११ आश्विन २०८०, बिहीबार १५:१२ – Page 7 – Nagarikabhiyan : National News

स्वास्थ्य सेवा बन्द नहुने वातावरण बनाऊ मानव अधिकार आयोग

काठमाडौँ – राष्ट्रिय मानव अधिकार आयोगले कुनै पनि बहानामा स्वास्थ्यकर्मीमाथि आक्रमण, दुव्र्यवहार एवम् कुटपिट नगर्न, स्वास्थ्य संस्थाजस्तो संवेदनशील ठाउँमा तोडफोड र आक्रमण नगर्न आग्रह गरेको छ । स्वास्थ्य सेवा नै बन्द गरी आन्दोलन नगर्न र नागरिकको स्वास्थ्योपचारको हक सुनिश्चित गर्न आयोगले नेपाल सरकार, स्वास्थ्यकर्मी र सबै सरोकारवाला पक्षको ध्यानाकर्षण समेत गराएको छ ।

पछिल्ला केही दिनयता कास्की, मकवानपुर, लमजुङ, चितवन जिल्लालगायत विभिन्न अस्पतालमा कार्यरत चिकित्सकमाथि भएका आक्रमण, दुव्र्यवहार तथा स्वास्थ्य संस्थामा भएको तोडफोड एवम् चिकित्सकले आकस्मिकबाहेक स्वास्थ्य सेवा बन्द गरी आन्दोलनमा उत्रिँदा नागरिकको उपचारमा असर पर्न गएको छ । चिकित्सकको सुरक्षा व्यवस्था, स्वास्थ्य सेवाको निरन्तरता तथा बिरामीले भोग्नु परिरहेको समस्याबारे विभिन्न माध्यमबाट निरन्तर अनुगमन भइरहेकोे आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

गत भदौ २४ गते हेटौँडाको सञ्चो अस्पतालका चिकित्सकमाथि सेवाग्राहीबाट हातपात भएको, असोज ७ गते लमजुङ अस्पतालका चिकित्सकमाथि स्थानीय जनप्रतिनिधिबाट हातपात भएको, असोज ८ गते पोखराको मणिपाल अस्पतालमा चिकित्सकमाथि सेवाग्राहीले कुटपिट, दुव्र्यवहार र आक्रमण गरेको घटनाका सम्बन्धमा आयोगले अनुगमन गरेको हो । पछिल्लो पटक पोखराको मणिपाल अस्पतालमा एक बिरामीको उपचारका क्रममा मृत्यु भएको भन्दै मृतकका आफन्तले चिकित्सकमाथि हातपात र दुव्र्यवहार गरी अस्पतालको भौतिक संरचनामा तोडफोड गर्नाका साथै सुरक्षाकर्मीबाट समेत चिकित्सकमाथि दुव्र्यवहार गरिएको अनुगमनमा देखिएको आयोगले जनाएको छ ।

 

विराटनगरमा एमाले कोशी प्रदेश अधिवेशनको रौनक बहसमा पहिचान मुद्दा

विराटनगर – नेकपा एमालेको कोशी प्रदेश अधिवेशन शुक्रबार र शनिबार विराटनगरमा हुने भएको छ । अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जानकारी बिहीबार पत्रकार सम्मेलन आयोजना गरेर दिइएको छ ।
कोशी प्रदेश अध्यक्ष तुलसी न्यौपानेले अधिवेशन भव्य र सभ्य बनाउन सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएका छन् । अधिवेशनका लागि प्रदेशभरबाट १०५० प्रतिनिधि छनौट हुनेछन् । तर अहिलेसम्म मनोनित गर्ने प्रतिनिधिबारे अन्तिम निर्णय नभएकोले यसको केहि संख्या घट्ने अध्यक्ष न्यौपाने बताएका छन् ।

प्रदेश संरचना बनेपछि एमालेको यो पहिलो नेतृत्व छनौट गर्ने अधिवेशन हुँदैछ । विराटनगरमा आयोजना हुने अधिवेशनको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले बिहीबार मनास्लु होटलमा गर्नेछन् । अधिवेशनका लागि १२ उपसमिति गठन गरिएको छ ।
पाँचजना पदाधिकारी अध्यक्ष, उपाध्यक्ष सचिव र दुई उपसचिवसहित २१५ जनाको प्रदेश कमिटि गठन हुनेछ । अध्यक्षका लागि चुनावी मैदानमा बिनोद ढकाल, घनश्याम खतिवडा उमेदवार हुने देखिएको छ ।
अध्यक्ष न्यौपानेले सकेसम्म सर्वसम्मत नेतृत्व चयन गर्ने यदि नभएमा निर्वाचनको प्रक्रियाबाट टुङ्गो लगाउने जानकारी दिए ।

चिताबाट युवतीको शव बरामद पतिसहित ३ जना पक्राउ

११ असोज, जनकपुरधाम-सर्लाहीमा जलाउन लागिएको एक विवाहित युवतीको शव प्रहरीले चिताबाट नियन्त्रणमा लिएको छ ।

सर्लाहीको रामनगर गाउँपालिका(१ खैर्वाका सुनिल साहकी श्रीमती २१ वर्षीया मनिषा साहको शव प्रहरीले चिताबाट नियन्त्रणम लिएको हो ।

बुधबार दिउँसो मनुषमारा घाटमा जलाउन ठिक्क पारेको अवस्थामा मनिषाको शव नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी दीपेन्द्र पंजियारले जानकारी दिए ।

घटना शंकास्पद देखिएपछि घाटबाटै प्रहरीले युवतीका पतिसहित परिवारका तीन जना सदस्यलाई पनि नियन्त्रणमा लिएको छ ।

क्गशगपष् म्बकजबष्ल इााभच

पति सुनिल, ससुरा रामेश्वर र देवर रामबाबुलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान गरिरहेको डिएसपी पंजियारले बताए ।

परिवारका सदस्यले छारे रोगकी बिरामी मनिषाले आत्महत्या गरेको दाबी गरेका छन् । डिएसपी पंजियारका अनुसार पासो लागेर आत्महत्या गरेको जस्तो देखिएको छ र संकलित प्रमाणको आधारमा घटनाको अनुसन्धान भइरहेकोछ ।

थप कुरा पोस्टमार्टमपश्चात खुल्ने उनले बताए ।

आत्महत्या गरे पनि प्रहरीलाई जानकारी र कानुनी प्रक्रिया पूरा नै नगरी शव जलाउन खोजेकाले पतिसहित तीनैजनालाई पक्राउ गरेको डिएसपी पंजियारले बताए ।

घाटमै प्रहरी पुगेपछि केही मलामी भागेका थिए । मनिषाको गलामा निलडाम देखिएको प्रहरीले जनाएको छ ।

युवतीको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल मलंगवाको शव गृहमा राखेको छ । सर्लाहीकै कविलासी गाउँपालिका(३ घर माइत भएकी मनिषाको केही वर्ष पहिले विवाह भएको थियो ।

माइती पक्षले पतिसहित परिवारका सदस्य मिलेर मनिषाको हत्या गरेको दाबी गरेका छन् ।

 

देवानगञ्जमा प्रहरीको छापा, भन्सार छलि ल्याएको प्याज नियन्त्रणमा

देवानगञ्ज । जिल्ला प्रहरी कार्यलाय सुनसरीले आज बिहिवार विहान देवानगञ्ज गाउँपालिका वडा नम्बर ४ (कौवाखोइज)को सीमाक्षेत्रबाट करिब एक लाख विस हजार बराबरको प्याज बरामद गरेको छ । जिल्ला प्रहरी कार्यलाय सुनसरीको टोलीले विशेष सुराकीको आधारमा जिल्लाको सिमावर्ती गाउँपालिका देवानगञ्जको वडा नम्बर ४ मा भारतीय बजारबाट भन्सार छली जम्मा गरिएको १ लाख २० हजारको प्याज छापामारी गर्दा बरामद गरेको हो ।

भारतबाट अवैध रुपा भन्सार छली, तस्करी गरेर नेपाल भित्र्यार्ईएका उक्त प्याज इलाका प्रहरी देवानगञ्जको सुरुमा टोलीले बरामद गर्न जाँदा तस्करहरुले प्याज घरबाट झिकी खेतमा लुकाउने प्रयास गरेका थिए । स्थानीय श्याम साहको गोठ घरमा जम्मा गरि राखेको प्याज बरामद गरि जिल्ला प्रहरी कार्यलाय ल्याइएको जिल्ला प्रहरी सुनसरीका प्रमुख विपिन रेग्मीले जानकारी दिए ।

 

कैलालीमा १ लाख बढी नगदसहित १० जुवाडे पक्राउ

कैलाली –कैलालीमा नगदसहित १० जुवाडे पक्राउ परेका छन्।

जिल्लाको जोशीपुर गाउँपालिका ५ बनकट्टा स्थित प्रबेस चौधरीको कुखुरा फारममा जुवातास खेलिरहेको अबस्थामा सोही ठाउँका ४० वर्षीय शिब चौधरीसहित १० जनालाई बुधवार राति प्रहरीले पक्राउ गरेको हो।

गोप्य सूचनाको आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र ईलाका प्रहरी कार्यालय भजनीबाट खटिईएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको प्रदेश प्रहरी कार्यालय धनगढीले बताएको छ। टोलीले उनीहरुलाई १ लाख १३ हजार नगद र ४ बुक तास सहित पक्राउ गरेको बताइएको छ। यस सम्बन्धमा इलाका प्रहरी कार्यालय भजनीले थप अनुसन्धान गरिरहेको छ।

धनगढी अत्तरिया छ लेनमा दुर्घटना

धनगढी–अत्तरिया छ लेन सडकमा दुर्घटना भएको छ। आज बिहान माहाकाली यातायात प्रालिको सुदूरपश्चिम प्रदेश ०२००१ ख १२०६ नम्बरको हाइसले गोदावरी नगरपालिका १ मा साइकलयात्रीलाई ठक्कर दिएको मालाखेती प्रहरीले बताएको छ।

घाइतेको पदमा अस्पताल अत्तरियामा उपचार भइरहेको छ। हाइस र चालकलाई इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले बताएको छ।

बागमती एमालेको नेतृत्व चयनका लागि आज मतदान, अध्यक्षमा पाँच प्रतिस्पर्धी

काठमाडौं : नेकपा एमाले बागमती प्रदेश कमिटीको नयाँ नेतृत्व चयनका लागि बिहीबार मतदान हुने भएको छ।
मतदान दिउँसो १ बजेबाट मात्रै सुरु गर्ने तयारी रहेको अध्यक्ष मण्डलका सदस्य एवं पार्टी स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले जानकारी दिए। गए रातभर उम्मेदवारी दर्ता, दाबी विरोध लगायतका काम भएकाले मतदान ढिलो हुन लागेको उनले बताए।

उनका अनुसार ५ पदाधिकारीसहित २४० सदस्यीय कमटीका लागि ५०० भन्दा बढीको उम्मेदवारी दर्ता भएको छ। उम्मेदवारलाई आज बिहान उम्मेदवारी फिर्ताको समय दिइएको छ।

त्यसपछि विद्युतीय भोटिङ मेशिनमार्फत् मतदान गर्ने तयारी भएकाले उम्मेदवारको नाम मेसिनमा ‘इन्ट्री’ गर्न केही समय लाग्नेछ। अध्यक्षमा पाँच जनाले उम्मेदवारी दर्ता गराएका छन्। कृष्णप्रसाद दाहाल, केशरबहादुर बुढाथोकी, कैलाशप्रसाद ढुंगेल, सानुकुमार श्रेष्ठ र केशवराज पाण्डेले उम्मेदवारी दर्ता गराएका हुन्।

उपाध्यक्षमा सुभाषचन्द्र ठकुरी, नारायण प्रसाद खतिवडा, दावा दोर्जे लामा, इश्वरचन्द्र पोखरेल र राजेन्द्र राजथलाको उम्मेदवारी परेको छ। सचिवमा रत्न गुरुङ, नवराज सिलवाल, हस्तबहादुर पण्डित र डाक्टर रामकुमार अधिकारीले उम्मेदवारी दिएका छन्। दुई उपसचिवका लागि १२ जनाको उम्मेदवारी परेको छ।

कोशीमा सत्ता संकट टार्न कांग्रेस–एमाले सहकार्य कति सम्भव

काठमाडौं : कोशी प्रदेशमा सत्ता फेरबदलको खेल जारी छ।
मंसिरमा निर्वाचन भएर दोस्रोपटक प्रदेश सभा आएदेखि नै कोशी प्रदेशका राजनीतिक दलहरू सत्ताको ‘रोटेपिङ’ खेलिरहेका छन्, जुन एकपछि अर्कोको पोल्टामा घुमिरहेको छ। ​

यतिवेला कोशी प्रदेशको सत्ताको चाबी नेकपा एमालेका संसदीय दलका नेता हिक्मत कार्कीको पोल्टामा छ तर, त्यसलाई जोगाउन कार्कीलाई मुश्किल छ।
कार्की नेतृत्वको सरकारले विश्वासको मत नपाएपछि कांग्रेस प्रदेश संसदीय दलका नेता उद्धव थापाले सरकारको नेतृत्व सम्हालेका थिए। थापाले विश्वासको मत लिँदा प्रदेश सभा बैठककै अध्यक्षता गरिरहेका अध्यक्ष मण्डलका सदस्य इस्राइल मन्सुरीको समेत मत जोडेपछि सर्वोच्च अदालतले थापालाई असंवैधानिक करार गर्दै हटाएको थियो।

थापाको सरकारलाई दुई पटकसम्म सर्वोच्च अदालतले असंवैधानिक ठहर गर्दै खारेज गरिदिएपछि कोशी प्रदेश सरकारको नेतृत्व कार्कीकै काँधमा आइपुगेको छ।

कार्की प्रदेश सभाको सबैभन्दा ठूलो दलको हैसियतमा सर्वोच्चको परमादेशका आधारमा सरकारको नेतृत्व गरिरहेका छन्। उनले भदौ २२ मा अदालतको परमादेशका आधारमा सरकारको नेतृत्व गरिरहेका छन्। कार्कीले आगामी असोज २० भित्र प्रदेश सभामा विश्वासको मत लिनुपर्ने कानूनी बाध्यता छ।

एमाले राप्रपा गठबन्धन र अन्य इतर समूह कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपा को गठबन्धन कायमै रहने र एकले अर्काको गठबन्धन टुक्राउन नसकेको अवस्थामा एउटा सांसदका कारण कोशी प्रदेश सरकारको खेल रोटेपिङ जसरी घुमिरहेको छ।

यही अवस्था कायम रहादा फेरि पनि एमालेका हिक्मत कार्कीले पनि सदनमा विश्वासको मत पाउने अवस्था देखिँदैन।
उनको पक्षमा ४६ सिट मात्रै छ। आफ्नो दल एमालेसँग ४० सांसद छन् भने उसलाई साथ दिइरहेको राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा सँग ६ सांसद छन्। यस्तो अवस्थामा कार्कीसँग ४६ सांसद मात्रै देखिन्छ।

९३ सदस्यीय कोशी प्रदेशसभामा कार्की नेतृत्वको सरकार टिकिरहन कम्तीमा ४७ सांसद आवश्यक पर्छ। यस्तो अवस्थामा कार्की नेतृत्वको सरकारको आयु कति भन्नेबारे समेत सवाल उठ्न थालिसकेको छ।

संविधानको धारा १६८ को उपधारा ३ अनुसार भदौ २२ गते मुख्यमन्त्री नियुक्त भएका एमाले नेता कार्कीले असोज २१ गतेभित्र उक्त धाराको उपधारा ९ बमोजिम विश्वासको मत लिनै पर्ने बाध्यात्मक अवस्था छ।

त्यसो हुन नसकेमा संविधानको धारा १६८ को उपधारा ५ अनुसार प्रदेश सभामा जसले विश्वासको मत पाउन सक्छ भन्ने आधार देखाउन सक्छ, उसैको नेतृत्वमा नयाँ सरकार बन्ने अवस्था छ। त्यसरी बनेको सरकारले पनि फेरि महिना दिनमा विश्वासको मत पाउन नसके प्रदेश सभा मध्यावधिमा धकेलिने छ।

तर, दलका नेताहरू मध्यावधिमा जान चाहँदैनन्। अहिले कार्की संविधानको धारा १६८ को उपधारा ३ अनुसार मुख्यमन्त्री बनेका हुन्। अब उनले विश्वासको मत नपाए उपधारा ५ अनुसारको प्रक्रिया अगाडि बढ्नेछ।

सूचनामा विश्वव्यापी पहुँचका लागि अन्तर्राष्ट्रिय दिवस आज

काठमाडौं :सूचनामा विश्वव्यापी पहुँचका लागि अन्तर्राष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ। यो दिवस प्रत्येक वर्ष सेप्टेम्बर २८ का दिन मनाइन्छ।

सन् २०१९ अक्टोबर १५ मा संयुक्त राष्ट्रसंघको महासभाको ७४ औँ सत्रले यो दिवस मनाउने निर्णय पारित गरेको थियो। युनेस्कोको सिफारिस र विश्वमा लोकतन्त्रका लागि सूचनामा पहुँचको आवश्यकतालाई ध्यानमा राखी संयुक्त राष्ट्रसंघको महासभाले यो ऐतिहासिक निर्णय गरेको थियो।

जुलाई २०११ मा, संयुक्त राष्ट्र संघीय मानव अधिकार समितिले सूचनामा पहुँचको अधिकार अभिव्यक्ति स्वतन्त्रताको एक अन्तर्निहित हिस्सा हो भन्ने विषयलाई स्वीकार गरेको थियो।

युनेस्कोले यो वर्षको दिवसका लागि ‘सूचनामा पहुँचका लागि अनलाइन स्पेसको महत्त्व’ भन्ने नारा तय गरेको छ। यही विषयवस्तुमा केन्द्रित रहेर सूचना आयोगले पनि ‘अनलाइन स्पेस र सूचनाको हक स् अवसर र चुनौती’ विषयक राष्ट्रिय गोष्ठीको आयोजना गर्दैछ।

 

प्रधानमन्त्री आज कैलाश पर्वत र मानसरोवर जाने

ल्हासा : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिहीबार कैलाश पर्वत र मानसरोवर जाँदै छन्।
प्रधानमन्त्री दाहाल बिहान ल्हासाको गङ्गा विमानस्थल पुग्नेछन् र तिब्बत एयरलाइन्सबाट त्यसतर्फ प्रस्थान गर्नेछन्।

नेपाली भ्रमण दलका अन्य सदस्य पनि प्रधानमन्त्रीसँगै कैलाश पर्वत र मानसरोवरको भ्रमणका लागि जाने तय भएको छ।
चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री बुधबार तिब्बतको ल्हासा आइपुगेका थिए। उनी यहाँ विभिन्न द्विपक्षीय भेटघाटका साथै र निरीक्षण अवलोकनमा व्यस्त रहे।

गत शनिबार अमेरिकाबाट सिधै चीन पुगेका प्रधानमन्त्री दाहाल शनिबार स्वदेश फर्किने कार्यक्रम छ।

देवानगञ्जमा अनन्त भगवानकाे मन्दिर उद्घाटन

देवानगञ्ज । सुनसरीकाे देवानगञ्ज गाउँपालिका वडा नम्बर ६ मा निर्माण कार्य सम्पन्न भएकाे अनन्त भगवानकाे मन्दिर बुधवार उद्घघाटन गरिएकाे छ ।
अनन्त पुजाकाे अवसर पारेर वडा नम्बर ६ का वडा अध्यक्ष हरिनन्दन मेहता विशेष पुजा गरि मन्दिरकाे उद्वघाटन गरेका थिए । मन्दिर उद्वघाटन पूर्व कालस यात्रा निकालिएकाे थियाे । वडा कार्यलाय र स्थानियहरूकाे आर्थिक सहयाेगमा मन्दिर निर्माण गरिएकाे छ ।

कार्यक्रममा वडा नम्बर ६ का वडा अध्यक्ष हरिनन्दन मेहता, वडा सदस्य प्रशुराम यादव, छुतहरू पासवान लागयत स्थानीयहरूकाे सहभागिता रहेकाे थियाे ।

देवागनञ्ज गाउँपालिकामा  विधिवत रूपमा अनन्त भगवानकाे मन्दिर यसरी भव्य रूपमा बनाई उद्घाटन गर्न पाउँदा आफू खुशि भएकाे वडा अध्यक्ष  मेहताले बताउनु भयाे । मेहताले भने अनन्त भगवानले सम्पूर्ण वडा बासिकाे कल्यान गर्नु र आफुले सके जति सहयाेग गर्न तयार रहेकाे समेत बताउनु भयाे ।

मन्दिरमा बिहिवार देखि २४ घण्टे अष्टयाम समेत हुने कार्यक्रम रहेकाे मन्दिर व्यवस्थापन समिति अध्यक्ष राजकुमार यादवले बताउनु भयाे ।

११ लाख अफगानीलाई पाकिस्तान छोड्न आदेश

इस्लामाबाद :पाकिस्तान सरकारले ११ लाख अफगानी शरणार्थीलाई फिर्ता पठाउने निर्णय गरेको छ। तहरीक–ए–तालिबान आतङ्ककारीले पाकिस्तानी सेनामाथि आक्रमण गर्न थालेपछि पाकिस्तानले यस्तो निर्णय लिएको हो।
केही समययता सीमा क्षेत्रमा गोली हानाहान भइरहेको छ। पाकिस्तानी सेनाले तोर्खाम नाका बन्द गरेर अब अफगानिस्तानबाट आउने शरणार्थीमाथि ठूलो कारबाही गर्ने कडा सन्देश दिएको छ।

एक्सप्रेस ट्रिब्यून अखबारका अनुसार पाकिस्तानको कार्यवाहक सरकारले अफगानिस्तानबाट आएका ११ लाख शरणार्थीलाई फिर्ता पठाउन अनुमोदन गरेको छ।

पाकिस्तानले यी अफगानी अवैध रूपमा आफ्नो देशमा बसिरहेको दाबी गरेको छ। अफगानिस्तानमा अगस्ट २०२१ मा तालिबान सरकार आएपछि ४ लाख अफगानी अवैध रूपमा पाकिस्तान प्रवेश गरेको पाकिस्तानले बताएको छ।

यसैगरी देशमा अवैध रूपमा बसोवास गरिरहेका ७ लाख अफगान नागरिकको पहिचान भइसकेको स्रोतले जनाएको छ।

पाकिस्तानी मन्त्रिपरिषद्ले ती अफगानीलाई उनीहरूकै देश फिर्ता पठाउने व्यवस्था मिलाउन अधिकारीहरूलाई आदेश दिएको छ। ती ११ लाख अफगानी शरणार्थीसँग पाकिस्तानमा बस्न न त भिसा छ न वैध कागजात नै।
पाकिस्तानले यो निर्णयका बारेमा अफगानिस्तानको तालिबान सरकारलाई जानकारी गराइसकेको छ। टीटीपी आतंकवादीसँग विवाद बढेका वेला पाकिस्तानले अफगानी शरणार्थीहरूविरुद्ध यस्तो कदम चालेको हो।

पाकिस्तानले टीटीपी आतंककारीलाई कारबाही गर्न पटक पटक तालिबान सरकारलाई भन्दै आएको छ। तालिबानले बारम्बार उनीहरूलाई कारबाही गर्ने प्रतिबद्धता व्यक्त गर्दै आएको छ। यद्यपि तालिबान सरकारले उनीहरूलाई अहिलेसम्म कुनै कारबाही गरिरहेको छैन।

पाकिस्तानको यो कदमपछि अब तालिबान सरकारले जवाफी कारबाही गर्न सक्नेछ। टीटीपीले पाकिस्तानी सेनाविरुद्धको आक्रमण तीव्र बनाएको छ। हालै टीटीपीले पाकिस्तानको चित्राल जिल्लाको ठूलो क्षेत्र कब्जा गरेको थियो। उनीहरू अझै ती पहाडी शिखरमा बसिरहेको बताइएको छ। उनीहरूले पाकिस्तानी सेनामाथि लगातार आक्रमण गरिरहेका छन् ।

मोटरसाइकल दुर्घटनामा परेर अछाममा एक महिला घाइते

अछामः अछाममा मोटरसाइकल दुर्घटनामा परेर एक महिला घाइते भएकी छन्।
जिल्लाको कमलबजार नगरपालिका–६ घट्टेखोलामा लुम्बिनी प्रदेशको लु ८६ प ८३५६ नम्बरको मोटरसाइकल अनियन्त्रीत भई मंगलवार दुर्घटना हुदा सोहि नगरपालिका–१० की २४ वर्षीया निर्मला देउवा घाइते भएकी हुन्।मोटरसाइकल चालक देउवाका श्रीमान गोबिन्द देउवालाई भने कुनैचोटपटक लागेको छैन्। घाइते देउवाको जिल्ला अस्पताल मंगलसेनमा सामान्य उपचारपछि घर पठाइएको प्रहरीले जानकारी दिएको छ।

बैतडीमा करेन्ट लागेर एक महिलाको मृत्यु

बैतडीः करेन्ट लागेर गम्भीर घाइते भएकी बैतडीकी एक महिलाको बुधबार मृत्यु भएको छ।

जिल्लाको डिलाशैनी गाउँपालिका–६ बांगाबगरकी ४३ बर्षीया कलावती नाथको उपचारका क्रममा मृत्यु भएको हो। गत भदौ १८ गते करेन्ट लागेर गम्भीर घाइती भएकी कलावतीलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरेर नेपालगञ्ज लगिएको थियो।

नेपालगञ्जमा उनको उपचार सम्भव नभएपछि थप उपचारका लागि वर्न हस्पिटल किर्तिपुर लगिएको थियो। तर उपचारकै क्रममा उनको मृत्यु भएको हो। घाँस काट्ने क्रममा विद्युतको हाइटेन्सन लाइनको पोलमा छोइएर नाथलाई करेन्ट लागेको थियो।

साउदी पुगेको साता दिनमै काठको बाकसमा फर्किए

सुन्दर भविष्यको सपना बुनेर साउदी आएको एक सातामै झापा हल्दिबारी गाउँपालिका–१ निवासी टीकाराम रिमालको निधन भएको छ । न्यु अल्फा एचआर सर्भिसेज प्रालि म्यानपावरमार्फत साउदी अरेबियाको मिराके गेटवे कफी लिमिटेड कम्पनीमा वेटरको काम गर्न आएका उनी आएलगत्तै बिरामी परेका थिए ।

कोरोनाको बुस्टर डोज लगाएपछि उनलाई अस्पताल भर्ना गर्नुपरेको थियो । उपचारकै क्रममा उनको निधन भएको थियो । झापाली समाज साउदीका अध्यक्ष राजेन्द्र थापाले रियादस्थित नेपाली दूतावासका श्रम सहचारी देवेन्द्र कार्कीलाई उनको निधन’दयगत जानकारी गराएपछि सम्बन्धित कम्पनीलाई जानकारी गराइएको थियो । १९ दिनभित्र सम्पूर्ण प्रक्रिया पूरा गरी शवलाई ४ असोजमा नेपाल पठाइएको थियो । शनिबार झापाको कन्काइमाईमा लगी उनको दाहसंस्कार गरिएको थियो ।

हल्दिबारी गाउँपालिका–१ का ओमनाथ रिमालका छोरा टीकारामको निधनसँगै उनको सपना पनि खेर गएको छ । उनको निधनपछि परिवारमा बज्रपात परेको छ । उनको परिवारले अहिले गायक प्रकाश सपूतको ‘बोल माया’ गीतको हरफ जबर्जस्ती स्वीकार्नु परिरहेको छ । बोलमाया गीतमा भनिएको छ, ‘धन ल्याउँछु भन्दै गएका थियौ उडेर आकाशमा, कस्तो भई गयौ कस्तो भई आयौ काठको बाकसमा ।’

अनेक सपना बोकेर दिनहुँ सयौं नेपाली बिदेसिने गरेका छन् । कतिको सपना आंशिक वा पूर्णरूपमा पूरा पनि हुन्छ । तर, कतिका सपना रातो बाकसमै बन्द भएर फिर्ता हुन्छन् । टीकाराम भने रातो बाकसमा फर्किन बाध्य भए । विदेशबाट आएका शवको वैदेशिक रोजगार बोर्डले निःशुल्क घरसम्म पु¥याउने काम गर्दै आएको छ । शवसँगै आएका अस्थु भने सम्बन्धित मृतकका आफन्तले विमानस्थलसम्म आएर लिनुपर्ने व्यवस्था गरिएको छ ।

युवाले विदेशमा कमाएर पठाएको विप्रेषणले देशको झन्डै एकतिहाइ अर्थतन्त्र धानेको भन्दै नेपाल सरकारले गर्वसाथ तथ्य सार्वजनिक गर्दै आएको छ । तर, कमाउन गएका युवाशक्ति विदेशमा कामकै क्रममा विभिन्न कारणले मृत्यु भएर बन्द बाकसमा फर्किंदा देश, समाज, उनीहरूका आफन्तमा भएको क्षति’दयगत खै मूल्यांकन रु

गत आर्थिक वर्ष २०७९–८० मा रोजगारीका लागि विदेश जाने नेपालीको संख्या ७ लाख ७१ हजार ३२७ जना रहेकोमा १ हजार २०५ जनाको मृत्यु भएको थियो । आव २०६५–६६ देखि २०७९–८० सम्मको १५ वर्षमा १२ हजार १८९ जनाले ज्यान गुमाएका छन् ।

खाडी मुलुकमध्ये पनि गत आव २०७९–८० मा साउदी अरेबियामा मात्रै ३४६ जनाको मृत्यु भएको वैदेशिक रोजगार बोर्डको तथ्यांकले देखाएको छ । सोही आवमा मलेसियामा २८२ जना, कतारमा २२१ जना, यूएईमा १८७ र कुवेतमा ६८ जनाले ज्यान गुमाएका छन् ।

९ वर्षिया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक व्यक्ति पक्राउ

दाङ ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा घोराही उपमहानगरपालिका–१४ भेटनरी बस्ने ४० वर्षीय टेक बहादुर विकलाई प्रहरीले पक्राउ गरेको छ ।

मंगलबार दिउँसो उनलाई प्रहरीले पक्राउ गरेको हो ।

विकले ती बालिकालाई सोमबार दिउँसो जबरजस्ती करणी गरी फरार रहेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको नेपाल प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।