२ माघ २०८०, मंगलवार २१:३१ – Page 10 – Nagarikabhiyan : National News

सुनसरीको भोक्राहामा मोटरसाईकल दुर्घटना हुँदा १ जनाको मृत्यु

सुनसरीको भोक्राहा नर्सिङ गाउँपालिका ४ स्थित पुर्व पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।

सोमवार दिउँसो पुर्वबाट पश्चिमतर्फ जादै गरेको वा। ६६ प ४१९२ नम्बरको मोटरसाईकल र विपरित दिशाबाट आउदै गरेको प्रदेश १(०२(०५ प ३४३२ नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा घाईते भएका मोटरसाईकल चालक मध्ये ३४३२ का चालक बिरेन्द्र कुमार साहको उपचारको क्रममा जिल्ला अस्पताल ईनरुवामा मृत्यु भएको हो।

दुर्घटनामा परी घाईते भएका अर्का मोटरसाईकल चालक २६ बर्षीय भईसन तामाङ र पछाडी सवार २३ बर्षीय विल्सन राईको उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

जाजरकोट भूकम्पपछि साढे ६ सय परकम्प आउनेक्रम जारी

 

जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर आएको भूकम्पका परकम्प आउनेक्रम जारी छ । कात्तिक १७ मा ६।४ म्याग्निच्युडको भूकम्पपछि त्यस क्षेत्रमा साढे ६ सय परकम्प आइसकेको भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

केन्द्रका भूकम्पविद् लोकविजय अधिकारीले परकम्प अझै आउने बताए । ‘जाजरकोट भूकम्पपछि उक्त केन्द्रमा साढे ६ सय परकम्प आइसकेको छ,’ उनले भने नेपाल भूकम्पीय जोखिम क्षेत्र भएकाले अरु क्षेत्रमा पनि कम्पन आइरहको छ ।जाजरकोट भूकम्प अध्ययनका लागि नास्ट र भूकम्प अनुसन्धान केन्द्रले रुकुमको दुई र जाजरकोटको दुई ठाउँमा भूकम्प मापन प्राविधिक यन्त्र सिस्मोमिटर  जडान गरेको थियो । ती उपकरणले निरन्तर संकेत दिइएरहेको उनले बताए ।

नास्टले बारेकोट रामीडाँडा केन्द्रविन्दु सीमा जोडिएको कुशे गाउँपालिका  रुकुम पश्चिमको खलंगा र गोतामकोट र भूकम्प मापन केन्द्रले बारेकोट २ भूकम्प मापनयन्त्र जडान गरिएको थियो ।
भूकम्पले जाजरकोट र रुकुम पश्चिममा भूकम्पले ल्याएको कहर ठूलो छ । बारेकोट रामीडाँगा केन्द्रविन्दु बनाएर आएको भूकम्पले १७ हजार ८ सय ६५ पूर्ण र ४३ हजार ९ सय २४ गरी ६१ हजार ७ सय ८९ मा क्षति पुगेको छ । यसबाट करिब ६७ हजार ३ सय १० परिवार प्रभावित भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ । भूकम्पमा परी १ सय ५७ को मृत्यु र ३ सय ७२ घाइते भएका थिए । भूकम्पपछि चिसोका कारण ३५ मृत्यु भइसकेको छ ।

भूकम्पविद् अधिकारीले भूकम्प गएको क्षेत्रमा निरन्तर परकम्प जानु सकारात्मक भए पनि जोखिम हटिसकेको भन्न नमिल्ने बताए । ‘नेपाल साना भूकम्प गइरहने क्षेत्र हो । ठूलो गएपछि मात्र सबैका ध्याना जान्छ उनले भने ‘ठूलो भूकम्प जहिले पनि जान सक्छ । त्यसका लागि भौतिक संरचना बलियो हुनुपर्छ तर त्यतातिर ध्यान जान सकेको छैन ।

उनले २०७२ को भूकम्पपछि शिक्षा लिएर नेपालको पश्चिम भागमा भूकम्प प्रतिरोधी संरचना बनाउने अभियान चलाएको भए जाजरकोट भूकम्पबाट ठूलो क्षतिबाट बच्ने सम्भावना भएको बताए । हरेक वर्ष भूकम्प सुरक्षा दिवस मनाइन्छ । तर भूकम्प प्रतिरोधी संरचना बनाउन पालिकाहरु सचेत भएको पाइएन उनले भने, भूकम्पबाट सुरक्षित हुन पहिले भूकम्प प्रतिरोधी संरचना बनाउने अभियानै चलाउनु पर्‍यो ।

उनले स्थानीय सरकारको रुपमा रहेका पालिकाले अनिवार्य भूकम्प प्रतिरोधी निर्माण गर्न पहल गर्नुपर्ने बताए । ‘नेपालमा कुनै बेला ठूलो भूकम्प जान सक्छ । त्यसबाट सुरक्षित रहन पालिकाले योजना बनाएरै काम गर्नुपर्ने देखिन्छ उनको भनाइ छ भूकम्प गएको क्षेत्रमा मात्र प्रतिरोधी संरचना बनाएर भएन अब । देशभर नै अभियान सुरु गर्नुपर्छ ।

इलामका विभिन्न पर्यटकीय स्थलहरुमा हिमपात

इलामका उच्च पहाडी पर्यटकीय स्थलहरुमा हिमपात भएको छ । सन्दकपुर, माईजोगमाई गाउँपालिका र सूर्योदय नगरपालिका १ स्थित पर्यटकीय क्षेत्रमा हिमपात भएको हो । कोशी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य सन्दकपुर लगायत उत्तरी पर्यटकीय क्षेत्रमा बाक्लो हिमपात भएको जौबारीको होमस्टे व्यवसायी लक्की सेर्पाले बताइन् ।

वर्षापछि हिमपात हुँदै आएपछि यस एक्कासि हिमपात भएको उनले बताइन् । बिहान ११ बजेबाट सुरु भएको हिमपात अहिलेसम्म भइरहेको छ । सूर्योदय नगरपालिका १ को मानेभञ्ज्याङ्गदेखि प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य सन्दकपुर र तीन सिमाना फालुटसम्म हिमपात भएको पर्यटन व्यवसायी प्रमोद नेपालले बताए ।

हिमपात भएपछि हिउँ खेल्न स्थानीयहरू आउन थालेका छन् । पर्यटकीय क्षेत्र चित्रे, लामिधुरा, मेघमा, तुम्लिङ्ग, टङ्लु, जौवारि, गैरीबास, कैयाकट्टा, कालपोखरी, चौरीचौक, सन्दकपुर र फालुट क्षेत्र पर्यटकीय गन्तव्य हुन् । यी पर्यटकीय क्षेत्रमा दैनिक नेपाल र भारत भएर २ हजार बढी पर्यटकहरू भ्रमणका लागि आउने गरेका छन् ।

विशेष अदालतले खोल्यो ललिता निवासको फाइल

विशेष अदालतले ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा बनाई भ्रष्टाचार गरेको अभियोगसम्बन्धी मुद्दाको अन्तिम सुनुवाइ थालेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको भ्रष्टाचार मुद्दा ४ वर्षपछि अन्तिम सुनुवाइ सुरु गरेको हो। उक्त मुद्दा न्यायाधीशहरु खुशी प्रसाद थारु, राम बहादुर थापा र रितेन्द्र थापाको इजलासमा पेसी तोकिएको छ।

मंगलबार उक्त मुद्दामा सरकारी पक्षले बहस सुरु गरेको हो। सरकारी वकिल कार्यालयका अनुसार उनीहरुले मुद्दा लामो र धेरै प्रतिवादी भएका कारण समय लाग्ने भनेपछि इजलासले निरन्तर सुनुवाइ गर्ने भनेको छ। सरकारी वकिलहरुले ओपनिङमा गरेको र बहस केही दिन चल्ने विशेष सरकारी वकिल कार्यालयले जनाएको छ। १७५ जना प्रतिवादी रहेको र पूर्वमन्त्री, सचिवसमेत जोडिएको ठूलो मुद्दा भएकाले विशेष सरकारी वकिलको कार्यालयले समय लिएर बहस गर्ने राय इजलासमा पेस गरेको थियो।

सरकारी वकिलहरुको बहस सकिएपछि प्रतिवादीका कानुन व्यवसायीले बहस गर्ने पालो पाउनेछन्। उक्त मुद्दामा बहस गर्नका लागि वरिष्ठ अधिवक्ताहरुको लाइन रहेको छ। भिआइपी प्रतिवादीहरु रहेका कारण एउटै प्रतिवादीले धेरै वरिष्ठ अधिवक्तालाई बहसका लागि नियुक्त गरेकाले समय लाग्ने अदालतले जनाएको छ।

विशेष अदालतले माग गरेको फाइल प्राप्त नहुँदा लामो समयदेखि यो विवाद विशेष अदालतमा अड्केको थियो। नेपाल सरकार गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालय काठमाडौंले लिखित जवाफ पेस गरेपछि यो मुद्दा पेसीमा चढेको थियो।

अख्तियारले ललिता निवासको ११३ रोपनी सरकारी जग्गा व्यक्तिको बनाएको २२ माघ २०७६ मा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो। ललिता निवास जग्गा प्रकरणमा अख्तियारले ४ पूर्वमन्त्री र ३ पूर्व सचिवसहित १७५ जनालाई प्रतिवादी बनाएको थियो। अख्तियारले नेपाली काग्रेसका उप सभापति समेत रहेका विजय गच्छदारसहितका व्यक्तिलाई उक्त प्रकरणमा संलग्न भएको भनी मुख्य प्रतिवादी बनाएको थियो।

अख्तियारले दायर गरेको मुद्दा दर्ताको प्रक्रिया सकिएपछि विशेष अदालतले २०७६ माघमै प्रतिवादीहरुलाई अदालतमा उपस्थित हुन म्याद जारी गरेको थियो। अदालतको म्यादअनुसार प्रतिवादी ९अभियुक्त०हरु उपस्थित भएपछि विशेषले सुनुवाइ गर्दै सबैलाई धरौटीमा रिहा गरेको थियो। केही अभियुक्तहरु भने साधारण तारखेमा पनि रिहा भएका थिए।

ललिता निवास प्रकरणमा अख्तियारले ११० जनालाई अभियोगमा संलग्न भएको दाबी गरेको थियो भने ६५ जनालाई जग्गा फिर्ता तथा सम्पत्ति जफत प्रयोजनका लागि प्रतिवादी बनाएको थियो।

ललिता निवासको मुद्दामा मन्त्रीको जिम्मेवारी सम्हालिसकेका नेताहरु, अख्तियारकै पूर्व प्रमुख आयुक्त, भूमिसुधार तथा मालपोतका कर्मचारी तथा जग्गा खरिदबिक्री गर्नेहरु अभियुक्त बनाइएका थिए। पूर्वभूमिसुधारमन्त्री चन्द्रदेव जोशी र डम्बर श्रेष्ठ, पूर्वसचिवहरु छविराज पन्त, दिनेशहरि अधिकारी र दीप बस्न्यात तथा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको थियो।

पुलिस र सुदूरपश्चिमको लगातार दोस्रो जित बाग्मतीको जितमा सूर्य तामाङले लिए ह्याट्रिकु सहित ६ विकेट

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल प्रहरीको पुलिस क्लब र सुदूरपश्चिम प्रदेश लगातार दोस्रो खेलमा विजयी भएका छन् ।

पुलिसले कोशी प्रदेशलाई ७ विकेटले हरायो । कोशीले दिएको १ सय ६७ रनको लक्ष्य पुलिसले २३ ओभर १ बलमा ३ विकेट गुमाएर भेटायो । पुलिसका अर्जुन साउदले नट आउट ६२ रन बनाए । यस्तै दीपेन्द्रसिंह ऐरी १७ बलमा ३८ रन बनाउँदै नट आउट रहे ।

यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कोशी ४८ ओभर २ बलमा १ सय ६६ रनमा अल आउट भयो । कोशीका सुजन थपलियाले शतक बनाए पनि अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् । पुलिसका करण केसीले ३ तथा ललित राजवंशी र सुनिल धमलाले समान २ विकेट लिए । यो जितसँगै पुलिस ४ अङ्कसहित तालिकाको तेस्रो स्थानमा छ । कोशीको यो लगातार तेस्रो हार हो ।

प्रतियोगिताको अर्को खेलमा सुदूरपश्चिमले कर्णाली प्रदेशलाई १ सय ३४ रनले हरायो । सुदूरपश्चिमले दिएको २ सय ७८ रनको लक्ष्य पछ्याएको कर्णाली ३७ ओभर २ बलमा १ सय ४३ रनमा अल आउट भयो । कर्णालीका दिवन पुनले सर्वाधिक ३८ रन बनाए । सुदूरपश्चिमका शेर मल्लले ४ विकेट लिए ।

यसअघि भैरहवाको सिद्धार्थ क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले ५० ओभरमा ५ विकेट गुमाएर २ सय ७७ रन बनायो । सुदूरपश्चिमका ३ जना खेलाडीले अर्धशतक बनाए । उसका खडक बोहोरा ८०, टेक रावत ५९ र किरण ठगुन्नाले ५० रन बनाए । कर्णालीका दिनेश अधिकारी, उनिस सिंह, प्रकाश जैशी र दीपेन्द्र रावतले समान १ विकेट लिए । यो जितसँगै सुदूरपश्चिम ४ अङ्कसहित दोस्रो स्थानमा छ । कर्णाली २ खेलमा २ अङ्कसहित ८ औँ स्थानमा छ ।

यस्तै अर्को खेलमा बाग्मती प्रदेशले मधेस प्रदेशलाई ८६ रनले हराएको छ । बाग्मतीले दिएको १ सय ९१ रनको लक्ष्य पछ्याएको मधेस २९ ओभरमा १ सय ४ रनमा अल आउट भए । मधेसका पवन सर्राफले सर्वाधिक ४५ रन बनाए । बाग्मतीका सूर्य तामाङले ुह्याट्रिकु सहित ६ विकेट लिए ।

यसअघि मूलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको बाग्मती ४९ ओभर २ बलमा १ सय ९० रनमा अल आउट भयो । बाग्मतीका प्रतिस जीसीले ५९ रन बनाए । मधेसका रुपेश सिंह र अर्निको यादवले समान २ विकेट लिए । यो जितसँगै बाग्मती २ अङ्कसहित छैटौँ स्थानमा छ । मधेस समान अङ्क भए पनि नेट रन रेटको आधारमा सातौँ स्थानमा छ ।

उपत्यकामा फाट्टफुट्ट वर्षा पर्सिसम्म मौसम नखुल्ने

पश्चिमी वायुको प्रभावका कारण अहिले देशैभरको मौसममा सामान्यदेखि आंशिक बदली भएको छ । जसका कारण देशका पहाडी भूभागका एक–दुई स्थान सहित उपत्यकामा फाट्टफुट्ट पानी परेको छ ।

मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गङ्गा नगरकोटीले भने, “आज काठमाडौँ उपत्यकाको भक्तपुर आसपास, दोलखा र ताप्लेजुङलगायत क्षेत्रमा छिटफुट पानी परेको छ । पानी १० मिलिमिटर भन्दा कम परेको छ ।”

उनका अनुसार उच्च हिमाली भेगमा हिमपात समेत भएको छ । अहिले लुक्ला आसपासमा ठुलो मात्रामा हिमपात भएको उनको भनाइ छ । राति कर्णाली र सुदूरपश्चिम प्रदेशमा मौसम सफा नै रहने छ । गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी एक–दुई स्थानमा छिटफुट वर्षा हुने मौसमविद् नगरकोटीको भनाइ छ ।

मौसमविद् नगरकोटीका अनुसार मौसम पर्सिसम्म खुल्ने सम्भावना छैन । उनले भने, “पश्चिमी वायुको प्रभावका कारण मौसम पर्सिसम्म पूर्णतया खुल्ने सम्भावना छैन, देशैभरको मौसम आंशिक बदली हुने र तराईमा हुस्सुरकुहिरो लाग्नाले चिसो अझै बढ्नेछ ।

अत्तरिया महोत्सवमा पल शाहलाई स्टेज सम्म पुर्याउन आयोजकलाई हम्मे हम्मे लामिताल ग्राउन्ड भरिभराउ

अत्तरिया-कैलालीको अत्तरिया मा जारी प्रादेशिक महोत्सवमा अहिलेसम्म कै रेकर्ड ब्रेक भएको छ । मंगलबार महोत्सवस्थल लामिताल ग्राउन्ड भरिभराउ बनेको थियो ।
अभिनेता शाह आउने खबर पाएपछि मंगलबार महोत्सवस्थल लामिताल ग्राउन्ड भरिभराउ बनेको थियो । अभिनेता पल शाहलाई स्टेज सम्म पुर्याउन आयोजकलाई हम्मे हम्मे परेको थियो ।

पल शाह स्टेजमा चढेपछी केहिबेर महोत्सव अस्तब्यस्त समेत भएको थियो ।उनले आफ्ना फ्यानहरु संग स्टेजबाट नै हात मिलाउन खोज्दा सुरक्षाकर्मीलाई समेत गार्हो भएको थियो । महोत्सवमा सांझ अबेरसम्म नै भिड रहेको थियो।

सोमबार १८ हजार बढी दर्शकले अबलोकन गरेको महोत्सवमा आज ३० हजार बढी दर्शकले अबलोकन गरेको अनुमान गरिएको छ । आज चर्चित अभिनेता पल शाह र गायिका एलिना चौहानले प्रस्तुति दिएका छन ।

आयोजक अत्तरिया उधोग बाणिज्य संघका अध्यक्ष कल्याण सिँ बोहराले आज महोत्सवमा अत्यधिक भिड भएका कारण टिकट बिक्रिबितरण केहिबेर रोकिएको बताए ।
उनले आज बिहान १० बजे देखि नै दर्शक आउन शुरु भएको र ४ बजे सम्म उस्तै भिड रहेको बताए । अभिनेता पल शाहलाई स्टेज सम्म पुर्याउन आयोजकलाई हम्मे हम्मे परेको थियो । पल शाह स्टेजमा चढेपछी केहिबेर महोत्सव अस्तब्यस्त समेत भएको थियो ।

उनले आफ्ना फ्यानहरु संग स्टेजबाट नै हात मिलाउन खोज्दा सुरक्षाकर्मीलाई समेत गार्हो भएको थियो । महोत्सवमा सांझ अबेरसम्म नै भिड रहेको थियो।

माल्टाको लोभ देखाएर ४३ लाख लिएर फरार भएकी युवती पक्राउ

माल्टाको लोभ देखाएर ४३ लाख रुपैयाँ लिएर फरार भएकी युवती पक्राउ परेकी छिन्। पक्राउ पर्नेमा पाल्पाको बग्नासकाली गाउँपालिका–१ घर भएकी ३० वर्षीया मायादेवी राना हुन्।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले स्वयम्भूबाट पक्राउ गरेको हो। उनले राम्रो काम र दाम हुने र माल्टा जान ८ लाख लाग्ने प्रलोभन देखाएर विभिन्न व्यक्तिहरुबाट ४३ लाख रुपैयाँ लिएर फरार भएकी थिइन्।

मासिक डेढ लाख रुपैयाँ आम्दानी हुने प्रलोभन देखाएर माल्टा जाने भन्दै युवायुवतीले मायादेवीलाई रकम बुझाएका थिए। पक्राउ परेका मायादेवीलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको अपराध अनुसन्धान कार्यालयका एसपी मिलन केसीले जानकारी दिए।

चितवनमा खाना पकाउने ग्यास सिलिण्डर पड्किँदा एकजनाको मृत्यु

पश्चिम चितवनको फूलबारीमा खाना पकाउने ग्यास सिलिण्डरबाट ग्यास चुहावट भइ पड्किँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१५ डेरीचोकका ५० वर्षीय मनिष थापा रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

कार्यालयका प्रहरी नायब उपरीक्षक श्रीराम भण्डारीका अनुसार आफ्नै कोठामा खाना बनाउने क्रममा ग्यास चुहावट भएर सिलिण्डर पड्किँदा थापाको सोमबार मृत्यु भएको प्रारम्भिक अनुमान गरिएको छ ।

स्थानीय अविनाश फटिलाइजर कम्पनीको हातभित्र आगलागी भएको हो । घटनाको थप अध्ययन भइरहेको उनले बताए ।

टर्कीमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु ३० घाइते

एजेन्सी । टर्कीको दक्षिणी मेर्सिन प्रान्तमा भएको सडक दुर्घटनामा कम्तीमा ९ जनाको मृत्यु हुनुका साथै ३० जना घाइते भएका छन् ।
मुग्ला प्रान्तको दक्षिणपश्चिमी मारमारिस जिल्लाबाट मार्डिन प्रान्ततर्फ जाँदै गरेको यात्रुवाहक बस डि–४०० राजमार्गमा रहेको मर्सिनको येनिकास छिमेकी नजिकै एउटा ब्यारियरमा ठोक्किएर पल्टिएको हो ।

घाइतेहरूलाई एम्बुलेन्सद्वारा अस्पतालमा लगिएकोछ । ४० यात्रु बोकेको यात्रुवाहक बस सुरुङबाट बाहिर निस्कँदा चालकले स्टेयरिङ ह्वीलमाथि नियन्त्रण गुमाउँदा खाल्डोमा पल्टिएको मर्सिन प्रान्तका गभर्नर अली हम्जा पहलिभानले बताए ।
थभर्नरले वर्षाको मौसमका कारण चिसो सडकले दुर्घटनामा प्रमुख भुमिका खेलेको बताए ।

१५ हजारलाई रोजगारी दिनेगरी गौरवका योजनाहरू अघि सारेका छौँ सुनिता डंगोल

काठमाडौँ महानगरकी उपप्रमुख सुनिता डंगोलले हरेक वर्ष १५ हजार महानगरवासीलाई रोजगारी दिनेगरी १० वटा गौरवका योजनाहरू अघि सारिएको बताएकी छन् ।
मंगलवार काठमाडौँमा महानगर गौरव योजना ‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’ कार्यक्रमको समुद्घाटन कार्यक्रममा बोल्दै यस्तो बताएकी हुन् ।

उनले महानगरवासीलाई स्वरोजगार बनाई आय वृद्धिका लागि महानगरले गौरवका योजनामार्फत सीप विकासको काम गर्न लागेको बताइन् । उनले १० वटा गौरवका योजनाहरूमा महत्वपूर्ण योजना रोजगारीसँग जोडिएको बताइन् ।

उपप्रमुख डंगोलले महानगरले हरेक वर्ष कम्तीमा १५ हजार महानगरवासीलाई दक्षजनशक्ति बनाएर रोजगारी दिने क्षमता राख्नुपर्ने लक्ष्य लिएर काम गरिहरेको उल्लेख गरिन् ।
उनले सीप र दक्षता भएकालाई रोजगार दिने र जनशक्ति उत्पादन बीचको खाडल पूर्ण महानगरले सीप विकास तालिम दिने बताइन् ।

उनले भनिन्आ गामी तीन वर्षमा पूरा गर्नेगरी १० वटा गौरवका योजनाहरू अघि सारेका छौं । ती योजनाले तीन वर्षमा ट्रान्जिवल परिणाम दिने अपेक्षा राखेका छौँ । जसमध्ये महत्वपूर्ण गौरवको आयोजना रोजगारीमा जोडिएको छ । रोजगारी र आय वृद्धि काठमाडौँको समृद्धि नाराका साथमा कार्यक्रम अघि सारेका छौं ।

यो कार्यक्रमको लागि १० करोड बजेट पनि छुट्याएका छौं । कम्तीमा पनि १५ हजार जना महानगरवासीलाई रोजगारी दिनसक्ने क्षमता राख्नुपर्ने लक्ष्य लिएका छौँ । सीप र दक्षता भएकालाई रोजगार दिने र जनशक्ति उत्पादन बीचको खाडल पूर्ण केही पहलकदमी गनुपर्छ भनेर काठमाडौं महानगरपालिकाले दक्ष कामदार उत्पादन गर्ने र रोजगारी दिनेहरुबीचमा पुलको काम गर्दैछौं । विभिन्न रोजगारदाताहरू र दक्ष सीप सिकाउनेहरूसँग पनि सहकार्य गर्दैछौं ।

जसले गर्दा अध्ययन गरे अनुसारको काम पाउनु र पढाई पनि बजारमा आवश्यकता भएको जनशक्ति उत्पादन होस् भन्ने उद्देश्य रहेको छ । नेपाल साइवर सेक्युरिटिज छात्रवृत्ति कार्यक्रमले पनि यो खाडल पूर्ण योगदान पुर्याउनेछ । यो कार्यक्रमको उद्देश्य रोजगारी आय वृद्धि र क्षमता विकास गर्ने विश्वास लिएका छौँ ।

उनले तालिमको उद्देश्य रोजगारी,आय वृद्धि र क्षमता विकास गर्ने रहेको बताइन् ।

चितवनमा दश महिनापछि कोरोना सङ्क्रमण पुष्टि सूचना अधिकारी पौडेल

चितवनमा १० महिनापछि कोरोना सङ्क्रमण देखिएको छ ।
भरतपुर अस्पतालका सूचना अधिकारी गोपाल पौडेलका अनुसार आइतबार र आज गरिएका छुट्टाछुट्टै परीक्षणमा २९ वर्षे र ६६ वर्षे पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

निमोनियाका कारण उपचारका लागि अस्पताल आएका वृद्धको कोरोना परीक्षणका क्रममा सङ्क्रमण पुष्टी भएपछि उनलाई अस्पतालमै राखी उपचार सुरु गरिएको सूचना अधिकारी पौडेलले बताए । साथै २९ वर्षे पुरुषलाई होम आइसोलेसनमा राखिएको उनको भनाइ छ ।

जिल्लामा १० महिनापछि पुनः कोरोनाको सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालय चितवनकी जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालले जानकारी दिए। जिल्लामा पछिल्लो पटक गत चैतमा कोरोना सङ्क्रमण देखिएको थियो ।

कोरोना सङ्क्रमण देखिएपछि स्वास्थ्य कार्यालय चितवनले सबैलाई सतर्कता अपनाउनका लागि अनुरोध गरेको छ । कार्यालयले कोरोना सङ्क्रमणबाट बच्न सामाजिक दुरी कायम गर्ने, माक्सको प्रयोग गर्ने, साबुन पानीले हात धुन सुझाव दिएको छ ।

राज्यको कमजोरीले यातायात क्षेत्र समस्याग्रस्त छ वरिष्ठ उपाध्यक्ष सिटौला

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले राज्यको कमजोरीले यातायात क्षेत्र समस्याग्रस्त अवस्थामा रहेको आरोप लगाएका छन्।

मंगलवार धनगढीमा यातायात व्यवसायीहरुसँगको छलफलमा वरिष्ठ उपाध्यक्ष सिटौलाले यस्तो आरोप लगाएका हुन्। उनले विगतको सरकारले कुनै अध्ययन र अनुसन्धानबिना यातायात समितिहरुलाई कम्पनीमा लैजाने निर्णयले यातायात क्षेत्र तहसनहस भइरहेको आरोपसमेत लगाए।

उनले सरकारले यातायात क्षेत्रको सिण्डिकेट हटाउने नाममा अनुसन्धानबिना कम्पनीमा रुपान्तरण गर्ने निर्णयले यातायात क्षेत्र धराशायी भएको उल्लेख गरे। यातायात क्षेत्र वर्तमान अवस्थामा अभिभावकविहीन अवस्थामा रहेको वरिष्ठ उपाध्यक्ष सिटौलाको भनाई छ।

उनले २०३४ अन्तर्गतका संस्थाहरु आज पनि निलम्वबत वा कोमामा रहेको बताए। उनले यातायात क्षेत्र कम्पनीमा लैजाने निर्णयपछि बन्नुपर्ने नीति र कार्यविधि अहिलेसम्म बन्न नसकेको बताए।

जङ्गली बँदेलको आक्रमणबाट एकको मृत्यु एक घाइते

डोटीमा जङ्गली बँदेलको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । केआइसिंह गाउँपालिका–१ की ३५ वर्षीया जगुलीदेवी भुलको बँदेलको आक्रमणबाट आज मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक सीताराम विष्टका अनुसार बँदेलको आक्रमणबाट गर्दा घाइते भएकी जगुलीको उपचारको क्रममा जिल्ला अस्पताल डोटीमा मृत्यु भएको हो। आज बिहान नजिकै घाँस काट्ने क्रममा बँदेलले आक्रमण गर्दा जगुलीसहित सोही ठाउँका ७२ वर्षीय भगी भुल घाइते भएका थिए। भुलको जिल्ला अस्पतालमा उपचार भइरहेको छ। उनको टाउकोमा चोट लागेको जनाइएको छ।

विपद्सँग जुध्ने संरचनाको निर्माण गरौँ उपप्रमुख डङ्गोल

काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले विद्यालयलाई पहिलो प्राथमिकतामा राखेर विपद्सँग जुध्ने संरचनाको निर्माण गर्नुपर्ने बताएकी छिन् । आज महानगरपालिकाले भूकम्प दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले धेरै मानिसहरूको सङ्ख्या विद्यालयमा हुने भएकाले विद्यालय पुनः निर्माणको काम थाल्न जरुरी भइसकेको बताइन् ।

उनले विद्यालयको पुनः निर्माणका लागि स्थानीय सरकारको श्रोत साधनले मात्रै नपुग्ने भएकाले प्रदेश र केन्द्र सरकारले आवश्यक चासो दिनुपर्ने बताइन् । भूकम्प लगायतका विपद्मा स्थानीय प्रविधि प्रयोग गर्नुपर्ने बताउँदै उनले आगामी दिनमा विपद्बाट जोगिनका लागि सङ्घ प्रदेश र स्थानीय सरकार मिलेर अघि बढ्नुपर्ने बताइन् ।

उपप्रमुख डङ्गोलले नेपाल भूकम्पको जोखिममा विश्वमा ११ औँ नम्बरमा पर्ने भएकाले कुनै पनि बेला भूकम्प आउन सक्ने अवस्थालाई मध्यनजर गरी विपद् पूर्व तयारी गर्नुपर्ने बताइन् । पूर्व तयारीलाई काठमाडौँ महानगरले प्राथमिकतामा राखेको उनले बताइन ।

 

ब्राजिल फिफा फेयर प्ले अवार्ड बाट सम्मानित

विश्व विजेता अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले फिफा द वेस्ट २०२३ अवार्ड जितेका छन् । सोमबार लन्डनमा आयोजना भएको कार्यक्रममा म्यानचेस्टर सिटीका एर्लिङ हालान्ड र पेरिस सेन्ट जर्मेन पिएसजी का केलियन एमबाप्पेलाई पछि पार्दै इन्टर मायामीका मेस्सीले अवार्ड जितेका हुन् ।

मेस्सीले राष्ट्रिय टोलीका प्रशिक्षक र कप्तानका साथै विश्वभरका खेल पत्रकार र समर्थकहरूले गरेको मतका आधारमा यो अवार्ड पाएका हुन् । मेस्सी र हालान्डले समान ४८ अंक प्राप्त गर्दा राष्ट्रिय टिमका कप्तानहरुको मतका अधारमा विजेता घोषणा गरिएको हो । केलियन एम्बाप्पेले भने ३५ अंक प्राप्त गरेका थिए । मेस्सीले यो अवार्ड सन् २०१९ र २०२२ मा पनि जितेका थिए ।

स्पेनकी आइटाना बोनमाटा पहिलो पटक फिफाको उत्कृष्ट महिला खेलाडी घोषित भएकी छन् । उनले २०२३ मा स्पेनलाई आफ्नो पहिलो विश्वकप उपाधि र बार्सिलोनालाई घरेलु र युरोपेली ट्रेबल गर्न महत्वपूर्ण योगदान गरेकी थिइन् । बोनमाटीले लिन्डा काइसेडो र जेनिफर हर्मोसोको पछि पारिन् ।

मेरी इर्प्स लगातार दोस्रो वर्षको लागि उत्कृष्ट फिफा महिला गोलकिपरको बनिन् । एडरसन २०२३ को उत्कृष्ट फिफा पुरुष गोलकिपर घोषित भएका छन् । म्यानचेस्टर सिटीको ऐतिहासिक ट्रेबल जित्ने अभियानलाई ३० वर्षीय एन्डरसनलाई सम्मान गरिएको हो । इडरसन २३ अंकका साथ शीर्ष स्थानमा रहे, थिबाउट कोर्टोइस २० अंक र यासिन बौनु १६ अंक मा सिमित भएका थिए ।
सरिना विग्म्यानलाई २०२३ को लागि उत्कृष्ट महिला प्रशिक्षक घोषित गरिएको छ । म्यानचेस्टर सिटीका पेप ग्वार्डिओला उत्कृष्ट फिफा पुरुष प्रशिक्षक २०२३ घोषित भएका छन् । इटालियन जोडी लुसियानो स्पालेट्टी १८ अंक र सिमोन इन्जाघी ११ अंक र ग्वार्डिओला २८ अंकसहित उत्कृष्ट घोषित भएका हुन् ।

यसैगरी ब्राजिलका मिडफिल्डर गुइलहेर्मे मद्रुगाको गोल उत्कृष्ट घोषित भयो । उनलाई पुस्कस अवार्ड प्रदान गरिएको थियो । ह्युगो ड्यानियल ‘टोटो’ इनिगेजलाई २०२३ को लागि फिफा फ्यान अवार्डबाट सम्मानित गरिएको छ । ब्राजिललाई फिफा फेयर प्ले अवार्डबाट सम्मानित गरिएको छ ।