प्रदेश मन्त्री कुसियैतद्वारा राहत हस्तान्तरण
१७ बैशाख २०७७, बुधबार ११:२२
इनरुवा । उद्योग, पर्यटन , वन तथा वातावरण मन्त्री जगदीश प्रसाद कुसियैतले कोशी गाउँपालिका र इनरुवा नगरपालिकामा राहत वितरण गर्नुभएको छ ।
कोरोना भाईरस नियन्त्रण तथा रोकथामका लागि गरिएको लकडाउनले प्रभावित विपन्न परिवारलाई राहत स्वरूप चामल हस्तान्तरण गर्नुभएको हो । बुधबार इनरुवा नगरपालिका ३ , कोशी गाउँपालिकाको ८ वटै वडा सहितलाई १५ सय केजि चामल हस्तान्तरण गर्नुभयो ।
पहिलो चरणको राहतमा कोशी गाउँपालिका ५ का ७६५ घर परिवारलाई वितरण गराएको थियो । भने बाकी रहेको १०० घरमुलिलाई १५ किलो दरले राहत हस्तान्तरण गरेको उहाँका स्वाकिय सचीव केशव मैनालीले जानकारी दिनुभएको छ ।
राहत हस्तान्तरण कार्यक्रममा मन्त्री कुसियैतले सुनसरी क्षेत्र नम्बर ४ का भोक्रहा नरसिंह गाउँपालिका, बराहक्षेत्र नगरपालिका, कोशी गाउँपलिकाको आठ वटै वडामा राहत प्याकेजमा १५ सय केजी चामल वडाहरुमा हस्तान्तरण गरेको हो । सरकारद्वारा गरेको लक डाउन र सामाजिक दुरि कायम गरि राहत हस्तान्तरण गरेको हो ।
राहत हस्तान्तरण कार्यक्रममा कोशी गाउँपालिका १ का वडा अध्यक्ष राजकुमार साह, २ का अध्यक्ष हिरालाल यादव र ५ नम्बर वडा अध्यक्ष साह जमाल सहतिले बाढी पीडितको रेड जोन क्षेत्रको रूपमा रहेको हुनाले यहाँ दलित , आदिबासी र बेरोजगारीको चपेटामा परेको कारण सबैलाई राहत दिनुपर्ने माग गर्नुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया