१६ बैशाख २०७७, मंगलवार १०:५८ – Page 3 – Nagarikabhiyan : National News

सरकारी वकिल कार्यालयले पनि लिएन जाहेरी

काठमाडौं । सरकारी वकिलको कार्यालय, काठमाडौंले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का सांसदद्वय महेश बस्नेत र कृष्णकुमार श्रेष्ठ ९किसान० तथा नेपाल प्रहरीका पूर्व महानिरीक्षक सर्वेन्द्र खनालविरुद्ध अपहरणको जाहेरी दर्ता गर्न अस्वीकार गरेको छ ।

महानगरीय प्रहरी परिसर, काठमाडौंले जाहेरी दर्ता गर्न अस्वीकार गरेपछि जसपाका नेताहरु सरकारी वकिलको कार्यालय पुगेका थिए । तर दुई घण्टा लामो छलफलमा पनि सरकारी वकिलको कार्यालयका प्रमुख हरिप्रसाद रेग्मीले दर्ता गर्न मानेनन् ।

बस्नेत, श्रेष्ठ र खनालले तत्कालीन समाजवादी पार्टीका सांसद डा। सुरेन्द्र यादवलाई १० वैशाखमा महोत्तरीबाट काठमाडौं ल्याएका थिए । डा। यादवले आफूलाई अपहरणको शैलीमा काठमाडौंमा ल्याएको बताएका छन् ।

समाजवादी पार्टीका नेताहरूले प्रधानमन्त्रीकै निर्देशनमा आफ्ना सांसदलाई अपहरण गरिएको दाबी गरेका छन् ।

महोत्तरीबाट काठमाडौं ल्याएको भोलिपल्ट बिहानै सांसद यादव मेरियट होटलबाट भागेर समाजवादी पार्टीका नेताहरूको सम्पर्कमा पुगेका थिए ।

खनाल, श्रेष्ठ र बस्नेतले भने उनकै सहमतिमा काठमाडौं ल्याइएको बताउँदै आएका छन् । अनलाइनखबर

भरतपुरको कोरोना अस्पतालमा अख्तियारको छापा

चितवन ।  विभिन्न सामग्रीहरु कर्मचारीहरुले नै चोरी गरेको सीसीटीभी फुटेज बाहिरिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भरतपुर कोरोना विशेष ९अस्थायी० अस्पतालमा छापा मारेको छ ।

मंगलबार दिउँसो हेटौंडाबाट आएको अख्तियार टोलीले अस्पतालमा छापा मारेको हो । कोरोना अस्पतालमा आर्थिक अनियमितता गरिएको आशंकासमेत गरिएको छ ।

प्रदेश सरकारले अस्पताल संचालनका लागि एक करोड रुपैयाँ सहयोग गरेको थियो । अनलाइनखबर

रेडियो नेपालका कार्यकारी निर्देशकलाई स्पष्टीकरण सोध्यो

काठमाडौं । पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईको अन्तर्वार्तालाई लिएर सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले रेडियो नेपालका कार्यकारी निर्देशकलाई स्पष्टीकरण सोधेको छ ।

जातीय विद्वेष र घृणा उब्जाएको तथा सरकारविरुद्ध सत्ता कब्जा पंगु निरंकुश शासक र भष्मासुर जस्ता लान्छनायुक्त शब्द प्रयोग भएको भन्दै मन्त्रालयले रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीलाई स्पष्टीकरण सोधेको हो । मन्त्रीस्तरीय निर्णयबाट स्पष्टीकरण सोधिएको हो । र, कार्कीलाई के कसो भएको हो तीन दिनभित्र स्पष्टीकरण पेश गर्न भनिएको छ ।

रेडियो नेपालमा सोमबार विहान साढे ६ बजे प्रसारित ‘अन्तरसम्वाद’ कार्यक्रममा जनता समाजवादी पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री डा। भट्टराईलाई अतिथि बनाइएको थियो । र, कार्यक्रममा उनले प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गर्दै ‘भष्मासुर’ लगायतका शब्द प्रयोग गरेका थिए ।

यससलाई लिएर रेडियो प्रसार विकास समिति ९रेडियो नेपाल० ले सोमबार नै विज्ञप्ति जारी गरेर माफी मागेको थियो । भट्टराईले प्रधानमन्त्री ओलीप्रति लक्षित गरी प्रयोग गरेको भाषा र विचारले दुःखी बनाएको भन्दै रेडियो नेपालले आगामी दिनमा अतिथि चयन गर्दा गम्भीर रुपमा सचेत हुने समेत बताएको थियो ।अनलाइनखबर

जाहेरी दिन सरकारी वकिल कार्यालय पुगे जसपाका नेताहरु

काठमाडौं । अपहरण मुद्धाको जाहेरी दर्ता गर्न जनता समाजवादी पार्टीका नेताहरु काठमाडौंको जिल्ला सरकारी वकिलको कार्यालय पुगेका छन् ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का सांसदद्वय महेश बस्नेत र कृष्णकुमार श्रेष्ठ ९किसान श्रेष्ठ० तथा नेपाल प्रहरीका पूर्वमहानिरीक्षक सर्वेन्द्र खनालविरुद्ध जाहेरी दर्ता गर्न डा। सुरेन्द्र यादव पार्टीका नेताहरुलाई लिएर बबरमहलस्थित कार्यालय पुगेका हुन् ।

पूर्वराज्यमन्त्री यादवसँगै जसपाका नेताहरु राजेन्द्र महतो, राजेन्द्र श्रेष्ठ पनि छन् । उनीहरुले महानगरीय प्रहरी परिसर, काठमाडौंमा जाहेरी दिन खोजेको थिए तर प्रहरीले दर्ता गर्न मानेन । बस्नेत, श्रेष्ठ र खनालले तत्कालीन समाजवादी पार्टीका सांसद डा। यादवलाई १० वैशाखमा महोत्तरीबाट काठमाडौं ल्याएका थिए ।

यादवले आफूलाई जबर्जस्ती काठमाडौं ल्याएको भन्दै अपहरणको मुद्धामा अनुसन्धान गर्न जाहेरी दिन लागेका हुन् । पूर्व आईजीपी खनाल, श्रेष्ठ र बस्नेतले तत्कालीन समाजवादी पार्टी फुटाउने प्रयासमा १० वैशाखमा महोत्तरी पुगेर सांसद यादवलाई काठमाडौं ल्याएका थिए । समाजवादी पार्टीका नेताहरूले प्रधानमन्त्रीकै निर्देशनमा आफ्ना सांसदलाई अपहरण गरिएको दाबी गरे ।

भोलिपल्ट बिहानै सांसद यादव मेरियट होटलबाट भागेर समाजवादी पार्टीका नेताहरूको सम्पर्कमा पुगेका थिए । पछि यादवले आफूलाई अपहरणकै शैलीमा काठमाडौं ल्याइएको बयान दिएका छन् । तर, खनाल, श्रेष्ठ र बस्नेतले भने उनकै सहमतिमा काठमाडौं ल्याइएको बताउँदै आएका छन् ।

ओलीका दुई रणनीति : संसदीय दलमा बहुमत पुर्‍याउने, प्रचण्ड–माधवबीच दुरी बढाउने

काठमाडौं । आज बस्ने भनिएको नेकपा सचिवालयको बैठक अनिश्चित बनेको छ । शीर्ष तहमा चर्किएको शक्ति–संघर्षका कारण सचिवालय बैठक अनिश्चित बनेको हो ।

माधव नेपाल पक्ष र केपी ओली पक्षका नेताहरुबीच सोमबार कोटेश्वरमा भएको छलफलपछि मंगलबार सचिवालयको बैठक बस्ने स्थायी कमिटी सदस्य रघुजी पन्तले जानकारी दिएका थिए ।

नेता माधव नेपालको निवासमा भएको छलफलपछि पन्तले भनेका थिए, ‘कति बजे भन्ने चाहिँ मैले बिर्सें, तर भोलि सचिवालयको बैठक बस्ने सहमति भएको छ ।’

तर, आज सचिवायल बैठक कति बजे बस्दैछ भनेर सोध्दा एक सचिवालय सदस्यले भने, ‘बैठकको टुंगै भएको छैन ।’

माधव नेपाल र प्रचण्ड पक्षका नेताहरुले तत्काल सचिवालय बैठक माग गरे पनि प्रधानमन्त्री केपी ओली बैठकका लागि तयार नभएको स्रोतले बतायो ।

ओलीको पहिलो रणनीति– संसदीय दलमा बहुमत देखाउने

प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको संसदीय दलमा बहुमत कायम गरेर देखाउने रणनीति अख्तियार गरेको स्रोत बताउँछ ।

यसका लागि लेखराज भट्टलगायतका पूर्वमाओवादी नेताहरुलाई आफूतिर तानेर प्रचण्डलाई जवाफ दिने तयारीमा ओली पक्षका नेताहरु लागेका छन् ।

प्रतिनिधिसभामा नेकपाका १७४ सदस्य छन् । तीमध्ये करिब ७८ जना ओलीको पक्षमा छन् भने प्रचण्डको पक्षमा ५३ र माधव नेपालको पक्षमा करिब ४३ जना छन् । संसदीय दलमा बहुमत सिद्ध गर्न ८८ सदस्य चाहिन्छ, जसमा केपी ओलीलाई थप १० सांसदको अभाव छ ।

आफू सत्तामा भएका बेला मन्त्रीलगायतका विभिन्न आश्वासन दिएर प्रचण्ड–माधव पक्षका १०र१२ जना सांसदलाई सहजै आफूतिर तान्न सकिने विश्वासमा प्रधानमन्त्री ओली रहेको स्रोतले बतायो ।

यसरी संसदीय दलमा आफ्नो एकल बहुमत देखाउन सकियो भने सचिवालय र स्थायी कमिटीमा अल्पमतमै परे पनि सरकार छाड्नु नपर्ने निश्कर्षमा प्रधानमन्त्री ओली पुगेको उनी पक्षधर नेताहरुको विश्लेषण छ ।

दोस्रो राणनीति– पूर्वमाओवादीलाई एक्ल्याउने

नेकपामा त्रिपक्षीय ध्रुवीकरण बढ्दै गइरहेका बेला ओली समूहले तयार पारेको दोस्रो रणनीतिचाहिँ सरकार छाड्नुपरे पनि प्रचण्डलाई एक्ल्याउने र माधव नेपाल समूहलाई नजिक बनाउने रहेको छ ।

यसका लागि प्रधानमन्त्री वा पार्टी अध्यक्ष जे दिनुपरे पनि प्रचण्डको साटो माधव नेपाललाई दिने रणनीतिमा ओली पक्ष रहेको पूर्वएमाले नेताहरु बताउँछन् ।

यसरी सरकारबाट बाहिरिनु परे पूर्वएमालेकै भागमा सत्ताको साँचो हस्तान्तरण होस् भन्ने मनसुवा ओली पक्षका नेताहरुमा देखिन्छ ।

यसरी प्रचण्डको साटो माधव नेपाललाई प्रधानमन्त्री वा पार्टी अध्यक्ष बनाउने प्रस्ताव गर्दा प्रचण्ड र माधव नेपालबीच फाटो पर्न सक्ने र त्यसबाट आफूलाई फाइदा पुग्ने ओली समूहको आँकलन रहेको देखिन्छ ।

यही शक्ति–संघर्ष र भागवण्डा नमिल्दा आज बस्ने भनिएको सचिवालय बैठक अनिश्चित बनेको हो ।

सरकारले ल्याएको विवादास्पद अध्यादेशपछि सिर्जना भएको आन्तरिक अन्तरविरोध सत्तारुढ नेकपामा चुलिँदै गएको छ । अध्यादेश फिर्ता भइसकेपछि पनि नेकपाको विवाद मत्थर भएको छैन । २० जना स्थायी कमिटीका सदस्यले बैठकको माग गरेर हस्ताक्षर बुझाइसकेका छन् ।

यसबीचमा सोमबार माधव नेपाल पक्ष र ओली पक्षबीच भएको पावर शेयरिङको प्रयास पनि सहमतिमा पुग्न नसकी टुंगिएको छ । अनलाइनखबरबाट

 

मौसममा सुधार आउन अझै केही दिन लाग्‍ने

काठमाडौँ  । पछिल्लो केही दिनयता नेपालमा स्थिर रहेको मौसमी प्रणालीको प्रभाव अझै केही दिन कायम रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

नेपालमा पश्चिमी वायु र स्थानीय वायु पूर्वी भूभाग नजिक बनेको न्यून चापीय क्षेत्रको प्रभाव हुनुका साथै बङ्गालको खाडी–अरब सागरबाट समेत जलवाष्पयुक्त हावा नेपाल प्रवेश गरेकाले मेघगर्जनसहित वर्षा भइरहेको वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले बताए । उनका अनुसार नेपाल प्रवेश गरेको यो मौसमी प्रणालीको प्रकृति हेर्दा अझै केही दिन मौसम सफा हुने अवस्था छैन ।

वायुमण्डलमा जलवाष्पयुक्त हावाको प्रवेश र दिउँसोको समयमा घाम नलागेकाले अधिकतम तापक्रम घटेकाले चिसो महसुस भएको मौसमविद्को भनाइ छ । हाल देशको पश्चिमी तथा पूर्वी भूभागका साथै मध्य पहाडी भूभागमा सामान्य बदली भई एक–दुई स्थानमा वर्षा भइरहेको छ ।

दिउँसो देशभर सामान्य बदली रही अधिकांश स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । रातको समयमा देशभर सामान्य बदली रही मध्य र पूर्वका केही स्थानमा र पश्चिमका एक–दुई स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

भोलि देशभर सामान्य बदली रही केही स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बिहीबार देशभर सामान्य बदली भई केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले औँल्याएको छ ।

महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १४ दशमलव पाँच डिग्री र अधिकतम तापक्रम २४ दशमलव दुई डिग्री सेल्सियस रहेको छ । आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम सात दशमलव पाँच डिग्री र सबैभन्दा बढी जनकपुरको अधिकतम तापक्रम ३१ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ ।  कान्तिपुरवाट

दुई जनामा कोरोना संक्रमण पुष्टि

रौतहट । रौतहटको थप दुई जनामा कोरोना संक्रमण भेटिएको छ ।

वृन्दावन नगरपालिका ९ भुसहा र देवाही गोनाही नगरपालिका १ का पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय रौतहटका प्रमुख महेश साहले जानकारी दिए ।

दुबैको काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरेको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको हो ।

वृन्दावन नगरपालिका भुसहाका २५ वर्षका पुरुष भारतको कोलकाताबाट फर्केर चन्द्रपुरको क्वारेन्टाइनमा १४ दिन बसेर घर फर्किएका थिए । जनकपुरबाट आएको प्रादेशिक टोलीले गरेको र्‍यापिड डाइग्नोस्टिक टेष्ट ९आरडीटी० मा नतिजा नेगेटभ देखिएपछि उनलाई घर फर्काइएको थियो । कोरोना संक्रमण पुष्टि भएपछि ती युवकको खोजी सुरु भएको छ ।

त्यस्तै देवाही गोनाही १ का ३५ वर्षका पुरुष हाल क्वारेन्टाइनमै रहेका छन् ।

काठमाडौंबाट गत वैशाख १२ गते आएको चार जनाको टोलीले रौतहटको ८ क्वारेन्टाइनबाट ७ महिलासहित ८३ जनाको स्वाब संकलन गरेर लगेको थियो । सोही स्वाबमध्ये दुई जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

यसअघि रौतहटको इशनाथ नगरपालिकामा भेटिएका एक संक्रमित ठीक भएर वीरगञ्जबाट घर फर्किसकेका छन् ।

शर्त पालना नगरेको आरोपमा पक्राउ

खोटाङ । ‘होम क्वारेन्टाइन’ मा बस्ने शर्तमा काठमाडौँबाट उद्धार गरेर घर ल्याइएका हलेसी तुवाचुङ नगरपालिकाका तीन जना शर्त पालना नगरेको आरोपमा पक्राउ परेका छन् ।  कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन १४ दिनसम्म होम क्वारेन्टाइनमा बस्ने शर्तमा कबुलियतनामा गरेर घर ल्याइएकामा कबुलियतनामा उलङ्घन गर्ने तीन जनालाई इलाका प्रहरी कार्यालय हलेसीले पक्राउ गरेको हो ।

घरबाट निस्केर डुलिरहने, मादक पदार्थ सेवन गर्ने र होहल्ला गर्दै हिँडेको अवस्थामा वडा–४ बडहरेका २० वर्षीय एक युवकलाई गएराति पक्राउ गरिएको इलाका प्रहरी कार्यालय हलेसीका प्रमुख प्रहरी निरीक्षक दिनेशप्रसाद खरेलले बताए । ‘पक्राउ परेका युवकलाई छुटाउन राजनीतिक दलकै कार्यकर्ताबाट दबाब आइरहेको छ’, उनले भने, ‘आफूले गरेको कबुलियतनामा उलङ्घन गर्नेलाई सम्बन्धित वडाध्यक्षको रोहबरमा वडा कार्यालयले निर्माण गरेको क्वारेन्टाइनमा राखिनेछ ।’

गत शनिबार वडा नम्बर–८ धितुङका दुई युवतीले पनि होम क्वारेन्टाइन उलङ्घन गरेकामा पक्राउ परेका थिए । पक्राउ परेका १७ वर्षीया र २१ वर्षीया दुई युवतीलाई वडाध्यक्षको रोहबरमा वडा कार्यालयले निर्माण गरेको क्वारेन्टाइनमा १६ दिनका लागि राखिएको छ । बन्दाबन्दीका कारण काठमाडौँबाट घर फर्कन नपाएकालाई नगरपालिकाले गत बिहीबार र शुक्रबार २५ वटा बस रिजर्भ गरेर एक हजार २६७ जनालाई घर फर्काएको थियो ।

ती नगरवासीलाई १४ दिनसम्म होम क्वारेन्टाइन बस्ने, सामाजिक दुरी कायम गरेर परिवारका सदस्यसँग सम्पर्क स्थापित गर्ने, मादक पदार्थ सेवन नगर्ने, स्वास्थ्यमा समस्या भएमा तत्काल स्वास्थ्यकर्मीलाई सम्पर्क गर्ने लगायतका दश बुँदे कबुलियतनामा गराएर ल्याइएको नगरप्रमुख इवन राईले बताए ।

‘सङ्क्रमण फैलिन नदिनका लागि नगरपालिका सचेत छ’, उनले भने, ‘कबुलियतनामा उल्लङ्घन गर्ने जोकोहीलाई कारबाही हुन्छ ।’ शहरबाट घर प्रवेश गर्ने व्यक्तिसँगै सङ्क्रमण पनि भित्रिने खतरा छ । शहरबाट गाउँ फर्किएकाहरु भेला भएर खोलामा माछा मार्ने, वनभोज खाने तथा डाँडा घुम्न जान थालेपछि त्रास फैलिएको हो ।

हाल जिल्लाको रावाबेँसी गाउँपालिका, ऐसेलुखर्क गाउँपालिका र साकेला गाउँपालिकाले पनि आफ्नो नागरिकलाई काठमाडौँबाट घर ल्याउने तयारी गरिरहेको छ । हलेसी तुवाचुङ नगरपालिकाले शहरमा बसिरहेका स्थानीयलाई आफैले गाउँमा ल्याए पनि जिल्लाकै अन्य स्थानीय तहका सर्वसाधारण समेत आफै घर भित्रिरहेको जयरामघाट नाकामा स्थापना गरिएको हेल्थडेस्कको तथ्याङ्कमा उल्लेख छ ।

झापाको ५० वर्षीय कोरोना संक्रमित आफू कार्यरत मदरसामा पढाएको थियो

बिर्तामोड । कोरोना संक्रमण पुष्टि भएका झापाको बाह्रदशी गाउँपालिकाका ५० वर्षीय पुरुषले लकडाउनअघि एक सातासम्म आफू कार्यरत मदरसामा विद्यार्थीलाई पढाएको खुलेको छ । दोस्रो पटकको पीसीआर परीक्षणमा पोजिटिभ देखिएका उनी मुस्लिम धर्मगुरु हुन् । उनी स्थानीय बाह्रदशी–४ मा रहेको मदरसा दारुल उलुम प्राविका प्रधानाध्यापक हुन् ।

उनी भारतको दिल्लीमा फागुन २४, २५ र २६ मा भएको मुस्लिम धर्मगुरुहरूको अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी भएका थिए । फागुन २० मा हिँडेका उनी दिल्ली सम्मेलनमा सहभागी भएर फागुन २८ मा घर फर्किएका थिए । घर फर्किएपछि चैत ११ मा लकडाउन सुरु हुनुअघिसम्म मदरसामा गएर विद्यार्थीलाई पठनपाठन गराएको कोसी कोभिड अस्पतालमा उपचाररत उनले सोमबार टेलिफोनमा कान्तिपुरसँग भने । मदरसामा उनीसहित चार जना शिक्षक कार्यरत छन् । उनका अनुसार मदरसामा आसपासका करिब सय विद्यार्थी अध्ययनरत छन् ।

‘नेपाल र भारतका मुस्लिम जमातीमा समेत संक्रमण देखिन थालेपछि वैशाख ५ गते आरडीटी गराएको थिए,’ उनले भने, ‘आरडीटी रिपोर्ट नेगेटिभ देखिएको थियो ।’ ५ गतेको र्‍यापिड डायग्नोस्टिक टेस्ट ९आरडीटी० परीक्षणमा नेगेटिभ रिपोर्ट आएपछि उनले वैशाख ९ मा स्थानीय ६२ परिवारलाई राहत वितरण गरेका थिए ।

लकडाउनका कारण खाद्यान्न संकटमा परेका सन्थाल १०, राजवंशी २, क्षत्रीबाहुन ३ र मुस्लिम समुदायका ४७ गरी अतिविपन्न ६२ घरपरिवारलाई उनले राहत वितरण गरेका हुन् । उनले बिर्तामोडलगायत स्थानका केही दाताबाट सहयोग जुटाएर प्रतिपरिवार २० केजी चामल, आधा केजी चना र आधा लिटर खानेतेल वितरण गरेका थिए । ‘राहत वितरणमा उनी स्थानीयवासीसँग घुलमिल भएनन्,’ स्थानीय तथा रेडक्रस सोसाइटी प्रदेश समितिका कोषाध्यक्ष ओमप्रकाश गौतमले भने, ‘राहत बराबरको पैसा उनले स्थानीय किराना पसलेलाई बुझाए । राहत पाउनेहरूले आफैं आएर पसलबाटै चामल, तेल लिएर गएका थिए ।’

राहत वितरण गरेको भोलिपल्ट वैशाख १० मा उनले दोस्रो पटक आरडीटी परीक्षण गराएका थिए । उक्त रिपोर्ट पनि नेगेटिभ आएको थियो । ‘आरडीटी नेगेटिभ देखिए पनि दिल्लीबाट आएकाले पीसीआरका लागि त्यसै दिन स्वाब लिएर विराटनगर पठाएका थियौं,’ जिल्ला स्वास्थ्यका फोकल पर्सन जीवन चम्लागाईंले भने, ‘तर, रिपोर्ट क्लियर आएन । १३ गते पुनस् दोस्रो पटक पीसीआर परीक्षण गराउँदा संक्रमण पुष्टि भएको हो ।’

दिल्लीबाट फर्किएपछि उनी होम क्वारेन्टाइनमा बस्दै आएका थिए । श्रीमती र छोराछोरीसहित उनको चार जनाको परिवार छ । आरडीटी रिपोर्ट नेगेटिभ देखिएपछि उनी आसपासको क्षेत्रमा हिँडडुल गरेका थिए । गाउँपालिकाका स्वास्थ्यकर्मीले सोमबारदेखि उनको कन्ट्याक्ट ट्रेसिङ गर्ने काम सुरु गरेको छ । सोमबार बिहान सर्वपक्षीय बैठक बसेर वडा नम्बर ४ सहित आसपास सिल गरेको गाउँपालिकाका अध्यक्ष खड्गप्रसाद राजवंशीले बताए । प्रदेश सरकारसँग स्वास्थ्य सामग्री प्राप्त भएपछि पहिलो प्राथमिकतामा परेका स्थानीयको स्वास्थ्य परीक्षण गरिने राजवंशीले बताए । कान्तिपुरवाट

चीनमा खुल्न थाले विद्यालय

काठमाडौं । कोरोना भाइरसको महामारीपछि चीनको ठूला शहरमा विद्यार्थीहरु विद्यालय जान थालेका छन् ।

सांघाइमा मिडिल र हाइस्कुलका विद्यार्थी स्कुल जान थालेका छन् भने राजधानी बेइजिङमा पनि विद्यार्थीलाई विश्वविद्यालय प्रवेश परीक्षाको तयारीका लागि स्वीकृति दिइएको छ । अरु धेरै सहयमा यसअघि न विद्यालयहरु खुलेका छन् ।

गत वर्ष कोरोना भाइरसको सुरुवात भएको चीनको वुहानमा मे महिनाको ६ तारेखदेखि विद्यालय खुलाउने तयारी छ ।

चीनले कोरोना भाइरसको संक्रमण धेरै हदसम्म नियन्त्रणमा आएको बताएको छ । चीनमा गत शुक्रबारदेखि जम्मा २६ जना संक्रमितमात्र थपिएका छन् । चीनमा अहिलेसम्म ८२ हजार ८ सय ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

वुहान शहरका सबै कोरोना संक्रमित बिरामी अस्पतालबाट डिस्चार्ज भइसकेका छन् । यद्यपि त्यहाँ संक्रमण फेरि फैलिन सक्ने सम्भावना रहेको भन्दै सामाजिक दूरी कायम राख्ने उपायहरु कडाइपूर्वक पालना गराइएको छ ।

विद्यालयमा विद्यार्थीलाई मास्क अनिवार्य गरिएको छ भने कक्षाकोठामा बस्न निश्चित दूरी कायम गरिएको छ ।

चीनको हाङझोउमा एक प्राथमिक विद्यालयका हेडमास्टले विद्यार्थीहरुबीच दूरी कायम गराउन सबैलाई ‘एक मिटर ह्याट’ लगाउन अनिवार्य गरेका छन् ।

चीनको शिक्षा मन्त्रालयले बेइजिङमा विद्यार्थीको तापक्रम नापेपछि मात्र विद्यालयको गेटबाट प्रवेश गर्न पाइने व्यवस्था गरेको छ । त्यस्तै विद्यालय जान मोवाइल एपमा उनीहरुको स्वास्थ्य अवस्थाबारे ग्रिन कोड देखाउनुपर्नेछ ।

बेइजिङमा अहिले पनि विदेशबाट आउनेहरुलाई दुई हप्ता क्वारेन्टाइनमा राख्ने गरिएको छ ।

आज -१६ बैशाख २०७७ मंगलवार को राशिफल

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलालाई निखार्ने अवसर प्राप्त हुनेछ। पहिलेको सफलताले हौसला जगाउनेछ भने पछिका लागि विशेष काममा जग बसाउने मौका छ। प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनेछन् र मनग्गे फाइदा उठाउन सकिनेछ। परिश्रम परे पनि लक्ष्य प्राप्त हुनेछ। शत्रु परास्त हुनेछन् भने रोगबाट उन्मुक्ति मिल्नेछ। विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष बलियो रहनेछ। प्रतिस्पर्धीहरूलाई समेत पछि पार्न सकिनेछ। चिताएको काम सम्पादन हुनेछ। पहिलेका कमजोरीलाई सुधार्ने मौका छ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। मान-सम्मान प्राप्त हुनेछ। सम्पादित कामबाट धन लाभ हुनेछ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। सुखद् समाचारले उत्साह जगाउनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। नयाँ काम प्रारम्भ हुनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ। बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ। बोलीको प्रभावले आर्थिक क्रियाकलापमा समेत फाइदा हुनेछ। आफन्तको सान्निध्य र अभिभावाकको स्नेह प्राप्त हुनेछ। स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

भैपरी आउने खर्चले चिन्ता बढाउन सक्छ। परिवारका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्। बिछोडिएका आफन्तसँग भेटघाट हुनेछ। पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। बौद्धिक क्षमताको तारिफ हुनेछ भने व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ। सुरक्षाका लागि फाइदाका वस्तु त्याग्नुपर्ला। कर्जामार्फत धन र आवश्यकताका वस्तु जुटाउन सकिनेछ। तत्काल फाइदा लिँदा लाभांश अरूलाई पनि बाँड्नुपर्ला। आफ्नो मिहिनेतको प्रतिफल अरूले हत्याउने चेष्टा गर्नेछन्। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। सरसापट र सहयोगमा केही नगद बाहिरिने देखिन्छ। आफ्नो क्षेत्रमा नाम र दाम कमाउने समय छ। मेहनत गर्दा आयआर्जनका नयाँ स्रोतसमेत फेला पर्नेछन्।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

मिहिनेतले आम्दानी बढाउनेछ। फजुल खर्च बढ्नेछ भने बेलैमा होस नपुग्नाले अर्थ अभाव देखापर्न सक्छ। समय दिन नसक्दा काम रोकिनेछ। लगानी बढाउनुपर्ने बाध्यात्मक परिस्थिति आउन सक्छ। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। अरूको करकापमा परी आफ्नो मान्यता विपरीतको काम गर्नुपर्ने अवस्था आउन सक्छ। आफन्तबाट पनि टाढिनुपर्ला। आयस्रोत बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। दिगो काम थालनी हुन सक्छ। पढाइमा पनि प्रगति हुनेछ। सट्टापट्टा, लेनदेन आदिमा फाइदा हुनेछ। व्यापारमा थन्किएका वस्तु बिक्री हुनेछन् र अड्किएको रकम उठ्नेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

भाग्यवश कीर्तिमानी काम गर्ने अवसर प्राप्त हुनेछ। मिहिनेतले राम्रो परिणाम दिलाउनेछ। तारिफयोग्य काम गर्दै मनग्य धन आर्जन गर्न सकिनेछ। विभिन्न भौतिक साधन जुट्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। कृषि, पशुपालनमा आदिमा फाइदा हुनेछ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। दाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक दायित्व बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। प्रयत्न गर्दा महत्त्वपूर्ण वस्तु लाभ होला। सहयोगीहरूले हिम्मत दिलाउनेछन्। प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

परिस्थिति प्रतिकूल देखिए पनि भाग्यले विभिन्न अवसर जुराउनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। तर पहिलेका कमजोरी बाहिर आउनाले काममा केही समस्या पर्न सक्छ। तापनि विभिन्न अवसरले पछ्याउनेछन्, गोपनीयतामा ध्यान पुर्याउनुहोला। मिहिनेत गर्दा भविष्यका लागि जग बसाउने मौका छ। कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ। नोकरी तथा पेसा–व्यवसायमा मनग्य फाइदा हुनेछ। काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ। मिहिनेत गर्दा पदीय जिम्मेवारी प्राप्त हुने सम्भावना छ। विगतका कमजोरीमा क्रमश: सुधार आउनेछ। लगनशीलताले राम्रै लाभ दिलाउन सक्छ। पहिलेको सफलताले हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति रहनेछ। सानो प्रयत्नले कीर्तिमानी कामको यश लिने सौभाग्य प्राप्त हुनेछ। आम्दानी थोरै भए पनि आवश्यकता पूरा हुनेछन्। शुभचिन्तकहरूले साथ दिनेछन् भने भविष्यका लागि कर्मसञ्चय गर्ने समय छ। सामाजिक कामले नाम, दाम र इनाम दिलाउनेछ। मिहिनेतको राम्रो प्रतिफल प्राप्त हुनेछ। आध्यात्मिक चेतनाले धर्मकर्म र सेवामूलक काममा प्रवृत्त गराउन सक्छ। अरूका काममा धेरै समय खर्चनुपर्ला। विगतका समस्या बल्झिन सक्छन्। सानातिना काम र घरेलु समस्यामा अल्झनुपरे पनि बुद्धिको उपयोगले समस्या सुल्झाउन सफल भइनेछ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

छोटो समयमा फाइदा उठाउन सकिनेछ। सामान्य कामका लागि धेरै दौडधुप गर्नुपर्नेछ। तत्काल फाइदा नहुने काममा जुट्नुपर्ला। परिबन्धले चुनौती निम्त्याउन सक्छ। ठूलो भागको आशा राख्दा भएको वस्तुसमेत गुम्न सक्छ। अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला बेहोर्नुपर्ला। स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला। केही उपलब्धिको स्रोत भने पहिल्याउन सकिनेछ। अध्ययन, लेखन तथा मनोरञ्जनमा समय बित्नेछ। मित्रता र प्रेमको बन्धन कसिनेछ भने शुभचिन्तकहरूको सहयोग प्राप्त हुनेछ। भौतिक साधन जुट्नाले आम्दानी बढाउने काम गर्न सकिनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

भौतिक साधन जुट्नाले दिन उत्साहजनक रहनेछ। लोकाचारका लागि अनावश्यक वस्तुका पछि दौडनुपर्ला। सामान्य कामलाई सञ्चित रकम खर्चनुपर्ने हुन सक्छ। आजको यात्रा र आतिथ्य खर्चिलो बन्नेछ। वचन पूरा गर्न नसक्दा आलोचित भइनेछ। परिस्थिति र सम्बन्ध अनुकूल बनाइराख्न व्यवहारमा सजग रहनुपर्ला। हडबडीले घर-व्यवहारमा समस्या निम्त्याउनेछ। तापनि, प्रेम र मित्रताको बन्धन कसिने समय छ। दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। परिस्थितिसँग सम्झौता गर्नुपरे पनि प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। नयाँ योजना शुभारम्भ गर्ने समय छ। बुद्धिको उपयोगले पहिलेको उपलब्धि जोगाउन सफल भइनेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

आँटले सजिलै लक्ष्यमा पुर्याउनेछ। रकम तथा भौतिक साधन जुट्नाले दिन उत्साहजनक रहनेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। परिस्थितिसँग सम्झौता गर्नुपरे पनि प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। बल तथा बुद्धिको उपयोगले अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। नयाँ योजना शुभारम्भ गर्ने समय छ। फजुल खर्च भने बढ्न सक्छ। प्रयत्न गर्दा दिगो फाइदा हुने काम सम्पादन हुनेछ। सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। नयाँ काम गर्ने अवसर पनि प्राप्त हुनेछ। पहिलेको सफलताले हौसला जगाउनेछ। व्यापारले फाइदा दिनेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द

पुरानो सम्झौता तोड्नुपर्ने हुन सक्छ। काम बन्नुका साथै सुखद समाचारले आशा जगाउनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। मनको डर उत्साहमा रूपान्तरित हुनेछ। मिहिनेतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउन सक्छ। पढाइमा गुरुजनको मार्गदर्शन उपयोगी हुनेछ। सहपाठीहरू पछि पर्नेछन् भने मिहिनेतले प्रतिष्ठा दिलाउनेछ। दिगो काम प्रारम्भ गर्ने समय छ। अनावश्यक हल्लाको पछि लाग्दा व्यर्थैमा दु:ख पाइनेछ। प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ला। बेसुरमा दिइएको वचनले पनि समस्या निम्त्याउनेछ। साइनो गाँस्नेहरूको भरपर्दा लक्ष्य प्राप्ति नहुन सक्छ। समयमा सजग नबन्दा शुभचिन्तकहरू समेत टाढिनेछन्। दिगो योजनाका साथ अघि बढ्दा बिस्तारै लाभ मिल्नेछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

सहयोगीहरूले साथ दिनाले चिताएका काम सम्पादन हुनेछन्। समयमा आलस्य गर्दा दुःख पाइनेछ। बेसुरमा बोल्ने बानीले काम बिग्रने अवस्था आउन सक्छ। साझेदारीमा समस्या आउनुका साथै पहिलेको सम्झौता भंग हुने देखिन्छ। अरूको करकापमा परी आफ्नो मान्यता विपरीतको काम गर्नुपर्ने अवस्था आउन सक्छ। आफन्तको सुझावमा भर नपर्नुहोला। प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। परिश्रमअनुसार राम्रो परिणाम प्राप्त हुनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। थोरै लगानीबाट पनि नाफा कमाउन सकिनेछ। मिहिनेत गर्दा उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ।

 

 

 

 

ओली र नेपाल समूहको बैठक सकियो, भोलि सचिवालय बैठक

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० मा केपी शर्मा ओली र माधवकुमार नेपाल पक्षको छलफल सकिएको छ । छलफलबाट मंगलबार सचिवालय बैठक बोलाउने निष्कर्षमा नेताहरु पुगेका छन् ।

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच सोमबार विहान भेटवार्ता भएको थियो ।

लगतै दुई पक्षका नेताहरु कोटेश्वरस्थित नेपाल निवासमा छलफलमा जुटेका थिए । ओलीले नेपाल पक्षसँग वार्ता गर्न ईश्वर पोखरेल,बिष्णु पौडेल,शंकर पोखरेल र प्रदिप ज्ञवालीलाई जिम्मा दिएका थिए । नेपाल पक्षबाट भीम रावल, सुरेन्द्र पाण्डे, रघुजी पन्त सहभागी थिए ।

बैठकमा मन माझामाझ भएको नेताहरुले बताएका छन् । नेपाल समूहका एक नेताले अनलाइनखबरसँग भने, ‘हामीले स्थायी कमिटीको बैठक राखौं, त्यही छलफल गरौंला भनेका छौं ।’ अनलाइनखबर

लकडाउनले समस्यामा परेका व्यक्तिहरुलाई खाद्यान्न वितरण

धरान ।  नाटकघर उपभोक्ता समिति ह्वाइट हाउस धरानले लकडाउनले समस्यामा परेका व्यक्तिहरुलाई खाद्यान्न वितरण गरेको छ ।

समितिका अध्यक्ष प्रेम सुब्बा, सदस्य हिमाल दाहालको सकृयतामा धरान–१९ स्थित लाङ्घाली सामुदायिक वनको आवास गृहमा धरान उपमहानगरले राखेका सडक मानवलाई ६ सय केजी चामल,दुई कार्टुन तेल वितरण गरिएको छ ।

यस्तै धरान–३ सिथ्त सरस्वती बाल आश्रममा १५० केजी चामल, दुई कार्टुन तेल र १० केजी नुन वितरण गरिएको छ । यस्तै अति विपन्न यातायात मजदुरहरुलाई एक सय केजी चामल एक कार्टुन तेल र १० केजी नुन वितरण गरिएको समितिका सदस्य लक्ष्मी बाँनियाले जानकारी दिनुभयो ।

सुनसरी क्षेत्र नं. १ का सांसद जयकुमार राईको उपस्थितिमा समितिले आश्रमका अध्यक्ष दानबहादुर राईलाई सहयोग हस्तान्तरण गर्नुभयो । उनीहरुलाई ५० हजार बरावरको सहयोग गरिएको हिमाल दाहालले जानकारी दिए ।

कोरानाको उपचार र रोकथाममा गम्भिर: राई

इनरुवा ।  प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले कोरोनाको उपचार र रोकथामका लागि गम्भीर भएर लागिपरेको बताउनुभयो । प्रदेश नम्बर एक केन्द्रबिन्दु भएकोले कोरोना भाइरसको उपचार र रोकथामका लागि प्रदेश सरकार गम्भीर भएर लागि रहेको बताउनुभयो ।

आईतबार सुनसरीको धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपामा बनेको १ सय बेडको कोभिड १९ अस्पतालको निरीक्षण गर्नुहुदै मूख्यमन्त्री राईले सो कुरा बताउनुभयो ।

अस्पतालको निरीक्षण गर्न धरान आउनुभएका मुख्यमन्त्री राईले एक नम्बर प्रदेशमा कोरोनाको सङ्क्रमण बढेकोले कोरोनाको केन्द्रबिन्दु बन्दै गइरहेकोले कोभिड १९ सँग जुध्न हर तरहले प्रदेश सरकार लागि रहेको बताउनुभयो । कोरोनालाई पराजित गर्न प्रदेश एकका सबै संयमित भएर लागि पर्नुपर्ने बताउँदै मुख्यमन्त्री राईले भन्नुभयो, “प्रदेश सरकारको तयार राम्रो भएकोले आत्तिनु पर्देन ” ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आईतबारदेखि सञ्चालनमा आएको कोभिड १९ अस्पताल निरीक्षण पछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिनुहुदै मुख्यमन्त्री राईले भन्नुभयो, “हामीले एक हप्तामा नै विराटनगरमा कोभिड अस्पताल तयार र्गयौँ, जहाँ सङ्क्रमितहरूलाई राख्ने गरेका छौँ ।

जहाँ जहाँ सङ्क्रमण देखिएको छ, त्यहाँ परीक्षण कार्यलाई तीव्र बनाएका छौ, त्यसैले अहिले त्रसित भएर आत्तिएर झन् समस्या आउन सक्छ बरु संयमित भएर लागौँ । ”

मुख्यमन्त्री राईले कोभिड १९ लाई पराजित गर्न लकडाउनमा पालना गर्नुपर्ने अनुशासनहरू पालना गरेर, सङ्क्रमितहरूलाई उपचारको व्यवस्था गरेर तथा सङ्क्रमण विस्तार हुन नदिएर कोरोना भाइरसलाई पराजित गर्ने बताउनुभयो ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हाता भित्र तयार पारिएको १ सय बेड क्षमताको कोभिड १९ अस्पताल सञ्चालनमा आएकाले विरामीहरुको उपचार सहज हुने भएको छ । अत्याधुनिक सेवा सुविधाका साथ अस्पताल सञ्चालनमा आएको प्रतिष्ठानले जनाएको छ ।

एक सातामा तयार भएको उक्त अस्पतालमा छुट्टै बच्चा वार्ड, मातृशिशु वार्ड, शल्यक्रिया , ल्यावलगायतको वार्डहरु तयार गरिएको छ । अस्पतालमा छुट्टै १३ बेड आइसियु पनि व्यवस्था गरिएको प्रतिष्ठानका सह प्रवक्ता डा. अशोक ऐरले जानकारी दिनुभयो । मुख्यमन्त्री राई, सामाजिक विकास मन्त्री जीवन घिमिरे, सभामुख प्रदिप भण्डारीले प्रतिष्ठानको कोरोना उपचारको तयारी र अवस्थाबारे निरीक्षण गर्नुभएको थियो ।

कोरोना संक्रमणको परीक्षणका विषयमा डा. नारायण भट्टराईले मन्त्रीहरुलाई जानकारी गराउनुभएको थियो । प्रतिष्ठानमा पनि अटोमेटिक आरएनए मेसिन भए हालको परीक्षण क्षमता भन्दा तीन गुणा बढि टेष्ट गर्न सकिने डा.भट्टराईले जानकारी गराउनुभयो । हाल प्रतिष्ठानमा दैनिक एक सय जनासम्मको परीक्षण गर्न सक्छ ।

बराहक्षेत्रमा जेष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता वितरण

इनरुवा ।  कोरोना महामारीका विच राहत वितरण कार्यक्रमसंगै सुनसरीको बराहक्षेत्र नगरपालिकाले ज्येष्ठ नागरिकहरुलाई सामाजिक सुरक्षा भत्ता पनि वितरण गर्न थालेको छ ।

बराहक्षेत्रमा सामाजिक सुरक्षा भत्ता मितेरी बैंक मार्फत वितरण हुने गरेको छ । लकडाउनका विच सामाजिक दुरी कायम गरेर भत्ता वितरण गर्न नगरपालिकाले पहल गरेपछि बराहक्षेत्र स्थित उक्त बैंकको ३ वटा शाखाले सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेको बैंकका कालाबञ्जर शाखा प्रमुख शंकर कार्कीले बताउनुभयो ।

बैंकको चतरा, कालाबन्जार र प्रकाशपुर शाखाले ज्येष्ठ नागरिकलाई पायक पर्ने चौकहरुमा काउण्टर राखी भत्ता वितरण गरेको हो । लकडाउनको बेला बृद्ध, अशक्तहरु कार्यालयमा आउन कठिनाई हुने भएकाले उनिहरुको पायक पर्ने पुगेर चेकको भूक्तानी गरिएको कार्कीले बताउनुभयो ।

सामाजिक सुरक्षा भत्ता लिनेहरुमा चतरा शाखामा १६ सय, कालाबन्जार शाखामा २१ सय र प्रकाशपुर शाखामा ७ सयको बैक खता राहेको छ । बराहक्षेत्रका ७ वटा वडा १,२,३,४,५,९,१० वडामा बैंकले भत्ता वितरण गर्दै गर्दै आएको कार्कीले बताउनुभयो ।

इनरुवाको स्वास्थ्य संस्थामा तीन महिनादेखी औषधी अभाव

इनरुवा ।  सुनसरीको सदरमुकाम समेत रहेको इनरुवा नगरपालिकाको १० वटा स्वास्थ्य संस्थाहरुमा तीन महिनादेखी औषधी अभाव रहेको छ । नगरपालिकाले समयमा औषधी खरिद नगर्दा इनरुवाको स्वास्थ्य संस्थामा तीन महिनादेखी औषधी अभाव भएको हो ।

जव कि नेपालको संविधानको भाग ३ मौलिक हकको धारा ३५ मा स्वास्थ्य सम्बन्धी हकको व्यवस्था गरिएको छ । सोही धाराको उपधारा १ मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन भन्ने व्यवस्था गरिएको छ ।

संविधानले स्वास्थ्य सम्बन्धी हकलाई मौलिक हकका रूपमा व्याख्या गरेपनि स्वास्थ्य संस्थाहरूमा नेपाल सरकारले निःशुल्क वितरणका लागि उलपब्ध गराएको औषधि नपाएको गुनासो इनरुवाको सेवाग्राहीहरूको छ ।
सदरमुकाम इनरूवासहित विभिन्न गाउँपालिका र नगरपालिका क्षेत्रमा तीन महिनायता स्वास्थ्य संस्था तथा स्वास्थ्य चौकीमा औषधि अभाव देखिएको छ ।

समयमा स्थानीय तहले निशुल्क वितरण हुने औषधि खरिद नगरेको कारणले स्वास्थ्य संस्था तथा स्वास्थ्य चौकीमा औषधि अभाव देखिएको हो ।
इनरूवा नगरपालिका–१० जल्पापुरका स्वास्थ्य सेवाग्राही दीपेश गुप्ताले भन्नुभयो “गाउँपालिका भन्दा नगरपालिकामा बढी विकास भएको हुनुपर्ने हो तर इनरूवा नगरपालिकाको जल्पापुर स्वास्थ्य चौकीमा निःशुल्क भनिएको औषधि महिनौदेखि अभाव भएको छ।”

स्वास्थ्य चौकीमा निशुल्क वितरण हुने औषधिमा सिटामोल समेत नभएकोले बजारबाट किनेर खानु परेको गुनासो गुप्ताको छ ।

मौसम परिर्वतनको समय सुरु भएँसँगै रूघाखोकी, टाउको दुख्ने, कोरोना महामारीको त्रास फैलिएको बेला निशुल्क औषधीको अभाव र केही ठाउँमा स्वास्थ्यकर्मी समेत नबसेको अवस्था रहेको इनरुवा ९ बबियाका सेवाग्राही सोनी यादवले बताउनुभयो । स्वास्थ्य समस्याले स्वास्थ्य सेवा लिन स्वास्थ्य चौकी पुगेकाहरू रित्तै फर्कन बाध्य भएको बबिया स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी ध्रुव मेहताले बताउनुभयो ।

जल्पापुर स्वास्थ्य चौकी, बबिया स्वास्थ्य चौकी, चान्दबेला स्वास्थ्य चौकी, मधेसा स्वास्थ्य चौकी, डुम्राहा स्वास्थ्य चौकी, शहरी स्वास्थ्य केन्द्र सहित १० ओटै वडाको स्वास्थ्य केन्द्रहरुमा सरकारले निःशुल्क उपलब्ध गराउने भनिएको औषधि अभाव भएको अधिकारकर्मी महेन्द्र मेहताले बताउनुभयो ।

नेपाल सरकारले सम्पूर्ण सरकारी स्वास्थ्य चौकीबाट ३५ र डाइबिटिजसहितका गरी ४० प्रकारका औषधि निःशुल्क रूपमा उपलब्ध गराउने भनिएकोमा अति आवश्यक औषधिको अभाव छ ।

सरकारले तत्कालीन जिल्ला स्वास्थ्य कार्यालय हुँदा पर्याप्त र आवश्यक औषधि नियमित पठाएकोमा हाल ४० प्रकारको औषधि उपलब्ध गर्ने भनेर घोषणा गरेको भएपनि नियमित नपठाउँदा अभाव रहेको बबिया स्वास्थ्य चौकीका सन्तोष मेहताले जानकारी दिनुभयो ।

सेवाग्राही शान्ती शर्माले गाउँको स्वास्थ्य चौकी नगरपालिकामा परिणत भएको तर बबिया स्वास्थ्य चौकीमा औषधि अभाव कायम रहेको गुनासो गर्नुभयो ।
इनरूवा नगरपालिकाकाका नगर प्रमुख राजन मेहताले औषधि अभाव नभएको दावी गर्नुभयो ।

मेहताले फागुन देखी नै आभाव नभएको दावी गर्दै औषधी खरिदमा कमिसन नपाएकाले चौकीहरुले अभाव देखाएको बताउनुभयो । उहाँले खरिद प्रक्रिया कारणले केही स्वास्थ्य संस्थामा केही औषधि अभाव भएको बारेमा आफू जानकार भएको बताउनुभयो ।

नगर प्रमुख मेहताले दुई तीन दिनमा स्वास्थ्य संस्थाको निशुल्क वितरण हुने औषधी अभाव नहुने बताउनुभएको तीन महिना वित्दा समेत औषधी नपठाएकाले स्वास्थ्यकर्मी समेत बस्न छाडिसकेको छ । औषधी नहुदाँ र स्वास्थ्यकर्मी नबस्दा गर्भवती महिलाहरु, विपन्नहरु, गरिबहरु सबै भन्दा बढी समस्या भएको इनरुवा ४ का बौवालाल मेहताले गुनासो गर्नुभयो ।