१५ हजारलाई रोजगारी दिनेगरी गौरवका योजनाहरू अघि सारेका छौँ सुनिता डंगोल – Nagarikabhiyan : National News

१५ हजारलाई रोजगारी दिनेगरी गौरवका योजनाहरू अघि सारेका छौँ सुनिता डंगोल

काठमाडौँ महानगरकी उपप्रमुख सुनिता डंगोलले हरेक वर्ष १५ हजार महानगरवासीलाई रोजगारी दिनेगरी १० वटा गौरवका योजनाहरू अघि सारिएको बताएकी छन् ।
मंगलवार काठमाडौँमा महानगर गौरव योजना ‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’ कार्यक्रमको समुद्घाटन कार्यक्रममा बोल्दै यस्तो बताएकी हुन् ।

उनले महानगरवासीलाई स्वरोजगार बनाई आय वृद्धिका लागि महानगरले गौरवका योजनामार्फत सीप विकासको काम गर्न लागेको बताइन् । उनले १० वटा गौरवका योजनाहरूमा महत्वपूर्ण योजना रोजगारीसँग जोडिएको बताइन् ।

उपप्रमुख डंगोलले महानगरले हरेक वर्ष कम्तीमा १५ हजार महानगरवासीलाई दक्षजनशक्ति बनाएर रोजगारी दिने क्षमता राख्नुपर्ने लक्ष्य लिएर काम गरिहरेको उल्लेख गरिन् ।
उनले सीप र दक्षता भएकालाई रोजगार दिने र जनशक्ति उत्पादन बीचको खाडल पूर्ण महानगरले सीप विकास तालिम दिने बताइन् ।

उनले भनिन्आ गामी तीन वर्षमा पूरा गर्नेगरी १० वटा गौरवका योजनाहरू अघि सारेका छौं । ती योजनाले तीन वर्षमा ट्रान्जिवल परिणाम दिने अपेक्षा राखेका छौँ । जसमध्ये महत्वपूर्ण गौरवको आयोजना रोजगारीमा जोडिएको छ । रोजगारी र आय वृद्धि काठमाडौँको समृद्धि नाराका साथमा कार्यक्रम अघि सारेका छौं ।

यो कार्यक्रमको लागि १० करोड बजेट पनि छुट्याएका छौं । कम्तीमा पनि १५ हजार जना महानगरवासीलाई रोजगारी दिनसक्ने क्षमता राख्नुपर्ने लक्ष्य लिएका छौँ । सीप र दक्षता भएकालाई रोजगार दिने र जनशक्ति उत्पादन बीचको खाडल पूर्ण केही पहलकदमी गनुपर्छ भनेर काठमाडौं महानगरपालिकाले दक्ष कामदार उत्पादन गर्ने र रोजगारी दिनेहरुबीचमा पुलको काम गर्दैछौं । विभिन्न रोजगारदाताहरू र दक्ष सीप सिकाउनेहरूसँग पनि सहकार्य गर्दैछौं ।

जसले गर्दा अध्ययन गरे अनुसारको काम पाउनु र पढाई पनि बजारमा आवश्यकता भएको जनशक्ति उत्पादन होस् भन्ने उद्देश्य रहेको छ । नेपाल साइवर सेक्युरिटिज छात्रवृत्ति कार्यक्रमले पनि यो खाडल पूर्ण योगदान पुर्याउनेछ । यो कार्यक्रमको उद्देश्य रोजगारी आय वृद्धि र क्षमता विकास गर्ने विश्वास लिएका छौँ ।

उनले तालिमको उद्देश्य रोजगारी,आय वृद्धि र क्षमता विकास गर्ने रहेको बताइन् ।