४ माघ २०८०, बिहीबार १५:५१ – Page 7 – Nagarikabhiyan : National News

फेरी कुटिए दुर्गा प्रसाईं

व्यवसायी दुर्गा प्रसाईंमाथि फेरी हातपात भएको छ ।
बागलुङमा सभालाई सम्बोधन गर्न पुगेका उनलाई लोकतान्त्रिक चोकमा हातपात भएको हो ।

नेपालीहरुको मुक्तिको लागि अन्तिम लडाइ’ कार्यक्रमको लागि प्रसाई बागलुङ गएका थिए ।
उनीमाथि हातपात गर्ने बागलुङकै धौलागिरी चोकमा जुत्ता पसल गर्ने ३७ वर्षका रामकान्त गौतमलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

भूकम्पपछिको पुनःनिर्माण गर्न संघीय सरकार नै बाधक

रुकुमपश्चिम र जाजकोटका भूकम्प प्रभावितले अस्थायी घर पाउने अवस्था पेचिलो बन्दै गएको छ । विद्यमान कानूनी झन्झट, लामो प्रक्रिया र बजेट अभावले भूकम्प प्रभावित परिवारले अस्थायी आवास नै नपाउने हुन् की रु भन्नेमा शंका व्यक्त हुन थालेको छ । कार्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पमा १५७ जनाको ज्यान गएको थियो । ६५ हजार भन्दा बढी परिवारको घर संरचना बस्न नहुनेरनमिल्ने गरी भत्किएको छ । केही सामाजिक संस्थाले पुनः निर्माण तथा राहतको काम गरेपनि त्यो पर्याप्त छैन ।

अस्थायी आवास निर्माणको काम नै शुरु भएको छैन । तात्कालिन राष्ट्रिय पुनः निर्माण प्राधिकरणका कार्यकारी सदस्य डा।चन्द्रबहादुर श्रेष्ठ वास्तविक भन्दा धेरै लाभग्राही बढ्दै गएकाले व्यवस्थापन र पुनर्वासमा समस्या आउन थालेको बताउँछन् । लाभग्राहीको संख्या यसरी नै बढ्ने र प्रक्रिया लम्बिने हो भने सरकारले दिएको आर्थिक सहायता घर बनाउनमा भन्दा अन्यत्र खर्च हुने अवस्था आउने उनको भनाइ छ । जसका कारण सरकारमाथि आर्थिक भार थपिने उनि बताउँछन् ।

पूर्वमन्त्री तथा सांसद जनार्दन शर्माको संयोजकत्वमा विभिन्न क्षेत्रका विज्ञ सम्मिलित स्वयंसेवी कार्यदलकाअनुसार स्थानीय सरकारको संरचना कमजोर भएको र बढ्दो लाभग्राही संख्याको कारण व्यवस्थापन नै गर्न नसकिने अवस्था आएको छ ।

सरकारसँग भूकम्पपछिको पुनःनिर्माणको संस्थागत अनुभव भएपनि त्यो अनुभव रुकुम, जाजरकोट लगायतको जिल्लाको भूकम्पपछिको पुनःनिर्माणमा प्रयोग गर्न सकेको छैन ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणलाई खारेज गरेपछि राष्ट्रिय विपद् न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणलाई सक्रिय बनाइए पनि यसले राम्रोसँग काम गर्न सकिरहेको छैन । प्राधिकरणलाई गृह मन्त्रालयको एक शाखा सरहको हैसियतमा राखेपछि यो काम गर्न नसक्ने अवस्थामा पुगेको हो ।

पूर्वाधार पुनःनिर्माण विज्ञ डा। चन्द्रबहादुर श्रेष्ठ २०७२ सालको भूकम्प अनुभव नै नरहेको जस्तो अवस्थामा संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार रहेको बताउनु हुन्छ । रुकुमपश्चिम र जाजरकोटको भूकम्पपछिको अवस्था अनिश्चित र चिन्ताजनक रहेको उनको भनाइ छ ।

भूकम्प लगतै प्रधानमन्त्री पुष्पकमल दाहाल घटनास्थलमा पुगेर स्थलगत अवलोकन गरी प्रभावितहरूका लागि छिट्टै पुनर्निर्माण गर्ने आश्वासन दिएपनि अझै उनीहरूका लागि स्थायी घर बनाउने काम नै शुरु भएको छैन ।

अस्थायी आवासका लागि प्रतिप्रभावित परिवारका लागि सरकारले ५० हजार रुपैयाँ अनुदान दिने भने पनि प्रभावित क्षेत्रमा पर्याप्त बजेट जान सकेको छैन । सरकारले अस्थायी आवास निर्माण लगायत भूकम्प प्रभावित क्षेत्रमा काम गर्नका लागि १० अर्ब रुपैयाँ विपद् जोखिम न्युनिकरण कोषमा निकासा गर्ने निर्णय गरे पनि हालसम्म १ अर्ब मात्र निकासा गरेको राष्ट्रिय विपद् जोखिम न्युनिकरण प्राधिकरणले जनाएको छ ।

संघ सरकारले हस्तक्षेप गरेर पुनःनिर्माणको काम अघि बढाउन सक्ने अवस्था नरहेको र स्थानीय सरकार सक्षम भएर आउनसक्ने अवस्था छैन । भूकम्पपछिको पुनःनिर्माणको कामको जिम्मा कसले लिने भन्ने अन्योलकै कारण पुनःसंरचना निर्माणका काममा अन्योल उत्पन्न भएको श्रेष्ठको दाबी छ ।

विगतको अभ्यास र अनुभव भुल्दै स्थानीय सरकार

रुकुम पश्चिम र जाजरकोट भूकम्प र त्यसले पु¥याएको क्षतिलाई साथै पुनःनिर्माणको कामलाई हेर्दा नेपालको भूकम्पको धक्का पहिलो पटक खाएको अनुभव नै नभएको जस्तो गरेको विज्ञहरुले बताएका छन् ।

०७२ सालको भूकम्प पछिको अनुभवले धेरै काम गरेको हुनुपर्ने अवस्था भएपनि केही नै नभएको जस्तो अनुभव स्थलगत रुपमा पाएको विज्ञ श्रेष्ठले बताए । घर निर्माण आचारसंहीतालाई कडाइका साथ पालना गराएको भए र भूकम्प कुनैपनि बेला आउनसक्छ भन्ने पूर्वतयारी मात्र गर्नसकेको भए यति ठूलो जनधनको क्षति नहुने उनि बताउँछन् ।

नेपालको पश्चिम क्षेत्र भूकम्पको अत्यन्त जोखिममा रहेको छ भन्ने विषय स्थानीय सरकारले बिर्सिएको विज्ञ श्रेष्ठले बताए ।

खाका नै छैन निजी आवास निर्माणको

भूकम्पपछिको पुर्ननिर्माणमा स्थानीय सरकार मात्र कमजोर बनेको छैन, संघीय सरकार स्वयं पनि भूकम्पपछिको पुनःनिर्माणमा गैरजिम्मेवार देखिएको छ । स्थानीय सरकारलाई आवश्यक कानून पनि नबनाइदिने, आवश्यक प्राविधिक सहायता पनि उपलब्ध नगराउने अवस्था संघीय सरकारले नै सिर्जना गरेको छ ।

राहत वितरण गर्ने कार्यविधि स्थानीय सरकारसँग छैन । कस्तो प्रकारको निजी आवास बनाउने, आर्थिक प्राविधि पक्ष के हुन्छ रु भन्नेजस्ता योजना स्थानीय सरकारले बनाउन सकेका छैनन् । संघीय सरकारले पनि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले अपनाएको विधि समेत स्थानीय सरकारलाई दिनसकेको छैन । २०७२ सालको भूकम्प पुनः निर्माणको अनुभवलाई मूल्यांकन गर्दा नयाँ निर्माण गरेपनि यसको प्रभावकारीता कति र कस्तो भयो भन्ने प्रश्न उठेको छ । त्यसैले अबको पुनः निर्माणबारे नयाँ ढंगले छलफल गर्न आवश्यक छ । भत्किाएका घर बनाउने काम मात्र नभइ स्थानीय उत्पादनको प्रवृत्ति र पुनः निर्माणको मोडालिटीबीच तालमेल हुन आवश्यक छ । पुनःनिर्माणमा एकातिर परम्परागत सम्पदा शैली र संस्कृतिको संरक्षण आवश्यक छ । अर्कोतिर आधुनिक र एकीकृत बस्तीको महत्व पनि उत्तिकै रहेको छ । अबको पुनःनिर्माणमा परम्परागत सम्पदा शैली र आधुनिक सुविधायुक्त र एकीकृत बस्तीको समायोजन गर्दै डोको राख्न मिल्ने संरचनामा भकारोहरु पनि हुनुपर्ने गरी कसरुी तालमेल गर्ने भन्नेमा केन्द्रित हुनुपर्ने विज्ञहरुले बताएका छन् ।

प्राधिकरणलाई प्रधानमन्त्री मातहत ल्याउने रोडम्याप

भूकम्पपछिको पुनःनिर्माण र निजी आवास निर्माणलाई गति दिने हो भने राष्ट्रिय विपद् प्राधिकरणलाई गृह मन्त्रालयबाट खोसेर प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय अन्तर्गत ल्याएर संरचना फेर्नुपर्ने विज्ञ श्रेष्ठ बताउँछन् । प्राधिकरण प्रमुखको हैसियत मन्त्री सरहको बनाएर मात्र कार्य सम्पादन हुनसक्ने निस्कर्ष गठनपूर्व नै निकालिएपनि पछि ऐन बनाउने बेलामा सचिव सरहको व्यक्तिले नेतृत्व गर्नेगरी संरचना बनाइएपछि पुनःनिर्माण र आवास निर्माणमा समस्या आएको उनको भनाइ छ । जसका कारण प्राधिकरण कमजोर बनेको उनको भनाइ छ । प्राधिकरणको पुनःसंरचना गरेर निर्णय गर्नसक्ने अधिकार दिएर मात्र काम अघि बढाउन सकिने श्रेष्ठको सुझाव छ ।

‘पुनर्निर्माणको नेतृत्व स्थानीय र प्रदेश तहले गर्दै राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणले रणनीतिक दिशानिर्देश गरेर कामको बाटो खोल्न सक्छ । राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणले स्रोतसाधन जुटाइदिने, जनशक्ति व्यवस्थापन मिलाइदिने, जनशक्तिलाई तालीम दिने र स्थानीय र प्रदेशमार्फत गराइएको पुनर्निर्माणको काम अनुगमन गर्ने र नीतिगत निर्देश गर्नुपर्छ श्रेष्ठको सुझाव छ ।

यति भएमात्र अन्तर्राष्ट्रिय समुदायसँग समन्वय गर्न र आर्थिक सहायता जुटाउन सहज हुने विज्ञ श्रष्ठले बताए । रेस्क्यु रिलिफको उत्तरदायित्व गृह मन्त्रालयअन्तर्गत नै राख्नुपर्ने र पुनःनिर्माणका कार्यहरु भने प्रधानमन्त्री कार्यालयअन्तर्गत राख्नुपर्ने उनको सुझाव छ ।

प्राधिकरण प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयअन्तर्गत नराखेसम्म पुनः निर्माण सम्भव नरहेको उनले जिकिर गरे । राष्ट्रिय विपद् न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणको कार्य क्षमताबारे यसको गठनसँगै प्रश्न उठ्दै आएको छ । गृह मन्त्रालयअन्तर्गत राखेर काम गराउन नसकिने भन्दै संरचना नै फेर्न आवाज उठ्दै आएको छ । विपद्सँग जोडिएर काम गर्नुपर्ने तर गृहमन्त्री र सचिवको निर्देशन पर्खिनुपर्ने अवस्थाको प्राधिकरणले काम गर्न नसक्ने भन्दै संरचना नै फेर्न सुझाव दिएको विज्ञ श्रेष्ठले बताए । कानूनी आधारमा को जवाफदेही रु भन्ने स्पष्ट नभएको अवस्थामा पुनःनिर्माणको काम हुन नसक्ने सुझाव प्रधानमन्त्रीलाई दिएको विज्ञ श्रेष्ठ बताए ।

संकीर्ण सोच छ, काम गर्न सकिँदैन

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले हासिल गरेका अनुभवले रुकुम पश्चिम र जाजरकोटका भूकम्प पीडितको व्यवस्थापन र पुनःनिर्माणमा काम गर्न सकिने प्रशस्त सम्भावना भएपनि सरकार त्यसलाई स्वीकार गर्न अनिच्छुक छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले विभिन्न विषयमा प्रकाशन गरेको पुस्तक समेत राष्ट्रिय विपद् प्राधिकरणमा राख्न अनिच्छुक रहेको तीतो अनुभव रहेको विज्ञ श्रेष्ठले बताए ।

कतै राजनीतिक आग्रहले हेरियो की भन्ने आशंका जिवित रहेको उनको भनाइ छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले तालिम दिएका जनशक्तिलाई प्रयोग गर्ने हो भने रुकुम, जाजरकोट भूकम्पपछिको पुनःनिर्माणलाई आवश्यक जनशक्ति पुग्ने उनको निष्कर्ष छ ।

प्रदेश र स्थानीय सरकारलाई बलियो बनाउ

संघीय सरकारले आवश्यक प्राविधिक जनशक्ति पठाउने र त्यसको व्यवस्थापकीय र प्रशासनिक जिम्मेवारी प्रदेश र स्थानीय सरकारले लिएर काम गर्न सकिन्छ । स्थानीय आवश्यकता अनुसारको भूकम्प प्रतिरोधी घरको डिजाइन बनाउन राष्ट्रिय विपद् प्राधिकरण, प्रदेश सरकार र स्थानीय सरकारको समन्वयात्मक कार्य सम्पादन खाका बनाउने सुझाव दिएको विज्ञ श्रेष्ठले बताए ।

‘स्थानीय तह र प्रदेशलाई बलियो बनाएर पुनर्निर्माणको काम शुरु गर्नसके स्थानीय तह र प्रदेशका संरचनाको क्षमता अभिवृद्धि हुन्छ, एक व्यवस्थित प्रणालीको स्थापना हुन्छ, विज्ञ श्रेष्ठले भन्छन् ‘यो अभ्यासस्थानीय र प्रदेश सरकारको विपद् व्यवस्थापनको संरचना बन्छ । यसले दीर्घकालमा विपद् व्यवस्थापनको क्षमता पनि स्थापित हुन्छ ।

विपद्मा पनि संघीयता कार्यान्वयनको अवसर

यो विपद्ले संघीयता कार्यान्वयनको अवसर पनि दिएको छ । संघीय संरचनाको क्रियाशिलता र कार्यान्वयनको बाटो यसले खोल्छ । स्थानीय जनप्रतिनिधिलाई व्यवस्थित रुपमा काम गर्न सिकाउने र कार्यक्षमता चिन्ने अवसर समेत प्राप्त हुन्छ । रुकुम जाजरकोटको मोडलले तीनै सरकारको सहकार्य र समन्वयमा विपद् व्यवस्थापनको काम हुने ढाँचा स्थापित हुन्छ ।

घरको अवस्था र उपलब्ध गराउन सकिने रकमलाई विश्लेषण गरेर लिनसक्नेलाई ऋण र नसक्नेलाई घर आवास बनाउने मोडालिटीमा जान सुझाव दिए । ब्याजमा सहुलियत दिएर फिर्ता गर्ने ऋण दिएर पुनर्निर्माणको काम अघि बढाउन सकिने बताए ।

पुनर्निर्माणका लागि ६६ अर्ब ४० करोड बढी लाग्छः प्राधिकरण

राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले पत्रकार सम्मेलन गरेर जाजरकोट र रुकुम लगायत पछिल्लो भूकम्पबाट क्षति भएका भौतिक संरचनाको पुर्निर्माण तथा पुनःस्थापना लगायतका काम गर्न झन्डै ५ सय मिलियन डलर अर्थात ६६ अर्ब ४० करोड, ५४ लाख लाग्ने पूर्वअनुमान सार्वजनिक गरेको छ ।

भूकम्पबाट ९५ हजार ७८७ घरमा क्षति पुगेको र ती घर पुनर्निर्माणका लागि प्रतिघर झन्डै ५ लाख रुपैयाँ अनुदान दिँदा ५२ अर्ब ४२ करोड ७ लाख लाग्ने पूर्वअनुमान छ ।

 

४ जना बालकहरूलाई जबरजस्ती करणी गराउने मतियारसहित ३ जना पक्राउ

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गराउन लगाएको मतियारसहित ३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ
पक्राउ पर्नेहरूमा राजपुर गाउँपालिका–७ सिप्टा बस्ने ४३ वर्षीय सुकविर कुमाल र सोही गाउँपालिका–६ बस्ने १० वर्षीय २ जना बालक रहेका छन् ।

सुकविरले ४ जना बालकहरूलाई ती बालिकालाई जबरजस्ती करणी गर्न लगाएको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय खांग्राबाट खटिएको प्रहरीले ५ जनालाई नियन्त्रणमा लिएको थियो ।
उनीहरूमध्ये २ जना बालकलाई आफन्तको जिम्मा लगाई पठाइएको छ भने सुकबिर कुमाल र अन्य २ जना बालकउपर जिल्ला अदालत दाङबाट म्याद थप भई आवश्यक अनुसन्धान भइरहेको छ ।

छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु

तेह्रथुम, लालीगुराँस नगरपालिका–७ स्थित सडकमा को.१ ख ५८२९ नम्बरको टिपर अनियन्त्रित भई सडकबाट करिब २ सय ५० मिटर तल खसेर बुधबार दिउँसो दुर्घटना हुँदा टिपरमा सवार २ जनाको मृत्यु भएको छ ।

 

मृत्यु हुनेहरूमा सिन्धुपाल्चोक बस्ने २४ वर्षीय साजु श्रेष्ठ र झापा मेचीनगर नगरपालिका–१५ मेचिनगर बस्ने २३ वर्षीय सुगम चौधरी रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको प्राथमिक स्वास्थ्य चौकी बसन्तपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
साथै दुर्घटनामा घाइते भएका टिपरका चालक समेत ३ जनालाई थप उपचारको लागि धरान घोपातर्फ रिफर गरिएको छ ।

त्यस्तै धादिङ, खनियाबास गाउँपालिका–५ च्युल्वामा बा.५ ख ५९६३ नम्बरको आइचर अनियन्त्रित भई सडकबाट करिब १५ मिटर तल खसेर बुधबार साँझ दुर्घटना हुँदा आइचरमा सवार सोही गाउँपालिका–५ सिमी बस्ने ४६ वर्षीय ल्वाङ लामाको घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएका आइचर चालक समेत ३ जनालाई उपचारको लागि त्रिशुली अस्पताल नुवाकोट पठाइएको छ ।
बारा, जितपुरसिमरा उपमहानगरपालिका–२ स्थित सडकमा ना.६ ख ८९३७ नम्बरको बसको ठक्करबाट पैदलयात्रीलाई हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरूषको बुधबार बेलुकी मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागी अस्पतालतर्फ लैजाने क्रममा बाटैमा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै रूपन्देही, मायादेवी गाउँपालिका–४ सेमरीमा लु.१ ख ६९६७ नम्बरको बसको ठक्करबाट भारत बिहार घर भई बेथरी जगदम्बा धागो कारखानामा काम गरी बस्ने रमेश कुमार साहकी छोरी ४ वर्षीय प्रियल कुमारी साहको बुधबार साँझ मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएकी उनको भिम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मोरङ, सुन्दरहरैचा नगरपालिका–८ पाथिभरा मन्दिर नजिक सडकमा प्रदेश १–०१–००१ च ९६३२ नम्बरको स्कारपियो र प्रदेश १–०२–०४६ प २५२ नम्बरको मोटरसाइकल एक–आपसमा ठक्कर
खाई गएराति दुर्घटना हुँदा मोटरसाइकल चालक बेलबारी नगरपालिका–२ बस्ने २२ वर्षीय रूपक घिमिरेको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको कोशी अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । स्कारपियो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

शाहब आलमको घातक बलिङसामू कोशीको कन्तबिजोग २५ ओभरमा ८८ रन बनाउँदै अलआउट

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबका साहब आलमले घातक बलिङ गरेपछि कोशी प्रदेशबाट ८९ रनको सामान्य लक्ष्य पाएको छ । ।
आलम एक्लैलै ६ विकेट लिएको खेलमा कोशी प्रदेश २४।४ ओभरमा ८८ रन बनाउँदै अलआउट भएको हो । आलमले ६।४ ओभरमा ३ मेडनसहित मात्र १४ रन दिएर ६ विकेट लिएका हुन।

माथिल्लो मूलपानी मैदानमा पहिले ब्याटिङ गरेको कोशी २५ ओभरमा ८८ रनमा अलआउट भयो । उसका लागि कप्तान अंकित सुवेदीले ४१ रन बनाउनु बाहेक अन्य कुनैपनि खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । पुलिसविरुद्धको खेलमा शानदार शतक हानेका सुजन थपलिया आज ८ रनमा आउट हुँदा सोनु अन्सारी, कमल खत्री,अभ्यास तिमिल्सिना, सौजन घिमिरे र हेमन्त राई शून्य रनमै आउट भए । भने कोशीले १९ रन अतिरिक्तमा पायो ।

कोशीको पारी धरापमा पार्न आर्मीका शाहब आलमले घातक बलिङ गरे । ६।४ ओभर बलिङ गरेका उनले ३ मेडन राख्दै १४ रन खर्चिएर ६ विकेट लिए । कुशल मल्लले २ विकेट लिँदा सोमपाल कामी र विवेक यादवले समान १ विकेट लिए ।

ताक्लाकोटमा एक नेपालीको मृत्यु

चीनको स्वशासित क्षेत्र तिब्बतको ताक्लाकोटमा होटेल सञ्चालन गर्दै आएका एक नेपालीको मृत्यु भएको छ । डोटीको जोरायल गाउँपालिका–२ घर भएका ५५ वर्षीय वीरबहादुर थापाको मृत्यु भएको हो ।

हृदयघातका कारण माघ २ गते मृत्यु भएका उनको शव आज हिल्सा हेलिकोप्टरमार्फत ल्याइएको निजका आफन्त कुमार भण्डारीले बताए । हुम्लाबाट नेपालगञ्ज हुँदै निजको शव डोटी पुर्‍याइने भण्डारीले जानकारी दिए ।

एकै वर्षमा लोकसेवाका ५ परीक्षा उत्तीर्ण गरिन

गुल्मीकी मनिषा जिसी विष्णु घर्तीले एकवर्षभित्र लोकसेवा आयोगद्वारा लिइएको विभिन्न पदका पाँच परीक्षा उत्तीर्ण गरेकी छन् । धुर्कोट गाउँपालिका–३ हाडहाडेकी जिसीले एक वर्षभन्दा छोटो समयमा पाँचवटा परीक्षा उत्तीर्ण गरेकी हुन् ।

उनले कोसी प्रदेशअन्तर्गत स्वास्थ्य सेवातर्फ चौथो तह, लुम्बिनी प्रदेशअन्तर्गत स्वास्थ्य सेवातर्फ सहायक चौथो तह, लुम्बिनी प्रदेशअन्तर्गत स्थानीय स्वास्थ्य सेवातर्फ सहायक चौथो तह, वाग्मती प्रदेशअन्तर्गत स्वास्थ्य सेवातर्फ पाँचौं तह र संघीय लोकसेवा आयोगअन्तर्गत स्वास्थ्य सेवातर्फ पाँचौं तह उत्तीर्ण गरेकी हुन् ।

उनले भनिन्,सानैदेखि नर्सिङ विषय पढ्ने रहर थियो । छात्रवृत्तिमा स्टाफ नर्स अध्ययन पूरा गरी करिब पाँच वर्ष करार सेवामा काम गरेँ ।”
परिश्रमका कारण आफूलाई सफलता मिलेको उनको भनाइ छ । उनले एक महिना मात्र तयारी गरेर परीक्षा उत्तीर्ण हुन सफल भएको जानकारी दिइन् । “स्टाफ नर्स उत्तीर्ण गरेपछि विदेश जानेको लर्को लाग्छ उनले भनिन्, “रुचि र इच्छा भयो भने नेपालमै सम्भव छ, विदेशमा कामलाई खर्चिने समय नेपालमै खर्चिएमा सफल हुन सहज छ ।”

उनले स्टाफ नर्स मेडिटेक नर्सिङ कलेज बुटवलबाट विसं २०७५ मा उत्तीर्ण गरेकी थिइन् । यसपछि उनले करारमा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा तीन वर्ष र धुर्कोट प्राथमिक स्वास्थ्य केन्द्रमा दुई वर्ष काम गरिन् ।

थाइल्यान्डमा पटका कारखानामा विस्फोट हुँदा २३ जनाको मृत्यु

मध्ये थाइल्यान्डमा एउटा पटका कारखानामा विस्फोट हुँदा २३ जनाको मृत्यु भएको छ । स्थानीय उद्धार सेवाले साझा गरेको तस्बिरहरूमा जमिनमा धातुको फोहोर र कालो धुवाँको मुस्लो देखिएको छ ।
विस्फोट स्थानीय समयअनुसार दिउँसो ३ बजे मध्य सुफान बुरी प्रान्तको साला खाओ टाउनसिप नजिक भएको हो । विस्फोटका कारणबारे कुनै सङ्केत प्राप्त भएको छैन ।

के कारणले विस्फोट भएको हो भन्नेबारे अधिकारीहरूले अनुसन्धान गरिरहेछन् । कारखाना वैध लाइसेन्सका साथ कानूनीरूपमा सञ्चालन भइरहेको थियो । विस्फोटबाट छेउछाउका क्षेत्रमा कुनै क्षति भएको छैन ।
सरकारी अधिकारीहरुले घटनाबारे स्विट्जरल्यान्डमा रहेकी प्रधानमन्त्री श्रेथा थविसिनलाई जानकारी गराएका छन् । कारखानामा प्रतिदिन औसत २० देखि ३० जनाले काम गर्दै आएका थिए ।

बैतडीमा रित्तो टिप्पर दुर्घटना घाइतेको उद्धार गरिँदै

बैतडी-बैतडीमा टिप्पर दुर्घटना भएको छ । मेलौलीबाट पाटनतर्फ आइरहेको सुप्रप ०१००१ क २३९४ नम्बरको रित्तो टिप्पर बिहीबार बिहान मेलौलीको लामालेकमा दुर्घटना भएको हो ।

लामालेक हतरंगा जाने सडकको जिरो प्वाइन्ट नजिक दुर्घटना भएको टिप्पर सडकबाट ५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता नन्दराज जोशीले बताए । दुर्घटनामा चालक मेलौली नगरपालिका(१ का २४ वर्षीय गम्भीर टमटा र सहचालक मेलौली(१ कै १९ वर्षीय रोहित दयाल घाइते भएका उनले बताए ।

सहचालक टिप्परमुनि च्यापिएको अवस्थामा रहेकाले उद्धारका लागि जेसिबी घटनास्थल पुगेको र दुर्घटनाको कारण भने अहिले नै नखुलेको प्रहरीले बताएको छ ।

गुगल रेस्टुरेन्टबाट होटल संचालिका सहित ३ जना पक्राउ

कञ्चनपुरको बेलौरीबाट प्रहरीले होटल संचालिका सहित ३ जनालाई पक्राउ गरेको छ । बेलौरी नगरपालिका – ६ स्थित गुगल रेस्टुरेन्टबाट भारतिय नागरिक र नेपाली युवतिलाइ प्रहरीले मङ्गलवार साझ अनैतिक अवस्थामा देखेओपछी संचालिका सहित ३ जनालाई पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलिले सोही ठाउँ बस्ने रेस्टुरेन्ट संचालिका, धरान उपमहानगरपालिका –१ बस्ने २४ वर्षीय युवती र भारतको पुरनपुर बस्ने रथिक अन्सारीलाई पक्राउ गरेको हो ।

अनैतिक अवस्था दुई जनालाई फेला पारेपछि संचालिका सहित ३ जनालाई पक्राउ गरि म्याद थप भइ अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक गौरि प्रसाद बजगाइले बताए ।

सडक दुर्घटनाको निकै डरलाग्दो रूप सरकारलाई छैन कुनै चासो

काठमाडौं –गत शनिबार चन्द्रागिरि नगरपालिका(४ पानीघाट नजिक हिमचुली सेतो पहरामा कार दुर्घटना भयो । उक्त दुर्घटनामा परि एकै परिवारका ५ जनाको मृत्यु भयो ।
शनिबार डा।महेशकुमार गौतमको परिवार चन्द्रागिरिस्थित भालेश्वर मन्दिरको दर्शनका लागि काठमाडौँबाट निस्किएको थियो । घुमघाम र दर्शनका लागि हिँडेका परिवारका ५ सदस्य मन्दिर पुग्न नपाई बीच बाटोमै अस्ताए ।

प्रहरीका अनुसार, उक्त दुर्घटनामा परेको कार अनियन्त्रित भई ५ सय मिटर तल खसेको थियो । दुर्घटनामा डा।गौतमसहित उनकी सासु ६४ वर्षीया कल्पना तिवारी, ससुरा ६७ वर्षीय ओमकार निधि तिवारी, छोरी स्मारिका गौतम र छोरा प्रियान्स गौतमको ज्यान गएको थियो ।

सोही दुर्घटनामा परेकी डा। गौतमकी श्रीमती सुष्टि गौतम भने सकुशल रहन सफल भइन् । यो घटना सेलाउन नपाउँदै, सोही दिन चन्द्रागिरि नगरपालिका(५ काठमाडौँकी २८ वर्षीया सञ्जिता अधिकारीले बागलुङको ढोरपाटन नगरपालिका(५ प्याङ्खोलामा भएको जीप दुर्घटनामा ज्यान गुमाइन् ।

बिहे भएको दुई वर्षसम्म पनि उनले आफ्नो पुर्ख्यौली कर्म घर देखिकी थिइनन् । बिदामा बेलायतबाट नेपाल आएका बेला सञ्जिता श्रीमान् जन्मेको थलो टेक्न चाहन्थिन् । तर दुर्भाग्य सञ्जिताले श्रीमानको जन्मथलो त टेकिन् । तर त्यो बाटो अब कहिल्यै फर्किने छैनन् ।

सञ्जिता आगामी माघ ६ गते बेलायत फर्किने तयारीमा थिइन् । तर अब उनी कहिल्यै नउठ्नेगरि लडेकी छन् । यी दुई दुर्घटना त केबल उदाहरण मात्रै हुन् । यी र यस्तै दुर्घटनाको शृङ्खला दिनानुदिन बढ्दै गइरहेका छन् ।

यी दुई दुर्घटना यति बेला सामाजिक सञ्जालमा चर्चाको विषय बनेका छन् । प्रहरीले यी घटनामा अनुसन्धान गरिरहेको बताएको छ । पछिल्लो समय बढ्दै गएको दुर्घटनामा सवारी चालकको लापरबाही र सरकारीको नियमनकारी निकायका कमजोरी नै प्रमुख कारण मानिन्छन् ।

दुर्घटनामा चालकलाई दोषी भेट्दा कानुनी दण्ड गर्ने सरकार सडक निर्माण र कमजोर सवारीसाधनका कारण भएका दुर्घटनालाई भने नजरअन्दाज गर्छ । सडक र सवारी व्यवस्थापनमा चुकेको सरकार र चालकबाट भएका लापरबाहीकै कारण औसतमा दैनिक ७ जनाको मृत्यु भइरहेको तथ्यतर्फ पनि कसैको ध्यान गएको छैन ।

प्रहरी प्रधान कार्यालयका निमित्त प्रवक्ता दानबहादुर कार्कीका अनुसार चालू आर्थिक वर्षको मंसिर मसान्तसम्म मात्रै १० हजार ७४५ वटा दुर्घटना भएका छन् ।

जसमा ९१६ जनाले ज्यान गुमाएका छन् । २ हजार ७९१ जना गम्भीर र ११ हजार ९१ जना सामान्य घाइते भएका छन् । नेपाल प्रहरीका अनुसार दैनिक ५४ वटा दुर्घटना र त्यसमा ६ जनाको मृत्यु हुन्छ ।

उनी भन्छन्, ‘चालक र यात्रुको लापरबाही, तीव्र गति, मदिरा सेवन, यान्त्रिक गडबडी, ओभर लोड र गलत ओभरटेकका कारण दुर्घटनाको दर बढ्दो छ ।’

सरकारलाई रास्वपाको ध्यानाकर्षण
राष्ट्रिय स्वतन्त्र पार्टीले सवारी दुर्घटना न्यूनीकरणका उपाय अवलम्बन गर्न सरकारको ध्यानाकर्षण गराएको छ । मङ्गलवार सिंहदरबारस्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालाई भेटेर राष्ट्रिय स्वतन्त्र पार्टी सांसद तथा नेताहरूले सवारी दुर्घटना न्यूनीकरणका उपाय अवलम्बन गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।

उनीहरुले ज्ञापन पत्र बुझाउँदै पार्टीकी सहमहामन्त्री सुमना श्रेष्ठले दुर्घटनाबाट हुने मानवीय क्षति सरकारलाई सामान्य लाग्न थालिसकेको हो रु भन्दै मन्त्री ज्वालासँग प्रश्न गरेकी थिइन् । उनले भनेकी थिइन्, ‘नियमित जस्तो सवारी दुर्घटना भइरहन्छन् । हामीलाई कताकता दुर्घटनाबाट हुने मानवीय क्षति सामान्य लाग्न थालिसकेको पो हो की रु’

ज्ञापन पत्र ग्रहण गर्दै मन्त्री ज्वालाले सवारी दुर्घटनाको विषयलाई लिएर सरकार गम्भीर रहेको बताएका थिए । उनले सरकारले समस्याको समाधान गर्ने गरी काम गरिरहेको बताए । ‘हामी यसमा गम्भीर छौं र तपाईँले दिएको सुझाव र प्रश्नहरूको पनि जवाफ आउने गरी नै काम गर्नेछौँ,’ उनले भने ‘मौखिक रुपमा भन्दा पनि कामले नै जवाफ दिनेछौँ ।’

उनले सरकार सवारी साधन दुर्घटनाको न्यूनीकरणका लागि आवश्यक काम गरेर अघि बढी रहेको बताएका थिए । ‘घटना भइसकेपछि त्यसलाई बेवास्ता गरेर जाँदैनौँ । सडकलाई खाल्डाखुल्डी रहित बनाएर हुन्छ की, सडक सुधारका कामलाई तीव्रता दिएर हुन्छ की रु सवारीसाधन परीक्षणका कामलाई अझै व्यवस्थित गरेर हुन्छ की रु चालकलाई प्रशिक्षण दिएर हुन्छ की रु ’उनले भने ‘हामी समस्याको निराकरण गर्नेकुरामा हामी गम्भीर छौँ ।’

दुर्घटना न्यूनीकरण कसरी गर्ने रु

सडक दुर्घटना अहिले समाजमा घट्ने घटना मध्ये सबैभन्दा डरलाग्दो घटना हो ।

सडक दुर्घटनाबाट धेरैले आफन्त गुमाउनु परेको छ भने कतिपयले सानो उमेरमा नै आफ्नो ज्यान समेत गुमाउनु परेको छ ।

दुर्घटनाबाट बचेँकाहरु पनि अपाङ्ग भएर बाँच्नु परिरहेको छ । सवारी दुर्घटनाबाट बच्नको लागि सामान्यतया यी उपायहरु अपनाउन सकिन्छ स्

चालकले यात्रामा हतार गर्नु हुँदैन
सवारी चलाउँदा अन्यत्र ध्यान नदिने
प्रतिस्पर्धाको भावना लिइ सवारी नचलाउने
तीव्र गतिमा सवारी नचलाउने
जथाभाबी सडक पार नगर्ने
मापसे गरि सवारी नचलाउने
मोटरसाइकल चलाउँदा अनिवार्य हेलमेट लगाउने
सिट भन्दा बढी यात्रु र क्षमता भन्दा बढी भार बहन नगर्ने
पिर चिन्ता र झगडा गरि सवारी साधन नचलाउने
गलत साइडबाट र जथाभाबी ओभरटेक नगर्ने
सडक प्रयोगकर्ता सबै जना आ–आफ्नो ठाउँबाट जिम्मेवार बन्ने

सवारी जाँच्ने मेसिन प्रयोगविहीन छामछुमकै भरमा सवारी पास

सवारीसाधन चुस्तदुरुस्त छ छैन भनेर परीक्षण गर्न नेपालभरमै एउटा मात्रै मेसिन छ । त्यो पनि एक दशकदेखि प्रयोगविहीन छ । कार्यविधि नहुँदा र अनिवार्य प्रयोग गर्नुपर्ने कानुनी व्यवस्था नहुँदा सवारीसाधन परीक्षण गर्ने भेहिकल फिटनेस टेस्ट लेन’ प्रयोगविहीन भएको हो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतकै काठमाडौँको टेकुस्थित सवारी परीक्षण कार्यालयमा मात्रै भेहिकल फिटनेस टेस्ट लेन छ । कार्यालय प्रमुख एवं सिनियर डिभिजनल इन्जिनियर मणिराम भुसालका अनुसार २०७८ सम्म भेहिकल फिटनेस टेस्ट लेन बिग्रिएर थन्किएको थियो ।

उनले भने भेहिकल फिटनेस टेस्ट लेन त्यस्तो मेसिन हो जसले कुनै पनि सवारीसाधनको परीक्षण गर्दा सवारीको अवस्था कस्तो छ भन्ने प्रस्ट खुल्छ । यसबाट राम्ररी काम लिने हो भने सवारीसाधनको अवस्था बिग्रिएर हुने ८० प्रतिशत दुर्घटना चाहिँ रोक्न सकिन्छ । यातायात मन्त्रालय अन्तर्गतकै सवारी परीक्षण कार्यालय टेकु इटहरी हेटौँडा, बुटवल र कैलालीको अत्तरिया गरी पाँच स्थानमा मात्रै छन् । जनशक्ति र प्राविधिक जनशक्तिको अभावका कारण हरेक कार्यालयमा १५० देखि दुई सय वटा सवारीसाधनको मात्रै परीक्षण हुन्छ ।

सवारी परीक्षण कार्यालयले निजी सवारीसाधनको वर्षमा एक पटक र सार्वजनिक सवारीसाधनको छ महिनामा एक पटक परीक्षण गर्ने गरेको छ । उक्त कार्यालयले यातायात व्यवस्थापनसम्बन्धी नीति, नियम र मापदण्ड बनाउने, अन्तरप्रदेशीय यातायातको रुट इजाजत दिने लामो रुटको गाडीको स्तर कायम गर्ने, इम्बोस्ड नम्बर जोड्ने र प्रदूषण जाँच गर्दै आएको छ ।

इन्जिनियर भुसालका अनुसार भेहिकल फिटनेस टेस्ट लेनबाट सवारीसाधनको ब्रेक सस्पेन्सन साइड स्लिप परीक्षण गरिन्छ । उनले भने भेहिकल फिटनेस टेस्ट लेनले सवारीको सम्पूर्ण अवस्थाको वैज्ञानिक विधिबाट परीक्षण गर्छ । स्टेयरिङ बाङ्गो छ कि सिधा छ भन्नेदेखि सम्पूर्ण कुरा परीक्षण हुन्छ तर नेपालमा मेसिनबाट परीक्षण गरिँदैन ।

उनले नेपालमा अहिलेसम्म हातैले छामछुम पारेर परीक्षण भइरहेको र यसो गर्दा ८० प्रतिशत सवारीसाधनको मेसिनको अवस्था थाहा नहुने भएकाले दुर्घटनामा पर्ने खतरा हुने बताए। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सवारी परीक्षण केन्द्र सीमित हुँदा सवारीसाधनको अवस्थाबारे परीक्षण गर्न समस्या भइरहेको बताए । उनले अहिले भएका सवारी परीक्षण केन्द्रलाई व्यवस्थित गर्ने र सडक सुरक्षाका सन्दर्भमा बन्ने कानुनबाट व्यवस्थित गरिने बताए । सिनियर डिभिजनल इन्जिनियर भुसालले भेहिकल फिटनेस टेस्ट लेनको प्रयोग अनिवार्य हुनुपर्ने भए पनि नेपालमा कार्यविधि र ऐन नहुँदा प्रयोगविहीन भएको बताए ।

टिपर दुर्घटना हुँदा दुई युवकको मृत्यु तीन घाइते

तेह्रथुमको लालीगुराँस नगरपालिका(९ काँडेमा टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा परी अरु ३ जना गम्भीर घाइते भएका छन् ।

दुर्घटनामा परी टिपरमा सवार झापाको मेची नगरपालिका(१५ का २३ वर्षीय सुगम चौधरी र सिन्धुपाल्चोक घर भएका २४ वर्षीय साधु श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ । मादी नगरपालिका(४ संखुवासभा घर भएका ४० वर्षीय दिनेश तामाङ, झापा घर भएका २१ वर्षीय समिर चौधरी र उमेर नखुलेका बिष्णु थामी घाइते भएका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बसन्तपुरका अनुसार म्याङलुङ(बसन्तपुर सडक खण्डको काँडेबाट लसुनेबजारतर्फ आउँदै गरेको को १ ख ५८२९ नम्वरको टिपर बुधबार बेलुकी साढे ६ बजेतिर सडकबाट १ सय ५० मिटर तल खसेको थियो । दुर्घटनापछि घाइते उनीहरुलाई उपचारका लागि बसन्तपुर अस्पताल पुर्‍याइएको थियो ।

थामीको अवस्था गम्भीर भएकाले थप उपचारका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानतर्फ पठाइएको प्रहरीले जनाएको छ । घाइते अन्य २ जनाको बसन्तपुर अस्पतालमा उपचार भइरहेको छ । चालकको लापरवाहीको कारण टिपर अनियन्त्रित भएर सडकबाट खसेको हुन सक्ने प्रहरीको अनुमान छ ।

पाथीभरा मन्दिरमा १ महिनाको भेटी ३५ लाख भन्दा बढी

ताप्लेजुङमा अवस्थित पाथीभरा देवीको मन्दिरमा एक महिनामा रु ३५ लाखभन्दा बढी भेटी रकम सङ्कलन भएको छ।

पाथीभरा दर्शन गर्न पुगेका भक्तजनले चढाएको तथा दान गरेको भेटी रकम रु ३५ लाखभन्दा बढी रहेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले जानकारी दिए।

उनका अनुसार पुसमा मात्र कूल रु ३५ लाख २९ हजार भेटी रकम सङ्कलन भएको हो। पुसमा भक्तजनले पाथीभरा देवीका नाममा चढाएको र दान गरेको भेटी रकम सङ्कलन गरी सार्वजनिक गरिएको समितिले जनाएको छ।

सङ्कलित यो रकम नेपाल बैङ्क लिमिटेड, सानिमा बैङ्क र एनएमबी बैङ्कमा रहेको समितिको खातामा जम्मा गरिएको पनि उनले बताए। सङ्कलित पुसको यो पछिल्लो समेत गरी पाथीभरामा जम्मा भएको भेटी रकम रु आठ करोड ७० लाख ५२ हजार पाँच सय ४८ पुगेको छ।

सर्वोच्चले माग्यो लैंगिक अल्पसंख्यकलाई निजामति सेवामा निषेध गर्नुको कारण

सरकारी नोकरीमा आरक्षण माग्दै यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायले दायर गरेको रिटलाई सर्वोच्च अदालतले अग्राधिकार दिएको छ । यौनिक तथा लैङ्गिक अल्पसंख्यक समलिङ्गी तेस्रोलिंगी, अन्तरलिंगी,दुईलिंगी समुदायको हक अधिकारका लागि स्थापना भएको ‘मायाको पहिचान नेपालले दायर गरेको रिटलाई सर्वोच्च अदालतले अग्राधिकार दिएको हो ।

‘प्रस्तुत निवेदनको विषयवस्तुको गाम्भीर्यता समेतलाई विचार गर्दा, चाँडो किनारा हुनुपर्ने प्रकृतिको देखिँदा प्रस्तुत रिट निवेदनलाई सर्वोच्च अदालत नियमावली २०७४ को नियम ७३ बमोजिम अग्राधिकार दिई नियमानुसार गरी पेस गर्नुहोला’आदेशमा लेखिएको छ ।
न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायलाई निजामति सेवामा समावेश नगराउनुको कारण माग गर्ने आदेश पनि दिएको छ ।

निजामती सेवामा समावेश हुन पाउनु पर्ने माग गर्दै ‘मायाको पहिचान नेपाल’ का सचिव सुरेन्द्र पाण्डेसहित ४ जनाले दायर गरेको रिटमा सर्वोच्च अदालतले विपक्षी सरकारका नाममा १५ दिनभित्र महान्यायाधिवक्ताको कार्यालय मार्फत लिखित जवाफ पेस गर्न आदेश जारी गरेको हो ।

इजलासले अन्तरिम आदेश भने दिएको छैन । तर, विषयवस्तुको गाम्भीर्यता समेतलाई विचार गर्दा चाँडो किनारा हुनुपर्ने प्रकृतिको देखिएकाले अग्राधिकार दिएर पेस गर्न अदालतले आदेश दिएको छ । यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको छुट्टै कानुन नबनेकाले लोक सेवा आयोगले अब लिने परीक्षामै सहभागी गराउने मागमा अन्तरिम आदेश दिन इजलासले अस्वीकार गरेको वरिष्ठ अधिवक्ता केदार दाहालले बताए ।

लोक सेवा आयोगको अब खुल्ने परीक्षामै सहभागी गराउने आदेश माग गरिएको थियो,’ वरिष्ठ अधिवक्ता दाहालले भने, ‘कानुन नबनेकाले कार्यान्वयन नहुने सम्भावना देखेर इजलासले अन्तरिम आदेश भने दिएन।’

इजलासले छिटो न्याय निरूपण गर्नुपर्ने भन्दै रिटलाई अग्राधिकारमा राख्ने आदेश दिनु सकारात्मक भएको मायाको पहिचान नेपालका कार्यकारी निर्देशक रहेका एसियाकै पहिलो समलिङ्गी सांसद सुनिलबाबु पन्तले बताए ।

नेपालमा पहिलो इन्द्रेणी विवाह दर्ता गर्ने सुरेन्द्रसहितको रिट निवेदनमा अब सरकारबाट लिखित जवाफ प्राप्त भए पछि फेरि सुनुवाइ हुनेछ । नेपालमा २०७८ को जनगणना अनुसार यस समुदायको जनसंख्या २९२८ छ । तर निवेदकहरूले विगतको अनुभवको आधारमा नेपालको जनसंख्याको पाँचदेखि ७ प्रतिशत यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरू रहेका दाबी गरेका छन् ।

इटहरीमा पेट्रोल सवारीलाई विद्युतीयमा रुपान्तरण गर्न सकिने व्यवस्था गरेपछि

इटहरी उपमहानगरपालिकाले इन्धनबाट चल्ने सवारी साधनलाई विद्युतीय सवारीमा रुपान्तरण गरेको छ ।
सरकारले सवारी तथा यातायात व्यवस्था ऐनमा संशोधन गर्दै विद्युतीय गाडीमा रुपान्तरण गर्न सकिने व्यवस्था गरेपछि इटहरी उपमहानगरले पेट्रोलियमबाट विद्युतीय सवारीमा रुपान्तरण गरेको हो ।
उपमहानगरपालिकाले सम्याति इलेक्ट्रो व्हील्स प्रालिसँगको सम्झौतामा पहिलो चरणमा दुई वटा मोटरसाइकललाई विद्युतीयमा रुपान्तरण गरिएको मेयर हेमकर्ण पौडेलले बताए । संघीय सरकारले मर्मत गरेर उपयोगमा आउन नसक्ने र २० वर्ष अवधि पुगेका सवारीसाधनलाई लागतका आधारमा विद्युतीय सवारीसाधनमा रुपान्तरण गर्न सकिने व्यवस्था गरेको थियो ।

देशमै पहिलो पटक स्थानीय तहले यो कामको सुरुवात गरेको पौडेलको दाबी छ । सम्याति इलेक्ट्रो व्हील्स प्रालिका सञ्चालक आदित्य आचार्यले मोटरसाइकललाई बिधुतीयमा रुपान्तरण गर्न सक्षम रहेको बताए ।