देवानगञ्जमा प्रहरीको छापा, भन्सार छलि ल्याएको प्याज नियन्त्रणमा
११ आश्विन २०८०, बिहीबार ११:५३
देवानगञ्ज । जिल्ला प्रहरी कार्यलाय सुनसरीले आज बिहिवार विहान देवानगञ्ज गाउँपालिका वडा नम्बर ४ (कौवाखोइज)को सीमाक्षेत्रबाट करिब एक लाख विस हजार बराबरको प्याज बरामद गरेको छ । जिल्ला प्रहरी कार्यलाय सुनसरीको टोलीले विशेष सुराकीको आधारमा जिल्लाको सिमावर्ती गाउँपालिका देवानगञ्जको वडा नम्बर ४ मा भारतीय बजारबाट भन्सार छली जम्मा गरिएको १ लाख २० हजारको प्याज छापामारी गर्दा बरामद गरेको हो ।
भारतबाट अवैध रुपा भन्सार छली, तस्करी गरेर नेपाल भित्र्यार्ईएका उक्त प्याज इलाका प्रहरी देवानगञ्जको सुरुमा टोलीले बरामद गर्न जाँदा तस्करहरुले प्याज घरबाट झिकी खेतमा लुकाउने प्रयास गरेका थिए । स्थानीय श्याम साहको गोठ घरमा जम्मा गरि राखेको प्याज बरामद गरि जिल्ला प्रहरी कार्यलाय ल्याइएको जिल्ला प्रहरी सुनसरीका प्रमुख विपिन रेग्मीले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया