९ वर्षिया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक व्यक्ति पक्राउ
१० आश्विन २०८०, बुधबार १५:०१
दाङ ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा घोराही उपमहानगरपालिका–१४ भेटनरी बस्ने ४० वर्षीय टेक बहादुर विकलाई प्रहरीले पक्राउ गरेको छ ।
मंगलबार दिउँसो उनलाई प्रहरीले पक्राउ गरेको हो ।
विकले ती बालिकालाई सोमबार दिउँसो जबरजस्ती करणी गरी फरार रहेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको नेपाल प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया