१८ बैशाख २०७७, बिहीबार ०१:०३ – Page 2 – Nagarikabhiyan : National News

बिहिबार भगवान विष्णुको पूजा गर्दा केके लाभ हुन्छ

हिन्दू धर्मावलम्बीहरुले आजको दिन गुरु बृहस्पति तथा भगवान श्री हरि विष्णुको पूजा–आराधना गर्ने गर्दछन् ।

बिहीवारको दिन व्रत बस्नाले धन, पुत्र तथा विद्या प्राप्ति हुन्छ भन्ने धार्मिक मान्यता रहेको छ ।

यो दिन पहेलो रंगको कपडा लगाउने र पहेलै वस्तुको दान गरेमा शौभाग्य मिल्ने विश्वास रहि आएको छ । आजको दिन विष्णुकी पत्नी लक्ष्मीको पनि पूजा गरिन्छ ।

यो व्रत शुक्ल पक्षको पहिलो बिहीबारबाट सुरु गर्नुपर्दछ । त्यस दिन अनुराधा नक्षत्र परेमा असाध्यै राम्रो मानिन्छ ।

बिहान स्नानपछि पहेलो वस्त्र धारण गर्ने । त्यसपछि पहेलो फूल र चन्दनलाई एक साथ मिलाएर प्रसाद बनाउने र यस प्रसादलाई भगवानलाई अर्पण गरेर पूजा गर्नुपर्छ ।

यसबाट भगवान विष्णु प्रसन्न भएर उहाँको आर्शिवाद तपाईंको घरमा सधैँ भइरहने छ । व्रतको दिन शुद्ध भएर पहेँलो कपडा लगाई ‘ऊँ गुरवे नमः’मन्त्र कम्तिमा पाँच माला जाप गर्नुपर्दछ ।

बिहीबारको व्रत सम्पादन गर्दा केराको रुखलाई पूजा गर्ने चलन छ । पूजा गर्दा पहेँलो चन्दन, चनाको दाल, छाता, मिठाईको रुपमा लड्डु आदिको दान गरेमा लाभ मिल्नेछ । भोजन गर्दा एक छाक नुन बार्नु पर्दछ ।  एजेन्सी

आज १८ बैशाख २०७७ बिहिवार को राशिफल

१८ वैशाख २०७७, बिहिवार (Apr 30, 2020)

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

अग्रज तथा सहयोगी जुट्नाले सोचेको लाभ उठाउन सकिनेछ। साहसी काम गरेर अरूको मन जित्न सकिनेछ। मिहिनेतले व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ। प्रतिपक्षीहरू समेत सहयोगी बन्नेछन्। कामको उच्च मूल्यांकन हुनेछ भने लगनशीलताले विभिन्न अवसर दिलाउन सक्छ। रोकिएका काम बन्नुका साथै नयाँ काम प्रारम्भ हुनेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। साँझतिर भने काम बिग्रनाले आफन्त टाढिन सक्छन्। कर्मयोगले नयाँ मोड लिनेछ भने पुरुषार्थी काम सम्पादन गर्दै नाम, दाम र इनाम आर्जन गर्न सकिनेछ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। शत्रु परास्त हुनेछन् भने प्रतिस्पर्धीहरू पछि हट्नेछन्। प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनेछन् र मनग्गे फाइदा उठाउन सकिनेछ। परिश्रम परे पनि लक्ष्य प्राप्त हुनेछ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

परिस्थितिवश आफ्नै वचनबद्धता पालना गर्न नसक्ने स्थिति रहनेछ। तापनि बोली र विचारका प्रशंसकहरू बढ्नेछन्। तार्किक क्षमता बढ्नेछ भने मिहिनेतले लक्ष्यमा पुर्याउन सक्छ। बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ। सानो प्रयत्नले ठूलो काम बन्न सक्छ। कामले सम्मानित स्थान दिलाउनेछ। प्रशंसकहरू बढ्नेछन् र सहयोगीहरू जुट्नेछन्। विचारले धेरैलाई आकर्षण गर्ने समय छ। साँझतिर भने केही विवादास्पद काममा जुट्नुपर्ला। आफ्नै सहयोगीहरू प्रतिस्पर्धीका रूपमा देखा पर्नेछन्। बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सानो प्रयत्नले ठूलो काम बन्नेछ। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। सहयोगीहरूले साथ दिने हुँदा रोकिएका काम पनि सम्पादन हुनेछन्। मिहिनेतले नाम, दाम र इनाम हातपार्न सफल भइनेछ। सुखद् समाचारले उत्साह जगाउनेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

रमाइलो दिन छ। रचनात्मक काम प्रारम्भ गर्ने समय छ। समय लागे पनि तारिफयोग्य काम सम्पादन हुनाले प्रशंसकहरू बढ्नेछन्। विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ। आकर्षक उपहारले उत्साह जगाउनेछ। रोकिएका काम सम्पादन हुनेछन् र नयाँ काम पाइने योग छ। पारिवारिक जमघटले आनन्द दिलाउनेछ। साँझतिर लेखन तथा सिर्जनात्मक काममा रुचि बढ्नेछ। विचारले धेरैलाई आकर्षण गर्ने समय छ। सहयोगीहरूलेे साथ दिनेछन्। सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ। बिछोडिएका परिवारजनसँग भेटघाट हुने समय छ। पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। नयाँ कामको प्रस्ताव आउनेछ। तर अवसरका साथ केही चुनौती पनि देखा पर्नेछन्। पहिलेको सफलताले थप हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्। बिछोडिएका आफन्तसँग भेटघाट हुनेछ। पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। बौद्धिक क्षमताको तारिफ हुनेछ भने व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

आकस्मिक खर्च बढ्नेछ भने आम्दानीका स्रोत कमजोर हुने समय छ। भैपरी आउने खर्च बढ्नुका साथै अर्थअभावले सताउन सक्छ। फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला। व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ। अपिरिचित व्यक्तिको विश्वास गर्दा धोका हुन सक्छ। तापनि टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ। बसाइको स्थानान्तरण वा टाढाको यात्रा हुने सम्भावना छ। साँझतिर अधुरो काम बन्नेछ र रमाइलो भेटघाट पनि हुनेछ। पछिका लागि लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ। फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला। यात्रा खर्चिलो र कष्टकर बन्न सक्छ। छिमेकमा असमझदारी बढ्ने देखिएकाले होसियारीसाथ काम लिनुहोला। भविष्यका लागि केही वस्तु त्याग्नुपर्ला। सोचेको नतिजा तत्काल प्राप्त नहुन सक्छ। समय दिन नसक्दा काम रोकिनेछ। लगानी बढाउनुपर्ने बाध्यात्मक परिस्थिति आउन सक्छ। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

समय लागे पनि मिहिनेतले काम बनाउन सकिनेछ। व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ। श्रमको उचित मूल्यांकन हुनेछ। सञ्चित धनको उपयोग गर्दा फाइदा हुनेछ। खर्च लागे पनि प्रतीक्षा गरिएको काम बन्नेछ। दाम कमाउने बेला छ। साँझतिर यात्राको प्रसंगमा खर्च हुन सक्छ। धनमाल सुरक्षामा सतर्कता अपनाउनुहोला। भैपरी आउने खर्च बढ्नुका साथै अर्थअभावले सताउन सक्छ। फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला। विगतका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ। श्रमको उचित मूल्यांकन हुनेछ। सञ्चित धनको उपयोग गर्दा फाइदा हुनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। प्रतीक्षा गरिएको काम पनि बन्नेछ। तारिफयोग्य काम गर्दै मनग्य धन आर्जन गर्न सकिनेछ। विभिन्न भौतिक साधन जुट्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। कृषि, पशुपालनमा आदिमा फाइदा हुनेछ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

पहिलेका कमजोरी बाहिर आउनाले काममा केही समस्या पर्न सक्छ। तापनि विभिन्न अवसरले पछ्याउनेछन्, गोपनीयतामा ध्यान पुर्याउनुहोला। व्यापार, पेसा र व्यवसायमा मनग्य फाइदा हुनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। रोकिएको काम बन्नाले जिम्मेवारी पनि बढ्नेछ। विशेष भेटघाटले उत्साह बढाउनेछ। अरूलाई प्रभावित पारेर लाभ उठाउने समय छ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक दायित्व हातलागी हुनेछ। साँझतिर आफ्नो श्रमको लाभांश अरूले हत्याउने चेष्टा गर्नेछन्, सजग रहनुहोला। नयाँ कामले नाम र दाम दिलाउनेछ। कर्मक्षेत्रमा गरिएको साधना सिद्ध हुनेछ। मिहिनेतले सजिलै लक्ष्यमा पुर्याउनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ। पदासीन व्यक्तिहरूसँग मित्रता बढ्नेछ। व्यवसायमा पनि फाइदै हुनेछ। कर्मयोगले मानसम्मान समेत दिलाउनेछ। मिहिनेत गर्दा भविष्यका लागि जग बसाउने मौका छ। कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ। काममा चुनौती सामना गर्नुपरे पनि स्थितिलाई सहज बनाउन सकिनेछ। मेहनत परे पनि भाग्यले राम्रै अवसर दिलाउनेछ। तर उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला। कामको चाप र जिम्मेवारी बढ्नेछ भने शरीरमा पनि कमजोरी अनुभूति हुनेछ। साँझतिर केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ने परिस्थिति आउन सक्छ। अवसरको खोजीमा केही दौडधुप समेत गर्नुपर्ला। सामाजिक कार्यले हौसला प्रदान गर्नेछ। समस्या दर्साएर पनि सहयोगीहरू फेला पार्न सकिनेछ। मिहिनेत गर्दा कीर्तिमानी काम बन्न सक्छ। धर्मकर्म तथा सेवामूलक काममा प्रवृत्त भइनेछ। तर केही बाध्यात्मक परिस्थितिले काममा अलमल्याउन सक्छ। अपिरिचित व्यक्तिको विश्वास गर्दा धोका पाइनेछ। आम्दानी थोरै भए पनि आवश्यकता पूरा हुनेछन्। शुभचिन्तकहरूले साथ दिनेछन् भने भविष्यका लागि कर्मसञ्चय गर्ने समय छ। सामाजिक कामले नाम, दाम र इनाम दिलाउनेछ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

परिस्थितिको चक्रमा अलमलिनुपर्दा काम बन्न समय लाग्नेछ। परिस्थितिवश अरूका लागि अलमलिनुपर्नेछ। सम्भावना देखिए पनि ठूलो उपलब्धि नहुन सक्छ। कामको चाप बढ्नेछ भने शरीरमा पनि कमजोरी अनुभूति हुनेछ। साँझतिर स्थितिमा सुधार आउनेछ। समस्या दर्साउँदा शुभचिन्तकहरूले साथ दिनेछन्। कामले सम्मानित स्थान दिलाउनेछ। विचारले धेरैलाई आकर्षण गर्ने समय छ। सहयोगीहरूको माध्यमबाट राम्रै फाइदा हुनेछ। अस्वस्थताले कमजोरीको अनुभूति हुनेछ। चुनौतीपूर्ण कामको जिम्मेवारी वहन गर्नुपर्ला। आकस्मिक समस्याले शरीरमा कमजोरी अनुभूति हुनेछ। चिताएको काम बिग्रनाले निराशा छाउनेछ। गोपनीयता बाहिरिनाले पनि समस्यामा परिनेछ। फजुल खर्च बढ्ने र लेनदेनमा पनि नोक्सान पुग्ने देखिन्छ। तत्काल फाइदा नहुने काममा जुट्नुपर्ला। परिबन्धले चुनौती निम्त्याउन सक्छ। ठूलो भागको आशा राख्दा भएको वस्तुसमेत गुम्न सक्छ। अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला बेहोर्नुपर्ला। स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

मानसम्मान प्राप्त भए पनि आतिथ्य खर्चिलो बन्नेछ। बिछोडिएका परिवारजनसँग भेटवार्ताको संयोग जुर्नेछ। तर वचन पुर्याउन नसक्ता आलोचित बन्नुपर्ला। अरूको मुख ताक्ने बानीले आफ्नो काम अधुरो रहनेछ। केही कठोर निर्णय लिनुपरे पनि टाढिएका आफन्त नजिकिनेछन्। भेटघाट र खानपानमा समय व्यतीत हुनेछ। साँझतिर व्याहारिक अलमलले आँटेका काममा बाधा पुर्याउनेछ। अप्रिय समाचारले चिन्तित तुल्याउन सक्छ। अर्थअभावले सताउन सक्छ। लोकाचारका लागि भोगविलासका वस्तु जुटाउनुपर्ला। यात्राको प्रक्रियाले खर्च बढाउन सक्छ। परिवारजन तथा आफन्तबीच आत्मीयतामा कमी आउने समय छ। वादविवादले घर-गृहस्थीमा समस्या निम्त्याउन सक्छ। तर, नयाँ परिवेशमा पुगिए पनि दुविधाले निर्णायक मोड लिनेछ। सामान्य कामलाई सञ्चित रकम खर्चनुपर्ने हुन सक्छ। आजको यात्रा र आतिथ्य खर्चिलो बन्नेछ। वचन पूरा गर्न नसक्दा आलोचित भइनेछ। परिस्थिति र सम्बन्ध अनुकूल बनाइराख्न व्यवहारमा सजग रहनुपर्ला। हडबडीले घर-व्यवहारमा समस्या निम्त्याउनेछ। तापनि, प्रेम र मित्रताको बन्धन कसिने समय छ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

चुनौती अँगाल्नुपरे पनि आँटले लक्ष्यमा पुर्याउनेछ। प्रतिस्पर्धामा उत्रनुपरे पनि विभिन्न अवसर प्राप्त हुनेछन् र मनग्गे लाभ हुनेछ। भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। परिस्थितिको अनुकूलताले प्रतिष्ठा जोगाउन सफल भइनेछ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। साँझतिर यात्राको प्रक्रिया अघि बढ्नेछ। पुरुषार्थी काम सिद्ध गर्ने समय छ। प्रेम र मित्रताको बन्धन पनि कसिलो हुने समय छ। ईर्ष्या गर्नेहरू स्वयं पछि पर्नेछन् भने कर्मयोगले भविष्यको बाटो समाउनेछ। मिहिनेतले काममा सफलता दिलाउनेछ। समस्या पन्छाएर अधिकार स्थापित गर्न सकिनेछ। दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। रोग तथा शत्रुमाथि विजय प्राप्त हुनेछ। प्रतिस्पर्धाको दौडमा समेत जित हासिल हुनेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। परिस्थितिसँग सम्झौता गर्नुपरे पनि प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द

कामको मेसो नमिल्दा पछि परिनेछ। उपलब्धिका लागि बौद्धिक व्यक्तित्वहरूसँग प्रतिस्पर्धा गर्नुपर्ने स्थिति आउन सक्छ। तापनि विशेष अध्ययन तथा नयाँ ज्ञानको खोजीमा समय बित्नेछ। गुरुजनको सहयोगले बौद्धिक प्रतिस्पर्धामा अग्रस्थान हासिल गर्न सफल भइनेछ। साँझतिर केही फजुल खर्च बढ्न सक्छ। विवाद तथा मुद्दाहरूमा अलि होसियार रहनुपर्नेछ। ऋण, शत्रु र रोगबाट विशेष सजग रहनुपर्ला। अरूका लागि बुद्धि खर्चनुपर्ला। स्वास्थ्य कमजोर रहनाले अध्ययनमा ध्यान केन्द्रित नहुन सक्छ। समयको गतिलाई पछ्याउने प्रयास गर्नुहोला। सम्भावना देखिए पनि उपलब्धि हातपार्न बढी श्रम गर्नुपर्ला। प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। अवसर र व्यवधानका बीचबाट कर्मयोग अघि बढ्नेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। मनको डर उत्साहमा रूपान्तरित हुनेछ। मिहिनेतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउन सक्छ। पढाइमा गुरुजनको मार्गदर्शन उपयोगी हुनेछ। सहपाठीहरू पछि पर्नेछन् भने मिहिनेतले प्रतिष्ठा दिलाउनेछ। दिगो काम प्रारम्भ गर्ने समय छ। अनावश्यक हल्लाको पछि लाग्दा व्यर्थैमा दु:ख पाइनेछ। प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ला।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

छातीको समस्याले स्वास्थ्य कमजोर रहनेछ। जिम्मेवारी प्राप्त भए पनि बेलामा होस नपुर्याउँदा दु:ख पाइनेछ। समयमा निर्णय लिन नसक्दा काम बिग्रन सक्छ। बेसुरमा दिएकाे वचनले पनि अप्ठ्यारो पार्न सक्छ। अरूको फाइदाका लागि उपयोग भइएला। मान्यजनको मन जित्ने प्रयत्न गर्नुहोला। साँझतिर बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ। सानो प्रयत्नले ठूलो काम बन्न सक्छ। कामले सम्मानित स्थान दिलाउनेछ। हतारको निर्णयले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला। समयमा जुट्न नसक्दा आफ्नो काम रोकिन सक्छ। अरूका लागि उपयोग भइनेछ र बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्न सक्छ। आवेशको व्यवहार र सानो असमझदारीले आफन्तजन टाढिन सक्छन्। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। बेसुरमा बोल्ने बानीले काम बिग्रने अवस्था आउन सक्छ। साझेदारीमा समस्या आउनुका साथै पहिलेको सम्झौता भंग हुने देखिन्छ। अरूको करकापमा परी आफ्नो मान्यता विपरीतको काम गर्नुपर्ने अवस्था आउन सक्छ। आफन्तको सुझावमा भर नपर्नुहोला।

 

हरीनगरमा वितरण गरिएको चामल गुणस्तर रहेको दावी

हरिनगर । सुनसरीको हरिनगर गाउँपालिकाले वितरण गरेको राहत सामग्री मध्ये चामल प्लाष्टिकको भएको र गुणस्तरहिन भएको भ्रम(अफवाह) फैलाइएको प्रति गाउँपालिकाको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । बुधबार पालिकाले पत्रकार सम्मेलन गरि वितरण गरिएको प्रेश विज्ञप्तीमा हरीनगरमा वितरण गरिएको चामल गुणस्तरीय रहेको दावी गरेको छ ।

सुनसरीको हरिनगर गाउँपालिकाले बितरण गरेको राहत सामाग्री सर्वसाधारणहरुले फिर्ता गरेपछि प्रमुख प्रशासकिय अधिकृत कृष्णबहादुर कासीले राहत वितरण , चामलको भातमा समस्याको कारण र तथ्य सहित पत्रकार सम्मेलन गरी स्पष्ट पार्नुभएको छ ।

सर्वसाधारणहरुले प्लाष्टिकको चामल दिएको भन्दै फिर्ता गरेपछि हरिनगर गाउँपालिकाले पत्रकार सम्मेलनको आयोजना गरी केही तत्वले अफवाह फैलाएको भन्दै भ्रममा नपर्न आग्रह गरेको छ ।

बितरण गरिएको राहत सामाग्री चामल पूर्णरुपमा गुणस्तर .रहेको र खान योग्य रहेको खाद्यय प्रविधि तथा गुण नियन्त्रण कार्यालयले पुष्टि गरेपछि हल्ला र भ्रमको पछि नलाग्न पालिकाका सर्वसाधारणहरुलाई हरिनगर गापाका अध्यक्ष गफार अन्सारी मियाँले आग्रह गरेका छन् । मियाँले आफुलाई बदनाम गराउने केही तत्वहरुले हल्ला फैलाएको र त्यसमा कुनै सत्यता नरहेको दाबी गर्नुभएको छ ।

प्लाष्टिकको चामल नभएको दाबी गर्दै अध्यक्ष अन्सारीले आयोजित पत्रकार सम्मेलनमा गाउँपालिकाले खाद्यय संस्थान बिराटनगरबाट खरिद गरी र ल्याब परीक्षण गरेर ल्याएको चामल गुणस्तरीय भएकोले सर्वसाधारणहरुलाई अफवाहको पछि नलाग्न आग्रह गरेका छन् ।

हरिनगर गाउँपालिका वार्ड नम्बर १ र २ का गरीव तथा बिपन्न परिवारले लिएको राहत सामाग्रीे मध्ये चामल प्लाष्टिकको भएकोले पालिकालाई फिर्ता गरेपछि त्यसको बारेमा यथार्थ जान्नका लागि आफुहरु बिराटनगरको खाद्यय ब्यवस्था तथा ब्यापार कम्पिन लिमिटेड र खाद्यय प्रविधि तथा गुण नियन्त्रण कार्यालय बिराटनगरमा पुगेर सोधीखोजी गर्दा खाद्यय प्रयोगशालाले गरेको परीक्षणमा प्लाष्टिकको अंश नदेखिएको र खान योग्य गुणस्तर चामल भएको पुष्टि भएको बताउनुभयो ।

भ्रममा परेर धेरै वडाबासीहरुले चामल फिर्ता गरेकाले त्यसप्रति आफनो गम्भिर ध्यानाकर्षण भएको बताउनुहुदैं मियाँले हल्लाको पछि नलाग्न पत्रकार सम्मेलन मार्फत अपिल गर्नुभएको छ ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गरे सरकारको चर्को आलोचना

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रपति र प्रधानमन्त्रीमाथि प्रश्न उठाएका छन् । पार्टी केन्द्रीय कार्यसमितिको बैठकमा उनले विवादास्पद अध्यादेशलाई लिएर राष्ट्रपति र प्रधानमन्त्रीमाथि प्रश्न उठाएका हुन् ।

कोरोना भाइरस ९कोभिड(१९० का कारण सिंगो देश आक्रान्त भएको बेला प्रधानमन्त्री केपी शर्मा ओलीले सबै शक्ति आफूमा केन्द्रित गर्ने नियतका साथ संवैधानिक परिषद्सम्बन्धी र पार्टीहरुमा तोडफोड मचाउने नियतले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएको पौडेलको दाबी छ । उनले भनेका छन्, ‘देशमा अस्थिरता, अराजकता र भाडभैलो मचाउने खराब नियतको प्रधानमन्त्री हो भनेर किन नभन्ने रु’

यस्तो अध्यादेश तत्काल जारी गरेको भन्दै उनले राष्ट्रपति विद्यादेवी भण्डारीमाथि समेत प्रश्न उठाएका छन् । केन्द्रीय समितिको बैठकमा नेता पौडेलले भनेका छन्, ‘संविधानका संरक्षक राष्ट्रपति नै ‘धृतराष्ट्र’ बनेपछि ‘हस्तिनापुर’ को संरक्षण कसले गर्ला रु’

सरकारको चर्को आलोचना

वन्दावन्दीको कारण मर्कामा परेका किसानलाई राहत प्याकेज नल्याएको भन्दै उनले सरकारलाई असक्षम र नालायक भनेका छन् । उनले सरकारलाई बेकम्बा, बेइमान, नागरिक प्रति असंवेदनशील, भ्रष्टाचारी र स्वच्छाचारी जस्ता शब्द प्रयोग गरेका थिए ।

स्वास्थ्य सामाग्री खरिदमा कमिसनको खेल भएको भन्दै उनले यो सरकारलाई भ्रष्टाचारी नभने के भन्ने रु भनेका छन् । ‘जताततैबाट भ्रष्टाचारको पोल खुल्न लागेपछि हतारहतार ‘ठेक्का खारेज’ भन्दै जनमतलाई अर्कोतिर मोड्ने र राष्ट्रको सुरक्षाको गहन जिम्मेवारी वहन गरेको राष्ट्रिय सेनालाई स्वास्थ्य सामाग्री खरिद गर्ने व्यापारिक कार्य जिम्मा दिने सरकारको नियतमाथि शंकैशंका किन नउठ्ने रु’ उनको प्रश्न छ ।

उनले अरुको पार्टी फुटाउन सांसद अपहरण गर्न बाहुबलीहरुको प्रयोग भएको र उजुरी गर्न प्रहरी र सरकारी वकिल कहाँ जाँदा रित्तै फर्काइएको भन्दै आक्रोस पोखेका छन् ।

‘देशमा न्याय हराएको छ, कानूनको शासन हराएको छ’ उनले भनेका छन्, ‘कांग्रेसले मात्र यो विकल्प दिन सक्छ कि भनेर जनता यसैतिर आशान्वित हुने अवस्था कसरी पैदा गर्ने हो रु हामीले सोच्न जरुरी छ ।’ देशमा लुटतन्त्र दोहोरिन नदिन व्यक्तिगत जोड घटाउबाट माथि उठ्न पार्टी नेतृत्वलाई आग्रह गरेका छन् ।अनलाइनखबरबाट

प्रदेश मन्त्री कुसियैतद्वारा राहत हस्तान्तरण

इनरुवा ।  उद्योग, पर्यटन , वन तथा वातावरण मन्त्री जगदीश प्रसाद कुसियैतले कोशी गाउँपालिका र इनरुवा नगरपालिकामा राहत वितरण गर्नुभएको छ ।

कोरोना भाईरस नियन्त्रण तथा रोकथामका लागि गरिएको लकडाउनले प्रभावित विपन्न परिवारलाई राहत स्वरूप चामल हस्तान्तरण गर्नुभएको हो । बुधबार इनरुवा नगरपालिका ३ , कोशी गाउँपालिकाको ८ वटै वडा सहितलाई १५ सय केजि चामल हस्तान्तरण गर्नुभयो ।

पहिलो चरणको राहतमा कोशी गाउँपालिका ५ का ७६५ घर परिवारलाई वितरण गराएको थियो । भने बाकी रहेको १०० घरमुलिलाई १५ किलो दरले राहत हस्तान्तरण गरेको उहाँका स्वाकिय सचीव केशव मैनालीले जानकारी दिनुभएको छ ।

राहत हस्तान्तरण कार्यक्रममा मन्त्री कुसियैतले सुनसरी क्षेत्र नम्बर ४ का भोक्रहा नरसिंह गाउँपालिका, बराहक्षेत्र नगरपालिका, कोशी गाउँपलिकाको आठ वटै वडामा राहत प्याकेजमा १५ सय केजी चामल वडाहरुमा हस्तान्तरण गरेको हो । सरकारद्वारा गरेको लक डाउन र सामाजिक दुरि कायम गरि राहत हस्तान्तरण गरेको हो ।

राहत हस्तान्तरण कार्यक्रममा कोशी गाउँपालिका १ का वडा अध्यक्ष राजकुमार साह, २ का अध्यक्ष हिरालाल यादव र ५ नम्बर वडा अध्यक्ष साह जमाल सहतिले बाढी पीडितको रेड जोन क्षेत्रको रूपमा रहेको हुनाले यहाँ दलित , आदिबासी र बेरोजगारीको चपेटामा परेको कारण सबैलाई राहत दिनुपर्ने माग गर्नुभयो ।

भारतबाट नेपाल आएका थप चार जनामा कोरोना सङ्क्रमण पुष्टि

काठमाण्डौ । थप चार जनामा कोरोना भाइरस कोभिड–१९ को सङ्क्रमण भेटिएको छ ।

काठमाण्डौको टेकुमा रहेको राष्ट्रिय प्रयोगशालामा परीक्षणका क्रममा बाराका र पर्साका दुई दुई जनामा कोरोना सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर वासुदेव पाण्डेले जानकारी दिनुभयो ।

उहाँका अनुसार समुदायमा सङ्क्रमण बढेको छैन । ती चारैजना भारतबाट नेपाल आएर क्वरेन्टीनमा रहेका व्यक्ति हुन् । उहाँका अनुसार सङ्क्रमितमध्ये एकजना अस्पताल र अर्का तीनजना क्वरेन्टीनमा छन् ।

सङ्क्रमित ३१, ४३, ४६ र ५० वर्षका पुरुष रहेका इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर वासुदेव पाण्डेले जानकारी दिनुभयो ।

सङ्क्रमितको नजिक रहेकाहरुको कण्ट्याक्ट ट्रेसिङ भइरहेको छ । आज थप चार जनामा सङ्क्रमण देखिएसँगै सङ्क्रमितको सङ्ख्या ५८ पुगेको छ भने सङ्क्रमितमध्ये पूर्णरुपमा स्वस्थ भएर १६ जना घर फर्किएका छन् ।

बाबुरामले ओलीलाई दाँजेका ‘भष्मासुर’ को हुन् ?

काठमाडौं । पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईको एउटा अन्तर्वार्ताले हिन्दू धर्मका एक पौराणिक पात्रलाई राजनीतिक चर्चामा मुछिदिएको छ । शक्तिको दुरुपयोग गर्ने नकारात्मक बिम्बका रुपमा प्रयोग गरिएका ती पात्र हुन्–भष्मासुर ।

रेडियो नेपालको अन्तर्वार्तामा डा। भट्टराईले प्रधानमन्त्री केपी ओलीलाई ‘भष्मासुर’ को संज्ञा दिएका थिए । यही विषयमा रेडियो नेपालले औपचारिक विज्ञप्ति नै निकालेर माफी मागेपछि यो विषय बहसमा आएको हो ।

धार्मिक ग्रन्थको अध्ययन नगरेका नयाँ पुस्तालाई भष्मासुर को हुन् भन्ने खुल्दुली पनि बढेको हुन सक्छ ।

पौराणिक कथाअनुसार शकुनीका पुत्र बृकासुरलाई एक कपटी स्वभावका असुर थिए । उनको वास्तविक नाम बृकासुर भए पनि शक्तिको दुरुपयोग गर्न खोज्दा आफैँबाट भस्म भएपछि मृत्योपरान्त उनको नाम भस्मासुर हुन गएको हो ।

भस्मासुर सिंगै विश्वमा राज गर्न चाहन्थे । यही महत्वाकांक्षा पूरा गर्नका लागि उनले भगवान शिवको कठोर तपस्या गर्न थाले । तपस्याबाट सन्तुष्ट भएका शिवले वर माग्न आग्रह गरेपछि बृकासुरले कहिल्यै मर्नु नपर्ने वरदान दिन आग्रह गरे । यसबाट भगवान शिव अफ्ठेरोमा परे ।

भस्मासुरले मागेको सो वर सृष्टिको नियम विपरीत हुने भएपछि शिवले अर्को वर माग्न आग्रह गरे । अनि भस्मासुरले आफूले जसको शीरमा हात राख्यो, ऊ भस्म हुने शक्ति मागे । अन्ततः जसको शीरमा उनको नलीहाड पर्छ, त्यो व्यक्ति भस्म हुन्छ भन्ने वरदान भगवान शिवले दिए ।

शक्ति हातमा आएपछि उनको उन्माद चुलिँदै गयो । हुँदा–हुँदा उनले आफैँलाई वरदान दिने शिवलाई समेत चुनौति दिन थाले । शिवलाई भस्म गराएर पार्वतीलाई भोग गर्ने चाहना मनमा राखेर उनी शिवको पछि लाग्न थाले ।

आफैँले दिएको वरदानले आपत्मा परेपछि शिवजीको भागाभाग भयो । शिव भाग्दैभाग्दै विष्णुसँग सहारा माग्न पुगे ।

विष्णुले बृकासुरलाई सिध्याउने उपाय रचे । र, उनी एउटी सुन्दरीको भेषमा भस्मासुरको अघि प्रकट भए । आफ्नो अघि नृत्य गरिरहेकी सुन्दरीप्रति भस्मासुर मोहित भए । बिष्णु नाच्दै गए । बृकासुर पनि सुन्दरीको नक्कल गर्दै नाच्न थाल्यो । नाच्ने क्रममा एकपटक सुन्दरीरुपी विष्णुले आफ्नै टाउकोमा हात राखे । उनको नक्कल गरेर नाचिरहेको बृकासुरले पनि आफ्नै टाउकोमा हात राख्यो । उसलाई आफ्नो शक्तिको विषयमा त्यसबेला हेक्का भएन ।

शीरमा हात परेपछि बृकासुर भस्म भयो । अनि, बल्ल शिवले छुटकारा पाए । त्यहीकारण बृकासुर भस्मासुरका रुपमा प्रख्यात भएको हो ।

अहिले राजनीतिक वृत्तमा भस्मासुर शब्दको प्रयोग धेरै हुने गर्छ । भारतमा पनि विपक्षी नेताहरुलाई गाली गर्दा भस्मासुर संज्ञा दिने गरिन्छ । भस्मासुरलाई एउटा प्रवित्तिका रुपमा लिने गरिएको छ ।

‘भस्मासुरको नलीहाड’

२०३६ सालमा सत्ताको खेलबाट आजित भएर ‘भस्मासुरको नलीहाड’ शीर्षकमा नाटक लेखेका थिए साहित्यकार ध्रुवचन्द्र गौतमले । हास्यव्यङ्ग्य प्रधान भए पनि यो नाटक पूर्ण राजनीतिक विषयवस्तुमा आधारित थियो । उनले लेखेको भस्मासुरको नलीहाडको प्रसंगतर्फ लागौँ ।

वि।सं २०३६ सालमा जनमत संग्रहको माहोल थियो । सुधारिएको पञ्चायती शासन वा बहुदलीय शासन व्यवस्था ठीक रु भनेर गरिएको जनमत संग्रहमा सुधारिएको पञ्चायती व्यवस्थाको पक्षमा ५५ प्रतिशत मत खस्यो । यो जनमतसँगै राजाको प्रत्यक्ष शासन चल्ने देशमा प्रधानमन्त्रीय पद्धतिको सुरुवात भएको थियो । तर, सर्वेसर्वा भने राजा नै थिए ।

गौतम सम्झन्छन्, ‘त्यतिबेला पनि सत्तामा हुने र उनीहरूका आसेपासेमा अहंकारको पहाड थियो । सत्ता र शक्तिको चरम दुरुपयोग थियो । त्यही प्रसंगमा राजनीतिक घटनाक्रमलाई नियालेर भस्मासुरको नलीहाड तयार पारेको हुँ ।’

मेकियाबेली भन्ने विद्वानको ‘सत्ताले मानिसलाई भ्रष्ट गर्छ’ भन्ने उक्तिबाट प्रभावित भएर पनि आफूले त्यो नाटक रचना गरेको उनी बताउँछन् ।

जनमत संग्रहपछि पनि सत्ताको खेलमा भने कमी आएन । एकातर्फ प्रधानमन्त्री बन्नको लागि पञ्चायत पक्षधरहरूको दौडधुप चलिरहेकै थियो भने पञ्चायत विरोधीहरूमा पनि मोर्चाबन्दी थियो । शासनमा हुनेहरूले आफ्नो पदको दुरुपयोग गरिरहेका थिए भने आफूसँग रहेको शक्तिको आधारमा अर्कोलाई सिध्याउने षड्यन्त्र पनि चलिरहेकै थियो ।

यही प्रसंगमा लेखेका थिए साहित्यकार गौतमले ‘भस्मासुरको नलीहाड’ ।

अनलाइनखबरसँग गौतम भन्छन्, ‘त्यतिबेला सुधारिएको पञ्चायती व्यवस्थाको पक्षमा पनि बल प्रयोग गरेर नै परिणाम ल्याइएको थियो भन्नेमा धेरै विश्वस्त थिए । सत्तामा पुगेपछि अर्कोलाई सिध्याउने खेल चलिरहेको थियो । सत्तामा पुग्नको लागि पनि अर्को घृणित खेल चलिरहेकै थियो ।’

उनी थप्छन्, ‘भस्मासुरको नलीहाड भनेको भनेको सत्ता हो । भस्मासुर भनेको सत्ताको लागि दौगादौड गरिरहने नेताहरू हुन् । सबैजना नलीहाडको लागि नै दौडधुप गरिरहन्छन् । मैले यही सत्ता र शक्तिको खेललाई पौराणिक पात्र र कथासँग जोडिदिएको मात्रै हुँ ।’

एउटा मिथकीय विषयवस्तु समेटेर तयार पारेको भस्मासुरको नलीहाड जनमत संग्रहकालिन परिस्थितिलाई दृष्‍िटगत गरी लेखिएको भएपनि यसले अहिलेको राजनीतिक परिस्थितिलाई समेत प्रतिनिधित्व गरेको बताउँछन् साहित्यकार गौतम । जतिसुकै शासन व्यवस्था बदलिए पनि नेपालको राजनीतिमा भस्मासुर प्रवृत्तिको अन्त्य नभएको उनको भनाइ छ ।अनलाइनखबरबाट

 

अभिनेता इरफान खानको निधन

काठमाडौं । बलिउड अभिनेता इरफान खानको ५४ वर्षको उमेरमा निधन भएको छ । मुम्बईको कोकिलाबेन धिरुभाई अम्बानी अस्पतालमा मंगलबार उनको निधन भएको हिन्दूस्तान टाइम्सले जनाएको छ ।

अचानक स्वास्थ्य अवस्था बिग्रिएपछि खानलाई हिजै अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो । खानका प्रवक्ताले उनलाई ‘कोलन इन्फेक्सन’ भएको बताएका थिए ।

गत वर्ष खान गम्भीर अस्वस्थ भएर लामो समय लन्डनमा उपचार गराई फर्केका थिए । त्यसबेला उनलाई न्यूरोइन्डोक्राइन ट्यूमर भएको थियो । लन्डनबाट फर्केयता उनी कोकिलाबेन अस्पतालका डाक्टरको निगरानीमा थिए । गत वर्ष उनले एउटै मात्र फिल्म ‘अंग्रेजी मिडियम’ मा काम गरेका थिए । सो फिल्ममा काम गर्दा पनि उनको अवस्था ठीक थिएन ।

खानकी आमा सईदा बेगमको पनि हालै मात्र निधन भएको थियो । लकडाउनको कारण इरफान आफ्नी आमाको अन्तिम यात्रामा पनि उपस्थित हुन सकेका थिएनन् । उनले भिडियो कलमार्फत आमाप्रति श्रद्धान्जली प्रकट गरेका थिए ।

कुशल अभिनयका लागि चिनिएका इरफानले सलाम बम्बे, मकबुल, पान सिंह तोमर, द लन्चबक्स, हैदर, गुन्डे, पिकु, तलभार लगायत फिल्ममा अभिनय गरेका छन् ।

भारतमा कोरोना संक्रमित नेपाली परिवार लाई स्वास्थ्य लाभ

काठमाडौं ।  भारतमा कोरोना भाइरसबाट संक्रमित नेपाली परिवारका आठ सदस्यहरु उपचारपछि निको भएका छन् ।

अछामको चैरपाटी घर भइ भारतको मुम्बइमा बस्दै आएको नेपाली परिवारका आठ सदस्यमा गत महिना कोरोना संक्रमण पुष्टि भएको थियो ।

बीबीसी न्युज नेपालीका अनुसार घर मुली, उनकी श्रीमती, दुई छोरी, तीन भाइ र एक भतिजामा कोरोना संक्रमण देखिएको थियो ।

उनीहरु झण्डै साढे तीन साताको अस्पताल बसाइँपछि उनीहरु मुम्बईस्थित घरमा फर्किएर आराम गरिरहेका छन् । स्वास्थ्य लाभ गरेपछि उनीहरुले अर्को जीवन पाएको बताएका बीबीसीले जनाएको छ ।

अमेरिकामा कोरोना संक्रमितको संख्या १० लाखभन्दा बढी पुग्यो

काठमाडौं । अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या १० लाखभन्दा बढी पुगेको छ । मृतकको संख्या पनि ५८ हजार ३ सय भन्दा बढी छ

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा १० लाख ११ हजार ८ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै मृतकको संख्या ५८ हजार ३ सय ४८ पुगेको छ । यस तथ्यांकअनुसार विश्वभर संक्रमितमध्ये करिब एक तिहाइ संक्रमित अमेरिकामा छन् ।

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार विश्वभर ३१ लाख १४ हजार ६ सय ५९ जनामा कोरोना भाइरस संक्रमण भएको छ भने २ लाख १६ हजार ९ सय ८९ जनाको मृत्यु भएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले परीक्षणको दायरा बढाएको भन्दै संक्रमितको संख्या विस्तारै शून्यमा झर्ने दोहोर्याएका छन् । गत फेब्रुअरी महिनामा अमेरिकामा १५ जना संक्रमित फेला पर्दा पनि ट्रम्पले त्यही कुरा भनेका थिए ।

अहिले अमेरिका कोरोना भाइरस संक्रमणबाट सबैभन्दा बढी प्रभावित मुलुक बनेको छ । अमेरिकाको न्यूयोर्कमा मात्रै १७ हजार ६ सय ८२ जनाको मृत्यु भएको छ । अनलाइनखबर

आज १७ बैशाख २०७७ बुधवार को राशिफल

१७ वैशाख २०७७, बुधवार ( Apr 29, 2020)
षष्ठी , गङ्गा सप्तमी व्रत / विश्व नृत्य दिवस

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

पहिलेको सफलताले हौसला जगाउनेछ भने पछिका लागि विशेष काममा जग बसाउने मौका छ। अग्रज तथा सहयोगी जुट्नाले सोचेको लाभ उठाउन सकिनेछ। कर्मयोगले नयाँ मोड लिनेछ भने पुरुषार्थी काम सम्पादन गर्दै नाम, दाम र इनाम आर्जन गर्न सकिनेछ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। शत्रु परास्त हुनेछन् भने प्रतिस्पर्धीहरू पछि हट्नेछन्। प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनेछन् र मनग्गे फाइदा उठाउन सकिनेछ। परिश्रम परे पनि लक्ष्य प्राप्त हुनेछ। शत्रु परास्त हुनेछन् भने रोगबाट उन्मुक्ति मिल्नेछ। विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष बलियो रहनेछ। प्रतिस्पर्धीहरूलाई समेत पछि पार्न सकिनेछ। चिताएको काम सम्पादन हुनेछ। पहिलेका कमजोरीलाई सुधार्ने मौका छ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। मान-सम्मान प्राप्त हुनेछ। सम्पादित कामबाट धन लाभ हुनेछ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। परिस्थितिवश आफ्नै वचनबद्धता पालना गर्न नसक्ने स्थिति रहनेछ। तापनि बोली र विचारका प्रशंसकहरू बढ्नेछन्। बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सानो प्रयत्नले ठूलो काम बन्नेछ। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। सहयोगीहरूले साथ दिने हुँदा रोकिएका काम पनि सम्पादन हुनेछन्। मिहिनेतले नाम, दाम र इनाम हातपार्न सफल भइनेछ। सुखद् समाचारले उत्साह जगाउनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। नयाँ काम प्रारम्भ हुनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ। बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ। बोलीको प्रभावले आर्थिक क्रियाकलापमा समेत फाइदा हुनेछ। आफन्तको सान्निध्य र अभिभावाकको स्नेह प्राप्त हुनेछ। स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

परिवारका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। रमाइलो दिन छ। रचनात्मक काम प्रारम्भ गर्ने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ। बिछोडिएका परिवारजनसँग भेटघाट हुने समय छ। पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। नयाँ कामको प्रस्ताव आउनेछ। तर अवसरका साथ केही चुनौती पनि देखा पर्नेछन्। पहिलेको सफलताले थप हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्। बिछोडिएका आफन्तसँग भेटघाट हुनेछ। पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। बौद्धिक क्षमताको तारिफ हुनेछ भने व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ। सुरक्षाका लागि फाइदाका वस्तु त्याग्नुपर्ला। कर्जामार्फत धन र आवश्यकताका वस्तु जुटाउन सकिनेछ। तत्काल फाइदा लिँदा लाभांश अरूलाई पनि बाँड्नुपर्ला। आफ्नो मिहिनेतको प्रतिफल अरूले हत्याउने चेष्टा गर्नेछन्। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। सरसापट र सहयोगमा केही नगद बाहिरिने देखिन्छ। आफ्नो क्षेत्रमा नाम र दाम कमाउने समय छ। मेहनत गर्दा आयआर्जनका नयाँ स्रोतसमेत फेला पर्नेछन्।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

फजुल खर्च बढ्नेछ भने बेलैमा होस नपुग्नाले अर्थ अभाव देखापर्न सक्छ। आकस्मिक खर्च बढ्नेछ भने आम्दानीका स्रोत कमजोर हुने समय छ। पछिका लागि लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ। फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला। यात्रा खर्चिलो र कष्टकर बन्न सक्छ। छिमेकमा असमझदारी बढ्ने देखिएकाले होसियारीसाथ काम लिनुहोला। भविष्यका लागि केही वस्तु त्याग्नुपर्ला। सोचेको नतिजा तत्काल प्राप्त नहुन सक्छ। समय दिन नसक्दा काम रोकिनेछ। लगानी बढाउनुपर्ने बाध्यात्मक परिस्थिति आउन सक्छ। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। अरूको करकापमा परी आफ्नो मान्यता विपरीतको काम गर्नुपर्ने अवस्था आउन सक्छ। आफन्तबाट पनि टाढिनुपर्ला। आयस्रोत बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। दिगो काम थालनी हुन सक्छ। पढाइमा पनि प्रगति हुनेछ। सट्टापट्टा, लेनदेन आदिमा फाइदा हुनेछ। व्यापारमा थन्किएका वस्तु बिक्री हुनेछन् र अड्किएको रकम उठ्नेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

मिहिनेतले राम्रो परिणाम दिलाउनेछ। दैनिक आवश्यकता पूरा हुनेछन् र मिहिनेतको फल प्राप्त हुनेछ। समय लागे पनि मिहिनेतले काम बनाउन सकिनेछ। विगतका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ। श्रमको उचित मूल्यांकन हुनेछ। सञ्चित धनको उपयोग गर्दा फाइदा हुनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। प्रतीक्षा गरिएको काम पनि बन्नेछ। तारिफयोग्य काम गर्दै मनग्य धन आर्जन गर्न सकिनेछ। विभिन्न भौतिक साधन जुट्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। कृषि, पशुपालनमा आदिमा फाइदा हुनेछ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। दाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक दायित्व बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। प्रयत्न गर्दा महत्त्वपूर्ण वस्तु लाभ होला। सहयोगीहरूले हिम्मत दिलाउनेछन्। प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। तर पहिलेका कमजोरी बाहिर आउनाले काममा केही समस्या पर्न सक्छ। तापनि विभिन्न अवसरले पछ्याउनेछन्, गोपनीयतामा ध्यान पुर्याउनुहोला। नयाँ कामले नाम र दाम दिलाउनेछ। कर्मक्षेत्रमा गरिएको साधना सिद्ध हुनेछ। मिहिनेतले सजिलै लक्ष्यमा पुर्याउनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ। पदासीन व्यक्तिहरूसँग मित्रता बढ्नेछ। व्यवसायमा पनि फाइदै हुनेछ। कर्मयोगले मानसम्मान समेत दिलाउनेछ। मिहिनेत गर्दा भविष्यका लागि जग बसाउने मौका छ। कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ। नोकरी तथा पेसा–व्यवसायमा मनग्य फाइदा हुनेछ। काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ। मिहिनेत गर्दा पदीय जिम्मेवारी प्राप्त हुने सम्भावना छ। विगतका कमजोरीमा क्रमश: सुधार आउनेछ। लगनशीलताले राम्रै लाभ दिलाउन सक्छ। पहिलेको सफलताले हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

सानो प्रयत्नले कीर्तिमानी कामको यश लिने सौभाग्य प्राप्त हुनेछ। प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ। सामाजिक कार्यले हौसला प्रदान गर्नेछ। समस्या दर्साएर पनि सहयोगीहरू फेला पार्न सकिनेछ। मिहिनेत गर्दा कीर्तिमानी काम बन्न सक्छ। धर्मकर्म तथा सेवामूलक काममा प्रवृत्त भइनेछ। तर केही बाध्यात्मक परिस्थितिले काममा अलमल्याउन सक्छ। अपिरिचित व्यक्तिको विश्वास गर्दा धोका पाइनेछ। आम्दानी थोरै भए पनि आवश्यकता पूरा हुनेछन्। शुभचिन्तकहरूले साथ दिनेछन् भने भविष्यका लागि कर्मसञ्चय गर्ने समय छ। सामाजिक कामले नाम, दाम र इनाम दिलाउनेछ। मिहिनेतको राम्रो प्रतिफल प्राप्त हुनेछ। आध्यात्मिक चेतनाले धर्मकर्म र सेवामूलक काममा प्रवृत्त गराउन सक्छ। अरूका काममा धेरै समय खर्चनुपर्ला। विगतका समस्या बल्झिन सक्छन्। सानातिना काम र घरेलु समस्यामा अल्झनुपरे पनि बुद्धिको उपयोगले समस्या सुल्झाउन सफल भइनेछ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

सामान्य कामका लागि धेरै दौडधुप गर्नुपर्नेछ। परिस्थितिको चक्रमा अलमलिनुपर्दा काम बन्न समय लाग्नेछ। अस्वस्थताले कमजोरीको अनुभूति हुनेछ। चुनौतीपूर्ण कामको जिम्मेवारी वहन गर्नुपर्ला। आकस्मिक समस्याले शरीरमा कमजोरी अनुभूति हुनेछ। चिताएको काम बिग्रनाले निराशा छाउनेछ। गोपनीयता बाहिरिनाले पनि समस्यामा परिनेछ। फजुल खर्च बढ्ने र लेनदेनमा पनि नोक्सान पुग्ने देखिन्छ। तत्काल फाइदा नहुने काममा जुट्नुपर्ला। परिबन्धले चुनौती निम्त्याउन सक्छ। ठूलो भागको आशा राख्दा भएको वस्तुसमेत गुम्न सक्छ। अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला बेहोर्नुपर्ला। स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला। केही उपलब्धिको स्रोत भने पहिल्याउन सकिनेछ। अध्ययन, लेखन तथा मनोरञ्जनमा समय बित्नेछ। मित्रता र प्रेमको बन्धन कसिनेछ भने शुभचिन्तकहरूको सहयोग प्राप्त हुनेछ। भौतिक साधन जुट्नाले आम्दानी बढाउने काम गर्न सकिनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

लोकाचारका लागि अनावश्यक वस्तुका पछि दौडनुपर्ला। मानसम्मान प्राप्त भए पनि आतिथ्य खर्चिलो बन्नेछ। अर्थअभावले सताउन सक्छ। लोकाचारका लागि भोगविलासका वस्तु जुटाउनुपर्ला। यात्राको प्रक्रियाले खर्च बढाउन सक्छ। परिवारजन तथा आफन्तबीच आत्मीयतामा कमी आउने समय छ। वादविवादले घर-गृहस्थीमा समस्या निम्त्याउन सक्छ। तर, नयाँ परिवेशमा पुगिए पनि दुविधाले निर्णायक मोड लिनेछ। सामान्य कामलाई सञ्चित रकम खर्चनुपर्ने हुन सक्छ। आजको यात्रा र आतिथ्य खर्चिलो बन्नेछ। वचन पूरा गर्न नसक्दा आलोचित भइनेछ। परिस्थिति र सम्बन्ध अनुकूल बनाइराख्न व्यवहारमा सजग रहनुपर्ला। हडबडीले घर-व्यवहारमा समस्या निम्त्याउनेछ। तापनि, प्रेम र मित्रताको बन्धन कसिने समय छ। दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। परिस्थितिसँग सम्झौता गर्नुपरे पनि प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। नयाँ योजना शुभारम्भ गर्ने समय छ। बुद्धिको उपयोगले पहिलेको उपलब्धि जोगाउन सफल भइनेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

रकम तथा भौतिक साधन जुट्नाले दिन उत्साहजनक रहनेछ। चुनौती अँगाल्नुपरे पनि आँटले लक्ष्यमा पुर्याउनेछ। ईर्ष्या गर्नेहरू स्वयं पछि पर्नेछन् भने कर्मयोगले भविष्यको बाटो समाउनेछ। मिहिनेतले काममा सफलता दिलाउनेछ। समस्या पन्छाएर अधिकार स्थापित गर्न सकिनेछ। दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। रोग तथा शत्रुमाथि विजय प्राप्त हुनेछ। प्रतिस्पर्धाको दौडमा समेत जित हासिल हुनेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। परिस्थितिसँग सम्झौता गर्नुपरे पनि प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। बल तथा बुद्धिको उपयोगले अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। नयाँ योजना शुभारम्भ गर्ने समय छ। फजुल खर्च भने बढ्न सक्छ। प्रयत्न गर्दा दिगो फाइदा हुने काम सम्पादन हुनेछ। सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। नयाँ काम गर्ने अवसर पनि प्राप्त हुनेछ। पहिलेको सफलताले हौसला जगाउनेछ। व्यापारले फाइदा दिनेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द

काम बन्नुका साथै सुखद समाचारले आशा जगाउनेछ। कामको मेसो नमिल्दा पछि परिनेछ। अरूका लागि बुद्धि खर्चनुपर्ला। स्वास्थ्य कमजोर रहनाले अध्ययनमा ध्यान केन्द्रित नहुन सक्छ। समयको गतिलाई पछ्याउने प्रयास गर्नुहोला। सम्भावना देखिए पनि उपलब्धि हातपार्न बढी श्रम गर्नुपर्ला। प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। अवसर र व्यवधानका बीचबाट कर्मयोग अघि बढ्नेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। मनको डर उत्साहमा रूपान्तरित हुनेछ। मिहिनेतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउन सक्छ। पढाइमा गुरुजनको मार्गदर्शन उपयोगी हुनेछ। सहपाठीहरू पछि पर्नेछन् भने मिहिनेतले प्रतिष्ठा दिलाउनेछ। दिगो काम प्रारम्भ गर्ने समय छ। अनावश्यक हल्लाको पछि लाग्दा व्यर्थैमा दु:ख पाइनेछ। प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ला। बेसुरमा दिइएको वचनले पनि समस्या निम्त्याउनेछ। साइनो गाँस्नेहरूको भरपर्दा लक्ष्य प्राप्ति नहुन सक्छ। समयमा सजग नबन्दा शुभचिन्तकहरू समेत टाढिनेछन्। दिगो योजनाका साथ अघि बढ्दा बिस्तारै लाभ मिल्नेछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

समयमा आलस्य गर्दा दुःख पाइनेछ। छातीको समस्याले स्वास्थ्य कमजोर रहनेछ। हतारको निर्णयले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला। समयमा जुट्न नसक्दा आफ्नो काम रोकिन सक्छ। अरूका लागि उपयोग भइनेछ र बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्न सक्छ। आवेशको व्यवहार र सानो असमझदारीले आफन्तजन टाढिन सक्छन्। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। बेसुरमा बोल्ने बानीले काम बिग्रने अवस्था आउन सक्छ। साझेदारीमा समस्या आउनुका साथै पहिलेको सम्झौता भंग हुने देखिन्छ। अरूको करकापमा परी आफ्नो मान्यता विपरीतको काम गर्नुपर्ने अवस्था आउन सक्छ। आफन्तको सुझावमा भर नपर्नुहोला। प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। परिश्रमअनुसार राम्रो परिणाम प्राप्त हुनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। थोरै लगानीबाट पनि नाफा कमाउन सकिनेछ। मिहिनेत गर्दा उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ।

 

नेकपाले बुधबार सचिवालय बैठक बोलायो

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले बुधबार सचिवालय बैठक बोलाएको छ ।

अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएलगत्तै सचिवालय बैठक बोलाइएको हो । बैठक भोलि साँझ ५ बजे बोलाइएको छ । अनलाइनखबर

कोभिड १९ अस्पतालमा पी.सी.आर. मेसिनको दैनिक क्षमता वृद्धि

इनरुवा ।  सुनसरीको धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको माइक्रोबाइलोजी ल्याबमा कोभिड १९ टेस्टको क्षमतामा बृद्धि गरिएको छ । यहाँ रहेको पी.सी.आर.मेसिनको दैनिक क्षमता ३ सय ५० नमुना रहेको छ ।

हाल सञ्चालनमा रहेको आर.एन.ए. एक्स्ट्र्याकसन मेसिन “म्यानुअल“ हुँदा टेस्ट क्षमता १०० भन्दा बढीको हाराहारीमा रहेको थियो । यदि अटोमेटिक आर.एन.ए. एक्स्ट्र्याकसन मेसिन सरकारबाट उपलब्ध हुन सकेमा, ल्याब पूर्ण क्षमतामा सञ्चालनमा आउने र टेस्टको क्षमता हालको भन्दा ३ गुणा बढी हुने बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका सह प्रवक्ता डा. अशोक ऐरले जानकारी दिनुभयो ।

सोमवार मात्र १ सय ८ नमुनाको परीक्षण गरिएको थियो । करिब ८ वर्ष भन्दा बढी समय देखि पी.सी.आर. टेस्ट विभिन्न प्रयोगमा सञ्चालन गर्दै आएको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको मोलिक्युलर ल्याब दक्ष जनशक्ति युक्त रहेको छ ।

प्रचलनमा आएको कोभिड १९ टेस्टमा जब २ वटा “जिन“ को तुलना पीसीआर मेसिनबाट गरिन्छ, यस प्रतिष्ठानको ल्याबमा यसका अतिरिक्त थप २ वटा गरी जम्मा ४ वटा “जिन“ उपलब्ध रहेको पनि सह प्रवक्ता डा. ऐरले बताउनुभयो ।

धरान उपमहानगरपालिकाले लकडाउनलाई कडा

इनरुवा ।  कोभिड–१९ कोरोना भाइरसको संक्रमण बढेसँगै धरान उपमहानगरपालिकाले लकडाउनलाई कडा पारेको छ ।

पछिल्लो समय कोरोना संक्रमणको हटस्पटको रुपमा एक नं. प्रदेश भएपछि धरान उपमहानगरपालिकाले लकडाउन कार्यान्वयनलाई थप कडाइ गरेको हो । तरकारी बोकेर मंगलबार विहानको राती धरान प्रवेश गरेका ५ वटा गाडीलाई धरान उपमहानगरपालिकाले नियन्त्रणमा लिएको छ ।

धरान उपमहानगरपालिकाको टोलीले राती २ बजेसम्म तिनकुने नाकामा बसेर उक्त तरकारीका गाडीहरु नियन्त्रणमा लिएको हो । तरकारी लिएर आएका व्यापारीले कहाँबाट ल्याएको भन्ने कुराको प्रमाण दिन नसकेको, बिल बिनाका तरकारी ल्याएको र धरान स्थित कृषि बजारसँग समन्वय नगरी तरकारी ल्याएकोले नियन्त्रणमा लिनु परेको धरानका नगर प्रहरी इन्चार्ज विष्णु कोइरालाले जानकारी दिनुभयो ।

बिल बिना तथा कृषी बजारको समन्वय विना तरकारी बोकेका गाडीहरु धरान आउँदा गाडी कहाँबाट आएको हो भन्ने यकिन नहुने भएकोले कोरोना संक्रमणको जोखिम हुने धरान उपमहानगरापालिकाकी उपमेयर मञ्जु भण्डारीले बताउनुभयो

इनरुवामा राहतका १० रहस्य

इनरुवा ।  सुनसरी सदरमुकाम समेत रहेको इनरुवा नगरपालिका जहिले अपादर्शी काम गरेर चर्चामा रहने गरेको छ । चाहे अवस्था सहज होस या प्रस्थिती असहज, सबै अवस्थामा नगर प्रमुख सहित वडा अध्यक्षहरु र कार्यपालिका सदस्यहरु जहिले पनि नागरिकलाई ढाट्ने छल्ने र गुम्राहामा पार्ने गरी अपादर्शी काम तथा कृयाकलाप र व्यवहार गरेर चर्चामा रहने गरेको हो । इनरुवामा पार्टीका हिसावले दुई ठूला पार्टीको संख्यात्मक रुपमा उस्ताउस्तै उपस्थिती रहेको छ । यही भएर काम गर्ने बेलामा दुवै कमिसन, कर्मचारी भर्ना, ठेक्कापट्ठा, कोटेसन, इन्धन, योजना, सवारी, सामग्री खरिद, उपकरण खरीद सहितमा नगर प्रमुख र उनका वडा अध्यक्षहरु तथा कार्यापालिका सदस्यहरु भागवण्डामा जस्तोसुकै कुरा पचाउन सफल भएका छन् ।

कुनै पनि देशमा बस्ने नागरिक प्रति राज्यको दायित्व हुने जस्तै नगरमा बस्ने नागरिक प्रति नगरपालिकाको उतिकै दायित्व हुन्छ । तर इनरुवा नगरमा एक महिना बढी समयदेखी सरकारले गरेको लकडाउनका कारणले विपन्नलाई राहत दिनुपर्ने , पीडितहरुको पक्षमा काम गर्नुपर्नेमा त्यसो नगरि यस विपतको बेला समेत अपादर्शी काम गरेर चर्चामा आएको छ ।

विपन्नलाई राहत वितरण गर्नका लागि खरिद गरेको राहत सामग्री होस कि विपतको बेला परिचालन भएको कर्मचारीहरु, स्वास्थ्यकर्मीहरुको नाममा गरेको खर्चको कुरा नै किन नहोस सबैमा अपादर्शी काम गरेको छ । नेपाली काग्रेंसका नगर प्रमुख राजन मेहता भएकाले उहाँले आफ्नो विरोध नहोस र कमिकम्जोरीहरु बाहिर नजाओस भनेर प्रतिपक्षमा रहेको तर ६ वटा वडा अध्यक्ष सहित बहुमतमा रहेको नेकपालाई समेत भागवडामा हिस्सा दिएर राखेको छ । भागवडा नगरपालिकाका नगरबासीका लागि नभई उनिहरुको व्यक्तिगत स्वार्थपुर्ती, साझँको भटटी खर्च, भ्रमण खर्चको नाममा, कार्यालय सञ्चालनका खर्चको नाममा, अनुगमनको नाममा, बैठक भत्ताका नाममा , कार्यकर्तालाई कर्मचारीको रुपमा भर्ना गर्ने नाममा दुवै मिलेका छन् । यही कारणले झण्डै तीन वर्ष वित्न लाग्दा समेत काम भन्दा कुरा बढी, योजना भन्दा खर्च बढी, कार्यक्रम भन्दा कागजी घोडा बढी, जनता भन्दा पार्टी र जातीलाई ग्राहयता बढी, सदा जिवन भन्दा विलासी जिवनमा ध्यान बढी, कर्तव्य भन्दा कमिसनमा ध्यान बढी, सदाचार, भ्रष्टाचारमुक्त भन्दा दुराचार, भ्रष्टाचारयुक्त काममा बढी केन्द्रित भएर काम गर्नमा व्यस्त बनेका छन् ।

यही चरित्रबाट प्रेरित रहेका नगर प्रमुख र कार्यापालिकाका सदस्यहरुले १० नमुना काम गरेका छन् ।

१, राहत सामग्री खरिदमा अपादर्शी प्रकृया अपनाएको, कार्यपालिकाका नेकपा सदस्यलाई जिम्मा दिई बजार भन्दा बढी मूल्यमा खरिद गरेको र स्तरमा कम, तौलमा कम दिएको ।

२, कार्यापालिका बैठकमा भत्ता बाड्ने बाहेकको काम नभएको

३, आफूलाई कमिसन आउने निर्णयहरु मात्रै गरेको

४, कमिसन नआउने भएपछि तीन महिनादेखी स्वास्थ्य संस्थामा औषधी नदिएको

५, लकडाउनको बेलामा राहत वितरणमा पहुच, पार्टी र जातीलाई प्राथमिकता दिएको

६, एक करोड बढी इन्धन खाने तर फोहोर फ्याक्ने ट्याक्टरमा पशु दाना जस्तो पीडितहरु राहत वितरण गरेको, राहत पनि सरकारको मापदण्ड भन्दा कम वितरण गरेको

७, कार्यापालिका बैठकमा बोल्नेहरुलाई कमिसन पाउने गरि जिम्मेबारी दिएको, कुरा नामान्नेलाई बागेंनीग गर्ने, प्रलोभन देखाउने र कमिसनको झोलमा पसाउने गरेको ।

८, वडाहरुमा राहत वितरण गर्ने समयन्त्रमा जाती र पार्तीलाई ग्राहया दिएको

९, काम नेकपालाई दिएपछि कमिसन काग्रेंसलाई दिनुपर्ने र काग्रेंस गरे नेकपालाई दिनुपर्ने गोप्य मौखिक सहमती गरेको । त्यसले गर्दा एकले अर्कोको विरोध नगर्ने र अर्को चुनावमा यही टीमलाई टिकटका लागि पार्टीमा दबाव दिने सहमती गरेको, जातीलाई एकलौटी पार्ने र पार्टीका कट्र भोट आउने भएकाले सबै यही टिम जित्ने भएकाले कार्यापालिका बैठकमा निर्णय बाहेक अनौचारिक रुपमा छलफल गर्ने गरेको छ ।

१०, अनुगमन नगरी र लकडाउनको बेलामा सवारी नचलाई इन्धन सुविधा लिने गरेको लगायतका राहत वितरणमा पहुच, पार्टी र जातीलाई प्राथमिकता दिएको उनीहरुको भाषा र भनाईमा महत्वपूर्ण राम्रो काम भएको छ ।

नगरपालिकामा बस्नेहरुले पार्टीको मुख ताक्ने र ह्विप मान्ने कारणले अपादर्शी, अनियमितता, आर्थिक र नीतिगत भ्रष्टाचार, जनसाहभागिताको नाममा पार्टी र जातीको प्राथकिता लगायतको विषयमा प्रश्न उठाउन धेरैले आट नै नगरेको अवस्था छ । यही अवस्थाले अनैतिक, अपादर्शी काम गनर्,े अनियमितता गर्ने, आर्थिक र नीतिगत भ्रष्टाचार गर्ने, जनसाहभागिताको नाममा पार्टी कार्यकर्ता र जातीलाई प्राथकिता दिएको छ ।

इनरुवामा अपवादमा बाहेक सबै काममा नगर प्रमुखको सिधा कमिसन र वडाहरुमा वडा अध्यक्षको कमिसनको खेल भएको प्रष्ट छ । होईन भने तीन वर्षमा एक पटक पनि जनताको घर, गाउँटोलमा योजना संकलन गरेको छैन, संकलन गरिएपनि कागजमा , योजनाहरु कहाँ बढी कमिसन आउछ त्यहाँ मात्रै पारेको छ । आवश्यकतामा आधारीत भन्दा कमिसन, अनियमितता, आर्थिक भ्रष्टाचार गर्न पाईने ठाउँमा योजना तथा कार्यक्रम पारेको छ ।

गाउँटोलमा उपभोक्ता समिति निर्माण गर्दा समेत जनसाहभागिताको नाममा आफ्नै पार्टी र जातीको व्यक्तिहरुलाई राख्ने गरेको छ । कर्मचारी भर्ना समेत तीन वर्षमा एक सय ५० भन्दा बढी नगर, वडा र स्वास्थ्यमा गरेका छन् । उनीहरुको नागरिकता, पार्टीको सदस्यता , थरलाई मिलाएर हेर्दा प्रष्ट हुन्छ कि अपवादमा समेत कोही बढीलाई प्रवेश गर्न दिएका छैन् ।

इनरुवाका स्थानीय सरकार अहिले विपतको बेलामा जाती र पार्टी भन्दा देश र जनताको नाममा काम गर्न ध्यान दिदाँ राम्रो हुन्छ । लोकप्रियताका लागि सबैलाई राहत, धनीलाई राहत, पूर्व सभासदलाई राहत, आफ्नो जातीलाई राहत राम्रो होला तर मानवता, पदिय मर्यदाका लागि सुहाउदैन ।

त्यसैले सरकारले लकडाउनलाई सफल पार्ने र कोरोना भाईरस(कोभिड १९) को प्रकोप र रोगको लडाईमा विजय हासिल गर्ने पवित्र उदेश्य राखेको यो बेलामा राहत वितरणमा पारशर्दीता, विपन्न , ज्यालामजदुरी गर्नलाई राहत दिनु धर्म हुने छ ।

जनताको पनि राहत लिनु रहर नभई बाध्यता रहेको छ । राहत दिएपछि ज्यालादारी गर्ने, मजदुर, गरिब विपन्नमा भोकमरी नओस र घोषणा गरेको लकडाउनलाई पूर्ण सफल पार्ने अपेक्षा गरिएको छ । तर नेपाली समाजको चरित्र, अवस्था र मनोविज्ञानले कोरोना महामारी प्रकोप र रोगको लडाईमा विजय हासिल गर्ने भन्दा पछि राहतलाई खेलौनाको रुपमा लिएको पाईएको छ । सरकारको पवित्र उदेश्य भएपनि कार्यान्वयन गर्ने स्थानीय तहहरुले त्यसलाई आफ्नो पेवा ठानेकाले विवाद, झडप र कहल उत्पन्न भएको छ ।

यसमा सबै भन्दा कम्जोरी नेपालीहरुमा गरिबीपन र अर्को जनप्रतिनिधिहरुको नियत देखिएको छ । इनरुवामा मात्रै होईन देशभरी नै राहतको नाममा जे जसरी समाचारहरु आईरहेको छ । यो निकै घिर्णित र लाजमर्दो अवस्थाको प्रवृति देखिन्छ । त्यसैले इनरुवामा विगतमा जे भयो त्यसको समिक्षा र अव बाकी रहेको काममा नगरबासीलाई केन्द्रमा राखेर नैतिकताका साथ पारदर्शीतालाई अवलम्बन गरी गर्दा उतम हुन्छ ।

आलोचना गर्ने मित्र हुन्छ गतलमा पनि हो की हो मिलाउने सत्रु हुन्छ तर यही उल्टो भन्ने नगरको मित्र भएको छ । यसबाट जोगिनु होईन भने कमाउने , महल बनाउने काममा सफल हुनुहोला तर समाज र नगरबासीले हेर्ने दृष्टिकोणमा कम्जोर देखिनुहोला ।।

राहत वितरण कसरी गर्ने भनिएको छ ?

संघीय सरकारले प्रत्येक स्थानीय तह अर्थात गाउँपािलका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाभित्र बसोबास गर्दै आएका असहाय, अति विपन्न र दैनिक ज्यालादारी गर्ने व्यक्तिहरु तथा खाना, खाजा नपाएकालाई राहत वितरण गर्न सकिने मापदण्ड बनाएको छ ।

किन ठीक छैन् जनप्रतिनिधिहरुको नियत ?

हाम्रो जस्तो विकासोन्मुख मुलुकहरुमा अभाव, प्रभाव र दबाव परेको हुन्छ । जहिले अरुको भर पर्नुपर्ने भएकाले अभावको महसुस स्वभाविक हो र हुन्छ । कोही ठूलावडा वा शक्तीशाली व्यक्ति वा देशको प्रभाव रहन्छ । अभाव पुर्ती गर्न कसैको प्रभाव हुन्छ । त्यसमा कार्यान्वयन गर्न ढिलो भए वा अनाकानी गरेको खण्डमा दबाव दिन्छ । यो यस्तै चरित्रका कारणले नेपालमा टोल, वडा, गाउँ, नगर, प्रदेश र देशको काम कार्वाहीमा समेत यही प्रवृति प्रतिबिम्बित हुन्छ ।

यस्तै भएको छ लकडाउनको बेलामा राहत वितरणको काममा । यो पच्छिलो उदाहारण मात्रै हो । यसअघि पनि बाढी पीडित, भुकम्प पीडित, पहिरो पीडितहरुलाई बाड्ने राहतमा पनि जनप्रतिनिधिहरुको नियत सफा देखिएन । हाम्रोमा नेताहरु देश प्रति भन्दा आफ्नो व्यक्तिगत परिवार प्रति, जनप्रतिनिधिहरु जनता प्रति उतरदायि नभई, पार्टी प्रति बढी, सबै समुदाय प्रति नभई सिमित क्षेत्र र आफ्नो जाती प्रति बढी झुकाव राख्ने भएकाले नियत माथि प्रश्न उठ्ने गरेको छ । संघीय सरकार र प्रदेश सरकारको मापण्ड वा आफ्नै स्थानीय सरकारको पनि मापण्ड अनुसार राहत वितरण गर्नुपर्नेमा हातमा शक्ती छ भनेर जे पनि आफू खुसी गरिरहेका छन् ।

उनीहरुले आफ्नो पार्टीका स्थानीय नेता, जिल्ला नेता र प्रदेश नेतालाई खुसी पारेर आफ्नो स्वार्थ पुर्ती गर्दा कोही कसैले केही गर्न सक्दैन भनेर संकुचित भावनाले प्रेरित भएर काम गरेकाले नियत माथि प्रश्न चिन्ह खडा भएको हो ।

जनप्रतिनिधिहरु दुरदर्शी नभई क्षणिक लाभमा रुमलिएको, पारदर्शी नभई अपारदर्शी भएको, जनमुखी नभई व्यक्तीमुखी भएको, सृजनशिल नभई स्थिर भएको, नियमित काम नभई अनियमिततामा लिप्त भएको कारणले आलोचित बन्न पुगेको छ । यही कारणले उनीहरु माथिको नियत माथि प्रश्न उठाउने प्रसस्त ठाउँहरु रहेका छन् ।

                                                        

राहतको चामल खादाँ पेटमा समस्या, पखाला लागेको आरोप लगाउदै चामल वडालाई फिर्ता

इनरुवा ।  स्थानीय सरकारले वितरण गरेको राहतको चामल खादाँ पेटमा दुख्ने समस्या देखिएको र पखाला समेत लागेको आरोप लगाउदै सुनसरीको हरिनगर गाउँपालिका २ भुटाहाका स्थानीयले चामल वडालाई फिर्ता गरिदिएको छ ।
मंगलबार सुनसरीको सीमावर्ती हरिनगर गाउँपालिका २ नम्बर वडाले वितरण गरेको राहत सामग्री गुस्तरहिन भएको भन्दै फिर्ता गरेको स्थानीयहरुले बताएका छन ।

हरिनगर गाउँपालिका वडा नं.१ र २ ले वितरण गरको राहत चामल गुनस्तरहिन भएको कारणले पेटमा समस्या भएको र पखला समेत लगोकाले दुई सय बढीले राहतको चामल फिर्ता गरिदिएको स्थानीय विरेन्द्र गुप्ताले जानकारी दिनुभयो ।
एक त चामल मात्रै वितरण गरेको र त्यसमा पनि गुणस्तरहिन दिएपछि अस्थानीयहरु आक्रोसित हुदै फिर्ता गरिदिएको मो. नौसाद सिद्धिकिले बताउनुभयो ।

वितरण गरिएको चामलको भात खाएपछि स्थानीयहरु विरामी पर्न थालेपछि गुणस्तरहिनताको रहस्य बहिर आएको थियो । एकपछि अर्को गर्दै सबैको कानमा पुगेको र कोही प्लास्टिकको चामल भएको त कोही खान अयोग्य चामल भन्दै फिर्ताको निष्कर्षमा पुगेको स्थानीय लुकमान अंसारीले जानकारी दिनुभयो । केही स्थानीयले रहात वापत दिएको चामल वडा कार्यालयमै आएर फिार्त गरेको अर्का स्थानीय कालीका मरिकले जानकारी गराउनुभयो ।

स्थानीय तहको जस्तो जिम्मेबार निकाय नै जनता माथि गम्भिर खेलावड गरेको स्थानीयहरुको आरोप रहेको छ । भुटाहाका मतिम सिद्धिकि, रसिना खातुन सहितका हरिनगर २ का सयौंले राहतको चामल फिर्ता दिएको मो. नौसाद रसिदले बताउनुभयो ।

राहतको चामल खादाँ पेटमा समस्या भएको र पखाला लागेको आरोप लगाउदै स्थानीयले भोकै बस्ने तर राहतको चामल नखाने भन्दै फिर्ता गरेर विरोध गरेको हो ।

भुटाहाको मुस्लिम, राम र मरिक बस्तिका स्थानीयले वडा कार्यालय र गाउँपालिकाको राहत खरिद र गुणस्तरको छानविन गर्न माग गरेका छन् । पालिकाका अध्यक्ष गफार अंसारीले गुनासो आएको स्विकार गर्दै त्यस विषयमा छानविन हुने बताउनुभयो ।