देवानगञ्ज गाउँपालिकाको न्यायिक इजलासको उदघाटन
७ असार २०८०, बिहीबार १०:१८
देवानगञ्ज । सुनसरीको देवानगञ्ज गाउँपालिकाको न्यायिक इजलासको उदघाटन सम्पन्न भएको छ । आज (बिहिवार) देवानगञ्ज गाउँपालिका अध्यक्ष बेचन प्रसाद मेहता र उपाध्यक्ष कुमारी विभा यादवले संयूत्त रुपमा उदघाटन गर्नु भएको छ । उदघाटन कार्यक्रमा न्यायिक समिति सदस्य कमलेश यादव, प्रमानन्द पाल, प्रमुख प्रशासकिय अधिकृत रामराज पौडेल वडा अध्यक्ष अनिल भगत लगायत स्थानियहरुको सहभागिता रहेको थियो । न्याय सम्पादन गर्ने इजलास नभएका कारण समस्या हुदै आएको थियो ।
नेपालको संविधानले स्थानीय तहका उपाध्यक्षलाई न्यायिक समितिको संयोजकको समेत जिम्मेवारी तोकेको छ। इजलास कक्ष नहुदा न्यायिक सेवा लिन आएका सर्वसाधरण जनता लाई समस्या हुदै आएको न्यायिक समिति सदस्य कमलेस यादवले बताउनु ।
छिटो र सहज न्यायिक सेवाको लागि इजलास संचालनमा ल्याएको गाउँपालिका अध्यक्ष बेचन प्रसाद मेहताले बताउनु भयो । मेहताक अनुसार अहिले समाजमा विभिन्न किसिमका समस्याहरु रहेकोले धेरै जसो समस्याको सुनवाई न्यायिक समिति मार्फत समाधान हुने भएकोले स्थानिय सरकारको निति अनुरुप इजलास उदघाटन गरेकाे बताउनु भयो , स्थानिय जनताले न्यायिक सेवा सहज तरिकाले पाउनेमा आफु विश्वस्त रहेको बताउनु भयो ।
कोशि प्रदेशको धरै जसो स्थानियतहरुमा न्यायिक इजलास अहिले सम्म संचालन हुन सकोको छैन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया