पत्रकार विश्वकर्मा लाई मेयरको धम्की घरमा छौ, बाहिर भए हातखुट्टा भाँचदिन्छुु
१० श्रावण २०८०, बुधबार १७:५१
देवानगंज ।नेपाल पत्रकार महासंघ सुनसरीका कार्य समिति सदस्य तथा ग्रामीण पत्रकार समाज बराहक्षेत्रका सचिव सुविन विश्वकर्मा लाई समाचार लेखेकै भरमा धम्की आईरहेको छ ।
विश्वकर्माले हाम्रो शब्दु अनलाईनमा अपरिपक्व मेयर कार्की, जो आलोचना सहँदैनन् शीर्षकमा समाचार लेखेको कारण उनलाई धम्की आएको हो ।
उनले बराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीको बारेमा आलोचनात्मक रुपमा समाचार लेखेका थिए । जहाँ मेयर कार्कीको बारेमा आलोचना र विरोध गर्ने जो कोहीलाई पनि मेयर कार्कीले गर्ने प्रत्यक्ष र अप्रत्यक्ष धम्कीपुर्ण व्यवहारलाई उल्लेख गरिएको छ ।
पत्रकार विश्वकर्माले उक्त समाचारलाई हाम्रो शब्द अनलाईनबाट प्रकाशित गरेका थिए । जसलगत्तै मेयर कार्कीको सचिवालयमा कार्यरत सुरज क्षेत्री र तरुण दल वडा नं ४ का अध्यक्ष रोहित बस्नेत पत्रकार विश्वकर्माको घरमा पुगे । विश्वकर्माले उनीहरुलाई बस्न आग्रह गर्दा पनि हामी बस्न आएका होईनौु जस्ता अभिव्यक्ति दिँदै घरमा रहेछौ, बाहिर भए हातखुट्टा भाँचिदिन्छुु भनी धम्क्याएको खुलेको छ ।
सोही घटनाप्रति गम्भीर ध्यानाकर्षण गराउँदै प्रेस चौतारी नेपाल शाखा सुनसरीले विज्ञप्ति निकालेको छ । समाचारप्रति असन्तुष्टि भए उजुरी गर्न विभिन्न निकाय र प्रकियाहरु रहेको भन्दै पत्रकारलाई समाचार लेखेकै भरमा धाकधम्की दिने कार्य आपत्ती जनक रहेको प्रेस चौतारी नेपालले जनाएको छ । साथै घटनाप्रति मेयर कार्कीले औपचारिक रुपमा माफी माग्नुपर्ने समेत विज्ञप्तिमा उल्लेख गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया