७ असार २०८०, बिहीबार ११:०७ – Page 8 – Nagarikabhiyan : National News

जीप दुर्घटना, १० जना घाइते दुई जना सकुशल

देवानगञ्ज-  पश्चिमको मुसिकोट नगरपालिकामा बिहीबार बिहान जीप दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।
मुसिकोट–१ त्रिवेणी चोकदेखि वडा नम्बर ५ थर्पुमा रहेको डिग्रे साईकुमारी मन्दिरमा जान लागेका दर्शनार्थी रहेको भे १ च २७९६ नम्बरको जिप दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्काका अनुसार जिपमा १२ जना सवार थिए। अन्य दुई जना सकुशल छन्।
खड्काका अनुसार जिप स्टार्ट गर्ने क्रममा ब्रेकले काम नगरी ब्याक हुँदा सडकबाट करिब ६ मिटर तल खसेको थियो। घाइते सबैको उपचार जिल्ला अस्पताल सल्लेमा भइरहेको छ।

प्रहरी अस्पताल ओझेलमा लुम्बिनी प्रदेश

लुम्बिनी : लुम्बिनी प्रदेश प्रहरी अस्पताल २०५५ सालमा स्थापना भएको हो। द्वन्द्वकालको चपेटामा पर्दासमेत यसले निरन्तर सेवा प्रदान गरेको थियो। लुम्बिनी मात्र नभई कर्णाली र सुदूरपश्चिमका सबै प्रहरी परिवारका बिरामीलाई सेवा दिँदै आएको लुम्बिनी प्रदेश प्रहरी अस्पताल पछिल्लो समय भने ओझेलमा परेको छ।

प्रदेशअन्तर्गतका बिरामी प्रहरी कर्मचारीसँगै उनीहरुका परिवार र भूपू प्रहरीलाई समेत लामो समयदेखि उपचार सेवा प्रदान गर्दै आए पनि अस्पतालको विकासका लागि सम्बन्धित निकायको पर्याप्त ध्यान जान सकेको छैन।

लुम्बिनी प्रदेश प्रहरी अस्पतालका निर्देशक तथा प्रहरी वरिष्ठ उपरीक्षक डा‍।अमिनकुमार श्रेष्ठका अनुसार प्रदेशभरिका प्रहरी कर्मचारी बिरामी हुँदा सिधै काठमाडौँ गएर उपचार गराउन नपाउने व्यवस्था छ। गम्भीर प्रकृतिका बिरामीको उपचार उक्त अस्पतालमा सम्भव नभएको अवस्थामा मात्र काठमाडौं रेफर गर्ने गरिएको उनले बताए।

डा श्रेष्ठका अनुसार उक्त अस्पतालमा लामो समयदेखि विशेषज्ञसहितको टोलीले बिरामीको उपचार गर्दै आएको छ। ‘कर्णाली प्रदेशमा प्रहरी अस्पताल स्थापना नभएकाले प्रदेशका सबै बिरामी यहाँ उपचारका लागि आउने गरेका छन्’, उनले भने।

लुम्बिनी प्रदेशलाई लक्षित गरी १५ शय्याको उक्त अस्प्तालले अहिले कर्णाली र सुदूरपश्चिमका समेत प्रहरी र उनीहरुको परिवारका सदस्यको उपचार गर्दै आएको छ। “‘तीन प्रदेशका बिरामीको उपचार गर्नुपर्दा १५ शय्या अपुग भयो यो पर्याप्त होइन’, निर्देशक डा श्रेष्ठले भने– ‘बिरामीको चापलाई हेर्दा तत्काल अस्पताललाई ५० शय्याको बनाउनुपर्ने आवश्यकता छ।’

बिरामीको चापलाई मध्यनजर गर्दै उक्त अस्पताललाई ५० शय्याको बनाउनका लागि नेपाल प्रहरी अस्पताल केन्द्रीय कार्यालय महारजगञ्ज र प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरिएको डा श्रेष्ठले बताए। अस्पताललाई तीनवटै प्रदेशको स्वास्थ्य उपचारको ‘हब’ बनाउने योजना छ।

अस्पताल भित्रका प्रहरी विभागका प्रहरी चिकित्सकले नै सेवा दिँदै आएका छन्। छालाको रोग, स्त्री रोग, सर्जरी र मानसिक रोगको उपचारका लागि भने बाहिरबाट चिकित्सक बोलाएर सेवा दिँदै आएको डा श्रेष्ठले बताए। उनकाअनुसार छालाको उपचार आइतबार, स्त्रीसँग सम्बन्धित रोगको उपचार बुधबार, सर्जरी बिहीबार हुन्छ भने मानसिक रोगको उपचार शुक्रबार हुने गर्दछ।

२४ घण्टा आपत्कालीन सेवामा रहेको उक्त अस्पतालले ल्याब, एक्सरे र फिजियो थेरापी सेवा प्रदान गर्दै आएको छ। अस्पतालको सेवालाई थप प्रभावकारी बनाउन लुम्बिनी प्रदेश सरकारले नौ करोडको भवन निर्माण गरिरहेको छ। अस्पतालमा बिरामी कुरुवा घर र पार्किङको व्यवस्था नहुँदा समस्या भएको छ। ‘यसै अस्पतालबाट सर्वसाधारण पनि स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्य छ’, डा श्रेष्ठले भने।

९ जनाको ज्यान गयो, १ सय ९० परिवार विस्थापित, ३० वटा पुलमा क्षति, १५ वटा सडक अवरुद्ध

पूर्वी पहाडी जिल्लामा गएको शनिवारदेखिको बाढी पहिरोमा परेर एक सय ९० परिवार विस्थापित भएका छन् ।
पाँचथरमा ९३, ताप्लेजुङमा ८० र संखुवासभामा १७ परिवार विस्थापित भएका प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी उपरीक्षक ९एसपी० ऋषिराम कडेलले जानकारी दिनुभयो ।

बाढी पहिरोले पूर्वी पहाडी जिल्ला पाँचथर, ताप्लेजुङ र संखुवासभा बढी प्रभावित छन् । भोजपुर र इलाममा पनि क्षति भएको छ ।
बाढी पहिरोमा परेर अहिलेसम्म नौ जनाको ज्यान गएको पुष्टि भएको छ । पाँचथर र ताप्लेजुङमा तीनरतीन जना तथा संखुवासभामा दुई र भोजपुरमा एक जनाको ज्यान गएको एसपी ऋषिराम कडेलले जानकारी दिनुभयो ।

बाढी पहिरोमा परेर घाइते घएका सात जनामध्ये चार जना डिस्चार्ज भएका छन् भने तीन जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
बाढी पहिरोमा परेर बेपत्ता भएका २७ जनाको अवस्था भने अझै पत्ता लागेको छैन । बाढी पहिरोमा संखुवासभाका २१, पाँचथर र ताप्लेजुङका तीनरतीन जना बेपत्ता भएका हुन् ।

त्यस्तै, बाढी पहिरोबाट ४३ वटा घरमा नोक्सानी भएको छ । संखुवासभाका २४, पाँचथरका १०, ताप्लेजुङका छ र इलामका तीन वटा घरमा नोक्सानी भएको प्रहरीले जनाएको छ ।
यस्तै, १२ वटा पक्की र १८ वटा कच्ची गरी ३० वटा पुलमा पनि क्षति भएको छ । पाँचथरका १५, ताप्लेजुङका नौ, संखुवासभाका छ वटा पुलमा क्षति भएको हो ।
त्यस्तै, पाँचथरका सात, ताप्लेजुङका चार, संखुवासभाका तीन र इलामको एक गरी १५ वटा सडक अवरुद्ध भएका छन् । अवरुद्ध भएकामध्ये केही सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार १६ वटा हाइड्रोपावर ९पाँचथरका ६, संखुवासभाका ८ र ताप्लेजुङका २ ० मा पनि नोक्सानी भएको छ ।

देवानगञ्ज गाउँपालिकाको न्यायिक इजलासको उदघाटन

देवानगञ्ज । सुनसरीको देवानगञ्ज गाउँपालिकाको न्यायिक इजलासको उदघाटन सम्पन्न भएको छ । आज (बिहिवार) देवानगञ्ज गाउँपालिका अध्यक्ष बेचन प्रसाद मेहता र उपाध्यक्ष कुमारी विभा यादवले संयूत्त रुपमा उदघाटन गर्नु भएको छ । उदघाटन कार्यक्रमा न्यायिक समिति सदस्य कमलेश यादव, प्रमानन्द पाल, प्रमुख प्रशासकिय अधिकृत रामराज पौडेल वडा अध्यक्ष अनिल भगत लगायत स्थानियहरुको सहभागिता रहेको थियो । न्याय सम्पादन गर्ने इजलास नभएका कारण समस्या हुदै आएको थियो ।

नेपालको संविधानले स्थानीय तहका उपाध्यक्षलाई न्यायिक समितिको संयोजकको समेत जिम्मेवारी तोकेको छ। इजलास कक्ष नहुदा न्यायिक सेवा लिन आएका सर्वसाधरण जनता लाई समस्या हुदै आएको न्यायिक समिति सदस्य कमलेस यादवले बताउनु ।

छिटो र सहज न्यायिक सेवाको लागि इजलास संचालनमा ल्याएको गाउँपालिका अध्यक्ष बेचन प्रसाद मेहताले बताउनु भयो । मेहताक अनुसार अहिले समाजमा विभिन्न किसिमका समस्याहरु रहेकोले धेरै जसो समस्याको सुनवाई न्यायिक समिति मार्फत समाधान हुने भएकोले स्थानिय सरकारको निति अनुरुप इजलास उदघाटन गरेकाे  बताउनु भयो , स्थानिय जनताले न्यायिक सेवा सहज तरिकाले पाउनेमा आफु विश्वस्त रहेको बताउनु भयो ।

कोशि प्रदेशको धरै जसो स्थानियतहरुमा न्यायिक इजलास अहिले सम्म संचालन हुन सकोको छैन ।

प्रचण्ड र विप्लवबीच छलफल

काठमाडौं-   प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा महासचिव नेत्र विक्रम चन्दबीच भेटवार्ता भएको छ ।उनीहरुबीच शुक्रबार विहान प्रधानमन्त्री निवास वालुवाटारमा भएको हो ।

दुई नेताहरुबीच भएको भेटमा मुख्यगरी समाजवादी मोर्चालाई कसरी प्रभावकारी बनाउने, माओवादी आन्दोलनको उपलब्धिको रक्षा र पार्टी एकताको विषयमा छलफल भएको बताइएको छ । केही दिन अघि मात्रै राष्ट्रियसभा गृहमा एक कार्यक्रमकाबीच समाजवादी मोर्चा गठन भएको थियो ।

सो मोर्चामा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेकपा छन् ।

फ्रान्सको राजधानी पेरिसमा शक्तिशाली विष्फोटदुई जना बेपत्ता, ३७ जना घाइते

काठमाण्डौ – फ्रान्सको राजधानी शहर पेरिसको मध्य भागमा शक्तिशाली विस्फोट भएको छ । विस्फोटमा परेर दुई जना बेपत्ता भएका छन् भने कम्तिमा ३७ जना घाइते छन् ।
पेरिसको मध्य भागमा स्कुल क्षेत्र नजिक विस्फोटको घटना भएको हो । घटनामा घाइते चार जनाको अवस्था गम्भीर रहेको छ ।

घटनापछि आपतकालीन कामदारहरूले वेपत्ताको खोजी गरिरहेका बीबीसीले जनाएको छ ।
विस्फोटको मुख्य कारण खुलेको छैन । प्रत्यक्षदर्शीका अनुसार विस्फोट हुनुअघि त्यस क्षेत्रमा ग्यासको गन्ध आएको थियो ।
विष्फोट भएको क्षेत्र पर्यटकमाझ पनि लोकप्रिय छ ।

लुम्बिनीका सबै यातायात कार्यालयबाट ‘रुट परमिट’ लिन सकिने

काठमाण्डौ –  सार्वजनिक गाडीको अन्तरप्रदेशीय बाटो इजाजत अर्थात् ‘रुट परमिट’ लुम्बिनी प्रदेशका सबै यातायात व्यवस्था कार्यालयबाट लिन सकिने भएको छ ।
यसअघि रुट परमिट सङ्घीय सरकार मातहतमा रहेको बुटवल कार्यालयबाट मात्रै लिन पाउने व्यवस्था रहेको थियो ।
लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको निर्देशनपछि मन्त्रालयले सबै यातायात कार्यालयबाट बाटो इजाजत दिन परिपत्र गरेको छ ।

प्रदेश मातहतकै यातायात कार्यालयबाट बाटो इजाजत सञ्चालन गर्न उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्रालयले मुख्यमन्त्रीको निर्देशनपछि मातहतका सबै कार्यालयलाई बाटो इजाजत दिन परिपत्र गरेको हो।

दाङ यातायात, बाँके यातायात, बुटवल सवारी कार्यालय र जिल्लास्तरमा स्थापना भएका सबै यातायात व्यवस्था सेवा कार्यालयलाई यसबारे परिपत्र गरिएको मन्त्रालयका शाखा अधिकृत रामप्रसाद घिमिरेले जानकारी दिनुभयो ।
सेवामा सहजता ल्याउन र प्रदेश सरकारको मातहतमा आइसकेको अधिकारलाई कार्यान्वयनको चरणमा लगिएको उहाँको भनाइ छ ।

त्यस्तै अन्तरप्रदेश दर्ता भएका गाडीको कर सबै यातायात व्यवस्था कार्यालय र सेवा कार्यालयबाट लिने व्यवस्था गर्न निर्देशन दिइएको छ ।
पहिले निश्चित कार्यालयबाट मात्रै अन्तरप्रदेशमा दर्ता भएका सवारीको कर लिनसक्ने व्यवस्था थियो ।

काठमाण्डौ महनगरलाई खुला सङ्ग्रहालयका रूपमा विकास गरिने

काठमाण्डौ –  काठमाण्डौ महानगरपालिकाले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा महानगरलाई खुला सङ्ग्रहालयका रूपमा विकास गरिने जनाएको छ ।
महानगरले खुला सङ्ग्रहालयका रूपमा विकास गर्न तथा यसको पहिचानलाई जोगाइ राख्न महानगर गौरवको योजना संस्कृति, सम्पदा र पर्यटन स् महानगरको धनअन्तर्गत मूर्त तथा अमूर्त सम्पदाको संरक्षण, संवर्द्धन तथा प्रवर्द्धनका विभिन्न कार्यक्रम सञ्चालन गरिने भएको छ ।

नेपाल भाषा, लिपि, साहित्य, कला, सीपको जगेर्ना गर्ने, स्थान तोकेर विभिन्न सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यका लागि स्थानीय समुदाय तथा कलाकारसँग सहकार्य गरी स्वर्णिम योजनाका रूपमा कार्यक्रम सञ्चालन गरिने नीति पनि कामपाले लिएको छ ।

नीति तथा कार्यक्रममा ऐतिहासिक, धार्मिक, पुरातात्विक महत्त्वका मठ, मन्दिर, बहाल, पोखरी, हिटी, चैत्य, स्तूप आदिको अभिलेख राखी संरक्षणको व्यवस्था मिलाइने उल्लेख छ । निजी क्षेत्र, व्यवसायी र स्थानीय समुदायसँग सहकार्य गरी महानगर क्षेत्रभित्र होमस्टे सञ्चालन गर्न कार्यविधि तर्जुमा गरी कार्यान्वयनमा ल्याइने भएको छ ।

विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रको संरक्षण र व्यवस्थापनका लागि टेवा पुर्‍याइनेछ । बौद्धनाथ र स्वयम्भूलाई महानगरपालिका मातहत सञ्चालन र व्यवस्थापन गर्नका लागि आवश्यक समन्वय र कानूनी प्रबन्ध गरिने नीति पनि कामपाले लिएको छ ।

स्थानीय समुदाय तथा विज्ञको समन्वय र सहयोगमा सम्पदा क्षेत्रमा सवारीसाधनको प्रवेशलाई निषेध गरिनेछ । सम्पदा संरक्षण र प्रवर्द्धन हुने परम्परागत शैलीका घर निर्माण गर्न घरधनीलाई प्रोत्साहित गरिनेछ । हनुमानढोका दरबार क्षेत्रदेखि स्वयम्भूसम्मको ‘हेरिटेज वाक’ लाई सञ्चालन गर्नेगरी कार्यक्रम अघि बढाइनेछ ।

कामपा वडा नम्बर ३२ मा रहेको तिनकुनेको जग्गाको मुआब्जासम्बन्धी विषयको समस्या समाधानका लागि सङ्घीय सरकारसँग ठोस पहल गरी उक्त स्थानमा अन्तर्राष्ट्रियस्तरको पार्क निर्माण गर्ने योजनालाई निरन्तरता दिइनेछ ।

सवारी साधनको प्रदूषण मापन गरी तोकिएको मापदण्डभन्दा बढी प्रदूषण निष्काशन गर्ने सवारी साधनलाई महानगर क्षेत्रमा सञ्चालन गर्न रोक लगाउन सम्बन्धित निकायसँग सहकार्य गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

सिन्धुपाल्चोकको मेलम्चीमा ‘बेलिब्रिज’ निर्माण

काठमाण्डौ –  सिन्धुपाल्चोकको तीनवटा पालिका मेलम्ची, पाँचपोखरी र इन्द्रावती जोड्ने मेलम्ची नदीमा ‘बेलिब्रिज’ बनाउन सुरु भएको छ ।
नेपाली सेनाको सहयोगमा ‘बेलिब्रिज’ बनाउन थालिएको नेपाली सेनाको इञ्जिनियरिङ विभाग, १४ नं बाहिनी अड्डाका सेनानी चिरञ्जीवी चौलागाईंले जानकारी दिनुभयो ।

बर्खामा स्थानीय नागरिकलाई आवतजावत गर्न निकै समस्या हुने भएकाले बेलिब्रिज बनाउन थालिएको उहाँले बताउनुभयो । उहाँका अनुसार अबको झण्डै दुई हप्तामा बेलिब्रिज बनाउने काम सकिने छ ।

मेलम्चीपारिको वडा नम्बर ९ र १० तथा पाँचपोखरी थाङ्पाल र इन्द्रावती गाउँपालिका जोड्ने बेलिब्रिज बनेपछि स्थानीयबासिन्दाले प्रत्यक्ष लाभ लिने छन् भने सदरमुकाम चौतारा जाने छोटो दूरीको रुट’ का रूपमा समेत यो सडकलाई प्रयोग गर्न सकिन्छ ।

२०७८ साल असार १ गते आएको बाढीले पक्की पुल बगाउँदा त्यहाँका बासिन्दाले बर्खाको समयमा सास्ती खेप्दै आएका छन् ।
हिउँदको समयमा ह्युमपाइप राखेर सडक खुलाए पनि बर्खा लागेसँगै समस्या भैरहेको छ ।

वीरगञ्ज महानगरपालिकाद्वारा तीन अर्ब २१ करोड रुपैयाँको बजेट

काठमाण्डौ –  वीरगञ्ज महानगरपालिकाले अगामी आर्थिक वर्षका लागि तीन अर्ब २१ करोड रुपैयाँको अनुमानित बजेट ल्याएको छ ।
महानगरपालिकाको १३औँ नगर अधिवेशमा उपमेयर इम्तियाज आलमले आर्थिक वर्ष २०८०र८१ का लागि तीन अर्ब २१ करोड ३५ लाख ४४ हजार रुपैयाँको अनुमानित आयव्यायको बजेट प्रस्तुत गर्नुभएको हो ।

‘औद्योगिक तथा व्यापारिक सहर, सुसंस्कृत सभ्य हाम्रो वीरगञ्ज महानगर’ भन्ने नारासहित उपमेयर आलमले नगर सभालाई सम्बोधन गर्दै चालुतर्फ कूल बजेटको ७७ प्रतिशत चालु खर्च, २२ प्रतिशत पूँजीगत खर्च र कूल बजेटको एक प्रतिशत वित्तीय व्यवस्थापनतर्फ छुट्याइएको जानकारी दिनुभयो ।

उहाँका अनुसार आगामी आवका लागि चालु खर्चतर्फ दुई अर्ब ४८ करोड ८५ लाख पाँच हजार, पूँजीगततर्फ ६८ करोड ८७ लाख १५ हजार र वित्तीय व्यवस्थातर्फ तीन करोड ६३ लाख २४ हजार रुपैयाँ छुट्याइएको छ ।

सभामा उहाँले आन्तरिक आयबाट एक अर्ब २० करोड ४४ लाख ३० हजार, नेपाल सरकारको वित्तीय हस्तान्तरणबाट एक अर्ब ३३ करोड २१ लाख, सङ्घीय राजस्व बाँडफाँटबाट २५ करोड २४ लाख ७० हजार, प्रदेश वित्तीय हस्तान्तरणबाट पाँच करोड ४५ लाख ९५ हजार र प्रदेश राजस्व बाँडफाँटबाट दुई करोड ८७ लाख रुपैयाँ बेहोरिने जानकारी दिनुभयो ।

प्रस्तुत बजेटमा आगामी आर्थिक वर्षका लागि शिक्षा क्षेत्र सुधारतर्फ १२ करोड २० लाख र खानेपानी तथा सरसफाइ क्षेत्रमा १२ करोड रुपैयाँ विनियोजन गरिएको छ ।
आधारभूत स्वास्थ्य सेवालाई सर्वसुलभ एवम् विकेन्द्रित रूपबाट उपलब्ध गराउन विकेन्द्रित स्वास्थ्य सेवाका लागि तीन करोड ७५ लाख, यातायात पूर्वाधार क्षेत्रका लागि ५९ करोड, स्वयंसेवक शिक्षक कार्यक्रमका लागि चार करोड ७५ लाख, खेलकुद क्षेत्रका लागि एक करोड रुपैयाँ छुट्याइएको उपप्रमुख आलमले जानकारी दिनुभयो ।

कार्यक्रममा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मेयर राजेशमान सिंहले स्वास्थ्य, शिक्षा, पूूर्वाधारको विकासलाई जोड दिनुका साथै सुशासनलाई प्राथमिकतामा राखिएको जानकारी दिनुभयो ।

उहाँले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अपनाउँदै असारे विकासलाई निरुत्साहित गरिने र महानगरपालिकाको प्रशासनिक सेवालाई चुस्तदुरुस्त बनाउँदै परम्परागत विधिलाई परिमार्जित गर्दै महानगरपालिकाको सबै वडालाई अनलाइन प्रविधिसँग जोडिने बताउनुभयो ।

आर्थिक वर्ष २०८०र८१ का लागि ल्याएको बजेट चालु आवको तुलनामा करिब चार प्रतिशत कम रहेको छ । महानगरपालिकाको १२औँ नगर अधिवेशनबाट तीन अर्ब ३३ करोड ६३ लाख २६ हजार रुपैयाँको बजेट प्रस्तुत गरिएको थियो ।

साउनदेखि काठमाण्डौमा ४० माइक्रोनभन्दा पातला प्लाष्टिकको झोला प्रयोग गर्न नपाइने

काठमाण्डौ –  काठमाण्डौ महानगरपालिकाले आगामी साउन १ गतेदेखि प्लाष्टिकको प्रयोगलाई निषेध गर्ने भएको छ ।
मेयर बालेन्द्र शाहले आर्थिक वर्ष २०८०र८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै साउन १ गतेदेखि एकल प्रयोगको प्लाष्टिकलाई निषेध गर्ने, प्लाष्टिकको फूलगुच्छा उत्पादन, बिक्री वितरण र आयातका साथै ४० माइक्रोनभन्दा पातला प्लाष्टिकको झोलाको प्रयोगलाई महानगर क्षेत्रमा प्रतिबन्ध लगाइने र यसको कार्यान्वयनलाई प्रभावकारी बनाइने जानकारी दिनुभयो ।

महानगरले आफ्नो क्षेत्रभित्र निर्माण कार्यमा प्रयोग हुने निर्माण सामग्रीको गुणस्तर र मापदण्ड निर्धारण गर्ने नीति लिएको छ । निर्माण गर्दा वातावरणीय प्रदूषण कम हुने, कामदारको उचित सुरक्षाको प्रत्याभूति हुने, स्वदेशी कामदारको ज्ञान, सीप र क्षमताको अधिकतम उपयोग सुनिश्चित हुनेगरी पूर्वाधार निर्माण कार्यविधि तर्जुमा गरी कार्यान्वयनमा ल्याउने भएको छ ।

महानगरको सडकपेटीमा पैदल यात्रालाई सहज तथा सुरक्षित बनाउने एवम् अपाङ्गतामैत्री बनाउनका लागि सडक पेटीमा रहेका अवरोध ट्याङ्की, पर्खाल, बिजुली तथा टेलिफोनका पोल तथा डिस्ट्रिब्युसन बक्स, कम्युनिकेशन बक्स जस्ता संरचना स्थानान्तरण गर्न कानुन तर्जुमा गरी कार्यान्वयनमा ल्याउने नीति पनि रहेको छ ।

त्यस्तै महानगर ‘उज्यालो सहर, मेरो महानगर’ परियोजनालाई गौरवका योजनाका रूपमा सञ्चालन गर्नेछ । महानगरका विभिन्न एक सय स्थानमा ‘हाई मास लाइट’ जडान गरिनेछ ।

त्यसैगरी सार्वजनिक, ऐलानी, पर्ती, नदी उकास, नदी किनार, नदी करिडोर, गुठी तथा सरकारी जग्गाको लगत अद्यावधिक गरी सोको संरक्षण, संबर्द्धन तथा उपयोग गरिनेछ । महानगरपालिका क्षेत्रभित्र रहेका सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका अनधिकृत संरचना हटाइ खुला क्षेत्रका रूपमा विकास गरिनेछ ।

सफा सार्वजनिक शौचालयमा नागरिकको पहुँच वृद्धि गर्नका लागि स्वर्णिम योजनाका रूपमा सार्वजनिक शौचालयको सुविधा उपलब्ध गराइनेछ । प्रत्येक बस बिसौनीलाई परम्परागत स्वरूपको फल्चामा रूपान्तरण गरिनेछ ।

कामपाका सम्पूर्ण सडकलाई आगामी तीन वर्षभित्र गुणस्तरीय पक्की सडकमा रूपान्तरण गर्न र सडकपेटीको स्तरोन्नतिका लागि धुलोरहित काठमाण्डौ गौरवको योजना तर्जुमा गरी सञ्चालनमा ल्याइनेछ ।
महानगरको मिश्रित घनाबस्ती क्षेत्रभित्र सहरी पुनःविकासको सम्भाव्यता अध्ययन गरिनेछ । हाल सञ्चालनमा रहेका जग्गा एकीकरण आयोजनालाई यसै आर्थिक वर्षभित्र सम्पन्न गरिनेछ ।

एसईईको नतिजा सार्वजनिक चाहने संस्थाबाट आवेदन माग

काठमाडौँः  राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले माध्यमिक शिक्षा परीक्षा एसईई को नतिजा सार्वजनिक गर्न चाहने संघ संस्थाबाट आवेदन माग गरेको छ।

एसएमएस, आईभीआर वा वेबसाइटबाट नतिजा सार्वजनिक गर्न इच्छुक सस्थाहरूलाई असार १२ गतेभित्र आवेदन दिन भनेको हो। आवेदन दिने संस्था वा कम्पनीले आफुले जानकारी दिन चाहेको सेवाको विवरण खोल्नुपर्नेछ।

एसएमएसबाट सूचना दिनका लागि ४० हजार, वेबसाइटबाट नतिजा प्रकाशनका लागि २० हजार, एसएमएस र वेबसाइट सेवाका लागि ६० हजार, एसएमएस, आइभीआर र वेबसाइट सेवाका लागि एक लाख रूपैयाँ राजश्व बुझाउनुपर्ने।

बोर्डले परीक्षा प्रकाशित गरेपछि मात्रै नतिजा सम्बन्धी विवरण उनीहरूलाई प्रदान गरिनेछ र सोही आधारमा प्रकाशन गर्नुपर्नेछ।

स्टन्टु भन्दा आफ्नो क्षेत्राधिकार बुझेर काम गर्नुपर्छ मन्त्री शर्माको टिप्पणी

काठमाण्डाै –  सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाहप्रति लक्षित गर्दै स्टन्टु भन्दा आफ्नो क्षेत्राधिकार बुझेर काम गर्नुपर्ने बताउनुभएको छ ।
मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय बुधवार सुनाउँदै मन्त्री शर्माले दक्षिण भारतीय चलचित्र आदिपुरुषु मा रहेको सीता भारतकी छोरी हुन् भन्ने शब्द हटाएरमात्रै सेन्सर बोर्डले चलचित्र चल्न दिएको बताउनुभयो ।
उहाँले भन्नुभयो ‘सेन्सर बोर्डले कुनै पनि चलचित्र चल्नुअघि सेन्सर गर्छ । सेन्सर बोर्डको नियमभन्दा विपरीत भयो भने त्यसलाई हामी सेन्सर गरेर मात्रै अनुमति दिन्छौँ । यो विषयमा पनि जेठ ३१ गते आदिपुरुष भन्ने चलचित्रमा भएको सीता भारतीय छोरी भन्ने आशयको अभिव्यक्ति हटाउने निर्णय त्यही बेलामा सेन्सर बोर्डले गरेको थियो । सेन्सर बोर्डले निर्णय गरेर मात्रै प्रदर्शनको स्वीकृति दिएको हो । चल्न दिने वा नदिने भन्नेमा सबैले आ–आफ्ना क्षेत्राधिकार बुझ्नुपर्छ । भावनात्मक हिसाबले हामी सबै एकै ठाउँमा छौँ । स्टन्ट, भावना र मनोविज्ञानमा खेल्नेभन्दा पनि यसको दीर्घकालीन समाधान खोज्नुपर्छ ।’
यस्तै मन्त्री शर्माले बजेट संशोधन हुँदैमा सरकार ढल्ने कुरा कानुनमा कतैपनि नलेखिएको बताउनुभयो । डा। बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा नै बजेट संशोधन भइसकेको भन्दै बजेट संशोधन हुँदैमा सरकार ढल्ने कुरा कानुनमा कतै पनि नलेखिएको उहाँले बताउनुभएको हो । बजेट संशोधन गरेर जानेबारेमा छलफल भइरहेको पनि उहाँको भनाइ छ ।
फरक प्रसङ्गमा उहाँले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा राजनीतिको उपचार खोज्न नभई स्वास्थ्य उपचारका लागि नै सिङ्गापुर जानुभएको बताउनुभयो

हवाई भाडा घट्यो, भाडा कति

काठमाण्डाै – नेपाल आयल निगमले हवाई इन्धनको भाउ घटाएसँगै हवाई यात्राको भाडा पनि घटेको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले आज बुधवार हवाई यात्रुको इन्धनबापतको शुल्क घटाएसँगै हवाई भाडा पनि घटेको छ । सबैभन्दा धेरै विराटनगर–नेपालगञ्ज रुटको भाडा पाँच सय ४० रुपैयाँले घटेको छ भने सबैभन्दा कम काठमाडौ–सिमराको भाडा ९० रुपैयाँले घटेको छ ।

यस्तै काठमाण्डौ–भद्रपुरको तीन सय, काठमाण्डौ–विराटनगरको दुई सय ४०, काठमाण्डौ–धनगढीको चार सय ४५, काठमाण्डौ–नेपालगञ्जको तीन सय २५, काठमाण्डौ–भैरहवाको दुई सय १० र काठमाण्डौ–सुर्खेतको भाडा तीन सय ४५ रुपैयाँले घटेको छ ।
हिजो मङ्गलवार आयल निगमले हवाई इन्धनको भाउ प्रतिलिटर १० रुपैयाँले कम गरेको थियो । हवाई भाडामा लाग्दै आएको इन्धन शुल्क यस्तो छ–

सत्तारूढ दलका सांसद नै बजेटको विरोधमा, नसच्याए विपक्षमा मतदान गर्ने चेतावनी

काठमाडौँ —  सत्तारुढ नेकपा एकीकृत समाजवादीका सांसदहरुले सरकारले पेस गरेको बजेट संशोधन नगरे पक्षमा मत नदिने चेतावनी दिएका छन् । बजेटमा एकलौटी गरिएको, जिल्लागत सन्तुलन नमिलाएको भन्दै असन्तुष्ट रहेका नेकपा एसमा सांसदहरूले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई बुधबार आफ्नो धारणाबारे जानकारी दिँदै यथास्थितिमा पास गर्न सहयोग नगर्ने उल्लेख गरेका छन् ।
सांसदहरू राजेन्द्र पाण्डे, कृष्णकुमार श्रेष्ठ, अम्बरबहादुर थापालगायत सांसदहरूले बुधबार अध्यक्ष नेपाललाई भेटेर आफ्नो धारणा राखेका हुन् । नेकपा एसका बहुसंख्यक सांसदहरू बजेटको विपक्षमा उभिएपछि यसबारे छलफलल गर्न नेकपा एसले बिहीबार संसदीय दलको बैठक बोलाएको छ ।

बजेट असन्तुलित छ । जो मन्त्री हो उसले उसकै जिल्लामा मात्रमा बजेट लैजाने हो भने हामीले किन पास गरिदिनुपर्ने रु हामी के पास गर्ने खटाएका सिपाही हौं र १ु नेकपा एसका उपाध्यक्षसमेत रहेका सांसद पाण्डेले ईकान्तिपुरसँग भने, ुबजेट पास नभएकै कारण सरकार ढल्छ भने ढलोस्

अर्का सांसद कृष्णकुमार श्रेष्ठले पनि बजेटमा मनलाग्दी गरिएकाले आफूहरुले विरोध गरेको बताए । ुअहिलेको बजेट सन्तुलित छैन । यसमा मनलाग्दी गरिएको छ । त्यसैले यथास्थितिमा हामीले भोट हाल्ने अवस्था रहँदैन भनेर हामीले भनेका छौं‚ु सांसद श्रेष्ठले भने, ुयसबारेमा हाम्रो संसदीय दलमा छलफल हुन्छ ।

बजेट कुनै जिल्लामा मात्र केन्द्रित रहेको, प्याज आलुलगायतमा कर बढाएको, डीपीआर नै नभएका परियोजनामा अर्बौं बजेट हालेको भन्दै नेकपा एसका सांसदले आपत्ति जनाएका छन् ।

जीप दुर्घटना दुई जनाको मृत्यु

बागलुङमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
मार्केटिङको सामान बोकेको ग १ च ९४८५ नम्बरको जीप काठेखोला गाउँपालिका ५ ठूलढुंगामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाग्लुङका एसपी योगेन्द्रकुमार खड्काले जानकारी दिए ।

उनका अनुसार मृत्यु हुनेमा एक जना जैमिनी नगरपालिका१० राङखानी घर भइ बागलुङ नगरपालिका २ श्रीनगर बस्ने दुर्गा पौडेल छन् । अर्का एक जनाको सनाखत भएको छैन ।
दुवै जनाको घटनास्थलमै मृत्यु भएको हो, दुर्घटनाको कारण खुलिसकेको छैन,’ उनले भने । जीप सडकबाट झण्डै ५०० मिटर तल खोँचमा खसेको हो ।