धरान उपमहानगरपालिकाले लकडाउनलाई कडा
१६ बैशाख २०७७, मंगलवार ११:२६
इनरुवा । कोभिड–१९ कोरोना भाइरसको संक्रमण बढेसँगै धरान उपमहानगरपालिकाले लकडाउनलाई कडा पारेको छ ।
पछिल्लो समय कोरोना संक्रमणको हटस्पटको रुपमा एक नं. प्रदेश भएपछि धरान उपमहानगरपालिकाले लकडाउन कार्यान्वयनलाई थप कडाइ गरेको हो । तरकारी बोकेर मंगलबार विहानको राती धरान प्रवेश गरेका ५ वटा गाडीलाई धरान उपमहानगरपालिकाले नियन्त्रणमा लिएको छ ।
धरान उपमहानगरपालिकाको टोलीले राती २ बजेसम्म तिनकुने नाकामा बसेर उक्त तरकारीका गाडीहरु नियन्त्रणमा लिएको हो । तरकारी लिएर आएका व्यापारीले कहाँबाट ल्याएको भन्ने कुराको प्रमाण दिन नसकेको, बिल बिनाका तरकारी ल्याएको र धरान स्थित कृषि बजारसँग समन्वय नगरी तरकारी ल्याएकोले नियन्त्रणमा लिनु परेको धरानका नगर प्रहरी इन्चार्ज विष्णु कोइरालाले जानकारी दिनुभयो ।
बिल बिना तथा कृषी बजारको समन्वय विना तरकारी बोकेका गाडीहरु धरान आउँदा गाडी कहाँबाट आएको हो भन्ने यकिन नहुने भएकोले कोरोना संक्रमणको जोखिम हुने धरान उपमहानगरापालिकाकी उपमेयर मञ्जु भण्डारीले बताउनुभयो

फेसबुकबाट तपाईको प्रतिक्रिया