राहतको चामल खादाँ पेटमा समस्या, पखाला लागेको आरोप लगाउदै चामल वडालाई फिर्ता
१६ बैशाख २०७७, मंगलवार ११:०७
इनरुवा । स्थानीय सरकारले वितरण गरेको राहतको चामल खादाँ पेटमा दुख्ने समस्या देखिएको र पखाला समेत लागेको आरोप लगाउदै सुनसरीको हरिनगर गाउँपालिका २ भुटाहाका स्थानीयले चामल वडालाई फिर्ता गरिदिएको छ ।
मंगलबार सुनसरीको सीमावर्ती हरिनगर गाउँपालिका २ नम्बर वडाले वितरण गरेको राहत सामग्री गुस्तरहिन भएको भन्दै फिर्ता गरेको स्थानीयहरुले बताएका छन ।
हरिनगर गाउँपालिका वडा नं.१ र २ ले वितरण गरको राहत चामल गुनस्तरहिन भएको कारणले पेटमा समस्या भएको र पखला समेत लगोकाले दुई सय बढीले राहतको चामल फिर्ता गरिदिएको स्थानीय विरेन्द्र गुप्ताले जानकारी दिनुभयो ।
एक त चामल मात्रै वितरण गरेको र त्यसमा पनि गुणस्तरहिन दिएपछि अस्थानीयहरु आक्रोसित हुदै फिर्ता गरिदिएको मो. नौसाद सिद्धिकिले बताउनुभयो ।
वितरण गरिएको चामलको भात खाएपछि स्थानीयहरु विरामी पर्न थालेपछि गुणस्तरहिनताको रहस्य बहिर आएको थियो । एकपछि अर्को गर्दै सबैको कानमा पुगेको र कोही प्लास्टिकको चामल भएको त कोही खान अयोग्य चामल भन्दै फिर्ताको निष्कर्षमा पुगेको स्थानीय लुकमान अंसारीले जानकारी दिनुभयो । केही स्थानीयले रहात वापत दिएको चामल वडा कार्यालयमै आएर फिार्त गरेको अर्का स्थानीय कालीका मरिकले जानकारी गराउनुभयो ।
स्थानीय तहको जस्तो जिम्मेबार निकाय नै जनता माथि गम्भिर खेलावड गरेको स्थानीयहरुको आरोप रहेको छ । भुटाहाका मतिम सिद्धिकि, रसिना खातुन सहितका हरिनगर २ का सयौंले राहतको चामल फिर्ता दिएको मो. नौसाद रसिदले बताउनुभयो ।
राहतको चामल खादाँ पेटमा समस्या भएको र पखाला लागेको आरोप लगाउदै स्थानीयले भोकै बस्ने तर राहतको चामल नखाने भन्दै फिर्ता गरेर विरोध गरेको हो ।
भुटाहाको मुस्लिम, राम र मरिक बस्तिका स्थानीयले वडा कार्यालय र गाउँपालिकाको राहत खरिद र गुणस्तरको छानविन गर्न माग गरेका छन् । पालिकाका अध्यक्ष गफार अंसारीले गुनासो आएको स्विकार गर्दै त्यस विषयमा छानविन हुने बताउनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया