मेलम्चीको पानीको गुणस्तरमा शंका गर्नु पर्दैन हल्लाका पछि नलाग्न आग्रह
३ माघ २०८०, बुधबार १०:०७
खानेपानी मन्त्रालयले मेलम्चीको खानेपानी सफा नरहेको भन्दै गरिएको हल्लाका पछि नलाग्न आग्रह गरेको छ । मापदण्ड बमोजिम प्रशोधन गरी पानी पठाइएको भन्दै मन्त्रालयले भ्रममा नपर्न अपिल गरेको छ ।
मेलम्ची खानेपानी आयोजनाको प्रशोधन केन्द्र सुन्दरीजलमा विश्व स्वास्थ्य संगठनको मापदण्ड बमोजिम प्रशोधन गरी वितरण गरिएको छ मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै भनेको छ पुराना वितरण पाइप लाइनहरू लामो समयसम्म सञ्चालन नहुँदा पाइपमा रहेको माटोको अवशेषका कारण पानी वितरणका क्रममा केही समय पानी धमिलो आउन सक्ने भएता पनि फ्लसिङसँगै क्रमशः सफा पानी प्रवाह हुन्छ ।
खानेपानीको गुणस्तरमा शंका नगर्न र बाहिरी हल्लाहरूको पछि नलाग्न मन्त्रालय मातहतका खानेपानी उत्पादन र वितरणसँग सम्बन्धित निकायहरूलाई आग्रह गरिएको छ । मन्त्रालयले मेलम्ची खानेपानी सर्वसुलभ रूपमा सबै उपत्यकावासीको घरघरमा सन्तुलित र समानुपातिक हिसाबले वितरण गर्न मन्त्रालय प्रयत्नशील रहेको पनि स्पष्ट पारेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया