जिवान विकास लघुवित्त संस्थाद्वारा राहत हस्तान्तरण – Nagarikabhiyan : National News

जिवान विकास लघुवित्त संस्थाद्वारा राहत हस्तान्तरण

इनरुवा । जिवान विकास लघुवित्त संस्थाद्वारा सुनसरीको दुई वटा गाउँपालिकालाई राहत स्वरुप चामल हस्तान्तरण गरिएको छ । विश्वब्यापी रुपमा फैलिरहेको नोभेल कोरोना भाइरसका कारण मानव जिवानमा प्रत्यक्ष असर परेको हुनाले संस्थाले चामल हस्तान्तरण गरिएको हो ।

ज्यालादारी गर्ने र दैनिकी गुजारा चलाउन गह्रौ भएकाहरुलाई राहत पुग्ने गरी चामल हस्तान्तरण गरिएको संस्थाका रामानन्द मेहताले बताउनुभयो । मेहताका अनुसार सुनसरीको कोशी गाउँपालिका र भोक्राहा नरसिंह गाउँपालिकालाइ १५।१५ क्युन्टल गरि ३० क्युन्टल चामल जिवान विकास लघुवित्त संस्था शाखा कार्यालय मधुवानले दुबै गाउँपालिकाका अध्यक्षलाई हस्तान्तरण गराएको हो ।

उक्त राहत हस्तान्तरण कार्यक्रम मार्फत कोशी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारीले मुलुक अहिले बिशेश परिस्थितिमा गुज्रिरहेको बेला सम्पुर्ण व्यापारी उधौगपत्ती लगायतको सबैमा अपिल गर्दै र जिवान विकास लघुवित्त संस्था शाखा कार्यालय मधुवनलाई धन्यवाद समेत दिएका थिए ।

त्यसैगरी भोक्राहा नरसिंह गाउँपालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले समेत राहत विपन्नलाई विपन्न वितरण गरिने बताउनुभयो ।