४ माघ २०८०, बिहीबार ०८:५१ – Page 8 – Nagarikabhiyan : National News

आज यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना तराईमा हुस्सु र कुहिरो

कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा बिहान आंशिक बदली छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका अधिकांश भू–भागमा हुस्सु र कुहिरो लागेको छ।
देशका केही भू–भागमा आज वर्षा र हिमपातको सम्भावना छ। पश्चिमी वायुको आंशिक प्रभावका कारण पहाडका केही भू–भागमा वर्षा र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको हो।

महाशाखाका अनुसार दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा साधारणतया बदली रहनेछ। बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।
पहाडी भेगका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।

महाशाखाले राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा साधारणतया बदली रहने जनाएको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना पनि छ।

 

प्रधानमन्त्री कप क्रिकेटमा आज तीन खेल

प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा बिहीबार तीन खेल हुँदैछन्। कीर्तिपुर मैदावनमा बिहान सवा ९ बजे एपीएफ र मधेश प्रदेशले खेल्नेछन्।
यही समयमा मूलपानी क्रिकेट मैदानमा कोशी र आर्मीले प्रतिस्पर्धा गर्नेछन्। यस्तै भैरहवामा बिहान ९ बजे हुने खेलमा सुदूरपश्चिम र गण्डकी भिडनेछन्।

यसअघि हिजो भएको खेलमा बागमती प्रदेश र कर्णाली प्रदेश विजयी भएका थिए। बागमतीले त्रिभुवन आर्मी क्लबलाई ३ विकेटले हराएको हो। लुम्बिनी प्रदेश कर्णालीसँग ६० रनले पराजित भएको हो।

तेह्रथुममा टिपर दुर्घटना दुई जनाको मृत्यु तीन घाइते

लालीगुराँस नगरपालिका(९ काँडेमा टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा परी अरु ३ जना गम्भीर घाइते भएका छन् ।
दुर्घटनामा परी टिपरमा सवार झापाको मेची नगरपालिका(१५ का २३ वर्षीय सुगम चौधरी र सिन्धुपाल्चोक घर भएका २४ वर्षीय साधु श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै, मादी नगरपालिका(४ संखुवासभा घर भएका ४० वर्षीय दिनेश तामाङ, झापा घर भएका २१ वर्षीय समिर चौधरी र उमेर नखुलेका बिष्णु थामी घाइते भएका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बसन्तपुरका अनुसार म्याङलुङ(बसन्तपुर सडक खण्डको काँडेबाट लसुनेबजारतर्फ आउँदै गरेको को १ ख ५८२९ नम्वरको टिपर बुधबार बेलुकी ६स्३० बजे सडकबाट १ सय ५० मिटर तल खसेको थियो । दुर्घटनापछि घाइते उनीहरुलाई उपचारका लागि बसन्तपुर अस्पताल पुर्‍याइएको थियो ।

थामीको अवस्था गम्भीर भएकाले थप उपचारका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानतर्फ पठाइएको प्रहरीले जनाएको छ । घाइते अन्य २ जनाको बसन्तपुर अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनामा परेका सबै जना घाइते भएकाले चालक को हो भनेर पत्ता लगाउन नसकिएको प्रहरीले जनाएको छ । चालकको लापरवाहीको कारण टिपर अनियन्त्रित भएर सडकबाट खसेको हुन सक्ने प्रहरीको अनुमान छ ।

लुम्बिनीलाई हराउँदै कर्णाली प्रधानमन्त्री कप क्रिकेटको पाँचौँ स्थानमा

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशले लुम्बिनी प्रदेशलाई हराएको छ । आज भैरहवाको सिद्धार्थ क्रिकेट स्टेडियममा भएको खेलमा कर्णालीले लुम्बिनीलाई ६० रनले हरायो ।

कर्णालीले दिएको १ सय ८५ रनको लक्ष्य पछ्याएको लुम्बिनी ४१ ओभर २ बलमा १ सय २४ रन बनाउँदा अल आउट भयो । लुम्बिनीका कृष्ण कार्कीले सर्वाधिक ४७ रन बनाए । कर्णालीका दिनेश अधिकारीले ३ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित ४५ ओभरमा ९ विकेट गुमाएर १ सय ८४ रन बनायो । कर्णालीका दिनेश अधिकारीले नट आउट ५६ र दिपेन्द्र रावतले ४७ रन बनाए । लुम्बिनीका निर्मल गुरुङ र अभिषेक गौतमले समान ३ विकेट लिए ।

यो जितसँगै कर्णाली ३ खेलमा ४ अङ्कसहित पाँचौँ स्थानमा पुगेको छ । लुम्बिनी ३ खेलमा २ अङ्कसहित आठौँ स्थानमा छ ।

मुग्लिन–मलेखु सडक खण्ड विस्तारको काम १ वर्षमा ६ प्रतिशत मात्र

मुग्लिन–मलेखु सडक खण्डको विस्तार र स्तरोन्नतिको काम एक वर्षमा जम्मा ६ प्रतिशत मात्र भएको छ । पृथ्वी राजमार्गअन्तर्गत ३९ किलोमिटर लामो सडकको काम गएको वर्षको पुसदेखि शुरु भएको थियो । तर १ वर्षमा जम्मा ६ प्रतिशत काम मात्रै सम्पन्न भएको छ ।

सडक विस्तारको काम सुस्त हुँदा यात्रु तथा वरपरका बासिन्दा धुलो, हिलो र खाल्डाखुल्डीले हैरान भएका छन् । काठमाण्डौ भित्रिने र बाहिरिने यात्रुको यात्राको समय लम्बिएको छ ।

नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्डका सूचना अधिकारी कृष्ण आचार्यका अनुसार नक्साङ्कन परिवर्तन, वर्षा र चाडपर्वका कारण लक्ष्यअनुसार काम हुन नसकेको हो । १ वर्षमा १५ प्रतिशत काम गर्ने लक्ष्य लिइएको भए पनि नक्साङ्कन परिवर्तन गर्न नै ६ महिना लागेको उहाँले जानकारी दिनुभयो । अहिले पुलको जग निर्माण, नाली निर्माण, मोड सुधारको काम भइरहेको छ ।

यो सडकमा रहेका ८ वटा पुलमध्ये ६ वटा पुल निर्माणका लागि ठेक्का लागेको थियो । तीमध्ये ५ वटा पुलको काम भइरहेको सूचना अधिकारी आचार्यले बताउनुभयो । हुग्दी खोलाको पुल क्षतिपूर्तिको प्रक्रिया नटुङ्गिएकाले काम शुरु हुन सकेको छैन । अन्य २ वटा पुल ठेक्का लगाउने चरणमा रहेका छन् ।

३ वर्षभित्र सम्पन्न गर्ने गरी शर्मा–जेडआई सीजी जेभीले ४ अर्ब ८० करोड रुपैयाँमा ठेक्का सम्झौता गरी काम गर्दै आएको छ ।

बसले सफारीलाई ठक्कर दिँदा एक जनाको मृत्यु

बसले सफारीलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।

पथरी शनिश्चरे नगरपालिका(१ मगर गुम्बास्थित सडकमा को।१ ख ७८३५ नम्बरको बसले प्रदेश न।१०१००२ ह ११४८ नम्बरको सिटी सफारीलाई बुधबार दिउँसो ठक्कर दिँदा भएको दुर्घटनामा सफारीमा सवार तेह्रथुम घर भई शनिश्चरे नगरपालिका(२ राधा गुरूङको घरमा पाहुँना आएकी ८० वर्षीया हस्तमाया गुरूङको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको ट्रमा सेन्टर मंगलबारेमा उपचारको क्रममा मृत्यु भएको छ। सिटि सफारी र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिनुका साथै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

ठगी गरेको आरोपमा रवि लामिछानेविरुद्ध उजुरी दर्ता

गोरखा मिडिया नेटवर्कका अध्यक्ष जिबी राई र तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेविरुद्ध सहकारी विभागमा उजुरी परेको छ ।
सहकारी ठगी प्रकरणमा राई र लामिछाने मुछिएको भन्दै आवश्यक छानबिन र कारबाहीको माग गर्दै युवराज सफलले उजुरी दर्ता गराएका हुन् ।

सहकारी ऐनभन्दा बाहिर गई कारोबार गरी सहकारी सम्बन्धी कसुरमा संलग्न उल्लेखित सहकारीका पदाधिकारी, सञ्चालक र गोरखा मिडिया नेटवर्कका अध्यक्ष जिबी राई र तत्कालीन ग्यालेक्सी टिभीका सञ्चालक र गोरखा मिडिया नेटवर्कका एमडी रवि लामिछानेलाई कानुन बमोजिम हदैसम्मको कारबाही गर्न यो निवेदन पेस गरेको छु’, निवेदकको माग छ ।

साथै निवेदकले सहकारीबाट कर्जा लिँदा दिँदा गरिएका कर्जा सम्झौता कागज, कर्जा प्रवाह गर्दा गरिएका सहकारीको निर्णय कर्जा लिनेबारे कम्पनीले गरेको निर्णयको प्रतिलिपि वा सक्कल कागज नै झिकाई आवश्यक अनुसन्धान गर्न समेत सहकारी मन्त्रीको ध्यानाकर्षण गराएका छन ।

निजहरूले कुनै लिखित सम्झौता बिना कर्जा लिने दिने कार्य गरेका रहेछन् भने पनि संगठित अपराध, जालसाजी ,षड्यन्त्र गरी सहकारीको पैसा लगी हिनामिना गरेको हुँदा यस सम्बन्धी आवश्यक अनुसन्धान गर्नको लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीमा पत्राचार गर्नुहुन पनि रजिष्ट्रार ज्यूको ध्यानाकर्षण गराउन चाहन्छु’, निवेदकले भनेका छन् ।

गौशला–२६ को फोटो सार्वजनिक गर्ने ३२ वर्षीय केशरमान राई पक्राउ

बलात्कारी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेबाट पीडित भएकी युवती भन्दै एक युवतीको फोटो सार्वजनिक गर्नेलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा संखुवासभाको चिचिला गाउँपालिका–३ का ३२ वर्षीय केशरमान राई छन् । उनलाई प्रहरीको साइबर ब्युरोले संखुवासभाबाट आजै पक्राउ गरी काठमाडौं ल्याएको हो ।

ब्युरो स्रोतका अनुसार उनीविरूद्ध सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ ।
उनीविरूद्ध बलात्कार पीडितको पहिचान सार्वजनिक गर्न कोशिस गरेको आरोपमा मुद्दा अगाडि बढाइने ब्युरो स्रोतले जनाएको छ ।

एक युवतीले उनीविरूद्ध साइबर ब्युरोमा केही दिनअघि जाहेरी दिएकी थिइन् ।

विभिन्न कारणले छ महिनामा नौवटा गैँडा मरे

चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा गएको छ महिनामा नौवटा गैँडा मरेका छन् ।
तीमध्ये दुईवटा चोरीसिकारीले मारेको पुष्टि भएको र थप एउटा चोरी सिकारीले मारेको आशंका गरिएको छ ।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार यस वर्ष बुढो भएर र भिरबाट लडेर दुई, आपसमा जुधेर दुई र बाघ एवं गोहीको आक्रमणबाट दुईवटा गैँडा मरेका हुन् । गएको कात्तिक ३० मा निकुञ्जको चपरचुली पोष्टदेखि दक्षिणको खाडलमा पारेर तस्करले दुई गैँडा मरेका थिए ।

त्यस्तै तस्करहरुले छ र १८ वर्षका पोथी गैँडा खाल्डोमा पारेर मारेका थिए । ती तस्करलाई पक्राउ गरिसकिएको छ । यसअघि भदौमा निकुञ्जकै हरदा खोला क्षेत्रमा एउटा गैँडाको हाडखोर भेटिएको थियो । तिवारीले सो गैँडा तस्करले मारेको आशङ्का गरिएको बताए । घटनास्थलमा खाग नभेटिएकाले तस्करले मारेको हुनसक्ने आशङ्का गरिए पनि यकिन नभएको उनले बताए । उक्त घटनाको अनुसन्धान भइरहेको छ ।

निकुञ्ज र आसपासका क्षेत्रका बढी गैँडा प्राकृतिक कारणले मर्ने गरेका छन् । निकुञ्जले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०७२÷७३ यता दुई सय ३५ वटा गैँडा मरेका छन् र तीमध्ये १२ वटा चोरीसिकारीले मारेको आशङ्का गरिएको छ ।

बुढो भएर, भिरबाट लडेर, दलदलमा फसेर, बाढीले बगाएर, आपसमा जुधेर, बाघ र गोहीले आक्रमण गरेर, विद्युतीय करेन्टमा परेर, रोग लागेर, खाडलमा परेर, विष सेवन गरेर गैँडा मर्ने गरेका छन् । निकुञ्जमा पछिल्लो गणनाअनुसार छ सय ९४ गैँडा छन् ।

चिसो बढेसँगै मधेशका महिला जलनको जोखिममा

जाडो बढ्न थालेसँगै तराई मधेशमा घुर अर्थात आगो ताप्दा जलनमा परेर ज्यान गुमाउनेको सङ्ख्या बढ्न थालेको छ । पछिल्लो केही दिनदेखि तराईमा बाक्लो हुस्सु र कुहिरो लागेर चिसो बढ्न थालेपछि घुर अर्थात आगो ताप्दा जलेर घाइते र ज्यान गुमाउनेको सङ्ख्या बढ्न थालेको हो ।

तराईका सप्तरी सिरहा धनुषा महोत्तरी सर्लाही लगायतका जिल्लामा शीतलहरका बेला घुर अर्थात आगो ताप्दा जलनका घटना बढी हुने गरेको विज्ञले बताएका छन् । त्यसमा पनि महिलाहरु बढी जोखिममा पर्ने गरेका छन् ।

महिलाहरुले लगाउने कपडा जलनको कारण बन्न सक्ने हुँदा साडी वा कुर्ता लगाएर आगो ताप्न बस्दा विशेष ख्याल गर्न प्लाष्टिक सर्जन डा जसवन शाक्यले आग्रह गर्नुभयो । जलन हुनबाट जोगिन आगोको छेउछाउ जाँदा नाइलनका कपडा नलगाउने, खाना पकाउँदा आफू आगोबाट टाढा बस्ने खाना पकाउने ठाउँ अग्लो ठाउँमा बनाउने लगायतका कुरामा ध्यान दिनुपर्ने उहाँको भनाई छ ।

डा शाक्यले जलनका घटना कम गर्न अझै पनि जनचेतनाको आवश्यकता रहेको बताउनुभयो । जलन भैहाल्यो भने शुरुमा आगो निभाउन कोसिस गर्ने, आगो निभेपछि शरीरमा टाँसिएको कपडा निकाल्ने, जलेको भागमा निरन्तर २० देखि २५ मिनेटसम्म चिसो पानी खन्याउने र तुरुन्तै अस्पताल लैजानुपर्ने डा।शाक्यको सुझाव छ ।

जाडोमा हुने जलनका घटनामध्ये ६० प्रतिशत आगो ताप्ने क्रममा हुने गरेको कीर्तिपुर अस्पतालले जनाएको छ । कीर्तिपुर अस्पतालमा जलनका घाइतेहरुको उपचार हुने गर्छ ।

जब महिलाको भेषमा प्रेमिकाको परीक्षा दिन गएका युवक पक्राउ परे

पन्जाबी शुट ओठमा लाली निधारमा टिकी र हातमा चुरा लगाएर आफ्नी प्रेमिकाको नामबाट परीक्षा दिन पुगेका अंग्रेज सिंहले ठ्याक्कै महिलाजस्तै देखिनका लागि ठूलै कसरत गरे ।

पन्जाबको फरिदकोटमा जनवरी जनबरी ७ मा बहुउद्देश्यीय सरकारी स्वास्थ्यकर्मी भर्नाको लागि लिइएको परीक्षामा उनी आफ्नी प्रेमिका परमजीतको भेषमा उनकै नामबाट परीक्षा दिन गएका थिए ।
उनले नक्कली आधार कार्ड र मतदाता परिचयपत्र पनि बोकेका थिए । तर, ढाँटेको कुरा कहाँ काटिन्थ्यो र रु बायोमेट्रिक रेकर्ड लिने क्रममा उनको फिंगरप्रिन्ट प्रेमिकाको रेकर्डसँग मिलेन । त्यसपछि परीक्षाका सुपरीवेक्षकहरुले प्रहरीमा खबर गरे ।

अन्ततः प्रहरीले उनलाई नियन्त्रणमा लिएर केरकार गर्दा उनको कर्तुतको पर्दाफास भयो । उनले प्रेमिकाको नामबाट प्रेमिकाकै भेषमा गएर परीक्षा दिने प्रयास गरेको स्वीकार गरे । उनलाई धोकाधडीको अभियोगमा प्रहरीले पक्राउ गरेर कारबाही अघि बढाएको छ ।

बुबाबाटै छोरी बलात्कृत छोराले थाहा पाएपछि बन्चरोले हानेर हत्या

सुर्खेतको पञ्चपुरीका २१ वर्षीय युवकको हत्या आफ्नै बुबाले गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । बहिनी बलात्कृत भएको थाहा पाएपछि बाबुविरुद्ध जाहेरी दिँदा बाबुलेनै छोराको हत्या गरेको खुलेको हो ।

नगरपालिका(६ का युवकको शव सोमबार बन्चरोले हानेको अवस्थामा घरनजिकैको कुवापानीमा फेला परेको थियो । घटनाको अनुसन्धान जारी राखेको प्रहरीले कात्तिकमा आफ्नै छोरीलाई बलात्कार गरेको भन्दै छोराले आफ्नै बाबुविरुद्द जाहेरी दिएको बताएको छ । प्रहरीमा छोराले जाहेरी दिएको थाहा पाउनसाथ बुबा फरार भएका थिए । पीडित छोरीले बुबानै आएर दाजुको हत्या गरेको दाबी गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक योगेन्द्रसिंह थापाको भनाई छ ।

उनकाअनुसार स्थानीयवासीलाई सोधपुछ गर्दा पनि युवकको हत्यामा उनकै बाबु संलग्न रहेको प्रमाणहरू फेला परेका छन् । ‘पारिवारिक मनमुटाबका कारण हत्या भएको देखिन्छ,’ उपरीक्षक थापाले भने, ‘स्थानीयका अनुसार हत्या योजनाबद्ध रूपमा भएको छ ।

गत असोज २७ गते १९ वर्षीया ९६४ वीरेन्द्रनगर क ३६० लाई बलात्कार गरेको भन्दै प्रहरीमा जाहेरी परेको थियो । मामाघर बस्दै आएकी छोरी बुबा भारतबाट घर फर्केपछि भेट्न बोलाएर बलात्कार गरेको जाहेरीमा उल्लेख छ । आफू बलात्कृत भएको किशोरीले दाइलाई भनेकी थिइन् । दाइले गत कात्तिक १५ गते जिल्ला प्रहरी कार्यकाल सुर्खेतमा बुबाविरुद्ध जबरजस्ती करणीको जाहेरी दिएका हुन् ।

प्रहरी स्रोतकाअनुसार बुबाले छोरीलाई मुद्दा नहाल्न भन्दै धम्कीसमेत दिएका थिए । मुद्दा परेपछि उनी भागेरका थिए । भागेर भारत पुगेका उनी जनवरीको १२ र १३ तारिखमा भारतबाट नेपालमा आएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । १४ मा नेपाल पुगेर १५ तारिख राति हत्या गरेर भागेको हुनसक्ने प्रहरीले बताएको छ ।

आफूलाई बलात्कार गरेको घटनाले बुबा र दाजुबीच विवाद बढेको पीडितले बयान दिएकी छिन् । घटनाका अनुसन्धान जारी राखेको प्रहरीले जनाएको छ ।

आफ्नै पार्टी सामेल भएको मधेश प्रदेश सरकारले भ्रष्टाचार गरेको जनमतको ठहर छानबिन गर्न माग

डा। सिके राउत नेतृत्वको जनमत पार्टीले मधेश प्रदेश सरकारले गरेको भ्रष्टाचारका घटनामा सत्यतथ्य छानबिन गर्न माग गरेको छ ।
प्रदेश सरकार गठन भएको ६ वर्ष पूरा भएको अवसरमा एक विज्ञप्ति जारी गर्दै जनमत पार्टीले विभिन्न भ्रष्टाचार काण्डहरु’ सार्वजनिक गर्न सरोकारवालाहरुलाई ध्यानाकाषर्ण गराएको हो ।

जनता समाजवादी पार्टी नेपालका प्रदेश संसदीय दलका नेता सरोजकुमार यादवले नेतृत्व गरिरहकेो प्रदेश सरकारमा जनमत पार्टीका दुई मन्त्रालयसहित सरकारमा सामेल रहेको छ । मुख्यमन्त्री यादव नेतृत्वको सरकारमा हाल जनमतका तर्फबाट महेश प्रसाद यादव शिक्षा तथा संस्कृती मन्त्री र चन्दन कुमार सिंह श्रम तथा यातायात मन्त्रीको जिम्मेवारीमा रहेका छन् ।

तर आफै सामेल रहेको सरकारले भ्रष्टार गरेको भन्दै जनमतका सचिव बीपी साहले आज एक विज्ञप्ति जारी गर्दै सबैप्रकारका भ्रष्टाचारका घटना छानबिन गर्न माग गरेका हुन् ।
मधेश आन्दोलन तथा मधेशी शहीदहरुको भावनालाई कुल्चिदै संघीयतालाई समाप्त पार्ने र मधेशी जनताको स्वाभिमान गिराउने कार्य जसपा नेतृत्वको सरकारले गरेको उसको आरोप छ ।

जनमतले साइकल चोरी काण्ड, स्वच्छता काण्ड बेटी ठगी काण्ड जानकी मन्दिरमा भ्रष्टाचार काण्ड, सर्प काण्ड, शहीद परिवार ठगी काण्डले मधेशी समुदायको स्वाभिमान गिराएको दाबी गरेको छ

साइकल चोरी काण्डमा १० करोड ३३ लाखको भ्रष्टाचारको मुद्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्धारा विशेष अदालतमा मुद्दा दर्ता भएको छ भने थपको छानविन हुन बाँकी रहेको छ । त्यस्तै स्वच्छता काण्डमा मुख्यमन्त्री स्वच्छता अभियानमाको झण्डै १ अर्ब २८ करोड बजेटमा अनियमितता भएको भन्दै अख्तियारद्धारा छानविनको क्रममा रहेको छ ।

मुख्यमन्त्री बेटी पढाउ बेटी बचाउ कार्यक्रमअन्तर्गत छोरी शिक्षा बिमाको ६ हजार फाईल गायब गरी विमा रकम खातामा जम्मा नगरेको । छानविन गरी कारवाही हुन बाँकी रहेको जनमतको भनाइ छ ।

जानकी मन्दिरमा भ्रष्टाचार भएको जनमतको दाबी छ । मधेश प्रदेशको गौरब जानकी मन्दिरको विद्युतीकरण एवं सौन्दर्यीकरणमा करोडौंको भ्रष्टाचार भएको र छानविन हुन बाँकी रहेको छ । त्यस्तै झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठान सर्लाहीको नाममा १७ करोड ९८ लाख ३३ हजार भ्रष्टाचार भएको भन्दै अख्तियारद्धारा विशेष अदालतमा मुद्दा दायर भएको र मधेश प्रदेश सरकारद्धारा शहीद परिवारलाई वितरण गर्ने भनि ल्याइएको भैंसी वितरणमा शहीद परिवारलाई ठगेको । अनुसन्धान हुन बाँकी रहेको साहको दाबी रहेको छ ।

मधेश प्रदेशका जनता एवं संघीयतालाई बदनाम गराउन जसपा नेतृत्वको सरकारले पछिल्लो आर्थिक वर्षमा नियम मिचेर गरेको अनुदान वितरण एवं रकमान्तर काण्ड, कृषि मन्त्रालयबाट वितरित कृषि अनुदान तथा कोल्ड स्टोर निर्माणमा भ्रष्टाचार काण्ड, भरत ताल सर्लाहीमा ४५ करोड भ्रष्टाचार काण्ड भएको सार्वजनिक लेखा समितिद्धारा ठहर, मधेश परिवहन काण्डसहितका दर्जनौं भ्रष्टाचार तथा अनियमितताका काण्डहरुमाथि मधेशी जनताले मूल्यांकन गर्नुपर्ने जनमतको ठहर रहेको छ ।

पछिल्लो एक वर्षमा प्रदेश सभालाई निक्कमा बनाई एउटा पनि विधेयक पारित गराउन नसकेको आर्थिक विधेयक बाहेक बनेका विधेयकहरुलाई कार्यान्वयनमा ल्याउन नसकेको, मधेश प्रदेश सरकारमा दलितलाई सहभागी गराउन नसकेको जनमत पार्टीले सिफारिस गरेको दलित महिलाई मन्त्रीको शपथ नगराएको जस्ता मधेश विरोधी गतिविधि भइरहेको जनमतको आरोप रहेको छ ।

भोलि बिहान युगाण्डा जाँदै प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ असंलग्न आन्दोलन ९नाम० को १९औँ शिखर सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भोलि ९माघ ४ गते० युगान्डा गणतन्त्र प्रस्थान गर्दै छन् । उनी बिहान २ः१५ बजे कतार एयरलाइन्सबाट त्यसतर्फ प्रस्थान गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सम्मेलन यही माघ ५ देखि ६ गतेसम्म युगान्डा गणतन्त्रको राजधानी कम्पालामा हुदैछ । प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा उनकी सुपुत्री गङ्गा दाहाल, परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, परराष्ट्र सचिव सेवा लम्साल, नेपाल सरकारका वरिष्ठ अधिकारीहरु रहने मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री प्रचण्डले ‘साझा विश्वव्यापी समृद्धिका लागि सहयोगलाई प्रगाढ बनाउने’ विषयको शिखर सम्मेलनको सत्रलाई माघ ५ गते सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ । सोही दिन प्रधानमन्त्री दाहाल युगान्डा गणतन्त्रका राष्ट्रपति जनरल योवेरी कागुटा मुसेभेनीले प्रतिनिधिमण्डलका प्रमुखहरूको सम्मानमा आयोजना गर्ने राजकीय भोजमा सहभागी हुनेछन् ।

शिखर सम्मेलनकै क्रममा प्रधानमन्त्री प्रचण्डले सहभागी राष्ट्र प्रमुख, सरकार प्रमुख र अन्य उच्च पदस्थ व्यक्तित्वसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् । यसअघि आज र भोलि बस्ने मन्त्रीस्तरीय बैठकमा सहभागी हुन परराष्ट्रमन्त्री साउद माघ १ गते राति नै त्यसतर्फ प्रस्थान गरिसकेका छन् । मन्त्रीस्तरिय बैठक अघि माघ १ र २ गते वरिष्ठ अधिकारीहरूको बैठक बसेको थियो ।

शिखर सम्मेलनले मन्त्रिस्तरिय बैठकको प्रतिवेदनमाथि विचार विमर्श गर्ने, सन् २०१९ मा भएको १८औँ शिखर सम्मेलनको नतिजा कार्यान्वयनमा हासिल भएको प्रगतिको समीक्षा गर्ने र कम्पाला घोषणापत्र पारित गरेर टुङ्गो लगाउने बताइएको छ ।

नेपाल असंलग्न आन्दोलनको संस्थापक सदस्य हो र यसको स्थापनादेखि नै सबै नाम शिखर सम्मेलनमा सक्रिय रूपमा सहभागी हुँदै आएको छ । असंलग्नताको सिद्धान्त नेपालको परराष्ट्र नीतिको आधारभूत सिद्धान्तमध्ये एक हो । प्रधानमन्त्री प्रचण्ड भ्रमण सम्पन्न गरी माघ ७ गते बिहान ९ बजे काठमाडौँं आइपुग्नेछन् ।

१९औँ नाम शिखर सम्मेलनपछि तेस्रो दक्षिण  शिखर सम्मेलन माघ ७ देखि ८ गतेसम्म कम्पालामा हुँदैछ । दक्षिण शिखर सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र सचिव सेवा लम्सालले गर्नेछिन् ।

सुनको भाउ तोलामा १२ सय रुपयाँले घट्यो १ लाख १८ हजार २ सय रुपैयाँमा कारोबार हुँदै

सुनचाँदीको भाउ आज घटेको छ । तोलामा १२ सय रुपैयाँ घटेको सुनको भाउ आज तोलाको १ लाख १८ हजार २ सय रुपैयाँ तोकिएको छ । हिजो सुनको भाउ तोलाको १ लाख १९ हजार ४ सय रुपैयाँ थियो ।

आज चाँदी भने तोलामा १५ रुपैयाँले घटेको छ । हिजो तोलाको १ हजार ४ सय १५ रुपैयाँ रहेको चाँदी आज भाउ घटेर तोलाको १ हजार ४ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

भूकम्प पीडितका लागि अस्थायी आवास निर्माण सुस्त

जाजरकोट-जाजरकोट भूकम्पबाट पीडितहरूले साढे दुई महिना बित्दासम्म पनि त्रिपालको बास बस्न बाध्य छन् । आफैँले अस्थायी आवास निर्माण गर्न नसक्ने र सरकारले दिने भनेको अनुदान समेत समयमा नदिएका कारण पीडितहरू कठ्याँग्रिदो चिसोमा त्रिपालमुनि बस्न बाध्य छन् ।

अनुदानको पहिलो किस्ता पाएका पीडितहरूले समेत जनशक्ति अभावका कारण द्रुत गतिमा आवास निर्माण गर्न सकेका छैनन् । जाजरकोट र रुकुमपश्चिम जिल्ला प्रशासन कार्यालयहरूका अनुसार हालसम्म करिब आधाले मात्रै अस्थायी आवास बनाएका छन् । पछिल्लो तथ्यांकअनुसार जाजरकोटमा कुल ३५ हजार १ सय ४० लाभग्राही कायम भएकोमा २१ हजार ४ सय ४४ घर परिवारले मात्रै अस्थायी आवास निर्माणका लागि पहिलो किस्ता बुझेका छन् । जिल्लाका २७ हजार १३२ परिवारले अनुदान सम्झौता गरेपनि ९ हजार ६३८ परिवारले पहिलो किस्ता बुझ्नै बाँकी रहेको सहायक प्रमुख जिल्ला अधिकारी हरिचन्द्र शर्माले जानकारी दिए ।

त्यस्तै, रुकुम पश्चिममा कुल २८ हजार ४३ जना लाभग्राही कायम भएकोमा २२ हजार ६५ जनाले पहिलो किस्ता वापतको अनुदान रकम बुझेका छन् । जिल्ला प्रशासनका अनुसार १४ हजार ६ वटा अस्थायी आवास निर्माण कार्य सम्पन्न भएको छ । अझै आधाभन्दा धेरै परिवारको बास त्रिपालमुनि छन् ।
सरकारले समयमा अनुदानको बजेट नदिँदा र प्रक्रियागत झमेलाका कारण सबै पीडितहरूले समयमै अनुदान लिएर आवास निर्माणको काम गर्न पाएका छैनन्।

रुकुमपश्चिमको आठबीसकोट नगरपालिकाका मेयर रवी केसीले श्रोतसाधन र दक्ष जनशक्तिको अभावका कारण अस्थायी आवास निर्माणले गति लिन नसकेको बताए । ‘केहीले त आवास निर्माण गरिरहेको, तर नगरपालिकाबाट लिनुपर्ने रकम बझ्न र जानकारी गराउन ढिला गरेको पनि पाइएको छ । यसकारण पनि तथ्यांकमा केही कमी देखिएको छ,’ उनले भने । जाजरकोट केन्द्र बनाएर गत १७ कात्तिकमा गएको भूकम्पका कारण १५३ जनाको मृत्यु भएको थियो भने भूकम्पपछि चिसोका कारण नै ३७ जनाको ज्यान गइसकेको छैन ।