटवार्ता भएको छ । दुवै नेताबीच पछिल्लो राजनीतिक घटनाक्रमबारे गम्भीर छलफल भएको बुझिएको छ ।

विश्वस्त स्रोतका अनुसार प्रधानमन्त्री ओलीले मिलेर जान प्रस्ताव गरेका छन् । उनले आफूले चालेका कदमहरुको उद्देश्यबारे समेत नेता नेपाललाई स्पष्ट पार्न खोजेका छन् । तर, नेपालले पार्टी निर्णयलाई बेवास्ता गर्दै कदमहरु चाल्दा साख गिरेको भन्दै सचेत गराएको बुझिएको छ ।

दुवै नेताबीच भविष्यमा राजनीतिक लेनदेनको विषयमा समेत छलफल भएको स्रोतले बतायो । तर, त्यो लेनदेन के हो स्पष्ट खुलेको छैन ।
नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वरिष्ठ नेता माधवकुमार नेपाललाई प्रधानमन्त्री बन्न प्रस्ताव गरिसकेको विषय बाहिर आएको छ । त्यसमा नेपालले शर्तसमेत राखेको बुझिएको छ ।

नेता नेपालले आफू निकटस्थसँग भविष्यमा चाल्ने कदमका बारेमा छलफल गरिसकेका छन् । उनलाई प्रधानमन्त्री बनेर पार्टीको अधिकार नछाड्न विश्वासपात्रहरुले सम्झाएका छन् ।

विराटनगरबाट उद्धार गरिएका यात्रु थानकोटमा अलपत्र

काठमाडौं । विराटनगर महानगरपालिकाले काठमाडौं पठाएका यात्रुहरु १० घण्टादेखि थानकोटमा अलपत्र परेका छन् ।

महानगरले अलपत्र परेकाहरुलाई सात वटा गाडीमा राखेर १६० जनालाई पठाएको थियो । आइतबार ३ बजेतिर गाडी चढेका उनीहरु विहान ५ बजेतिर थानकोट आइपुगेका थिए ।

‘काम परेर जाँदा लकडाउनका कारण उतै थुनिएका थियौं । स्थानीय तहले पास बनाएर पठाएपछि आएका थियौं,’ थानकोटमा रोकिएका बनेपाका रमेश प्रसाईँले भने, ‘विहान ५ बजेदेखि यहाँ अलपत्र छौं ।’

उनीहरु चढेर आएका केही गाडी फर्किसकेका छन् । तर प्रहरीले यात्रुहरुलाई रोकेर राखेको छ ।

सोमबार विहानै केहीलाई नाम टिपेर छाडे पनि केहीलाई रोकिराखेको र हिँजोबाट केही खानसमेत नपाएको उनीहरुले बताएका छन् ।

विराटनगर, विर्तामोड र जोमसोमलगायत स्थानबाट आएका करिब २ सय यात्रुहरु अलपत्र परेका छन् ।

यात्रुहरुलाई रोक्न प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, काठमाडौं प्रहरी परिसर प्रमुख एसएसपी श्याम ज्ञवाली, ट्राफिक प्रहरी प्रमुख भीम ढकाललगायत नागढुंगा, थानकोट लगायतका स्थानमा अवलोकन नाकामा पुगेका छन् । उनीहरुले यात्रुहरुलाई फर्काउन सुरक्षाकर्मीलाई निर्देशन दिएका छन् ।

गृह मन्त्रालयले कोरोना भाइरस ९कोभिड–१९० को संक्रमण फैलिन नदिन गरेको लकडाउनमा कडाइ गर्न सुरक्षा निकाय र स्थानीय प्रशासनलाई परिपत्र गरेको छ ।

एसएसपी ज्ञवालीले पास बिनाका कुनै पनि गाडि प्रवेश नदिने बताए । यहाँ आएका सबै गाडी फर्काउन भनिएको उनले बताए ।

वीरगञ्जका कोरोना संक्रमित दिल्लीको धार्मिक सभामा सहभागी थिए

वीरगञ्ज । वीरगञ्ज महानगरपालिक–१९ का कोरोना भाइरस ९कोभिड–१९० संक्रमित दिल्लीमा भएको धार्मिक सभामा सहभागी भएर आएको खुलेको छ ।

संक्रमितको ट्राभल हिष्ट्री अध्ययनका क्रममा भारतमा कोरोना भाइरस फैलाउन महत्वपूर्ण भूमिका खेलेको भनिएको सभामा उनी पनि सहभागी भएको पाइएको हो ।

१ देखि १५ मार्चसम्म नयाँदिल्लीस्थित निजामुद्दीनमा तबलीगी जमातको धार्मिक सभा भएको थियो । धार्मिक सभामा करिब ८ हजार मानिस सहभागी भएका थिए । वीरगञ्जका संक्रमित ६ मार्चमा दिल्ली गएर धार्मिक सभामा सहभागी भई ११ मार्च अर्थात २८ फागुनमा नेपाल फर्केका थिए । त्यसको डेढ महिनापछि कोरोना संक्रमण पुष्टि भएको छ ।

एकसाता अघिदेखि उनी वीरगञ्जको सिदार्थ मावि क्वारेन्टाइनमा थिए । आइतबार डिस्चार्ज भएका तीन भारतीय संक्रमितको कन्ट्याक्ट ट्रेसिङका क्रममा उनी फेला परेका थिए ।

कोभिड–१९ संक्रमणको पुष्टि भएपछि आइतबार नै उनलाई नारायणी अस्पतालको आइसोलेसनमा राखिएको छ भने परिवारका चार सदस्यलाई होम क्वारेन्टाइनमा राखिएको छ ।

ट्राभल हिष्ट्री लिएर कन्ट्याक्ट ट्रेसिङको क्रममा मार्चमा उनी दिल्लीको धार्मिक सभामा सहभागी भएको खुलेको वीरगञ्जस्थित नेपाली सेनाको चण्डीनाथ गणका गणपति मदनजंग राणाले जानकारी दिए । ‘कोभिड–१९ संक्रमणको पुष्टी भएपछि कन्ट्याक ट्रेसिङ शुरु गरेका छौं । उनीसँगै धार्मिक सभामा सहभागी अर्का एक जमाति पनि भेटिएका छन् ।’

उनीसँगै दिल्लीको धार्मिक सभामा सहभागी अर्का एक व्यक्ति र लकडाउनमा वीरगञ्ज पुगेर आएका घण्टाघरका एक व्यापारीलाई सिदार्थ मावि क्वारेन्टाइनमा राखिएको छ ।

पीसीआर नेगेटिभ आएका ३७ जनाको विदाई

क्वारेन्टाइनमा १४ दिन पुरा गरी पीसीआर विधिबाट गरिएको परीक्षणमा नेगेटिभ रिपोर्ट आएपछि ३७ जनालाई विदाई गरिएको छ ।

एक नेपालीसहित २८ जना भारतीय जमातीको जिम्मा नेपाली मुस्लिम समुदायले लिएका छन् । उनीहरुलाई राख्न छपकैया– २ यतिम खाना मस्जिद नजिकै खाली घरमा बसोबासको व्यवस्थापन मिलाईएको छ । बाँकी ९ जना पर्साको पर्सागढी, बारा र सुनसरीको रहेको र उनीहरुलाई सम्बन्धित वडाका वडा अध्यक्षहरुको जिम्मा लगाएर पठाइएको छ ।

क्वारेन्टाईनमा बसेकाहरुको रिपोर्ट नेगेटिभ आएकाले ७ दिन होम क्वारेन्टाइन बस्न आग्रह गर्दै घर पठाउने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

परीक्षण सामाग्रीको अभाग

जिल्लामा संक्रमित थपिएपछि परीक्षणका लागि आवश्यक सामाग्रीको अभाव देखिएको छ । संक्रमितको सम्पर्कमा आएका व्यक्तिहरुको आरडीटी र पीसीआर विधिबाट परीक्षणका लागि आवश्यक सामान केन्द्रिय संकट व्यवस्थापन केन्द्रसँग माग गरिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले जानकारी दिए ।

‘वीरगञ्जमा दुईजना संक्रमित थपिएका छन् । कन्ट्याक्ट ट्रेसिङका आधारमा मानिसहरुको परीक्षण गर्दै जानुपर्नेहुन्छ । झन महानगरपालिकाको सरसफाईकर्मी नै संक्रमित भएकाले धेरै मानिस सम्पर्कमा हुन सक्छन्,’ उनले भने, ‘आवश्यक चेकजाँचमा समस्या नहोस् भनेर ५०० थान आरडीटी किट र २०० भीटीएम माग गरेका छौं ।’

साथै जिल्लामा लकडाउनलाई थप कडाई गर्ने, छपकैया क्षेत्रमा गरिएको शिललाई कायम राख्ने निर्णय भएको छ ।

ओलीलाई झट्का! प्रचण्डले घोषणा गरे माधव नेपाललाई भावि प्रधानमन्त्री

काठमाडौं । आइतबार दिउँसो नेकपा वरिष्ठ नेता माधव नेपालको निवास कोटेश्वरमा उनी निकट समूहको भेला भएको छ । अध्यादेश प्रकरणपछि नेकपाको आन्तरिक राजनीतिमा आएको अभूतपूर्व उतारचढावसँगैको उक्त भेलालाई अर्थपूर्ण मानिएको छ । प्रचण्डसमेत पुगेका आजको भेलामा घनश्याम भुषालबाहेक नेपाल निकट स्थायी समितिका अधिकाम्श सदस्यको उपस्थिति थियो । भुषाल भने पूर्व निर्धारित अर्को कार्यक्रमका कारण अनुपस्थित रहेको बताइएको छ ।

प्रधानमन्त्री एक्लैको निर्णयबाट उत्पन्न वर्तमान असहज परिस्थितिलाई पार लगाउन नेता नेपालले नेतृत्वदायी भूमिका खेल्नपर्ने भनी नेकपा अध्यक्ष प्रचण्डले गरेको आग्रहलाई उपस्थित सबैले समर्थन गरेका थिए । सहभागीहरूले अध्यादेश फिर्ता भएपनि त्यसबाट उत्पन्न गम्भीर विषयमा गहन ढंगले छलफल गर्दै अगाडिका विकल्पबारे दृढताकासाथ अघि बढ्न पनि नेपाललाई आग्रह गरेका छन् । सरकारको पछिल्लो कामको समीक्षा गर्न तत्काल सचिवालय, स्थायी समिति र केन्द्रीय समितिको बैठक बोलाउनुको विकल्प नभएको धारणासमेत सहभागीहरूले राखेको बुझिएको छ ।

भेलामा एमाले उपाध्यक्षत्रय भीम रावल, युवराज ज्ञवाली, अस्टलक्ष्मी शाक्य, महासचिवमा ६ भोटले पछि परेका सुरेन्द्र पाण्डे, बेदुराम भुसाल, पर्यटन मन्त्री योगेश भट्टराई, रघुजी पन्त, भीम आचार्य, मुकुन्द न्यौपाने, गोकर्ण बिष्टलगायतको उपस्थिति रहेको जनआस्थाले लेखेको छ।

आज १५ बैशाख २०७७ सोमवार को राशिफल

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )

सुरुमा खर्च बढ्नुका साथै अर्थअभावले सताउन सक्छ। बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलालाई निखार्ने अवसर प्राप्त हुनेछ। चिताएको काम सम्पादन हुनेछ। पहिलेका कमजोरीलाई सुधार्ने मौका छ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। मान-सम्मान प्राप्त हुनेछ। सम्पादित कामबाट धन लाभ हुनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। अध्ययनमा प्रगति हुनेछ। फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला। अरूको विश्वासमा पर्दा धोका हुन सक्छ। टाढाका साथीभाइसँग सम्पर्क बढ्नाले यात्रा सम्भावना देखिन्छ। दिउँसोदेखि परिस्थिति अनुकूल बन्नाले महत्त्वाकांक्षी काम गर्न सफल भइनेछ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )

आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। आफन्तको सान्निध्य र अभिभावाकको स्नेह प्राप्त हुनेछ। स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। विगतका कमीकमजोरीमा सुधार आउनेछ। प्रयत्न गरेको काम बन्नेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। प्रयत्न गर्दा दिगो काम प्रारम्भ हुन सक्छ। स्रोत–साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। तर रकम तत्काल उठाउँदा लाभांशमा घाटा लाग्न सक्छ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )

प्रतिष्ठित काम सम्पादन गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। भैपरी आउने खर्चले चिन्ता बढाउन सक्छ। सुरक्षाका लागि फाइदाका वस्तु त्याग्नुपर्ला। कर्जामार्फत धन र आवश्यकताका वस्तु जुटाउन सकिनेछ। तत्काल फाइदा लिँदा लाभांश अरूलाई पनि बाँड्नुपर्ला। आफ्नो मिहिनेतको प्रतिफल अरूले हत्याउने चेष्टा गर्नेछन्। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। सरसापट र सहयोगमा केही नगद बाहिरिने देखिन्छ। आफ्नो क्षेत्रमा नाम र दाम कमाउने समय छ। मेहनत गर्दा आयआर्जनका नयाँ स्रोतसमेत फेला पर्नेछन्। तर दिउँसोदेखि खर्चिलो कामले धेरै रकम जुटाउनुपर्ने हुन सक्छ। प्रतीक्षित नतिजा सोचेजस्तो अनुकूल नआउन सक्छ। मिहिनेतको फल अरूलाई सुम्पनुपर्ला। आम्दानी भए पनि रकम सञ्चय नहोला। मिहिनेत गर्दा आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )

पहिलेका कमजोरी बाहिर आउनाले प्रतिष्ठामा समस्या पर्ला। मिहिनेतले आम्दानी बढाउनेछ। आयस्रोत बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। दिगो काम थालनी हुन सक्छ। पढाइमा पनि प्रगति हुनेछ। सट्टापट्टा, लेनदेन आदिमा फाइदा हुनेछ। व्यापारमा थन्किएका वस्तु बिक्री हुनेछन् र अड्किएको रकम उठ्नेछ। श्रमको उचित मूल्यांकन हुनेछ। भविष्यका लागि रुचिका विषयमा लगानी बढाउन सकिनेछ। सम्भावना देखिए पनि सोचेको उपलब्धि प्राप्त नहुन सक्छ। आध्यात्मिक चेतनाले धर्मकर्म र सेवामूलक काममा प्रवृत्त गराउनेछ। स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल नपाइएला।

 सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )

स्वास्थ्य कमजोर रहनाले चिताएको काम पूरा गर्न नसकिएला। भाग्यवश कीर्तिमानी काम गर्ने अवसर प्राप्त हुनेछ। आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। दाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक दायित्व बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। प्रयत्न गर्दा महत्त्वपूर्ण वस्तु लाभ होला। सहयोगीहरूले हिम्मत दिलाउनेछन्। प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनेछ। न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति देखिन्छ। चुनौतीभित्र अवसर खोज्ने समय छ। प्रयत्न गर्दा जटिल काममा समेत सकारात्मक संकेत प्राप्त हुनेछ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )

रमाइलो यात्रा र मनोरञ्जनको आनन्द लिने समय छ। परिस्थिति प्रतिकूल देखिए पनि भाग्यले विभिन्न अवसर जुराउनेछ। काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ। मिहिनेत गर्दा पदीय जिम्मेवारी प्राप्त हुने सम्भावना छ। विगतका कमजोरीमा क्रमश: सुधार आउनेछ। लगनशीलताले राम्रै लाभ दिलाउन सक्छ। पहिलेको सफलताले हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। अतिथिका रूपमा सत्कार पाइनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। कामको चापबाट फुर्सद पाइनेछ। व्यवसायले मनग्गे आम्दानी दिलाउनेछ। विभिन्न भौतिक वस्तुहरू जुटाउन सकिनेछ। दिउँसोदेखि अस्वस्थ शरीर लिएर काममा जुट्नुपर्ने अवस्था आउन सक्छ। बाध्यात्मक परिस्थितिले इच्छाशक्ति कुण्ठित हुनेछ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )

रोकिएका काम बन्नाले नयाँ योजनातर्फ अग्रसर भइनेछ। काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति रहनेछ। अरूका काममा धेरै समय खर्चनुपर्ला। विगतका समस्या बल्झिन सक्छन्। सानातिना काम र घरेलु समस्यामा अल्झनुपरे पनि बुद्धिको उपयोगले समस्या सुल्झाउन सफल भइनेछ। शुभचिन्तकहरूको साथले कर्मयोग बलियो रहनेछ। तर अरूको भर पर्दा काम अधुरो रहन सक्छ। भौतिक साधन जुट्नाले दिगो काम सुरु गर्न सकिनेछ। अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। दिउँसोदेखि रमाइलो जमघटमा सहभागी भइनेछ। अतिथिका रूपमा सम्मान प्राप्त हुनेछ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )

प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। छोटो समयमा फाइदा उठाउन सकिनेछ। अध्ययन, लेखन तथा मनोरञ्जनमा समय बित्नेछ। मित्रता र प्रेमको बन्धन कसिनेछ भने शुभचिन्तकहरूको सहयोग प्राप्त हुनेछ। भौतिक साधन जुट्नाले आम्दानी बढाउने काम गर्न सकिनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। विशेष उपहार प्राप्त हुन सक्छ। प्रियजनसँगको सान्निध्यले दिन रमाइलो रहनेछ। स्वास्थ्यका कारण अध्ययनमा ध्यान केन्द्रित नहुन सक्छ। अरूका लागि बुद्धि खर्चनुपर्ला। समयको गतिलाई पछ्याउन नसक्दा पछि परिनेछ। दिउँसोदेखि स्थितिमा सुधार आउनाले नयाँ कामतर्फ अग्रसर भइनेछ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )

हतारमा निर्णय लिँदा काम बिग्रन सक्छ। भौतिक साधन जुट्नाले दिन उत्साहजनक रहनेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। परिस्थितिसँग सम्झौता गर्नुपरे पनि प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। नयाँ योजना शुभारम्भ गर्ने समय छ। बुद्धिको उपयोगले पहिलेको उपलब्धि जोगाउन सफल भइनेछ। शत्रुता साध्नेहरू स्वयं कमजोर हुनाले फाइदा हुनेछ। तत्कालको फाइदा हेर्दा पछिलाई समस्या पर्नेछ। बेसुरमा बोल्ने बानीले पनि दु:ख पाइनेछ। आफन्त र परिवारजनलाई धेरै समय दिनुपर्ने हुन सक्छ। साझेदारसँग असमझदारी देखिने हुँदा सजग रहनुहोला। हडबडीले समस्या निम्त्याउन सक्छ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )

प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। आँटले सजिलै लक्ष्यमा पुर्याउनेछ। प्रयत्न गर्दा दिगो फाइदा हुने काम सम्पादन हुनेछ। सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। नयाँ काम गर्ने अवसर पनि प्राप्त हुनेछ। पहिलेको सफलताले हौसला जगाउनेछ। व्यापारले फाइदा दिनेछ। तत्काल धेरै गर्न नसकिए पनि पछिका लागि जग बसाउने समय छ। कर्मयोगले नयाँ मोड लिनेछ भने मिहिनेतले नाम, दाम र इनाम आर्जन गर्न सकिनेछ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। प्रतिस्पर्धीहरू पछि पर्नेछन्। दिउँसोदेखि साथीभाइसँग सन्तुलित व्यवहार गर्नुपर्ला। बेसुरमा काम गर्दा दु:ख पाइनेछ। पुरानो गतिले पनि काम बिग्रन सक्छ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )

समयमा वचन पुर्याउन नसक्ता अरूले आलोचना गर्न सक्छन्। पुरानो सम्झौता तोड्नुपर्ने हुन सक्छ। अनावश्यक हल्लाको पछि लाग्दा व्यर्थैमा दु:ख पाइनेछ। प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ला। बेसुरमा दिइएको वचनले पनि समस्या निम्त्याउनेछ। साइनो गाँस्नेहरूको भरपर्दा लक्ष्य प्राप्ति नहुन सक्छ। समयमा सजग नबन्दा शुभचिन्तकहरू समेत टाढिनेछन्। दिगो योजनाका साथ अघि बढ्दा बिस्तारै लाभ मिल्नेछ। बेसुरमा बोल्ने बानीले वादविवाद निम्त्याउन सक्छ। परिस्थितिको बन्धनले पनि स्वतन्त्रतामा बाधा पुर्याउला। दिउँसोदेखि स्थितिमा सुधार आउनाले नयाँ मार्गतर्फ अग्रसर भइनेछ। व्यापार बढ्नाले लाभ हुनेछ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )

सुन्दर पहिरनका साथ व्यक्तित्व निखार्ने अवसर जुट्नेछ। सहयोगीहरूले साथ दिनाले चिताएका काम सम्पादन हुनेछन्। परिश्रमअनुसार राम्रो परिणाम प्राप्त हुनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। थोरै लगानीबाट पनि नाफा कमाउन सकिनेछ। मिहिनेत गर्दा उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। नयाँ कामको प्रस्ताव प्राप्त हुनेछ भने सहयोगीहरूले साथ दिनेछन्। कमजोरी सुधार गर्दै फाइदा उठाउने समय छ। बिछोडिएका आफन्तजनसँग भेटघाटको अवसर जुट्नेछ। अवसर प्राप्त भए पनि भूलवश काममा बाधा होला।

 

 

 

 

वैशाख ३० सम्म सीमामा अवागमन रोक्ने निर्णय

काठमाडौं । सरकारले अन्तराष्ट्रिय सीमा नाकामा वैशाख ३० सम्म अवागमन रोक्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले बाह्य जगतबाट जोखिम नहोस् भनेर सीमा नाकामा आवागमन रोक्ने निर्णय गरेको हो ।

सरकारले चैत १० बाट सीमा नाकामा आवागमन रोकेको थियो ।

आइतबारको मन्त्रिपरिषद्को बैठकले लकडाउनलाई २५ गतेसम्म लम्ब्याउने निर्णय पनि गरेको छ । अनलाइनखबर

कोरियामा कामदार पठाउने सरकारको निर्णय

काठमाडौं । सरकारले ईपीएस अन्तरगत दक्षिण कोरियामा कामदार पठाउने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले दुई देशको आपसी सहमतिमा कामदार पठाउने निर्णय गरेको हो ।

सरकारले अन्तराष्ट्रिय सीमा नाकामा वैशाख ३० सम्म अवागमन रोक्ने निर्णय गरेको छ । अनलाइनखबर

वैशाख २५ सम्म लकडाउन लम्ब्याउने सरकारको निर्णय

काठमाडौं । सरकारले लकडाउनलाई २५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।

पूर्वघोषित लडाउन १५ वैशाखसम्म थियो ।

तर कोभिड(१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको शनिबार बसेको बैठकले लकडाउनकै कारण कोरोनाको संक्रमण नियन्त्रण गर्न सफल भएको निष्कर्ष निकालेको थियो भने कार्यदलले एक साता लम्ब्याउन सिफारिस गरेको थियो ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बन्यो कोरोना विषेश अस्पताल

धरान । सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक सय शय्याको विषेश कोभिड–१९ अस्पताल तयार भएको छ । कोरोना संक्रमणको दर बढेसँगै एक सय बेडको सुविधा सम्पन्न कोभिड–१९ अस्पताल तयार पारिएको हो । एक हप्तामै तयार भएको यो अस्पतालमा आईसीयू बेड १३ वटा छन् ।

प्रतिष्ठानका सहप्रवक्ता डा। अशोक ऐरले प्रतिष्ठानमा लेबल–थ्री स्तरको छुट्टै कोभिड–१९ अस्पताल तयार भएको जानकारी दिए । जस्तोसुकै कोरोना संक्रमितहरुलाई अब प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा राखेर उपचार गर्न सकिने उनले बताए ।

निर्माणकर्ताले कोभिड–१९ अस्पताल प्रतिष्ठानलाई आइतबार हस्तान्तरण गरेको छ । मुख्यमन्त्री शेरधन राईले आइतबार नै अस्पताल निरीक्षण गरेका छन् । प्रतिष्ठानका उपकुलपति प्रा।डा। ज्ञानेन्द्र गिरीले कोभिड–१९ अस्पतालबाट प्रदान गरिने सेवा प्रवाहबारे मुख्यमन्त्री राईलाई जानकारी गराएका थिए ।

कोभिड–१९ अस्पताल निरीक्षण गरेपछि मुख्यमन्त्री राईले सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रदेश १ कोरोना भाइरसको केन्द्रविन्दुको रुपमा देखा परे पनि सरकारको तयारी राम्रो रहेकाले आत्तिनु नपर्ने बताए ।

‘प्रदेश सरकारको अत्यन्तै राम्रो तयारी भएको हुनाले अलिकति पनि आत्तिनु पर्ने, विचलित हुनुपर्ने अवस्था छैन,’ मुख्यमन्त्री राईले भने, ‘हामीले एक हप्तामा नै विराटनगरमा कोभिड अस्पताल तयार गर्‍यौं, जहाँ संक्रमितहरुलाई राख्ने गरेका छौं । जहाँजहाँ संक्रमण देखिएको छ, त्यहाँ परीक्षण कार्यलाई तीव्र बनाएका छौं । दायरा पनि फराकिलो बनाएका छौं ।’

प्रतिष्ठानका उपकुलपति गिरीले पहिलो चरणमा १ सय बेड भए पनि आवश्यक परेमा थप ५ सय बेड बनाउन सकिने जानकारी दिए ।

सामाजिक विकास मन्त्री जीवन घिमिरेका अनुसार प्रदेश सरकारको पहलमा संघ सरकारले प्रतिष्ठानमा छुटै कोभिड–१९ अस्पताल बनाउनका लागि १२ करोड रुपैयाँ उपलब्ध गराएको थियो ।

विराटनगरस्थित कोशी अस्पतालमा पनि प्रदेश १ सरकारले तयार पारेको कोभिड १९ अस्पताल सञ्चालनमा छ । ५० शय्याको सो अस्पतालमा अहिले ३० जना संक्रमितको उपचार भइरहेको छ ।

झापाका ५० वर्षीयमा कोरोना संक्रमण, संक्रमितको संख्या ५२

काठमाडौँ । आइतबार विराटनगरको कोशी अञ्चल अस्पतालमा गरिएको परीक्षणमा एक पुरुषमा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जारी गरेको विज्ञप्तिका अनुसार झापाका एक ५० वर्षीय पुरुषमा संक्रमण देखिएको हो ।

उनी अस्पतालको सम्पर्कमा रहेको र स्वस्थ रहेको विज्ञप्तिमा जनाइएको छ ।

यसका साथै नेपालमा कोरोना संक्रमितको संख्या ५२ पुगेको छ । आइतबार नै वीरगन्जका दुईजना पुरुषमा पनि संक्रमण पुष्टि भएको थियो । १६ जना संक्रमित भने निको भएर घर फर्किएका छन् ।

लकडाउन खुलेको दुई सातापछि एसईई सञ्चालन गर्ने तयारी

काठमाडौं । शिक्षा, विज्ञान तथा मन्त्रालयले बन्दाबन्दीको अन्त्य भई अन्य अवस्था सामान्य भएमा त्यसको दुई सातापछि स्थगित माध्यमिक शिक्षा परीक्षा कक्षा १० ९एसईई० परीक्षा सञ्चालन हुने गरी तयारी गरेको छ ।

मन्त्रालयका सचिव महेशप्रसाद दाहालले नयाँ परिस्थितिमा वैकल्पिक शिक्षा विधि र परीक्षा सञ्चालनको ढाँचाबारे गठित समितिले काम गरिरहेको र प्रारम्भिक सुझाव प्राप्त भएकाले अवस्था हेरेर परीक्षा सञ्चालन गर्ने गरी तयारी अघि बढ्ने जानकारी दिए ।

शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल ९एनसीई०ले परीक्षाका विषयमा आइतबार गरेको भिडियो छलफलमा सचिव दाहालले बन्दाबन्दीबारे सरकारले निर्णय गरेपछि मन्त्रालयले परीक्षाबारे धारणा सार्वजनिक गर्ने उल्लेख गरे । अब परीक्षा भएमा विद्यालयलाई सामाजिक दुरीसहित बस्ने गरी नजिक नजिक परीक्षा केन्द्र राख्नुपर्ने सुझाव पनि दिइएको छ । मन्त्रालयले कोरोनाको जोखिम कम भएमा अरु पूर्व निर्धारित परीक्षा केन्द्रका उपकेन्द्र निर्धारण गरी परीक्षा गर्ने र जोखिम कायम रहेमा परीक्षा प्रणालीका अन्य विकल्पमा पनि राखिएको दाहालले जानकारी दिए ।

मन्त्रालयले पूर्वविज्ञान तथा प्रविधिमन्त्री गणेश साहको संयोजकत्वको उच्चस्तरीय समितिमातहतका विषयगत कार्यसमूहले दिएको सुझावलाई मन्त्रालयले र समितिले अध्ययन गरिरहेको छ ।

शिक्षाविद् डा मनप्रसाद वाग्लेले भने विद्यार्थीको वार्षिक मूल्यांकनका आधारमा पनि ग्रेड निर्धारण गर्न सकिने भन्दै परीक्षा गर्नैपर्ने भएमा सामाजिक दुरी कायम गर्ने वा एकै दिन चार वटा मुख्य विषयको एकै लिएर बाँकी विषयको आन्तरिक मूल्यांकन गर्न सकिने सुझाव दिए ।

नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका अध्यक्ष लक्ष्मण शर्माले माथिल्लो कक्षामा प्रवेश परीक्षा पनि लिइने भएकाले कक्षा १० को एसइई परीक्षालाई हाउगुजीका रुपमा कायम राखिराख्न नपर्ने तर्क राखे । उनले स्थानीय तहको समन्वयमा तीन दिनभित्र विद्यार्थीको आन्तरिक मूल्याङ्कनका आधारमा तीन दिनभित्र प्राप्ताङ्क तयार गर्न सकिने जनाए ।

एनसीई नेपालका अध्यक्ष डिल्लीराम सुवेदीले बन्दाबन्दीका कारण विद्यार्थीहरुलाई मनोवैज्ञानिक समस्या परेको हुन सक्ने र तत्कालै परीक्षा सञ्चालन गर्दा थप मार पर्नेतर्फ पनि सोच्न आग्रह गरे ।

गत चैत ६ गतेदेखि १७ गते सम्म हुने गरी सञ्चालनका लागि सबै तयारी पूरा भएपनि भाइरसको जोखिमका कारण उच्चस्तरीय समन्वय समितिको चैत ५ गते साँझको बैठकले परीक्षा स्थगनको निर्णय गरेको थियो । सो परीक्षाका लागि चार लाख ८२ हजार २१९ विद्यार्थीले आवेदन दिएका थिए भने एक हजार नौ सय ९५ परीक्षा केन्द्र निर्धारण गरिएको थियो । बोर्डले गत चैत ८ गतेदेखि हुने कक्षा १२ र चैत २५ गतेदेखि हुने भनिएको कक्षा ११ को परीक्षा पनि बन्दाबन्दीका कारण स्थगन गरेको थियो ।

सर्वेन्द्र खनाल र महेश बस्नेतविरुद्ध प्रहरीले उजुरी लिन अटेर

काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंले सांसद अपहरण सम्बन्धी मुद्दा दर्ता गर्न आनाकानी गरेको छ ।

आफ्नो पार्टीका सांसद सुरेन्द्र यादवको अपहरण गरिएको भन्दै जनता समाजवादी पार्टीका नेताहरु प्रहरी परिसरमा सांसद महेश बस्नेत, कृष्ण ९किसान ० श्रेष्ठ र सर्वेन्द्र खनालविरुद्ध जाहेरी लिएर पुगेका छन् । पीडित सांसद डा। सुरेन्द्र यादव पनि प्रहरी कार्यालयमा छन् ।

मुद्दा दर्ताका लागि समाजवादी जनता पार्टीका नेताहरु डा। बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतोसमेत प्रहरी कार्यालयमा पुगेका छन् ।

यो पनि पढ्नुहोस
अपहरणको मुद्दा दर्ता गर्न प्रहरी कार्यालय पुगे जसपाका नेताहरु
डीएसपी कृष्ण चन्दले मुद्दा दर्ता गर्न आनाकानी गरेको र यहाँ मिल्दैन, महोत्तरी जानोस् भनेर जवाफ दिएको स्रोतले बतायो । जसपाका नेता र प्रहरी अधिकारीबीच अहिले पनि छलफल जारी छ ।

नेकपा सांसद महेश बस्नेत, किसान श्रेष्ठ र पूर्वआइजीपी सर्वेन्द्र खनालले गत मंगलबार जनकपुरबाट समाजवादीका सांसद डा। सुरेन्द्र यादवलाई जबरजस्ती उठाएर काठमाडौं ल्याई होटलमा राखेका थिए । बुधबार बिहानै यादव त्यहाँबाट फुत्केर आफ्नो पार्टीको सम्पर्कमा पुगेका थिए ।

डा। यादवलाई काठमाडौं ल्याउने तीनैजनाले प्रधानमन्त्री केपी ओलीले खटाएर आफूले यो काम गरेको बताएको पीडित यादवको भनाइ छ ।

यसैबीच प्रहरीले जाहेरी लिन नमानेको भन्दै पूर्वप्रधानमन्त्री डा। बाबृुराम भट्टराईले ट्विटरमा लेखेका छन्, ‘यत्रो देशविदेश तरंगित गराइरहेको सांसद अपहरणसम्बन्धी मुद्दा पीडित ब्यक्तिले महानगरीय प्रहरी परिसर काठमाण्डौमा समयभित्र विधिसम्मत ढंगले जाहेरी दिन लाग्दा दर्ता गर्न इन्कार गरिन्छ भने ओलीतन्त्रमा कानूनको शासन कायम हुन्छ र नागरिकको जीवन रक्षा हुन्छ भनेर कसरी विश्वास गर्ने ? अनलाइनखबर

थप ४ जना कोरोना संक्रमित निको भएर फर्किए

काठमाडौं ।  थप ४ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार गराइरहेका चार जना संक्रमित आइतबार निको भएर घर फर्किएका हुन् ।

डिस्चार्ज हुनेहरुमा छपकैयाको मक्की जामे मस्जिदमा बसेका तीन भारतीय र रौतहटका १९ वर्षीय एक युवक रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

उनीहरु चौथो र पाँचौ रिपोर्ट नेगेटिभ आएपछि अस्पताल भर्ना भएको १५‍‍औं दिनमा डिस्चार्ज भएका हुन् । योसँगै नेपालमा कोरोना निको हुने बिरामीको संख्या १६ पुगेको छ ।

हालसम्म नेपालमा ५१ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । त्समध्ये ३५ जना उपचाररत छन् भने १६ जना निको भएर डिस्चार्ज भइसकेका छन् ।अनलाइनखबर

अपहरणको मुद्दा दर्ता गर्न प्रहरी कार्यालय पुगे जसपाका नेताहरु

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का सांसदद्वय महेश बस्नेत र किसान श्रेष्ठ तथा पूर्वप्रहरी महानिरीक्षक सवेन्द्र खनालविरुद्ध अपहरण तथा शरीर बन्धकको मुद्दा दर्ता गर्न जनता समाजवादी पार्टीका नेताहरु महानगरीय प्रहरी परिसर, काठमाडौं पुगेका छन् ।

सांसद एवं पूर्व स्वास्थ्यमन्त्री सुरेन्द्र यादवसँगै जसपाका शीर्ष नेताहरु पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो लगायत टेकु पुगेका हुन् ।

परिसर प्रमुख एसएसपी श्यामलाल ज्ञवाली कार्यालयमा छैनन् । जसपाका नेताहरुले एसपी सोमेन्द्र राठोरसँग कुराकानी गरिरहेका छन् । तर जाहेरी दर्ता भएको छैन ।

खनाल, श्रेष्ठ र बस्नेतले तत्कालीन समाजवादी पार्टी फुटाउने प्रयासमा १० वैशाखमा महोत्तरी पुगेर सांसद यादवलाई काठमाडौं ल्याएका थिए । समाजवादी पार्टीका नेताहरुले प्रधानमन्त्रीकै निर्देशनमा आफ्ना सांसदलाई अपहरण गरिएको दाबी गरे ।

भोलिपल्ट विहानै सांसद यादव मेरियट होटलबाट भागेर समाजवादी पार्टीका नेताहरुको सम्पर्कमा पुगे । र, आफूलाई अपहरणकै शैलीमा काठमाडौं ल्याइएको बयान दिएका छन् ।

तर खनाल, श्रेष्ठ र बस्नेतले भने उनकै सहमतिमा काठमाडौं ल्याइएको बताउँदै आएका छन् । अनलाइनखबर