काठमाण्डौबाट तीन सय बढीको उद्धार गरि सुनसरी ल्याईयो
१३ बैशाख २०७७, शनिबार ११:०९
सुनसरी । सुनसरीको विभिन्न नगरपालिकाका स्थानीयहरु काठमाण्डौमा विभिन्न काम गर्दै बसेका र लकडाउनका कारणले अलपत्र तथा फसेकाले उद्धार गरि ल्याएको छ ।
एक महिनादेखी आउन नसकेकाहरुलाई सुनसरीको धरान उपमहानगरपालिका र बराहक्षेत्र नगरपालिकाले उद्धार गरि ल्याएको छ ।
काठमाण्डौबाट धरान उपमहानगरपालिकाले २०० जना र बराहक्षेत्रले ९६ जनालाई सुनसरी ल्याइएको छ ।
सुनसरी काठमाडौं सम्पर्क मंच र बराहक्षेत्र नगरपालिकाको समन्वयमा बराहक्षेत्रवासी ९६ जनालाई घर फिर्ता गरेको हो ।
लकडाउनको कारण काठमाडौंमा बस्दै आएकाहरुलाई सम्पर्क मंचले घर फर्काएको हो । काठमाडौं जिल्ला प्रशासन कार्यालयको अनुमतिमा तिन वटा गाडिमा बराहक्षेत्रसम्म ल्याइएको थियो ।
सम्पर्क मंचका सचिवालय सदस्य रमेश बिस्टका अनुसार चक्रघट्टीस्थित नगर अस्पतालमा ९६ जनाकै ज्वरो परीक्षण गरेर घरसम्म छोडिएको हो । काठमाण्डौ बाट आएका सबैलाई होम क्वारेन्टाइनमा बस्न भनिएको छ ।
एता लकडाउनका कारण काठमाडौँमा अडकिएका धरान
उपमहानगरपालिकाबासीलाई पनि उद्धार गरिएको छ । यहाँका करिब २ सय जना सनिबार धरान आईपुगेका छन् । धरान उपमहानगरपालिका धरान काठमाडौँ सम्पर्क मञ्चले संयुक्त रुपमा काठमाडौँमा रहेका धरानेहरुलाई उद्धार गरी धरान ल्याएको हो ।
धरान उपमहानगरपालिकामा बसेको सर्वदलीय बैठकले काठमाडौँबाट अव देखि नल्याउने भन्ने निर्णय गरेसँगै शुक्रबार हिँडेका धरानका करिब २ सय जना सनिबार धरान आई पुगेका छन् ।
धरानबाट ५ वटा बस र केही माईक्रोबसमा उनीहरूलाई धरानको प्रवेशद्वार तीनकुनेमा वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको चिकित्सकले यात्रुहरूको स्वास्थ्य परीक्षण (ट्रेसिङ) गरि होम क्वारेन्टाईनमा बस्न भनिएको छ ।
उद्धार समितिका संयोजक धरान १७ का वडाध्यक्ष मनोज भट्टराईले यात्रुहरूको लिष्टिङ गरिरहेको र के कति सङ्ख्यामा आए भन्ने बारेमा पूर्ण विवरण प्राप्त नभएको बताउनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया