११ श्रावण २०८०, बिहीबार १५:३५ – Page 4 – Nagarikabhiyan : National News

कोशी प्रदेश मुख्यमन्त्री थापा दुई महिना नबित्दै सपना चखना चुर

काठमाडौं :सर्वोच्च अदालतले कोशी प्रदेश सरकार गठन संविधान विपरीत रहेको ठहर गरेको छ।

न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासले दुई दिनको सुनुवाईपछि बिहीबार यस्तो आदेश गरेको हो । अदालतले सभामुख बाबुराम गौतमको समेत हस्ताक्षरमा नेपाली कांग्रेस प्रदेशसभा संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री नियुक्त गर्ने प्रदेश प्रमुख पर्शुराम खापुङको नियुक्ती बदर हुने ठहर गरेको छ।

यससँगै मुख्यमन्त्री थापा पदमुक्त हुनेछन्। नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले तटस्थ भूमिकामा रहेका सभामुखको समर्थनबाट सरकार बन्नु गैरकानुनी भन्दै सर्वोच्चमा रिट दिएका थिए ।

२० वर्षीया एक युवती मृत अवस्थामा फेला

डडेल्धुराः डडेल्धुराकी एक युवती मृत अवस्थामा फेला परेकी छन्। जिल्लाको आलिताल गाँउपालिका–७ खिन्नेभाडीकी २० वर्षीया नन्दा साउँद आज बिहिवार बिहान मृत फेला परेकी हुन्।

दुर्गा मावि आलितालमा कक्षा १२ मा अध्यनरत साउँद घर नजिकैको पहिरोमा झरेको अवस्थामा मृत फेला परेकी छन्। उनको शव घरदेखि पाँच सय मिटरको दुरीमा फेला परेको हो। उनी हिजो रातिदेखि हराएकी थिइन।

रातभरी खोज्दा बिहान मात्रै पहिरोमा खसेको अवस्थामा शव फेला परेको मृतकका बुवा दानबहादुर साउँदले बताए। घटना संकास्पद भएकाले सत्य तथ्य छानविन हुनुपर्ने मृतक उनको माग छ। प्रहरीको टोली घटनास्थलमा पठाइएको छ।

राष्ट्रियसभाबाट मिटरब्याजसम्बन्धी विधेयक पारित

काठमाडौं :मिटरब्याजसम्बन्धी ‘मुलुकी संहीतासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८० राष्ट्रिय सभाबाट पुनः पारित भएको छ।
बिहीबार बसेको राष्ट्रियसभाको बैठकले सभाका सचिव डा। सुरेन्द्र अर्यालले टेबुल गरेको विधेयक सर्वसम्मत पारित भएको हो। सो विधेयक राष्ट्रियसभामै उत्पत्ति र पारित भएको थियो भने प्रतिनिधिसभाले गत असार ३१ गते संशोधनसहित विधेयक पारित गरेको थियो।

राष्ट्रियसभाबाट संशोधन स्वीकार गरेपछि विधेयक प्रमाणीकरणका लागि बाटो खुलेको छ। राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मुलुकी संहीतासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८० माथि प्रतिनिधिसभाबाट भएको संशोधन स्वीकारसहित पुनः पारित गरियोस् भन्ने प्रश्ताव सर्वसम्मतिले स्वीकृत भएको घोषणा गरे।

उनले भने, ‘मुलुकी संहीतासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८० माथि प्रतिनिधि सभाबाट भएको संशोधन स्वीकारसहित पुनः पारित गरियोस् भन्ने प्रश्ताव सर्वसम्मतिले स्वीकृत भएको घोषणा गर्दछु।’
राष्ट्रियसभाको अर्को बैठक साउन १८ गते बिहीबार १ बजे बस्ने गरी स्थगित भएको छ।

थरीथरीका प्रदर्शनले माइतीघर अस्तव्यस् सडकमै भात पकाएर खान बाध्यत

गोरखा बारपाक–२ का तेलबहादुर घले माइतीघरमा धर्ना बसेको दुई महिना भयो । माइतीघरमा आन्दोलन तथा धर्ना गर्नेमा उहाँ सबैभन्दा पुरानो हुनुहुन्छ। उहाँसँगै र पछि आन्दोलन थालेका धेरै माइतीघरबाट बिदा भएर हिँडिसके । धेरै नयाँ थपिएका पनि छन् । उहाँ एक्लै धर्नामा हुनुहुन्छ । त्यसकारण उहाँको उपस्थिति हत्पति देखिँदैन । तर, मङ्गलवार भने उहाँ आफ्नो नियमित आन्दोलन गरिरहनु भएको ठाउँमा नभएर ठीक त्यसको अगाडि सडक पेटीमा राखिएको बेञ्चमा बसेर लघुवित्तकोविरुद्धमा भइरहेको आन्दोलन हेरिरहनुभएको थियो ।

दुई महिना भइसक्यो धर्नामा बसेको । न कसैले केही सम्पर्क गर्छ, न कोही कुरा गर्न आएको छ । यो झरी, बर्खामा रुझेर, भिजेर कति बसिरहने हो थाहा छैन,’ घले भन्नुहुन्छ, ‘हामी यहाँ रहरले बस्न आएको होइनौँ । हाम्रो माग चाँडै सुनुवाइ भए किन यहाँ बसिन्थ्यो र यो धुलो, धुवाँ खाएर । मान्छे धेरै भएपछि फोहर पनि हुन्छ ।’

मनास्लु हिमाल जाने बाटोको धार्चे गाउँपालिकामा होटल सञ्चालन गर्ने घलेको होटल आरुघाट लार्के भञ्ज्याङ जोड्ने सडक सेनाले बनाउँदा विस्फोट गर्दा क्षति पुग्यो । २०७५ साल असोज १४ गते विस्फोट गर्दा होटलमा क्षति पुगेपछि क्षतिपूर्ति दिने कुरा पनि भएको थियो । सेनाले १३ लाख ८२ हजार रुपैयाँ क्षतिपूर्ति दिने कुरा गर्यो । तर, आफ्नो ४५ लाख रुपैयाँ खर्च भएकोमा यति पैसाले काम छैन भनेर उहाँले अस्वीकार गर्नुभयो । तर पनि सेनाले जर्बजस्ती १३ लाख रुपैयाँ लिन लगाएको घले बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, ‘मेरो खर्च भएको सबै रकम त के दिन्थे र तर, ४५ लाखमध्ये १३ लाख लिइसकेको हुनाले अब बाँकी ३१ लख रुपैयाँ पाउनुपर्यो भन्ने हो ।’
यही माग लिएर उहाँले माइतीघरमा धर्ना थाल्नुभएको हो । सिंहदरबारको सामुन्नेमा रहेको माइतीघरमा अरु खालका धर्ना पनि भैरहन्छन् । अहिले माइतीघरमा लघुवित्तकोविरुद्धमा धर्नामा बस्नेहरुको सङ्ख्या धेरै छ । झण्डै तीनरचार सय जना आन्दोलनमा छन् । उनीहरुको सङ्ख्या धेरै भएपछि अहिले माइतीघरमा भिडभाड पनि बढेको छ । यसअघि सहकारी विरुद्धको आन्दोलनमा अलि भिड थियो । तर, अहिले त्योभन्दा पनि भिड छ । लघुवित्तविरुद्धको आन्दोलनमा आएकाहरु त्यहीँ सडकमै भात खान्छन् । आफ्ना घरजग्गा लघुवित्तको बन्धकीमा परेपछि उनीहरु आन्दोलनका लागि माइतीघर आएका हुन् । खाने, बस्ने, सुत्ने ठेगान नभएपछि उनीहरुको आश्रयस्थल बनेको छ सडक ।

लघुवित्तविरुद्धको आन्दोलनमा कैलालीको मोहन्याल गाउँपालिका–७ बाट आउनुभएको छ बबिता चौधरी । चौधरीका अनुसार उहाँहरुले पालिका तथा अन्य निकायमा पनि लघुवित्तकाविरुद्ध आवाज उठाउनु भएको हो । तर, कहीँ पनि सुनुवाइ भएन । त्यहाँबाट अब आन्दोलन गर्न काठमाण्डौ गएपछि मात्रै समस्या समाधान हुन्छ भनेकोले उहाँहरु माइतीघर आउनु भएको हो ।

भाटभटेनी नजिक एम्बुलेन्सको ठक्करबाट नकुल शाही घाईते

कैलालीःधनगढीमा एम्बुलेन्सको ठक्करबाट बापैदल यात्री घाईते भएका छन्।

धनगढी उपमहानगरपालिका–१३ भाटभटेनी नजिक चौमलाबाट धनगढी तर्फ आउदै गरेको गौरीगंगा नगरपालिकाको सु।प।प्र।०१००१ च ३६१८ नम्बरको एम्बुलेन्सले ठक्कर दिँदा कालीकोट रासकोट नगरपालिका–५ का २८ वर्षीय नकुल शाही घाईते भएका हुन्।

एम्बुलेन्सको ठक्करबाट शाहीको दुबै घुडा र निधारमा चोट लागेको छ। उनको मायामेट्रो अस्पताल धनगढीमा उपचार भई रहेको प्रहरीले जनाएको छ। एम्बुलेन्स र चालक गोदावरी नगरपालिका–८ का ४५ वर्षीय जितराम चौधरीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

क्यान्योनिङ गर्ने क्रममा लडेर एक युवतीको ज्यान गयो

कास्की – कास्कीको माछापुच्छ्रे गाउँपालिका(९ घलेलमा क्यान्योनिङ गर्ने क्रममा लडेर एक युवतीको ज्यान गएको छ ।

बुधवार हिजो क्यान्योनिङ गर्ने क्रममा लडेर पोखरा २६ बुढीबजारकी २२ वर्षीया अन्जिता भण्डारीको ज्यान गएको कास्कीका प्रहरी प्रवक्ता डीएसपी श्रवणकुमार विकले जानकारी दिनुभयो । क्यान्योनिङ गर्ने क्रममा घाइते भएकी उहाँको पोखराको मणिपाल अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो ।

घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । प्रहरीले अनुसन्धानका लागि तीन जनालाई पक्राउ गरेको छ ।

एक लाख घुससहित प्रहरी हवल्दार पक्राउ

काठमाडौं : काठमाडौंको बुढानिलकण्ठबाट एक जना प्रहरी हवल्दार एक लाख घुससहित पक्राउ परेका छन्।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले वरिष्ठ प्रहरी हवल्दार विष्णु सिंहलाई एक लाख घुससहित पक्राउ गरेको हो। सिंह प्रहरी प्रभाग बुढानिलकण्ठमा कार्यरत छन्।

कुख्रे खोलाको ढल तथा सरसफाइ र निकास गर्दा निस्कने बालुवा व्यवस्थापनमा सहजीकरण गर्न घुस लिएको आरोपमा सिंहलाई अख्तियारको टोलीले पक्राउ गरेको हो।
टंगलास्थित अख्तियार मुख्यालयबाट खटिएको टोलीले उनलाई बुढानिलकण्ड नगरपालिका–२ बासिकबाट पक्राउ गरेको हो।

मधेश र कर्णाली बाहेकका प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं : कोशी बागमती, गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा बिहीबार मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भूभागका केही र बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

हाल देशभर आंशिकदेखि सामान्य बदली रही बागमती र गण्डकी प्रदेशका थोरै तथा कोशी, लुम्बिनी र कर्णाली प्रदेशका १–२ स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

बिहीवार दिउँसो देशभर सामान्य बदली रहनेछ । देशका पहाडी भूभागका केही स्थान तथा बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका पहाडी भूभागका थोरै स्थानहरू तथा तराई भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ।

बिहीवार बिहान मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै महाशाखाले वर्षाका कारण हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

नेदरल्याण्ड्ससँग अमेरिका १(० ले पछाडि

काठमाडौं : फिफा महिला विश्वकपमा समूह ‘ई’ अन्तर्गत अहिले अमेरिका र नेदरल्यान्ड्सबीचको खेल जारी छ।
न्युजिल्याण्डको स्काई स्टेडियममा जारी खेलको पहिलो हाफमा साविक बिजेता अमेरिकालाई नेदरल्याण्ड्सले १–० ले पछाडी पारेको छ। नेदरल्याण्ड्सकी जिल रुड्सले १७औँ मिनेटमा उत्कृष्ट गोल गरिन्।

अमेरिकाले समूह चरणको पहिलो खेलमा भियतनामलाई ३–० गोलले पराजित गरेको थियो। नेदरल्यान्ड्सले भने पोर्चुगलमाथि १–० को जित हात पारेको थियो ।

यस बाहेक विश्वकपमा आज अरु दुई खेल हुदै छन्। समूह ई मा रहेका पोर्चुगल र भियतनाम पनि आजै खेल्दैछन्। न्युजिल्यान्डको ह्यामिल्टनमा खेल दिउँसो सवा एक बजे सुरु हुनेछ। दुवै टोली विश्वकपमा पहिलो जितको खोजीमा छन्। पहिलो खेलमा पोर्चुगल नेदरल्यान्डससँग १–० गोलले पराजित भएको थियो। भियतनाम अमेरिकासँग ३–० ले हारेको थियो।

विश्वकपको सहआयोजक अस्ट्रेलियाले आज समूहको दोस्रो खेलमा अफ्रिकी राष्ट्र नाइजेरियासँग प्रतिस्पर्धा गर्दैछ।​ ब्रिस्बेनमा हुने यो खेल नेपाली समयअनुसार अपरान्ह पौने चार बजे सुरु हुनेछ।
अस्ट्रेलियाले पहिलो खेलमा रिपब्लिक अफ आयरल्यान्डमाथि १–० गोलको संघर्षपूर्ण जित हात पारेको थियो। नाइजेरियाले पहिलो खेलमा ओलम्पिक च्याम्पियन क्यानडालाई गोलरहित बराबरीमा रोकेको थियो।

निमावि शिक्षक लाइसेन्सका लागि दरखास्त खुल्यो

काठमाडौं : शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको अध्यापन अनुमति पत्र लाइसेन्स को विज्ञापन खुलाएको छ।
कक्षा १२ उत्तिर्ण गरेका नेपाली नागरिकले दरखास्त दिन सकिने आयोगले जनाएको छ।

शिक्षक सेवा आयोगको साउन १० को निर्णय अनुसार आजदेखि आवदेन दिन सक्नेछन्। आयोगका अनुसार भदौ ११ गतेसम्म तोकिएको दस्तुर तिरेर दरखास्त दिन सकिने र दोब्बर दस्तुर तिरेर भदौ १८ गतेसम्म दिन सकिने आयोगले जनाएको छ। आवेदन अनलाइनबाट दिन सकिने आयोगले जनाएको छ।

मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु

सर्लाही :पर्सा गाउँपालिका(४ स्थित सडकमा हाल नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट सोही ठाउँ बस्ने हरि वीरेन्द्र पासवानकी छोरी ८ वर्षीया मनिशा कुमारी पासवानको बुधबार बिहान मृत्यु भएको छ।

ठक्करबाट गम्भीर घाइते भएकी उनको स्थानीय बौदीमाई पोली क्लिनिकमा उपचारको क्रममा मृत्यु भएको हो। घाइते भएकी एक जना ८ वर्षीया बालिकाको सोही क्लिनिकमा उपचार भइरहेको छ। हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ। दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पत्रकार विश्वकर्मा लाई मेयरको धम्की घरमा छौ, बाहिर भए हातखुट्टा भाँचदिन्छुु

देवानगंज ।नेपाल पत्रकार महासंघ सुनसरीका कार्य समिति सदस्य तथा ग्रामीण पत्रकार समाज बराहक्षेत्रका सचिव सुविन विश्वकर्मा लाई समाचार लेखेकै भरमा धम्की आईरहेको छ ।

विश्वकर्माले हाम्रो शब्दु अनलाईनमा अपरिपक्व मेयर कार्की, जो आलोचना सहँदैनन् शीर्षकमा समाचार लेखेको कारण उनलाई धम्की आएको हो ।
उनले बराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीको बारेमा आलोचनात्मक रुपमा समाचार लेखेका थिए । जहाँ मेयर कार्कीको बारेमा आलोचना र विरोध गर्ने जो कोहीलाई पनि मेयर कार्कीले गर्ने प्रत्यक्ष र अप्रत्यक्ष धम्कीपुर्ण व्यवहारलाई उल्लेख गरिएको छ ।

पत्रकार विश्वकर्माले उक्त समाचारलाई हाम्रो शब्द अनलाईनबाट प्रकाशित गरेका थिए । जसलगत्तै मेयर कार्कीको सचिवालयमा कार्यरत सुरज क्षेत्री र तरुण दल वडा नं ४ का अध्यक्ष रोहित बस्नेत पत्रकार विश्वकर्माको घरमा पुगे । विश्वकर्माले उनीहरुलाई बस्न आग्रह गर्दा पनि हामी बस्न आएका होईनौु जस्ता अभिव्यक्ति दिँदै घरमा रहेछौ, बाहिर भए हातखुट्टा भाँचिदिन्छुु भनी धम्क्याएको खुलेको छ ।

सोही घटनाप्रति गम्भीर ध्यानाकर्षण गराउँदै प्रेस चौतारी नेपाल शाखा सुनसरीले विज्ञप्ति निकालेको छ । समाचारप्रति असन्तुष्टि भए उजुरी गर्न विभिन्न निकाय र प्रकियाहरु रहेको भन्दै पत्रकारलाई समाचार लेखेकै भरमा धाकधम्की दिने कार्य आपत्ती जनक रहेको प्रेस चौतारी नेपालले जनाएको छ । साथै घटनाप्रति मेयर कार्कीले औपचारिक रुपमा माफी माग्नुपर्ने समेत विज्ञप्तिमा उल्लेख गरिएको छ ।

आगो निभाउन गएको विमान दुर्घटना, दुई पाइलटको निधन

ग्रीसमा आगलागीका घटना नियन्त्रण गर्न गएको वायुसेनाको विमान मंगलबार दुर्घटना भएको छ। ग्रीक फायर सर्भिसका प्रवक्ता यानिस एर्टोपियोसले दुर्घटना इभिया टापुमा भएको पुष्टि गरेका छन्।

ग्रीसको रक्षा मन्त्रालयले मंगलबार जारी एक विज्ञप्तिमा उक्त विमानमा दुई जना पाइलट रहेको र दुवैको मृत्यु भएको जनाएको छ।देशका धेरै क्षेत्रहरूमा तीव्र हावाको कारण जंगल र वरपरका वस्तीमा खतरनाक डढेलोको जोखिम भएको भन्दै ‘रेड अलर्ट’ सूचना जारी गरिएको छ।

विश्व वन्यजन्तु कोष डब्लुडब्लुएफ ग्रीसले गत साता मात्रै ३५ हजार हेक्टर ८६ हजार ५ ०० एकड वन तथा अन्य जमिन डढेलोका कारण प्रभावित भएको जनाएको छ।

राजधानी एथेन्समा ४१ डिग्री सेल्सियस  १०६ डिग्री फरेनहाइट र मध्य ग्रीसमा ४४ डिग्री सेल्सियससम्म तापक्रम पुग्ने अनुमान गरिएको राष्ट्रिय मौसम पूर्वानुमानकर्ता ईएमवाईले जनाएको छ। ग्रीसको कोर्फु टापुबाट सोमबार करिब दुई हजार ५०० मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ।

 

गुल्मीमा घर भत्किँदा ३ जना घाइते

गुल्मी :गुल्मीमा घर भत्किदा तीन जना घाइते भएका छन्।

जिल्लाको मदाने गाउँपालिका वडा नम्बर २ भेडीखोरका मुक्तबहादुर घर्तीको जस्ताले छाएको कच्चीघर भत्किँदा निजका ९ वर्षीय छोरा हिक्मत घर्ती, १२ वर्षीया छोरी करिस्मा घर्ती र स्थानीय देउवा परियारका १० वर्षीय अम्मर परियार घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए।

घाइतेहरुको मदाने सामुदायिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको र घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

निर्मला बलात्कारपछि हत्या भएको आज पाँच वर्ष पूरा

कञ्चनपुरः कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको आज पाँच वर्ष पूरा भएको छ । निर्मला पन्त २०७५ साउन १० गते साथीको घरबाट वेपत्ता भइन्। भोलिपल्ट घरभन्दा एक किलोमिटर टाँढा उखुबारीमा उनको शव फेला प¥यो।

निर्मलाको बलात्कारपछि हत्या भएको मेडिकल रिपोर्ट आयो। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले घटनाको करिब एक महिनापछि स्थानीय दिलीपसिंह विष्टलाई अभियुक्तका रुपमा सार्वजनिक ग¥यो। स्थानीयले विष्ट दोषी नभएको भन्दै आन्दोलन गरे। भेजाइनल स्वाबमा भेटिएको डीएनएसँग ‘म्याच’ नभएपछि विष्ट छुटे।

नक्कली व्यक्तिलाई उभ्याएर वास्तविक अपराधीलाई उम्काउन खोजेको आरोप प्रहरीले खेप्यो। अपराध अनुसन्धानमा गम्भीर लापरबाही गरेको र प्रमाण नष्ट गरेको भन्दै तत्कालीन कन्चनपुर प्रहरी प्रमुख दिल्लीराज विष्टसहितका प्रहरी बर्खास्त भए। विभागीय कारबाहीमार्फत बर्खास्त भएका एसपी विष्टसहितका प्रहरीले अदालतबाट सफाई पाए।

सीआईबीले २र२ महिनाको अन्तरमा विभिन्न टोली पठाए पनि अभियुक्त भने पत्ता लगाउन सकेको छैन। निर्मलाको न्यायका लागि भएको आन्दोलनमा प्रहरीको गोली लागेर थप एक युवकको समेत मृत्यु भएको थियो। प्रहरीले अनुसन्धान जारी रहेको बताएको छ।

केन्द्रीय जाँच व्यूरो सिआईबी र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले आ–आफ्नै तरिकाले अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। अहिलेसम्म प्रहरीले एक सयभन्दा धेरै व्यक्तिको डिएनए संकलन गरी प्रयोगशालामा जाँच गराइसकेको छ भने एक दर्जन व्यक्तिलाई हिरासतमा लिएर पनि अनुसन्धान गरिसकेको छ। तर अहिलेसम्म अपराधी पत्ता लाग्न सकेको छैन।

 

सुन तस्करीबारे एमालेले सरकारको जवाफ माग्ने, अनुसन्धान नगरि भाषणबाजीमा रमाएको आरोप

काठमाण्डाै – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन तस्करीको विषयमा संसदबाटै सरकारको जवाफ माग्ने भएको छ ।

आज बुधवार बसेको संसदीय दलको बैठकले सरकारले सुन तस्करीको गहिराइमा गएर अनुसन्धान गर्नुको साटो भाषणबाजी मात्रै गरिरहेको भन्दै सरकारको स्पष्ट जवाफ माग्ने निर्णय गरेको प्रमुख सचेतक पदम गिरीले जानकारी दिनुभयो ।

गृहमन्त्री नारायणकाजी श्रेष्ठले विभिन्न व्यक्ति र दललाई आरोप लगाउँदै हिँड्ने तर अनुसन्धान अघि नबढाउने काम गरिरहेकाले तस्करीमा सरकारकै संलग्नता त छैन भनेर एमालेले प्रश्न सोधेको छ ।