३ माघ २०८०, बुधबार १३:१५ – Page 9 – Nagarikabhiyan : National News

काठमाडौंमा दुई युवाको शव फेला

काठमाडौं दुई छुट्टाछुट्टै स्थानमा दुई युवाको शव फेला परेको छ। काठमाडौं महानगरपालिका–१५ अन्नपूर्ण चोकस्थित नेपाल सौर्य उत्पादक संघ महाराजगंजको निर्माणाधीन भवनमा एक जना युवाको शव भेटिएको छ।

मृत भेटिएका व्यक्ति सोही भवनमा ज्यामी काम गर्ने धादिङ थाक्रे गाउँपालिका–१ घर भएका २८ वर्षीय सानुमान तामाङ रहेको पाइएको छ। उनी सुत्ने कोठामा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

यसैगरी काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–८ ओम चोक सैलुङगेश्वरी गेष्ट हाउस नजिक बागमती खोला किनारमा अर्का एक युवाको शव भेटिएको छ। नाम, थर, वतन नखुलेका अन्दाजी ३२ वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। दुवै घटनामा प्रहरीले अनुसन्धान अघि बढाएको छ।

काठमाडौंको ब्रह्मटोलमा आगलागी जलेर १ जनाको मृत्यु

काठमाडौंको ब्रह्मटोलस्थित एउटा घरमा आगलागी हुँदा जलेर १ जनाको मृत्यु भएको छ।

काठमाडौं महानगरपालिका(१२ ब्रम्हटोल बस्ने देव नारायण डंगोलको घरमा आगो लाग्दा उनका छोरा ४५ वर्षीय राजेन्द्रमान डंगोलको मृत्यु भएको हो।
बुधबार बिहान विद्युत सर्ट डंगोलको घरमा आगो लागेको थियो। घटनाका सन्दर्भमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

काठमाडौं महानगरद्वारा ६ महिनामा चार अर्ब ९० करोड राजस्व असुल

काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको अर्धवार्षिक ६ महिना अवधिमा चार अर्ब ९० करोड ५१ लाख ९० हजार राजस्व असुल गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा चार अर्ब ५६ करोड २९ लाख ५७ हजार राजस्व असुल गरेको थियो ।

अघिल्लो आव र चालु आवको सोही अवधिको तुलना गर्दा यसवर्ष ३५ करोडले बढी राजस्व असुल भएको कामपाको राजस्व विभागका प्रमुख धुव्र काफ्लेले जानकारी दिए । उनका अनुसार सबैभन्दा बढी बहाल करमा एक अर्ब ३५ करोड ६३ लाख ३० हजार राजस्व असुल भएको छ ।

त्यस्तै, सम्पत्ति करमा ६७ करोड १७ लाख २० हजार असुल गरेको हो । विभागका अनुसार पछिल्लो समय करदाताको संख्या बढेकाले गत वर्षको तुलनामा राजस्व बढेको हो । कामपाले चालु आवका लागि करिब १० अर्ब ४१ करोड ९५ लाख ४९ हजार राजस्व असुल गर्ने लक्ष्य लिएको छ । गत आवमा भने नौ अर्ब आठ करोड ७० लाख १३ हजारको लक्ष्य लिएको थियो ।

विगतका केही वर्ष कोरोना महामारीका कारण आशाअनुरुप कर असुल हुन नसकेपनि चालु आवमा लक्ष्यमा पुग्न समस्या नहुने कामपाको भनाइ छ । सम्पत्ति, घरबहाल, व्यवसाय, विज्ञापन, मनोरञ्जन, भूमि, मूल्य अभिवृद्धि र सवारीसाधन करसहित ३६ शीर्षकमा कामपाले राजस्व असुल गर्दै आएको प्रमुख काफ्लेले जानकारी दिए । चालु आवमा हालकै अवस्थामा राजस्व असुल भए लक्ष्यमा पुग्न कुनै समस्या नहुने उनको भनाइ थियो ।

यसवर्ष कामपाका लागि बाह्य अनुदान रकम कम भए पनि आन्तरिक राजस्व असुलमा खासै समस्या नभएको विभागले जनाएको छ । पछिल्लो समय कामपाले राजस्व संकलनका लागि थप कडाइ गरेसँगै लामो समयदेखि उठ्न नसकेको बक्यौता रकम असुल उपर गर्न सहज भएको काफ्लेले बताए ।

कामपाले गत फागुन ३ मा ‘घरबहाल व्यवस्था निर्देशिका–२०७९’ जारी गरेसँगै बहाल करबापतको रकम संकलन हुन थालेको जनाइएको छ । निर्देशिकाअनुसार कुनै पनि घरधनीले घरभाडामा लगाउँदा वा घरखाली गराउँदा दवैका बारे सूचना सात दिनभित्र वडा कार्यलयमा दिनुपर्ने छ ।

लिखित सम्झौताको एकप्रति सम्बन्धित वडा कार्यालय, एकप्रति घरधनी र एकप्रति भाडामा बस्नेले राख्नुपर्ने निर्देशिकामा उल्लेख गरिएको छ । सम्झौतामा बहाल रकम, तिर्नुपर्ने मिति, बहाल कायम रहने अवधि र अवधि थपबारेसमेत उल्लेख गरेको हुनुपर्ने छ ।

काभ्रेमा १९ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार चार आरोपी पक्राउ

काभ्रेको पाँचखाल नगरपालिका– ७ शिखरपुरस्थित जंगलमा १९ वर्षीया किशोरी सामूहिक बलात्कारमा परेकी छिन् । प्रहरीका अनुसार उनलाई स्थानीय चार मजदुरले २७ पुसको साँझ सामूहिक बलात्कार गरेका थिए ।

बलात्कारमा संलग्न भएको आरोपमा उदयपुरको ताप्ली गाउँपालिका ८ घर भइ हाल पाँचखाल नगरपालिका ७ मा डेरागरी बस्ने २८ वर्षीय धिरज हमाल, भोजपुरको षडानन्द गाउँपालिका ८ घर भइ पाँचखाल ७ बस्ने घनश्याम श्रेष्ठ, धनकुटाको महालक्ष्मी नगरपालिका ४ घर भई हाल पाँचखाल ७ बस्ने १९ वर्षीय अमर बिक र १७ वर्षीय एक किशोर छन् ।

उनीहरुलाई जिल्ला अदालत काभ्रेबाट मंगलबार पाँच दिनको म्याद थप गरेर अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी निरीक्षक धमेन्द्र अकौलियाले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार किशोरी २७ पुसको साँझ साथीसँगै इभिनिङ वाकमा घरबाहिर निस्केकी थिइन् । साथी घर फर्किइन्, तर किशोरी बेलुकासम्म पनि नफर्केपछि परिवारका सदस्य खोज्न निस्केका थिए । यही क्रममा सामूहिक बलात्कारबाट बिछिप्त बनेकी ती युवतीले आत्महत्या गर्ने तयारी गरिरहेको अवस्थामा फेला पारिएको आफन्तले प्रहरीलाई बताएका छन् ।

प्रहरी घटनास्थल पुग्यो । घटनामा संलग्न हुनेहरू पहिचान भएकोरनभएकोबारे प्रहरीले किशोरीलाई सोध्यो । तर, किशोरीले कसैलाई नचिनेको बताएपछि प्रहरी शंकास्पद व्यक्तिको खोजी जुट्यो । यही क्रममा चारजना पक्राउ परेको प्रहरी निरीक्षक अकौलियाले बताए ।

रुखबाट खसेर कैलालीमा १९ वर्षीया राधा थापाको मृत्यु

कैलालीमा रुखबाट खसेर एक किशोरीको मृत्यु भएको छ।

घोडाघोडी नगरपालिका–८ सुखडकी १९ वर्षीया राधा थापाको रुखबाट खसेर मृत्यु भएको हो। घोडाघोडी नगरपालिका–८ मा मंगलबार दिउँसो ३ बजेतिर घाँस काट्न जाँदा उनको रुखबाट खसेर मृत्यु भएको प्रहरीले जनाएको छ।

रुखबाट खसेर अचेत भएकी राधाको उपचारका लागि भेरि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो।

एमालेले नयाँ विषय सदनमा प्रवेश गर्‍यो भने प्रमुख प्रतिपक्षी दलले सदन चल्न नदिने विधेयक ओझेलमा परे सांसद राई

मुलतः हामीकहाँ संसदीय अभ्यासको संस्थागत विकास भइसकेको छैन । नयाँ विषय सदनमा प्रवेश गर्‍यो भने प्रमुख प्रतिपक्षी दलले सदन चल्न नदिने परिपाटी पछिल्लो समय विकसित हुन थालेको छ । यसले गर्दा सदनमा आएका जनसरोकारका विषयलाई चाँडो सम्बोधन गर्न कठिन भइरहेको छ । एक वर्षका अभ्यासमा यो धेरै चल्यो सोही कारण विधेयक निर्माण ओझेलमा पर्‍यो ।

राष्ट्रियसभाको मुख्य दायित्व विधेयक बनाउने र पारित गर्ने नै हो । जनजीविका र राष्ट्रिय सवाललाई पनि उठाउनुपर्ने बाध्यता छ । समग्ररूपमा सोचेअनुरुप गर्न नसकिए पनि केही न केही काम त भएकै छ । तर सदन सञ्चालन प्रक्रिया ठीक ढङ्गले भइरहेको छैन । गर्नसक्ने कुरा धेरै गरिएको छैन तर, पनि काम हुँदै नभएको भने होइन । प्रतिनिधिसभाले भन्दा राष्ट्रियसभाले धेरै कानुन उत्पत्ति भएर पारित गरेको उदाहरण पनि छ । बन्न नसकेका विभिन्न कानुनको अध्ययन र समीक्षा गर्यौँ । सङ्घीयतालाई कसरी बलियो बनाउने भनेरै काम नभएका होइनन् तर त्यतिमै सन्तुष्ट हुने अवस्था छैन ।

सदन निरन्तर सञ्चालन नभएका कारण कानुन निर्माण र जनताका सवाललाई प्रभावकारीरूपमा उठाउन सकिएको छैन । राजनीतिक दाउपेचका कारण कानुन निर्माणको पाटो ओझेलमा परेको छ । राजनीतिक दलहरूबीच एकले अर्काको खुट्टा तान्ने प्रवृत्ति मौलायो । यसले गर्दा कानुन बनाउने कार्यले गति लिन सकेन । सांसद बढी विकासका काममा खटिनुपर्ने बाध्यता पनि छ ।

सङ्घीय संसद्को मुख्य काम कानुन बनाउने हो । तर त्यो प्रभावकारी हुन सकिरहेको छैन । सङ्घीय सरकारले कानुन बनाएर स्थानीय सरकारलाई विकास निर्माणको जिम्मा दिनुपर्ने हो । अब यो कहाँ–कहाँ मिलिरहेको छैन । एउटा सांसदले पूरै फाइल बोकेर हिँडिरहनुपर्ने अहिलेको अवस्था छ ।
तथापि राष्ट्रियसभामा आएका कतिपय विधेयक अड्काएर राखेका छैनौँ । हामीले आएका विधेयकलाई कानुनी रूप दिन विलम्ब गरेनौँ । राष्ट्रियसभामा आएका विधेयकलाई हामीले थन्क्याएर राख्दैनौँ । हामी आफैँले पनि विधेयक बनाएका छौँ, आएका विधेयकलाई चाँडो पारित गर्ने गरेका छौँ । राष्ट्रियसभाको गतिविधि नराम्रो छैन । त्यहाँ हरेक कुरा सहमतिकै आधारमा अघि बढ्ने भएकाले तल्लो सदनमा जस्तो राजनीतिक दाउपेच बढी हुँदैन ।

सदनमा प्रतिपक्षीको प्रभावकारी भूमिका हुनुपर्छ । जति प्रतिपक्षीको प्रभावकारी भूमिका भयो त्यति नै संसद् र सरकारको भूमिका प्रभावकारी हुन्छ । त्यस्तो भएन, प्रतिपक्षले पनि राम्रोलाई राम्रो र गलतलाई गलत भन्न सक्नुपर्छ । अथवा यहाँ यो विषय गलत भएको छ सच्याउ है भन्नुपर्छ ।
समग्र जनताको हितमा छ भने त्यो खालको परिपाटी बसाल्नुपर्ने हो । तर परम्परागत ढङ्गले चलिरहेको छ । सदन अवरुद्ध गराएर उठान गर्न नदिने अभ्यास छ । प्रतिपक्षको भूमिका पनि राम्रो देखिएन । यसलाई सच्याएर जानुपर्ने टड्कारो आवश्यकता छ । जस्तो राष्ट्रिय सरोकार र जनसरोकारका विषयमा यो भएको छैन यस्ता कुरालाई समेट है भनेर खबरदारी गर्नुपर्नेमा सदन अवरुद्ध गरेर जनताको विषय प्रवेश गर्न नदिने परिपाटीले गलत अभ्यास भइरहेको छ ।

राम्रै काम गर्यो भने पनि यो सत्ताले गरेको भनेर विरोध गर्नुपर्ने । पटक–पटकको सदन अवरुद्धजस्ता गतिविधिले गर्दा सांसदको भूमिका प्रभावकारी बन्न सकेको छैन । राष्ट्रियसभाले विभिन्न विधेयक पारित गरेको छ । थाँती रहेका विधेयक चाँडो टुङ्गो लगाउन पहलकदमी गरेका छौँ । सभामा आएका विधेयकलाई चाँडो पारित गर्न हामीले समय–समयमा सरकारलाई बोलाएर छलफल गरेका छौँ ।

संसद्को बाँकी अवधिमा बनाउनुपर्ने कानुन कति हो रु प्रदेश सरकारले कति कानुन बनायो रु तत्काल बनाउनुपर्ने कानुन कुन–कुन हुन् । बनेका कानुन कति प्रभावकारी रहे र बनाउनुपर्ने कानुन कुन र कति छन् वर्गीकरण गरेर पनि अध्ययन गर्यो, त्यसले देशभर सकारात्मक सन्देश दिएको छ । सरकारले कानुन निर्माणलाई प्राथमिकता दिएर जनताका आवश्यकतालाई ध्यान दिनुपर्ने खाँचो छ ।

सङ्घीयताको पूर्ण कार्यान्वयनका लागि कानुन जरुरी

सङ्घीयताको प्रभावकारी कार्यान्वयनका लागि चाँडो कानुन बनाउनुपर्नेछ । तीन तहका सरकारबीच प्रभावकारी समन्वय जरुरी छ । सङ्घीयतालाई बलियो बनाउन तीव्रगतिमा काम गर्नुपर्नेछ । कर्मचारी समायोजनदेखि अधिकार प्रत्यायोजनलगायत थुप्रै काम गर्न बाँकी छ । तीन तहकै सरकारमा अनेक किसिमका समस्या आइरहेको छ । स्थानीय तहले काम गर्न चासो देखाए तर वनसम्बन्धी ऐन बाँझिएको, स्रोत साधनको अधिकार र जिम्मेवारीको स्पष्टता नहुनु तथा कतिपय राष्ट्रिय गौरवका आयोजनाले पनि गति लिनसकेका छैनन् ।

कर्मचारी समायोजनदेखि स्थानीय तहलाई सक्रिय बनाउनुजस्ता मुख्य चुनौतीलाई ध्यान दिएर सरकारले सहजीकरण र व्यवस्थापनको कामलाई प्राथमिकता दिनुपर्छ । तत्काल कानुन बनाएर कर्मचारी समायोजन गर्ने । सेना र प्रहरीलाई कति अधिकार दिनेजस्ता विषयमा बढी केन्द्रित हुनुपर्नेछ । राष्ट्रियसभाले तुलनात्मकरूपमा गर्नुपर्ने काम गरेको छ । विभिन्न कठिनाइका बाबजुद पनि ७० प्रतिशत काम भएको छ ।

राष्ट्रियसभामा हामीले राम्रो अभ्यास गर्न पाएका छौँ । विषयवस्तु स्पष्ट राखेका छौँ । त्यसैले सभामा मेरो व्यक्तिगतरूपमा असाध्यै राम्रो रहेको छ । सभामा बोल्ने र जनताका कुरा उठाउने र सरकारलाई सुझाव दिने कुरामा कुनै कन्जुस्याइँ गरिएको छैन । भूकम्पबाट प्रभावितको राहत र पुनःस्थापनाको कामलाई प्रभावकारी बनाउन जरुरी छ । नेपालप्रति अन्तर्राष्ट्रिय चासो बढिरहेको छ । सन्तुलित र संयमित ढङ्गले कूटनीतिक भूमिका निर्वाह गर्न जरुरी छ ।

सदन चाँडो सञ्चालन गरेर जनताको कुरा जनप्रतिनिधिले सदनमा उठाउने वातावरण बनाइनुपर्छ । समय सान्दर्भिक विषयमा सहमति जुटाएर अघि बढ्नुपर्छ । भ्रष्टाचार नियन्त्रण गर्नेजस्ता विषयमा राष्ट्रिय सहमतिका साथ अघि बढ्नुपर्छ । भूकम्प प्रभावित जनताको अस्थायी आवासको काम सुस्तगतिमा भइरहेको छ । चिसोबाट जनतालाई जोगाउन पूर्वतयारीका कामलाई ध्यान दिनुपर्ने आवश्यकता छ ।

सरकारले सदनलाई ‘बिजनेस’ दिनुपर्यो । सांसदले कानुनसहित जनताका तात्कालिक आवश्यकतालाई सरकारसँग पुलका रूपमा भूमिका खेल्नुपर्ने अपरिहार्यता र जिम्मेवारी पनि हो । सदन चलेर जनताका कुरा राख्ने र उनीहरूको आवश्यकता पूरा गर्नेतर्फ हामीहरू सक्रिय हुनैपर्छ । जनताको कुरा उजागर गर्ने सदन नै हो । सदन लामो समयसम्म बन्द हुँदा बाहिर नराम्रो सन्देश गइरहेको छ ।

जनताको समस्याप्रति सचेत छौँ

आगामी दिनमा सदनको भूमिकालाई प्रभावकारी बनाउन सत्तापक्ष र प्रतिपक्षभन्दा पनि कस्ता विषय र सवाल आएका छन् तिनको सान्दर्भिकतालाई हेरेर सहमतिका आधारमै समाधान गरिनुपर्छ । जनताको तत्कालै गर्नुपर्ने काम समयमा गर्न सदन लामो समय रोकिनु हुँदैन । जनताको कुरा गर्ने मुख्य थलो संसद् भएकाले यसलाई नियमित स्वच्छ र स्वस्थ ढङ्गले सञ्चालनको सुनिश्चितता हुन जरुरी छ ।

जनताको समस्याप्रति हामी अत्यन्तै सकारात्मक छौँ । जनताले पनि कुनै लहड र भावनामा नबगी नकारात्मकभन्दा पनि यथार्थमा संयमित भएर आफ्ना विषयलाई व्यवस्थित ढङ्गले उठाउने र सम्बन्धित निकायमा लैजाने गर्नुपर्छ । अहिले सामाजिक सञ्जालमा नकारात्मक धारणा बनाउन उद्यत गराउने, नागरिक समाजलगायत समुदायले पनि नकारात्मक टिप्पणी गर्ने प्रचलन बढेको छ । जनता अहिले सकारात्मकभन्दा पनि नकारात्मक बहकाउमा लाग्ने अवस्था आउनुमा राजनीतिक दलको पनि दोष छ । तर सधैँ नकारात्मक होइन रचनात्मक ढङ्गले विषय सदन र सरकारसमक्ष पुर्याउने वातावरण बनाउन जनता र जनप्रतिनिधि अनि सरकारको उत्तिकै भूमिका अपरिहार्य छ ।

वि।सं २०३६ देखि विद्यार्थी राजनीतिमा लागेकी सांसद राई वि।सं २०७८ देखि एकीकृत समाजवादीमा आबद्ध भइन् । उनी अहिले एकीकृत समाजवादको कोशी प्रदेशबाट सङ्घीय संसद्को राष्ट्रियसभा सदस्यका रूपमा प्रतिनिधित्व गर्छिन् । नेतृ राई हाल राष्ट्रियसभाअन्तर्गतको विधान व्यवस्थापन समितिको सभापतिसमेत छिन् ।

वि।सं २०४७ मा नेकपा ९एमाले०मा आबद्ध भएकी उनी वि।सं २०६३ को अन्तरिम व्यवस्थापिका संसद् सदस्य, वि।सं २०७० को संविधानसभा सदस्य भइन् । एमालेमा दुई कार्यकाल केन्द्रीय सदस्य, अखिल नेपाल महिला सङ्घको उपाध्यक्ष, अखिल नेपाल महिला सङ्घ समाजवादीको केन्द्रीय अध्यक्ष भइन् ।०

सन १९४२ मा आजकै दिन बक्सर मुहम्मद अलीको जन्म

सन् १९४२ मा आजकै दिन जनवरी १७ मा अमेरिकी बक्सर मुहम्मद अलीको जन्म भएको थियो । अमेरिकाको केन्टकी राज्यमा जन्मिएका अलीको खास नाम क्यासियस मार्सेलस क्ले थियो ।

अली पहिलोपटक १९५४ मा बक्सिङ प्रतियोगितामा सहभागी भएका थिए । त्यसको ६ वर्षपछि पोल्यान्डका प्रतिद्वन्द्वीलाई हराएर उनी पहिलोपटक ओलम्पिक च्याम्पियन बनेका थिए । अमेरिका फर्केपछि उनको भव्य स्वागत गरिएको भए पनि एक रेस्टुरेन्टमा बस्नका लागि टेबल नदिइएपछि उनी जातीय भेदभावविरुद्ध लागेका थिए ।

जातीय भेदभावको समयमा पृथकतावादी समूहमा आबद्ध भएपछि उनलाई विभाजनकारीको आरोप लागेको थियो । उनी मुसलमानका लागि छुट्टै राष्ट्र नेसन अफ इस्लाम को माग गर्ने समूहसँग आबद्ध भएका थिए । तर नागरिक हकको खुलेर समर्थन गरेपछि भने उनी विश्वभर लाखौं मानिसका प्रिय बनेका थिए ।

१९६४ मा विश्व हेभिवेट च्याम्पियन बनेका उनले त्यसअघि नै मोहम्मद अली नाम राखेका थिए । क्यासियस क्ले’ दासको नाम भएको भन्दै उक्त नाम प्रयोग गर्ने मानिसप्रति उनले आक्रोश व्यक्त गर्थे । बक्सिङ रिङमा रहँदा उनी प्रतिद्वन्द्वीलाई जिस्क्याउने तथा उनीहरूको वरिपरि नाच्ने गर्थे । त्यसका साथै खेलका दर्शकलाई कविता सुनाएर मनोरञ्जन गराउँने उनको बानी थियो ।

 

तेह्रथुमको पर्यटकीय क्षेत्र तीनजुरे हिउँले सेताम्ये

लामो समयपछि हल्का वर्षा भएसँगै तेह्रथुम संखुवासभा ताप्लेजुङको संगमस्थल तीनजुरे मिल्के जलजले टिएमजे क्षेत्रमा हिउँ परेको छ । गुराँसको राजधानी भनेर परिचित सो पर्यटकीय क्षेत्रमा गत भदौदेखि वर्षा नभएको बताइएको छ । सो क्षेत्रमा मंगलबार साँझ वर्षा भएसँगै हिउँ परेको हो ।

तीनजुरेडाँडा, फेदी पाथीभरा मन्दिर परिसर मंगलबारे र गुफा पोखरी हिउँले सेताम्ये भएका छन् । गुराँसका जंगल र नागीहरू हिउँले ढाकिँदा देखिने मनमोहक दृश्य हेर्न बर्सेनि यस क्षेत्रमा आन्तरिक र बाह्य पर्यटक आउने गर्छन् । यस क्षेत्रबाट मौसम खुलेको समयमा कञ्चनजंगा, मकालु र कुम्भकर्ण हिमाल देख्न सकिन्छ भने यी क्षेत्रका पाँचपाखरी, खोपिङ पोखरी, गुफापोखरीमा ती हिमालका प्रतिविम्ब देखिन्छन् ।

हिउँ परेसँगै हेर्न आउने पर्यटकले फोनमार्फत होटल बुकिङ गरिरहेको तेह्रथुम लालीगुराँस नगरपालिका–१ टुटे देउरालीका होटल व्यवसायी श्री कार्कीले बताए । उनले अहिले होटल व्यवस्थापनमा भ्याइनभ्याइ भएको जानकारी दिए । उनका अनुसार हिउँ पर्ने याममा झापा, मोरङ सुनसरी र भारतका बिहार सिक्किम पश्चिम बंगाल र दिल्लीबाट पर्यटक आउने गर्छन् । गतवर्ष हिउँ नपर्दा यो क्षेत्रमा कम गुराँस फुलेको बताइएको छ ।

तेह्रथुमको लालीगुराँस नगरपालिका वसन्तपुरमा बनेको चोत्लुङ उद्यान आरआर गार्डेन पाथिभरा मन्दिर मङ्गलबारेबाट माथि पाथिभरा मन्दिरसम्मको फुट ट्रयाक अवलोकन गर्न र हेर्न बर्सेनि हजारौँ पर्यटक आउने गर्छन् । विशेषगरी हिउँ पर्ने र गुराँस फुल्ने याममा धेरै पर्यटक आउने गरेको वसन्तपुरका होटल व्यवसायी प्रकाश श्रेष्ठले बताए ।

 

प्रहरी समायोजनको प्रक्रिया छिटो टुंग्याउन प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहालले प्रहरी समायोजनको प्रक्रिया छिटोभन्दा छिटो टुंगाउन निर्देशन दिएका छन् । बुधबार बिहान बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्रीले उक्त निर्देशन दिएका हुन् ।
प्रधानमन्त्रीले प्रहरी समायोजनको प्रक्रिया टुंग्याउन बोलाएको बैठकमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ संघीय मन्त्रीहरू नेपाल सरकारका मुख्यसचिव डा। बैकुण्ठ अर्याल गृहसचिव दिनेश भट्टराई, नेपाल प्रहरीका महानिरीक्षक वसन्त कुँवर, गृह मन्त्रालयका अधिकारीहरू उपस्थित थिए ।

प्रधानमन्त्री दाहालले नेपाल प्रहरी प्रदेश प्रहरी कार्यसञ्चालन र समन्वय ऐन २०७६ जारी भएको लामो समय बित्दासमेत समायोजन अघि नबढेको भन्दै १५ दिनभित्र समायोजनको प्रक्रिया टुंग्याउन निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकमा प्रधानमन्त्रीले संघीय कानुन नबन्दा र प्रहरी समायोजनको प्रक्रिया नटुंगिँदा प्रदेशहरूलाई काम गर्न अप्ठ्यारो परेको भन्दै यसमा गम्भीर हुन निर्देशन दिएका हुन् ।
बैठकमा प्रधानमन्त्रीले भने संघीयता कार्यान्वयन जुन रफ्तारका साथ हुनुपर्ने हो त्यसो हुन सकेको छैन। त्यसको प्रत्यक्ष प्रभाव प्रदेशहरूलाई परिरहेको छ। यसले एकातर्फ प्रदेशका मुख्यमन्त्री र प्रदेश सरकारका काम प्रभावित भएका छन् अर्कोतर्फ यसैलाई बहाना बनाएर संघीयता विरोधीहरूले संघीयता र प्रदेश सरकारमाथि हमला गरिरहेका छन्। त्यसैले ऐनअनुसार समायोजनको काम १५ दिनभित्र टुंग्याउनुस्।

प्रधानमन्त्रीले प्रहरी नेपाल प्रदेश प्रहरी कार्यसञ्चालन र समन्वय ऐन २०७६ जारी भएको लामो समय बित्दासमेत समायोजन अघि नबढेको भन्दै १५ दिनभित्र समायोजनको प्रक्रिया टुंगाउन निर्देशन दिएका हुन् ।

न सिंहदरबारबाट ग्यास सिलिण्डर विस्थापित भयो न देशव्यापी बन्यो विद्युतीय चुल्हो

सिंहदरबार परिसरबाट आगामी साउनभित्र ग्यास सिलिण्डर विस्थापित गरी विद्युतीय चुल्हो उपयोग गर्नुपर्ने व्यवस्था मिलाएको छु,’ आर्थिक वर्ष २०७९र८० को बजेट वक्तव्य प्रस्तुत गर्दै तत्कालीन अर्थमन्त्री जनार्थन शर्माले सुनाएका थिए।

यदि शर्माको घोषणा पूरा हुन्थ्यो भने सोही वर्षको साउनभित्र सिंहदरबार परिसरमा ग्यास सिलिण्डर विस्थापित हुने थियो, र विद्युतीय चुल्हो उपयोगमा आइसक्ने थियो। त्यतिमात्र हैन, बजेट भाषणमा त ३ महिनाभित्र महानगर र उपमहानगरपालिका भित्रका सबै सार्वजनिक कार्यालय र निवासलाई पनि ग्यास सिलिण्डर मुक्त गराइ क्रमशः विद्युतीय चुल्हो प्रयोग देशव्यापी बनाउने प्रतिबद्धता थियो।

तर, डेढ वर्ष बित्यो न त सिंहदरबारबाट ग्यास सिलिण्डर विस्थापित भयो, न देशव्यापी रुपमा विद्युतीय चुल्हो उपयोग नै भयो। अर्थमन्त्री फेरिए, सरकारको नेतृत्व फेरियो। तर ग्यासको ठाउँमा विद्युतीय चुल्हो फेरिएन। यो घोषण केवल बजेट भाषणमा सीमित भयो।

अहिलेसम्म पनि सिंहदरबारमा रहेका हरेक क्यान्टिनमा ग्यास चुल्होको प्रयोग गरी खाना तथा खाजा पकाइरहेको पाइएको छ।

सिंहदरबारभित्रै ग्यास चुल्होको उपयोग हटेको छैन। गाउँपालिका, नगरपालिका लगायतका कार्यालयमा हट्ने सम्भावना न्यून नै रहन्छ। सिंहदरबारभित्र ग्यास चुल्हो नहट्नु तथा विद्युतीय चुल्हो प्रयोगमा नआउनुको कारणबारे आफू जानकार नरहेको अर्थ मन्त्रालयका प्रवक्ता धनीराम शर्मा बताउँछन्।

अघिल्लो वर्षको बजेटको कुरा हो। यसबारे त मलाई कुनै जानकारी छैन। कसले विद्युतीय चुल्हो प्रयोग गरिरहेको छ, कसले गरेको छैन। यसबारे त आफैं क्यान्टिनहरुतिर बुझ्नुस् न बजेटको व्यवस्था कार्यान्वयन भएरनभएको विषयमा समीक्षा गर्नुपर्ने मन्त्रालयका प्रवक्ता शर्माले गैरजिम्मेवार हुँदै भने।

अर्थ मन्त्रालयको क्यान्टिनमासमेत ग्यास चुल्होको प्रयोग गरिरहेको पाइएको छ। अर्थ मन्त्रालयको क्यान्टिनका सञ्चालक मानप्रसाद भट्टले सरकारले ग्यास चुल्हो विस्थापित गर्ने घोषणा गरेको केही समयपछि विद्युतीय चुल्हो उपयोग गरेको, तर आफूहरुले प्रयोगमा ल्याएपछि विविध समस्याका कारण इन्डक्सन विद्युतीय चुल्हो उपयोग गर्न नसकेको बताउँछन्।

ग्यास चुल्हो विस्थापित गर्ने सरकारको निर्देशनअनुसार हामीले इन्डक्सन चुल्हो लगायत भान्सामा आवश्यक पर्ने अन्य विद्युतीय उपकरणहरु किन्यौं। घोषणा भएको वर्षको साउनदेखि गत असोजसम्म प्रयोग गरेका थियौं। तर यहाँको विद्युतीय जडान पुरानो सिस्टममा आधारित भएका कारण आगजनी हुनसक्ने समस्या नै देखिन थाल्यो त्यसपछि विद्युतीय चुल्हो छोडेको हो भट्टले भने।

विद्युतीय चुल्हो प्रयोग गरी खाना तथा खाजा पकाउँदा ग्यासको तुलनामा खर्च कम लाग्ने भनिए पनि पटक–पटक विद्युतीय चुल्हो बिग्रिने र अर्को किन्नुपर्दा थप खर्च बढेको उनको भनाइ छ।

विद्यतीय चुल्हो छाडेर ग्यास चुल्लो प्रयोग गर्न कसैले निर्देश नगरेको र आफूहरुले ग्यास प्रयोग गरेकोबारे सम्बन्धित निकायलाई जानकारी नगराएको उनी बताउँछन्। यस्तै ग्यास चुल्हो प्रयोग गर्दा कुनै निकाय अनुगमन गर्नसमेत नआएको उनको भनाइ छ।

हामीलाई कसैले ग्यास चुल्हो प्रयोग गर्नु भनेको होइन। विद्युतीय चुल्हो प्रयोग गर्दा तार जलेर आगलागी हुने बारम्बार चुल्हो बिग्रिरहने साथै ग्राहकको समयअनुसार खाना तथा खाजा दिननसक्ने जस्ता विभिन्न समस्या आएका कारण आफैं प्रयोग गरेका हौं उनले भने।

ग्यासबाट छोटो समयमा खानेकुरा पाक्ने, तर विद्युतीय चुल्होको प्रयोग गर्दा घन्टौंसम्म ग्राहकले कुर्नुपर्ने हुँदा व्यापारमा समेत समस्या आएको उनले सुनाए।

राष्ट्रपति रनिङ शिल्डस ग्रामीण क्षेत्रमा बढायो खेलकुद क्रेज

जिल्ला सदरमुकाममा हुँदै आएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगित ग्रामीण क्षेत्रमा आयोजना गर्न थालिएपछि गाउँ–गाउँमा खेलकुदको ‘क्रेज’ बढेको छ। सदरमुकाम केन्द्रित हुँदै आएको रनिङ शिल्ड जिल्ला खेलकुद विकास समितिको पहलमा गत वर्षदेखि ग्रामीण क्षेत्रमा आयोजना गर्न थालिएको हो।

यतिबेला पालिकाको विद्यालयस्तरीय राष्ट्रपति रनिङ शिल्डको छनोट चरणका प्रतिस्पर्धा केही पालिकामा सम्पन्न भएको छ भने केहीमा हुने तयारी छ। यहाँको १० पालिकामध्ये माई र देउमाई नगरपालिका सहित रोङ र माईजोगमाई गाउँपालिकामा विद्यालयस्तरीय प्रतियोगिता सम्पन्न भइसकेको छ। माङसेबुङ गाउँपालिकामा प्रतियोगिता भइरहेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष खगेन्द्र बाँस्तोलाले जानकारी दिए।

सबै पालिकाले खेलकुदमा बजेटको व्यवस्था गरी पालिकास्तरीय प्रतियोगिता आयोजनासँगै विद्यालयस्तरीय राष्ट्रपति रनिङ शिल्डको तयारी थालेका छन्। रनिङ शिल्ड उपाधि चुम्नका लागि वर्षैभरि खेलकुदका विभिन्न प्रतियोगिता पालिकास्तरमा गर्न थालिएको उनले बताए। उनले १४औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता माङसेबुङमा आगामी फागुनको पहिलो साता आयोजना हुने जानकारी दिए।

ग्रामीण खेलकुदको विकास गर्ने उद्देश्यले गत वर्ष १३औँ राष्ट्रपति रनिङ शिल्ड फाकफोकथुम गाउँपालिकामा आयोजना गरिएको थियो। उक्त प्रतियोगिताको समापनको अवसरमा यस वर्षको रनिङ शिल्ड आयोजना गर्न अग्रसर माङसेबुङलाई झण्डा हस्तान्तरण गरिएको थियो। यसपटक पनि आगाामी वर्षको रनिङ शिल्ड आफ्नो पालिकामा गराउन माई नगरपालिका, रोङ र चुलाचुली गाउँपालिकाबीच प्रतिष्पर्धा चलिरहेको अध्यक्ष बाँस्तोलाले बताए। ‘उहाँहरू आ–आफ्नो पालिकामा गर्न उत्साहित हुनुहुन्छ’, उनले भने।

गाम्रीण क्षेत्रमा रनिङ शिल्ड आयोजना गर्दा रु २० देखि २५ लाख खर्च लाग्ने खेलकुद विकास समितिले जनाएको छ। आयोजक पालिकाले अलि बढी आर्थिक दायित्व लिने गरेको छ भने जिल्लाका अन्य सबै पालिकाले प्रतियोगिता सम्पन्न गर्नका लागि आर्थिक सहयोग गर्ने गरेका छन्। अध्यक्ष बाँस्तोलाले भने, ‘टालटुले रूपमा हुने प्रतियोगितालाई हामीले ग्रामीण क्षेत्रमा लगेपछि ग्रामीण खेल पर्यटनको समेत विकास भएको छ।’

माई नगरपालिकाले चालु आर्थिक बर्षमा २२ लाख रुपियाँ बजेट बिनियोजन गरेको छ। पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता गर्दा नगरपालिकाले प्रत्येक बिद्यालयलाई १० हजार रुपियाँ खर्च र खाजा खर्च उपलब्ध गराएको नगर प्रमुख खम्बा सिं लिम्बुले जानकारी दिए। उनले भने, ‘राष्ट्रपति रनिङ शिल्ड ग्रामीण क्षेत्रमा हुन थालेपछि सबैले अवसर पाएका छन, यो राम्रो हो।’ उनले सरकार परिवर्तन संगै जिल्लाको खेलकुद नेतृत्व परिवर्तन हुँने क्रमले खेल क्षेत्र ओझेल परेको समेत गुनासो गरे। नगर प्रमुख लिम्बुका अनुसार माई नगरपालिकाले राष्ट्रपति रनिङ शिल्डको छनौट चरणमा ६ लाख रुपियाँ खर्च गरेको छ भने राष्ट्रपति रनिङ शिल्डको जिल्ला स्तरीय खेलमा थप ६ लाख बढी खर्च हुने छ।

जिल्ला खेलकुद बिकास समित इलामका कार्यालय प्रमुख नारायण भट्टराईले राष्ट्रको खेलकुदको भविष्य तथा विद्यालय खेलकुदलाई एउटा औपचारिकतामा मात्र सीमित नगरी उत्सवको रूपमा प्रतियोगिता आयोजना गरी खेलाडी र खेल क्षेत्रकै हौसला बढाउन माई नगरपालिकाले उल्लेखीय भुमीका खेलेको बताए।

माईजोगमाई गाउँपालिकाले खेलकुद विकासका लागि अध्यक्ष कप शीर्षकमा चालु आवमा रु १५ लाख विनियोजन गरेको छ। गाउँपालिका उपाध्यक्ष प्रविना राईले वडाले माग गरेअनुसार थप रकम उपलब्ध गराइने जानकारी दिए। सूर्योदय नगरपालिकाले चालु आवमा युवा तथा खेलकुद कार्यक्रम शीर्षकमा रु ८५ लाख विनियोजन गरेको शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख योगनिधि भट्टराईले जानकारी दिए। नगरको आन्तरिक उक्त स्रोतबाहेक प्रत्येक वडाले रकम खेलकुद क्षेत्रमा विनियोजन गरेको जानकारी दिए।

मेलम्चीको पानीको गुणस्तरमा शंका गर्नु पर्दैन हल्लाका पछि नलाग्न आग्रह

खानेपानी मन्त्रालयले मेलम्चीको खानेपानी सफा नरहेको भन्दै गरिएको हल्लाका पछि नलाग्न आग्रह गरेको छ । मापदण्ड बमोजिम प्रशोधन गरी पानी पठाइएको भन्दै मन्त्रालयले भ्रममा नपर्न अपिल गरेको छ ।

मेलम्ची खानेपानी आयोजनाको प्रशोधन केन्द्र सुन्दरीजलमा विश्व स्वास्थ्य संगठनको मापदण्ड बमोजिम प्रशोधन गरी वितरण गरिएको छ मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै भनेको छ पुराना वितरण पाइप लाइनहरू लामो समयसम्म सञ्चालन नहुँदा पाइपमा रहेको माटोको अवशेषका कारण पानी वितरणका क्रममा केही समय पानी धमिलो आउन सक्ने भएता पनि फ्लसिङसँगै क्रमशः सफा पानी प्रवाह हुन्छ ।

खानेपानीको गुणस्तरमा शंका नगर्न र बाहिरी हल्लाहरूको पछि नलाग्न मन्त्रालय मातहतका खानेपानी उत्पादन र वितरणसँग सम्बन्धित निकायहरूलाई आग्रह गरिएको छ । मन्त्रालयले मेलम्ची खानेपानी सर्वसुलभ रूपमा सबै उपत्यकावासीको घरघरमा सन्तुलित र समानुपातिक हिसाबले वितरण गर्न मन्त्रालय प्रयत्नशील रहेको पनि स्पष्ट पारेको छ ।

सडकको काम अलपत्र ५ ठेकेदारलाई सोधियो स्पष्टीकरण

तोकिएको समयमा काम नगरेको भन्दै सरकारले ५ वटा निर्माण व्यवसायी ठेकेदार कम्पनी लाई स्पष्टीकरण सोधेको छ।
संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय, सडक डिभिजन भक्तपुरले विभिन्न ठाउँका सडक अलपत्र पार्ने ५ वटा निर्माण व्यवसायीलाई स्पष्टीकरण सोधेको हो।

ललितपुरको ग्वार्कोदेखि लाकुरी भन्ज्याङ हुँदै काभ्रेको पनौती दाहालटार सडक स्तरोन्नतिको ठेक्का अलपत्र पारेको भन्दै लामा कन्सट्रक्सन तथा सप्लायर्स प्रालिलाई स्पष्टीकरण सोधिएको छ।

यस्तै च्यामासिंह नाला र बनेपा क्षेत्रको सडकमा आवधिक मर्मत तथा सम्भारको कार्य अलपत्र पार्ने एनएस बिल्डर्स सुर्खेत र भक्तपुरको सल्लाघारीदेखि दरबार स्क्वायरसम्मको सडक मर्मत अलपत्र पार्ने गौतम कन्सट्रक्सन सिन्धुपाल्चोकलाई पनि स्पष्टीकरण सोधिएको छ।

अरनिको राजमार्गअन्तर्गत चाल्नेडुङ्गा–खावा–लामिडाँडा–दोलालघाट सडक स्तरोन्नतिको काम अलपत्र पार्ने ओम निलकण्ठेश्वर कन्सट्रक्सन प्रालि काठमाडौंलाई पनि स्पष्टीकरण सोधिएको छ। काभ्रेको त्रिवेणीघाटको बांखु खोलामा पुल निर्माणको काम अलपत्र पार्ने विनयरकान्तिपथ जेभी ललितपुरलाई पनि स्पष्टीकरण सोधिएको छ।

निर्माण कार्य अलपत्र पारेकोमा ठेक्का सम्झौता किन नतोड्ने भन्दै उनीहरुलाई स्पष्टीकरण सोधिएको हो। सडक डिभिजन भक्तपुरले निर्माण कम्पनीहरुलाई लिखित स्पष्टीकरणसहित ७ दिनभित्र उपस्थित हुन भनेको छ।

तनहुँको बन्दीपुरमा चितुवाको आक्रमणबाट पछिल्लो छ वर्षको अवधिमा १३ बालबालिकाले ज्यान गुमाए

बन्दीपुर गाउँपालिका–४ टुँडिखेल र अस्पताल लगायतका क्षेत्रमा साँझका समयमा दैनिक चितुवा देखिन थालेपछि स्थानीय बासिन्दा त्रासमा परेका छन्।
टुँडिखेल टोल विकास समितिका अध्यक्ष किसान प्रधानले साँझमा दैनिक चितुवा देखिन थालेको बताए।

पछिल्लो केही वर्षयता तनहुँमा चितुवाको आक्रमणबाट मानिस घाइते तथा मृत्यु हुने क्रम बढेको छ। चितुवाको आक्रमणबाट पछिल्लो छ वर्षको अवधिमा १३ बालबालिकाले ज्यान गुमाएका छन्। चितुवाको आक्रमणबाट ज्यान गुमाउनेमा १२ वर्षभन्दा मुनिका छन्।

चितुवाको आक्रमणबाट भानु र शुक्लागण्डकी नगरपालिका सहित आँबुखैरेनी र बन्दीपुर गाउँपालिकामा बालबालिकाको मृत्यु भएको छ। मृग, वनकुखुरालगायत जन्तु मानिसले शिकार गरिदिँदा चितुवा बस्ती पस्न थालेको डिभिजन वन कार्यालय तनहुँले जनाएको छ।

बुधबार कृष्ण भगवानको पूजा नयाँ काम थालनीको लागि अति नै शुभ मानिन्छ

हिन्दु धर्ममा, हप्ताको हरेक बारलाई देवी(देवताको बार मान्ने गरिन्छ । विशेष व्रत र उपवास बाहेक, अधिकांश हिन्दु धर्मावलम्बीहरूले हप्ताको कुनै एक वा दुई दिन सोहि बारअनुसारको देवताको पूजा गरि व्रत बस्ने गर्दछन् । कतिपयलाई ज्ञान नहुनसक्छ बुधबार कुन देवताको पुजा गर्ने भन्ने । ‘बुध’ ग्रहको लागि समर्पित बार नै बुधबार हो । यस दिन विशेष गरी कृष्णको अवतारको पूजा गरिन्छ ।

पुजा गर्दा तुलसीको पातले गर्नुपर्दछ । कुनै नयाँ काम थालनीको लागि बुधबार अति नै शुभ मानिन्छ । साथै यस दिन कृष्ण भगवानको व्रत बस्नाले आफूले चाहेको फल पाउने जनविश्वाससमेत रहि आएको छ । साथै ज्योतिष शास्त्र अनुसार बुधबारको दिनमा पुरुष ससुराली जानु हुँदैन र महिलाको अपमान गर्नु हुँदैन भन्ने मान्यता रहेको छ ।

कृष्णको पूजा गर्दा घिउ र दुध चढाउन आवश्यक रहेको छ । साथै ब्रत बस्दा दिउसो एक पटक दुधबाट बनेको परिकार खानु पर्दछ। बुध ग्रहको लागि समर्पित बार नै बुधबार हो। यस दिन नयाँ कामको थालनी गर्दा पनि शुभ हुने विश्वास रहेको छ ।

सामाजिक सद्भाव र राष्ट्रिय एकता आवश्यक – ओली

नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम गर्दै राष्ट्र जोगाउनुपर्नेमा जोड दिए।
ललितपुर, च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा नयाँ केन्द्रीय सदस्यलाई पद तथा गोपनियताको शपथ ग्रहण गराउँदै अध्यक्ष ओलीले नेपाली समाज, राजनीति, अर्थतन्त्र, संस्कृति हरेक क्षेत्रमा आक्रमण भइरहेको बताउँदै सद्भाव र एकता जरुरी रहेको बताए। उनले मुलुकको विकासका लागि सबै राजनीतिक दल एकजुट हुनुपर्नेमा जोड दिए।

अध्यक्ष ओलीले पार्टीभित्र अराजकता र अनुशानहीनता स्वीकार्य नहुने स्पष्ट पार्दै आगामी वर्ष पार्टीका लागि शुद्धीकरण र सुदृढीकरणको वर्ष हुने बताए। उनले नयाँ केन्द्रीय कमिटी सदस्य वैचारिक र सूचनाका दृष्टिले निरन्तर अध्ययनबाट आफूलाई अद्यावधिक गर्न व्यवहारमा अनुकरणीय बन्न र हरेक दृष्टिकोणबाट योग्यताका साथ पार्टीको निर्णायक तहमा भूमिका निर्वाह गर्न आग्रह गरे।

अध्यक्ष ओलीले केन्द्रीय सदस्य तुलसीप्रसाद न्यौपाने सङ्खुवासभा रामअवतार यादव सिराहा केशवराज पाण्डे नुवाकोट विनोद शाह दैलेख ,दामोदर भण्डारी बैतडी र दीपक कार्की ९झापा०लाई शपथ ग्रहण गराएका हुन्।

त्यस अवसरमा महासचिव शङ्कर पोखरेल, उपमहासचिव विष्णु रिमाल, केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव बडाललगायतको उपस्थिति थियो । गत पुस २० गते बसेको सचिवालय बैठकले उनीहरुलाई केन्द्रीय सदस्यमा मनोनीत गर्ने निर्णय गरेको थियो।